Pashok News सत्य अनि निष्पक्ष खबर

Pashok News सत्य अनि निष्पक्ष खबर Its a online news service portal. It provide the local news as well as national news.

निमन्त्रणा !!!सम्पुर्ण भक्तजनहरुलाई सुचित गर्दै निम्न निमन्त्रणा गरिएको छ् कि आगामी ३ फरवरी देखि तीन दिने विश्व शान्ती प...
31/01/2023

निमन्त्रणा !!!
सम्पुर्ण भक्तजनहरुलाई सुचित गर्दै निम्न निमन्त्रणा गरिएको छ् कि आगामी ३ फरवरी देखि तीन दिने विश्व शान्ती पुजा लोअर सोरेङमा नवाङ जिड्र्ल रिम्पोर्छेको बिशेष उपस्थितिमा हुन् गईरहेको छ् । सम्पुर्ण भक्तजनहरुले बिहान झिङ्सेग मा सहभागी हुन् सक्ने भन्दै निमन्त्रणा गरिएको छ् ।

31/01/2023

खुशीको खबर
नेपाल टेलिभिजनमा २०७९ माघ १५ गते ( २९ जनवरी २९२३ )देखि तामाङ्ग भाषामा समाचार प्रशारण भएको छ ।

20/01/2023

Breaking:

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डले आफ्नो मृत्यु पछि आफ्नो शरीरका सम्पुर्ण अंगहरु दान गर्ने घोषणा गरे

काठमाडौं: २० जनवरी।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गर्नुभएको छ। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गर्नुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु।’’
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’’
‘‘केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता छ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीस्थित रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ। मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु। यसलाई सम्बाेधन गरिनेछ।’’
‘‘नेपालमा अहिले वर्षमा करिब ३०० मिर्गौला प्रत्यारोण हुँदै आएको छ। त्यसमा २०० यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाहरूले वर्षमा १०० बिरामीको मिर्गाैला प्रत्यारोपण गर्दै आइएका छन्।’’
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ। मिर्गाैला प्रत्यारोपणका लागि वार्षिक रुपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि भूमिका खेलको छ। यसका लागि केन्द्रलाई धन्यवाद दिन्छु।’’
प्रधानमन्त्रीले थप्नुभयो, ‘‘यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन। यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ। साथै ७ वटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। त्यसका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईहरूको मागप्रति गम्भीर छु।’’

17/01/2023

हार्दिक श्रद्धाञ्जली !!!
पत्रकार, साहित्यकार, लेखिका एवं वरदान समुहकी अध्यक्षा सविता संकल्प मातृ शोकमा परेकी छिन् । संकल्पकी आमाको आत्माले चीर शान्ती पाओस् साथै परिवारमा सहन शक्ति प्रदान गरोस् भन्दै Pashok News सत्य अनि निष्पक्ष खबर हार्दिक श्रद्धाञ्जली अर्पण गर्द्छ ।

हार्दिक श्रद्धाञ्जली !!!जदयू का पुर्व अध्यक्ष शरद यादवको ७५ बर्षको उमेरमा गुरुग्रामको फोर्टिङ्स अस्पतालमा निधन भएको छ् ,...
12/01/2023

हार्दिक श्रद्धाञ्जली !!!

जदयू का पुर्व अध्यक्ष शरद यादवको ७५ बर्षको उमेरमा गुरुग्रामको फोर्टिङ्स अस्पतालमा निधन भएको छ् , जसको जानकारी शरद यादवको छोराले फेसबुकमा लेखे -"पापा रहेनछन् ।"

75 साल की उम्र में JDU के पूर्व अध्यक्ष शरद यादव का निधन, बेटी ने फेसबुक पोस्ट में लिखा- पापा नहीं रहे
Sharad Yadav Profile: पूर्व केंद्रीय मंत्री और जेडीयू के पूर्व राष्ट्रीय अध्यक्ष शरद यादव का निधन हो गया है. उन्होंने 75 साल की उम्र में गुरुग्राम के फोर्टिस अस्पताल में अंतिम सांस ली.

Sharad Yadav Died: पूर्व केंद्रीय मंत्री और जेडीयू के पूर्व राष्ट्रीय अध्यक्ष शरद यादव का निधन हो गया है. उन्होंने 75 साल की उम्र में अंतिम सांस ली.शरद यादव गुरुग्राम के फोर्टिस अस्पताल में भर्ती थे और लंबे समय से उनका इलाज चल रहा था. पीएम नरेंद्र मोदी ने भी शरद यादव के निधन पर शोक जताया है. ट्वीट में पीएम ने लिखा, शरद यादव जी के निधन से बहुत दुख हुआ. अपने लंबे सार्वजनिक जीवन में उन्होंने खुद को सांसद और मंत्री के रूप में प्रतिष्ठित किया. वे डॉ. लोहिया के आदर्शों से काफी प्रभावित थे. मैं हमेशा हमारी बातचीत को संजो कर रखूंगा. उनके परिवार और प्रशंसकों के प्रति संवेदनाएं. ओम शांति.

शरद यादव 2003 में जनता दल बनने के बाद से लंबे समय तक पार्टी के अध्यक्ष रहे. वह सात बार लोकसभा सांसद भी रहे. पिछले कुछ वक्त से वह सक्रिय राजनीति में नजर नहीं आ रहे थे. शरद यादव ने बिहार के मधेपुरा लोक सभा निर्वाचन क्षेत्र से चार बार लोक सभा का प्रतिनिधित्व किया. दो बार वह मध्यप्रदेश के जबलपुर से सांसद चुने गए. एक बार उत्तर प्रदेश के बदायूं से लोकसभा पहुंचे. शरद यादव शायद भारत के पहले ऐसे राजनेता थे जो तीन राज्यों मध्यप्रदेश, उत्तर प्रदेश, बिहार से लोकसभा के लिए चुने गए थे. शरद यादव भारतीय राजनीति के पुरोधा माने जाते हैं. वह इमरजेंसी के दौरान जेल भी गए थे.

शरद यादव राष्ट्रीय जनतांत्रिक गठबंधन के संयोजक थे. लेकिन उनकी पार्टी ने जब गठबंधन से राहें जुदा कर लीं तो उन्होंने संयोजक पद से इस्तीफा दे दिया था. राजनीतिक गठजोड़ के माहिर खिलाड़ी माने जाने वाले शरद यादव को बिहार के मुख्यमंत्री नीतीश कुमार का राजनीतिक गुरु माना जाता था. 1 जुलाई 1947 को मध्य प्रदेश के होशंगाबाद जिले के बाबई गांव में जन्मे शरद यादव ने भारत सरकार में कई अहम पद संभाले हैं. उनके पिता का नाम नंद किशोर यादव और सुमित्रा यादव था. उन्होंने जबलपुर के रॉबर्टसन कॉलेज से बैचलर ऑफ साइंस की डिग्री हासिल की. उनका ज्यादातर राजनीतिक करियर बिहार में रहा. उनकी शादी 15 फरवरी 1989 में रेखा यादव से हुई थी. उनके एक बेटा और एक बेटी है.

कब कौन सा पद संभाला

1986 में शरद यादव राज्यसभा के लिए चुने गए.

1989-90 तक उन्होंने केंद्र में कपड़ा और खाद्य प्रसंस्करण उद्योग का कार्यभार संभाला.

1997 में वे जनता दल के अध्यक्ष चुने गए.

13 अक्टूबर 1999- 31 अगस्त 2001 तक वे नागरिक उड्डयन मंत्री रहे.

1 सितंबर 2001 से 30 जून 2002 तक श्रम मंत्री रहे.

1 जुलाई 2002 से 15 मई 2004 तक उपभोक्ता मामलों के मंत्री, खाद्य और सार्वजनिक वितरण मंत्री रहे.

31 अगस्त 2009 में शहरी विकास समिति के अध्यक्ष बने.

साल 2014 में वे राज्य सभा के लिए चुने गए.

10/01/2023

बर्तमान समय पहाडमा रासन बितरण प्रणालीमा सर्वसाधारण जनतालाई असुविधा भएको गुनासो धेरै आएका छन् । यस विषय लाई लिएर रंगबुलका स्थानीय रासन बितरण सन्तोष सुब्बाले मिडियालाई जानकारी गराएका छन् ।

खेलकुद् समाचार:-जर्जियन एफ. सी. अघि धरासय सालगढी युनाइटेड।तकदाह टिस्टा भेल्ली चियाबारी अधिनस्थ डि.पि. साईटमा 'युनाइटेड स...
07/01/2023

खेलकुद् समाचार:-

जर्जियन एफ. सी. अघि धरासय सालगढी युनाइटेड।

तकदाह टिस्टा भेल्ली चियाबारी अधिनस्थ डि.पि. साईटमा 'युनाइटेड स्पोर्टिङ्ग क्लब' को आयोजनामा भईरहेको 'सहीद राईफलमेन बेन्जामिन राई स्मृति फुटबल प्रतियोगिता- २०२३' को पाचौ खेलमा सिलगढी युनाइटेड अनि जर्जियन एफ. सी. बिच भिरन्त भयो।
उक्त खेलमा अर्जुन प्रधान प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने, क्लब तथा आयोजक समितिकै मुख्य सल्लाहकार प्रेमकुमार राई सभाध्यक्षको रूपमा आसिन थिए। यसरी नै म्यारथन धवक मोहित सुब्बा, सामाजिक संरक्षण संस्थाका उपाध्यक्षा अञ्जुली राई, राखी सुब्बा साथै उक्त क्षेत्रका शिक्षक शिक्षिकावर्ग विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।
उक्त खेलको पहिलो हाफ अघि, जर्जियन एफ. सी. का प्रविण सुब्बाले २२ अनि २८ मिनटमा गोल गरेर २-० को बरत हासिल गरे। यसरी दोस्रो हाफको खेलमा पनि, जर्जियन एफ. सी. का ५५ मिनटमा प्रविण सुब्बाले एक गोल थपेर, उक्त प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने। भने, खेलको शुरूवात देखिनै जर्जियन एफ. सी. को दब्दबा रहेको खेलको अन्तिम क्षणमा जिर्जियन एफ. सी. का गणेश लिम्वु (५५ मिनट) अनि विवेक थापा (७३ मिनट) ले लगातर रूपमा गोल गरेर ५-० को जीत हासिल गरे। भने उक्त विजयी टोलीले आगमी १५ जनवरीको दिन क्वाटर फाइनमा माने भन्जयाङ्ग दार्जिलिङ संग झम्काभेट हुनेछ।
उक्त खेलमा म्यान अफ द म्याच उक्त खेलको सर्वाधिक गोलदाता, प्रविण सुब्बालाई चयन गरियो। साथै उक्त खेलको भध्यन्तरमा, हालै भएको कालेबुङ ४२ कि. मि. अनि दार्जिलिङ् २१ कि. मि. म्यारथनमा क्रमैले दोस्रो अनि पहिलो स्थान हासिल गरेर खहरे गाउका मोहित सुब्बाले तकदाह टिस्टा भेल्ली कै नाम उच्च राखे वापत, युनाइटेड स्पोर्टिङ्ग क्लबद्वारा स्मृति सहित सम्मान जनायो।
स्मरण रहोस्, यस प्रतियोगितामा उत्तर बंगाल साथै नेपाल अनि सिक्किमका नामी क्लबहरू ले अंश ग्रहण गरिरहेका छन्। साथै उक्त प्रतियोगिताको फाइनल खेल २६ जनवरीको दिन हुनेछ। भने, प्रतियोगिताको विजेता टोलीलाई नगद राशी दुई लाख साथै आकर्षक ट्रफी अनि उपविजेता टोलीलाई नगद राशी एक लाख संगै ट्रफी प्रदान गरिने जानकारी युनाईटेड स्पोर्टिङ्ग क्लबका प्रवक्ता उत्तम मंगरले दिएका छन्।

रोङचोङ झोलुङ्गे पुल स्टील पुलमा परिणत हुनेजी टी ए प्रमुख कार्यपाल अनित थापाले मङपू लाब्दा समष्टि अन्तर्गत रोङचोङ क्षेत्र...
07/01/2023

रोङचोङ झोलुङ्गे पुल स्टील पुलमा परिणत हुने

जी टी ए प्रमुख कार्यपाल अनित थापाले मङपू लाब्दा समष्टि अन्तर्गत रोङचोङ क्षेत्रको भ्रमण गरे।

1980 सालमा निर्माण गरिएको रोङचोङ झोलुङ्गे पुलको निरिक्षण गर्न अनित थापा स्थलमा नै पुगेका थिए। निरिक्षण पछि उनले भने, " सेल्फु, रोलेप रङपु अनि राष्ट्रिय मार्गलाई जोड्ने पुल रहेछ। मर्मत मात्र गरे मान्छे हिड्नु मात्र हुनेछ। त्यसर्थ स्टीलको पुल बनाइनु पर्नेछ। यो पुल बनिए सम्पूर्ण क्षेत्रलाई नै फाइदा हुनेछ। तत्कालको निम्ति मर्मत कार्य गर्नेछौ। स्टीलको पुल बनाउने पहल पनि सुरु गर्नेछौ।"

क्षेत्रका जन सम्पर्क अधिकारी ब्रिगेन मिश्रले उनको भ्रमण विषय जानकारी दिदै भने, " अनित थापाले यस क्षेत्रको पूर्वाधार हरुको निरिक्षण गर्नु भयो। पुरानो भएको, भत्कँदै गएको पूर्वाधारहरूको मर्मती गर्ने सुझाव पनि राख्नु भयो।"

मिश्रले थप भने, " रोङचोङ पुल पक्का पूल बनिनु सके यहाँको कृषकहरुलाई धेरै फाइदा हुनेछ। पर्यटन बढेर जानेछ। आज प्रमुख कार्यपालले तत्कालको निम्ति पुल मर्मत गर्ने निर्देश दिनु भयाे। कालान्तरमा यहाँ स्टील को पक्का पुल बनिने छ। हाम्रो क्षेत्रको निम्ति यो ठूलो कार्य हुनेछ।"

स्व. गिडोन थुलुङ स्मारक गोल्ड कप जारी: सेलेक्टेड बोयजले बुङ्कुलुङलाई तीन गोलले पछाड्दै जित दर्ता गर्‍योमिरिक:७ जनवरी ।सं...
07/01/2023

स्व. गिडोन थुलुङ स्मारक गोल्ड कप जारी: सेलेक्टेड बोयजले बुङ्कुलुङलाई तीन गोलले पछाड्दै जित दर्ता गर्‍यो

मिरिक:७ जनवरी ।

संयुक्त मञ्च ,मरमा चियाबारीको आयोजनामा सम्पन्न भइरहेको स्व. गिडोन थुलुङ स्मारक गोल्ड कप तथा संयुक्त मञ्च नगद राशि फूटबल प्रतियोगिताको प्री-क्वार्टर चरणको खेल मरमा खेलकुद मैदानमा सम्पन्न भइरहेको छ।
आज सम्पन्न पहिलो खेलमा "सेलेक्टेड बोइज" थुलुङ गाउँले बुङकुलुङ एफ.सी लाई दुइ गोलको बिरूद्ध तीन गोल दागी बिजयी बनेको छ।यस खेलमा थुलुङ गाउँको पक्षमा समीरण प्रधानले दुई गोल दागे भने पेमा लामाले एक गोल दागे। यसरी नै बुङ्कुलुङ एफ सी को पक्षमा रोनीत राईले दुई गोल दागे।
उत्कृष्ट खेल प्रदर्शन गरे बापत यस खेलमा "सेलेक्टेड बोयज" थुलुङ गाउँका खेलाडी समीरण प्रधानलाई "म्यान अफ द म्याच" को रूपमा चयन गरियो।

यसरी नै आजको दोश्रो भीडन्तमा गार्ल्याङ-७, लाई थुलुङ गाउँ -"A" ले शून्यको विरुद्ध तीन गोल दागेर पराजित गरे।यस खेलमा थुलुङ गाउँ -A का खेलाडी छितेन तामङलाई म्यान अफ द म्याच भनी घोषणा गरियो।
भोलि आइतबार ,८ जनवरीको दिनको पहिलो खेलमा १०७,टी.ए दार्जीलिङको भीडन्त नमुना स्पोर्टीङ क्लब,सिङबुलीसित हुनेछ भने दोश्रो खेलमा "बि.के बोयज" दुधेको भीडन्त युनाइटेड मिरिकसित हुनेछ भनि संयुक्त मञ्च,मरमाको मिडिया सेलद्वारा जानकारी गराइएको छ।

खेलकुद् समाचार ;-आज खेलाईएको तेस्रो स्व० सशिता छेत्री स्मृति खुल्ला नगदराशी फुटबल प्रतियोगिताको क्वार्टरफाईनल खेलमा दार्...
06/01/2023

खेलकुद् समाचार ;-
आज खेलाईएको तेस्रो स्व० सशिता छेत्री स्मृति खुल्ला नगदराशी फुटबल प्रतियोगिताको क्वार्टरफाईनल खेलमा दार्जीलिङ पुलिस बनाम वाईजीएसए माझ घमासान भएको थियो। दार्जीलिङ पुलिसका नेहाल सेवाले खेलको मध्यान्तर पछिको दुई मिनेटमा आफ्नो दललाई पहिलो गोल दिलाए। पछि अर्को गोल पनि हाले भने अप्पु गुरुङले पैतालिसौ मिनेटमा शानदार गोल दिए। हार जीतको आजको खेलमा वाईजीएसए प्रतियोगिता बाट बाहिरिनु पर्‍यो भने दार्जीलिङ पुलिस सेमि फाईनलमा प्रवेश गर्‍यो। दार्जीलिङ पुलिसले दुईको साटो तीन गोल गरेर आजको क्वार्टर फाईनलमा वाईजीएसएलाई पराजित गर्‍यो। म्यान अब द म्याच निहाल सेवालाई चयन गर्दै आयोजक समितिले सम्मान जनायो।

खेलकुद् खबर;-तेस्रो सशिता छेत्री स्मृति खुल्ला नगद राशी फुटबल टुर्नामेन्टको पहिलो चरणको खेल गत २ जनवरीको दिन समाप्त     ...
04/01/2023

खेलकुद् खबर;-

तेस्रो सशिता छेत्री स्मृति खुल्ला नगद राशी फुटबल टुर्नामेन्टको पहिलो चरणको खेल गत २ जनवरीको दिन समाप्त

एलजीएसएको आयोजनामा खेलाईएको तेस्रो स्व० सशिता छेत्री स्मृति खुल्ला नगदराशी फुटबल प्रतियोगिताको प्रथम चरण समाप्त भई सकेको छ भने अब सेमिफाईलन खेल सम्पन्न हुनेछ जसको जानकारी आयोजक समितिले दिएकोछ।

आयोजक समिति अनुसार जम्मा १६वटा दलहरूले सहभागिता लिएको उज्त प्रतियोगिता बाट आठवटा दलहरू क्वार्टर फाइनलमा आफ्नो स्थान बनाउन सफल भएका छन। ती क्वार्टर फसिइनलमा पुगेका दलहरु हुन् ; मिक्स अप बोइज खरसाङ, ग्लेणवर्न युनाईटेड, दार्जीलिङ युनाईटेड, वाइजिएसए खरसाङ, दार्जीलिङ पुलीस, ११ माइल चर्च, एल जी एस ए अनि एक के गान्तोक । यी दलहरुले आगामी ११ अनि १२ जनवरीको दिन सेमिफाईल खेल खेल्नेछन् । उक्त सेमिफाईनल खेलमा उछिनेर अघि आउने दिग्गज दलहरुले फाईनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।
स्मरण रहोस् कि यस पटक आयोजक समितिले विजेता दललाई 1,20,000/- अनि उपविजेता दललाई 60,000/- नगद राशी प्रदान गरिने भएको छ् । फाईनल खेला आगामी १५ जनवरीको दिन विविध रंगार्ंग कार्यक्रमको साथ सम्पन्न गरिने आयोजक समितिले थप जनाएको छ् ।

28/12/2022

आगामी ३० डिसेम्बर देखि उत्तर बंगाल रेलवे ट्र्याकमा अत्याधुनिक हाईपर बंदे भारत एक्सप्रेस ट्रेन दौडिनेछ । बंदे भारत एक्सप्रेस ट्रेनले हावडा देखि न्यू जलपाईगढी सम्म करिब ६०० किमीको दुरी तय गर्नको लागि ट्रायलको तयारी शुरु गरेको छ् । गत सोमबार बिहान उक्त वंदे भारत एक्सप्रेस ट्रेन दस बजेर पचास मिनेटमा माल्दा टाउन स्टेसन पुग्यो भने एनजेपीमा अपराहन्न साँडे एक बजे पुगेको थियो। बंदे भारत ट्रेन शताब्दी एक्सप्रेस जस्तै साताम एक पट्क हाउडा देखि न्यू जलपाईगढी बीच चल्नेछ

28/12/2022

एउटा कविता यस्तो पनि ...
********************** ✍️ निमेष छेत्री
शिर गाउँ ,तक्दहा क्यान्ट।

खै के खै के
आज फेरि एउटा कविता लेख्दैछु
दार्जिलिङ भित्र फेरि अर्को राजनीतिक
तमाशा देख्दै छु
आफ्नैहरूको खुट्टा तानातान गरेको
भेट्दै छु
आफ्नैहरुले आफ्नैहरुलाई होच्याएको
देख्दा मन खिन्न भएर
मनभित्र को बेदना पोख्दै छु
हजुर फेरि एउटा कविता लेख्दैछु।
गौरव गर्ने वीर गोर्खालीको वीरगाथा
जातीय अस्मिता र चिनारीको निम्ति
विश्व थर्काउने हाम्रा पुर्खौली इतिहास
अहिलेघरी स्वार्थी राजनीतिक होडबाजीमा
उक्त इतिहास धमिलिएको पाउँदैछु।
दार्जिलिङ भित्र फेरि अर्को राजनीतिक
तमाशा देख्दै छु।
विश्वसुन्दरी पहाडकी रानीको उपाधि हत्याउने
दार्जीलिङलाई मन देखि मनपराउने
दैनिक जीवनको लखतरान पश्च्यात
दार्जीलिङको मनोरम प्राकृतिक सौंदर्य बीच
केहि शान्ति र रमाईलो पल बिताउने
यस्तै कस्तो इच्छा राख्ने व्यक्तिहरूले
अफ्नो गन्तव्य अर्कै तिर सारेको देख्दैछु
मन खिन्न भएर
मनको बेदेना पोख्दैछु
फेरी एउटा कविता लेख्दैछु।
मौसम चीसो भएपनि
हिउँले पहाड लोत पोत रहे पनि
राजनैतिक सत्ताको होडबाजीमा
दार्जीलिङ्ग भित्र आगो सल्केको भेट्दै छु
त्यसै आगोको ज्वालाले गोर्खा एकताको
उदाहरणीय इतिहास जलेको देख्दैछु।
मन भित्रको उकुसमुकुस
यस कविता मार्फत पोख्दै छु।

स्व० सशिता छेत्री स्मृति फूटबल : ग्लेनबर्न युनाइटेड क्वार्टर फाईनमा प्रवेशस्व० सशिता छेत्री स्मृति खुल्ला फुटबल प्रतियोग...
28/12/2022

स्व० सशिता छेत्री स्मृति फूटबल : ग्लेनबर्न युनाइटेड क्वार्टर फाईनमा प्रवेश

स्व० सशिता छेत्री स्मृति खुल्ला फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा मुनाल एफसी बनाम ग्लेनबर्न युनाइटेड माझ घमासान भएको थियो। उक्त खेलमा खेल शुरु भएको पाँच मिनेटमा मुनाल एफसीका राजीव राईले पहिलो गोल गरे भने ग्लेनबर्न युनाइटेडका सागर शेर्पाले आठौं मिनेटमा गरेको गोलले बराबरीमा ल्यायो। खेलाडी शेर्पाले दशौं मिनेटमा अर्को गोल गरेर दललाई अघि बढाए । मुनाल एफसीका राजिव राईले तेइसौं मिनेटमा अर्को गोल दागेर पुनः बरबरीमा ल्याएर दुईको विरुद्ध तीन गोल गरेर ह्याटि्रक जीत दर्ता गरे । खेलको समाप्ती तिर ग्लेनबर्न युनाइटेडका जर्सी नं० १५ नवाङले अर्को गोल गरेर दललाई पुनः बरबरीमा ल्याए लगत्तै सागर शेर्पाले (जर्सी नं० ८) ले शानदर गो गरेर जित दर्ता गर्दै क्वार्टर फाईनामा प्रवेध गर्‍यो। उक्त खेलमा ग्लेनव्र्न युनाइटेडका सागर शेर्पा म्यान अब द म्याच भए भनी आयोजक समितिले Pashok News सत्य अनि निष्पक्ष खबर लाई जानकारी गरएका छन् ।

हार्दिक श्रद्धाञ्जली !!! टिस्टा खेलकुद समितिका सचिव संतोष प्रधानको पिता टिस्टा पूल निवासी श्री मणी कुमार प्रधानको गत २२ ...
24/12/2022

हार्दिक श्रद्धाञ्जली !!!
टिस्टा खेलकुद समितिका सचिव संतोष प्रधानको पिता टिस्टा पूल निवासी श्री मणी कुमार प्रधानको गत २२ डिसेम्बर रात निधन भएको जानकारी प्राप्त भएकोछ। प्राप्त जानकारी अनुसार स्व० मनिकुमार प्रधानको शव यात्रा आज बिहान एघार बजे शुरु गरिने साथै वहांको अन्तिम संस्कार पनि गरिनेछ।
स्व० प्रधानको आत्माले चीर शान्ति पाउन साथै स्वर्गमा बैकुण्ठ बास पाओस् भनी Pashok News सत्य अनि निष्पक्ष खबर हार्दिक श्रद्धाञ्जली अर्पण गर्द्छ साथै शोक संतप्त परिवार प्रति शोक सम्वेदना प्रकट गर्द्छ ।

23/12/2022
Breaking News!नर्थ सिक्किममा सेनाको ट्रक दुर्घटनामा परे। उक्त उर्घट्नामा १६ जवान शहीद् भए भने चार जना जवान घायल भएकोछ जस...
23/12/2022

Breaking News!
नर्थ सिक्किममा सेनाको ट्रक दुर्घटनामा परे। उक्त उर्घट्नामा १६ जवान शहीद् भए भने चार जना जवान घायल भएकोछ जसलाई उपचारको लागि एयरलिफ्ट गरिएको छ् । सेनाले भनेको छ् कि दुर्घटना ग्रस्त बाहन तीनवटा वाहनहरुको काफिलाको एक भाग थियो जो चट्न देखि थांगु तिर गईरहेका थिए। जेमाको बाटोमा एउटा् वाहन तीब्रगतिमा स्लिप भएर तल तिर खसे। उक्त दुर्घटना पछि वचाउ अभियान तत्कालै शुरु गरियो अनि चार जना घायल सैनिक जवानहरुलाई हवाई मार्ग मार्फत उद्दार गरिएको छ् ।
सौजन्री: ABP NEWS

सुचना    !  सुचना  !!  सुचना    !!!लप्चु गेम्स एण्ड् स्पोर्ट्स एसोसिएसन द्वारा खेलाइने तेस्रो सशिता छेत्री स्मारक खुल्ला...
23/12/2022

सुचना ! सुचना !! सुचना !!!
लप्चु गेम्स एण्ड् स्पोर्ट्स एसोसिएसन द्वारा खेलाइने तेस्रो सशिता छेत्री स्मारक खुल्ला नकआउट फुटबल टुर्नामेन्ट-२०२२ आगामी २५ डिसेम्बर देखि लप्चु चियाबारीको खेल मैदानमा शिरु हुने आयोजक समितिको भनाई ।

23/12/2022

कोरोना Breaking
-----------------------
चीनमा बड्दो कोरोना खतरालाई ध्यानमा राख्दै भारत सरकारको ठूलो फसेला!
भोलि देखि कोविड प्रोटोकल लागू।
बाहिर बाट आउने यात्रीहरुको स्याम्पल टेस्ट लिइने,
टेस्ट गरे पछि जान दिइने
यदि पँजिटिभ पाईए सात दिनको आईसोलेसन राखिने।
---------------------------
सरकारले सबैलाई मास्क प्रयोग गर्ने सुझाउ जारी गरेका छन् । यता भारतीय सेनाले पनि आफ्नो जवानहरुलाई फेस मास्क प्रयोग गर्ने निर्देश जारी गरेका छन् भने भीड्भाड भएको स्थानमा जाँदा सतर्कता अप्नाउने अपिल गरेका छन् ।
*************************
चीनमा कोरोनाको संकट गहिरिए पछि अस्पतालहरुमा रोगीको संख्यामा वृद्धि , अहिले हालत संकट्पुर्ण रहेको संचार माध्यमले जनाएकोछ।
-----------------------
सतर्कता नै मुख्य औषधि !

Address

Peshok Tea Garden, Under R. R. Dev. Block Dist. Darjeeling. West Bengal.
Darjeeling
734312

Telephone

+919775591241

Website

Alerts

Be the first to know and let us send you an email when Pashok News सत्य अनि निष्पक्ष खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pashok News सत्य अनि निष्पक्ष खबर:

Videos

Share