ल्होसार पर्वको अवसरमा उर्गेण सामतेन छोइलिङ गुम्बा लोअर चुङथुङ डाँडागाँऊमा बौद्ध धर्म परम्परा अनुसार वर्षभरी कुनै पनि हिंसा,पाप, दोष अधर्म,सङ्कट,झैँ- झगड़ा नहोस् बरू विश्वको प्रत्येक घरहरूमा शान्ति शृङ्खला एंव सुख समृद्धि बनीरहोस् भन्ने उद्देश्य लिएर पाँच दिन व्यापी फुर्बा पूजाको आयोजना गरिएको गुम्बा सभापति एस के घिसिङले जनाएको छ । उक्त पूजा दुर्बीन गुम्बा कालेबुङका लामा धर्मगुरूहरूले तान्त्रिक विधिद्वारा पूजा सम्पन्न गरिएको उनले बताउदै पूजामा सामेल टाड़ा नजिकका सम्पूर्ण भक्तजन एंव श्रद्धालूहरूप्रति आभार प्रकट गरेका छन् ।
आउने 2- 3 दिन भित्र दुईवटै युनियनलाई सभा बोलाएर श्रमिकहरूको माग पत्र बारे निर्णय भए पछि मात्र पहिलो पत्ती बारे सिद्धान्त गरिने निर्णय लिएका छन् रिङ्गटाङ कमानका श्रमिकहरुले।
Hill Plantations Employees Union ( HPEU )
नागरी फार्म, जुक्तिमान सरदार गाउँमा नवनिर्मित महाकालेश्वर मन्दिरमा आज शिवरात्रि पर्व भव्य रूपमा सम्पन्न भैरहेको छ। अहिले हवन विधि चलिरहेको छ, जहाँ सम्पूर्ण गाउँबासी तथा पूजा गर्न आएका भक्तजनहरूको अपार उत्साह देख्न सकिन्छ। भक्तिभाव र आस्थाका साथ शिव महिमा गुञ्जिएको यस पावन अवसरमा, शिव भक्ति तथा सामूहिक सहभागिताले माहोल अझै भक्तिमय बनेको छ।
नागरी फार्म, जुक्तिमान सरदार गाउँमा नव निर्मित महा-कालेश्वर मन्दिरको आज भव्य उद्घाटन समारोह सम्पन्न भयो। यस अवसरमा भव्य शोभा यात्रा समेत आयोजना गरियो, जसले सम्पूर्ण गाउँलाई आध्यात्मिक ऊर्जा र उल्लासले भरिपूर्ण बनाएको छ।
पण्डितज्यूहरूको उपस्थितिमा विधिवत रूपमा पूजा-अर्चना गरी शिवलिङ्गको प्राण प्रतिष्ठा गरियो। श्रद्धालुहरूको व्यापक सहभागिताले कार्यक्रमलाई अझ भव्य बनाएको साथै यस उद्घाटनले सम्पूर्ण समुदायमा धार्मिक आस्था र एकताको भावना जागृत गराएको छ।
जीटीए प्रमुख अनित थापाको मगरजुङ चियाबारी भ्रमणमा महत्वपूर्ण अभिव्यक्ति
जीटीए का प्रमुख अनित थापाले आज मगरजुङ चियाबारीको भ्रमणको क्रममा पत्रकारहरुसँगको अन्तरक्रियामा महत्वपूर्ण अभिव्यक्ति दिएका छन्।
थापाले भने, "मगरजुङ मात्र होइन, दार्जीलिङ्गका सम्पूर्ण बन्द चियाबारीहरू, जुन अहिले बन्सल समूहको अधीनमा छन्, ती सबै कानुनी प्रक्रियाबाट चाँडै खोलिने सम्भावना छ।"
३०% जमीनको मुद्दामा बोल्दै उनले स्पष्ट पारे, "यस विषयमा सबैभन्दा पहिले मैले नै आवाज उठाएको हुँ। हामीले अझै यो विषय स्वीकार गरेका छैनौं र सरकारलाई बुझाउने प्रयास गरिरहेका छौं।"
थापाले दार्जीलिङ्गका सबै विरोधी दलहरूले पनि सरकारसमक्ष यथाशीघ्र आफ्ना विचार राख्नुपर्छ। यहाँ एकअर्कालाई मात्र विरोध गरेर समाधान हुँदैन पनि भने।
लोअर चुङथुङ डाँडागाँऊ गुम्बा परिसरमा प्रथम तामाङ मातृ भाषा दिवस कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रममा तामाङ भाषिक लेखक तथा शोकजस्ता साथै तामाङ भाषाविद प्रताप बल उपस्थित थिए भने मेरीबोङ , तामसाङ,चुङथुङ लगायत लिजाहिलबाट तामाङभाषी जानकारीहरू उपस्थित थिए । स्थानीय एस के घिसिङको सभापतित्वमा भएको कार्यक्रममा विलुप्त कगारमा दगुरिरहेको तामाङ भाषाप्रति जोर दिँदै आउने पीड़िलाई कसरी आफ्नो आफ्नो भाषा र संस्कृति बचाउनु र यसको जगेरा गर्न पर्ने अतिथि भाषा जानकारहरूले जनाए भने आज प्रथम पल्ट लोअर चुङथुङ डाँडागाँऊमा पहिलो चोटी तामाङ मातृ भाषा दिवस कार्यक्रम हुनु एउटा ऐतिहासिक दिन रहेको भाषाविद प्रताप बलले जनाए । उनले संयुक्त राष्ट्र संघले 2000 वर्षमा
सम्पूर्ण राष्ट्रहरूका जनजातिको निम्ति 21 फरवरीको दिन मातृभाषा दिवस पालन गर्नुपर्छ भन्ने घोषणा गरेपछि ताम
मार्च महिना सम्म पनि व्यवस्थित रुपले सडक मर्मत नगरे विभाग अनि ठेकेदारलाई कडा कार्वाही गरिनेछ - अञ्जुल चौहान , जीटीए सभाध्यक्ष
अन्ततः पोख्रेबोङ–नागरी सडकको झमेंला निष्कर्षमा आयो
हेर्नुहोस् पुरा भिडियाे
स्यामसन तामाङ को आयो ठूलो बयान।
आफूलाई मोहरा बनाएको आरोप
मलाई सिक्किमको क्याब पार्टीको नेताले बोल्न लगाएको थ्रू बी.पी. बजगाई - स्यामसन तामाङ।