Darjeelinglive Channel

Darjeelinglive Channel आवाज जनताको निश्पक्ष,सत्य र निष्ठाको साथमा
(1)

14/04/2024

भाजपाको सङ्कल्प पत्र माथि अनित थापाको प्रतिक्रिया

BJP को घोषणा पत्रले गोपाल लामालाई जिताउ भन्ने सन्देश दिएको छ। अब सबै मिलेर गोपाल लामालाई जिताउनु पर्छ।: अनित थापा

14/04/2024

सिंन्चेल देवी मन्दिरमा पुजा आर्चना गरि गोरामुमो अध्यक्ष मन घिसिङ द्वारा जोरबङ्लोमा चुनाव प्रचार ।

गोरामुमो अध्यक्ष मन घिसिङ द्वारा सिंन्चेल देवी मन्दिरमा पुजा आर्चना गरि गोरामुमो जोरबङ्लोमा चुनाव प्रचार गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी महासचिव संजय खवासले पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा आजको प्रचार साथै पुजा आर्चना बारे जानकारी गराउदै भने , अध्यक्ष मन घिसिङ द्वारा आज सिंन्चेल देवी मन्दिरमा पुजा आर्चना गर्नुको उद्देश्य देशमा लोकसभा चुनाव सम्पन्न भइरहेका छन् यसको निम्ति देशमा अनि पहाडमा शान्ति स्थापना कायम रहोस् साथै शान्तिका साथ चुनाव सम्पन्न होस् भनी अध्यक्ष मन घिसिङ द्वारा प्रार्थना चडाएका छन् । गोर्खा जातिको समस्याको समाधान चाडैं होस् यसका साथै राजु बिष्टलाई सिंन्चेल देवीले आशिर्वाद प्रदान गरुन् अनि राजु बिष्टको बिजय होस् भनी अध्यक्ष मन घिसिङ द्वारा प्रार्थना चडाएका छन् । यसैक्रममा आज जोरबङ्लो बजार अनि डाइरीमा अध्यक्ष मन घिसिङले जनसम्पर्क अभियान गरि राजु बिष्टलाई गोर्खा जातिको निम्ति मुद्दालाई पार लगाउन आफ्नो बहुमुल्य भोट दिएर बिजयी बनाउने अपिल गरे । राजु बिष्टको जीत सुनिश्चित छ र हामीलाई गोर्खाहरुको सुरक्षा हेतु संवैधानिक ब्यवस्था दिनु पर्छ र हामीलाई बिश्वास छ प्रधानमन्त्री नरेन्द्र मोदी माथी । यसैकारण सम्पुर्ण गोर्खा जातिले राजु बिष्टलाई जिताउनु पर्छ भनी संजय खवासले अपिल गरे ।
आजको चुनाव प्रचारको क्रममा केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ , केन्द्रीय समिति सदस्य मणिकला तामाङ, अरुण राई , गोरामुमो सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री , गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवल , गोरानासं , समष्टि अध्यक्ष मणि मोक्तान , समष्टि प्रतिनिधि बर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेका थिए ।

14/04/2024

जाति र माटोको लागि उल्टा पाल्टा गर्ने ,एक इंन्च पनि काम नगर्ने हाम्रो जनता थिचोमिचो गर्ने पाइतला मुनि राख्ने बर्मा लुटाई गर्ने त्यस्तो प्रकारको क्षेत्रीयता पार्टीहरु छ भने त्यस्तो क्षेत्रीयता पार्टीहरु मासिएकै राम्रो हो ।
मन घिसिङ
अध्यक्ष
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय समिति ।

14/04/2024

भारतीय जनता पार्टीले जारी गरेको २०२४ लोकसभा चुनावी घोषणापत्र माथि आफ्नो प्रतिक्रिया जनाउँदै "अजय एडवर्ड्"।

14/04/2024

क्षेत्रीयता बचाउनु नै पर्छ। म विमल गुरुङ, अजय एडवर्ड्स, वन्दना बहिनी लाई पनि यस विषयमा सोच्न आग्रह गर्छु। BJP ले आफ्नो घोषणा पत्रमा गोर्खाको मुद्दामा केही भन्ने गर्थ्यो। तर यसपाली त गोर्खाको मुद्दामा बीजेपी को सङ्कल्प पत्र चुप छ।

14/04/2024

बिश्वकर्म जाति निवारण समाज तकदाह चियाबारीको आयोजनामा बाबा साहेब भिमराव अम्वेदकरको १३३ अौं जन्म जयन्ती समारोह स्थानीय तकदाह चियाबारीमा सम्पन्न गरियो । समाजका सभापति मोहन रसाइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पञ्चायत चुनावमा बिजयी बनेका समष्टि क्षेत्रका अनुसुचित जातिका ब्यत्तिहरूलाई सम्बर्द्धना जनाइयो । कार्यक्रममा बिशिष्ट अतिथिमा पञ्चायत प्रधान निमेस मंगराती , किसन सिन्चुरी, सुष्मीता साकी, चन्द रामुदामु ,पृ या बराइली आदिको उपस्थिति थियो ।कलाकारहरूले गीत , नृत्यहरू प्रस्तुत गरिएको कार्यक्रममा निर्मल मंगराती, किसन सिन्चुरी, राकेस रामुदामु र अर्जुन रामुदामुले बाबा साहेबको जीवनी र योगदान बारे बत्तब्यमा जानकारी गराए ।

14/04/2024

जुत्ता अब फाटी सक्यो "राजु बिष्ट "

13/04/2024

दार्जिलिङ शहरमा पहिलो बैशाख पालन एवं शोभा यात्रा।

विज्ञप्तिशिक्षक नियुक्ति प्रकरणमा अनित थापा विरुद्ध विधाननगर थानामा FIR दर्ता भयो भनेर सोसियल मिडियामा खबर फैलाईयो। यो ख...
12/04/2024

विज्ञप्ति

शिक्षक नियुक्ति प्रकरणमा अनित थापा विरुद्ध विधाननगर थानामा FIR दर्ता भयो भनेर सोसियल मिडियामा खबर फैलाईयो। यो खबर सरासर झुट हो। म विरुद्ध यस्तो भ्रामक खबर फैलाउने सोसियल मिडियाका पेज अनि व्यक्ति विरुद्ध मैले स्थानीय थानामा FIR दर्ता गरेको छु।

कुनै ठोस तथ्य बिना म विरुद्ध अफवाह फैलाउनुको एउटै कारण मेरो चरित्र हनन गर्नु हो। मेरो काम माथि टिप्पणी गर्नु अर्को कुरा हो तर हुँदै नभएको कुरालाई स्रोतको हवाला दिएर मेरो चरित्र माथि ठेस लाग्ने अफवाह म कदाचित सहन गर्ने छैन। म व्यक्ति मात्र होइन, गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको प्रमुख कार्यपाल पनि हुँ। यो भ्रामक खबर ओहदाको गरिमालाई चोट पुर्याउने षड्यन्त्र पनि हो। यदि म विरुद्ध कुनै पनि कुरा फैलाउन अघि स्रोतको जाँच गरून्। तथ्य अनि प्रमाण सहित बोलुन।

मैले बारम्बार भन्दै आएको हुँ कि हामीलाई उक्साएर पहाडमा अशान्ति फैलाउने कुचेष्टा भई नै रहेकोछ अनि हुनेछ। पहाडको शान्ति अनि कानुन व्यवस्था ठीक राख्नु मेरो प्रथम कर्तव्य ठान्छु। म उक्सिनेवाला छुइन। मेरा सहयोगीहरू, समर्थकहरू, शुभचिन्तकहरू अनि सम्पूर्ण जनताले पनि यस्तो भ्रामक अनि झूटो खबर माथि विश्वास नगर्ने। झुटो खबर फैलाउने विरुद्ध कुनै टिकाटिप्पणी नगर्ने। झुटको प्रतिक्रिया बयानवाजीले हुँदैन। त्यसैले मैले कानुनको सहरा लिएर नै झुटको अन्त्य गर्ने निर्णय लिएको हुँ। कानुनले नै यसको निवारण गर्नेछ।

अफवाह फैलाउनेले यदि राजनैतिक रूपले प्रेरित भएर अनि राजनैतिक फाइदाको निम्ति कुकार्य गर्दैछ भने, आज नै बन्द गर्नुहोस। पहाडको राजनीति अफवाह अनि आरोपमा होइन, तथ्य अनि प्रमाणमा चल्छ। अफवाहको राजनीति घातक हुन्छ: व्यक्तिलाई, समाजलाई अनि राजनीतिलाई पनि। झन मीडिया कर्मीले यस्ता कुराहरू सम्प्रेषण गर्दा एकपल्ट होइन धेरै पल्ट तथ्यको जाँच गरेको हुनुपर्छ।

अनित थापा
प्रमुख कार्यपाल
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन

12/04/2024

गोरामुमो अध्यक्ष मन घिसिङ चुनाव प्रचार प्रसारको क्रममा आज सुके मानेभञ्ज्याङ समष्टि पुगे ।

12/04/2024

गोर्खा नव वर्ष जातीय उत्सव आयोजक समिति, दार्जीलिङ्गको निमन्त्रणा

बिहिबारे सफाई अभियानदार्जीलिंग नगरपालिका अध्यक्ष दिपेन ठकुरी अनि वर्तमान दार्जीलिंग नगरपालिका वोर्डद्वारा दार्जीलिंग शहर...
11/04/2024

बिहिबारे सफाई अभियान

दार्जीलिंग नगरपालिका अध्यक्ष दिपेन ठकुरी अनि वर्तमान दार्जीलिंग नगरपालिका वोर्डद्वारा दार्जीलिंग शहर सफा राख्न "बिहिबारे सफाई अभियान" निरन्तर रुपमा चलिरहेको छ।

स्मरण रहोस् केही महिना अघि मात्र दानपा अध्यक्ष दिपेन ठकुरीको पहलमा बीच गल्लीलाई सुन्दरिकरण गर्दै टाईल्स लगाईएको थियो।

आज सफाई कर्मचारीहरुले उक्त बीच गल्लीको नालाहरु साथै टाईल्स सफा गरे।

प्रत्येक बिहिबारको दिन नै सफाई अभियान अविरल रूपमा चलिरहेको छ अनि अन्य दिनहरुमा पनि दार्जीलिंग शहरलाई सफा अनि सुन्दर राख्न वर्तमान दार्जीलिंग नगरपालिकाको वोर्डले निरन्तर काम गरिरहेको छ।

भागोप्रमो लामाहट्टा वार्ड न०16/3 द्वरा आयोजित शाखा सभापति शीलकुमार प्रधानको नेतृत्वमा तकदहा ग्लेनबर्ण समष्टि अध्यक्ष पुल...
11/04/2024

भागोप्रमो लामाहट्टा वार्ड न०16/3 द्वरा आयोजित शाखा सभापति शीलकुमार प्रधानको नेतृत्वमा तकदहा ग्लेनबर्ण समष्टि अध्यक्ष पुलक मोक्तान,महासचिव सुशोभित गुरुङ र युवा सक्ति सचिव बिन्दान राइको विशेष उपस्तिथिमा अप्पर लामाहट्टा 3 रोड लाइन भेगका हाम्रो पार्टीका कर्मठ कार्यकर्ताहरुले चुनावको मुखैमा अनित थापाको भिजनलाइ मन पराएर समर्थन जनाए। समर्थन जनाउनेहरुमा
अल्का राइ शाखा नेत्री,अन्जना तामाङ ,नारी समूह बाट भुमिका शर्मा ,कविता शर्मा ,बेबि तामाङ , रुपा तामङ ,मुन्ना तामाङ फुलमाया तामङ ,रुपनारायन प्रधान ,राजकुमार तामाङ, कुमार तामङ
धनबिर तामाङ आदि
गरि मोठ 15 घरले समर्थन जनाएर आउने चुनावमा गोपाल सरलाइ सघाउने प्रण गरेका छ्न।

11/04/2024


पहाडमा आफ्नै नेपाली दाजुभाइले आफ्नै नेपाली दाजुभाइ अनि दिदिबहिनीहरुलाई लुट्दैछन्।

11/04/2024
बिदेश लान्छु भन्दै लाखौं रुपैयाँ लगेर फरार सिङ्ताम गोपाल धुरा निवासी एजेन्ट अनिल लामा।
हामीले भइनभइ रिनपान गरि लगाएको पैसा अनि हाम्रो पासपोर्ट जेजसरी भएपनि दिएको हुनुपर्छ अनि पुलिस प्रशासनले पनि यसको निम्ति हामीलाई सहयोग दिनुहुन्छ भन्ने आशा साचेका छौं। पीडित

11/04/2024

समुदाइको उन्नतिमाथि गर्व गर्नुको साटो लान्छना लगाउनु दुर्भाग्य हो: डाक्टर मुनिष तामाङ

11/04/2024

दार्जिलिङ पहाडमा गैरकानूनी शिक्षक नियुक्तिको सम्बन्धमा हिजोको अदालतको आदेशमा स्पष्टिकरण गर्दै जीटीएका कानुनी सल्लाहकार डीके प्रधानले मिडियालाई सम्बोधन गर्दै।

11/04/2024

लोकसभा चुनाव २०२४ को स्वतन्त्र उम्मेदवार बन्दना राई जनसम्पर्क गर्दै घुम देखि दार्जिलिङ सम्म।

09/04/2024

तक्दाह ग्लेनवर्णन समष्टि अन्तर्गत भोटिया बस्तीबाट बि०जे०पि० बाट भागोप्रामोमा समेल भएको खबर झुटो हो भनि तक्दाह ग्लेनवर्णन मण्डलका महासचिव प्रदिप सोताङले खण्डन गर्दै एक‌ प्रेस विज्ञप्ति जारी गरेका छन्।

भारतिय जनता पार्टी(BJP)त्यागि ३५ घरले समाए भा ०गो ०प्र ०मो ० को झण्डा:दिनांक ८/४/२०२४ को दिन तकदाह -ग्लेनवर्ण समष्टि अन्...
09/04/2024

भारतिय जनता पार्टी(BJP)त्यागि ३५ घरले समाए भा ०गो ०प्र ०मो ० को झण्डा:
दिनांक ८/४/२०२४ को दिन तकदाह -ग्लेनवर्ण समष्टि अन्तगर्त दबाई पानी/मिनरल स्प्रिङ शाखालाई लिएर एक चुनावी सभा दवाई पानी सार्वजानिक भवनमा बसियो, आगामी लोग सभा उम्मेद्वार गोपाल लामा सरलाई बिजय तुल्याउन हेतु एवं भागोप्रमो अनित थापाको हात बलियो बनाउन हेतु बसिएको सभामा अनित थापाको सोच र कर्म सिद्धान्तलाई मन पराएर ३५ घरले भारतिय जनता पार्टीे (BJP)त्यागि घर वापासि पनि गरे २३/१३८ बुथ जो बिजनबारी खण्ड अन्तर्गत पर्छ भने दार्जीलिङ सदर तथा तकदाह -ग्लेनवर्ण समष्टि भित्र पर्ने गर्दछ।
हिज बसेको सभामा समष्टिका अध्यक्ष श्रीमान पुलक मोक्तान, उपाध्यक्ष श्रीमान प्रभाकार गुरूंग अनि सन्जय राई यसरी समष्टि महासचिव श्रीमान सुशोभित गुरुङ,समष्टि युवा शक्ति अध्यक्ष श्रीमान मणी कुमार राई, समष्टि कोषाध्यक्ष श्री धिराज राई , दवाईपानि ग्राम पन्चायत प्रधान श्री अशोक मुखिया,यसरी नै उप प्रधान सुनिता तामाङ भुटिया, सम्बन्धित शाखाका पन्चायत सदस्य एंव संयोजिका दिव्या राई पन्चायत सदस्य श्री सुजन प्रहरी, दिपराज राई रहेका थिए।
सभा सन्चालन हुन भन्दा अगाडी समष्टिको पक्षबाट पदाधिकारी गण एवं लेबुङ बदमताम समष्टि सभासद श्री योगेन्द्र प्रधान ज्युको सहभागीता रहेको थियो।
सभालाई सम्बोधन गर्ने क्रममा समष्टि अध्यक्षज्युले गोपाल लामा सरलाई बिपुल मतले उक्त शाखाबाट बिजय गराई दिने अपिलका साथ ३५ घरका परिवारलाई समष्टिको तर्फबाट स्वागत साथै बधाई टुक्राउनु भयो। यसरी नै आफ्नो वक्तव्य राख्ने क्रममा दबाई पानी मिनरल स्प्रिङ पन्चायत प्रधान श्री अशोक मुखियाले २३/१३८ बुथका जुन ३५ घरका परिवारले भारतिय जनता पार्टी(BJP )त्यागि घर वापसि गरे यो समष्टिको निम्ति शुभ सङ्केत रहेको बताए जो समष्टि साथै अनित थापाको हात बलियो बनाउने कार्य साथै गोपाल लामाको बिजयको संकेत हो,हामी समष्टिको पक्षबाट हृदयबाट स्वागत जनाउदछौ भन्दै धन्यवाद ज्ञापन पनि गरे।
घर वापसी गर्नेहरुमा सबैले बिजेपी(BJP) को 15 वर्ष को डटवारे राजनीति सित वाक्क दिक्क भएर पार्टी त्यागेको बताउँदै, श्री अनित थापाको कार्य प्रणालीमा बिश्वास रहेको तथा यो पाली गोर्खे भुमी पुत्र गोपाल लामा सरलाई लोग सभा प्राथी दिएकोमा बिकासका पुर्वाधारहरुलाई अगाडी लैजाने छ र वहाँलाई बिजय बनाउनुमा हाम्रो कर्तब्य बन्न जान्छ र यस्ता सुनाउलाँ मौका पहाडले पाउछ पाउँदैन पाएकोमा धोका गर्न हुन्न भन्ने कुरो व्यक्त गर्दै घर वापसी भएको तथा हामीलाई स्वागत जनाई दिएकोमा समष्टि प्रति आभार प्रकट गरे।
सभालाई समष्टिका महासचिव सुशोभित गुरुङ ले सन्चालन गरेका थिए भने वक्तव्यको क्रममा क्रमैले दिव्या राई, अशोक राईले पनि सम्बोधन गरेका थिए।

लोकसभा चुनाव २०२४ को चुनावी खेल मैदान उत्रिएका १४ जाना उम्मेदवारहरुको नामावली एवं चुनाव चिन्ह सार्वजनिक।
08/04/2024

लोकसभा चुनाव २०२४ को चुनावी खेल मैदान उत्रिएका १४ जाना उम्मेदवारहरुको नामावली एवं चुनाव चिन्ह सार्वजनिक।

08/04/2024

राज्य सरकार चाहिँ कुल देउता हो। केन्द्र सरकार चाहिँ मूल देउता हो। हामीले मूल देउतालाई खुसी पार्नु अघि कुल देउतालाई पहिला खुसी राख्नु पर्छ। हामीले जहिले पनि कुल देउता विचक्याउने काम गर्यौ। यसपाली चाहिँ हामीले कुल देउतालाई खुसी पारौं।

08/04/2024
08/04/2024

रेलिङ कैजले समष्टिबाट भागोप्रमोमा सामुहीक समर्थन।

08/04/2024

रेलिङ कैजले समष्टिमा सामुहीक समर्थन।

07/04/2024

ऋषिहाट गुम्बामा पुजा आर्चना गर्दै गोरामुमो अध्यक्ष मन घिसिङ द्वारा चुनाव प्रचार प्रसार आरम्भ ।

07/04/2024

प्रताप खाती र बन्दना राईद्वारा गोजमुमो अध्यक्ष बिमल गुरुङ माथि लगाएको लान्छाना माथि खण्डन एवं घोर बिरोध गर्दै गोजमुमो युवा मोर्चा अध्यक्ष नमन राई ।

07/04/2024

काङ्ग्रेस पार्टीले घोषणा पत्र जारी गरेवापत उक्त घोषणा पत्रको खण्डन गर्दै संजिव लामा।

दार्जीलिंग जज् बजारमा फोहोर मैला जथाभावी फ्याकेको छ। फोहोर मैलाहरु मान्छे बस्ने ठाउँ तिर होईन डस्टबिनमा हालौं। वर्तमान द...
07/04/2024

दार्जीलिंग जज् बजारमा फोहोर मैला जथाभावी फ्याकेको छ।

फोहोर मैलाहरु मान्छे बस्ने ठाउँ तिर होईन डस्टबिनमा हालौं।

वर्तमान दार्जीलिंग नगरपालिकाले शहर सफा राख्न प्रत्येक दिन नै काम गरिरहेको छ तथापि यसरी फोहोर मैलाहरु जथाभावी फ्याक्ने गर्छन्। नगरपालिका सफाई कर्मचारीहरु दिन रात काम गरिरेहका छन् तर पनि केही असामाजिक तत्वहरुले यसरी जथाभावी फोहोर फ्याक्ने गर्छन्।

सचेत बनौं‌ हाम्रो दार्जीलिंग सफा राखौं।

दार्जीलिंग नगरपालिका अध्यक्ष, वर्तमान नगरपालिका वोर्ड लगायत नगरपालिका सफाई कर्मचारीहरु सम्पूर्ण नगरबासीलाई शहर सफा अनि स्वच्छ बनाउन सबैले नगरपालिकालाई सहयोग पुर्याऔं भनि नम्र निवेदन गर्दछौं।

06/04/2024

प्रहरीलाई गोप्य र आन्तरिक प्रतिवेदनमा दार्जिलिङ सदरका आईसीको पहलमा विशेष अनुसन्धान टोली एसआई दिव्या चक्रवर्ती, एएसआई विप्लव चक्रवर्तीलगायतको टोलीले आज बिहान गद्दीखान, पाउण्ड रोड इलाकामा गएर गौरव नामका ३ जना पुरुषलाई पक्राउ गरेको हो । , नौशाद र रियाजले तीस वर्ष नाघेका र मञ्जु नामकी एक महिलाले ४० वर्ष नाघेकाले बिहान करिब ७ः१५ बजे ६ वटा गोलीसहितको म्यागजिनसहित २ थान इम्प्रोभाइज्ड पेस्तोलसहित पक्राउ परेका थिए ।
चारै जनालाई आज स्वास्थ्य परीक्षणपछि अदालतमा पेश गरी थप अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न प्रहरीलाई आग्रह गरिएको छ ।

Address

Glenburn Road
Darjeeling

Alerts

Be the first to know and let us send you an email when Darjeelinglive Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darjeelinglive Channel:

Videos

Share