Pashok News सत्य अनि निष्पक्ष खबर

Pashok News सत्य अनि निष्पक्ष खबर Pashok News is a news web, .News Portal. It provide the news, literature, music etc for the viewers.

क्षेत्र भित्र अनि बाहिर बाट आएका समाचारहरु पनि तपाईहरु अघि पस्किने गरेकोछु। अनि कुनै पनि समाचार, व्यवसायिक विज्ञापन भए पेशोक न्यूजलाई पठाउन सक्नु हुनेछ।

17/04/2024

कविता वाचन:
कवि डुक छिरिङ लेप्चा, मिरिक ।

हाम्रो पार्टी दार्जीलिङ महकुमा समिति सचिव राहुल छेत्रीले पनि दिए राजीनामा ।
16/04/2024

हाम्रो पार्टी दार्जीलिङ महकुमा समिति सचिव राहुल छेत्रीले पनि दिए राजीनामा ।

केन्द्रमा ईण्डिया गठबन्धनको सरकार आए दार्जीलिङलाई छैटौ अनुसूचि पक्का: मुनिष तामाङदार्जीलिङ 16 अप्रैलभारतीय जनता पार्टीले...
16/04/2024

केन्द्रमा ईण्डिया गठबन्धनको सरकार आए दार्जीलिङलाई छैटौ अनुसूचि पक्का: मुनिष तामाङ
दार्जीलिङ 16 अप्रैल
भारतीय जनता पार्टीले हामीलाई झुक्काउने काम मात्र गरेको छ, यो मनतब्य ईण्डिया गठबन्धन समर्पित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले पोखेको हो।
खरसाङ बजारमा आज ईण्डिया गठबन्धन समर्पित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको चूनावी जनसभा सम्पन्न भयो।आयोजित चूनावी जनसभालाई सम्बोधन गर्ने क्रममा काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले भारतीय जनता पार्टी लाई हामी 15 बर्ष दियौ तर भाजपाले हामीलाई झुक्काउने कार्य बाहेक अरू केही गरेनन।
तिनले अझ भने भाजपाले हाम्रो भोट हत्याउनलाई हामीसंग केवल झूठो बाचाहरू मात्र गरयो तर ती वाचाहरू पूरा गरेनन। पहाडको तृणमूल काग्रेसलाई समर्थन पार्टी भष्ट्रचार, घोटालाहरूमा लिप्त छ,तृणमूल काग्रेसलाई समर्थन गर्ने पहाडको राजनैतिक पार्टीको भष्ट्रचार र घोटालाहरू कसैको नजरबाट छुटेको छैन,भाजपको झुक्काउने नीति र तृणमूल काग्रेसलाई समर्थन गर्ने पार्टीको भष्ट्रचार र घोटालाले वाक्क दिक्क भएको पहाडबासीहरूले विकल्प खोजी रहेको छ अनि हामी विकल्पको रूपमा यहा आएका छौ डाक्टर तामाङले भने।
तिनले अधि भने काग्रेस पार्टीको महासचिव गुलाम अहम्मद मिरले पार्टीको चूनावी घोषणा पत्रमा छैटौ अनुसूचिको बारेमा स्पष्टसंग उलेख गरिएको बताउनु भएको छ। केन्द्रमा ईण्डिया गठबन्धनको सरकार गठन भएको खण्डको दार्जीलिङ पहाडलाई छैटौ अनुसूचि प्रदान गरिने साथै गोर्खा समुदायको जात गोष्ठीहरूलाई जन जातिमा समाबेश गरिने विषय बारे स्पष्टसंग बताउनु भएको छ भन्ने तामाङले बताए। केन्द्रमा यूपीए सरकारको शासनकालमा दार्जीलिङ पहाडलाई छैटौ अनुसूचि दिने विषयमाथि संदनमा वील पेश गरेको हो।केन्द्रमा काग्रेसको सरकार आएको खण्डमा छैटौ अनुसूचिको वीललाई पूनः पेश गरिनेछ तामाङले भने।गोर्खा जातिको जातिया मुद्वालाई सम्बैधानिक रूपमा पारित गर्ने दिशामा हामी काम गर्ने छौ,काग्रेसको सम्बैधानिक समाधान भाजपाको स्थायी राजनैतिक समाधान जस्तो होइन तिनले भने।भाजपाले के जति बोल्छ ती सवै नारा मात्र हुन्छ तर त्यसको आधार हुदैन। भाजपाले गोर्खाहरूको बारेमा जे जति भन्दै थिए ती यस पटकदेखि भन्न समेत छोडी दिएको छ आफ्नो झूठदेखि भाजपा आफै थाकी सकेको छ तामाङले भने।

बर्ष २०२४ को युपीएससी परीक्षामा तीन जनाले रेकर्ड कायम गरेका छन् । दार्जीलिङ निवासी जयश्री प्रधान  52 औं स्थान लिएर उतीर्...
16/04/2024

बर्ष २०२४ को युपीएससी परीक्षामा तीन जनाले रेकर्ड कायम गरेका छन् । दार्जीलिङ निवासी जयश्री प्रधान 52 औं स्थान लिएर उतीर्ण भएकी छिन्।
त्यसरी नै बाघडोग्राका गौतम ठकुरी 391 औं स्थानमा र दार्जीलिङ्ग ( एम एम तराई)-का अजय मोक्तान 494 औं स्थानमा उतीर्ण भएका छन्।

तपाईं मतदाताको रूपमा भरोसा को माथि गर्नु हुन्छ ?????Pashok News को सर्वेक्षण ! कमेन्ट् गर्नु होस् ।
16/04/2024

तपाईं मतदाताको रूपमा भरोसा को माथि गर्नु हुन्छ ?????
Pashok News को सर्वेक्षण ! कमेन्ट् गर्नु होस् ।

भाजपाको खेतबारीमा विलाए गोर्खाको सपना ! लाखे लाखे भन्दै पन्ध्रौं बसन्त पार भए तर अहिले आएर भाजपाको संकल्प पत्र बाट बाहिर...
16/04/2024

भाजपाको खेतबारीमा विलाए गोर्खाको सपना ! लाखे लाखे भन्दै पन्ध्रौं बसन्त पार भए तर अहिले आएर भाजपाको संकल्प पत्र बाट बाहिरिए गोर्खाको सपना ।
शिरमा सान्तवनाको हातले मसार घसार गर्ने भाजपा मात्र होइन राज्यको दल पनि हुन् ।

15/04/2024

गोरामुमो अध्यक्ष मन घिसिङ द्वारा खरसाङ्का विभिन्न क्षेत्रहरुमा चुनाव प्रचार ।

15/04/2024

BJP Candidate Mr. Bista Addressing To The Election Meeting In Gorubathan.
Log into 👉️ https://youtube.com/

अस्थायी बाटो बन्द्को सुचनातक्लिङ प्राथमिक स्वास्थ्य केन्द्र देखि दिवानी फाट्क सम्मको करिब ७०० मिटर सड्क मार्गको बज्रयान ...
15/04/2024

अस्थायी बाटो बन्द्को सुचना

तक्लिङ प्राथमिक स्वास्थ्य केन्द्र देखि दिवानी फाट्क सम्मको करिब ७०० मिटर सड्क मार्गको बज्रयान कन्सट्र्क्सन द्वारा निर्माणकार्य चलिरहेको कारण अस्थायी रूपमा उक्त सड्क मार्गमा सवारी साधनहरु गुड्न बाट रोक लगाइएकोछ।

उक्त सड्क निर्माणकार्य १६ अप्रेल देखि ३० अप्रेल २०२४ सम्म रहेको बज्रयान कन्सट्र्क्सनले एक विज्ञप्ती जारी गरेर जनाएको छ् । विज्ञप्तीमा जनाए अनुसार यदि कुनै बिरामी लिएर अस्पताल आउन परे माथि सोरेङ भेट्नरी भएर अथवा Pagayi गोलाई बडा मंगवा भएर जान सक्ने जनाउदै क्षेत्रवासीलाई पर्न गएको असुविधाको निम्ति खेद प्रकट गरिएको छ् ।

15/04/2024

हिदिकसं ले व्हील चेयर प्रदान गर्‍यो जिङ्लाम सरदारधुरा निवासी दिवंग व्यक्ति सागर तामङलाई । भने, म आभारी छु संगठन प्रति ।
यू-ट्यूब लिंक 👇️👇️👇️👇️
https://youtube.com/

15/04/2024

जीवन ज्योति फाउन्डेशन द्वारा दुई बिमारीलाई आर्थिक सहयोग राशी हस्तान्तण ।
log into link 👇️👇️👇️👇️
https://youtube.com/

15/04/2024

अनितले गरे विमल, अजय अनि बन्दनालाई अपिल!!!
log into link 👇️👇️👇️
https://youtube.com/

मणिपूर हुन नसक्ने दार्जीलिङले कहिले हुन सक्दैन: अजय एडवाडर्सदार्जीलिङ: १४ अप्रैल।मणिपूरको हुन नसक्ने, दार्जीलिङको कहिले ...
14/04/2024

मणिपूर हुन नसक्ने दार्जीलिङले कहिले हुन सक्दैन: अजय एडवाडर्स

दार्जीलिङ: १४ अप्रैल।
मणिपूरको हुन नसक्ने, दार्जीलिङको कहिले हुन सक्दैन । उक्त मनतब्य हाम्रो पार्टीका संस्थापक अध्यक्ष अजय एडवाडर्सले पोखेका हुन् । ईण्डिया गठगबन्धन समर्थित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको आज दार्जीलिङको चोक बजारको गिताङगे डाडामा चूनाव सभा सम्पन्न भयो। चूनावी सभा शुरू हुन अधि ईण्डिया गठबन्धनको दलहरूले विराट रैली निकालेक भने उक्त र्‍याली अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो जन्मेको ठाउँ मणिपूरको हुन नसक्ने मान्छेले दार्जीलिङ पहाडलाई याद गर्छ भन्ने भ्रम मात्र रहेको तिनले बताए।अध्यक्ष एडवाडर्सले अधि भने अहिले चूनावको माहोल छ,रूपियाँ पैसाको छेलो खेलो हूदैछ,क्षेत्रिया दलहरू मास्ने पार्टीले ठूल्ठूला कुराहरू गर्दैछ,तृण्मूल काग्रेस अनि अनित थापा दाजुको पार्टीले नरिवल यस बर्ष जति नरिवलहरू फुटाएको छ ती सवै कामहरू भएको हुन पर्छ। भाजपालाई पनि होइन तृणमूल काग्र्रेसलाई पनि होइन यस पटकको भोट काग्रेस पार्टीलाई दिने अध्यक्ष एडवाडर्सले आहवान गरयो।तिनले अधि भने भारतीय जनता पार्टीले यस पटकको चूनावी संकल्प पत्रमा गोर्खाहरूको बारेमा केही लेखेेको छैन यदि गलतीले भोलीको दिनमा लेखेछ भने त्यसलाई विश्वास नगर्नोस अध्यक्ष एडवाडर्सले भने।भारतीय जनता पार्टीको नाम नलिइ अध्यक्ष एडवाडर्सले भने हाम्रो मान्छेहरूले हाम्रो मांग पूरा गर्छ भन्दैछ तर सांसद बन्नुको पछि ठूल्ठूला महंगो प्रोजेटहरू रहेको तिनले आरोप लगाए।एडवाडर्सले अझ भने आफु जन्मको ठाउ मणिपूरको हुन नसक्ने मान्छेले यहाँ आएर ठूल्ठूलो कुराहरू नगर्दा पनि हुन्छ भन्ने तिनले बताए।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दार्जीलिङ नगरपालिकाले नयाँ पानीको कनेक्सन गर्नलाई दुई लाख रूपियाँ घूस माग्ने गरेको दावी गरेको छ।नयाँ कनेक्सनको अर्जी चढाउने र नगरपालिकामा कार्यरत एक जिम्मेवार अधिकारीसंगको टेलिफोनिक बातचितको रिकार्ड उनले सर्वजनिक गरी दिएका छन।टेलिफोनिक बातचितमा दार्जीलिङ नगरपालिकाको जिम्मेवार अधिकारीले पानीको नयाँ कनेक्सन पास गर्न मात्र दुई लाख रूपिया पर्ने अनि पानी जोडनलाई पाइप र जोडेको छुटटै खर्च पर्ने बातचितमा बताएका छन।

भाजपा गोर्खाहरूको निम्ति घातक हो: डाक्टर तामाङदार्जीलिङ: १४ अप्रैल।भारतीय जनता पार्टी देशको निम्ति घातक हो यो मनतब्य ईण्...
14/04/2024

भाजपा गोर्खाहरूको निम्ति घातक हो: डाक्टर तामाङ

दार्जीलिङ: १४ अप्रैल।
भारतीय जनता पार्टी देशको निम्ति घातक हो यो मनतब्य ईण्डिया गठबन्धन समर्पित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले पोखेको हो।शहरको चोक बजारमा ईण्डिया गठबन्धन समर्पित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको चूनावी जनसभा आयोजना भएको थियो।आयोजित चूनाव जनसभालाई सम्बोधन गर्ने क्रममा डाक्टर तामाङले भाजपा गोर्खाहरूको निम्ति घातक रहेको कुरा तपाई हामीले बुझी सकेका छौ तर भारतीय जनता पार्टी देशकै निक्ति घातक भएको छ।तिनले अधि भने पहाडबासीलाई भारतीय जनता पार्टीलाई 15 बर्ष समर्थन गर्दै सांसद दिन्दै आएको हो तर यस 15 बर्षको भाजपाले पहाड तराई डुवर्सबासीहरूलाई जे जे वाचाहरू गरेका थिए,ती वाचाहरू मध्ये आजसम्म एउटै पनि पूरा गरेको छैन।तिनले अधि भने म पूर्ण विश्वासंगको भन्दैछ अब हुने चूनावमा केन्द्रको भाजपा सरकार लडनेछ,2024 को चूनावले देशमा नयाँ सरकारको गठन गर्नेछ,जसले देशको संविधानमाथि विश्वास गर्छ,जसले सवको साथ सवको विकाशमाथि आस्था र भरोसा राखेको छ,त्यसले देशमा नयाँ सरकार ल्याउनेछ।पहाडसंग संगै देशमा पनि यस पटक अवश्यै परिवर्तन हुनेछ।तामाङले अधि भने भाजपाले झूठ मात्र बोल्छ भन्ने मैले अधिबाटै भनेको हो,पहाडबासी एंव गोर्खाहरूलाई पीपीएसको सपना देखाए,विश्व विधालयको सपना देखाए,11 जात गोष्ठीको सपना देखाए,आज 15 बर्ष विति सक्दा पनि भाजपाले यी कुनै विषयहरू पूरा गरेको छैन।भारतीय जनता पार्टीले आज आफ्नो संकल्प पत्र जारी गरेको छ तर जारी गरेको संकल्प पत्रमा गोर्खाहरूको बारे केही कुरा उलेख गरेको छ,यसले स्पष्ट हून्छ भाजपालाई गोर्खाहरूप्रति कुनै वास्ता छैन तामाङले भने।भाजपा समर्थन जनाउँने पहाडको राजनैतिक दलको नेतृत्वहरूले आफुले आफुलाई झुक्काउने काम गरेको छ।पहाडको नेतृत्वहरूले जनतालाई कति दिनसम्म झुक्काउने,कति दिन धोखा दिने तिनले प्रश्न तेर्साए।

14/04/2024

BJP को संकल्प पत्र बारे अनित थापाको प्रतिक्रिया ।

मानिस हराएको सुचना!
14/04/2024

मानिस हराएको सुचना!

*Indian Embassy in Russia doing their best to bring back Sh. Urgen Tamang*On the 22nd of March, 2024 I had received a vi...
12/04/2024

*Indian Embassy in Russia doing their best to bring back Sh. Urgen Tamang*

On the 22nd of March, 2024 I had received a video showing Sh. Urgen Tamang of Ward 19, Kalimpong requesting for evacuation from Russia, where he had been duped into joining the Russian Army.

I had immediately reached out to the Union Minister of External Affairs Dr. S Jaishankar ji and our Embassy officials in Russia. I have also been following up on the case, on a regular basis.

Today, I received this note from Sh. Charanjeet Singh, Additional Secretary (ERS), MoEA informing me that "the Indian Embassy in Moscow has taken up the matter with the Russian authorities concerned to secure his early return. Larger issue of other Indian nationals who had been misled into joining the Russian Army was also taken up by Foreign Secretary with Russian Ambassador in New Delhi. The issue remains a high priority. The Government of India will always ensure the safety, security and welfare of Indians abroad."

I am grateful to Hon'ble Prime Minister Sh. Narendra Modi ji, EAM Dr. S Jaishankar ji, and the entire Indian Embassy team in Russia for giving priority to rescuing our brother.

We are most hopeful that Urgen ji will be rescued safely.

Please do keep him in your prayers.

*Raju Bista*
*Member of Parliament, Darjeeling and*
*National Spokesperson, BJP*

12/04/2024

गोर्खाहरु प्रति भाजपाको सोंच राम्रो छैन भन्ने जे० पी० नड्डाको वयानले स्पष्ट पारेको छ् -एड्वर्ड्स

12/04/2024
12/04/2024

गोर्खा जातीय उत्सव पहिलो बैशाख २०८१

12/04/2024

जातिलाई डुबाउने कार्यहरुमा हात हाल्नु हुदैन : गोरामुमो अध्यक्ष मन घिसिङ

"      राष्ट्रिय राजमार्ग-10 आगामी 13 अप्रेल बिहान 6 बजीदेखि 15 अप्रेल बिहान 6 बजीसम्म  2 दिन बन्द रहेछ।
12/04/2024

" राष्ट्रिय राजमार्ग-10 आगामी 13 अप्रेल बिहान 6 बजीदेखि 15 अप्रेल बिहान 6 बजीसम्म 2 दिन बन्द रहेछ।

12/04/2024

सिटोङ फिल्मस प्रोड्क्सन अनि गिताञ्जली साहित्य संस्थान शेल्पु-सिटोङ,दार्जीलिङको आयोजनामा सिलगढी बाइपास रोड स्थित द अटोग्राफी ईन् होट्लमा समाजका लालगेडी विक्रम राई अभिनन्दन ग्रन्थको लोकार्पण कार्यक्रम वरिष्ठ साहित्यकार डाक्टर गोकुल सिन्हाको अध्यक्षतामा अनि वरिष्ठ साहित्य सृष्टा डाक्टर बिष्णु भण्डारीको प्रमुख अतिथ्यमा हिजो सम्पन्न गरियो।

बबिता मादेनले संचालन गरेको उक्त कार्यक्रममा मञ्जुला ताङ सुब्बाले स्वागत सम्भाषण प्रस्तुत गरेकी थिइन् । मैतराज राणाको प्रमुख संपादन अनि अरुण खवास र मीलन लामा रोगीको सहसंपादन रहेको उक्त समाजका लालगेडी विक्रम राई- अभिनन्दन ग्रन्थको लोकार्पण कार्यक्रममा विभिन्न क्षेत्रहरु जस्तै मिजोराम बाट गुनु घर्ती, एवं विक्रम राईका परिवार एवं अन्यान्यहरुको उपस्थिति रहेको थियो।

11/04/2024

भागोप्रमो अध्यक्ष अनित थापाको हुँकार!
भने, " जे पि नडाले खुल्लम खुल्ला क्षेत्रिय राजनीति अनि क्षेत्रीयता मास्ने कुरा गर्दैछन्। म यहाँबाट आव्हान गर्छु, सिक्किमले पनि क्षेत्रीयता बचाउनु पर्छ। यसपाली सिक्किम अनि दार्जीलिङ्गले क्षेत्रीयता बचाउँन भोट हाल्नु पर्छ।"

जे पि नडाले सिक्किमको गान्तोकमा भाजपाको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा क्षेत्रिय राजनीतिलाई विदा दिएर भाजपाको कमल फुलाउने आव्हान गरे।

मानिस हराएको सुचाना !!!
11/04/2024

मानिस हराएको सुचाना !!!

Breaking :हाम्रो पार्टीलाई फेरि झट्का: लोकसभा चुनावको मुखैमा लामाहट्टा ग्राम पञ्चायत प्रधानमञ्जु वाईबा संगै हाम्रो पार्ट...
11/04/2024

Breaking :
हाम्रो पार्टीलाई फेरि झट्का:
लोकसभा चुनावको मुखैमा लामाहट्टा ग्राम पञ्चायत प्रधानमञ्जु वाईबा संगै हाम्रो पार्टीका ग्राम पञ्चायत सदष्याहरु सुनैना गुरुङ तामङ, लमु शेर्पा सांसद प्रार्थी राजु बिष्टको हात बाट झण्डा ग्रहण गर्दै भाजपामा भए सामेल ।

10/04/2024

गोर्खाल्याण्ड एक्टीभिष्ट समुहका संयोजक किशोर प्रधानले Pashok News लाई दिएको एक्सक्लूसिभ अन्तरवार्ता।हेर्नू होस् अनि ...

Address

Darjeeling

Telephone

+919775591241

Website

https://pashoknews.com/

Alerts

Be the first to know and let us send you an email when Pashok News सत्य अनि निष्पक्ष खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pashok News सत्य अनि निष्पक्ष खबर:

Videos

Share

Nearby media companies