Patra Manjusa

Patra Manjusa This is official page of -Patra Manjusa- which provides free information to our followers

Patra Manjusa is unbiases to everything and provides truth information for all as free.

राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का बनाउने मेशिन बनाएको छ।सिन्का उत्पादनका लागि आठ वटा मेशिनको एउटा सेट ह...
22/04/2024

राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का बनाउने मेशिन बनाएको छ।सिन्का उत्पादनका लागि आठ वटा मेशिनको एउटा सेट हुने र यसको मूल्य भ्याटबाहेक १८ लाख रुपैयाँ तोकिएको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिनुभयो । मेशिनमा केन्द्रले एक वर्षको पूर्ण ग्यारेन्टी दिएको छ ।

रोयटर्सका अनुसार सोसल मिडिया प्लाटफर्ममा भएको कार्यक्रमका क्रममा एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप ज...
21/02/2024

रोयटर्सका अनुसार सोसल मिडिया प्लाटफर्ममा भएको कार्यक्रमका क्रममा एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप जडान भएका उनै व्यक्तिले नछोइकनै माउसलाई चलाइदिएका छन् । अर्थात् ती व्यक्तिले केवल सोँचेकै भरमा कम्प्युटर माउसलाई नियन्त्रण गरेका छन् । तत् पश्चात् माउसको कर्सर स्क्रिनको एक छेउँबाट अर्को छेउँमा सरेको जानकारी मस्कले सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको समाचार अनुसार जर्मनीको Deutsche Telekom ले Brain.ai सँग मिलेर एआई स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । म...
21/02/2024

सार्वजनिक भएको समाचार अनुसार जर्मनीको Deutsche Telekom ले Brain.ai सँग मिलेर एआई स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । मोबाइल वर्ल्ड कंग्रेस, २०२४ मा उक्त स्मार्टफोन सार्वजनिक गरिने अनुमान गरिएको छ ।A.I स्मार्टफोनमा एआई पावर्ड डिजिटल असिस्टेन्ट सपोर्ट रहेको छ । यसको सहयोगमा प्रयोगकर्ताले एपबाट गरिने सबै काम गर्न सक्नेछन् । यसले भ्वाइस र टेक्स्ट दुबैमा काम गर्नेछ । अर्थात् तपाइँले केवल कमान्ड मात्र दिए पुग्नेछ र स्मार्टफोनले सोही मुताबिक काम गर्नेछ

Germany is now the world's third-largest economy, after Japan unexpectedly slipped into recession.Japan's economy shrank...
19/02/2024

Germany is now the world's third-largest economy, after Japan unexpectedly slipped into recession.
Japan's economy shrank by an unexpected 0.4 percent in the last quarter of 2023, according to figures released by the government. The economy declined by 3.3 percent in the previous three months, meaning the country entered a technical recession.
With a GDP of $4.5 trillion, Germany now sits behind the United States and China in terms of economic heft, and narrowly leads Japan, which has a GDP of $4.2 trillion

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय। टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएपछि टिकटकमाथि प्...
13/11/2023

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय।

टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने वा टिकटक चल्न नदिने मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो तर कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ने बताउनुभयो

७३ वटा नर्सिङ शिक्षण संस्था बन्द, विद्यार्थीको लर्को भारततर्फ!स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षालयको दुई ...
25/08/2023

७३ वटा नर्सिङ शिक्षण संस्था बन्द, विद्यार्थीको लर्को भारततर्फ!
स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षालयको दुई वर्षभित्र १०० शय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरिएकोले, नेपालमा ७३ वटा नर्सिङ शिक्षण संस्था बन्द भइसकेका छन्। यसको फाईदा नेपाली विद्यार्थीलाई लक्ष्य गरी भारतका सीमावर्ती क्षेत्रमा धमाधम नयाँ नर्सिङ कलेज खुल्ने क्रम जारी छ।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले २०८० सालको कक्षा-१२ को नतिजा सार्वजनिक, नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी...
15/08/2023

राष्ट्रिय परीक्षा बोर्ड बैठकले २०८० सालको कक्षा-१२ को नतिजा सार्वजनिक, नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् । त्यसैगरी ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन्। ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ। उनीहरूले माथिल्लो तह अध्ययन गर्न पाउँदैनन्। माथिल्लो तह अध्ययन गर्न चाहनेले पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ।

खुल्यो जग्गाको कित्ताकाट ।आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली स्वीकृत गरेको र यसबाट जग्गाको कित्ताक...
15/08/2023

खुल्यो जग्गाको कित्ताकाट ।
आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली स्वीकृत गरेको र यसबाट जग्गाको कित्ताकाट खुला भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । नियमावली पारित भएसँगै रोकिएको कित्ताकाट, नामसारीलगायत सबै काम खुला भएको उहाँले बताउनुभयो ।

सय किलो सुन बरामद !हङ्कङबाट आएको लगभग १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पास भएर ट्याक्सीमा लैजान लागिएको अ...
20/07/2023

सय किलो सुन बरामद !
हङ्कङबाट आएको लगभग १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पास भएर ट्याक्सीमा लैजान लागिएको अबस्थामा बरामद गरिएको हो । आज थप विवरणहरु खुल्ने जनाइएको छ । सूचना चाँडो चुहिंदा मुख्य कारोबारी जोगिएका अनुसन्धानमा खटिएका एक अधिकृतले बताए ।

बागलुङमा कुकुर पाल्न दर्ता गर्नुपर्ने ! बागलुङ  नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका ...
18/07/2023

बागलुङमा कुकुर पाल्न दर्ता गर्नुपर्ने !
बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ। नगरपालिकाले चालू आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो। नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो।

18/07/2023

काठमाण्डौ महानगरभित्र दुई पाङ्ग्रे गाडीको आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ निर्धारण गरिएको छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा पाँच/पाँच रुपैयाँ शुल्क थप हुने, यस्तै चार पाङ्ग्रे गाडीले आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाको ७५ रुपैयाँ र एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।

अब बैंकहरुले आफै ब्याजदर तोक्न पाउने वाणिज्य ब्याङ्कहरूको छाता सङ्गठन नेपाल ब्याङ्कर्स असोसिएशनले २०७८ पुस महिला निक्षेप...
15/07/2023

अब बैंकहरुले आफै ब्याजदर तोक्न पाउने
वाणिज्य ब्याङ्कहरूको छाता सङ्गठन नेपाल ब्याङ्कर्स असोसिएशनले २०७८ पुस महिला निक्षेपको ब्याजदरमा लागु गरेको उक्त व्यवस्था हटाएको हो।
यो निर्णयसँगै अब क वर्गका ब्याङ्कहरूले बजारको अवस्था हेरेर आफैँ निक्षेपको ब्याजदर तय गर्न पाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ।विद्यार्थीले नतिजा वेबसाइट, एसएमएस ...
06/07/2023

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ।
विद्यार्थीले नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने गरी बोर्डले व्यवस्था गरेको छ। बोर्डका अनुसार परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिनेछ। त्यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ। एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ।

आज असार १५ धान रोपाई पर्व मनाउदै गर्दा किसानका समस्या ज्यु का त्यु छन् । नेपालमा अझैपनि कृषीमा आधुकिकरण र गोरुको सट्टा म...
30/06/2023

आज असार १५ धान रोपाई पर्व मनाउदै गर्दा किसानका समस्या ज्यु का त्यु छन् । नेपालमा अझैपनि कृषीमा आधुकिकरण र गोरुको सट्टा मेसिन प्रयोग हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गु...
19/06/2023

नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अहिलेसम्म विश्वका ११ वटा देशले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दै आएका ९ जना भारतीय नागरिक उधमसिंह नग...
15/06/2023

दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दै आएका ९ जना भारतीय नागरिक उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार लाई औषधिसहित प्रहरीले पक्राउ गरिएको छ । र स्वस्थ्य विभाग पठाउने तयारी गरेको छ।

अनलाइन  जुवा अर्थात् 'बेटिङ' प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा हास्य कलाकार 'राजु मास्टर' भनेर चिनिने राजु पौडेल ...
15/06/2023

अनलाइन जुवा अर्थात् 'बेटिङ' प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा हास्य कलाकार 'राजु मास्टर' भनेर चिनिने राजु पौडेल र 'बल्छी धुर्वे' भनेर चिनिने मरिचमान श्रेष्ठ, 'भटभटे' भनेर चिनिने बेगम नेपाली, 'म्याकुरी' भनेर चिनिने पवन खतिवडासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले सट्टेबाजी गरेर र कुनै पनि खेलको जित/हारको बारेमा पैसा लेनदेन गरी बाजी खेलाएको प्रहरीले जनाएको

कोकाहाको पानी धरानमा नखसालेसम्म धरान आउदिनँ भनेर तीन दिनदेखि फिल्डमै व्यस्त रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पा...
14/06/2023

कोकाहाको पानी धरानमा नखसालेसम्म धरान आउदिनँ भनेर तीन दिनदेखि फिल्डमै व्यस्त रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अन्ततः पानी ल्याउन सफल हुनुभएको हो । झन्डै ४० किलोमिटर दूरी पार गरेर कोकाहा खोलाको पानी गए राति पकुवा खोलामा झारिएको छ ।

सरकारले आलु प्याजमा १३ प्रतिशत भ्याट लगाएपछि व्यापारीले विरोधस्वरुप व्यापारीले प्याजको आयात गरेका छैनन्, परीणामस्वरुप आल...
14/06/2023

सरकारले आलु प्याजमा १३ प्रतिशत भ्याट लगाएपछि व्यापारीले विरोधस्वरुप व्यापारीले प्याजको आयात गरेका छैनन्, परीणामस्वरुप आलुको भाउ ६० रुपैयाँ किलो पुगेको छ र प्याज १०० पुगेको छ साथै कालीमाटीका प्याजका स्टलहरु यतिखेर खाली छन् ।

सरकारसँग मौज्दात रहेको ७३ हजार मेट्रिक टन मल, भएतापनि मुख्य बाली धानका लागि किसानले रासायनिक मल नपाएको गुनासो गरेका छन् ...
14/06/2023

सरकारसँग मौज्दात रहेको ७३ हजार मेट्रिक टन मल, भएतापनि मुख्य बाली धानका लागि किसानले रासायनिक मल नपाएको गुनासो गरेका छन् ।

IPO निकाल्दै घोराही सिमेन्ट ।घोराही सिमेन्टले यहि जेष्ठ ३२ गते प्रिमियम सहितको IPO प्रति कित्ता ४३५ का दरले ६९,११,६७० कि...
12/06/2023

IPO निकाल्दै घोराही सिमेन्ट ।

घोराही सिमेन्टले यहि जेष्ठ ३२ गते प्रिमियम सहितको IPO प्रति कित्ता ४३५ का दरले ६९,११,६७० कित्ता share निस्काशन गर्न लागेको हो ।

12/06/2023

बाजुराको बिछिया केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो। बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो।

केही दिनदेखि तराईमा प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनेको छ। य गर्मीले तरकारी, धान बिउ, कोदो र मकै पनि सुकेका खबर प्राप्त ...
11/06/2023

केही दिनदेखि तराईमा प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनेको छ। य गर्मीले तरकारी, धान बिउ, कोदो र मकै पनि सुकेका खबर प्राप्त भएका छन । रौतहटमा तरकारीका बोट सुक्दै गएको छन ।पर्वतमा बीउ राखेको ब्याड सुकेका छन् ।भने म्याग्दी चितवन क्षेत्रमा मकै सुक्दै गईरहेका छन । देशको समग्र भुभागमा पनि यस्तै अवस्था छ ।

बेलायतको ओभलमा भएको फाइनलमा भारतलाई २ सय ९ रनले हराउँदै अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनशिपको उपाधि जितेको छ।
11/06/2023

बेलायतको ओभलमा भएको फाइनलमा भारतलाई २ सय ९ रनले हराउँदै अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनशिपको उपाधि जितेको छ।

जापानमा रहेका ८० लाखभन्दा धेरै घरमध्ये झन्डै १३ प्रतिशत खाली छन् । खाली घर सबै ग्रामीण क्षेत्रका हुन्  र जापान सरकारले स...
11/06/2023

जापानमा रहेका ८० लाखभन्दा धेरै घरमध्ये झन्डै १३ प्रतिशत खाली छन् । खाली घर सबै ग्रामीण क्षेत्रका हुन् र जापान सरकारले सहरी क्षेत्र छाडेर ग्रामीण भेगमा जाने परिवारका कम्तीमा एक जना सदस्यले रोजगार गर्नुपर्ने वा ग्रामीण क्षेत्रमा आफ्नो व्यवसाय सुरु गर्ने प्रतिबद्धता गरे प्रतिसदस्य १० लाख येन दिने भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउनदेखि वैशाखसम्म, नेपालमा आउने पर्यटकहरुबाट ५१ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ ।...
10/06/2023

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउनदेखि वैशाखसम्म, नेपालमा आउने पर्यटकहरुबाट ५१ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ । यही अवधिमा विदेश जाने नेपालीले भने १ खर्ब २ अर्ब रुपैयाँ खर्च गरेका छन् । तर विदेशीले नेपालमा गर्ने खर्च भने पोहोरभन्दा दोब्बरले धेरै हो।

देशको पूर्वी भेगमा मौसम बदली भएकाले पूर्वको तापक्रम केही घट्न सक्ने भएपनि मध्य र पश्चिम तराईमा भने अझै केही दिन गर्मी बढ...
10/06/2023

देशको पूर्वी भेगमा मौसम बदली भएकाले पूर्वको तापक्रम केही घट्न सक्ने भएपनि मध्य र पश्चिम तराईमा भने अझै केही दिन गर्मी बढ्ने सम्भावना छ। त्यसैले स्वास्थ्य साबधान अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।
शीतल रहने उपाय

जापानले आप्रवासन तथा शरणार्थीसम्बन्धी कानुनमा संशोधन गर्ने विवादास्पद विधेयक पारित गरेको छ ।यो विधेयकले शरणार्थीको हैसिय...
10/06/2023

जापानले आप्रवासन तथा शरणार्थीसम्बन्धी कानुनमा संशोधन गर्ने विवादास्पद विधेयक पारित गरेको छ ।
यो विधेयकले शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई समस्यामा पार्ने र देश छोड्न बाध्यकारी बन्न सक्ने उल्लेख छ

Address

Aisa
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Patra Manjusa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share