ROJN TIMES

ROJN TIMES ROUTINE OF JAY NEPAL TIMES is one of the onlline Nepali news portal for latest Nepal news.

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।मदन भण्डारी ...
02/01/2023

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औं स्थापना दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष ओलीसम्बन्धित समाचार तलको लिंकमा:https://ekantipur.com/sports/2023/01/01/167257683007257357.htmlEkanti...

https://youtu.be/AgK-Pee_f1Uकाठमाडौँ — काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा भूमिगत पार...
02/01/2023

https://youtu.be/AgK-Pee_f1U

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा भूमिगत पार्किङ नबनाइने बताएकी छिन् । सोमबार 'अकुपाई टुँडिखेल अभियान'ले टुँडिखेलमा भूमिगत पार्किङ नबनाउन मागसहित बुझाएको ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले स्थानीयवासीको सुझावबिना कुनै काम अघि नबढाइने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

जनचाहनाविपरीत टुँडिखेलमा भूमिगत पार्किङ बन्दैन : उपमेयर डंगोलसम्बन्धित समाचार तलको लिंकमा:Ekantipur को सम्पूर्ण कार्...

Online Game for Cause: PUBG Streamer Aabesh Paudel from Dang has donated NRs 50,000 for the cancer patients. Many youths...
02/01/2023

Online Game for Cause: PUBG Streamer Aabesh Paudel from Dang has donated NRs 50,000 for the cancer patients. Many youths have become successful in Nepal through online gaming and earning good income and being involved in Social works as well. ❤️

Nepali PUBG Mobile teams DRS & T2K leave for Indonesia to take part in finals of the biggest PUBG Mobile Tournament "PMG...
02/01/2023

Nepali PUBG Mobile teams DRS & T2K leave for Indonesia to take part in finals of the biggest PUBG Mobile Tournament "PMGC". Winning team will get more than NRs. 5 Crores and last position team will get minimum NRs. 45 Lakhs.@@@

Development loving youth leader Hon'ble Jeevan Acharya meeting in his constituency and discussing about development and ...
02/01/2023

Development loving youth leader Hon'ble Jeevan Acharya meeting in his constituency and discussing about development and prosperity of this area .✊✊✊✊✊

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गर्नुभएको छ ।विपी विच...
02/01/2023

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गर्नुभएको छ ।

विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उहाँले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने धारणा राख्नुभयो ।

नेता डा कोइरालाले नेपाली जनता प्रजातन्त्र विना बाँच्न नसक्ने हुनाले नेकांले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भोलिको नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई राष्ट्र, राष्ट्रियता र समाजवादका साथै विपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तरक्रिया गर्न आग्रह गर्नुभयो ।

१७ पुस, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ ।मध्यपुर थिमि न...
02/01/2023

१७ पुस, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ ।

मध्यपुर थिमि नगरपालिका-४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो|

हिँड्डुल गर्न, बस्नबोल्न नसक्ने सुप्रिना अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने जानकारी पाएपछि प्रजिअ शर्माले आफैँ घरमै पुगेर नागरिकता प्रदान गरिन् ।

७२ सिटे जहाजबाट अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन@@@@@@@@@@@@@@@@@@@@@@@१७ पुस, पोखरा |।लाम्रो प्रतीक्षापछि उद्घाटन भए...
02/01/2023

७२ सिटे जहाजबाट अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
@@@@@@@@@@@@@@@@@@@@@@@
१७ पुस, पोखरा |
।लाम्रो प्रतीक्षापछि उद्घाटन भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पोखरेलीको मानवसागर उर्लियो । आफ्नै आँगनमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल हेर्नु, विमानस्थललाई पृष्ठभागमा राखेर फोटो खिच्नु र उद्घाटन समारोहलाई सेलिब्रेसन गर्नु उनीहरुको मुख्य उद्देश्य थियो ।

विसं २००८ सालमा खरबारीमा हिमालय एभियन्सको डकोटा विमान उत्रिएको देखेका, सुनेका पोखरेलीले यो विमानस्थलबाट पक्कै ठूला विमानले अन्तर्राष्ट्रिय उडान भर्ने कल्पना गरेका थिए ।

एमालेसँग गठबन्धन गरेर सरकार निर्माणमा भूमिका खेलेका नेता पुनले मन्त्री नभएरै पनि काम गर्न सकिन्छ भन्ने आफूलाई लागेको बता...
01/01/2023

एमालेसँग गठबन्धन गरेर सरकार निर्माणमा भूमिका खेलेका नेता पुनले मन्त्री नभएरै पनि काम गर्न सकिन्छ भन्ने आफूलाई लागेको बताएका छन् । आइतबार उनले भने, ‘यसपटक सरकार बाहिरै बसेर प्रधानमन्त्रीलाई सहयोग गर्छु, पार्टी सुदृढीकरणको काम पनि गर्छु ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउँदा मन्त्रिपरिषद्मा मर्याक्रम नमिलेकोमा नेता पुन असन्तुष्ट रहेको बताइएको थियो । तर उनले भने त्यस्तो नभएको जिकिर गरका छन् । 'धेरैवटा दल मिलेर सरकार बनेको छ । फरक पार्टीबाट मन्त्री भएका व्यक्तिसँग मर्यादा क्रममा तल वा माथि पर्ने भइयो भनेर सरकारमा जाने/नजाने हुँदैन’, उनको भनाइ छ ।
पुनले राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको पनि बताए । वर्तमान सरकार गठन भएपछि जनतामा आशा जागेको उनको दाबी छ ।

आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढेको निगमका आपूर्ति तथा...
01/01/2023

आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढेको निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले बताए । ‘आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ,’ गोइतले भने, ‘युक्रेनमा रुसको आक्रमण बढ्दै गएका कारण अन्तर्राष्ट्रिय बजार अस्थिर देखिन्छ ।’ निगमका अनुसार हाल आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ । त्यस्तै सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब रहेको गोइतले बताए ।

01/01/2023

लुम्बिनी — अंग्रेजी नयाँ वर्षको पहिलो दिन आइतबार बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउनेको चहलपहल बढेको छ । मायादेवी मन्दिरमा बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ । मायादवी मन्दिर दर्शन र पूजाआजा गर्नेको लामो लाइन थियो । सन् २०२३ को पहिलो दिन आइतबार ८ हजारभन्दा बढी स्वदेशी, विदेशी पर्यटकले लुम्बिनी अवलोकन गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।

काठमाडौँ — बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार पनि माइतीघरमा धर्ना र ...
01/01/2023

काठमाडौँ — बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार पनि माइतीघरमा धर्ना र प्रदर्शन भएको छ । बाँकेकी रुबी खानसहितका महिला अधिकारकर्मीहरूले अनिश्चितकालीन धर्ना र रिले अनसन गरेका हुन् ।

HAPPY NEW YEAR OF 2023✊✊✊✊✊
01/01/2023

HAPPY NEW YEAR OF 2023✊✊✊✊✊

Address

Morang
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when ROJN TIMES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies