Jante khabar

Jante khabar Nepali news page.

07/06/2023
06/06/2023
05/06/2023
04/06/2023
02/06/2023
30/05/2023
30/05/2023
29/05/2023
30/12/2022
25/12/2022

देश तथा विदेशमा रहनुहुने सम्पुर्ण इसाई धर्मावलम्बीहरुलाई क्रिसमस को हार्दिक मंगलमय शुभकामना

24/12/2022

सरररररर मोरङ्गे पुलमा

26/09/2022
साधरण सभा सम्पन्न   डम्बर बहादुर विश्वकर्मा            जाँते ३१ भदौ- उत्तरी मोरङ्गको लेटाङ्ग नौ जाँते स्थित बसन्त हरियाल...
16/09/2022

साधरण सभा सम्पन्न
डम्बर बहादुर विश्वकर्मा
जाँते ३१ भदौ- उत्तरी मोरङ्गको लेटाङ्ग नौ जाँते स्थित बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समुहले आफ्नो बिसौं बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।
साधरण सभा संस्थाको आफ्नै कार्यलय परिसमा सम्पन्न गरिएको थियो । सभाको प्रमुख अतिथी नगरप्रमुख भुपेन्द्र कुमार लावतीले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।
उक्त साधरण सभाले SEE परिक्षा ०७८ मा स्थानिय स्तरमा उत्कृष्टता हासिल गर्ने स्थानिय श्री मा. वि.का दुई जना छात्र-छात्रालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा छात्र तर्फ अभिशेक दाहाल (३.२०ग्रेड) र छात्रा तर्फकी नेहारिका गौतम(३.७५ ग्रेड प्राप्त) रहेको संस्थाका कार्यलय सचिव पञ्चरत्न तिम्सिनाले बताए । उनका अनुसार सम्मानित द्वयलाई जनहि नगद एक हजार र सम्मान पत्र प्रदान गरिएको छ ।
यसैगरी सभाले स्थानिय दलित समुदायबाट स्नातकोत्तर उतिर्ण साथै विश्वकर्मा जातिमा स्वास्थ्यको स्थिति एवं परिवरनियोजनको अवस्था विषयमा सोधपत्र समेत लेख्ने स्थानिय अर्जुन गदाईलीलाई नगद रु पाँच हजार र कदर पत्र द्वारा सम्मान गरेको छ ।
उक्त सभामा संस्थाका अध्यक्ष होमनाथ सुवेदीले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । यसै क्रममा अध्यक्ष सुवेदीले सभामा ८१ लाख बराबरको आ.व. ०७९/८० को अनुमानित आय व्यय समेत प्रस्तुत गरेका थिए ।
सभा संस्थाका अध्यक्ष होनाथ सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

26/08/2022

तिज विशेष कार्यक्रम

26/08/2022
शान्ति भगवती मा.वि.कक्षा ५ माअध्ययन गर्ने छात्रा द्वयलेबनाएको चित्रहरु हजुरलाई कस्तो फाग्यो हवुर कमेन्ट पाउँ न ल
25/08/2022

शान्ति भगवती मा.वि.कक्षा ५ माअध्ययन गर्ने छात्रा द्वयलेबनाएको चित्रहरु हजुरलाई कस्तो फाग्यो हवुर कमेन्ट पाउँ न ल

प्राथामिक स्वास्थ्य केन्द्र लेटाङ्गको नाम परिवर्तन गरेर आज देखि
24/08/2022

प्राथामिक स्वास्थ्य केन्द्र लेटाङ्गको नाम परिवर्तन गरेर आज देखि

18/08/2022

शान्ति भगवती मा.वि.लेटाङ्गका कक्षा ६ (नेपाली माध्यम) का छात्र छात्राहरुभलिवल खेको अभ्यास गर्दै । यो पेज फलो र लाईक समेत गरीदिनु होला ।

10/08/2022

यो पेज फलो गर्नु भाछैन भने कृपया अहिले नै फलो गरिदिनुस् न ल
मोरङ्गे पुलको अन्तिम ढलाई हुँदै

08/08/2022

यो पेज मेरो निजि भएकाले यसलाई फलो र लाई गर्न नविर्सनु ल
"Viber Saiman" को पथलाई पछ्याउँदै लेटाङ्ग ४ स्थित श्री शान्ति भगवती मा.वि. का कक्षा ५ मा पढ्ने जनक राई र्याप संगित गाउँदै । कृपया यो भिडियो पुरा हेरेर भाइको हौसला बढाउनका लागि कमेन्ट गरीदिनु होला ।

सिंचाइ कुलोले बगाएर बालकको मृत्यु डम्बर बहादुर विश्वकर्मा           जाँते १३ श्रावण- उत्तरी मोरङ्गको लेटाङ्ग नौ जाँतेमा ...
29/07/2022

सिंचाइ कुलोले बगाएर बालकको मृत्यु
डम्बर बहादुर विश्वकर्मा
जाँते १३ श्रावण- उत्तरी मोरङ्गको लेटाङ्ग नौ जाँतेमा खेतमा सिंचाइ गर्न पानी ल्याउने गरेको कुलोले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
उक्त बालकलाई यहि श्रावण १२ गते विहिबार दिउँसो अन्दाजी २ बजे कुलोले घर देखि करिव पाँच सय मिटर जति बगाएको थियो । कुलोले बगाई घाईते बालकको उपचारको क्रममा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको जनाईएको छ ।
आफ्नै घर छेउमा रहेको सिंचाई कुलोले बगाएर मृत्यु हुनेमा स्थानिय लेखराज राईका दुई बर्षका छोरा हिटलर राई रहेकाछन् । लेखराजका दुई सन्तान मध्ये हिटलर परिवारका एक मात्र छोरा थिए ।
मृतक बालकको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा पोस्टमार्टम पछि घर ल्याई आजै किराँत परम्परा अनुसार स्थानिय साकेला थान नजिकै दाहासंस्कार समेत गरिएको परिवारिक सुत्रले जनाएको छ ।
"आफु सँग खेल्दै गरेको छोरालाई खाटमा राखेर आफु सौचालय पसेको थिएँ । सौचालयबाट निक्लेर हेर्दा खाटमा छोरा नदेखे पछि यताउता खोज्दा पनि छोरा भेटिएन । त्यस पछि अत्तालिँदै छिमेकी देवर नाता पर्ने डिल्ली राई सँग साहारा मागेँ । देवर डिल्लीले पक्कै पनि कुलोले नै बगाएको हुन सक्छ भनी संका गरे पछि खोज्दै जाँदा घर देखि करिव ५ सय मिटर तल होम पाइपको मुखमा घुमाउँदै गरेको अवस्थामा छोरो भेटियो " रुदै कराउँदै अर्धचेत अवस्थामा आमा लिला राईले बताईन । घाईते अवस्थामा फेलापरेका भतिजको नोबेल अस्पताल बिराटनगरमा उपचारकै क्रममा ज्यान गएको काका डिल्लीले बताए ।
स्मरण होस् मृतक बालकका बुवा लेखराज पनि बैदेशिक रोजगारको शिलशिलामा खाडिमुलुक कतारमा रहेका थिए । छोराको मुत्युको खबर पश्चात बुवा पनि नेपाल घर आई पुगेर दाहासंस्कारमा सामेल भएको बालकका मामली बाजे डिबी राईले जनाएकाछन् ।
( यो पेज लाईक र फलो गर्नु भो ?? गरिदिनुन ल , मेरो पेज हो )

28/07/2022

यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स बितरण सेवा सुरु

विराटनगर, १२ साउन । अब प्रदेश १ को राजधानी विराटनगरबाटै सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परिक्षा हुने भएको छ । प्रदेश १ यातायता व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स र ट्रायल दिन मिल्ने गरी सेवा सुरु भएको हो ।

साउन ११ गते बेलुकादेखि विराटनगर यातायात व्यवस्था कार्यालय अन्तर्गत सेवाग्राहीले अनलाइन फाराम भर्नेगरी सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । हाल प्रदेश १ मा इटहरी, विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट ट्रायल दिने व्यवस्था छ ।
विराटनगरबाट नै यातायातका काम हुने भएकाले सेवाग्राहीलाई थप सहज हुने यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले विश्वास व्यक्त गरेका छन् ।

23/07/2022
22/07/2022

Address

Biratnagar

Telephone

+9779842244437

Website

Alerts

Be the first to know and let us send you an email when Jante khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share