Mount Media

Mount Media Mount Media World Service for News, Entertainment, Education and Development.
(24)

माउन्ट मेडिया विश्व सेवा; समाचार, मनोरञ्जन, शिक्षा र विकासका लागि (Mount Media World Service)

रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्र...
08/06/2024

रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् ।

गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । ४३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताए ।

तीन श्रीलंकन नागरिकलाई क्यानडा पठाइदिन्छु भन्दै ठमेलको होटलमा बन्धक बनाएको आरोपमा पक्राउ परेका ४ पाकिस्तानी नागरिकविरुद्...
04/06/2024

तीन श्रीलंकन नागरिकलाई क्यानडा पठाइदिन्छु भन्दै ठमेलको होटलमा बन्धक बनाएको आरोपमा पक्राउ परेका ४ पाकिस्तानी नागरिकविरुद्ध संगठित अपराधको कसुरमा समेत मुद्दा दर्ता भएको छ ।

अपहरण तथा शरीर बन्धक गरेर संगठित अपराध गरेको कसुरमा पाकिस्तानी नागरिक जुबेर अमजाद, सजेहान तनवीर, मलिक अब्दुल हमिद र अरिफ मसीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा सोमबार मुद्दा दर्ता भएको हो ।

छिमेकीकि ६ बर्षिय छोरी जहिले मेरो कोठामा आउँथिन्"Uncle uncle" भन्दै अनि म ल्यापटप मा कार्टुन लाइदिन्थे अनि उ आफ्ना बाउ आ...
03/06/2024

छिमेकीकि ६ बर्षिय छोरी जहिले मेरो कोठामा आउँथिन्
"Uncle uncle" भन्दै अनि म ल्यापटप मा कार्टुन लाइदिन्थे अनि उ आफ्ना बाउ आमा सबै बिर्सेर कार्टुन हेरेर बस्थिन!
बिहान स्कुल जानू भन्दा अघि अनि स्कुल छुट्टि हुने बितिक्कै आइपुगी हाल्थिन!
मलाइ दिक्क लाग्न थालिसकेको थियो!
"कस्ता बाउ आमा होलान, छोरी कता गै भनेर खोजी नि गर्दैनन" भनेर सोच्थेँ!
अनि फेरि "छोरी यता पठाएर बुढा बुढी रोमान्स गर्दै बस्छन होला" नि सोच्थेँ!
एकदिन वाक्क लागेर थर्काए
"आफ्नो घर जाउ" भनेर तर उस्को अनुहार निन्याउरो देखेर सोधेको
उस्का बाउ आमा डेलि झगडा गर्दा रहेछन! त्यही देख्न नसकी मसङ्ग आउदी रहिछिन!
यसो झ्याल बाट मुन्टो निकालेर सुने....
साचिक्कै हानाहान परिरा रहेछ बुढा बुढिको!
बाउ आमा झगडा गर्दा छोरिको कुहिना मा नि लागेको रहेछ!
छाला पिल्सिएको रहेछ!
एउटा घाउको मलम थियो....
त्यो लगाइदिए अनि
"बेलुका सुत्ने बेलामा नि लगाउनु है" भनेर दिए!
उ र म साथी जस्तै भैसकेका थिइम!
म कतै बाहिर गएको बेला उस्लाइ आइस क्रीम नत्र केही न केही चक्लेट लिएर आउथे!
उ आफै ल्यापटप खोलेर युट्युब मा कार्टुन हेर्दै बसेकी हुन्थिन!
एकदिन बेलुका उ गएपछी एक्कासी छिमेकीनि र उस्को पोइ.. छोरी ल्याएर
मलाइ
"त साले बलात्कारि! मेरि यति सानी छोरिलाइ
रेप गर्ने आट कसरी गरिस"
भन्दै सिधै मेरो कपाल जगटाउन थाले!
गाउघर का मान्छे भेला भए!
कतिले मलाइ घेरेर कुटे....
के भैराछ मैले अतोपतो पाइन! मैले केही बोल्ने मौका नै पाइन!
"यस्लाइ फाँसी दिनुपर्छ,
यस्को लि* काट्नुपर्छ" भनेर पुरै जमात खनिएका थिए!
मेरा बाउ आमा
रुदै छुट्याउन खोज्दै थिए तर
भिड ले मलाइ यति कुटे....म त्यही बेहोस भएर ढलेछु!
पुलिस आयो!
मलाइ सिधै हत्कडी लगाएर पुलिस चौकी लगियो रगतै सरि!
अनि पुलिस चौकी मा ती सानी नानिलाइ ल्याएर
पुलिस ले सोध्यो
"नानी...यो uncle ले तिमिलाइ कहाँ कहाँ छोयो" भनेर!
ती नानी चुप लागिन!
अनि फेरि केटि प्रहरीले नानी को प्राइभेट पार्ट देखाउदै
"Uncle ले यहाँ छुनुभयो" भन्दै सोधी!
नानी बोलिन
"Uncle ले मलाइ माया गर्न सिकाउनु पो भाको त!"
पुलिस ले ठुला ठुला आँखा मलाइ तर्दै फेरि सोध्यो नानिलाइ
"कस्तो माया? नडराइ भन तिमिलाइ केही हुन्न"
नानिले आफ्नो हाफ पैन्ट्को गोजि बाट
drawing निकालिन अनि देखाउदै
"यी यसरी! ड्याडी र मामुलाइ झगडा गर्नु हुन्न,
माया गर्नु पर्छ" भनेर सिकाउन लाउनु भाको!
पुलिस ले त्यो drawing हेरे!
दिउँसो मैले
एक छेउमा बाउ अर्को छेउ मा आमा अनि बिचमा सानी नानिको drawing बनाएर
"Dont fight please! It will mentally effect your child"
लेखेर ठूलो smily बनाएर
"तिम्रो ड्याड मामुलाइ देखाउ है" भनेर दिएको थिए!
त्यो drawing देखेर सारा पुलिस चौकी नै स्तब्ध भयो!
सबै मलाइ दयालु भावले हेरिराथे....
म भने एउटा कुनामा कुटाइको पिडाले जिउदो लास जस्तो लमतन्न परेको थिए!
ती नानी मेरो छेउमा आएर बोलिन
"Uncle तपाइले दिएको घाउको औषधि मेरो स्कुल ब्याग मा छ, भोलि बिहान ल्याएर लगाइदिन्छु ल म"

(पुरानो कथा Socal Media बाट साभार गरिएको )

कुल विनियोजित बजेटको ८.९ प्रतिशत अर्थात् १ खर्ब ५० अर्ब रुपैयाँ भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले पाएको छ ।
29/05/2024

कुल विनियोजित बजेटको ८.९ प्रतिशत अर्थात् १ खर्ब ५० अर्ब रुपैयाँ भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले पाएको छ ।

मधेसैको लहरे वर पात खस्यो हरर हो । रेलमा चढी झ्यालेमा बसी, पछ्यौरी फरर । आकासैको गड्याङ र गुडुङ पातलैको भुइँचाल । मर्ने ...
23/05/2024

मधेसैको लहरे वर पात खस्यो हरर हो ।
रेलमा चढी झ्यालेमा बसी, पछ्यौरी फरर ।
आकासैको गड्याङ र गुडुङ पातलैको भुइँचाल ।
मर्ने जति मरी ना गए बाच्नेको येई साल ।....

ढोल झ्याम्टाको सुरैमा यो गीत सुन्दा सबैलाई नाचौँ ना नाचौँ हुन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किराँत राई समुदायले मनाउने उभौली पर्व देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइन्छ । विशेषगरी बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको बुढापाकाको भनाइ छ । उधौली विशेषगरी एक दिन मनाइन्छ भने उभौली महिनौ दिनसम्म मनाइन्छ । हरेक साकेला थानमा विभिन्न लयका गीतहरु गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्कर हुने गर्छ ।

आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रक जस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरु अहिले उभौली, उधौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउँछन् । टोलटोलमा भइरहेका साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको दखिन्छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमह...
22/05/2024

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् ।

आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् ।

स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो ।

विश्वभर बौद्ध दर्शनको सान्र्दभिकता बढ्दैै गएको तथा त्यो सर्वदा रहने बौद्धविद्वान्हरूले बताएका छन् । त्रिभुवन विश्वविद्या...
21/05/2024

विश्वभर बौद्ध दर्शनको सान्र्दभिकता बढ्दैै गएको तथा त्यो सर्वदा रहने बौद्धविद्वान्हरूले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागले २५६८औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमाको अवसरमा सोमबार आयोजना गरेको ‘कार्यक्रमका वक्ताले बुद्धदर्शनको सान्दर्भिकता नेपालसहित विश्वभर बढ्दै गएको तथा त्यो सर्वदा रहने बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा घनश्याम भट्टराईले बुुद्धका उपदेश कार्यान्वय हुनसकेमा समग्र मानवजातिको कल्याण हुने बताउनुभयो । उहाँले बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै गइरहेकाले मानवका असीमित चाहना नै दुःखको प्रमुख हो भन्नुभयो । गौतमबुद्धको दर्शन, उपदेश र जीवन विज्ञानका बारेमा प्राज्ञिक निकायले थप अनुसन्धान गर्नुपर्ने उहाँले बताउनुभयो ।

तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे...
20/05/2024

तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको प्रहरीले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक आयोजना, व्यास नगरपालिकाको दमकलको सहायताले आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब २० वटा सटर जलेर नष्ट भएका छन् । यहाँ आइसक्रिम, फलफूल, मोबाइललगायत पसल सञ्चालनमा थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले क्षतिको यकीन विवरण आइनसकेको भन्दै विवरण सङ्कलन थालिएको बताउनुभयो । उहाँका अनुसार विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान छ । एउटा पसलमा लागेको आगो सल्किँदा अन्य पसलमासमेत क्षति पुगेको अनुमान गरिएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । उद्योग वाणि...
18/05/2024

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उहाँले प्रतिबद्धताअनुसार काम भइरहेको बताउनुभयो । “मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन् । बाँकी प्रतिबद्धता पूरा गर्न म कटिवद्ध भएर लाग्ने छु”, उहाँले भन्नुभयो ।

नारायणी नदी तटबन्धसहितको हरित सडक, बीपी अन्तर्राष्ट्रिय रङ्गशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको उहाँको भनाइ थियो ।

डा कोइरालाले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । “नेपालको समृद्धिका लागि प्रचुर सम्भावनाका रुपमा रहेको कृषि क्षेत्रमा बजेट घट्दै गएको छ । अहिले कूल बजेटको पाँच प्रतिशतका हाराहारीमा यस क्षेत्रको बजेट खुम्चिएको छ । अब कृषि क्षेत्रबाट परिवर्तन ल्याउन सोच परिवर्तन गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पालामा नवलपुरलाई आर्थिक राजधानी बनाउनेगरी कामको सुरुआत गरेको भए पनि त्यसले निरन्तरता पाउन नसकेको बताउनुभयो । उहाँले आफ्नो पालामा नवलपुरको देवचुलीमा औद्योगिक क्षेत्र बनाउने भनेर काम अघि बढाएको भए पनि अहिले सो योजना अलपत्र अवस्थामा पुगेको भन्दै दुःख व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई लगानीतर्फ आकर्षित गरी सम्भावनाका क्षेत्रमा योजनाबद्ध विकास गरिनुपर्ने उहाँको भनाइ थियो ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडामा एउटा सुरुङ...
17/05/2024

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडामा एउटा सुरुङ ब्रेक थ्रु भएको छ ।

आयोजनाको प्याकेज नं.२ को मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको हो । त्यहाँ निर्माणाधीन जोडी सुरुङमध्ये एक हजार छ सय ३३ मिटर लम्बाइको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

काठमाडौँको चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य ।
17/05/2024

काठमाडौँको चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य ।

सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले बुधबार पर्यटन बोर्ड अगाडि प्रदर्शन गरेका छन...
15/05/2024

सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले बुधबार पर्यटन बोर्ड अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्ने क्रममा प्रहरीले केहीलाई पक्राउ पनि गरेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ का दिपक भण्डारी धर्नामा बसेको बेला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिसँग गत चैत १२ गते भएको सहमति अनुसारको सामुदायिक सहायता सेवा सुरुवात नभएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका थप ३ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्य...
13/05/2024

अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका थप ३ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिकाका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विक छन् ।

तिनैजनालाई कञ्चनपुरको गड्डाचौकी नजिकैबाट आइतबार पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

रामपुर, पाल्पाको रामपुर आधारभुत विद्यालयका विद्यार्थी बाँसजन्य सामग्री तयार पार्दै । विद्यालयले पढाइका अलवा बाँसजन्य साम...
10/05/2024

रामपुर, पाल्पाको रामपुर आधारभुत विद्यालयका विद्यार्थी बाँसजन्य सामग्री तयार पार्दै । विद्यालयले पढाइका अलवा बाँसजन्य सामग्रीको सदुपयोग गर्दै विद्यार्थीलाई दैनिक प्रयोगमा आउने डोको, डस्बिन, डालोलगायतका सामग्री तयार गर्न सिकाउँदै आएको छ ।

एमसीए-नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदानमा बन्ने न्यु-बुटवल सबस्टेसन निर्माण गर्न ...
10/05/2024

एमसीए-नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदानमा बन्ने न्यु-बुटवल सबस्टेसन निर्माण गर्न ठेक्का सम्झौता गरेको छ । यो एमसीसी परियोजना अन्तर्गत निर्माणसम्बन्धी पहिलो ठेक्का हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माण हुने ४०० केभी न्यु-बुटवल सबस्टेसन निर्माण गर्न लिंकसन इन्डिया प्रालिसँग एमसीए-नेपालले बिहीबार ठेक्का सम्झौता गरेको हो । सम्झौता अनुसार सबस्टेस निर्माण ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ । सबस्टेसनका तीन लटमध्ये दोस्रो लटको यो आयोजना निर्माणका लागि पाँचवटा कम्पनी इच्छुक थिए । त्यसमध्ये सबैभन्दा कम रकम प्रस्ताव गर्ने लिंकसन इन्डियाले यो परियोजना ३ करोड ९७ लाख अमेरिकी डलर (करिब सवा ५ अर्ब रुपैयाँ) मा याे ठेक्का हात पारेको हो ।

घोराहीको गुलमोहर:दाङको घोराही उपमहानगरपालिका– १५ स्थित जिल्ला समन्वय समिति परिसरमा ढकमक्क फूलेको गुलमोहर र घोराही बजारको...
09/05/2024

घोराहीको गुलमोहर:
दाङको घोराही उपमहानगरपालिका– १५ स्थित जिल्ला समन्वय समिति परिसरमा ढकमक्क फूलेको गुलमोहर र घोराही बजारको दृश्य । तस्बिर: कुलदीप न्यौपाने/ रासस

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशिटारमा मङ्गलबार साँझ विद्यालय बससँग दुईवटा मोटरसाइकल ठोक्किदा घाइते भएका व्यक्तिलाई थ...
07/05/2024

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशिटारमा मङ्गलबार साँझ विद्यालय बससँग दुईवटा मोटरसाइकल ठोक्किदा घाइते भएका व्यक्तिलाई थप उपचारको लागी त्रिशूली अस्पतालबाट काठमाडौँ तर्फ पठाइँदै। दुर्घटनामा दुईजनाको निधन र दुईजना गम्भीर घाइते भएकाले उपचारको लागी काठमाडौँ लागिएको छ । तस्बिर : रामहरि न्यौपाने / रासस

ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ ।आगलागीमा...
06/05/2024

ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ ।

आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको जानकारी उनीहरु उपचाररत अस्पतालले दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।आइतबार प्...
05/05/2024

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

आइतबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सदस्यहरुसँग विश्वासको मत मागेका छन् । उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राखेपछि सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. म...
01/05/2024

पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

पतञ्जली योग समिति बाँकेको आयोजनामा नेपालगञ्ज–९ रामलीला मैदानमा सञ्चालित बृहत योग विज्ञान शिविरमा सहभागीहरु । तस्बिर : भे...
01/05/2024

पतञ्जली योग समिति बाँकेको आयोजनामा नेपालगञ्ज–९ रामलीला मैदानमा सञ्चालित बृहत योग विज्ञान शिविरमा सहभागीहरु । तस्बिर : भेषराज बस्नेत /रासस

डोल्पाको त्रिपूरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटस्थित धार्मिक तथा ऐतिहासिक महत्वको  बाला त्रिपुरासुन्दरी भगवती मन्दिर । ...
01/05/2024

डोल्पाको त्रिपूरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटस्थित धार्मिक तथा ऐतिहासिक महत्वको बाला त्रिपुरासुन्दरी भगवती मन्दिर । तस्बिर : कुलदीप न्यौपाने / रासस

अभ्यास खेलका लागि इङल्याण्ड जान लागेका नेपाली फुटबल टिमका सदस्य समयमा भिसा नआउँदा नेपालमै रोकिएका छन् ।नेपाली खेलाडीहरु ...
30/04/2024

अभ्यास खेलका लागि इङल्याण्ड जान लागेका नेपाली फुटबल टिमका सदस्य समयमा भिसा नआउँदा नेपालमै रोकिएका छन् ।

नेपाली खेलाडीहरु मंगलबार बिहान साढे ९ बजे, दिउँसो १ बजे र साँझ ७ बजे फरक फर्क फ्लाइटमा बेलायत जाने तयारीमा थिए । तर भिसा नआएका कारण खेलाडी, प्रशिक्षक र अफिसियलहरु यही रोकिएका अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्रहरूमा मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको छ । कक्षा १२ को परीक्षा केन्द्रहरूमा मो...
30/04/2024

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्रहरूमा मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको छ । कक्षा १२ को परीक्षा केन्द्रहरूमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएको भन्दै बोर्डले प्रतिबन्ध लगाएको हो ।

कक्षा १२ को वार्षिक परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलमा केन्द्राध्यक्ष बाहेक अन्य कसैलाई पनि मोबाइल लैजान पूर्णतः निषेध गरिएको थियो । तर, केही परीक्षा केन्द्रहरूमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएको भन्दै बोर्डले परीक्षा केन्द्रमा पूर्णतः निषेध गरिएको जनाएको छ ।

केही परीक्षा केन्द्रमा मोबाइलको प्रयोग गरी चिट चोराउने गरेको पाइएपछि त्यस्ता मोबाइल जफत गरी कारबाही समेत गर्दै आएको बोर्डले जनाएको छ ।

28/04/2024
नेपालीको आर्कषक श्रम गन्तव्य कोरियामा ईपीएस प्रणालीबाट मात्र १५ वर्षमा एक लाख एक हजार नेपाली श्रमिकका रुपमा पुगेका छन् ।...
28/04/2024

नेपालीको आर्कषक श्रम गन्तव्य कोरियामा ईपीएस प्रणालीबाट मात्र १५ वर्षमा एक लाख एक हजार नेपाली श्रमिकका रुपमा पुगेका छन् ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आइतबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भए...
28/04/2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आइतबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल आइतबार उच्च मनोबलका साथ मैदानमा हुनेछ। यो खेल दिउँसो १ बजे सुरु हुनेछ। वेस्ट इन्डिसँगको पाँच खेलको टी-२० सिरिज अन्तर्गत आइतबार नेपालले दोस्रो खेल खेल्न लागेको हो।

सुनकोसी मरिण डाइभर्सन परियोजनामा सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी छ । २६ वैशाखमा विशेष समारोहबीच प्रधानमन्त्री पुष...
28/04/2024

सुनकोसी मरिण डाइभर्सन परियोजनामा सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी छ । २६ वैशाखमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ ब्रेक थ्रु गर्नेछन् ।

सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले बताए । कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ ।

पाल्पामा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ४६ वर्षीय जग...
27/04/2024

पाल्पामा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलाल रहेको प्रहरीले जनाएको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mount Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies