samadesh.com

samadesh.com मेरा प्यारा सैनिकलाई संसारका कुनै से?
(3)

08/04/2024

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत दुबई गएका छन् । उनी आज बिहान फ्लाई दुबईको उडानबाट त

08/04/2024

दक्षिण कोरियामा अलपत्र नेपालीका लागि डेढ दर्जनको संख्यामा अस्थायी आवास (सेल्टर) स्थापना गर

पछिल्लो समय क्विन्टलका क्विन्टल सुन दुबई र हङकङबाट तस्करी हुँदै त्रिअवि हुँदै भित्रिने गरेको छ, कहिले ‘भेप’मा त कहिले ‘ब...
06/04/2024

पछिल्लो समय क्विन्टलका क्विन्टल सुन दुबई र हङकङबाट तस्करी हुँदै त्रिअवि हुँदै भित्रिने गरेको छ, कहिले ‘भेप’मा त कहिले ‘ब्रेक शु’ भित्र लुकाउँदै । यतिमात्र होइन, किलोका किलो गाँजा, चरेसजस्ता लागूपदार्थ पनि विमानस्थलबाट छिर्ने गरेको छ । यस्ता लागूपदार्थ अमेरिकादेखि नेपाल आउने गरेका छन् ।

यी सबै घटनाले प्रश्न उठाएका छन्– के त्रिअविको सुरक्षा व्यवस्था राम्रो छ ? के त्रिअवि सुरक्षित छ ? सुरक्षाका दृष्टिकोणले त्रिअविको अवस्था कस्तो छ ?

यस्तै प्रश्नहरूको जवाफ खोज्न २०७८ सालमा सरकारले नेपाली सेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि)को पेरिमिटर सुरक्षामा देखिएका कमी–कमजोरी, सुधार गर्नुपर्ने पक्ष र विमानस्थल सुरक्षाका लागि आवश्यक राय सुझावसहितको अध्ययन प्रतिवेदन तयार पार्न भनेको थियो ।

सेनाले त्यहीवर्ष गोप्य रुपमा अध्ययन गरी तयार पारेको ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पेरिमिटर सुरक्षा व्यवस्था सुझाव प्रतिवेदन, २०७८’ सरकारलाई बुझाएको थियो ।

सेनाले प्रतिवेदन बुझाएको दुईवर्ष बिते पनि त्रिअविमा हुने अवैध गतिविधिमा कमी आएको छैन । बरू झन् झन् बढ्दो छ । सुन तस्करी, अवैध लागूपदार्थ ओसार–पसार भइरहेको छ । सरकार भने प्रतिवेदन लुकाएर राख्नमै मस्त छ ।
बाह्रखरीले प्राप्त गरेको सो प्रतिवेदनमा सुरक्षाका दृष्टिले त्रिअविको अवस्था कस्तो छ भन्ने औल्याइएको छ । साथसाथै प्रतिवेदनमा सुरक्षा व्यवस्था के कसरी सुधार्न सकिन्छ भन्ने सुझाव पनि दिइएको छ ।

“वर्तमान विश्व परिवेशमा बढ्दै गएको आतंककारी गतिविधि तथा असन्तुष्ट समुदाय/समूहबाट हुन सक्ने आतंककारी सशस्त्र हमला, गैरकानुनी घुसपैठ, विमान अपहरण, बम थ्रेट, अनधिकृत व्यक्तिको आवतजावत, हातहतियार एवं विस्फोटक पदार्थको ओसार पसार, लागू औषध कारोबारलगायतका घटनाहरूलाई पूर्णतः रोकथाम तथा प्रतिकार गर्न विमानस्थलको सुरक्षामा खटिएका सुरक्षा निकायहरू, त्रिअवि नागरिक उड्डयन कार्यालय, हवाई जहाज संचालक तथा सरोकारवाला अन्य निकायहरू सबैको जिम्मेवारी रहेको छ,” प्रतिवेदनमा भनिएको छ ।

त्रिअविको सुरक्षार्थ नेपाली सेनाको कालीदल गण गौचरमा तैनाथ रहेको छ । त्रिअविको सुरक्षालाई मध्यनजर राखी नेपाली सेनाद्वारा त्रिअवि पेरिमिटरमा विभिन्न पोष्टहरू खडा गरी फौज तैनाथ गरेको छ । साथै, दिन र रातमा भेहिकल तथा फुट पट्रोल समेत संचालन गर्ने गरेको छ ।

“त्रिअविको सुरक्षार्थ रहेका मौजुदा सीमा बार तथा अन्य सेक्युरिटी ग्याप्स पार गरी विभिन्न मितिमा अनधिकृत व्यक्तिहरू विमानस्थलको निषेधित क्षेत्रभित्र प्रवेश गर्ने गरेको तथ्यलाई मनन् गरी त्रिअविको बारको विद्यमान अवस्था यकिन गरी आपराधिक तथा अराजक तत्वहरूले भविष्यमा विमानस्थलको निषेधित क्षेत्रभित्र अनधिकृत रुपमा प्रवेश गरी त्रिअविको सुरक्षा प्रतिकूल असर पार्नबाट पूर्ण रुपमा रोकथाम गर्न हाल रहेका कमी–कमजोरीलाई सुधार गर्न अत्यावश्यक रहेको महसूस गरिएको,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा त्रिअविको परिधिलाई दुई क्षेत्रमा विभाजन गरिएको छ, पहिलो, बाहिरी र दोस्रो, भित्री परिधि ।

बार क्षेत्र तथा सर्वसाधरणहरूले प्रयोग गर्ने विमानस्थल परिसरबाहिर रहेका मुख्य तथा सहायक सडक तथा रिङ्ग रोड क्षेत्रसँग रहेको बारको क्षेत्रलाई बाहिरी परिधि मानिएको छ । यसमा विभिन्न गेट, नाला तथा कल्भर्टहरू समेत रहेका छन् ।

बाहिरी परिधिबाट भित्र विमानस्थलको निषेधित क्षेत्रमा रहेका बारको क्षेत्रलाई त्रिअविको भित्री परिधि मानिएको छ । प्रतिवेदनमा त्रिअविको बाहिरी परिधिमा १९ र भित्री परिधिमा ७ गरी कुल २६ वटा कमजोरी औल्याइएको छ ।

प्रतिवेदन तयार पार्ने क्रममा विमानस्थलबाट हाल उत्तरतर्फ रहेको त्रिभुवन आर्मी गल्फ कोर्सको मुख्य प्रवेशद्वारदेखि काली रंगशाला हुँदै गोठाटार, काँडाघारी, ई.ओ.डि. गेट, पेप्सीकोला चोक, मदरल्याण्ड हस्पिटल, उपत्यका खानेपानी वितरण शाखा, कोटेश्वर चोक, तीनकुने चोक, गैरीगाँउ, सिनामंगल, एयरपोर्ट गेट, तिलगंगा, वनकाली हुँदै पुनः त्रिभुवन आर्मी गल्फ कोर्षको क्षेत्रमा रहेका सीमा बारको स्थलगत अवलोकन गरिएको थियो ।

प्रतिवेदनमा विमानस्थलको उत्तरतिरको त्रिभुवन आर्मी गल्फ कोर्सको २ नम्बर गेटमा ‘प्रोपर लक सिस्टम’ र ‘रेस्ट्रिकटेड एरिया साइन पोस्टिङ’ नभएको हुँदा लक सिस्टम र साइन पोस्टिङको व्यवस्था गर्न भनिएको छ ।

“विमानस्थलको उत्तर वाग्मती नदीतिरको एक्सोटिक क्याफे नजिक रहेको ढुङ्गाको वालमाथि करिब ६० मिटर फेन्सिङ्ग गर्नुपर्ने । उक्त इलाकामा फेन्सिङ्ग नगरेमा अनधिकृत व्यक्ति गल्फ कोर्सको क्षेत्र हुँदै डोमेस्टिक पार्किङ वेसम्म प्रवेश गर्न सक्ने खतरा रहेको,” प्रतिवेदनमा उल्लेख छ ।

विमानस्थलबाट उत्तरतिरको काली रंगशाला जाने दोबाटो नपुग्दैको कल्भर्टको तल पानी पास हुने ठाउँमा हाल रहेको ग्याबिन वायरको बार निकै नै कमजोर रहेको र हाल उक्त स्थानबाट सजिलै मानिस प्रवेश गरी नहरको बाटो हुँदै दक्षिणतर्फको उकालोबाट रन वेसम्म पुग्न सक्ने अवस्था रहेको प्रतिवेदनमा औंल्याइएको छ ।

प्रतिवेदनमा भनिएको छ, “तसर्थ, उक्त स्थानमा यथासिघ्र बलियो फलामको बार लगाउनुपर्ने आवश्यक रहेको । साथै सोही स्थानको माथि मुख्य सडकपट्टि रहेका परिधि बारमा कन्सर्टिना वायर थप्नुपर्ने र २५ मिटर ‘फुल फेन्सिङ’ गर्नुपर्ने ।”

विमानस्थलबाट उत्तरतर्फ रहेको काली रंगशाला चोकबाट गोठाटार जाने बाटोको दायाँतर्फ रहेको गेटमा ‘प्रोपर लक सिस्टम’ नभएको र उक्त गेट हाल प्रयोगमा समेत नरहेकाले ‘प्रोपर लक सिस्टम’ राख्नुका साथै स्थायी रुपमा नै बन्द गर्नुपर्ने जनाइएको छ । साथै गेटको माथि र तल १० मिटर ‘डबल कन्सर्टिना तार’ थप्न समेत भनिएको छ ।

काली रंगशाला चोकबाट गोठाटारतर्फ जाने उकालोको दाहिना दक्षिणतर्फ रहेका दुईवटा पानी मुहानमा रहेको बारमा १०÷१० मिटर कन्सर्टिना तार थप्न पनि सुझाइएको छ । काली रंगशाला चोकबाट गोठाटारतर्फ जाने उकालोको दाहिना दक्षिणतर्फ रहेको परिधि बारमा १० मिटर कन्सर्टिना तार थप्न भनिएको छ ।

प्रतिवेदनमा विमानस्थलबाट पूर्वतर्फ रहेको गोठाटार पेप्सीकोला सडक खण्डको करिब ३५० मिटर परिधि बारमा कन्सर्टिना तार थप्नुपर्ने सुझाव दिइएको छ । विमानस्थलबाट पूर्वतर्फ रहेको ई.ओ.डि. गेट नजिकैको कल्भर्टमा बारको रुपमा प्रयोग भएको फलामे बार जीर्ण अवस्थामा रहेकाले त्यहाँ बलियो फलामे बार लगाउनु पर्नेछ ।

विमानस्थलबाट पूर्वतर्फ रहेको पेप्सीकोला चोकमा रहेको कल्भर्टमा कुनै पनि बार नभएकाले उक्त स्थानबाट विमानस्थल निषेधित क्षेत्रमा सजिलै आवत–जावत गर्न सकिने अवस्था रहेको प्रतिवेदनमा औल्याइएको छ । तसर्थ, उक्त कल्भर्टमा यथाशीघ्र बलियो फलामे बार लगाउनु सुझाइएको छ ।

विमानस्थलबाट पूर्वतर्फ रहेको स्थानीयहरूको बस्तीमा रहेको परिधि बारअन्तर्गत ५ मिटर बार टुटेकाले यथाशीघ्र मर्मत गर्नुपर्ने जनाइएको छ ।

“विमानस्थलबाट पूर्वतर्फ रहेको एयरपोर्ट कन्सट्रक्सन कम्पनीमा कार्यरत कर्मचारीहरूले हाल प्रयोग गरिरहेको घरहरूबाट दक्षिणतर्फ थपिएको काँडे तारको नयाँ पेरिमिटर फेन्सको काँडेतारको ग्यापबाट विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गर्न सहज देखिएको । मौजुदा काँडेतारको फेन्समा जस्ता प्रयोग गरी बलियो फेन्सिङ्ग गर्नुपर्ने र हालको फेन्सिङ्गमा २ लियर कन्सर्टिना तार थप्नुपर्ने,” प्रतिवेदनमा उल्लेख छ ।

विमानस्थलको पश्चिमतर्फ रहेको कोटेश्वर चोकमा विमानस्थल परिधि बारसँगै सार्वजनिक सवारी साधनहरू पार्किङ्ग गर्ने स्थान बनाइएको र यसले गर्दा सुरक्षा संवेदनशीलता थपिएको प्रतिवेदनमा जनाइएको छ । उक्त कार्यलाई पूर्ण रुपमा निषेध गर्न भनिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “विमानस्थलको पश्चिमतर्फ कोटेश्वरबाट तीनकुने जाँदा दाहिनातर्फ विमानस्थल पेरिमिटर फेन्सिङ्ग क्षेत्रमा आरसीसी ह्युम पाइप रहेको र उक्त स्थानबाट विमानस्थल निषेधित क्षेत्र प्रवेश गर्न सक्ने हुँदा यथाशीघ्र बलियो फलामे बार लगाउनुपर्ने ।”

विमानस्थलको पश्चिमतर्फ रहेको तिनकुने चोक नजिकैको विमानस्थल परिधि बार क्षेत्रमा २ वटा २÷२ मिटरको कल्भर्टहरू रहेको र उक्त कल्भर्टको प्रयोग गरी विमानस्थल निषेधित क्षेत्र प्रवेश गर्न सहज हुने हुँदा यथाशीघ्र बलियो फलामे बार लगाउन पनि सुझाव दिइएको छ ।

त्रिअविको भित्री परिधिमा आन्तरिक पार्किङ्ग वेमा नेपाली सेना कालीदल गण (ई) ले ड्युटी लिएको पार्किङ्ग गेट इलाकादेखि नम्बर ४ पोष्ट, रडार इलाका, त्रिअवि दमकल, इओडी युनिट, नं. ६ पोष्ट, छाप्रो पोष्ट, अप्रोच इलाका, त्रिअवि भन्सार कार्यालय तथा गोदाम र आयल निगम क्षेत्रलाई समेटिएको छ ।

भित्री पेरिमटरअन्तर्गत विमानस्थलको उत्तरतर्फ रहेको रन वे को ०२ ल्यान्डिङ्ग साइडको तलतर्फ केही गहिरो भागमा रहेको सर्भिस ट्रयाकको बायाँतर्फ करिव २५० मिटर उपयुक्त बार नभएको हुँदा उक्त स्थानमा बार लगाउन सुझाव दिइएको छ ।

“विमानस्थलको पूर्वतर्फ रहेको नेपाल प्रहरीद्वारा विगतमा बासस्थानको रुपमा प्रयोग गरिरहेको क्षेत्रमा कुनै पनि सुरक्षा निकायको उपस्थिति÷ड्युटी नभएको हुँदा उक्त स्थानबाट अनधिकृत व्यक्तिहरूको प्रवेश हुन सक्ने प्रवल सम्भावना रहेको,” प्रतिवेदनमा भनिएको छ, “तसर्थ, उक्त स्थानमा अनिवार्य सुरक्षा निकायको स्थायी पोष्ट यथाशीघ्र खडा गर्नुपर्ने ।”

हेलिप्याड इलाकादेखि त्रिअवि दमकलसम्मको इलाकाको सर्भिस ट्रयाकको बायाँ करिव २०० मिटर उपयुक्त बार नभएको हुँदा उक्त स्थानमा बार लागउन पर्नेछ ।

विमानस्थलको पूर्वतर्फ रहेको ६ नम्बर पोष्ट नपुग्दै बायाँतर्फ रहेको गेटमा ‘प्रोपर लक सिस्टम’ नभएको र हाल घाँस काट्न आउने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि उक्त गेट प्रयोगमा समेत नरहेकाले उक्त गेटलाई स्थायी रुपमै बन्द गर्नुपर्ने सुझाव दिइएको छ ।

विमानस्थलको दक्षिणतर्फ रहेको २० ल्यान्डिङ्ग साइडको बाटो पारी रहेको गेटमा पनि लक सिस्टम नभएका कारण स्थायी रुपमा बन्द गर्न भनिएको छ । प्रतिवेदनमा विमानस्थलको पूर्वतर्फ रहेको इओडी होल्डिङ्ग युनिटको कार्यालयबाट करिब ४०० मिटर दक्षिणतर्फ रहेको पुरानो घरलाई मौसम विभागले स्टोर हाउसका रुपमा प्रयोग गरिरहेको उल्लेख छ ।

उक्तघरमा सिन्धुपाल्चोक स्थायी घर भई हाल बारा जिल्ला कोल्हवी खत्रीका परिवारका चार व्यक्ति विमानस्थल निषेधित क्षेत्रभित्र करिब १८ वर्षदेखि बसोबास गर्दै आइरहेको प्रतिवेदनमा जनाइएको छ ।

खत्री परिवारले आवत जावत गर्न इओडी होल्डिङ्ग युनिटको मुख्य प्रवेश द्वार प्रयोग गर्ने गरेको र हालसम्म उक्त परिवारबाट कुनै पनि शंकास्पद गतिविधि नगरेता पनि उक्त परिवारलाई विमानस्थल सुरक्षा संवेदनशीलतासम्बन्धी जानकारी प्रदान गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।

विमानस्थल भन्सार कार्यालयदेखि उत्तर आयल निगमसम्म इलाकामा कुनै पनि भित्री परिधिमा बार नभएका कारण यथाशीघ्र परिधि बार बनाउनुपर्ने जनाइएको छ ।

अन्य कारणले पनि विमानस्थलको सुरक्षामा असर पारिरहेको प्रतिवेदनमा औल्याइएको छ । विमानस्थलको परिधि क्षेत्रमा पर्याप्त बत्ती तथा सीसीटीभी नहुँदा रातको समयमा हुनसक्ने गतिविधिहरूमाथि निगरानी गर्न निकै कठिनाई भएको बताइएको छ । यसको फाइदा आपराधिक एवं अनधिकृत तत्वहरूले उठाउने प्रवल सम्भावना रहेको प्रतिवेदनमा औंल्याइएको छ ।

विमानस्थलको भित्री र बाहिरी परिधिबीचमा पट्रोलिङ्गको लागि हुनुपर्ने परिधि ट्रयाक समेत नभएको उल्लेख गरिएको छ ।

“विमानस्थलको पूर्वतर्फ विमानस्थल निषेधित क्षेत्रभित्र गैर सैनिक व्यक्तिहरू स्थायी रुपमा नै बसोबास गर्ने गरेको हुँदा यस्ता गतिविधिहरूले प्रतिकूल सुरक्षा चुनौती थपिने हुँदा सो सम्बन्धमा आवश्यक व्यवस्था गर्नुपर्ने,” प्रतिवेदनमा स्पष्ट शब्दमा भनिएको छ ।

विमानस्थलमा ‘अर्ली वार्निङ सिस्टम’ र ‘अलार्म सिस्टम’ समेत नभएको, मोबाइल पेट्रोलिङ्गका लागि आवश्यक सवारी साधन नभएको र विमानस्थल सुरक्षार्थ खटिएको नेपाली सेनाको जनशक्ति तालिम, शान्ति सेना तथा अन्य विमानस्थल सुरक्षार्थबाहेकका अन्य खटन–पटनमा समेत खटिने गरेको हुँदा जनशक्ति नपुग समेत हुने गरेको प्रतिवेदनमा औल्याइएको छ ।

प्रतिवेदनमा विमानस्थलको परिधिमा प्रयाप्त मात्रामा सीसीटीभीको व्यवस्था गर्न, सीसीटीभीको कभरेज एक–अर्कासँग ओभरल्याप हुने गरी राख्न, परिधि क्षेत्रमा देखिएका अशोभनीय गतिविधि कन्ट्रोल रुममार्फत तत्काल सम्बन्धित ड्युटी पोष्टमा अलर्ट गर्ने संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिइएको छ ।

‘अर्ली वार्निङ सिस्टम’ र ‘अलार्म सिस्टम’ का लागि ‘थर्मल सेन्सर’ वा ‘लाइट सेन्सर’ संयन्त्रको व्यवस्था गर्न सुझाइएको छ । विज्ञसँग सल्लाह लिई परिधिबारेमा करेन्टको समेत व्यवस्था गर्न सकिने सुझाव दिइएको छ ।

“विमान उडान तथा अवतरणको सुरक्षालाई उच्च प्राथमिकतामा राखी विमानस्थल सुरक्षार्थ खट्टिएको नेपाली सेनासँग आवश्यक समन्वय गरी आवश्यक स्थानको पहिचान गरी सेन्ट्री पोष्ट थप गर्ने र प्रत्यक्ष अब्जरभेसन नपुग्ने ठाउँहरू देखिने गरी अब्जरभेसन टावर बनाउनुपर्ने,” प्रतिवेदनमा सुझाइएको छ ।

मोबाइल पट्रोलिङ्गका लागि आवश्यक सवारी साधन त्रिअविबाट उपलब्ध गराउन भनिएको छ । पट्रोलिङ्गका लागि भित्री र बाहिरी परिधि ट्रयाक बनाउन पनि सुझाव दिइएको छ । प्रतिवेदनमा ‘इन्ट्रुमेन्टल सेक्युरिटी’ लाई विशेष महत्व दिई यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताइएको छ ।

त्रिअवि सुरक्षा अत्यन्तै संवेदनशिल तथा चुनौतीपूर्ण कार्य भएकाले कुनै एक निकायको प्रयासले मात्र त्रिअवि सुरक्षा व्यवस्था कायम नहुने प्रतिवेदनमा जनाइएएको छ । त्रिअविसँग सम्बन्धित सम्पूर्ण निकायहरूले जिम्मेवारीबोधका साथ आ–आफ्नो तहबाट सहयोग, समन्वय र पहलकदमी लिनुपर्ने अत्यावश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

“विमानस्थलको पेरिमिटर ज्यादै ठूलो रहेको, जमिनी हालत उपडखापड रहेको र सुरक्षा संवेदनशीलता बढ्दै गएकाले म्यानुअल सेक्युरिटीको माध्यमबाट पूर्ण रुपमा सुरक्षा प्रदान गर्न जनशक्ति प्रयाप्त नहुने हुँदा इन्स्ट्रुमेन्टल सेक्युरिटीलाई विशेष महत्व दिई यसको प्रयोग बढाउँदै लैजानु पर्छ,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा औल्याइएका राय सुझावहरू तथा सुरक्षामा प्रतिकूल असर पार्ने पक्षहरूको समयमा नै सम्बोधन गरी निराकरण भएमा भविष्यमा हुन सक्ने सम्भावित दुर्घटना न्युनीकरण गर्न सकिने दाबी गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० १०:१५
#सेना #गोप्य #अनुसन्धान #त्रिभुवन #अन्तर्राष्ट्रिय #विमानस्थल

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) भित्रको सुरक्षा अवस्थाको सम्बन्धमा सधै प्र....

उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी राष्ट्र हितमा काम गर्न सक्रिय हुनुपर्ने - प्रहरी महानिरीक्षक कुँवरप्रहरी महानिरीक्षक ...
02/04/2024

उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी राष्ट्र हितमा काम गर्न सक्रिय हुनुपर्ने - प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले राष्ट्र र संगठनको हितको लागि इमानदार र निष्ठावान रहँदै उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट Virtual माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवरले विगतको तुलनामा राजस्व संकलन लक्ष्यभन्दा माथि रहेको उल्लेख गर्दै अबका दिनमा समेत फरार प्रतिवादी पक्राउ गर्न, राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व संकलन वृद्धिका लागि प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन आवश्यक रहेको बताउनुभयो । संगठनको कार्यसम्पादन गुणस्तर बढाउन र लक्ष्य प्राप्त गर्न विशुद्ध रूपमा निष्ठापूर्वक काम गर्न उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले संगठनको प्राथमिकताबारे सबैलाई जानकारी भएको चर्चा गर्दै सोही अनुरूप आन्तरिक शुद्धिकरण, स्थायित्व र सुशासनका सन्दर्भमा आफू रूपान्तरण हुने र सकारात्मक उत्प्रेरणाका साथ नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रत्येक प्रहरी कार्यालयहरूको काम र गतिविधिको संगठनले समीक्षा गरिरहेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरूले आफ्नो संयन्त्र राष्ट्र हितमा प्रयोग गर्दै माटोको पहिचान गरी संगठन र राष्ट्रको लक्ष्य हासिल गर्न राष्ट्र सेवकको रूपमा सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

02/04/2024

Good Morning
Have a nice day

खसी बोकाको टाउको यसरी बनाएर खाने रैछ । हामी भने सकि नसकि टुक्राटुक्रा गर्दै फोर्छौ ।

01/04/2024

▶︎ •၊၊||၊|။||||။‌‌‌‌‌၊|• 0:50

एक पटक सबैले सुनौ।

लिंकनले आफ्नो बालक छोरा पढाउने गुरुलाई लेखेको चिठीयो चिठीलेे विश्वका अर्बौ मानिसलाई स्तब्ध बनाएको छ ।एजेन्सी– राजनीतिक क...
30/03/2024

लिंकनले आफ्नो बालक छोरा पढाउने गुरुलाई लेखेको चिठी
यो चिठीलेे विश्वका अर्बौ मानिसलाई स्तब्ध बनाएको छ ।

एजेन्सी– राजनीतिक क्षेत्रमा व्यस्त हुने राजनीतिज्ञहरु प्रायजसो घरव्यवहारमा समय दिन नसक्ने खालमा हुन्छन् । सँधैजसो राजनीतिक र सामाजिक क्रियाकलापमा व्यस्त हुँदा आफ्नो परिवार र बालबच्चाहरुको हेरचाह अन्य अभिभावकको थाप्लोमा परेका समस्याहरु प्रसस्त पाइन्छन् तर विश्व राजनीतिक रंगमञ्चका चर्चित केही राजनीतिक व्यक्तित्वहरुले भने आफ्नो परिवारका लागि निकै चिन्ता लिएको पाइन्छ । त्यस्तै, राजनीतिज्ञहरुमध्ये अमेरिकाका पूर्वराष्ट्रपति अब्रहाम लिंकन पर्दछन्, जसले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई दिव्य उपदेशका शैलीमा एउटा महत्वपूर्ण चिठी लेखेका थिए, ‘मेरो छोरोले के सिकोस भन्ने शीर्षक’ मा उक्त चिठी विश्वका अभिभावकहरुका लागि सँधै प्रेरणाको श्रोत बनिरह्यो । प्रस्तुत छ, आफ्नो बालक छोरो पढ्ने विद्यालयका गुरु (प्रधानाध्यापक) लाई लिंकनले लेख्नुभएको चिठीको पूर्ण विवरण :

मेरो छोरोले के सिकोस ?
श्रीमान प्रधानाध्यापक ज्यू,
मेरो छोरोले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन् । यो कुरा बुझाउन त समय लाग्ला नै । तैपनि उसलाई परिश्रम गरी कमाएको एक डलर सित्तैमा पाएको पाँच डलरभन्दा बढी मूल्यवान हुन्छ भन्ने कुरा बताइदिनुहोस् । उसले विजय र पराजय भनेको के हो, राम्ररी बुझोस् । त्यस्तै, इर्ष्याले युक्त भएको हाँसोको भित्री मर्म बुझोस् । उसलाई आकाशमा उडिरहेका चराहरु, रमाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरु र पहाडी काखमा फुलेका फुलहरुको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस् ।
मेरो छोरो जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेको कुरालाई राम्ररी छु्ट्याउन सक्ने होओस् । दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होओस् । उसलाई कहिले काँही आँखाबाट आँसु झार्नु लाजमर्दो कुरा होइन भनिदिनुहोस् । ऊ आफ्नो बाहुबल बुद्धि र सामर्थ्यमा विश्वास गरोस् । यदि उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भएपनि जीउ ज्यानले लागिपरोस् । उ भित्र सत्य र न्यायका लागि संघर्ष गर्न साहास र दृढशक्तिको विकास गरिदिनुहोस् । ऊसँग नम्र व्यवहार त गर्नुहोस् तर उसले टाउकामा टेक्ने गरी चाहिँ होइन । सम्झनुहोस्, आगोको लप्काबाटै फलाम खारिन्छ । ऊ भित्र साहास र सँधै केही गरौं भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयम निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान हुन सक्छ । धन्यवाद ।

- अब्राहम लिंकन
- ह्वाइट हाउस, वासिंटन डिसी

रास्वपा लक्षित ओलीको टिप्पणी – नयाँ पार्टीमा कुनै विचार छैन, क्यान्भास खालि छकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा...
29/03/2024

रास्वपा लक्षित ओलीको टिप्पणी – नयाँ पार्टीमा कुनै विचार छैन, क्यान्भास खालि छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टीमा कुनै विचार नभएको टिप्पणी गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित यस्तो टिप्पणी गरेका हुन् ।
उनले रास्वपालाई विचार नभएको पार्टीका रुपमा चित्रण गरे । उनले भने, ‘नयाँ पार्टी विचारले नयाँ छैन । विचारमा केही पनि छैन । चित्रकलाको प्रतिष्पर्धात्मक चित्रकलामा प्रतिष्पर्धा गर्न उनीहरु आएका छन् । क्यान्भास खालि छ ।’ विचारमा कुनै नयाँपन नरहेको बरु आफ्नो पार्टी नेकपा एमालेले गरेका कामहरु चोरी गर्ने काममा लागेको उनको भनाई छ ।

27/03/2024

Good Morning
शुभ दिनको शुभकामना
नेपाल आमाको जय होस्
जय नेपाल
🌄 👍 🌄 👍 🌄 👍

18/03/2024

हालसम्मका २६ मुख्यसचिवमध्ये अधिक

अमेरिकी सैनिक टोली सोझै बिराटनगर२०८० चैत ५अमेरिकी सेनाको उच्चस्तरीय टोली नेपाल आएको छ । जोइन्ट टास्क फोर्स कमाण्डर ह्यार...
18/03/2024

अमेरिकी सैनिक टोली सोझै बिराटनगर
२०८० चैत ५
अमेरिकी सेनाको उच्चस्तरीय टोली नेपाल आएको छ । जोइन्ट टास्क फोर्स कमाण्डर ह्यारिसन मेयर नेतृत्वको टोली नेपाल आएको हो ।
हिजो दिउँसो साढे १ बजे वायुसेनाको चार्टर नम्बर सिएटीए–१०१ मा बंगलादेश हुँदै काठमाडौं आइपुगेको उक्त टोली आज बिहान विराटनगर प्रस्थान गरेको छ ।
पौने १० बजे टोली अमेरिकी वायुसेनाको कूटनीतिक उडानमार्फत विराटनगरको लागि प्रस्थान गरेको हो ।

अमेरिकी सेनाको उच्चस्तरीय टोली नेपाल आएको छ । जोइन्ट टास्क फोर्स कमाण्डर ह्यारिसन मेयर नेत

टाउकोमा गहिरो चोट लागेपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई बिहीबार टाँका लगाएर अस्पतालबाट डिस्चार्ज गरिएको छ ।...
16/03/2024

टाउकोमा गहिरो चोट लागेपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई बिहीबार टाँका लगाएर अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

बिहीबार साँझ ममता बनर्जीको निधारमा गहिरो चोट लागेको थियो, तृणमूल पार्टीका स्रोतहरूका अनुसार ।

I

उनलाई धेरै टाँका लगाइयो र उनको टाउकोमा पट्टी लगाइएको थियो । सीटी स्क्यान र अन्य उपचार पछि, उनी राति 9:40 बजे अस्पतालबाट डिस्चार्ज भए ।
डाक्टरहरूले उनलाई आगामी केही दिनसम्म निगरानीमा राख्नेछन् ।

एसएसकेएम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मणिमोय भट्टाचार्यले भने कि बनर्जीलाई पछाडिबाट धकेलिएको कारणले लडेको थियो ।
उनको मस्तिष्कमा चोट लागेको र निधारमा गहिरो चोट लागेको थियो, जसले गर्दा अत्यधिक रक्तस्राव भयो ।

अस्पतालमा बस्न सल्लाह दिए पनि, बनर्जीले घर फर्कने छनौट गरे । उनी चिकित्सकको निगरानीमा रहनेछन्, थप उपचार शुक्रबारका लागि तय गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, "म ममता दीदीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।"

13/03/2024

हार्दिक बधाई तथा शुभकामना
नेपाल प्रहरीको सहायक निरीक्षक सलामुन नेशाका वालविवाह भएको थियो । घर धन्दा गर्दै १२ कक्षा पास गरेकि पर्सागढी नगरपालिकाकी नेसाको श्रीमान वैदेशिक रोजगारको क्रममा विदेशमा छन् ।
छोरा हुर्काउदै काम र पढाईलाई अघि बढाईरहनु भएका उनि अव प्रहरी निरीक्षक ईन्सपेक्टर बन्ने तयारी गरिरहेका छन् ।

13/03/2024

छात्राहरुलाई दुर्व्यवहार गरेको सम्बन्धमा
----------------------------------------
बिराटनगर महानगरपालिका वडा नम्बर ८ मधुधारामा रहेको मुनलाइट गर्ल्स होस्टेलकि सञ्चालिकाले बिराटनगर नर्सिङ क्याम्पसको BNS, BSc Nursing प्रथम बर्षमा अध्ययन गरिरहेको छात्राहरुलाई दुर्व्यवहार गरेका छन् ।
बिराटनगर नर्सिङ क्याम्पसको छात्राहरु उक्त होस्टेलमा बस्दै आइरहेको र छात्राहरुले उक्त होस्टेललाई दिनु पर्ने फागुन महिनाको सम्पुर्ण पैसा दिइसकेको थियो ।
छात्राहरुले फागुन ३० गते होस्टेल छोड्ने तयारी गरिरहेको थियो । तर, होस्टेल सञ्चालिकाले चैत महिनाको ३ हजार रुपैयाँको दरले एड्भान्स दिनु पर्ने नत्र अहिले राती नै यो होस्टेल छोड्नु पर्ने भन्दै डर, धम्की, त्रास, गाली गलौज तथा हातपात गर्दै दुर्व्यवहार गरेकी छिन् ।

३० वर्षे सेवाहद हटाउने पक्षमा गृहमन्त्री लामिछानेकाठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवाहद हटाउनुपर्ने ...
11/03/2024

३० वर्षे सेवाहद हटाउने पक्षमा गृहमन्त्री लामिछाने
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवाहद हटाउनुपर्ने नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जोड दिएका छन् । यसबाट कसैलाई घाटा तथा कसैलाई नाफा भए पनि कसैले त्याग गर्नैपर्ने उनले बताए ।
आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षणपछि उनले यस विषयमा आफ्नो प्रष्ट धारणा राखेका हुन् । ‘३० र्षे सेवा अवधिको विषयमा म क्लियर छु, यो हटाउनुपर्छ । तर, के, कसरी र कुन बेला भन्ने कुरा छलफलबाट टुंग्याउनुपर्छ,’ उनले भने, ‘यसमा पनि कोही न कोहीले त्याग गर्नुपर्छ । कसैलाई तत्काल लाभ वा हानी पनि पर्न सक्छ । व्यक्तिलाई होइन अधिकांशको हित हुने गरी दीर्घकालसम्मका लागि नीति बनाउनुपर्छ ।’ सरुवा बढुवामा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने घोषणा गरेका छन् ।
‘राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति–विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहान्छु,’ उनले भने,‘र, त्यसको सुरुआत पहिलोपटक गृहमन्त्री हुँदा डीआइजी र एसएसपीहरुको सरुवाका क्रममा गरेको थिएँ । त्यसबेला सरुवा भएर मधेस प्रदेशमा जानुहुने वर्तमान महानिरीक्षकले नै त्यसबारे धेरै बताउन सक्नुहुन्छ ।’
कुनै कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक रहेको भन्दै त्यसको योजना बनाएर ल्याउन उनले निर्देशन दिएका छन् ।
आफु कुनै व्यक्ति विशेषको सरुवा–बढुवा गर्ने र त्यस वापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न गृह मन्त्रालय आएका नभई केही फरक गर्ने चाहना, नीति–विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकल्प बोकेर आएकाले त्यसमा सहयोग गर्न आग्रह गरे ।प्रहरीमा हस्तक्षेप गर्ने अवस्था नआउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस् । अनावश्यक भारी नबोक्नुहोस् । निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुहोस् । नीति र विधिभित्र रहेर काम गर्नुहोस्,’ उनले भने,‘ कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ सोही स्थानमा राख्नुहोस् । मबाट तपाईंहरुको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने, अन्यले चाहिँ संगठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ ।’

एमाले माओवादी गठबन्धन बेइजिङतर्फ ढल्किएला वा दिल्लीका 'संवेदनशीलता'प्रति चनाखो रहला?९ मार्च २०२४नेपाली कांग्रेससँगको सहक...
10/03/2024

एमाले माओवादी गठबन्धन बेइजिङतर्फ ढल्किएला वा दिल्लीका 'संवेदनशीलता'प्रति चनाखो रहला?
९ मार्च २०२४
नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ सत्ता समीकरण गरेपछि नेपालका घटनाक्रमलाई दिल्ली र बेइजिङले नजिकबाट नियालिरहेको विज्ञहरूले जनाएका छन् ।
भारतका परराष्ट्र मामिलाका कतिपय जानकारहरूले नेपालले आफ्नो आर्थिक र सुरक्षा स्वार्थहरू दिल्लीसँग मिल्ने बुझ्दै गएको भए पनि पछिल्लो गठबन्धनलाई ध्यान दिँदै साउथ ब्लकले सुझबुझपूर्ण कूटनीति अँगाल्नुपर्ने जनाएका छन् ।
विगतमा प्रचण्ड र ओलीले सत्ता सहकार्य गर्दा नेपालमा बेइजिङको प्रभाव बढेको भन्दै एक जना भारतीय विश्लेषकले नयाँ गठबन्धन शक्तिमा आउँदा चीनले पूर्वाधारसहितका क्षेत्रमा आफ्नो प्रभाव बढाउन प्रयास गर्न सक्ने बताए ।
तर नेपाल मामिला सम्बन्धी एक जना चिनियाँ विज्ञले चीनले नेपालमा देखिएको पछिल्लो परिवर्तनप्रति बढी प्रतिक्रिया नजनाउने र काठमाण्डूमा बन्ने जुनसुकै सरकारसँग सहकार्य गर्ने प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र...

राष्ट्रपतिद्वारा दर्शन र पूजाराष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरे । साँझ ४:३०...
09/03/2024

राष्ट्रपतिद्वारा दर्शन र पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरे । साँझ ४:३० बजे मन्दिर पुगेर राष्ट्रपतिले पूजा तथा आराधना पनि गरे । पूजा–आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गरेका थिए ।

राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, कोषका सदस्यसचिव राजु खत्रीलगायतले स्वागत गरेका थिए । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा–आराधना एवं दर्शन गर्ने परम्परा रहँदै आएको छ ।

महाशिवरात्रिको दिन शुक्रबार सबेरैदेखि रातिसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार

हार्दिक बधाई तथा शुभकामनामन्त्रिपरिषद विस्तार, पर्यटनमा हितबहादुर तामाङ । मुख्य गरि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाह...
06/03/2024

हार्दिक बधाई तथा शुभकामना
मन्त्रिपरिषद विस्तार, पर्यटनमा हितबहादुर तामाङ ।
मुख्य गरि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" र हितबहादुर तामाङलाई बधाई दिन चाहन्छु ।
तर, प्रतिगमनको मतियार केपी शर्मा ओलीसँग कति समय बिताउन सकिएला भन्ने चिन्ता लागिरहेको छ ।
कोसिस गर्नेहरुको कहिल्यै हार हुँदैन । प्रतिगमनको मतियारहरुलाई परास्त गर्ने साहस सम्माननीय प्रधानमन्त्री
पुष्पकमल दाहाललाई प्राप्त होस् ।

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार उनले नेकपा ....

सरकार गठनसँगै गृहमा रविको गलफत्ती२२ फागुन २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजोदेखि राजनीतिक समीकरण परिवर्तन ग...
05/03/2024

सरकार गठनसँगै गृहमा रविको गलफत्ती
२२ फागुन २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजोदेखि राजनीतिक समीकरण परिवर्तन गरेसङ्गै एमाले र उपेन्द्र यादवको जसपा झैँ रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्तारुढ भएका छन् । हिजै माओवादी,एमाले र रास्वपाका तीन जना मन्त्रीले शपथ पनि खाइसकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबै मन्त्रालयको जिम्मेवारी दिइएकाले नवनियुक्त मन्त्रीहरु विनाविभागीय हैसियतमा छन् । सत्तारुढ अरु पार्टी झैँ रास्वपा पनि मन्त्रालय बाँडफाँड हुँदा कम्तीमा तीन वटा बटम लाइन भन्न थालेको छ ।
तीन वटा मन्त्रालय पनि आफूले चाहेबमोजिमको हुनुपर्ने धारणा सभापति रवि लामिछानेले शीर्ष नेताहरुको छलफलमा राखिसकेको माओवादी स्रोतले बताएको छ । ‘उनले गृह,पर्यटन र श्रम मन्त्रालय ताकेको देखिन्छ,’अर्को स्रोत भन्छ, ‘ ‘सहकारी,परिचयपत्र,राहदानीजस्ता काण्ड सल्टाउन गृह नभई नहुने भएकाले त्योसहित पर्यटनमा उनको होमवर्क छ । गत वर्षदेखि पर्यटन मन्त्रालय कसरी सञ्चालन हुन्छ भनेर टोलीले नै अध्ययन गरेको छ ।’
सांसद सुमना श्रेष्ठ नेतृत्वको टोलीले नेपाल वायुसेवा निगमदेखि, नागरिक उड्डयन प्राधिकरण,पर्यटन विभाग,पर्यटन बोर्डका बारेमा एक एक जानकारी लिएर अध्ययन गरेको बताइन्छ । उनीहरुले प्राधिकरण अर्थात् क्यान के हो, यसले कसरी काम गर्छ ? पर्यटन मन्त्रालयसँग जोडिएका हाँगाबिँगा के के हुन् ? भन्नेबारेमा व्यापक अध्ययन गरेकाले अहिले पर्यटन मन्त्रालयमा उनीहरुले जोड लगाउने संभावना रहेको बताइन्छ ।
विगतमा रविलाई एकाएक चर्चामा लगेको टेलिभिजन कार्यक्रमले हो । त्यसमा पनि ‘जनतासँग सीधा कुरा’मार्फत श्रमका लागि बिदेश गएकाहरुको विषय उठाएपछि चर्चा बटुलेका थिए । वैदेशिक रोजगारीमा गएकालाई गरिएको ठगीको विषय उनको कार्यक्रमको मुख्य शीर्षक हुन्थ्यो । अहिले त्यही सन्दर्भसँग जोडेर पर्यटन,वायुसेवाको विषयलाई समेत उछाल्न सजिलो हुने भएकाले पर्यटन र श्रम मन्त्रालयतर्फ नजर लगाएको अनुमान गरिएको हो ।
रवि स्वयम् उपप्रधानसहित गृह मन्त्रालयमा पुनः जाने प्रयासमा छन् । गत वर्ष छोटो समयमै रविको आडमा दीपक बोहोराको समूहले ‘फण्ड रेज’ गरेको विषय बाहिर आएको थियो । प्रहरीले त्यतिबेला मन्त्रालयको आडमा हप्ता उठाउने खेलमा समूह सक्रिय भएको बताएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजोदेखि राजनीतिक समीकरण परिवर्तन गरेसङ्गै एमाले र

काठमाडौंमा राजनीतिक पहिरो, भारतमा मिडियाको रोइलो२०८० फागुन २१प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकाएक नयाँ गठबन्धनतर्फ...
05/03/2024

काठमाडौंमा राजनीतिक पहिरो, भारतमा मिडियाको रोइलो
२०८० फागुन २१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकाएक नयाँ गठबन्धनतर्फ आकर्षित भएपछि भारतीय मिडियाले आफ्नै ढंगले व्याख्या गरेका छन् । उनीहरुले नेपालको राजनीतिमा भएको पछिल्लो उथलपुथलमा छिमेकी मित्रराष्ट्र चीनको हात रहेको गम्भीर आरोप लगाइएको छ ।
नवभारत टाइम्सले चीनको कारण वामपन्थी विचार धाराका दलहरुले काँग्रेसलाई एक्लाएर नयाँ गठबन्धन भएको दावी गरेको छ । तथ्यहीन समाचारमा लेखिएको छ, ‘नेपालमा जब नयाँ चिनियाँ राजदूत आए, तब उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बारम्बार भेटेर एकता गर्न पहल गरिरहेका थिए ।’
‘नेपालमा जब नयाँ चिनियाँ राजदूत आए, तब उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बारम्बार भेटेर एकताको निम्ति पहल गरिरहेका थिए ।’
नवभारतले चीनको रणनीति दक्षिण एसियामा माल्दिभ्सपछि नेपालमा पनि सफल भएको दावी गरेको छ । सोही कारण भारत समर्थक काँग्रेस सभापति शेरबहादुर देउवा पाखा लागेको समाचार हेडलाइनमा उल्लेख छ । आज विकसित राजनीतिक घटनाक्रमलाई भारतीय मिडियाले प्रचण्ड यसअघि भारतीय प्रधानमन्त्रीको शरणमा पुगेको उल्लेख गर्दै सोधिएको छ,‘किन प्रचण्डलाई जेल जानुपर्ने आशंकाले सताउँछ ?’
भारतीय मिडियाले काँग्रेस सभापति शेरबहादुर देउवाले दक्षिणसँग राम्रो सम्बन्ध बनाए पनि प्रचण्डले उत्तरसँगको सम्बन्ध अच्छा बनाउन खोजेको व्याखा गरेको छ । सोही कारण गठबन्धन भत्किएको नवभारत टाइम्सको निचोड छ ।
भारतीय मिडियाले प्रचण्ड यसअघि भारतीय प्रधानमन्त्रीको शरणमा पुगेको उल्लेख गर्दै सोधिएको छ,‘किन प्रचण्डलाई जेल जानुपर्ने आशंकाले सताउँछ ?’
राष्ट्रिय सभाको अध्यक्षमा भागबण्डा नमिलेपछि पुरानो गठबन्धन भत्किएको पनि मिडियाले उल्लेख गरेको छ । अगाडि लेखिएको छ, ‘देउवा कृष्णप्रसाद सिटौलालई सभाध्यक्ष बनाउन चाहन्थे, तर प्रचण्डले त्यसो गर्न नमानेपछि एक वर्ष देखिको गठबन्धनले पूर्णविराम पाएको हो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकाएक नयाँ गठबन्धनतर्फ आकर्षित भएपछि भारतीय मिडियाले

काठमाडौं इन्टरनेशनल इन्कर्पारेट प्रा.लि.ले इजरायलको ब्लु शिर्ट इन्टरप्राइजेज कम्पनीका लागि २ सय जना कृषि कामदारको माग ल्...
03/03/2024

काठमाडौं इन्टरनेशनल इन्कर्पारेट प्रा.लि.ले इजरायलको ब्लु शिर्ट इन्टरप्राइजेज कम्पनीका लागि २ सय जना कृषि कामदारको माग ल्याएपछि वैदेशिक रोजगार क्षेत्रमा हलचल पैदा भएको छ ।

इजरायलबाट माग त आयो, भिसा नि ?

नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यवसायी नभएर एमाले कार्यकर्ता हुन् : बालेनआत्मरक्षाका लागि बल प्रयोग, सरकारले भिडियो...
02/03/2024

नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यवसायी नभएर एमाले कार्यकर्ता हुन् : बालेन
आत्मरक्षाका लागि बल प्रयोग, सरकारले भिडियो हटायो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत बुधबार नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेर आफ...

केपी ओलीको सेवामा डिजीका सिङ्गै एक दिन२०८० फागुन १९नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको दौडधुप र...
02/03/2024

केपी ओलीको सेवामा डिजीका सिङ्गै एक दिन
२०८० फागुन १९
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको दौडधुप र छटपटी बेजोड छ । केही महिना अघिसम्म ठूला र प्रभावशाली नेताबाहेक अरुलाई मतलब नगर्ने उनी यतिखेर प्रायः सबैजसो नेता र अख्तियार आयुक्तकोमा पुगेकाले सहज अवस्था नरहेको अनुमान गर्न सकिन्छ ।

‘के अब अधिकारी साँच्चै संकटको अन्तिम संघारमा पुगेका हुन् ?,’ जनआस्थाको जिज्ञासामा अधिकारीसँग विगतमा निकै निकट सम्बन्धमा रहेको एउटा स्रोत भन्छ, ‘उनको छटपटी,दौडधुप र भेटघाटको रफ्तारले त्यस्तै संकेत गर्छ । विगतमा तालुक मन्त्रालयका मन्त्रीलाई भेट्दा नमस्कार गर्ने तर छेवैका सचिवलाई फर्केर पनि नहेर्ने अधिकारी पछिल्लो समय बिहानदेखि रातिसम्म दौडधुपमै देखिन्छन् ।’

हुन पनि महानिर्देशक अधिकारी कसैलाई नेटर्ने स्वभावका हुन् । अधिकृत छैठौं तहमा सेवा प्रवेश गरेको डेढ दशकमै अर्बौैंको सम्पत्ति जुटाएका अधिकारीले मौकाअनुसार सम्बन्ध राख्ने गरेको राजनीतिक दलका नेता तथा तिनका निकटस्थहरुको भनाई छ । परेको बेला उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको हकमा अखिलका पूर्व अध्यक्ष सुदेश पराजुलीलाई बोक्दै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हकमा छोरी गंगा दाहालसँग बिशेष सम्बन्ध राखेको बताउने गरेका छन् । काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको हकमा आरजू भाउजूका कारण ढुक्क देखिएका उनी हिजो मध्यान्ह एकाएक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक बिशिस्ट कक्षमा पुगेका थिए ।
उनी आकस्मिक रुपमा त्यसरी विमानस्थल पुग्नुको कारण भने त्यहाँको सुधारका लागि थिएन । एक छिनपछि भरतपुर जान लाग्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको बिदाइको तारतम्य मिलाउने सुरसारमा महानिर्देशक विमानस्थल पुगेको बताइन्छ । अध्यक्ष ओली भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहमा भाग लिन हेलिकोप्टरमा त्यता जाँदै हुनुहुन्थ्यो ।

तर अचम्मको विषय भने उनी यसअघि प्रधानमन्त्रीको राजकीय तथा औपचारिक विदेश भ्रमणमा समेत बिदाईका लागि विमानस्थलमा कहिल्यै देखा परेका थिएनन् । तर हिजो संसदमा प्रमुख प्रतिपक्षी दलका नेतालाई भरतपुर जान लाग्दा बिदाई गर्न भन्दै किन त्यहाँ पुगेका होलान् ?

अध्यक्ष ओलीलाई भिआइपी कक्षदेखि अन्तर्राष्ट्रिय रनवेभन्दा पूर्वतर्फको हेलिप्याडसम्म पुर्याउँदा उनले लामै भलाकुसारी गरेको बताइन्छ । हेलिकोप्टरमा अध्यक्ष चढेपछि बल्ल उनी भिआईपी कक्षमा फर्के र हेलिकोप्टर नउडेसम्म सेकेण्ड सेकेण्डको अपडेट लिइरहे । झण्डै एक घण्टा भिआइपी कक्षमा बसेका अधिकारी केका लागि एकाएक हिजो त्यहाँ पुगेका थिए भनेर बुझ्न कसैलाई कुनै गाह्रो छैन ।

यसबीच केपी ओली कप क्रिकेट र फुटबल प्रतियोगिताको सौजन्यको जिम्मेवारी अप्रत्यक्ष रुपमा अधिकारीले लिएको भन्ने गरिएको छ । उनैले यसबीच अध्यक्षलाई चाकडी गरेर खुशी पार्ने रणनीति लिएका हुन् । यता,पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अरबौंको अनियमिततामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिहेको छ ।

आफूमाथि भइरहेको उक्त अनुसन्धानलाई आयोगले अन्तिम रुप दिन लागेपछि उनी हिजो अध्यक्ष ओलीलाई विमानस्थलमा भेट्न पुगेको सहजै अनुमान गर्न सकिन्छ । किनभने यतिखेर अख्तियारमा कुन नेताको बोली बिक्छ भन्ने विषय पनि सबैलाई थाहा छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको दौडधुप र छटपटी बेजोड छ । केही

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when samadesh.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to samadesh.com:

Videos

Share