Akhabar Kunja

Akhabar Kunja This page is belongs to Nepali online news portal akhabarkunja.com

खडेरीले खेतमै सुके मकै काठमाडौ, २८ जेठ । खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ ...
11/06/2023

खडेरीले खेतमै सुके मकै

काठमाडौ, २८ जेठ । खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण त्यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेकोे छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । पानी नपर्दा लेकाली क्षेत्रमा कोदोसमेत रोप्न पाएका छैनन् ।
जिल्लाको बेनी नगरपालिकाका उपल्लो भेग र मालिका, धवलागिरि, मंगला, अन्नपूणर् र रघुगंगाका लेकाली क्षेत्रमा विगतका वर्षमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो । तर यस वर्ष भने जिल्लामा कतै पनि रोपाइँ सुरु हुन नसकेको किसानको भनाइ छ। लामो समयदेखि वर्षा नभएका कारण धान र कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको बेनी -२ का किसान नारायण शर्मा सापकोटाले बताउनु भयो ।सिँचाइको सुविधा भएका क्षेत्रमा समेत खोलामा पानी नहुँदा रोपाइँ हुन नसकेको स्थानीयले बताएका छन् ।
पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेका छन् । जिल्लाका अधिकांश ठाउँमा वर्षाको भरमा खेतीबाली लगाइने गरिएको छ। करिब चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भएपनि खोलानाला सुकेकाले समस्या भएको हो । जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो । मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीका रूपमा उत्पादन हुने गरेको छ ।

आज साउने सङ्क्रान्ति मनाईदै काठमाडौ, १ साउन । प्रत्येक वर्ष साउन १ गते मनाउने साउने  सङ्क्रान्ति पर्व आज देशभर स्नान, दा...
16/07/2021

आज साउने सङ्क्रान्ति मनाईदै
काठमाडौ, १ साउन ।
प्रत्येक वर्ष साउन १ गते मनाउने साउने सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । आज लुतो फाल्ने समेत चलन छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुने र त्यसक्रममा हिलो मैलोले लाग्ने छाला सम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
एक महीना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ-आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महीनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको छ ।

12/07/2021
चीनबाट ८ लाख डोज खोप आइपुग्यो काठमाडौ, २५ असार ।चीनबाट खरिद गरिएको भेरोसेल खोप आज नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निग...
09/07/2021

चीनबाट ८ लाख डोज खोप आइपुग्यो
काठमाडौ, २५ असार ।
चीनबाट खरिद गरिएको भेरोसेल खोप आज नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको जहाज मार्फत पहिलो खेपमा ८ लाख डोज खोप आज बिहान काठमाडौ ल्याइएको हो । खोप लिन निगमको बाइडबडी ए ३३० जहाज हिजो चीन गएको थियो । आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
आजदेखि साउन ८ गतेसम्म तीन वटा उडान मार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निगम जहाजले अब असार २५ गते खोप ल्याउनेछ । सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको हो । ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा खोप लगाउने मन्त्रालयको तयारी छ । यस्तै कोभ्याक्स सुविधा मार्फत आउने खोप पनि छिट्टै ल्याउने तयारी भएको मन्त्रालयले जनाएको छ । यसअघि कोभ्याक्स मार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।
नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धादिङमा पहिरोले पाँच गाडी पुरिए, २ जनाको मृत्यु काठमाडौ, १९ आसार । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपा...
03/07/2021

धादिङमा पहिरोले पाँच गाडी पुरिए, २ जनाको मृत्यु
काठमाडौ, १९ आसार ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका ६ का करिब १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो । प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रन्जन अवाले जानकारी दिनुभयो । पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

युरोकपमा आजबाट क्वाटरफाइनल खेल हुदै काठमाडौ, १८ असार युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आजबाट ...
02/07/2021

युरोकपमा आजबाट क्वाटरफाइनल खेल हुदै
काठमाडौ, १८ असार
युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आजबाट क्वाटरफाइनल चरणका खेलहरु हुदैछन् ।
आज पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । खेल रुसको सेन्ट पिटर्सवर्ग रंगाशालमा नेपाली समय अनुसार राति पौने १० बजेपछि सुरु हुनेछ । दुवै टीमा आज जीत हात पार्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रदैछ ।
स्वीजरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो । स्विट्जरल्यान्ड र स्पेनबीच युरोपियन च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । विश्वकपमा भने दुई टिमबीच तीन पटक खेल भएको छ ।
जसमा स्पेनले दुई जित निकाल्दा एक जित स्विट्जरल्यान्डको पक्षमा गएको थियो । आजै हुने दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियम र इटालीबीचको खेल हुनेछ । खेल जर्मनीको एलिनाज स्टेडियममा राति पौने एक बजे सुरु हुनेछ । युरोकपमा दुवै टीमलाई उपाधि दाबेदार्का रुपमा लिइएको छ ।
फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको थियो । यस्तै इटालीले क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा अष्ट्रियालाई हराएको थियो । दुई टिमबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको थियो । मुख्य प्रतियोगितामा दुई टिमबीच पाँचौ पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघि भएका चार भेटमा इटालीले ३ जित निकाल्दा एक खेल बराबरीमा सकिएको थियो ।

आज राष्ट्रिय धान दिवस मनाइदै काठमाडौ, १५ असार । आज राष्ट्रिय धान दिवस । हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने ...
29/06/2021

आज राष्ट्रिय धान दिवस मनाइदै
काठमाडौ, १५ असार ।
आज राष्ट्रिय धान दिवस । हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । आजका दिनलाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि मनाउने परम्परा रहेको छ ।
कामको चटारोले थकित भएका किसानलाई शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गरिन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि आजका दिन दही च्यूरा खाएर असार १५ मनाउने गर्दछन् । दही च्यूराले शरीर शीतल बनाएर शक्ति सञ्चय हुने विश्वास गरिन्छ । वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निणर्य गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ ।
असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । दिवसका अवसरमा आज कणर्ाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

उपत्यकामा भोलीबाट सार्वजनिक यातायात सन्चालन हुदै काठमाडौ, १४ असार । काठमाडौं उपत्यकामा भोलीबाट सार्वजनिक यातायात सन्चालन...
28/06/2021

उपत्यकामा भोलीबाट सार्वजनिक यातायात सन्चालन हुदै
काठमाडौ, १४ असार ।
काठमाडौं उपत्यकामा भोलीबाट सार्वजनिक यातायात सन्चालनमा आउने भएको छ । आज बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधज्ञा लम्ब्याउने निणर्य गर्दै २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोर प्राणालीमा सन्चालन गर्ने निणर्य गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भोलीबाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चल्न दिने निणर्य भएको जानकारी दिनुभयो । ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।
अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने केही निणर्य गरिएको छैन । खाद्यान्नका पसल अब साँझ ६ बजेसम्म खोल्न पाइनेछ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निणर्य गरिएको थियो ।
कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

Address

Kathmandu
SHOWYAMBHU

Alerts

Be the first to know and let us send you an email when Akhabar Kunja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share