KhabarBucket

KhabarBucket Official page of
KB News Channel

05/05/2024
तलको लिंकमा गएर च्यानल सब्सक्राइब गर्नुहोस् र यो पोस्टलाई पनि जतिसक्दो धेरै ग्रुपमा सेयर गरेर लक्की ड्र मा सामेल हुनुहोस...
05/05/2024

तलको लिंकमा गएर च्यानल सब्सक्राइब गर्नुहोस् र यो पोस्टलाई पनि जतिसक्दो धेरै ग्रुपमा सेयर गरेर लक्की ड्र मा सामेल हुनुहोस् ।
विजेताको नाम यसै पेजमार्फत घोषणा गरिनेछ ।
च्यानल लिंक :
https://youtube.com/

25/11/2023

मल्टिनेसनल इन्टरनेट कम्पनी गुगलले लामो समयसम्म प्रयोग नभएका जिमेल एकाउन्ट तथा फोटो कन्टेन्ट हटाउने भएको छ । गुगलका अनुसार धेरै लामो समयदेखी निस्कृय रहेका एकाउन्ट तथा फोटो कन्टेन्ट आगामी सातादेखी हटाइनेछ ।

#नोट तपाईंहरुले जिमेल प्रयोग गरेर कहिं कुनै वेबसाइट ,सोसियल मिडियामा एकाउन्ट बनाउनु भएको छ तर उक्त जिमेल लामो समयदेखी प्रयोग गर्नुभएको छैन भने तुरुन्त जिमेल लगइन गर्नुहोस् अन्यथा जिमेल डिलिट भएर त्यसबाट लगइन भएका अन्य फेसबुक, एक्स, इन्स्टाग्राम जस्ता एकाउन्ट पनि भबिस्यमा भेरिफाइ गर्न अफ्ट्यारो हुनेछ ।

नेपालमा टिकटक बन्द भएपछी टिकटकको विकल्पको रुपमा आएको सर्ट भिडियो सेयरिङ एप 'रमाइलो' गुगल प्ले स्टोरबाट गायब भएको छ । एप ...
25/11/2023

नेपालमा टिकटक बन्द भएपछी टिकटकको विकल्पको रुपमा आएको सर्ट भिडियो सेयरिङ एप 'रमाइलो' गुगल प्ले स्टोरबाट गायब भएको छ । एप निर्माता कम्पनी Ideajar digital का अनुसार गुगल प्ले स्टोरका केही नियम, सर्तहरु पूरा नभएका कारण रमाइलो एपलाई केही समयका लागि Hide गरिएको हो साथै गुगलका सर्तहरु पूरा गरि अपडेटका लागि request गरिएको र चाँडै नै पुन: एप उपलब्ध हुनेछ । रमाइलो एप हालसम्म एन्ड्रोइडमा 10 हजारभन्दा बढी डाउनलोड भैसकेको छ भने आइओएस प्रयोगकर्ताका लागि एप लन्च हुने तयारीमा रहेको छ ।

22/11/2023

६ मंसिर, झापा । जंगली हात्तीको आक्रमणमा परि झापामा एक शरणार्थीको ज्यान गएको छ । झापाको बेलडाँगी शरणार्थी सिविरमा बस्दै आएका ७२ वर्षिय पदमलाल तामाङको मृत्यु भएको हो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राइका अनुसार मंगलबार दिउँसो सिविर नजिकैको जंगलमा दाउरा खोज्न गएका तामाङलाई साँझपख हात्तीले आक्रमण गरेको थियो । साँझसम्म पनि तामाङ घर नफर्केपछी स्थानीय र प्रहरी मिलेर पदमलालको खोजीमा लागेका थिए ।

21/11/2023

यहि मंसिर ७ गते दुर्गा प्रसाईं समुहले गर्ने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयले बल्खु क्षेत्र तोकिदिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रसाईं समुहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको जानकारी दिए । यसैगरी सोही दिन नेकपा एमालेका महेस बस्नेत नेतृत्वमा युवा संघ नेपालको पनि प्रदर्शन रहेको छ । जिल्ला प्रशासन कार्यालयले बस्नेत समुहका लागि भने तिनकुने क्षेत्र तोकिदिएको छ ।

21/11/2023

चिसोबाट जाजरकोटमा एक महिने शिशुको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले मृत्यु भएको हो । भेरी - २ का पूर्व वडाध्यक्षका अनुसार शिशुलाई निमोनिया भएपछि ३ दिन अघि अस्पताल लगिएको थियो ।

21/11/2023

खबर बकेट अनलाइन न्युज पोर्टलको आधिकारिक फेसबुक पेजमा स्वागत छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when KhabarBucket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KhabarBucket:

Share