Youth's eyes

Youth's eyes मौलिक विकास अनि सुचना र सन्देशको लागि युवाहरुको ढुकढुकि : युथ आइज

मानिस हराएको सुचना सम्बन्धमा वर्ष:40 नाम:कृष्णराम घिमिरे हिजो फागुन१गते  बेलुकि ५बजेदेखि नाला Gas Factoryबाट  भक्तपुर जा...
15/02/2024

मानिस हराएको सुचना सम्बन्धमा
वर्ष:40
नाम:कृष्णराम घिमिरे
हिजो फागुन१गते बेलुकि ५बजेदेखि नाला Gas Factoryबाट भक्तपुर जाने बस चढे पछि सम्पर्क बिहिन भयको हुनाले देख्नु हुने र भेट्नु हुने महानुभावले नजिकको प्रहरी चौकिमा बुझाउनु हुन अथवा 9841693204 वा 9843309407 नम्बर मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

बनेपा नगरपालिका वडा नं २ स्थित देावन खेाला देविथान खानेपानी आयोजना मा. कञ्चन चन्द्र वादेको प्रमुख आतिथ्यमा र नगर प्रमुख ...
06/02/2024

बनेपा नगरपालिका वडा नं २ स्थित देावन खेाला देविथान खानेपानी आयोजना मा. कञ्चन चन्द्र वादेको प्रमुख आतिथ्यमा र नगर प्रमुख शान्ति रत्न शाक्यको विशिष्ट आतिथ्यमा शिल्यानास कार्यक्रम।

२०८०/०९/२४ गते मन्त्रीपरिषदबाट भएका निर्णयहरु
10/01/2024

२०८०/०९/२४ गते मन्त्रीपरिषदबाट भएका निर्णयहरु

10/01/2024

भारतको उत्तर प्रदेशमा कोठामा कोइला बालेर सुत्दा निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा स्वेच्छिक शुल्क तिरेर सदस्यता लिन पाइने भएको छ।मंगलबार संसदीय दलको कार्यालय सिंहद...
10/01/2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा स्वेच्छिक शुल्क तिरेर सदस्यता लिन पाइने भएको छ।

मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी सचिवालयको बैठकले सदस्यताबारे यस्तो प्रबन्ध गरेको हो।
रास्वपाले यसअघि सदस्यता शुल्क एक हजार रुपैयाँ कायम राखेकोमा अब त्यसमा बढाएर, घटाएर वा स्वेच्छिक शुल्क तिर्न सकिने प्रबन्ध गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

पढाइका लागि १ रुपैया अभियान: आफ्नो बच्चै देखिको सपना पाइलट पढ्न पढाई खर्चको लागि १ रुपैयाँ अभियानमा (१/१ रुपैया उठाउदै) ...
09/01/2024

पढाइका लागि १ रुपैया अभियान: आफ्नो बच्चै देखिको सपना पाइलट पढ्न पढाई खर्चको लागि १ रुपैयाँ अभियानमा (१/१ रुपैया उठाउदै) हिनेका उनि दोलखाका दिपेन्द्र घिशिङ्गले ३ महिनाको अवधिमा ५६ लाख पैसा सङ्कलन गरेका छन्। उनको सपना छिट्टै पुरा होस्।

विद्यालयलाई स्कुल बस व्यवस्थापन गर्न अनुदानका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रल...
08/01/2024

विद्यालयलाई स्कुल बस व्यवस्थापन गर्न अनुदानका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समायोजन गरी कायम भएका ठूला विद्यालयलाई स्कुल बस व्यवस्थापन गर्न अनुदानका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

विकास केन्द्रले विद्यालयहरूले स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिशसहित यही पुस मसान्तभित्र स्रोत विकास केन्द्रमा आइपुग्ने गरी प्रस्ताव पेस गर्न भनेको हो।

विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०८०/८१ का लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम विद्यालय समायोजन गरी कायम भएका केही ठूला विद्यालयलाई स्कुल बस व्यवस्थापनका लागि अनुदान उपलब्ध गराउने कार्यक्रम छ।

गत आर्थिक वर्ष बस व्यवस्थापन अनुदानका लागि उक्त केन्द्रमा प्राप्त प्रस्तावहरू यथावत् राखिएको हुनाले ती विद्यालयहरूले पुनः प्रस्ताव पेस गर्नुपर्ने छैन।

08/01/2024

राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट नेमकिपाले पनि उम्मेदवारी दिएको छ ।

आज हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेमकिपाका तर्फबाट ४ जनाले मनोनयन दर्ता गरेका छन ।

नेमकिपाबाट अपाङ्ग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरकी सङ्गीता नेपाली र महिलातर्फबाट कृष्ण लक्ष्मी दुवालले मनोनयन दर्ता गरेका हुन ।

08/01/2024

सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको म्याद दुई महिना थप्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  उम्मेदवार टुंग्याएको छ।आइतबार बसेको कार्यसम्पादन स...
08/01/2024

राष्ट्रिय सभा निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार टुंग्याएको छ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले ९ जना उम्मेदवार टुंगो लगाएको प्रवक्ता मोहन श्रेष्‍ठले जानकारी दिए।

राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने भएको छ।

बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय भएको श्रेष्ठले बताए।

गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी,
लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंह उम्मेदवार
बन्ने भएका छन्।

07/01/2024

४०% को माग दावि गर्दै पार्टि कार्यालयबाट बाहिरिए शेखर, माग सम्बोधन नभए कार्यसम्पादन बैठकमा नआउने!!!

हिजोआज, फेसबुक खाता भकाभक ह्याक भइरहेको देख्छु । हामीले सुरक्षाका सामान्य उपाय अपनायौँ भने यी कुराहरुबाट जोगिन सकिन्छ ।⏳...
06/01/2024

हिजोआज, फेसबुक खाता भकाभक ह्याक भइरहेको देख्छु । हामीले सुरक्षाका सामान्य उपाय अपनायौँ भने यी कुराहरुबाट जोगिन सकिन्छ ।

⏳ बलियो पासवर्ड राख्ने

⏳ टु फ्याक्टर अथेन्टिकेसन राख्ने (एसएमएस वा एपमा कोड आउने विकल्प राख्ने)

⏳ गोपनियता अपनाउने (सबै कुरा सार्वजनिक नराख्ने/नगर्ने)

⏳ नचिनेका व्यक्तिहरुलाई साथी नबनाइहाल्ने

⏳ इन्टरनेटमा देखिने पोस्ट र म्यासेजमा आउने लिंक जथाभावि क्लिक नगर्ने

⏳ नभरेको चिठ्ठा कहिले पर्दैन, इन्टरनेटमा कसैले पनि सित्तैमा पैसा बाँड्दैन, यो कुरा ख्याल राख्ने

⏳ चिनेकै मान्छेले पनि म्यासेजमा पैसा, कोड आदि पठाइदिनु भन्यो भने, फोन गरेर वा अरु तरिकाले कुरा गरेर फलानो नै हो हैन, यकिन गर्ने

गठबन्धनमा नेकपा एसले माग्यो राष्ट्रियसभा अध्यक्षसहित ५ सीटकाठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय स...
06/01/2024

गठबन्धनमा नेकपा एसले माग्यो राष्ट्रियसभा अध्यक्षसहित ५ सीट

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका ५ सीट र अध्यक्ष मागेको छ । गठबन्धनको शनिवारको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित ५ सीट माग गरेको हो ।
नेकपा एसको सचिवालय बैठकमा समेत यसबारेमा ब्रिफिङ भएको छ । गठबन्धनभित्र राष्ट्रिय सभाका २० सीटमध्ये कांग्रेस १३ र माओवादी केन्द्रले ७ सीटमा दाबी गरेको छ ।
नेकपा एसका नेताहरूले ५ सीट भनेर ३ सीटमा सम्झौता गर्न सकिने बताएका छन् । अध्यक्षको अडान भने नछाड्न दबाब छ । कांग्रेसले राष्ट्रपति र माओवादीले प्रधानमन्त्री पाएकाले अध्यक्ष नेकपा एसले पाउनुपर्ने दाबी उसको छ ।

लितपुरको प्रजिअमा श्रेष्ठ र प्रहरी प्रमुखमा खनाललाई जिम्मेवारी गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबह...
06/01/2024

लितपुरको प्रजिअमा श्रेष्ठ र प्रहरी प्रमुखमा खनाललाई जिम्मेवारी

गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयको प्रमुखमा एसएसपी शेखर खनाललाई खटाएको छ ।
मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाको प्रमुख रहेका सहसचिव श्रेष्ठलाई काजमा ललितपुरको प्रजिअ बनाएर पठाइएको हो भने खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।
दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनापछि ललितपुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहको जिम्मेवारी खोसिएको थियो । त्यसयता ललितपुर प्रशासन र प्रहरी दुवै कामुको भरमा सञ्चालित थिए ।
करिब एक सातापछि गृहले रिक्त प्रजिअमा श्रेष्ठ र प्रहरी प्रमुखमा खनाललाई खटाएको हो । शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रशासन र प्रहरी प्रमुखमा श्रेष्ठ र खनाललाई जिम्मेवारी तोकेका हुन् ।
यसअघि ललितपुर प्रहरी प्रमुखकारुपमा कसलाई पठाउने भन्ने विषयमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबीच मतभेद हुँदा प्रजिअ र प्रहरी प्रमुख खटाउन ढिला भएको थियो ।
कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले दमनमा परेर गत शुक्रबार बालकुमारीमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो

05/01/2024

Good Work: दाङ प्रहरीले तुलसीपुरमा बालविवाह गर्ने दुलाहा र पण्डितलाई पक्राउ गरेको छ । 😲

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउराइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर का...
05/01/2024

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ


राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले बताए। प्रहरीले उनलाई बिहीबार नै पक्राउ गरेको थियो।
नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टराई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले बताए।
भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको थियो। सुरूमा पार्टनर रहेका व्यक्तिले उनीविरूद्ध मुद्दा हालेको एसएसपी खत्रीले बताए।
‘लगानी गर्दा सुरूमा दुई जनाले गरेको तर पछि भट्ट एक्लैले लिएको भन्दै उजुरी परेपछि हामीले उहाँलाई पक्राउ गरेका हौं,’ उनले भने।
प्रहरीका अनुसार टुटल एपका शेयरहोल्डरहरूको अनुमति बिना भट्टले आर्थिक लाभ लिएर ‘टुटल’ लाई नै ‘टुटल बाइ ज्याप’ भनेर प्रचार गरेको र पछि गैरकानुनी रूपमा संचालन गरेको आरोप छ।

पूर्वराजाको सम्बोधन पुर्वको एक कार्यक्रममा प्रमुख अतिथि भएको कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ज्ञानेन्द्र श...
05/01/2024

पूर्वराजाको सम्बोधन

पुर्वको एक कार्यक्रममा प्रमुख अतिथि भएको कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ज्ञानेन्द्र शाहले जताततै मलाई देश बचाऊ भन्दै छन्, राष्ट्र खोक्रो पार्ने चलन हेरफेर गर्नैपर्छ' बताउनु भएको छ।

Kp Oli लाई भेट्न बालकोट पुगेका रवि लामिछाने करिब एक घण्टा बसेर फर्किएका छन् ।
05/01/2024

Kp Oli लाई भेट्न बालकोट पुगेका रवि लामिछाने करिब एक घण्टा बसेर फर्किएका छन् ।

04/01/2024

अहिले भुकम्प आएको थाहा पाउनु भयो ।
काठमाडौं/भक्तपुर आसपास भूकम्पको धक्का महसुस भएको छ ।😱

04/01/2024

चोरी । चोरी ।। चोरी ।।।
बाइक चोरी सम्बन्धमा यहि मिति २०८०/०९/१८ गते राति बनेपा नगरपालिका बडा नं. ०२ बाट घरमा राखिएको २२० cc पलसर कालो रातो रंङको बा ८३ प ७७४० नम्बरको चोरी भएको हुदा देख्नु हुनेले नजिकको प्रहरी युनिट वा नम्बर ९८५१२०१६९८ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं ।

भैरहवामा राप्रापाको राजासंग लन्च,फागुन १ गते दुर्गा प्रसाईंलाई सगाउन ठाडो निर्देशन देशमा अहिले पूर्वराजाको निकै दौडधुप ...
03/01/2024

भैरहवामा राप्रापाको राजासंग लन्च,फागुन १ गते दुर्गा प्रसाईंलाई सगाउन ठाडो निर्देशन


देशमा अहिले पूर्वराजाको निकै दौडधुप देखिन्छ। नागरिक अभिनन्दन भन्दै जनतको भावना बुज्न यो दौडधुप भएको भन्ने बुजिएको छ। बिद्यामान दलहरु संग असन्तुष्ट भए पछि जनतामा अहिले पूर्व राजाको मोह बढेको पाइएको छ। राज संस्थाको ओकालत गर्दै विभिन्न आन्दोलन पनि भइ रहेको यति बेला देख्न सकिन्छ।जनतामा राजाको मोह बढेतापनि राज संस्थाको मुद्दा उठाउनेहरु एकै ठाउमा आउन सकेका छैन। राजेन्द्र लिङ्ग्देन नेतृत्वको राप्रपा र दुर्गा प्रसाईले उठाइ रहेको राजाको मुद्दा एउटै भएपनि लिङ्ग्देन र प्रसाईंको सित युद्द जस्तो चलि रहेको छ। मङ्सिर ७ मा दुर्गा प्रसाईं ले गरेको आन्दोलनलाई राप्रपाले झापा बाट आफ्नो कार्यक्रता रोकेर मौन असमर्थान जनायो। त्यसबेला पूर्व राजाले लिङ्ग्देनलाई बोलाएर, ठुलो छाती बनाएर प्रसाईलाई सहयोग गर भनि हकारेका थिए भन्ने राजाबादी स्रोतले बताएको छ। आज पनि नागरिक अभिनन्दन कै लागि भैरहवा पुगेका पूर्व राजाले धावल सम्शेर राणा,राजेन्द्र लिङ्ग्दे ,बुद्धि तामाङ लगाएतका राप्रपाक शिर्ष नेताहरु लाइ लन्चमा बोलाएको राजाबादी स्रोतले जनाएको छ। उक्त लन्च कार्यक्रममा पूर्व राजाले राप्रपालाई दुर्गा प्रसाईको महाअभियानलाई साथ दिन ठाडो निर्देशन दिएको राजाबादी स्रोतले जनाएको छ। मेची पुलको कार्यक्रम देखि आज सम्मको प्रसाईको क्रियाकलाप बाट पूर्व राजा निकै प्रभाभित भएको पनि स्रोतले खुलेको छ। गणतन्त्र र गणतन्त्रबादी नेताहरु लाई च्यालेन्ज गर्दै राजालाई जनता माझ बोलाएर २०७९ फागुन १ गते मेचीमा दिप बालेर दुर्गा प्रसाईंले अभियान सुरु गरेकोमा पुर्व राज प्रसाईं संग नजिक भएको स्रोतले बताएको छ।

तमु ल्होसारको बिहानीसँगै, आनन्द, एकता र सांस्कृतिक समृद्धिको भावनालाई अँगालौं। तमु ल्होसारको सबैलाई हार्दिक शुभकामना !
31/12/2023

तमु ल्होसारको बिहानीसँगै, आनन्द, एकता र सांस्कृतिक समृद्धिको भावनालाई अँगालौं।
तमु ल्होसारको सबैलाई हार्दिक शुभकामना !

बालकुमारी घटनाकाे विराेध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।युवाहरूले शनिबार बिहान निषेधित क्षेत्र माइतीघर म...
30/12/2023

बालकुमारी घटनाकाे विराेध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

युवाहरूले शनिबार बिहान निषेधित क्षेत्र माइतीघर मण्डलामा विराेध प्रदर्शन गरेकाे भन्दै सातजना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

शाेम शर्मा र हेम थापालगायतका युवाहरूले प्रदर्शन गरेका थिए।

बिहीबार ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरूले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा दुई जना युवाको ज्यान गएको थियो।

परीक्षा दिन पाउनुपर्ने माग राखी आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीको गोली र लाठीचार्ज हुँदा दुई युवकको ज्यान गएपछि यतिबेला सरकारको चर्को आलोचना भइरहेको छ।

बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। सन्दीपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय भने अद...
30/12/2023

बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। सन्दीपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय भने अदालतले २५ गते गर्नेछ। १०-१२ वर्ष जेल हुनसक्ने कानुनी व्यवस्था छ।

29/12/2023

सन्दिप लामिछाने दोषि ठहर पुष २५ गते सजाया तोकिने।

काठमाडौंमा eps विद्यार्थीले जलाए मन्त्रीको गाडी।
29/12/2023

काठमाडौंमा eps विद्यार्थीले जलाए मन्त्रीको गाडी।

28/12/2023

तपाईं हरु कोहि दुबईमा हुनुहुन्छ भने एक जना भाइ दुबईमा अलपत्र परेको भनेर म्यासेज गरिएको छ । कोहि त्यहाँ हुनुहुन्छ भने केहो समस्या बुझदिन अनुरोध गर्दछु ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Youth's eyes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Youth's eyes:

Videos

Share

Nearby media companies