Aayoo News

Aayoo News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aayoo News, Media/News Company, Dharan.

करिब ६० दिनदेखी घोपा बचाउ अभियानका अभियन्ताहरुको अभियानको घेराबन्दीमा परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर...
30/05/2022

करिब ६० दिनदेखी घोपा बचाउ अभियानका अभियन्ताहरुको अभियानको घेराबन्दीमा परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी बल्ल आज आएर बार्ता गरेका छन ।
उपकुलपतिको उपस्थितिमा मात्र वार्तामा बस्ने अडान राखेका घोपा बचाउ अभियन्ताहरुले सोमबार उपकुलपति डा. गिरीलाई उनकै कार्यालय परिसरमा गाडीभित्रै घेराबन्दी गरेका थिए । कार्यालय समय सकेर क्वार्टर फर्कदै गरेका उपकुलपति गिरीलाई अभियानकर्ताहरुले करिब १ घण्टा सम्म कार्यलय परिसरमा गाडीबाट बाहिर निस्कन दिएका थिएन भने उनीहरुले सोही क्रममा उपकुलपतिका गाडीलाई घेरा नै हालेर बार्ताका लागी आब्हान गरेका थिए ।
उनीहरुले एक घण्टासम्म उपकुलपति गिरीलाई घेरा हालेर रोकेपछि धरानका मेयर हर्क साम्पाङको समन्वयमा बल्ल् तल्ल् बार्ता गर्ने बाताबरण बनेको थियो भने लामै समय रस्सा कस्सीपछि मेयर हर्क साम्पाङको समन्वयमा उपमहानगरपालिका वार्ता गर्न अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहको नेतृत्व एक टोली बार्तामा गएको थियो । सो बाताबरण बन्नुभन्दा अगाडी अभियानकर्मीका टोलीबाट भएको वार्ता निष्कर्षविहिन भएका थिए भने पुन पछि आक्रोशित आन्दोलनकारीहरुले उपकुलपतिलाई नै घेरा हालेका थिए।
केही घण्टाको समयपछि पुनः मेयर साम्पाङ वीपी प्रतिष्ठानमा पुगेर वार्ताको लागि पहल गरेका थिए । उनकै पहलमा अहिले उपकुलपति डा.गिरी सहितको उपस्थितिमा वार्ता भएको थियो भने उक्त बार्तामा ३२ बुदे माग समेत पेश गरेका थिए । उक्त मागहरुमा चार पा“च ओटा टिकट काउन्टर व्यवस्था गरी बिरामीले तत्काल पा“च देखी सात मिनेट भित्र ओपिडी टिकेट काट्न सक्ने व्यवस्था गरिनुपर्ने,बीमा तथा अन्य बिरामीको पैसा तिर्ने व्यवस्था सहज बनाई पैसा तिर्न घण्टों लाइन बस्नुपर्ने समस्या समाधान गर्न टिकट काउन्टर लाई विस्तार गर्नुपर्ने,ठाउँ ठाउँमा स्वच्छ खानेपानीको प्रबन्ध व्यवस्थित गर्ने ताकि अस्पताल परिसरभित्र बिरामीहरुलाई पानीको अभाव नहोस,आकस्मिक कक्षमा तत्काल र वाहिरङ्गमा १५देखी २० मिनेटभित्रै बिरामीले उपचार सेवा पाउने व्यवस्था गर्नुपर्ने,डाक्टर नर्स र सम्पूर्ण कर्मचारीहरुको बोलि व्यवहारमा सुधार ल्याउनुपर्ने,आइसीयु बेड कम्तीमा ५० ओटा व्यवस्था गरिनुपर्ने,अपरेशनको लागि १ हप्ता भित्र पालो आउने गरेर अपरेशन विस्तार गरिनुपर्ने । ८. यु एस जी (ग्क्न्० को लागि पालो सोही दिन आउनुपर्ने,ल्याबको सबै टेस्ट भित्र नै हुनुपर्ने र ल्यबको रिपोर्ट सोही दिन आउनुपर्ने व्यवस्था हुनुपर्ने,इमरजेन्सी ल्याब रिपोर्ट तत्कालै वा बढीमा १ घण्टामै निकाल्ने व्यवस्था हुनुपर्ने,भित्र नै अत्याधुनिक फार्मेसी सञ्चालन भइ सबै औषधि भित्र नै उपलब्ध हुनुपर्ने,दुई बजे पछि विषेशज्ञ चिकित्सक ओपिडीमा नभेटिने भएकाले ५ बजे सम्म नै वरिष्ठ विशेषज्ञले अपिडीमा बसेर उपचार व्यवस्था मिलाउनुपर्ने,वार्ड, इमर्जेन्सी, ओटी लगायत सम्पूर्ण ठाँउमा अत्यावश्यक उपकरण, औषधि र आवश्यक सामग्रीहरुको नियमित आपूर्ति गर्नुपर्ने र बेला बेलामा हुने अभावलाई रोकिनुपर्ने, एम आर आईको खरीदका लागि टेण्डर तत्काल आवहान गरिनुपर्ने,फोहोरमैलालाई उचित व्यवस्थपन गर्ने, खुल्ला जंगलमा फालेर जनस्वास्थ्यमा गरिने खेलवाङ रोक्नुपर्ने,बिग्रिएका मेसिन तत्काल बनाउने र नयाँ मेसिनहरु थप्नुपर्ने,नयाँ डायलाइसिस मेसिन तत्काल थपेर डायलाइसिस गर्न बिरामीलाई कुरिरहनुपर्ने वाध्यताको अन्त्य गरिनुपर्ने । डायलाइसिस यूनिट र बेडहरु थप्नुपर्ने, नयाँ यु एस जी र एक्सरे मेसिन थपिनु पर्ने र विभिन्न अनियमिता रोकेर सेवा लाई छिटो छरितो बनाइनुपर्ने ,हरेक दिन गरिने सम्पूर्ण खरिद कारोबारलाई विस्तृत रुपमा वेबसाइटमा राख्नुपर्ने र हरेक १५ दिनमा खरिद तथा कारोबारको विस्तृत विवरण प्रतिवेदन बनाई सार्वजनिक गरिनुपर्ने र सूचनापाटीमा टासिनुपर्ने,काटिएका हरेक चेकाहरुको विवरण दैनिक सार्वजनिक गरिनुपर्ने,स्टोरमा बारकोड सिस्टम लागू गरी दाखिला हुने सबै सामानहरु कम्प्युटरमा प्रविष्टि गर्ने र खपतलाई स्टक व्यलेन्स देखाउने गरी डिजिटलाइज गर्नुपर्ने,ल्याब रिपोर्ट अनलाइनमै हेर्न सकिने व्यवस्था गरिनुपर्ने, बिल काट्न समेत मोबाइल लगायत बैंकको एप ई सेवा बउउ, भकभधब आदि मार्फत विरामी आफैले पैसा तिर्नु मिल्ने व्यवस्था गरिनुपर्ने,ल्याबाको अडिट रिपोर्ट पारदर्शी रुपमा गरिनुपर्ने लगायतका रहेका छन ।

30/05/2022

मधेसी समुदायका बिद्ममान ब्याक्तित्व डा. राजेश अहिराजका कुरा १००% सहि लाग्यो https://fb.watch/djPesXlyVM/

29/05/2022

१५ औ गणतन्त्र दिवसको उपलक्ष्यमा अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघको संयुक्त आयोजनामा दिप प्रज्वलन कार्यक्रम # भानुचोक धरान !

नमस्ते गो न्युजको यो हाम्रो नयाँ फेसबुक पेज आज बाट संचालनमा ल्याएका छौ तपाईंहरुकै गाउँ ठाउँ सहर बजार लगायतका स्थानमा घटे...
29/05/2022

नमस्ते गो न्युजको यो हाम्रो नयाँ फेसबुक पेज आज बाट संचालनमा ल्याएका छौ तपाईंहरुकै गाउँ ठाउँ सहर बजार लगायतका स्थानमा घटेका कुनै घटना बारे जानकारी गराउनुहोस हामी सत्य तथ्य तपाईंहरु सामु ल्याई आवाज बिहिनहरुको आवाज बन्दै सङै यत्रा गर्ने छौ ! #गो न्युज परिवार धरान सुनसरी सुरुवात मिति २०७९/०२/१५ गते

28/05/2022

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Aayoo News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share