On nepal news

On nepal news सबै खाले सुचना समाचार अत्य र निस्पक्ष?

चिन्नु भो त?
17/01/2024

चिन्नु भो त?

07/10/2023

सामान्य बर्षा मै विराटचोकको हालत !

श्रीमतीको हत्या गरेकोे आरोपमा मोरङ विराटनगर महानगरपालिका वडा नं.१९ धनपुरा बस्ने बर्ष ३९ को उपेन चौधरीलाई प्रहरीले पक्राउ...
06/10/2023

श्रीमतीको हत्या गरेकोे आरोपमा मोरङ विराटनगर महानगरपालिका वडा नं.१९ धनपुरा बस्ने बर्ष ३९ को उपेन चौधरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकोे छ ।

चौधरीले श्रीमती बर्ष ३० की जितनी सहनीलाई धारिलो हतियारले टाउकोमा प्रहार गर्नुका साथै शरिरका विभिन्न भागहरूमा कुटपिटपछि हत्या तत्काल फरार भएँका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरी मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

धरानको लाङ्घाली चौकमा बिहानै सवारी दुर्घटना भएको छ ।उत्तर तर्फबाट इटहरी तर्फ जाँदै गरेको मालबहाक ट्रक र इटहरी तर्फबाट धर...
06/10/2023

धरानको लाङ्घाली चौकमा बिहानै सवारी दुर्घटना भएको छ ।
उत्तर तर्फबाट इटहरी तर्फ जाँदै गरेको मालबहाक ट्रक र इटहरी तर्फबाट धरान आँउदै गरेको स्कुटर एकाअपसमा ठोक्किएर दुर्घटना भएको बताईएको छ । दुर्घटनामा स्कुटरमा सवार २ जना युवा घाईते भएका छन उनिहरुलाई उपचारकालागी बिपि प्रतिष्ठान लगिएको छ । एकको अवस्था गम्भीर रहेको स्थानीयले बताए ।

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरका प्रहरीहरु बेलका न.पा.वडा.न.-७ मैनांमैनि को विभिन्न स्थानमा अवैधरुपमा उम्र...
06/10/2023

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरका प्रहरीहरु बेलका न.पा.वडा.न.-७ मैनांमैनि को विभिन्न स्थानमा अवैधरुपमा उम्रिएको प्रतिबन्धित लागुऔषध गाँजा नष्ट गर्दै ।
#तस्बिर : nepalpolice

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगी गरेको आरोपमा केसी पक्राउ परेका हुन् । केसीलाई भक्तपुरको साँगाबाट पक...
29/09/2023

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगी गरेको आरोपमा केसी पक्राउ परेका हुन् । केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरिएको स्रोतले बतायो ।

केसी ‘रामायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए । तर, आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौताा नै नभएको भनेर हिँड्दै आएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा, बानेश्वरमा गएको ८ गते उजुरी दिएकी थिइन् ।

त्यही उजुरीका आधारमा अभिनेता केसी पक्राउ परेका हुन् । केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए । तर ‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका हुन्

आज दिउसे सुनसरीको इटहरीमा भएँको सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । इटहरी–१२ खनारमा भएको दुर्घटनामा परी सुनसरी...
29/09/2023

आज दिउसे सुनसरीको इटहरीमा भएँको सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

इटहरी–१२ खनारमा भएको दुर्घटनामा परी सुनसरीको देवानगन्ज ५ घर भइ दुहबी ८ बस्ने २३ वर्षीय पवन कुमार साह र विराटनगर १ बस्ने १९ वर्षीय अजित थापाको मृत्यु भएको हो ।

मृतक पवन साह इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी थिए । घटनाको थप विवरण आउन बाँकी ।

29/09/2023


दमक : ट्राफिक नियम मान्दैनन सफारीवाला !
23/09/2023

दमक : ट्राफिक नियम मान्दैनन सफारीवाला !

23/09/2023

देशभरको मौसम सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केह...
23/09/2023

देशभरको मौसम सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावाहुरीको सम्भावनासमेत छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

इलामको रोङ गाउँपालिका –३ कुट्टडाँडामा अवस्थित पाथीभरा मन्दिरमा उठेको भेटीको रकम हिनामिना भएको छ । जिल्ला प्रशासन कार्याल...
22/09/2023

इलामको रोङ गाउँपालिका –३ कुट्टडाँडामा अवस्थित पाथीभरा मन्दिरमा उठेको भेटीको रकम हिनामिना भएको छ । जिल्ला प्रशासन कार्यालयले छानविन समिति बनाएर त्यसबारे छानविन बनाएको थियो ।

समितिले प्रतिबेदन तयार गरे पनि सार्वजनिक गरेको छैन । तर गाउँपालिकाले अध्ययन प्रतिवेदनमा ८८ लाख ८३ हजार एकसय २४ रुपियाँ हिनामिना भएको जनाएको छ ।

संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भई काम गर्दैआएको पाथीभरा संरक्षण संस्थाले मन्दिरमा काटेका रसिद र हिसाव नबुझाएको अवधिमा गरेका कामका आधारमा गरिएको अध्ययन प्रतिवेदनअनुसार सो संस्थाले पाथीभराको रकम हिनामिना गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७५ असोज २२ देखि २०७९ माघसम्म मन्दिरमा कुल तीन करोड १४ लाख ६२ हजार रुपियाँ आम्दानी भएको देखिएको छ । सोमध्ये दुई करोड २० लाख ९१ हजार खर्च भएको देखिएको छ । सो अवधिमा संस्थाको बैंक खातामा १७ लाख ६६ हजार रुपियाँ मौज्दात छ । बाँकी ८८ लाख ८३ हजार रुपियाँको हिसाव नभएको गाउँपालिकाको भनाइ छ ।

रोङ गाउँपालिकाको तर्फबाट अध्ययनमा संलग्न चार्टर्ड एकान्टेन्ट प्रज्ज्वल अधिकारीले सबै बिलभर्पाइ खोज्ने हो भने हिनामिना भएको रकम अझ बढ्न सक्ने बताउनुभयो । उहाँका अनुसार समितिले उपलब्ध गराएका बिलभर्पाइ र रसिदका आधारमा हिनामिना भएको पुष्टि हु्रन्छ । अधिकारीले सबै बिलभर्पाइ खोज्ने हो भने हिनामिना भएको रकम बढ्ने बताउनुभयो ।

समितिले पाथीभरा मन्दिरको आम्दानी र खर्चको लेखापरीक्षण आर्थिक वर्ष २०७७–७८ सम्मको मात्र गरेको पाइएको जनाएको छ । लामो समयदेखि संस्थाको नवीकरण समेत भएको छैन ।

गाउँपालिकाले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा पाँच आर्थिक वर्षको हिसाब–किताब हेर्दा अनुमानित बिलको एक लाख ५१ हजार, नाम नभएको बिलको ५० हजार, बैंक भौचर १७ हजार र निवेदनमार्फत ६ हजार रुपियाँको भुक्तानी आधिकारिक मान्न नसकिनेगरी जनाइएको छ ।

चार्टर्ड एकाउन्टेन अधिकारीले कुनै आर्थिक वर्षमा निर्माणको काम नभइ निर्माण शीर्षकमा भुक्तानी भएको पाइएको जानकारी दिनुभयो । आर्थिक बर्ष २०७९–८० मा निर्माण नभई सात लाख ६९ हजार र त्यही आवमा भर्पाइमार्फत् भुक्तानी भएको पाँच लाख ७० हजार आधिकारिक मान्न नसकिने देखिएको अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय इलामले गठन गरेको समितिमा गाउँपालिकाको तर्फबाट प्रतिनिधित्व गर्नु भएका अधिकारीले समितिले बनाएको छानविन प्रतिवेदन र गाउँपालिकाले सार्वजनिक गरेको अध्ययन प्रतिवेदमा अंक एकै भए पनि भाषिक रुपमा भिन्नता रहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष अध्यक्ष मनीकुमार स्याङ्बोले छानविन गरेर प्रतिवेदन प्रमुख जिल्ला अधिकारीले नियतबस सार्वजनिक नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासनले छानविन प्रतिवेदन सार्वजनिक नगरेपछि बाध्य भएर अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हौं, हामीले उब्जीएका प्रश्नको जवाफ दिएका हौं, हाम्रो अध्ययन प्रतिवेदनले घोटला गर्नेलाई दण्ड सजाय गर्न सक्दैन ।’

गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले प्रजिअले कसैको दवाबमा परेर प्रतिवेदन गुपचुप राखेको बताउनुभयो । २५ दिनको म्याद दिएर जेठ २३ मा गठन भएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइराला नेतृत्वको छानबिन समितिले करिब तीन महिना लगाएर प्रतिवेदन तयार गरी प्रजिअलाई बुझाएको थियो ।

इटहरीमा नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभाको पाँचपखन नगरपालिका...
22/09/2023

इटहरीमा नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा संखुवासभाको पाँचपखन नगरपालिका ५ घर भएका विवेक राई र संखुवासभाको मकालु नगरपालिका ६ बस्ने अजय राई रहेका छन् । उनीहरूको साथबाट प्रहरीले १५ लाख ८७ हजार नक्कली नोट बरामद गरेको छ ।

पक्राउ परेका दुई जनाले काठमाण्डौँबाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाई छ । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाईएको प्रहरीले जनाएको छ ।

इटहरी बजारमा नक्कली नोटको कारोबार भएको गोप्य सूचनाको आधारमा इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । गिरोहमा संलग्न रहेका अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए ।

21/09/2023

केपी ओलीलाई दमकमा पहिचानबादी समुहले यसरी लखेटे ![Video]

हर्क साम्पाङको भिजनमा बनेको श्रमपार्कमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गरेकोे छ । धरान आउने हरेक आगन्तुकहर...
21/09/2023

हर्क साम्पाङको भिजनमा बनेको श्रमपार्कमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गरेकोे छ । धरान आउने हरेक आगन्तुकहरु श्रमपार्क पुग्ने गरेका छन । पार्कआसपासमा आरा धरान देखी रक गार्डेन निर्माण गरिएको छ । जनश्रमदानबाटै बनेका यी पार्कहरुले साँच्चै हेर्न लायक छन । विशेष गरेर सचेत धराने समुहले ही पार्क निर्माणमा ठूलो भुमीका खेलेको छ ।

डडेल्धुरामा महिलामाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। भागेश्वर गाउँपालिकाकी २० वर्...
21/09/2023

डडेल्धुरामा महिलामाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। भागेश्वर गाउँपालिकाकी २० वर्षीया विवाहित महिलालाई सामूहिक बलात्कार गर्ने चार युवालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

महिलालाई सामूहिक रूपमा जबरजस्ती गर्ने चारैजनाले प्रारम्भिक रूपमा बलात्कार गरेको स्विकारेपछि पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।

प्रहरीले भागेश्वर गाउँपालिका–३ ओडगाउँका २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओडलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार प्रकाश र दीपक अविवाहित हुन्। उनीहरूले गत वैशाख महिनामा विवाहित ती महिलालाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको डीएसपी कार्कीले बताए। उनका अनुसार ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेपछि घटना बाहिरिएको हो।

‘केही महिनादेखि पेट दुख्यो भनेपछि परिवारका सदस्यले ती महिलालाई ३० भदौमा भागेश्वर गाउँपालिका–३ मा आयोजित स्वास्थ्य शिविरमा पठाएका रहेछन्। त्यहाँ शिविरमा उनको भिडिओ एक्सरे गर्दा ५ महिनाको गर्भ रहेको देखाएपछि घटना बाहिर आयो’, डीएसपी कार्कीले भने, ‘बलात्कारपछि महिलाको पेटमा गर्भ बसेका कारण मात्रै घटना सार्वजनिक भएको हो।’

ती महिलाका श्रीमान् डेढ वर्षदेखि भारत थिए। पीडित महिला एक छोरीकी आमा हुन्। स्थानीय नानीगाड खोलामा वैशाख ५ गते र वैशाख १२ गते गोठमा बेलुकीको समयमा गरी दुईपटक ती महिलालाई सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी कार्कीले जानकारी दिए।

उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई चिन्छु, एउटा केटाको हात र घाँटीमा ट्याटु रहेको छ भनी पीडित महिलाले भदौ ३० गते प्रहरीचौकी लामिकाण्डेमा मौखिक जानकारी गराएकी थिइन्।

‘प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न व्यक्तिहरू सबैको पहिचान भएपछि असोज २ गते पीडितका ससुराले प्रहरीमा किटानी जाहेरी दिनुभयो’, डीएसपी कार्कीले भने, ‘सोही दिन हामीले चारैजनालाई पक्राउ गरेर जिल्ला ल्यायौँ।’

उनका अनुसार बिहीबार डडेल्धुरा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  ‼️निषेधितक्षेत्र तोड्न खोजेपछि अहिले आन्दोलनकारी शिक्षक र प्रहरीबीच झडप भएँको छ ।
21/09/2023

‼️
निषेधितक्षेत्र तोड्न खोजेपछि अहिले आन्दोलनकारी शिक्षक र प्रहरीबीच झडप भएँको छ ।

झापाको कमल गाउँपालिका स्थित केर्खा वजारको चोकमा किरात राई जातिको साँस्कृतक प्रतीक वाबु (चिण्डो) निर्माण गरिएको छ । संविध...
21/09/2023

झापाको कमल गाउँपालिका स्थित केर्खा वजारको चोकमा किरात राई जातिको साँस्कृतक प्रतीक वाबु (चिण्डो) निर्माण गरिएको छ ।

संविधान दिवसका अवसर पारेर किरात राई यायोक्खा कमल प्रांरम्भिक समितिले निर्माण गरेको वाबु स्तम्भको यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बुधबार अनावरण गरे । अनावरणका क्रममा उनले हरेक जातिले आफनो कला, संस्कृति जगेर्ना आवश्यक रहेको बताए ।

स्थानीय समुदायबाट संकलित करिव २ लाखको लागतमा स्तम्भ निर्माण गरेको हो । उक्त वाबुलाई मूर्तिकार स्थानीय मदन राईले तयार गरेका हुन् ।

यसअघि केर्खा वजारमै लिम्बू जातिको सांस्कृतिक सिलामसाक्मा निर्माण गरिएको छ ।

आज दोस्रो दिन पनि शिक्षकहरूको आन्दोलन सुरू भएको छ । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तर...
21/09/2023

आज दोस्रो दिन पनि शिक्षकहरूको आन्दोलन सुरू भएको छ । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

झापाको विर्तामोडमा आज(असोज ४ गते)बाट भाटभटेनी सुपर स्टोरको शाखा संचालनमा आएको छ । यसअघि पुर्वको धरान, विराटनगर र इटहरीमा...
21/09/2023

झापाको विर्तामोडमा आज(असोज ४ गते)बाट भाटभटेनी सुपर स्टोरको शाखा संचालनमा आएको छ । यसअघि पुर्वको धरान, विराटनगर र इटहरीमा समेत भाटभटीले आफ्नो शाखा बिस्तार गरिसकेको छ ।

21/09/2023

झरीमा हर्क साम्पाङ के गर्दै छ ?

Address

Dharan

Telephone

+9779817962601

Website

Alerts

Be the first to know and let us send you an email when On nepal news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share