तरहरामा बस दुर्घटना ( भिडियो सहित)
धरान । धरान इटहरी सडक खण्डको तरहरा मा बस दुर्घटना भएको छ ।
धरानबाट झापा जाँदै गरेको बस रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटना भएको बसका १३ जना यात्रु घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । घाइते मध्य दुइजनाको अबस्थामा गम्भीर रहेको छ । अरु यात्रु हरुको अवस्था सामान्य रहेको बताएको छ ।
दुर्घटना पछि चालक र सहचालक फरार भएका छ्न ।
घाइतेको तरहरा,इटहरी र धरान स्थित बिपि हस्पिटलमा उपचार भाइरहेको जनाइएको छ । बिहानै देखि भएको निरन्तर बर्षाका कारण बस रोड डिभाइडरमा ठोकिएको अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गरि रहेको छ । मे १ ख २७४० नम्बरको ग्यालेक्सी यातायातको बस रोड डिभाइडरमा ठोक्किएको थियो प्रहरीले जनाएको छ ।
( भिडियो स्रोत E update )
माग्दै हिड्ने बहानामा घर भित्र पसि चोरी गर्ने महिलाको गिरोहलाइ धरान १० बाट पक्राउ गरेको छ ।
माग्दै हिड्ने बहानामा घर भित्र पसि चोरी गर्ने महिलाको गिरोहलाइ धरान १० बाट पक्राउ गरेको छ ।
सुनसरी क्षेत्र न १ बाट स्वतन्त्र उम्मेदवार कुमार कार्कीको उम्मेदवारी किन ?
जसपा नेता अशोक राईलाई सुनसरी १ मा टुरिस्ट नेता भनेपछि ...
काठमाणडौंबाट तेह्रथुम हिंडेको रात्री बस आज दिउँसो धरान ४ मा आगोलागी भएको छ । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको छ ।
ना ६ ख ७६९० को मितेरी ट्राभल्सको गाडीमा ३५ जना यात्रु सवार थिए । यात्रु सबै सकुसल रहेको भेडेटार ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यात्रुको चार वटा झोला भने पूर्ण रुपम जलेर नष्ट भएका छन् । धरानबाट खटिएको दमकलले आगो नियन्त्रणमा लिएको भेडेटार ट्राफिक प्रहरी कार्यालयका ट्राप्रह महेश श्रेष्ठले जानकारी दिए ।
गरिबका लागि दशै दशा बनेर आउँछ । यो भनाइ शाश्वत सत्य सावित बनेको छ । दशैले प्रत्येक हुदा खाने नेपालीलाई ऋण लगाएर जान्छ । हामीले यहाँ केही प्रतिनिधि मजदुरको आवाजलाई समेट्ने प्रयास गरेका छौं । यसको अर्थ स्थानीय सरकार र सरोकारवालाहरुलाई सडकको एउटा समस्याप्रति जवाफदेही बन्न प्रेरणा मिलोस भन्ने हो । सडक आवाज यस्ता कैयौ सडकका विकराल समस्या र आवाजहरु उठाउने प्रयास स्वरुप सुरु गरिएको सामान्य कार्यक्रम
धरान लाइभको एक्स्क्लुसिभ रोड सो ! सडक आवाज Dharan Live युट्युब च्यानलमा हेर्नुहोला !
कर्मचारीले रक्सी खाएर गाडी कुदाएको बिषयमा जनता बाट गुनासो आए पछि मैले गएर कर्मचारी लाई किन रक्सी खाएर कुदाएको भनेर सोधेको थिए । ती कर्मचारी ले आइन्दा गल्ती गर्दिन भन्दै माफी पनि मागेका थिए । मिडियामा त मैले कर्मचारी कुटेको भनेर गलत समाचार आएछ । वास्तविक भिडियो यस्तो छ ( बिबेक राई,वडा अध्यक्ष ,धरान 10)
सुनसरी क्षेत्र न १ बाट सुकुम्बासी नेता कुमार कार्कीको उम्मेदवारी । धरानको भानुचोकमा दिए भाषण ।