Anyl Gaming

Anyl Gaming This is the main official page of Daily Info Media
(2)

भारतबाट स्कार्पियोमा नक्कली नोट लिएर आएका दुई जना वीरगन्जबाट पक्राउवीरगन्ज, पर्सा भारतबाट नक्कली नोट लिएर नेपाल आएका दुई...
06/05/2023

भारतबाट स्कार्पियोमा नक्कली नोट लिएर आएका दुई जना वीरगन्जबाट पक्राउ

वीरगन्ज, पर्सा

भारतबाट नक्कली नोट लिएर नेपाल आएका दुई जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा सवार भइ भारतबाट नेपाल प्रवेश गरेका दुई जनालाई प्रहरीले नेपाली एक हजार र पाँच सय दरका नक्कली नोटसहित वीरगन्ज १६ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाहीको गोडौता नगरपालिका वडा नंबर १२ मधुवनी गाँउ घर भएका ३४ वर्षिय आनन्दबर्धन सिंह र बाराको परवानीपुर गाउँपालिका वडा नंबर ३ घर भएका ३६ व
र्षिय ओमप्रकाश साह रहेका छन् ।

उनिहरुको साथबाट नेपाली एक हजार दरको नक्कली नोट ४५० थान र पाँच सय दरको नक्कली नोट ७२ थान गरी ४ लाख ८६ हजार रुपैया बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज १६ स्थित ४० फिटे सडकमा बीआर ०१ पिजि ६५७७ नम्बरको स्कार्पियो गाडी रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा स्कार्पियोभित्र रहेको सेतो रंगको प्लास्टिकको झोलाबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । उनिहरुको साथबाट सक्कली नेपाली दुई लाख रुपैया पनि बरामद भएको प्रहरीले जनाएको छ ।

नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको शाहले जानकारी दिए ।

पुर्वराजा ज्ञानेन्द्रले नेपालगन्जमा  दिएकाे अभिव्यक्तिकाे स्वागतमा दिप प्रज्वलन पवन प्रसाद साह/वीरगंज पुर्वराजा ज्ञानेन्...
05/05/2023

पुर्वराजा ज्ञानेन्द्रले नेपालगन्जमा दिएकाे अभिव्यक्तिकाे स्वागतमा दिप प्रज्वलन

पवन प्रसाद साह/वीरगंज

पुर्वराजा ज्ञानेन्द्र शाहले नेपालगन्जमा दिएकाे अभिव्यक्तिकाे स्वागतमा वीरगंजमा दिप प्रज्वलन गरेको छ।

पछिल्लो हप्ता नेपालगन्जमा भएकाे एक नागरिक अभिनन्दन कार्यक्रममा पुर्व राजा ज्ञानेन्द्र शाहले सम्बोधन का क्रममा भने राजनीतिक दलका नेताहरुले देश लाइ‌ संकटमा पारेको ले देशलाई जाेगाउन अब नेपाली जनता एकजुट भएर सडकमा आउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

पुर्ब राजा ज्ञानेन्द्र शाहले दिएको त्यहि अभिव्यक्तिकाे स्वागतमा नेपाल राष्ट्रवाद संघ पर्सा ले शुक्रबार साँझ घणटघर चाेकमा दिप प्रज्वलन गरेकाे हाे । पुर्व राजा ज्ञानेन्द्रकाे अभिव्यक्ति देश र जनताकाे हितमा रहेकाले उक्त अभिव्यक्तिकाे स्वागतमा दिप प्रज्वलन गरि दिपावली मनाइएको नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले बताए ।

नेपाल राष्ट्रबाद संघ का केन्द्रीय अध्यक्ष जनकलाल शाहको‌अध्यक्षतामा भएकाे दिप प्रज्वलन कार्यक्रममा विश्व हिन्दु महासंघ का केन्द्रीय सदस्य पृथ्वी झा,नेपाल राष्ट्रबाद संघ का उमाशंकर साह,शिवसंकर साह, बिस्नु दास,शम्भु घिमिरे, बिरेन्द्र साह तेली लगायतका राजावादीहरुकाे पनि सहभागीता रहेकाे थियाे ।

मन्त्री रिजालले रसायनिक मलको वितरण प्रकृया सहज र व्यवस्थित बनाउन दिए निर्देशनराहुल  गुप्ता उद्योग वाणिज्य तथा आपुर्तिमन्...
03/05/2023

मन्त्री रिजालले रसायनिक मलको वितरण प्रकृया सहज र व्यवस्थित बनाउन दिए निर्देशन

राहुल गुप्ता

उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले रसायनिक मलको वितरण प्रकृया सहज र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।बुधबार वीरगन्ज स्थित साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशीक कार्यालयको स्थलगत निरिक्षणपछि आपुर्तिमन्त्री रिजालले कार्यालय प्रमुख अमोज लामिछानेलाई यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री रिजालले गृहजिल्ला पर्साका लागि विद्यमान रसायनिक मलको कोटा अपुग रहेकोले यसलाई बढाउन पनि निर्देशन दिए । उनले भने,‘ पर्सा जिल्लाका लागि अहिले जुन कोटा छ त्यो अपुग छ , यसलाई बढाउनुपर्छ , त्यसकालागि तपाईपनि लाग्नुस् म आफैलेपनि मन्त्रालय मार्फत पहल गर्छु ।

त्यसअघि मन्त्री रिजालले साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशीक कार्यालय प्रमुख लामिछानेसंग मलको मौज्दात अवस्था , वितरण प्रकृया , आयातका क्रममा रहेको मलको अवस्था इत्यादि बारे जानकारी लिएका थिए ।

त्यसक्रममा कार्यालय प्रमुख लामिछानेले साल्ट टे«डीङले आयात गर्ने कूल मलको ३० प्रतिशत कोटा मधेस प्रदेशका लागि छुट्याउने गरिएको जानकारी गराए । मधेस प्रदेशका लागि छुट्याइएको मध्ये पर्सा जिल्लाको हकमा भने ९.५३ प्रतिशत मात्रै पर्ने गरेको जानकारी उनले मन्त्री रिजाललाई गराए ।

पर्सा जिल्लाकोे लागि छुट्याइएको अहिलेको कोटा मागको तुलनामा कम भएको गुनासो किसानहरुले आफुलाई पनि सुनाउदै आएको उनले बताए । तर यो समस्या पर्सा जिल्लाका लागि मात्रै नभइ देशभरकै लागि भएको उनले बताए । मागको तुलनामा आपुर्ति नै कम हुदै आएका कारण आपुर्तिमा समस्या हुने गरेको गुनासो उनले मन्त्री रिजाललाई सुनाए ।

लामिछानेका अनुसार , गत फागुनमा आयात भएको मल मध्ये पर्सा जिल्लालाई उपलब्ध भएको १४ हजार बोरा युरिया र ११ हजार बोरा डिएपी मध्ये हालसम्म ९० प्रतिशत मल किसानलाई वितरण भइसकेको छ ।

मन्त्री रिजाललाई जानकारी गराउँदै लामिछानले भने,‘ साल्ट ट्रेडीङले आयात गर्न लागेको मध्ये २६ हजार ५ सय मेटन युरिया र २५ हजार मेटन डिएपी पाइपलाइनमा छ , यी दुवै मल बैशाखको अन्तिम सातादेखि जेठको पहिलो साता सम्म वीरगन्ज आइपुग्छ । यसका अतिरिक्त २७ हजार मेटन युरिया र २० हजार मेटन डिएपी मल खरिदका लागि टेण्डर पनि भइसकेको जानकारी उनले गराए ।

बुधबार साल्ट ट्रेडिङ कर्पोरेसनको निरिक्षणका क्रममा मन्त्री रिजालसंगै नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जर्नादन सिंह क्षेत्री, कांग्रेस पर्साका सचीव तथा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, मन्त्री रिजालका मुख्य स्वकीय सचिव बृहस्पतिकृष्ण श्रेष्ठ , स्वकीय सचिव राकेश याादव ,कांग्रेसका युवा नेता धर्मराज यादव, शेष हजरा,प्रधुमन चौहान,हरिन्द्र यादव,यूथ कांग्रेसका मधेस प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायतको पनि सहभागिता थियो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रिजाललाई सिमरा विमान स्थलमा भव्य स्वागतवीरगंज,पर्...
03/05/2023

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रिजाललाई सिमरा विमान स्थलमा भव्य स्वागत

वीरगंज,पर्सा

नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई आज उनको गृह जिल्ला पर्सामा भब्य स्वागत गरिएको छ। काठमाडौबाट विमानमा सिमरा बिमानस्थल आइ पुगेका मन्त्रीलाई उनका शुभ चिन्तकले माला खादा ओढाइ भब्य स्वागत गरेका छन।

नेपाली कांग्रेस पर्साका अध्यक्ष तथा प्रदेश सांसद जर्नादन सिंह क्षेत्री,नेपाली कांग्रेस पर्साका सचीव तथा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम,जगरनाथपुर गाउँपालिकाका मेयर श्रीकान्त यादव,नेपाली कांग्रेसका पोखरीया नगरपालिकाका सचीव धर्मराज यादव,बिरगंज महानगरपालिकाका उप-प्रमुखका स्वाकिय सचिव शेष हजरा,नेपाली कांग्रेसका नेता प्रधुमन चौहान,हरिन्द्र यादव,यूथ कांग्रेसका मधेस प्रदेश सदस्य राहुल कुमार गुप्ता,लगायतले सिमरा विमानस्थलमा मन्त्री रिजाललाई दोसाल र फुलको माला लगाइ भब्य स्वागत गरेका थिए।

03/05/2023
03/05/2023

मिति 2080 /०१/२० गते को दिन राष्ट्रिय प्रजातन्त्र पार्टी
मधेश प्रदेश स्तरीय अगुवा
कार्यकर्ता भेला

व्यापार समितिको सभापतिमा डा. सुबोध गुप्ता मनोनयनवीरगन्ज, पर्सा वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डाक्टर सुब...
03/05/2023

व्यापार समितिको सभापतिमा डा. सुबोध गुप्ता मनोनयन

वीरगन्ज, पर्सा

वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डाक्टर सुबाेध कुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिकाे सभापतिमा मनाेनित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका गुप्ताले महासंघको व्यापार समिति सभापतिकाे महत्त्वपूर्ण जिम्मेवारी पाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिकाे बैशाख ३ गते बसेकाे पहिलाे बैठकले दिएकाे अख्तियारी अनुसार महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको विधान ३८(ग) अनुसार व्यपार समितिकाे सभापतिमा गुप्तालाई बैशाख १५ गते मनाेनित गर्दै जिम्मेवारी दिएका हुन् ।

वीरगन्जका खाद्यान्न उद्योगी गुप्ता नेपाल दाल चामल तथा तेल उद्योगका केन्द्रीय अध्यक्ष पनि हुन् ।

वडा प्रहरी कार्यालय विर्ताका प्र.नि शिवाकोटी द्वारा बिभिन्न मितिमा पक्राउ परेका समान र ट्रक राजश्व कार्यालय पठाइयोराहुल ...
02/05/2023

वडा प्रहरी कार्यालय विर्ताका प्र.नि शिवाकोटी द्वारा बिभिन्न मितिमा पक्राउ परेका समान र ट्रक राजश्व कार्यालय पठाइयो

राहुल गुप्ता
वीरगंज, पर्स

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी द्वारा बिभिन्न मितिमा पक्राउ परेका समान र ट्रक राजश्व कार्यालय पठाएको छ।

बैसाख १७ गते का दिन ना ३ख ३९५० नंम्वर को ट्रकमा रहेको सम्मान सहित करिब सम्मान अ.मुल्य रु १८,००,०००/-र ट्रक को अ.मुल्य रु ३८,००,०००/- लाख गरि जम्मा मुल्य रु ५६,००,०००/- छपन लाख रुपैयाँ बराबरको तथा बैसाख १८ गते ना७ख१६३१ नम्बर को ट्रक बाट अ.मुल्य ३०,००,०००/-र समान अ.मुल्य रु २०,००,०००/- गरि जम्मा मुल्य रु ५०,००,०००/- पचास लाख रुपैयाँ बराबरको तथा बैसाख १८ गते का दिन भारत बिहार मोटिहानी जिल्ला क्रमवा गाउँ पञ्चायत बस्ने अमित कुमार बाट भारु ३,७५,८००/- तिन लाख पचहत्तर हजार आठ सय रुपैयाँ पक्राउ परेको गरेको हो, त्यसतै भारत को गोरखपुर मटुहि सुधरपुर बस्ने बिनोद कुमार गुप्ता बाट भारु २,००,०००/- र नेपाली रुपैयाँ ५०,०००/- पक्राउ गरेको हो। पक्राउ गरेको जम्मा मुल्य रु १,१५७१,३८०/- रुपैयाँ बराबरको समान र ट्रक सहित राजश्व कार्यालय पथलैया बुझाइएको वडा प्रहरी कार्यालय विर्ता का प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले जानकारी गराए।

त्यसतै कार्यभार सम्हालेकै दिन देखी तस्करहरुमा रोवाबासी परेको ले तस्करी रोकिएको छ। साथै बिल बिजक बिना ट्रकमा समान लयाउँदा चेक जाँचको क्रममा समातेर राजश्व कार्यालय पथलैया पठाउने कार्य जारी नै रहेको तथा हुण्डी कारोबारहरु लाइ समात्ने कार्य निरन्तर नै जारि रहेको प्र.नि बिदुर प्रसाद शिवाकोटी ले जानकारी दिए।

वीरगंज महानगरकाे न्यायिक समितिका संयाेजक इम्तियाज आलम । वीरगञ्ज महानगरपालिकामा गठन भएको न्यायिक समिति प्रभावकारी बन्दै ग...
02/05/2023

वीरगंज महानगरकाे न्यायिक समितिका संयाेजक इम्तियाज आलम ।

वीरगञ्ज महानगरपालिकामा गठन भएको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित उक्त समितिलाई सम्बन्ध सानातिना विवाद मेलमिलापबाटै समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ मा न्यायिक समितिको व्यवस्था छ ।

महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित समितिले सानातिना विवाद मेलमिलापबाटै समाधान गर्न थालेपछि ससाना मुद्दामा अदालत नै धाउनुपर्ने बाध्यता अन्त्य भएको हो ।

न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद, घर निर्माणमा खिचोला, लेनदेन, बालीनाली नोक्सानी आउने गरेका न्यायिक समितिका अधिवक्ता धनबहादुर थापाले जानकारी दिनुभयो ।

समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम भइरहेको उहाँले बताउनुभयो ।

चालू आव २०७९÷८० मा नयाँ र पुरानो गरी २६ वटा मुद्दा फछ्र्योट गरिएको अधिवक्ता थापाको भनाइ थियो ।

समितिमा आव २०७४÷७५ देखि हालसम्म तीन सय २४ उजुरी दर्ता भएकामा दुई सय ४८ उजुरीको छिनोफानो भइसकेको र बाँकी ७६ वटा विवाद छलफलको क्रममा रहेको छ ।

“अहिले हाम्रो न्यायिक समितिमा धेरै प्रकारका उजुरी आउने गरेको छ”, न्यायिक समितिका संयोजक इम्तियाज आलमले भन्नुभयो, “तीमध्ये हामीलाई कानुनले तोकिदिएको सूचीका आधारमा उजुरी लिने गरेका छौँ ।”

ऐनमा उल्लेख भएका यस्ता मुद्दा जनप्रतिनिधिले हेर्दा उचित हुन्छ भनेर पालिकामा न्यायिक समितिको व्यवस्था गरिएको अधिवक्ता प्रमोद चौधरीले बताउनुभयो ।

न्यायिक समितिले इजलाशसँगै मेलमिलाप कक्षसमेत निर्माण गरेको छ । “एकै ठाउँमा बस्ने व्यक्ति व्यक्तिबीच विभिन्न कारणले विवाद उत्पन्न हुन्छ”, न्यायिक समितिका सदस्य वैजुलाल स्वर्णकारले भन्नुभयो, “त्यसलाई हामीले मेलमिलापका माध्यमबाट समाधान गर्दा समाजमा पुनः एकआपसमा मिलेर बस्ने वातावरण निर्माण हुन्छ । त्यही वातावरण बनाउन न्यायिक समितिले आफ्नो भूमिका निर्वाह आएको छ ।”

न्यायिक समितिको प्रभावकारिता बढेसँगै सानो विवादमा पनि अदालत नै जाने प्रवृत्तिमा विस्तारै कमी आउन थालेको वडा नं ६ निवासी बलिराम साहले बताउनुभयो ।

“पहिला सानोतिनो विवाद पनि प्रहरी वा अदालत नै पुग्थ्यो”, उहाँले भन्नुभयो, “तर न्यायिक समिति सक्रिय भएर विवाद समाधान गर्न थालेपछि समान्य विवादमा अदालतसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।” रासस

आज मिती  २०८०/०१/१६ गते ,बि म न पा २१ वार्ड मा  हिन्दु स्वयंसेवक संघ परवानिपुर द्वारा हिन्दु नव वर्ष २०८० को उपलक्ष्यमा ...
29/04/2023

आज मिती २०८०/०१/१६ गते ,
बि म न पा २१ वार्ड मा हिन्दु स्वयंसेवक संघ परवानिपुर द्वारा हिन्दु नव वर्ष २०८० को उपलक्ष्यमा संस्कृति रक्षा दौड कार्यक्रम भब्यताका साथ सफल भएको छ।
दौडमा सहभागी भएका प्रथम देखि दसौं सम्म स्तान हासिल गरेकालाई रुपैयाँ ,मेडल र प्रमाण पात्र दी समानित गरीयो छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रतिबद्ध छु : प्रदेश सभा सदस्य चौधरीपर्सा क्षेत्र नम्बर ४ (ख) का प्रदेश सभासद...
28/04/2023

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रतिबद्ध छु : प्रदेश सभा सदस्य चौधरी

पर्सा क्षेत्र नम्बर ४ (ख) का प्रदेश सभासदस्य शंकर प्रसाद चौधरीले आफ्नो क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ सेढवमा जनस्वास्थ्य प्रयोगशालाको उद्घघाटन प्रदेश सभा सदस्य चौधरीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको र त्यसका लागि आफुले सक्दो सहयोग गर्ने बताएका हुन् ।

जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले स्वास्थ्य प्रयोगशाला सन्चालनमा आएपछि नागरिकको उपचारमा पहुँच स्थापित गर्न सहज हुने बताए । गाउँपालिकाको बासिन्दाले अब वीरगन्ज र चितवन सरहकाे उपचार सेवा गाउँमै लिन सक्ने उनले बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष रामशरण खवास, महादेव महतो थारु, सुरज राय, राजेश्वर महतो, दारा सिंह, नेपाली काङ्ग्रेस जिराभवानी सभापति मनमोहन चौधरी, समाजसेवी ब्रह्मानन्द चौधरी, स्वास्थ शाखा प्रमुख अजय दास लगायतकाे पनि सहभागिता थियो ।

नेपाल व्यूटिसियन संघको चौधौं राष्ट्रिय महाधिवेशन उद्घाटन गरे मन्त्री रिजाल वीरगंज,पर्सानेपाल व्यूटिसियन संघको चौधौं राष्...
27/04/2023

नेपाल व्यूटिसियन संघको चौधौं राष्ट्रिय महाधिवेशन उद्घाटन गरे मन्त्री रिजाल

वीरगंज,पर्सा

नेपाल व्यूटिसियन संघको चौधौं राष्ट्रिय महाधिवेशन उद्घाटन माननिय उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल ले उद्घाटन गरेका छन्।

नेपाल व्युटिसियन संघको चौथो राष्ट्रिय महाधिवेशन उद्वाटन समारोह वीरगंज स्थित नगर गृहमा कार्यक्रम का प्रमुख अतिथि माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल‌ ले उद्वाटन गर्नुभएको हो।

अधिवेशनमा अतिथिहरुको रूपमा माननीय प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री,वीरगन्ज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम को सहभागीता थियो।

उद्वाटन समारोह कार्यक्रम भगवती खडका को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल को प्रमुख अतिथीयतामा भएको कार्यक्रममा विशिष्ट अतिथी सांसद अजय कुमार चौरसिया,प्रदेश सभा सदस्य जर्नादन सिंह क्षेत्री,प्रदेश सभा सदस्य शंकर चौधरी,अतिथि नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,नेपाली कांग्रेस पर्साका सचीव तथा वीरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलम,प्रदेश सभा सदस्य श्याम पटेल,महेन्द्र प्रसाद यादव,अजय कुमार राई, पर्सा निर्वाचन क्षेत्र नं.२ का सभापति महमद साबुदिन,जगरनाथपुर गाउपालिकाका प्रमुख श्रीकान्त यादव,नेपाली कांग्रेस पर्साका सह-सचिव नवीन सिंह,नेपाली कांग्रेस पर्साका नेता शंकर चौधरी,प्रधुमन चौहान,मनोज यादव,नेपाल तरुण दल पर्साका अध्यक्ष बिकाश तिवारी,धर्मराज यादव,वीरगंज महानगरपालिकाका उप-प्रमुखका स्वाकिय सचिव शेष हजरा,राहुल गुप्ता लगायतको उपस्थित थियो।

सो उद्घाटन कार्यक्रम नेपाली कांग्रेस पर्साका सचीव तथा बिरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलम आफ्नो मन्तव्य राख्दै भने नेपाली कांग्रेस को ट्रेड युनियन नेपाल व्युटिसियन संघ ले सधै सहयोग गरेकै हो चुनावमा सहयोग गरेकै हो र हामि नेपाली कांग्रेस नै हो बुझनु पर्छ बताउदै हामि सँग पनि केहि गल्ति भएका होला हामि सँगै मिलेर अगाडि बढौ भनि बताएका थिए।

त्यसतै,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले आफ्नो मन्तव्य राख्दै भने या देवी सर्वभूतेषु शक्ति रुपे संस्ता नमतसै नमतसै नमं नमं भन्दै भनेका थिए महिलाहरु शक्ति का स्रोत हुन श्रमिक सँग जोडनु भएको छ व्युटिसियन पेसाकर्मी भएर देशभरि छर्नु भएको छ तपाईंहरु शक्ति का स्रोत हुनुहुन्छ म तपाईहरुलाई आग्रह गर्न चाहन्छु कि चौथो राष्ट्रिय महाधिवेसन को सहमति मै महाधिवेशन होस भन्दै आग्रह गर्न चाहन्छु भनेका थिए।

त्यसतै,नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद अजय कुमार चौरसिया आफ्नो मन्तव्य राख्दै भने व्युटिसियन व्यवसायी हरु बधाई दिदै शान्ति पुर्ण र सहमति मैत्रिमै चौथो राष्ट्रिय महाधिवेसन सफल होस् भन्दै सुभकामना दिएका थिए।

त्यसतै,नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भने धेरै नै साथिहरु व्युटिसियनको बारेमा कुराहरू राखे म के भन्न चाहन्छु उहाहरुले भनेका कुराहरू लाइ मन्न गर्दै अगाडि बढनु अहिले के चलिरहेको छ पार्टीहरू मा म लाइ मन्त्री पाएन भनेर रिसाउन्छ तर हामिले प्रजातन्त्र को लागि आन्दोलन गरे तर हामि लोभि भएनौ हामि पार्टी प्रति बफादार भएर काम गरेका छौ त्यसतै तपाईहरु पनि गर्नु भन्दै आग्रह गरेका थिए।

साथै उक्त कार्यक्रममा माननिय उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, माननिय सांसद अजय कुमार चौरसिया, नेपाली कांग्रेस पर्सा का जिल्ला उप सभापति रामनारायण कुर्मी, नेपाली कांग्रेस पर्सा का जिल्ला सचिव तथा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम लाइ मायाँको चिनो ले सम्मान गरेका थिए।

नेपाली कांग्रेस का केन्द्रिय सदस्य तथा उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रिजाल लाइ सिमरा विमानस्थलमा भव्य स्वागतवीरगंज, प...
27/04/2023

नेपाली कांग्रेस का केन्द्रिय सदस्य तथा उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रिजाल लाइ सिमरा विमानस्थलमा भव्य स्वागत

वीरगंज, पर्सा

नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल लाई आज उनको गृह जिल्ला पर्सामा भब्य स्वागत गरिएको छ। काठमाडौबाट विमानमा सिमरा बिमानस्थल आइ पुगेका मन्त्रीलाई उनका शुभ चिन्तकले माला खादा ओढाइ भब्य स्वागत गरे का छन।

नेपाली कांग्रेस पर्सा का अध्यक्ष तथा बिधायक जर्नादन सिंह क्षेत्री,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,नेपाली कांग्रेस पर्साका सचीव तथा बिरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम,जगरनाथपुर गाउपालिकाका प्रमुख श्रीकान्त यादव,नेपाली कांग्रेस पर्साका सह-सचिव नवीन सिंह,नेपाली कांग्रेस पर्साका नेता शंकर चौधरी,प्रधुमन चौहान,मनोज यादव,नेपाल तरुण दल पर्साका अध्यक्ष बिकाश तिवारी,धर्मराज यादव,बिरगंज महानगरपालिका का उप प्रमुख का स्वाकिय सचिव शेष हजरा,राहुल गुप्ता लगायतले सिमरा विमानस्थलमा मन्त्री रिजाल लाइ दोसाल र फुलको माला लगाइ भब्य स्वागत गरेका थिए।

वीरगन्ज म.न.पा.वडा नं १७ अलौं मा बनिरहेको बाटो तथा नाला निर्माणको बिबाद उप-प्रमुख द्वारा समाधानवीरगन्ज, पर्सा वीरगन्ज मह...
27/04/2023

वीरगन्ज म.न.पा.वडा नं १७ अलौं मा बनिरहेको बाटो तथा नाला निर्माणको बिबाद उप-प्रमुख द्वारा समाधान

वीरगन्ज, पर्सा

वीरगन्ज महानगरपालिका वडा नं १७ अलौं मा बनिरहेको बाटो तथा नाला निर्माणको बिबाद वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको पहलमा समाधान गरिएको छ।

वीरगन्ज महानगरपालिका वडा १७ अलौंमा बनाई रहेको बाटो तथा नाला निर्माणको कारण भएको विवादको आज वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम कै कार्यकक्षमा‌ बसि वडावासी अगुवाहरुको छलफलबाट विवाद समाधान गरि बाटो र नाला निर्माण प्रक्रिया सहमतिमा अगाडि बढाइएको उप-प्रमुख आलमले बताए।

वीरगन्ज म.न.पा.वडा नं १७ अलौं मा बनिरहेको बाटो तथा नाला निर्माणको बिबाद उप-प्रमुख द्वारा समाधानवीरगन्ज, पर्सा वीरगन्ज मह...
25/04/2023

वीरगन्ज म.न.पा.वडा नं १७ अलौं मा बनिरहेको बाटो तथा नाला निर्माणको बिबाद उप-प्रमुख द्वारा समाधान

वीरगन्ज, पर्सा

वीरगन्ज महानगरपालिका वडा नं १७ अलौं मा बनिरहेको बाटो तथा नाला निर्माणको बिबाद वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको पहलमा समाधान गरिएको छ।

वीरगन्ज महानगरपालिका वडा १७ अलौंमा बनाई रहेको बाटो तथा नाला निर्माणको कारण भएको विवाद वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको उपस्थित तथा वडावासीको सामुहिक छलफलबाट विवाद समाधान गरि बाटो र नाला निर्माण प्रक्रिया सहमतिमा अगाडि बढाइएको उप-प्रमुख आलमले बताए।

अनलाईन न्युज दैनिक पत्रिका तथा अनलाइन बिमोचन पवन प्रसाद साह/वीरगंज अनलाईन न्युज दैनिक पत्रिका तथा अनलाइन बिमोचन वीरगंज स...
24/04/2023

अनलाईन न्युज दैनिक पत्रिका तथा अनलाइन बिमोचन

पवन प्रसाद साह/वीरगंज

अनलाईन न्युज दैनिक पत्रिका तथा अनलाइन बिमोचन वीरगंज स्थित डाईनण्ड रिसोट होटल एण्ड पार्टी प्यालेसमा (पानिटंकी, वीरगंज) मा आज सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पुर्व मन्त्री तथा संघिय सांसद अजय चौरसियाले पानसमा बत्ती बालेर गरेका थिए।

प्रमुख अतिथि तथा संघिय सांसद अजय चौरसियाले अनलाईन न्युज दैनिक पत्रिकालाइ पढि वाचि उद्घाटन गर्दै भने निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशित गर्न आग्रह गर्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

उद्घाटन पश्चात राष्ट्रिय गान बजाइ राष्ट्रिय गान गाएका थिए।भने स्वागत मन्तव्य अनलाईन पत्रिकाका बिशेष प्रतिनिधि प्रिया कुमारी साहले गरेकि थिइन ।

उक्त उद्घाटन कार्यक्रम अनलाईन न्युज दैनिक पत्रिका तथा अनलाइनका प्रकाशक/सम्पादक अजय कुमार साहको सभापतित्व तथा पुर्व मन्त्री तथा संघिय सांसद अजय चौरसियाको प्रमुख अतिथियता तथा विशिष्ट अतिथि नेपाल प्रेस युनियनका केन्द्रिय सचिव तथा यस अनलाईन न्युज दैनिक पत्रिकाका प्रमुख सम्पादक असोक तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघका मधेस प्रदेशका महासचिव श्याम बन्जरा,नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी,निलिमा पौडेल,नेपाल प्रेस युनियनका मधेस प्रदेश सदस्य श्रवण प्रसाद साह,राहुल गुप्ता,वाड नं.४ का वडा अध्यक्ष जगत साह कानु,लगायतका व्यक्तिहले अनलाईन न्यूज दैनिक पत्रिका तथा अनलाईन को उत्तरोत्तर प्रगतिको कामना कामना गरेका थिए।

20/04/2023

राष्ट्रिय प्रजातन्त्र पार्टी बारा क्षेत्र नं 2 चुनावी आम शभा

Address

Birgunj
977

Website

Alerts

Be the first to know and let us send you an email when Anyl Gaming posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share