Terai News Station

Terai News Station Online news portal special for Birgunj News Udaptes

आज(01.09.2080)को मुख्य खबरहरू :-विवाह पञचमीको शुभकामना Study MBBS/BDS in Bangladesh Contact Retina Educational Consultan...
17/12/2023

आज(01.09.2080)को मुख्य खबरहरू :-
विवाह पञचमीको शुभकामना

Study MBBS/BDS in Bangladesh Contact Retina Educational Consultancy for More

डाक्टरस क्लब र जिम द्वारा नि:शुल्क दन्त शिविर सम्पन्न विगत लामो समय देखि सामाजिक सेवामा लागिरहेको डाक्टरस क्लब र जिमदमा ...
16/12/2023

डाक्टरस क्लब र जिम द्वारा नि:शुल्क दन्त शिविर सम्पन्न

विगत लामो समय देखि सामाजिक सेवामा लागिरहेको डाक्टरस क्लब र जिमदमा मंसिर ३० गते(आज) नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ ।

निःशुल्क दन्त शिविरमा १७७ जनाले दन्त स्वास्थ्य जाँच गराउनुका साथै औषधी वितरण, आवश्यक परामर्श नि:शुल्क उपलब्ध गराएको डाक्टरस क्लब र जिमका सञ्चालक डा. जफर आलमले जनाएका छन् ।

वीरगन्ज-५,अमर चैक स्थित डाक्टरस क्लब र जिममा सम्पन्न भएको नि:शुल्क दन्त शिविरमा दन्त चिकित्सक डा. दिलिप यादव र डा. शिवानी गुप्ता रहेका थिए ।

दन्त शिविरमा परीक्षण गराएका हरेक व्यक्तिलाई उज्वल डेन्टल केयर एण्ड अर्थोडोन्टिक सेन्टर जाँदा २०-३० प्रतिशतसम्म छुट दिने पनि सुविधा उपलब्ध गराइएको उज्वल डेन्टलका दन्त चिकित्सक डाक्टर शिवानी गुप्ता बताउँन छिन् ।

पहिलो पाईला नेपालद्वारा खिर खाने दिनको अवसरमा प्रसाद वितरण खिर खाने दिनको अवसरमा साउन १५ गते सावन दिनमा आयोजना गरिएको प्...
31/07/2023

पहिलो पाईला नेपालद्वारा खिर खाने दिनको अवसरमा प्रसाद वितरण

खिर खाने दिनको अवसरमा साउन १५ गते सावन दिनमा आयोजना गरिएको प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ ।पहिलो पाइला नेपाल बीरगन्ज शाखाको आयोजनामा खिर खाने दिनको अवसरमा पशुपतिनाथ मन्दिरको प्रागणमा प्रसाद वितरण कार्यक्रम गरिएको हो । हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले सावन महिनाभरि खीर खाने गरे पनि सावन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिन्छ ।

विशेष रुपले मनाईने यस दिनलाई आफु मात्र खाएर हुदैन कि अरुलाई पनी खुवाईने मनसायले कार्यक्रमको आयोजना गरिएको पहिलो पाईला नेपालको केन्द्रीय कोषाध्क्ष निश्चल प्रजापतिले जानकारी दिए ।

मधु प्रजापतिको अध्यक्षतामा भएको सो कार्यक्रममा मनिष चालिसे, कृती श्रेठ, मधवी गुप्ता, विज्ञा चालिसे ,सत्य प्रकाश गुपता लगायतको सहभागिता रहेको थियो ।

30/06/2023

नेपालको मुख्य प्रवेशद्वारको रूपमा परिचित वीरगञ्जको शङ्कराचार्य गेटको भारतबाट नेपाल प्रवेशद्वारमा
#विशेषरिपोर्टिङ

25/12/2022
बिपन्न समुदाय , सामुदायिक स्कुल र बस्तिहरुमा हामी आउदैछौ .... "न्यानो माया अभियान" लिएर । यो अभियानमा सङ्गै हातेमालो र स...
19/12/2022

बिपन्न समुदाय , सामुदायिक स्कुल र बस्तिहरुमा हामी आउदैछौ .... "न्यानो माया अभियान" लिएर ।
यो अभियानमा सङ्गै हातेमालो र सहयोग गर्नका लागि सिधै सम्पर्क गर्नुहोला ।

⚠️ Follow Hamrobirgunjnews.com   For Latest Election update 📢📝
22/11/2022

⚠️ Follow Hamrobirgunjnews.com For Latest Election update 📢📝

⚠️ Follow Hamrobirgunjnews.com For Latest Election update 📢📝

Happy Birthday 🎂 निशचल प्रजापति/Nischal Prajapati  SirPresident of पहिलो पाईला नेपाल - First Step Nepal , Birgunj Branch...
02/11/2022

Happy Birthday 🎂 निशचल प्रजापति/Nischal Prajapati Sir
President of पहिलो पाईला नेपाल - First Step Nepal , Birgunj Branch “Wishing you a day filled with happiness and a year filled with joy. Happy birthday!” “Sending you smiles for every moment of your special day…Have a wonderful time and a very happy birthday!” ...

आजको निर्वाचन कार्यक्रम 👇️उम्मेदवारको नाम फिर्ता लिने १० बजे देखि १ बजे सम्म  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने १...
12/10/2022

आजको निर्वाचन कार्यक्रम 👇️

उम्मेदवारको नाम फिर्ता लिने १० बजे देखि १ बजे सम्म

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने १ बजेदेखि ३ बजेसम्म

उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने ४ बजेदेखि ७ बजेसम्म

वीरगञ्ज, २५ असोज । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ ६००३ जनाले उम्मेदवारी दिएका छन...
12/10/2022

वीरगञ्ज, २५ असोज । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ ६००३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार ५७ वटा राजनितिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभातर्फ १६५ सिटका लागि २५२६ र प्रदेशतर्फ ३३० सिटका लागि ३४७७ जनाले उम्मेदवारी दिएका हुन् ।

प्रतनिधिसभामा दलबाट १५८३ को उम्मेदवारी परेको छ । जसमा पुरुष १४३३ र महिला १५० जना छन् । स्वतन्त्रमा ९४३ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष ८५८ र महिला ८५ जना छन् । प्रदेशसभातर्फ दलबाट २१९८ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष २१७१, महिला १८९ र अन्य १ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारको संख्या १२७९ छ । जसमा पुरुष ११७१ र महिला १०८ जना छन् ।

प्रत्यक्षमा महिलाको न्यून उम्मेदवारी परेको छ । आयोगका अनुसार ९ प्रतिशत मात्र महिलाको उम्मेदवारी परेको छ । समानुपातिकतर्फ ६४९३ जना उम्मेदवारको नाम बन्दसूचीमा रहेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका ११० सिटका लागि ४८ दलका २४३६ जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश छ ।

यस्तै सातवटै प्रदेशका २२० सिटका लागि विभिन्न ४०५७ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा छन् । प्रदेश १ मा ३६ दलका ६६१ जना, मधेस प्रदेशमा ३६ दलका ९४८, बागमती प्रदेशमा ४१ दलका ८२५, गण्डकीमा ३१ दलका ३६८, लुम्बिनीमा ३२ दलका ६५७, कर्णालीमा २८ दलका २२२ र सुदूरपश्चिममा ३४ दलका ३७६ जना उम्मेदवारको नाम बन्दसूचीमा छ ।

पर्सा जिल्लामा रहेको ४ वटा निर्वाचन क्षेत्रमा ५७ जनाले प्रतिनिधिसभा तर्फ उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये सबैभन्दा धेरै उम्मेदवार पर्सा-१ बाट रहेका छन् । पर्सा-१ मा दलगत र स्वतन्त्रगरी २३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । २३ मध्ये ११ जना विभिन्न दलका उम्मेदवार छन् भने अन्य सबैले स्वतन्त्र तर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै पर्सा-२ मा दलगत र स्वतन्त्रगरी ११ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये ३ जना स्वतन्त्र तर्फ र अन्य दलगत उम्मेदवार रहेका छन् । पर्सा-३ बाट पनि ११ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये ५ जना स्वतन्त्र र अन्य ६ जना दलगत उम्मेदवार रहेका छन् । पर्सा-४ मा १२ जना उम्मेदवार रहेका छन् । १२ जनामध्ये ५ जना स्वतन्त्र र अन्य ७ जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहेका छन् ।

यसैगरी पर्सामा रहेको ८ वटा प्रदेशसभाको निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १ सय ९ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । जसमध्ये पर्सा १ (क) बाट १७ जना, १ (ख) बाट १९ जना, २ (क) बाट ८ जना, २ (ख) बाट १४ जना, ३ (क) बाट १२ जना, ३ (ख) बाट १४ जना, ४ (क) बाट १० जना र ४ (ख) बाट पनि १० जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ता गराए स्वतन्त्र उम्मेदवारमध्ये अधिकांस ठूला नेताहरुका डम्मी उम्मेदवार हुन् । निर्वाचन आयोगले मतदानका दिन उपलब्ध गराउने गाडी लगायतका सुविधा प्रयोग गर्न उनीहरुको उम्मेदवारी परेको बुझिएको छ ।

अवस्था
12/10/2022

अवस्था

रातको समयमा विद्युत नहुँदा पनि मोबाइलको टर्च बालेर सेवा गर्दै कर्णाली प्रदेश अस्पताल, सुर्खेतका नर्स तथा स्वास्थ्यकर्मी।
12/10/2022

रातको समयमा विद्युत नहुँदा पनि मोबाइलको टर्च बालेर सेवा गर्दै कर्णाली प्रदेश अस्पताल, सुर्खेतका नर्स तथा स्वास्थ्यकर्मी।

सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।आगामी कात्तिक २ र ३ गते...
11/10/2022

सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।

आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।

विभाग का अनुसार ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

सन्दीप लामिछानेले नेपाललाई बिश्वभरी क्रीकेट खेलेर चिनायो तर बादलामा नेपालले बलात्कारी भनेर चिनायो ! कठै मेरो देश 😥
11/10/2022

सन्दीप लामिछानेले नेपाललाई बिश्वभरी क्रीकेट खेलेर चिनायो तर बादलामा नेपालले बलात्कारी भनेर चिनायो ! कठै मेरो देश 😥

पर्सा जिल्ला क्षेत्र १(ख) को स्वतंत्र उम्मेदवारमा ओमप्रकाश सर्राफको उम्मेदवारी।जनताले मुख्यमंत्री को विकल्प खोज्दै।मुख्य...
11/10/2022

पर्सा जिल्ला क्षेत्र १(ख) को स्वतंत्र उम्मेदवारमा ओमप्रकाश सर्राफको उम्मेदवारी।

जनताले मुख्यमंत्री को विकल्प खोज्दै।मुख्यमंत्री लालबाबु राउत गद्दी ले विकाशको नाम मा भ्रस्टाचार बाहेक केही नगरेको र जनताले मुख्यमन्त्रीको विकल्प खोज्दै यूवा नेता र सामाजिक अभियन्ता सर्राफ को भनाई।

आयोगबाट स्वीकृत कार्यतालिका ।
11/10/2022

आयोगबाट स्वीकृत कार्यतालिका ।

बाराको ईलाका प्रहरी कार्यालय जीतपुरमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक कलम बहादुर शाही उत्कृष्ट कार्य गरेको भन्दै "Be...
11/10/2022

बाराको ईलाका प्रहरी कार्यालय जीतपुरमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक कलम बहादुर शाही उत्कृष्ट कार्य गरेको भन्दै "Best Police Of month" को रुपमा घोषित भएका छन् ।

बडा दशैंको उपलक्ष्य मा श्री राजेश्वरि बचत तथा ऋण सहकारी सस्था लि परिवार र पहिलो पाइला वीरगन्ज शाखाद्वारा  जलपान कार्यक्र...
03/10/2022

बडा दशैंको उपलक्ष्य मा श्री राजेश्वरि बचत तथा ऋण सहकारी सस्था लि परिवार र पहिलो पाइला वीरगन्ज शाखाद्वारा जलपान कार्यक्रम समपन्न भएको छ ।

मेलामा आउने भक्तजनहरुको भोक,प्यासलाई मध्यनजर गर्दै मानव सेवाको लागि पहिलो पाइला नेपाल वीरगन्ज शाखाद्वारा जलपान वितरण गरिएको हो।सो क्षेत्रमा खाद्यान्न सामग्री एवं पानीको ब्यवस्थापन नभएको तथा घामको मध्यनजर गर्दै पानी, सर्वत, फ्रुटी, चाना र भुजा जलपानको ब्यवस्थापन गरिएको हो ।

पहिलो पाइला नेपाल वीरगन्ज शाखाका अध्यक्ष निश्चल प्रजापतिको सभापतिमा भएको सो कार्यक्रममा हजारौंको संख्यामा भक्तजनहरू जलपान कार्यक्रमबाट लाभान्वित भएका छन् ।

पहिलो पाइला नेपाल वीरगन्ज शाखाद्वारा बालदिवसको उपलक्ष्यमा बिधार्थी लाई शैक्षिक सामग्री बितरणसधै परिवर्तनको मूल नाराको सा...
14/09/2022

पहिलो पाइला नेपाल वीरगन्ज शाखाद्वारा बालदिवसको उपलक्ष्यमा बिधार्थी लाई शैक्षिक सामग्री बितरण

सधै परिवर्तनको मूल नाराको साथ पहिलो पाइला नेपाल वीरगन्ज शाखाद्वारा आज राष्ट्रीय बालदिवसको उपलक्ष्यमा आमाको माया आश्रममा गरीब, विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाईमा सहयोग पुगोस् भनेर बालदिवसको उपलक्ष्यमा केक काटेर खुशीको साथ शैक्षिक सामाग्री वितरण गरिएको पहिलो पाइला नेपाल वीरगन्ज शाखाका सदस्य नबील समानीले बताए।

पहिलो पाइला नेपाल वीरगन्ज शाखा अध्यक्ष निश्चल प्रजापतिको अध्यक्षता भएको सो कार्यक्रममा प्रमुख अतिथि ओसीएम संयोजक हेमा थापा, वरिष्ठ अतिथि कमल चौलागाईं युवा समाज अध्यक्ष,पहिलो पाइला नेपालकी केन्द्रीय सदस्य मधु प्रजापति, शाखा सदस्य नबिल समानी, इरशाद अन्सारी, मो. इमरान अली, सत्य प्रकाश, माधवी गुप्ता, राहुल शाह, भक्ति अग्रवाल, किशन अग्रवाल लगायत सहभागी थिए ।

04/05/2022
02/05/2022

24 Baishak Saturday

रुसद्वारा युक्रेनमा ‘युद्धविराम’ घोषणा, दुई शहरका मानिसलाई उद्धार गर्ने बाटो खुल्यो
05/03/2022

रुसद्वारा युक्रेनमा ‘युद्धविराम’ घोषणा, दुई शहरका मानिसलाई उद्धार गर्ने बाटो खुल्यो

एजेन्सी । रुसले युक्रेनमा युद्धविराम घोषणा गरेको छ । युक्रेनमा आक्रमण थालेको दसौँ दिनमा रुसले अस्थायी युद्धविर....

आयल निगमले आज राति १२ बजेबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर रू ५ बढाउने निर्णय गरेको छ।काठमाडौं, १९ फागुन । पेट्रोलिय...
03/03/2022

आयल निगमले आज राति १२ बजेबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर रू ५ बढाउने निर्णय गरेको छ।काठमाडौं, १९ फागुन । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। आज (बिहीबार) बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाउनु परेको आयल निगमको स्पष्टीकरण छ ।
यो मूल्यवृद्धि सँगै पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा दल दर्ता भएका छन् ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन...
28/02/2022

स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा दल दर्ता भएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही फागुन ५ गतेदेखि १५ गतेसम्म ११ दिनको समयावधि दिएर दल दर्ताका लागि निवेदन दिन आह्वान गरिएको थियो!

Address

Birgunj
44600

Alerts

Be the first to know and let us send you an email when Terai News Station posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Terai News Station:

Videos

Share