Birgunj Latest Khabar

Birgunj Latest Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birgunj Latest Khabar, Media/News Company, birgunj ranighat, Birgunj.

14/08/2022

LIKE FOLLOW AND SHARE

BIRGUNJ LATEST OFFER AND NEWS.

Source:-yatra daily

वीरगञ्ज, २९ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै छिमेकीको हत्या गर्ने दाज्युभाईलाई पक्राउ गरेको छ ।

बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ निवासी ३० वर्षीय प्रितम पटेल र उनकै भाई २८ वर्षीय उत्तम पटेललाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

छिमेककै १४ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित आफ्नै टेलरमा लिएर ठाकुरको हत्या गरेको उनीहरुले स्विकार गरेका छन् ।

टेलरमै घाँटी थिचेर हत्या गरेपछि शवलाई बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमार्फत भारतको रक्सौल रेल्वे स्टेशनमा पु¥याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान उनीहरुले प्रहरीलाई दिएका थिए ।

सोही बयानकै आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंह नेतृत्वको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार, भागलपुरबाट शव बुझी ल्याएको प्रवक्ता कार्कीले बताए ।



२४ गते ट्युसन पढ्न हिंडेका राजकुमार बेपत्ता भएको भन्दै उनका बाबुले प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

27/07/2022

Share garn na भुल्नु होला
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Source:-- youth of birgunj page
06/06/2022

Source:-- youth of birgunj page

01/06/2022
काठमाडौं । काठमाडौंं महानगरपालिका अहिले चर्चाको केन्द्रमा छ । यहाँ आशालाग्दा बनेर स्वतन्त्र मेयरको ईन्ट्री भएपछि झनै आशा...
01/06/2022

काठमाडौं । काठमाडौंं महानगरपालिका अहिले चर्चाको केन्द्रमा छ । यहाँ आशालाग्दा बनेर स्वतन्त्र मेयरको ईन्ट्री भएपछि झनै आशा लाग्दा निर्णयहरु सार्वजनिक हुन थालेका हुन् । काठमाडौंका मतदाताले बालेनलाई जिताएर सही निर्णय गरेको भन्दै अहिले उनीहरुको प्रशंसा भइरहेको छ ।

यसैबीच, बालेनले यहाँका मतदाता मात्रै होईन् यहाँ घरभाडामा बस्नेहरुलाई समेत फाइदा पुग्ने निर्णय गरेका छन् । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय पारित गरेको छ। यो निर्णयले सार्वजनिक शौचालय नपाएर छटपटाउनुपर्ने काडमाडौं महानगरका स्थायी र अस्थायी बासिन्दाहरुलाई ठूलो राहत हुने विश्वास गरिएको छ ।

सोमबार नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण गरेपछि अपराह्नमा कार्यपालिकाको बैठक बसेको थियो। सो बैठकले सार्वजनिक शौचालयको रूपमा रेष्टुरेन्टहरूको शौचालय प्रयोग गर्न सकिने निर्णय गरेको हो। मेयर बालेन शाहले प्रस्ताव गरेका थिए।

‘हिजो रेष्टुरेन्ट व्यवसायीहरूसँग कुराकानी गरेका थियौं। हामीसँग चिकेन स्टेशन, बर्गर स्टेशन, एवानका प्रतिनिधिहरूसँग कुरा गर्दा हामीले तपाईंहरूको रेष्टुरेन्ट बाहिर एटिएमको जस्तो बत्ती जडान गरिदिने र शौचालय निःशुल्क गर्ने,’ उनले भने, ‘रेष्टुरेन्ट खोलेपछि व्यापार मात्रै नभएर सेवा पनि हो भन्ने हिसाबले त्यो लगाउँछौं। महानगरले सर्टिफाइ गरिदिन्छ।’

उनले शौचालयहरू पनि बनाउने तर हाललाई यसरी पनि प्रयोग गर्ने बताए। यसरी शौचालय प्रयोग गर्न दिने रेष्टुरेन्टहरूलाई के सुविधा प्रदान गर्ने भन्नेबारेमा निर्णय भइसकेको छैन।

‘अहिले नै यो–यो कुराहरू निशुल्क गरिनेछ भनेर भन्न सकिन्न। त्यसको लागि अध्ययन गर्न पर्ने हुन्छ। पहिलो दिन नै त्यो कुरा गर्नु गलत हुन्छ जस्तो लाग्छ,’ उनले भने। यस्तै गुनासो सुन्नको लागि कल सेन्टर पनि स्थापना गर्ने निर्णय भएको छ। कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय पनि भएको छ। यस्तैगरी, दुइटा इन्फ्रास्ट्रक्चर एम्बुलेन्स १० दिनभित्र सञ्चालनमा ल्याइने छ।

यस्तै महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कामपाको नवनिर्वाचित प्रमुख शाहको अध्यक्षतामा आज बसेको पहिलो कार्यपालिका बैठकले उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

नेपाल रेल्वे माबिका पुर्व शिक्षक गुरु दिपक लाल सरको काठमांडू उपचारको क्रममा आज असमायिक निधन भएकाे खबरले अत्यन्तै दुखि भए...
31/05/2022

नेपाल रेल्वे माबिका पुर्व शिक्षक गुरु दिपक लाल सरको काठमांडू उपचारको क्रममा आज असमायिक निधन भएकाे खबरले अत्यन्तै दुखि भएकाे छु । वहाँकाे आत्माकाे चिरशान्ति तथा शाेक सन्तप्त परिवारलाई यस बिपतकाे घडिमा धैर्य धारण गर्ने ईश्वरले शक्ति प्रदान गरुन भनी प्रार्थना गर्दै हार्दिक समबेदना व्यक्त गर्दछु ।😓😓🙏🙏🙏🙏🙏🙏🙏🙏

हार्दिक श्रद्धाञ्जली।😭
31/05/2022

हार्दिक श्रद्धाञ्जली।😭

Address

Birgunj Ranighat
Birgunj
44300

Website

Alerts

Be the first to know and let us send you an email when Birgunj Latest Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share