Syangja khabar

Syangja khabar संचालक:-सुनिल न्यौपाने"स्याङ्जाली"
मोबाइल न:-9847354736

भ्रष्टाचारको मुद्दा दायर भएसँगै गल्याङ नगरपालिका उपप्रमुखको पद निलम्बनअख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेक...
10/04/2024

भ्रष्टाचारको मुद्दा दायर भएसँगै गल्याङ नगरपालिका उपप्रमुखको पद निलम्बन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा काठमाडौं विशेष अदालतमा मुद्दा दर्ता भएसँगै स्याङ्गजाको गल्याङ नगरपालिकाको उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाको पद निलम्बन भएको छ । न्यौपाने स्याङ्जाको गल्याङ ३ को पकवादी सहकारी संस्थाको तत्कालिन उपाध्यक्ष थिईन् ।

गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने सहित कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल,गल्याङका पुर्व वडा अध्यक्ष हरिलाल खनाल,गल्याङका व्यवसायी महेन्द्र श्रेष्ठ,उमा श्रेष्ठ लगायत आठ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

आयोगले आज मंगलबार निर्देशनालयकै कृषि इञ्जिनियर विश्वनाथ पौडेल,तत्कालिन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई,स्याङजाको गल्याङ नगरपालिका तीन पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल,उपाध्यक्ष हेमा न्यौपाने,सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय महेन्द्र भनेर चिनिने श्रीप्रसाद श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरू विरुद्ध जनही २८ लाख ३७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय,गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरेको थियो ।

सोही भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए । उनका अनुसार एउटा जग्गा धनी प्रमाण पुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको,मापदण्ड मिचेकोलगायतका अनियमितता गरेको पाइएको हो।

जनप्रतिनिधिको बिशेश अदालतमा मुद्दा दर्ता भएपछि पद निलम्बन हुने व्यवस्था छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ मा उल्लेख भएबमोजिम कुनै व्यक्ति वा राष्ट्रसेवक कर्मचारीविरुद्ध दफा ३६ बमोजिम मुद्दा दायर भएमा स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।

केही समय अगाडि तत्कालीन सुनवल नगर प्रमुख भरत थापाको मुद्दा दर्ता भएपछि पद खारेज भएको थियोे ।

09/04/2024

सानैमा बुवा गुमाएका गरिमा बिकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्याल भावुक हुँदै यसो भन्छन्!

Wi-Fi Nepal को २४ महिने अफर अब तपाईंको आफ्नै सहर चापाकोट स्याङ्जामा !!३१% सम्म छुटमा पाउनुहोस् सस्तो र भरपर्दो फाईबर इन्...
08/04/2024

Wi-Fi Nepal को २४ महिने अफर अब तपाईंको आफ्नै सहर चापाकोट स्याङ्जामा !!

३१% सम्म छुटमा पाउनुहोस् सस्तो र भरपर्दो फाईबर इन्टरनेटको सुविधाको आजै लाभ उठाउनुहोस्। चापाकोट स्याङ्जाको लागि सम्पर्क नम्बर 9801351339 र 9802851723
wifinepal.com.np

08/04/2024

कर्मचारी आवस्यकता!

चापाकोट श्रमिक कृषि सहकारी संस्था लिमिटेड चापाकोट ९ स्याङ्जाको लागि तपसिल बमोजिम कर्मचारी आवस्यकता परेको हुँदा इच्छुक र योग्य व्यक्तिले निवेदन दिनुहुन अनुरोध गर्दछौ ।

🏠 चापाकोट श्रमिक कृषि सहकारी संस्था लिमिटेड
☎ ०६३-४११०१५ \ ९८४७३५४७३६
📍 चापाकोट ९ स्याङ्जा

हार्दिक शुभकामना !घोडे जात्रा पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्...
08/04/2024

हार्दिक शुभकामना !

घोडे जात्रा पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जय नेपाल!

नगर प्रमुख
देव बहादुर खाँण (ईश्वर)
चापाकोट नगरपालिका,स्याङ्जा

चापाकोट नगरपालिका स्याङ्जामा रहेका धेरैजसो सामुदायिक संस्था विशेषगरी सहकारी संस्थाहरुले नगरपालिकाबाट लेखापरीक्षण अनुमतिप...
07/04/2024

चापाकोट नगरपालिका स्याङ्जामा रहेका धेरैजसो सामुदायिक संस्था विशेषगरी सहकारी संस्थाहरुले नगरपालिकाबाट लेखापरीक्षण अनुमतिपत्र नलिएरै आफ्नो तरिकाले लेखापरीक्षक नियुक्ति गरेर लेखापरीक्षण गराइरहेका छन। तर केही सामुदायिक संस्थाले नियमानुसार गएर लेखापरीक्षण अनुमति पत्र लिएर मात्र लेखापरीक्षण गराउने गरेका छन। नियम मिचेर जानेलाई नगरपालिकाले कारबाहीको दायरामा ल्याउन सकिरहेको छैन। नियमको पालना गरेर जानेलाई नगरपालिकाले लेखा परिक्षण शुल्क नै ३ हजार रुपैयाँ लिने गरेको छ।

स्याङ्जाको चापाकोटमा सस्तो ईन्टरनेट सेवा!Wi-Fi भाईको DEALदार, अब झनै शानदार !!बिना कुनै थप शुल्क, भ्याट सहित, Wi-Fi नेपा...
07/04/2024

स्याङ्जाको चापाकोटमा सस्तो ईन्टरनेट सेवा!

Wi-Fi भाईको DEALदार, अब झनै शानदार !!
बिना कुनै थप शुल्क, भ्याट सहित, Wi-Fi नेपालको सस्तो र भरपर्दो फाइबर ईन्टरनेट सेवा अब झनै सस्तो!
मात्र रू ६,२१५/- मा ५० Mbps ईन्टरनेट र रू ८,४७५/- मा पाउनुहोस् ८० Mbps ईन्टरनेट १२ महिना + १ महिना बोनस। आजै लाभ उठाउनुहोस्।

चापाकोटको स्याङ्जाको लागि सम्पर्क नम्बर
9801351339 अथवा 9802851723

wifinepal.com.np

क्रिप्टोकरेन्सी कारोबारको आरोपमा स्याङ्जाको चापाकोटका भण्डारी पक्राउस्याङ्जा- नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सीबाट कार...
05/04/2024

क्रिप्टोकरेन्सी कारोबारको आरोपमा स्याङ्जाको चापाकोटका भण्डारी पक्राउ

स्याङ्जा- नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सीबाट कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका ८ घर भई हाल काठमाडौं टोखा बस्ने ५४ वर्षीय शनि भण्डारी रहेका छन।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बिहान टोखाबाट उहाँलाई पक्राउ गरेको हो।भणडारीले क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नुभएका भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

04/04/2024

झापाको कमल गाउँपालिका ५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक बिद्यालयका प्रधानाध्यापक मोहन थापाले आफ्नै एक छात्रा विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।

02/04/2024

चापाकोट सहकारी संघ र चापाकोट नगरपालिकाले आयोजना गरेको सहकारी दिवसको अबसरमा भएको कार्यक्रममा चापाकोट नगरपालिका भित्रका सम्पुर्ण सहकारीहरुको उपस्थिति रहेको थियो!

चापाकोट सहकारी संघ लिमिटेडले चापाकोटका सम्पुर्ण सहकारीलाई उपस्थित गराएर सहकारी दिवस मनाउने भएको छ!
29/03/2024

चापाकोट सहकारी संघ लिमिटेडले चापाकोटका सम्पुर्ण सहकारीलाई उपस्थित गराएर सहकारी दिवस मनाउने भएको छ!

27/03/2024
27/03/2024

चापाकोट नगरपालिका स्याङ्जाको राधाकृष्ण भजन समुहको दमदार प्रस्तुति! सल्लाह सुझावका लागी कृतन समुह प्रमुख 9846480567

27/03/2024

चापाकोट नगरपालिका स्याङ्जाको राधाकृष्ण भजन समुहको दमदार प्रस्तुती! सल्लाह सुझावका लागी कृतन समुह प्रमुख 9846480567

चापाकोट नगरपालिका स्याङ्जाका रामचन्द्र न्यौपानेको साहित्य सिर्जना!
25/03/2024

चापाकोट नगरपालिका स्याङ्जाका रामचन्द्र न्यौपानेको साहित्य सिर्जना!

कठै न मरेर जानसके न गरेर खानसके,बिस्तारामा बुबा मर्दैछन् ,तीन छोरीको यस्तो बिजोग छ,खान समेत केही छैन ।सुनिल न्यौपाने,स्य...
24/03/2024

कठै न मरेर जानसके न गरेर खानसके,बिस्तारामा बुबा मर्दैछन् ,तीन छोरीको यस्तो बिजोग छ,खान समेत केही छैन ।

सुनिल न्यौपाने,स्याङ्जा- स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं २ मा एकजना गुणनिधी आचार्य नाम गरेका बुबा मृत्यु पर्खेर बसिरहेका छन् ।

उनका छोरीहरू भन्छन।"जिन्दगीमा जे छ त्यसैमा चित्त बुझाउनु पर्नेरहेछ। हाम्रो जिन्दगीमा यस्तै दुख लेखियो हामी यहि भोगेर बस्दैछौं।"

बुढा बुबा ६७ वर्षका भए र उनी बिरामी भएर ओछ्यान परेको करिब ४ वर्ष भयो ।आफ्नो कारणले छोरीहरुको बिचल्ली भएको देख्दा निकै दुखी हुन्छन् ।आफुहरुले दाउरा घाँस र मेलापात गरेको पैसाले यो परिवार पालिदै आएको जेठी छोरीले बताइन्। आमाले यो पिडा सहन नसकेर केही समय अगाडी आत्महत्या गरेकी थिइन्।

धेरै समय अगाडि खाना खाएर सुतेपछि बिहान उठ्न खोज्दा उनलाई उठ्न गाह्रो भएको थियोे ।उनले नजिकैको स्वस्थ्य चौकीमा जचाएपनी तर उपचार भएन ।पछि उनी खाटबाटै उठ्न नसक्ने भए ।

पढ्ने र खेल्ने उमेर भएका छोरीहरू आफ्नो परिवारको बिजोग देखेर निकै रोए ।आफू ठूलो भएर बुबालाई सुख दिनपाए हुन्थ्यो भन्दै जेठी छोरी बिलौना गर्छिन् ।

हार्दिक शुभकामना !नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली द...
23/03/2024

हार्दिक शुभकामना !

नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। यस महान पर्वले सबै नेपालीमा खुशीका रंगहरु छर्दै नयाँ उमंग एवम् हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता, सद्‌भाव र सहिष्णुतालाई अक्षुण्ण राख्‍ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

टोपलाल न्यौपाने(राजु)
वडा अध्यक्ष
एबम
चापाकोट नगरपालिका ८ स्याङ्जा

हार्दिक शुभकामना !नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली द...
23/03/2024

हार्दिक शुभकामना !

नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। यस महान पर्वले सबै नेपालीमा खुशीका रंगहरु छर्दै नयाँ उमंग एवम् हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता, सद्‌भाव र सहिष्णुतालाई अक्षुण्ण राख्‍ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु। जय नेपाल!

नगर प्रमुख
देव बहादुर खाँण (ईश्वर)
चापाकोट नगरपालिका,स्याङ्जा

23/03/2024

स्याङ्जाको चापाकोट नगरपालिका ९ सुन्तलीटारका यम बहादुर नेपालीले Nepal Idol Season - 5 संस्करणको पोखरा अडिसनमा पहिलो चरण पार गर्नुभएको छ। अब अर्को चरणको लागी हार्दिक शुभकामना।

20/03/2024

स्याङ्जाको चापाकोटमा बेवारिसे नवजात शिशु फेला

सुनिल न्यौपाने,स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।

चापाकोट नगरपालिका ९ मजुवा स्थित खोल्सामा बेवारिसे अवस्थामा सालनाल नछुटिएको जिवित नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ।

शिशुको चापाकोट अस्पतालमा प्राथमिक उपचार भइरहेको र थप उपचारको लागि पोखरा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्याङ्जाको गल्याङ नगरपालिका १ राम्दी नजिकै ९० भन्ने ठाउँको यज्ञ जङ्गलमा महिलाको लास फेला परेको छ। घटनाको थप पुष्टि गर्न ...
16/03/2024

स्याङ्जाको गल्याङ नगरपालिका १ राम्दी नजिकै ९० भन्ने ठाउँको यज्ञ जङ्गलमा महिलाको लास फेला परेको छ। घटनाको थप पुष्टि गर्न वडा प्रहरी कार्यालय वालिङको टोली घटना स्थलमा पुगेर फर्केको छ। लास निकै पुरानो रहेको बुझिएको छ। लाससंगै मोबाइल पनी फेला परेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाकी!

हजुरआमाको तेह्रौ पुण्य तिथि कार्यक्रम हुदाहुदै घरबाटै सेवाग्राहीलाई सेवा प्रदान गर्दै चापाकोट नगरपालिका स्याङ्जाका सिनिय...
13/03/2024

हजुरआमाको तेह्रौ पुण्य तिथि कार्यक्रम हुदाहुदै घरबाटै सेवाग्राहीलाई सेवा प्रदान गर्दै चापाकोट नगरपालिका स्याङ्जाका सिनियर अहेव सुबास देवकोटा!

स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताललाई अख्तियारले १५ दिने पत्र काटेको छ ।पुरा समाचार:-...
13/03/2024

स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताललाई अख्तियारले १५ दिने पत्र काटेको छ ।
पुरा समाचार:-https://kaligandakikhabar.com/archives/135971?fbclid=IwAR1g24E_t880C7gtQbGb7I25QPOnvhgrCGkOXUPViTOzd5luHNNXvNVgNYA

स्याङ्जा, ३० फागुन । स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताललाई अख्तियारले १५ दि...

हार्दिक शुभकामना !इस्लाम धर्मावलम्बीहरुको महान् पर्व तथा पवित्र महिना रमादानको अवसरमा चापाकोट नगरपालिका भित्रका सम्पुर्ण...
12/03/2024

हार्दिक शुभकामना !

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व तथा पवित्र महिना रमादानको अवसरमा चापाकोट नगरपालिका भित्रका सम्पुर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइका साथै सवै नेपालीहरुमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु। लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तहरुबीच खुसी साटासाट गरी मनाइने रमादानको विशेष महत्व रहेको छ। यस पर्वले समाजका आपसी सद्‍भाव, सहिष्णुता र मेलमिलाप प्रबर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु। जय नेपाल!

नगर प्रमुख
देव बहादुर खाँण (ईश्वर)
चापाकोट नगरपालिका,स्याङ्जा

हार्दिक शुभकामना!शेर्पा र भोटेलामा समुदायको ग्याल्पो ल्होसार लगायत नेपालका हिमाली एवं पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवा...
11/03/2024

हार्दिक शुभकामना!

शेर्पा र भोटेलामा समुदायको ग्याल्पो ल्होसार लगायत नेपालका हिमाली एवं पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वले सबै नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण‚ सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

नगर प्रमुख
देब बहादुर खाँण (ईश्वर)
चापाकोट नगरपालिका,स्याङ्जा

13/08/2022

आज चापाकोटमा निशुल्क आखा शिबिर हुँदै

Address

Syangja
Syangja
SYANGJA

Alerts

Be the first to know and let us send you an email when Syangja khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Syangja khabar:

Videos

Share