Siraha Times

Siraha Times Siraha's Number 1 news page
Please Like Comment And Share
(210)

सिरहाटाइम्स पुस ८ । सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीहरुको निरन्तरता बढ्दै गरेको काम सराहनीय रहेको छ । तराईमा...
23/12/2023

सिरहाटाइम्स पुस ८ । सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीहरुको निरन्तरता बढ्दै गरेको काम सराहनीय रहेको छ । तराईमा खास गरि पुर्व पश्चिम हुलाकी राजमार्गमा पछिलो समयमा दुर्घटना बढेसंगै ट्राफिक प्रहरीको चासो बढेको थियो र अहिले दुर्घटनाको संख्या एक हिसाबले शुन्य भएको सिरहाका जिल्ला ट्राफिक का प्रमुख डम्मर बहादुर पुरीले एक जना संचारकर्मीसंगको वार्ता मार्फत जनाएका थिए । त्यस्तै अब सप्तरीको बलान बिहुल गाउँपालिकाले हुलाकी सडकको दुर्घटना नियन्त्रण गर्न पालिकाको आकर्षण र पालिका मिलन केन्द्र चनही चौकमा नेपाली झण्डा सहितको ट्राफिक ब्यबस्थापन काम गरेको छ। बिगत ४/५ बर्ष अगाडी एक दुईटा झोपडी घरहरु रहेका साधारण चौक अब बजारमा परिणत हुदैगरेको देख्न सकिन्छ यस्ता कार्यप्रति यहाका स्थानीयहरु उत्साहित रहेको देखिन्छ ।

23/12/2023

७ पुस सिरहाको नवराजपुर गाउँपालिका ४ सोनवर्षामा रहेको श्री जय मा हजारी इ.बो.स्कुलले आयोजना गरेको SINGING AUDITION PROGRAM मा प्रमुख अतिथिको रुपमा आफ्ना बिचार राख्दै गा.पा. अध्यक्ष शिवउदगार यादव।

गुमस्ता कुमार यादव जो कानूनी सल्लाहकारको रुपमा सिरहामा कार्यरत हुनुहुन्छ ।उहाँ आपिल गर्दै लेख्नुहुन्छ ।      "सेवा नै धर...
23/12/2023

गुमस्ता कुमार यादव जो कानूनी सल्लाहकारको रुपमा सिरहामा कार्यरत हुनुहुन्छ ।

उहाँ आपिल गर्दै लेख्नुहुन्छ ।

"सेवा नै धर्म हो "
सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं ४ को तेनुवापट्टी निवासी अत्यन्त विपन्न, आर्थिक अवस्था भएका बिरामी राम कुमार रायलाई आर्थिक सहयोग गरिदिनु हुनको लागी अनुरोध गरिन्छ ।

बिरामीलाई हाल B & C MEDICAL COLLEGE TEACHING HOSPITAL & RESEARCH CENTER PVT. LTD. मा उपचारको क्रममा टाउको(Brain) को सल्यक्रिया (Operation) सहज तरिकाले भएको छ ।

आर्थिक अवस्था नाजुक भएको रायलाई थप उपचारमा समस्या उत्पन्न भएको कारणले गर्दा सहयोगको लागि सबैलाई बिरामीको तस्बिर राखेर पोस्ट गरिएको छ ।

सिघ्र स्वास्थय लाभको कामना सहित आर्थिक सहयोग गरिदिनु हुन अनुरोध ।

बिरामी आफन्तको खाता नम्बर बिस्तृतमा
खातावलाको नाम:- सन्जिब कुमार राय ( Sanjib K Ray )
बैंक:- प्रभु बैंक (Prabhu Bank)
शाखा:- बरियारपट्टि (Bariyarpatti)
खाता न:- 1470151941000018

नोट:- सहयोग गरिसके पस्चात 9801504123 whatapp मा भौचर र दाता/सहयोगि ले आफ्नो फोटो पठाइदिन हुन समेत अनुरोध छ । 🙏

हतकडी सहित भागेको सदाय २४ घन्टामै सिरहाको थलहाबाट पुन पक्राउ
23/12/2023

हतकडी सहित भागेको सदाय २४ घन्टामै सिरहाको थलहाबाट पुन पक्राउ

ओम प्रकाश यादव लहान पुस ७ । जिल्ला सिरहा सखुवानन्कारकट्टि गाउँपालिका वडा नं.०३ स्थित दिनाजपुर सरहन्चिया भित्रि स...

झापा प्रहरीद्धारा ३ जना फरार प्रतिबादीहरु पक्राऊ  ।।।विनोद मण्डल, पुस ७ ।   झापा प्रहरीले जिल्ला अदालत झापाको फैसला अनुस...
23/12/2023

झापा प्रहरीद्धारा ३ जना फरार प्रतिबादीहरु पक्राऊ ।।


विनोद मण्डल, पुस ७ । झापा प्रहरीले जिल्ला अदालत झापाको फैसला अनुसार बिभिन्न मुद्दाका फरार तीन प्रतिबादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले पक्राऊ गरेको छ ।
टोलीले , चोरी मुद्दाका फरार मेचीनगर नगरपालिका वडा नं. १४ का २० वर्षीय कमल भन्ने भरत राजबंशी, डाका मुद्दाका फरार मेचीनगर नगरपालिका वडा नं. १४ का २९ वर्षीय प्रकाश राजबंशी र डाका मुद्दाका फरार मेचीनगर नगरपालिका वडा नं. १४ का ३२ वर्षीय मानिक राजबंशीलाई पक्राऊ गरी
फैसला कार्यान्वयनको लागि सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आरती साहको परिवारजनलाई मोक्ष फाउन्डेसनद्वारा जाडोबाट बच्न न्यानो कपडा सहितको सामग्री सहयोग
22/12/2023

आरती साहको परिवारजनलाई मोक्ष फाउन्डेसनद्वारा जाडोबाट बच्न न्यानो कपडा सहितको सामग्री सहयोग

काठमाडौं ६ पौष। काठमाडौंको रत्नपार्कमा न्यायका लागि आन्दोलनरत आरती साहका परिवारजनलाई मोक्ष फाउन्डेसनले जाडोब.....

सिरहामा बाल यौन दुर्व्यवहारका आरोपित,प्रहरिको अगाडिबाटै हत्कडि सहित फरार
22/12/2023

सिरहामा बाल यौन दुर्व्यवहारका आरोपित,प्रहरिको अगाडिबाटै हत्कडि सहित फरार

सिरहा पुस ६ । बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको एक आरोपित जिल्ला सरकारी वकिलको कार्.....

कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद
22/12/2023

कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरी...

सिरहामा जिल्ला स्तरीय बाल भेलाले २५ सदस्य जिल्ला बाल क्लब संजाल
22/12/2023

सिरहामा जिल्ला स्तरीय बाल भेलाले २५ सदस्य जिल्ला बाल क्लब संजाल

बद्री नारायण यादव सिरहा, ६ पुस । बाल अधिकारलाई संरक्षण, प्रवद्र्धन तथा व्यवहारमा लागु गराउनका लागि सिरहाको १७ वटै ...

दुई सय चालिस किलो गाँजा सहित मानिस पक्राउ
22/12/2023

दुई सय चालिस किलो गाँजा सहित मानिस पक्राउ

ओम प्रकाश यादव लहान पुष ६ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशीपलारबाट पुस ५ सशस्त्र प्रहरीले दु...

सिरहामा जिल्ला बाल भेला सम्पन्न ।।।विनोद मण्डल, पुस ५ । सिराहा जिल्लाको सदरमुकाम सिरहामा बाल भेला सम्पन्न भएको छ ।आयोजित...
21/12/2023

सिरहामा जिल्ला बाल भेला सम्पन्न ।।।

विनोद मण्डल, पुस ५ । सिराहा जिल्लाको सदरमुकाम सिरहामा बाल भेला सम्पन्न भएको छ ।

आयोजित भेलाले मन्दिप महराको अध्यक्षतामा २५ सदस्य जिल्ला बाल संजालको गठन गरिएको छ ।

भेलाले अध्यक्ष मनदिप महरा सहित , क्रमस उपाध्यक्ष दिपिका कुमारी यादव, सचिव सुभ्म सिंह, सह सचिव रंजना यादव, कोषाध्यक्ष अशियाना खातुनलाई चयन गरेको छ भने सदस्यहरुमा आर्यन महासेठ, मनिष चौधरी, मो.तारिक सम्स, राहुल पासमान, सुमन यादव, राधा कुमारी मण्डल, पिंकी राम, राधिका यादव, पिंकी कुमारी सिंह, सुश्मा यादव लगायत चुनिएको छ ।

जिल्ला बाल भेला गर्न मुक्ति नेपाल, दलित जन कल्याण युवा क्लब, जागृति नेपाल, मातृभुमि युवा समाज नेपाल, समग्र जन उत्थान केन्द्र, ओरेक नेपाल, सवल नेपाल, आसमान नेपाल लगायत संघ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

जिल्ला बाल भेलाका संयोजक नईम राईनको अध्यक्षतामा आयोजित कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे , प्रहरी प्रमुख टेकु नन्द इवा लिम्बू , जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलिप लामा,वडा प्रहरी कार्यालय सिरहाका प्रमुख विश्वबावु बुढाथोकी, मातृभुमि युवा समाज नेपालका अध्यक्ष मनिष कुमार यादव, नेपाल पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव लगायत व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए भने सहभागी अथिती गणलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कृषक पाठशाला कार्यक्रमको अर्द्धबार्षिक र पोषण कार्यक्रमको बार्षिक समिक्षा लहानमा ।।। लहान ५ पुस हिजो कृषक पाठशाला कार्यक...
21/12/2023

कृषक पाठशाला कार्यक्रमको अर्द्धबार्षिक र पोषण कार्यक्रमको बार्षिक समिक्षा लहानमा ।।।

लहान ५ पुस हिजो कृषक पाठशाला कार्यक्रमको अर्द्धवार्षिक र पाेषण कार्यक्रमकाे वार्षिक समीक्षा तथा याेजना सम्बन्धी २ दिने कार्यशाला सिरहाकाे लहानमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा अग्निसाइर कृष्णासवरण, रूपनी, लक्ष्मीपुर पतारी, भगवानपुर, सखुवानन्कारकट्टी, बलानबिहुल, नरहा, सप्तकाेशी गाउँपालिका बेलका र धनगढीमाई नगरपालिकाहरुका प्रमुख उपप्रमुख कार्यकारी, राष्ट्रिय कृषक समूह महासंघ, नेपालबाट तहगत संरचना तथा केएर नेपालबाट जीवनाथ शर्मा लगायत टीमकाे उपस्थितिमा कार्यक्रमकाे उपलब्धी प्रभावकारिता तथा भावी याेजनाका बारेमा छलफल भएकाे थियो ।

सिरहा र सप्तरी जिल्लामा CARE Nepal सँगको सहकार्यमा कृषक पाठशाला, संरक्षणा र पाेषण परियोजनाक कार्यक्रमहरू संचालमा रहेका छन् । उक्त कार्यक्रम मार्फत धेरै अतिबिपन्न दलिद गरीब भुमिहिन घरपरिवारका महिलापुरुष लगायत धेरै जनसंख्या सहज तरिकाले कृषि पेशामा आबद्ध भइ आ आफ्नो गुजारा चलाइरहेका छन भने बिस्तारै जैबिक खेतीको शुरूवात भएका छन। करार खेती मार्फत गरीबहरुको आर्थिक संकट हटदै गैरहेको छ।

यता धेरै जग्गा जमिन भएका किसानहरूले खेती गर्न समस्या भैरहेकोले त्यो समस्या पनि बिस्तारै हटदै गैरहेको छ। केयर नेपालको सहयोगमा र स्थानीय निकायहरुको समन्वयमा जग्गा धनी र श्रमजीवी किसानहरु सबैको भलो भैरहेको अबस्था सृजना भएको छ। खाधान्न संकट टल्दै गैरहेको छ, माटोको उर्वरा शक्ति सन्तुलन भैरहेको छ। लगानी कम र उत्पादनमा वृद्धि भएको छ।

महासंघको गतिबिधिले कृषिमा क्रान्ति, कृषि आधुनिकीकरण, यान्त्रिकिकरण लगायत एक घर एक प्राविधिक तैयार हुदै छ्न र रासायनिक बिषादीको बिकल्प अर्गानिक रसादी प्रयोग हुन थालेका छन। खेत र पेटको उपचार हुदैछन।

हाल राष्ट्रिय कृषक समुह महासंघले संचालन गरिरहेका कृषि सम्बन्धि बिभिन्न आकर्षक गतिबिधि केयर नेपालको सहयोगमा भैरहेको छ तर केहि दिन पछि यो बिदेशी संस्था नेपाल बाट पलायन भएर जादैछ अनि यो कार्यक्रम सन्चालन कसले गर्ने हो त्यसको चिन्तन मनन अहिले देखि हुन जरुरी देखिन्छ। खास गरी स्थानीय सरकार यस तर्फ बढि ध्यान दिन समेत जरुरी देखिएको छ।

दुईदास मिलेर एक्कासी लठ्ठी प्रहारले आदित्यको मृत्य, दुबैदास प्रहरीको फन्दामा
21/12/2023

दुईदास मिलेर एक्कासी लठ्ठी प्रहारले आदित्यको मृत्य, दुबैदास प्रहरीको फन्दामा

विष्णुदेव सरदार/ सिराहा, ५ पुस । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका -४ सपही बस्ने ११ वर्षीय आदित्य कुमार ठाकुरको नाश....

21/12/2023

जनकपुर ५ पुस प्रेस मञ्च नेपाल मधेस प्रदेशको संघियता, समाजवाद, मधेस र पत्रकारिता बिषायक तिन दिवसीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रम अन्तिम दिन समापन गर्दै प्रेस मंच नेपाल मधेस प्रदेश अध्यक्ष अभ्रेन्द्र कुमार यादव।

21/12/2023

सिराहा जिल्लाको लहान नगरपालिका वडा नं १४ पिडर बोनिको एक रोड एक अवस्था ।
सडकमा आवत जावत प्रभावित हुने गरी गोरहा,पराल, भैसी,बाख्रा,गिट्टी वालुवा लगाएत वस्तुहरू राखिएको अवस्था वाडा अध्यक्ष धनीक लाल यादव बेखवर

21/12/2023

जनकपुर ५ पुस प्रेस मञ्च नेपाल मधेस प्रदेशको संघियता, समाजवाद, मधेस र पत्रकारिता बिषायक तिन दिवसीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रम अन्तिम दिन रमण टावर जनकपुर। समाजवाद सम्बन्धि गहन छलफल।

21/12/2023

लहान ५ पुस प्रेस मञ्च नेपाल मधेस प्रदेशको संघियता, समाजवाद, मधेस र पत्रकारिता बिषायक तिन दिवसीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रम अन्तिम दिन रमण टावर जनकपुर।

20/12/2023

लहान ४ पुस प्रेस मञ्च नेपाल मधेस प्रदेशको संघियता, समाजवाद, मधेस र पत्रकारिता बिषायक तिन दिवसीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रम दोस्रो दिन रमण टावर जनकपुर।

20/12/2023

रहमुल लहान ४ पुस प्रेस मञ्च नेपाल मधेस प्रदेशको संघियता, समाजवाद, मधेस र पत्रकारिता बिषायक तिन दिवसीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रम दोस्रो दिन रमण टावर जनकपुर।

20/12/2023

सिराहाको लाहान नगरपालिका -२ अन्तरगत पर्ने भानु आधारभुत विधालयको अबस्था जिर्ण बन्दै सरोकार वाला निकाइ मुखदर्शक ।।

सिरहाको धनगढीमाई १२ का वाडा अध्यक्ष शर्मालाई पितृ शोक https://www.sirahatimes.com/news/6437
20/12/2023

सिरहाको धनगढीमाई १२ का वाडा अध्यक्ष शर्मालाई पितृ शोक https://www.sirahatimes.com/news/6437

भ्रष्टाचारीको पहिचान बनाएका अधिकृत यादव मन्त्री साहको श्रीमान संजयको आर्शिवादले कोल्हवीमा भ्रष्टाचारको ताण्डव मच्चाउदै
20/12/2023

भ्रष्टाचारीको पहिचान बनाएका अधिकृत यादव मन्त्री साहको श्रीमान संजयको आर्शिवादले कोल्हवीमा भ्रष्टाचारको ताण्डव मच्चाउदै

रंजित चौरसिया,वीरगंज ०४ पुस । भ्रष्टाचारी कर्मचारीको रुपमा पहिचान बनाउन सफल भएका प्रमुख प्रशासकीय अधिकृत भरत प्....

पृथ्वीचन्द्र अस्पतालमा चोरी गरेको अभियोगमा गार्ड प्रहरीकाे नियन्त्रणमा
20/12/2023

पृथ्वीचन्द्र अस्पतालमा चोरी गरेको अभियोगमा गार्ड प्रहरीकाे नियन्त्रणमा

सुरेश यादव,नवलपरासी / पुस ४ । पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थीत पृथ्वीचन्द्र जिल्ला अस्पतालको टिकट काउन्टर....

19/12/2023

सिराहाको लाहान नगरपालिका २ अन्तरगत का आयुर्वेद औषधालयमा कर्मचारी आफ्नो कार्य समय अवधिमा उपस्थित नभएको कारण सेवा ग्राहिलाई उपचारमा सास्ती ।।

19/12/2023

रहमुल लहान ३ पुस प्रेस मञ्च नेपाल मधेस प्रदेशको संघियता, समाजवाद, मधेस र पत्रकारिता बिषायक तिन दिवसीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रममा प्रेस मन्च नेपाल मधेस प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव रमण टावर जनकपुर।

19/12/2023

सरकारको पैसालाई दुरुपयोग गर्दै आयुर्बेद अस्पताल लहान

19/12/2023
19/12/2023

रहमुल लहान ३ पुस प्रेस मञ्च नेपाल मधेस प्रदेशको संघियता, समाजवाद, मधेस र पत्रकारिता बिषायक तिन दिवसीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रम रमण टावर जनकपुर। बिशिस्ट अतिथिको रुपमा आफ्ना बिचार राख्दै मधेश प्रदेस मुख्यमन्त्री माननीय सरोज कुमार यादव।

Address

Lahan, Sagarmath
Siraha
00977

Alerts

Be the first to know and let us send you an email when Siraha Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siraha Times:

Videos

Share