Bishnupur Todays

Bishnupur Todays सूचना र प्रबधिको युग (सत्य, तथ्य र निष्पक्ष)

धनगढीमाई नगरपालिकामा आँखा शिविर अभियान जारी  ।।।विनोद मण्डल, माघ २६ । सिरहाको  धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो यत...
09/02/2024

धनगढीमाई नगरपालिकामा आँखा शिविर अभियान जारी ।।।

विनोद मण्डल, माघ २६ । सिरहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो यतिबेला आम जनताको आँखा जाच अभियानका साथ लागि पर्नु भएको छ ।

बिहीबार देखि संचालित आँखा जाँच शिविर अन्तर्गत नगरपालिकाको वडा १ र २ मा जम्मा ४०९ जनाले निशुल्क आँखा जाँच गराएका थिए जसमध्ये ११० जनामा मोतिया बिन्दुको रोग देखा परेको थियो ।

धनगढीमाई नगरपालिका र तिलगंगा आँखा जाच केन्द्र काठमाण्डौको समन्वयमा धनगढीमाई नगरपालिका वाडा न. ७ र ८ को संयुक्त आँखा जाच शिविर श्री जनता मा.वि. कसहाको प्राङ्गणमा १० बजे देखि ५ बजे सम्म संचालन गरी सम्पन्न भएको छ ।
वाडा नम्बर १ र २ बाट औपचारिक रूपमा आँखा जाच शिविरको एक कार्यक्रमका बीच शुरुवात गरेका मेयर शिवशंकर महतो लगातार आम जनताको आँखा जाँच गराईरहनु भएको छ ।

जारी आँखा जाँचका लागि नगरपालिकाद्वारा प्रकाशित सूचनामा नगरभित्रका संघ संस्थाका प्रतिनिधिहरु,बुद्धिजीवी , समाजसेवी लगाएतलाई शिविर सञ्चालनमा आवस्यक सहयोगको लागि अनुरोध गरिएको छ ।

मेयर शिवशंकर महतोको प्रमूख आथित्यमा धनगढीमाईको कसहामा संचालित आँखा जाँच शिविरमा करिब ३२४ जनाले निःशुल्क आँखाको जाँच गराउनु भएको छ ।

संचालित शिविरबाट जम्मा ३२४ जना मध्ये ४९ जनामा मोतिया बिन्दुको रोग देखा परेको छ ।

आँखामा देखा परेको समस्या अन्तर्गत सबै विरामीहरूको निःशुल्क अपरेशन तथा थप उपचार गरिने मेयर शिवशंकर महतोले जानकारी गराउनु भएको छ ।

पछिल्लो समय मेयर शिवशंकर महतो लगाएत सबै वडाका जनप्रतिनिधिहरुले स्वास्थ्य सेवा अन्तर्गत विभिन्न बिरामीहरुको निःशुल्क उपचारका लागि आवस्यक सहयोग गर्दै आउनु भएको छ ।

मिथलाको पवित्र नगरी ,मधेस प्रधेशको राजधानी  जनकपुरमा असोज २४-२५ गते हाम्रो गौरवशाली जन्ताको लोकप्रिय पार्टी ने क पा एमाल...
06/10/2023

मिथलाको पवित्र नगरी ,मधेस प्रधेशको राजधानी जनकपुरमा असोज २४-२५ गते हाम्रो गौरवशाली जन्ताको लोकप्रिय पार्टी ने क पा एमाले को प्रथम अधिवेशन भव्य र शभ्य रुपले सफल बनाउ।

05/10/2023

बराईली माथि जर्घाले गरे होटल भित्र दुरब्यबहार ।।।

विनोद मण्डल, असाेज १८ । पत्रकारिता जगतलाई बद्नाम हुने गरी एक होटल भित्र पत्रकारले पत्रकारलाई नै बल र तागतको धम्की दिँदै शक्ति प्रदर्शन गरेका छन ।

सिरहाको लहान स्थित पूर्व पश्चिम राजमार्गको उत्तरतर्फ रहेको कान्छा होटलमा स्थानिय पत्रकारसँग सम सामायिक विषय वस्तुमा कुराकानी भइरहेको अवस्थामा मदिराले लठ्ठ भएर उक्त होटलमा पुगेका सिरहाका पत्रकार भरत जर्घा मगरले जनआस्था साप्ताहिकका पत्रकार सन्तोष बराईलीमाथि दुव्र्यवहार गरेको छ ।

होटल भित्र पुगेका जर्घाले बराईलीलाई बेमौसमी कुरा झिकेर दादागिरी शैलीमा निहुँ खोज्दै पटक पटक पैसाको गड्डी खाजा राखिएको टेबुलमा पछार्दै , यो ५० हजार हो, यस्ता मूला पैसा हामीसँग पनि फालाफाल छ , भनेर विभिन्न प्रसङ्ग निकाल्न थालेपछि असहज महसुस गरेका बराईली होटलको बिल तिरेर वाहिरीन खोज्दा जर्घाले आफूलाई रोक्दै गाली गरेको बराईलीले बताए ।

प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका बराईली नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका पूर्व बोर्ड सदस्य पनि हुन ।

पत्रकार बराईली उपर भएको दुव्र्यवहार सम्पूर्ण संचारकर्मी माथिको आक्रमण भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाले ठहर गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सम्वन्धित निकायसँग जोड्दार माँग समेत गरेको छ ।

सिरहामा पत्रकार माथि भइरहेको प्रेस स्वतन्त्रता बिरोधी गतिविधि उपर गम्भीर ध्यानाकर्षण गराउदै पत्रकारलाई स्वतन्त्रतापुर्वक बाँच्न र लेख्न दिने संबैधानिक अधिकारको रक्षाका लागि सम्बन्धित निकायलाई नेपाल पत्रकार महासंघ सिराहा शाखाले अनुरोध समेत गरेको छ ।


06/08/2023

किसान सङ खेती सम्बन्धि सल्लाह सुझाव दिदै गर्दा को

06/08/2023

धनगढीमाइ न.पा.12 मडेयन गाउको किसानहरु सङ अर्गानिक खेती सम्बन्धि छलफल गरियो।

28/07/2023
ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीले ठुलाे परिमाणकाे लागुअाैषध सहित सुरूङ्गा नगरपालिकाे वडा नम्वर १काे पन्र्दकठे भन्ने ...
13/07/2023

ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीले ठुलाे परिमाणकाे लागुअाैषध सहित सुरूङ्गा नगरपालिकाे वडा नम्वर १काे पन्र्दकठे भन्ने स्थानबाट लागुअाैषध काराेवारीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय भेडिया सप्तरीका प्रहरी निरीक्षक शाेभन बिक्रम राणाकाे टाेलीले ठुलाे परिमाणकाे प्रतिबन्धित लागुअाैषध सहित लागुअाैषधका कुख्यात काराेवारी सुनाप १का अनाेज धिमिरेलाई पक्राउ गरेकाे हाे । सप्तरी प्रहरीले पक्राउ गरेकाे लागुअाैषकाे परिमाण मध्ये याे सबैभन्दा अहिल्य सम्मकै ठूलाे परिमाणमा पर्छ ।

जैविक खेतितिर उन्मुख हुँदै नवराजपुर गा.पा.बद्री नारायण महतो मधेश प्रदेश को सिरहा जिल्ला नवराजपुर गा.पा.कृषि बिकास शाखा क...
01/07/2023

जैविक खेतितिर उन्मुख हुँदै नवराजपुर गा.पा.
बद्री नारायण महतो
मधेश प्रदेश को सिरहा जिल्ला नवराजपुर गा.पा.कृषि बिकास शाखा को कार्यक्रम कम्पोस्ट मल सम्बन्धि 3 दिने तालिम दिई किसानहरुलाइ कम्तिमा २ कठा अर्गानिक धान खेती गर्न गा.पा.अध्यक्ष श्री शिव उदगार यादब को जोड कार्यक्रम मा भन्दै आउदो दिनमा आफ्नै गा.पा.भित्र अर्गानिक मल उत्पादन गरि युवा हरुलाइ रोजगारि र किसानहरुलाइ मलमा पहुच पुर्याउछु, वहाँ आफै कृषि मा उत्सुक हुनुहुन्छ।

ढैचाँको विकल्प कारण १. रासायनिक मल र विषाधिको अधिक प्रयोगले माटोमा रहेको जैविक प्रकृयामा असर र माटोमा प्राङ्गारिक पदार्थ...
16/06/2023

ढैचाँको विकल्प
कारण
१. रासायनिक मल र विषाधिको अधिक प्रयोगले माटोमा रहेको जैविक प्रकृयामा असर र माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून
तालिम केन्द्रमा रहेको जमिनमा माटो जाँच गर्दा प्राङ्गारिक पदार्थको मात्रा जम्मा १.५७ मात्र रहेको देखिएको
२. रासायनिक मलखाद निरन्तर प्रयोगको कारण माटोमा अम्लियनाको मात्रा बढि देखिएको
३. रासायनिक मल युरिया, डिएपी र पोटास अावश्यक मात्रामा समयमा नपाएको
४. घुम्ति वालिको रुपमा लामो समयदेखि कोसेवाली नलगाईएको, झारनासक तथा अन्य विषाधिको अत्याधिक प्रयोगले माटोको जैविक प्रकृया नोक्सान भई मसुरो समेत कम फल्ने गरेको किसानको गुनासो
५. किसानको बालिचक्रमा लामो समयसम्म पनि कोशेबालि नलाएको (माटोबाट पौष्टिक खाद्यतत्व चुस्ने मात्र बालि मात्र लगाएको)
चितवनको हालको अत्याधिक किसानको बालिचक्र
धान-तोरी-धान (लामो समय देखि)
धान-गहु-धान
धान-फापर-धान
धान-तोरी-मकै
धान- अालु-मकै
धान-मुसुरो(मुसुरो खासै नफल्ने गुनासो)-धान

ढैचाको अावश्यकता
माटोमा प्राङ्गारिक पदार्थको मात्रामा वृद्धि गर्न, माटोको जैविक प्रकृयालाई बढाउन, मलखाद नाईट्रोजनको मात्रामा वृद्धि गर्न, धुम्तिबालिको रुपमा लगाउदा रोग, किरा र झार नियन्त्रण गर्न, माटोलाई खुकुलो बनाई माटोमा पानीको मात्रा होल्ड गर्ने क्षमता वृद्धि गर्न साथै अन्य अादि अावश्यकताले गर्दा सके एक बर्ष नसके दुई तीन बर्षको बालिचक्रको रुपमा एक पटक ढैचाँ तथा सनाई खेति गर्दा राम्रो देखिन्छ। बीउ उत्पादनको रुपमा गर्दा समेत बीउको माग बजारमा रहेको पाईएको
तस्विर तालिम केन्द्रमा लगाईएको ढैचा

Help post : बालक भेटिएको सूचना !अफ्नो नाम गोपाल देबकोटा र बुवाको नाम बसन्त देवकोटा बताउने अन्दाजी १० वर्षको र आफ्नो जिल्...
15/06/2023

Help post : बालक भेटिएको सूचना !
अफ्नो नाम गोपाल देबकोटा र बुवाको नाम बसन्त देवकोटा बताउने अन्दाजी १० वर्षको र आफ्नो जिल्लाको नाम भन्न नसक्ने तर आफ्नो घर सान्नी बताउने, भारत आउँदा सुर्खेत जिल्ला बाट संयुक्त यातायातकाे टिकट काटी आएको देखिन्छ ।
अहिले उत्तरप्रदेश काे हापुड जिल्लामा बेवारिसे अवस्थामा भेटिएका छन् । यो पोस्ट लाई धेरै भन्दा धेरै Share गरी यस बाबु लाई उहाँको आमा बुवा आफन्त सम्म पुर्याउन संपूर्णले सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ । 🙏
संपर्क नंबर : आकाश तामाङ ( 00917056764610)
( 00917300634812)

Address

Dhangadhimai-12
Siraha
56500

Alerts

Be the first to know and let us send you an email when Bishnupur Todays posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishnupur Todays:

Videos

Share



You may also like