हाम्रो दक्षिण ललितपुर

हाम्रो दक्षिण ललितपुर Explore Southern Lalitpur without criticism; focus on positive information flow. 🙏

यो अमृत समान बेते साग उसिनेर साँधेर बनाएको अचार धेरैलाई मन पर्छ तर आजकल यो साग धेरैले खान छोडेका छन भने कतिले चाखेको पनि...
25/10/2024

यो अमृत समान बेते साग उसिनेर साँधेर बनाएको अचार धेरैलाई मन पर्छ तर आजकल यो साग धेरैले खान छोडेका छन भने कतिले चाखेको पनि छैन ।
आजा यो सागको बारेमा र यसका फाईदाहरु जानौ है त ।
यसको बैज्ञानिक नाम (ल्याम्ब्स क्वार्टर) Lamb’s Quarters हो र यसलाई बिदेश तिर Wild spinach पनि भनिन्छ किनकि यसमा भरपुर भिटामिन तत्वहरु पाईन्छ ।

यो साग भिटामिन A, C, र K मा धनी छ, जसले क्रमशः आँखा मा, रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।

यसमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, र फलाम जस्ता महत्त्वपूर्ण खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डी बलियो मांसपेशीको काममा, र शरीरमा अक्सिजनको परिवहनमा मद्दत गर्छ।

यो साग "एन्टिअक्सिडेन्ट्समा" पनि धनी छ, जस्तै फ्लाभोनोइड्स र क्यारोटेनोइड्स, जसले अक्सिडेटिभ तनावलाई कम गर्न र मुटुरोग तथा क्यान्सरजस्ता दीर्घकालीन रोगहरूको जोखिम घटाउन मद्दत गर्छ। छालालाई राम्रो पनि बनाउन मद्दत गर्छ ।

मुटुको स्वास्थ्यलाई राम्रो गराउछ । पोटासियम र म्याग्नेसियमको मात्रा (Blood pressure) रक्तचापलाई पनि सन्तुलित राख्न र मुटुको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।

प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । यसमा भएको उच्च भिटामिन C ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले शरीरलाई अन्य रोगको संक्रमण र रोगहरूको सामना गर्न मद्दत गर्छ।

हड्डीको स्वास्थ्य सुधार गर्छ क्याल्सियम र भिटामिन K मा धनी, यो सागले हड्डीलाई बलियो बनाउन सहयोग गर्छ र हड्डी कमजोर हुने समस्या (अस्टियोपोरोसिस) को जोखिम घटाउँछ।

पाचनमा मद्दत पुर्याउँछ यसमा भएको फाइबरले स्वस्थ पाचनलाई प्रोत्साहन गर्छ र कब्जियत कम गर्छ ।

मोटोपन घटाउन पनि सहयोग गर्छ । कम क्यालोरी र कार्बोहाइड्रेट भएको यो सागले तौल घटाउन सहयोग गर्छ । थोरै खाएर शरिरमा धेरै पोषक पदार्थ दिने राम्रो विकल्प हो।

सजिलै बारिमा पाईने। गोडमेल मलजल केहि गर्न नपर्ने हाम्रो अर्गानिक साग (जटिबुटि जन्य साग) बिर्सिएर बिभिन्न बिषादि हालेर उमारेको विदेशि सागहरुमा पल्किएर स्वस्थ्य र पैसा खराब नगरौ।

#दक्षिणललितपुर

हाम्रो आफ्नै घर आँगन र चौरतिर जताततै पाईने यो घाँस प्रायः बेवास्ता गरिने यो झार औषधीय गुणहरूको एक खजाना राखेको छ,  यो सा...
23/10/2024

हाम्रो आफ्नै घर आँगन र चौरतिर जताततै पाईने यो घाँस प्रायः बेवास्ता गरिने यो झार औषधीय गुणहरूको एक खजाना राखेको छ, यो साधारण देखिने बिरुवा, स-साना कुचो जस्ता फलहरू र पातलो डाँठसहित, थुप्रै रोगहरूमा राहत प्रदान गर्ने उल्लेखनीय उपचार क्षमताहरू समावेश गर्दछ, जसले धेरैलाई चकित पार्न सक्छ।

१. छालाका जलन र डाबर:
पोलेको छालामा लगाउदा सितल दिन्छ। डाबर र साना पोलेको घाउको लागि प्रभावकारी उपचार बनाउँछ। यसको एन्टि-इन्फ्लामेटरी (सूजन कम गर्ने) गुणहरूले राहत प्रदान गर्न र उपचार प्रक्रियामा सहयोग पुर्‍याउन सक्छ।

२. डिटक्सिफिकेसन (शरीर शुद्धीकरण):
डाइयुरेटिक (मूत्रवर्धक) भएकाले, गुसे घाँसले मिर्गौलाको कार्यलाई सहयोग गर्छ र फोहोर तथा विषहरूसँग छुटकारा पाउन सहयोग पुर्‍याउँछ।

३. पाचनसम्बन्धी समस्याहरू:
गुसे घाँसबाट बनाइएको चियाले ऐतिहासिक रूपमा पाचन समस्याहरू जस्तै अपच, ग्यास, र कब्जियतको उपचारमा मद्दत गर्ने गरेको छ।

४. पिसाब नलीको संक्रमण (UTI):
यसमा हल्का एन्टिमाइक्रोबियल (कीटाणु नाशक) गुण भएकाले गुसे घाँसले पिसाब नलीको संक्रमणसँग सम्बन्धित लक्षणहरूलाई कम गर्न मद्दत गर्न सक्छ।

५. लिम्फ्याटिक समर्थन:
लिम्फ्याटिक प्रणालीको निकासलाई उत्तेजित गर्ने क्षमताका लागि परिचित, गुसे घाँसले अतिरिक्त तरल पदार्थ हटाउन मद्दत गर्छ र स्वस्थ लिम्फ्याटिक प्रणालीलाई प्रोत्साहन गर्दछ।

६. गाठगुठी र जोर्नी दुखाइ:
स्थानीय रूपमा प्रयोग गर्दा वा स्नानमा प्रयोग गर्दा, गुसे घाँसले गाठगुठी र जोर्नीको दुखाइसँग सम्बन्धित सूजन कम गर्न र असहजता कम गर्न मद्दत गर्न सक्छ।

७. श्वासप्रश्वास स्वास्थ्य:
यो घाँसबाट बनाइएको मिश्रणले खोकी, रुघा र ब्रोंकाइटिसको लक्षणहरूलाई कम गर्न मद्दत गर्ने गरेको छ, जसले श्वासप्रश्वास सम्बन्धी रोगहरूको उपचारमा राहत प्रदान गर्दछ।

८. घाउको उपचार:
गुसे घाँसको एस्ट्रिन्जेन्ट (घाउमा थिच्ने) गुणहरूले रगत बग्न रोक्न मद्दत गरेर र चिल्लो बनाउन सहयोग गरेर घाउको उपचारमा समर्थन पुर्‍याउँछ।

९. कपाल र टाउकोको स्वास्थ्य:
गुसे घाँसबाट बनाइएको पखालाले स्वस्थ टाउकोको छालालाई सहयोग पुर्‍याउन सक्छ, जसले चायाँ घटाउन र कपालको स्वास्थ्य बनाउन सहयोग गर्छ।

१०. तनाव र चिन्ता:
हर्बल उपचारको रूपमा, गुसे घाँसले हल्का शान्त पार्ने प्रभावहरू राख्ने विश्वास गरिन्छ, जसले तनाव घटाउन मद्दत गर्छ।

#दक्षिणललितपुर

ललितपुर गोदावरी  नगरपालिका   ११  चापागाउँका  किसान   प्याङगाउँ  चउरमा  धान  सुकाउँदै  । #दक्षिणललितपुर
22/10/2024

ललितपुर गोदावरी नगरपालिका ११ चापागाउँका किसान प्याङगाउँ चउरमा धान सुकाउँदै ।
#दक्षिणललितपुर

अरु पालीकाहरुको के होला स्थिती ?
14/10/2024

अरु पालीकाहरुको के होला स्थिती ?

12/10/2024

बाढी र पहिराे बाट प्रभावित माँहाकाल माध्यमिक विद्यालय तथा क्याम्प ।

दक्षिण ललितपुरकाो सदरमुकाम  चापागाउँ  बेच्न राखिएको खसी बोका। #दक्षिणललितपुर
10/10/2024

दक्षिण ललितपुरकाो सदरमुकाम चापागाउँ बेच्न राखिएको खसी बोका।
#दक्षिणललितपुर

ल है छिटो गरौ मासु भाग लगिसक्यो । 😀
06/10/2024

ल है छिटो गरौ मासु भाग लगिसक्यो । 😀

05/10/2024

घर जाने मोटर बाटो खुलेको छ है । भारदेउ सानोबास को बाटो र नल्लु चौघरेको र उन्युचौर मध्यमार्गि बाटो पनि खुलेको छ । अरु बाटोको तुलनामा मध्य मार्गीमा कम क्षति भएको पाईएको छ ।

बाढीले घरलाई चुँडेर उजाड वालुवामा परिणत गरेको छ, तर विनाशको बीचमा पनि अगाडि रहेको धार्मिक झण्डा अडिग उभिएको छ, मानौं आस्...
04/10/2024

बाढीले घरलाई चुँडेर उजाड वालुवामा परिणत गरेको छ, तर विनाशको बीचमा पनि अगाडि रहेको धार्मिक झण्डा अडिग उभिएको छ, मानौं आस्था र विश्वासलाई कुनै विपत्तिले झुकाउन सक्दैन।
अत्यन्त निर्मम अनि कारुणिक फोटो ।

04/10/2024

बिपत्तमा यसरी स्थानिय सरकार र जनताहरु पनि एकजुट भएर सहयोगमा खरो उत्रिएको देख्दा खुशि लाग्यो ।
धन्यावाद सबै सहयोगि हातहरुलाई र
धन्याबाद स्थानिय सरकारहरुलाई ।।

हुन त नहुनु बिजोक भईसक्यो तर फेरि पनि सुरक्षित रहनुहोला । Highly alert !!!
02/10/2024

हुन त नहुनु बिजोक भईसक्यो तर फेरि पनि सुरक्षित रहनुहोला ।

Highly alert !!!

30/09/2024

दक्षिण ललितपुरका स्थानिय सरकारहरु एक पटक होईन हरेक पटक यस्ता बिपत्ति व्यवस्थापनका र पुर्व योजनामा अत्यन्तै कमजोर देखिएको छ। सबैभन्दा ठूलो कमजोरी भनेकै हरेक बर्ष आईरहने यस्तै विपत्तिको पुर्वानुमान भएर पनि खतराका नजिक रहेको जनतालाई अलर्ट गर्न नसकिनु र कुनै पनि पुर्व योजना नहुनु हो।

हुन त यस्तो प्राकृतिक विपत्ति रोक्ने अलौकिक शक्ति कसैसंग छैन तर यसबाट बच्न र बचाउन धेरै पूर्वतयारीका उपाएहरु छन जुन स्थानिय सरकारबाट कडा रुपमा लागू गरिनु पर्दछ ।

मृत आत्माहरुलाई हार्दिक श्रद्धांजलि र घाईते तथा शोकाकुल परिवारलाई ईश्वरले सहन सक्ने शक्ति प्रदान गरुन् !!

यस्तो संकटको बेला पनि सहयोग सद्भावको साटो फोहोरी राजनितिक चाहि नगरौ !

#दक्षिणललितपुर

28/09/2024
फोटो हेर्दा नै आनन्द लाग्ने । 😍 #दक्षिणललितपुर
05/06/2024

फोटो हेर्दा नै आनन्द लाग्ने । 😍

#दक्षिणललितपुर

03/06/2024

एक अर्ब बढीको भ्रष्टचार 😳😳

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर नेपाली कांग्रेस नेता गजेन्द्रबहादुर महर्जन सहित १४ जनाविरुद्ध आज विशेष अदालतमा १ अर्ब भन्दा बढीको बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले एकै कसुरमा ५ वटा मुद्दा दायर गरेको छ ।

मापासेमा परेपछि स्वयमसेवक बनाएर सडकमा खाटाईदै ।गृहमंत्रीले बुद्धजयन्ती पारेर यो नियम लगाएका थियो।  #दक्षिणललितपुर
29/05/2024

मापासेमा परेपछि स्वयमसेवक बनाएर सडकमा खाटाईदै ।
गृहमंत्रीले बुद्धजयन्ती पारेर यो नियम लगाएका थियो।

#दक्षिणललितपुर

28/05/2024

फेरि कान्तिलोक पथमा ( कार्किबास) सुख्खा पहिरो । बाईक र ट्याक्टर पुरिदा दुई जना घाईते र उपचारका लागि पाटन अस्पताल लगिदै ।
#दक्षिणललितपुर

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो दक्षिण ललितपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो दक्षिण ललितपुर:

Videos

Share


Other Media/News Companies in Lalitpur

Show All