Access Media Pvt. Ltd.

Access Media Pvt. Ltd. Nepal's most popular digital magazine. For News & Events:
Call us at 9851169768,
For Advertisement:
Call us at 9851169768
[email protected]
(8)

09/07/2022

श्रीलङ्काको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका...

मोरङको रङ्गेलीमा मङ्गलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ।अर्का एक विद्यार्थी  गम्भीर घाइते भएका छ...
29/06/2022

मोरङको रङ्गेलीमा मङ्गलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ।अर्का एक विद्यार्थी गम्भीर घाइते भएका छन्। रङ्गेली–७ स्थित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले दिउँसो करिब साढे ३ बजेतिर सोही विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई किचेको थियो। स्कुल छुट्टी भएपछि विद्यार्थी बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रित भएर किच्दा रङ्गेली–७ का महादेव मण्डलका ४ वर्षीय छोरा रिपिक मण्डलको घटनास्थलमै मृत्यु भएको हो।...

https://easykhabar.com/?p=10166

मोरङको रङ्गेलीमा मङ्गलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ।अर्का एक विद्यार्थी गम्भीर घाइ...

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएको छ । काठमाडौँ आउनुअघि उ...
26/06/2022

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएको छ । काठमाडौँ आउनुअघि उहाँ नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । राजदूत श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नुभएको छ । साथै उहाँले वासिङटन, बेइजिङ, सङ्घाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको दुतावासले जनाएको छ । यसअघिका भारतीय राजदूत विनयमोहन क्‍वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि राजदूत पद रिक्त भएको थियो ।

https://easykhabar.com/?p=10162

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएको छ । काठमाडौ....

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताए...
26/06/2022

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताएका छन् । सरकारले नागरिकतासम्बन्धी विद्येयक पारित गराउनेगरि अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गरे । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नागरिकतासम्बन्धी विद्येयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने दाबी गरे । उनले भने–‘नेपालमा जनसांख्यिक आक्रमण गरेर नेपालीलाई अल्पमतमा पार्न मिल्दैन् । यदि अहिले ल्याएको नागरिकतासम्बन्धी विद्येयक पारित गराउने हो भने नेपालका जनता चाहीँ अल्पमतमा पर्ने र अंगिकृत नागरिक (विदेशबाट) नेपाल आएकाहरु बहुमतमा हुनेछन् । हामीले यो कुरा फिजीमा देखेका छौं । नागरिकतासम्बन्धी पटक–पटक सर्वोच्चले पनि निर्णय गरेको छ । सत्ता स्वार्थलाई पूरा गर्नको लागि यस्तो काम गर्नुहुँदैन् । ०७२ को संविधानमा केही त्रुटि भएको भएपनि त्यसलाई सच्याएर जानुपर्छ । वैवाहिक अंगिकृतका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था पारित गर्नुहुन्न । यो हाम्रो पार्टीको माग हो ।’...

https://easykhabar.com/?p=10159

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढा....

26/06/2022

सामुदायिक रुपमा सञ्चालित मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टलको सहकार्यमा शिविर सञ्चालन गरेको हो । शनिबार आयोजित शिविरमा २८४ जना दाँतका बिरामी र ४४७ जना आँखाका बिरामीले लाभ लिएका छन् । यस्तै, १२ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक अरुण शर्माले जानकारी दिए ।...

https://easykhabar.com/?p=10155

सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथ...
25/06/2022

सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ । यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

https://easykhabar.com/?p=10153

सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग .....

नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेज भरतपुरबीच बहालवाला प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीहरु तथा अमर प्र...
25/06/2022

नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेज भरतपुरबीच बहालवाला प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीहरु तथा अमर प्रहरी परिवारका सदस्यहरुलाई उक्त कलेजमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कलेजको कार्यालय भरतपुर महानगरपालिका-१० चितवनमा शुक्रबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष कुसुम लता सिंह र चितवन मेडिकल कलेजको तर्फबाट अस्पतालका निर्देशक प्रो.डा. दयाराम लम्सालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौतापत्र आदानप्रदान समेत गर्नुभयो ।...

https://easykhabar.com/?p=10150

नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेज भरतपुरबीच बहालवाला प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीहरु त.....

आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक अनुमानित बजेट २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ पेश भएको छ ।...
25/06/2022

आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक अनुमानित बजेट २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ पेश भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभाको ११ औँ अधिवेशनमा सभाकी उपाध्यक्ष एवं महानगरकी उपप्रमुख सुनिता डंगोलले अनुमानित बजेट पेश गर्नुभएको हो । सभामा महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गर्नुभएको थियो । त्यस अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रकुमार श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव लोकनाथ पौड््यालसहित नगर सभा सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।...

https://easykhabar.com/?p=10146

आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक अनुमानित बजेट २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ पेश भए...

सवारीचालक अनुमतिपत्रको विवरण सच्याउन बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सूचना जारी गर्दै तत्कालको ला...
24/06/2022

सवारीचालक अनुमतिपत्रको विवरण सच्याउन बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सूचना जारी गर्दै तत्कालको लागि हिज्जे, नागरिकता नम्बर, ठेगाना, जन्ममिति, मोबाइल नम्बर, बाबुको नाम, बलाद ग्रुप, जारी मिति, नबिकरण मिति अर्को सूचना नभएसम्मको लागि नसच्याउने बताएको छ ।

https://easykhabar.com/?p=10143

सवारीचालक अनुमतिपत्रको विवरण सच्याउन बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सूचना जारी गर्दै त...

हाइजा (हैजा) परिचय हाइजा (हैजा) दूषित खानेकुरा वा पानीको सेवनबाट हुने आन्द्राको संक्रमणबाट हुने तीव्र निर्जलीकरण पखाला र...
24/06/2022

हाइजा (हैजा) परिचय हाइजा (हैजा) दूषित खानेकुरा वा पानीको सेवनबाट हुने आन्द्राको संक्रमणबाट हुने तीव्र निर्जलीकरण पखाला रोग हो। यसले स्वस्थ वयस्कलाई घण्टामै मार्न सक्छ। यो एक रोग हो जसमा पेट र आन्द्रा को अपच र मलीन खाद्य पदार्थ बान्ता र पखाला मार्फत बाहिर धकेल्छ। अर्को शब्दमा यो फसाद-ए-गिजा (खानाको क्षय) र फसाद-ए-हाज्म (डिस्पेप्सिया) को कारणले हुन्छ। यो एक अत्यधिक संक्रामक रोग हो जसले तुरुन्तै झाडापखाला निम्त्याउँछ, जसले गर्दा शरीरबाट तरल पदार्थ र इलेक्ट्रोलाइट्सको भारी हानि हुन्छ। यो हानि या त हिंसक बान्ता वा दिसा मार्फत हुन सक्छ।...

https://easykhabar.com/?p=10141

हाइजा (हैजा) परिचय हाइजा (हैजा) दूषित खानेकुरा वा पानीको सेवनबाट हुने आन्द्राको संक्रमणबाट हुने तीव्र निर्जलीकरण ....

काठमाण्डू उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बर्खायाममा अस्पताल ...
24/06/2022

काठमाण्डू उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए। डा. दासले भने, "शुरूमा काठमाण्डूको बागबजारमा दुईजना बिरामी फेला परेका हुन्। धेरै सिकिस्त भएकोले आईसीयूमै भर्ना गर्नुपर्‍यो, तर अहिले जेनरल वार्डमा सारिएको छ।" त्यसबाहेक काठमाण्डूकै डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक/एकजना बिरामी भेटिएको उनले जानकारी दिए। डा. दासका अनुसार भर्ना भएका हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन्।

https://easykhabar.com/?p=10138

काठमाण्डू उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बर्खायाम....

मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई जनकपुरस्थित रेल्वे स्टेशनमा स्वागत गर्नुभएको छ । रामायण सर्किट रेल चढेर आउन...
23/06/2022

मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई जनकपुरस्थित रेल्वे स्टेशनमा स्वागत गर्नुभएको छ । रामायण सर्किट रेल चढेर आउनु भएका भारतीय पर्यटकलाई उहाँले गमछा र पुष्पगुच्छाले स्वागत गर्नुभएको हो । करिब पाँच सय भारतीय पर्यटक लिएर भारत गौरब पर्यटक रेल आज दिउँसो जनकपुर आइपुगेको हो । पर्यटकहरुलाई मुख्यमन्त्री राउतले स्वागत गर्दै यसले नेपाल–भारत बीच सम्बन्धमा नयाँ आयाम थपेको बताउनुभयो । रामायण सर्किटले जनकपुरधामको पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । मुख्यमन्त्री राउतले जनकपुरको प्रचार प्रसार धार्मिक पर्यटकीय स्थलको रुपमा देश विदेशमा गर्नुपर्नेमा जोड दिनुभयो । भारत गौरब पर्यटक रेलमा सवार पर्यटकलाई मुख्मयन्त्री राउतसहित उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लगायत जनकपुरका होटेल व्यवसायीहरुले गमछा, पुष्प गुच्छाले स्वागत गर्नुभएको थियो ।...

https://easykhabar.com/?p=10135

मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई जनकपुरस्थित रेल्वे स्टेशनमा स्वागत गर्नुभएको छ । रामायण सर्किट र....

दीपक महतोले अगामी निर्वाचनमा सर्लाही क्षेत्र न. ३ बाट संघीय सांसदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । नेता महतोले उ...
23/06/2022

दीपक महतोले अगामी निर्वाचनमा सर्लाही क्षेत्र न. ३ बाट संघीय सांसदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । नेता महतोले उम्मेदवारी घोषणा गरे पनि पार्टीको नाम चाहि खोलाईएको छैन । उनी जसपाका संघीय परिषद सदस्य तथा समाजवादी युवा संघका केन्दृय उपाधयक्ष एवम विदेश विभाग प्रमुख हुन । महतो विधार्थी काल देखि नै राजनितिमा सकृय भएर संगठनको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन । उनी राजनैतिक तथा समाजिक क्षेत्रमा थुप्रै कामहरु गरेका छन । २०६२/६३ जन आन्दोलन , मधेश जनविद्रोह, २०७२ सालको दोस्रो मधेश आन्दोलनमा सहभागी भई बिभिन्न काल खण्डमा आन्दोलनका अगुवाई तथा नेतृत्व गर्दै आएको छ । समाजिक कार्यहरुमा पनि सकृय छन ।...

https://easykhabar.com/?p=10132

दीपक महतोले अगामी निर्वाचनमा सर्लाही क्षेत्र न. ३ बाट संघीय सांसदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । नेता म....

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस ल...
23/06/2022

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनको अडियोबारे छानबिन भइरहेको बताउनुभएको छ। केही दिनअघि जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेन कुराकानीको अडियो सार्वजनिक भएको थियो। त्यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिनै गठन गरिएको स्पष्ट पार्नुभयो। बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले न्यायालय सुधारका लागि सरकारले अभियाननै संचालन गरिएको दाबी गर्नुभयो।...

https://easykhabar.com/?p=10129

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइ.....

मुख्यमन्त्री लालबाबु राउतले बिज्ञान प्रबिधिको बिकास नै बिकासको मुल आधार रहेको बताउनु भएको छ। युवा परिषद नेपालको आयोजनामा...
23/06/2022

मुख्यमन्त्री लालबाबु राउतले बिज्ञान प्रबिधिको बिकास नै बिकासको मुल आधार रहेको बताउनु भएको छ। युवा परिषद नेपालको आयोजनामा मधेस प्रदेशको राजधानी जनकपुरधाममा भएको २ दिवसिय राष्ट्रिय युवा बैज्ञानिक सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले बिज्ञानको अध्ययनले कुनैपनी समाजको गरिबी दुर गर्न सकिने उल्लेख गर्नु हुँदै नेपाल जस्तो आर्थिक रुपले पछाडी परेको देशको बिकासको मुहान नै बिज्ञानको विकास बन्नेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।...

https://easykhabar.com/?p=10127

मुख्यमन्त्री लालबाबु राउतले बिज्ञान प्रबिधिको बिकास नै बिकासको मुल आधार रहेको बताउनु भएको छ। युवा परिषद नेपालक.....

आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत स्वीकृत भएको छ । प्रमुख ब...
23/06/2022

आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत स्वीकृत भएको छ । प्रमुख बालेन्द्र शाह (बालेन) ले अधिवेशनको पहिलो बैठकमा पेश गर्नुभएको नीति आज बसेको सभाले सर्वसम्मत स्वीकृत गरेको हो । प्रमुख शाहको अध्यक्षतामा सभा सञ्चालन भएको थियो । उहाँले पहिलो बैठकमा ४१ बुँदामा आ. व. २०७८/०७९ को वार्षिक समीक्षा गर्दै १६३ बुँदामा क्षेत्रगत नीति कार्यक्रम पेश गर्नुभएको थियो ।...

https://easykhabar.com/?p=10125

आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत स्वीकृत भएको छ । .....

गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ...
23/06/2022

गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । बुधबार राती मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको हो । बढुवा हुनेहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली छन् । यस्तै किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र अन्तिममा किरण राणा रहेनु भएको छ । नामावलीको सूचि होर्नुहोला:

https://easykhabar.com/?p=10122

गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस ....

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गर...
21/06/2022

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

https://easykhabar.com/?p=10120

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्न.....

असार ६ गते सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्ले सात वटा निर्णय गरेका छन् । मन्त्री परिषदको बैठकको निर्णयलाई मंगलबार ...
21/06/2022

असार ६ गते सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्ले सात वटा निर्णय गरेका छन् । मन्त्री परिषदको बैठकको निर्णयलाई मंगलबार विहान सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सात वटा महत्वपुर्ण निर्णय गरिएको जानकारी दिनुभयो । मन्त्रीपरिषद्ले नेपाल वायूसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्वन गरेको छ भने जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । त्यसै गरी कोहलपुर– सुर्खेत १३२ केभि प्रशारण लाइन विस्तारका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एपीपी) लाई अघि नबढाउने , सबै सरकारी निकायहरुले कुटनीतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालय मार्फत् गर्ने, नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसै गरी रिक्त रहेको राष्ट्रिय समाचार समितिको अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

https://easykhabar.com/?p=10117

असार ६ गते सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्ले सात वटा निर्णय गरेका छन् । मन्त्री परिषदको बैठकको निर्णयलाई ...

इन्धन महागिएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिव...
20/06/2022

इन्धन महागिएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।

https://easykhabar.com/?p=10114

इन्धन महागिएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फ....

सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस भएका...
20/06/2022

सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस भएका छन् । बढुवा समितिको आइतबार साँझ बसेको बैठकले ३७ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

https://easykhabar.com/?p=10109

सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफा.....

मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । हराएका ...
20/06/2022

मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले जिल्ला ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मी सडक खण्डबाट बास्तविक नम्बर परिवर्तन गरी बाग्मति प्रदेश-०२-०१५प४४०० नम्बरको सेतो २०० सि.सि.को पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा जिल्ला मकवानपुर थाहा न.पा.-११ घर भई हाल कलंकी बस्ने वर्ष २३ को प्रताप तामाङ्गलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभयो ।...

https://easykhabar.com/?p=10106

मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ...

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ। आइतबार प्राधिकरणले नेपाल ...
20/06/2022

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ। आइतबार प्राधिकरणले नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति (भीआईपी) को उडानमा दुई जना हेलिकप्टर पाइलट अनिवार्य रहनुपर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो। आइतबार प्रवक्ता निरौलाले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा स्वचालित प्रणालीले तोके बमोजिम हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने व्यवस्था हेलिकप्टर कम्पनीले गर्नुपर्ने उल्लेख गरिएको छ। उड्डयन प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार दुई जना पाइलट राख्ने निर्णय भएको तीन वर्षभित्र पाइलटको पदपूर्तिको व्यवस्था अनिवार्य मिलाउनुपर्ने निर्णयसमेत भएको छ।

https://easykhabar.com/?p=10102

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ। आइतबार प्राधिक....

नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ। आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टी...
20/06/2022

नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ। आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको हो। निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन। निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ।

https://easykhabar.com/?p=10098

नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ। आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजे....

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ। दिसाको कल्चर गर्दा  हैजा पुष...
19/06/2022

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ। दिसाको कल्चर गर्दा हैजा पुष्टि भएको अस्पतालमा सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो। उहाँहरुलाई र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि हैजाको आंशकामा बिहीबार अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। सूचना अधिकारी गौतमका अनुसार हाल उहाँहरुको अवस्था सामान्य रहेको छ। सोमबार आईसीयूबाट वार्डमा सार्ने तयारी भएको छ।

https://easykhabar.com/?p=10094

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ। दिसाको कल्चर गर्दा ह...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। महानगर प्रमुख बालेन्द्र शाहले ...
19/06/2022

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। महानगर प्रमुख बालेन्द्र शाहले “सांस्कृतिक सहर, समृद्ध महानगर” निर्माणको मुख्य उद्देश्यसहित आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

https://easykhabar.com/?p=10090

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। महानगर प्रमुख बालेन्.....

टोखा नगरपालिका-१ मालुङ बस्ने पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ...
19/06/2022

टोखा नगरपालिका-१ मालुङ बस्ने पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा मोरङ घर भई हाल काठमाडौं टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बु लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका-१ मालुङस्थित निर्माणाधीन घरमा काम गर्ने कामदारहरूबीच झै-झगडा हुँदा गम्भीर घाइते भएका दिपेन लिम्बुको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

https://easykhabar.com/?p=10085

कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न तीन जना पक्राउ

Address

Patan
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Access Media Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Access Media Pvt. Ltd.:

Share


Other Media/News Companies in Lalitpur

Show All