Arun Kirati

Arun Kirati एक सामान्य मान्छे !

20/08/2024

देश बिगारेको नेताले हो, शासकले बिगारेको हो। तर, नेताले मात्र चाहिँ देश बिगारेको होइन, उनीहरूको कुकर्ममा अन्धधुन्ध समर्थन जनाउने विवेकहीन कार्यकर्ताले पनि देश बिगारेको हो। देश प्रशासकले बिगारेको हो। तर, प्रशासकले मात्र होइन, प्रशासकलाई गलत काम गर्न अनुचित दबाब र प्रलोभनमा पार्ने देशको सामाजिक संरचना र राजनीतिक संयन्त्रले पनि हो।

देश घुस खाने कर्मचारीले बिगारेको हो। तर घुस खाने कर्मचारीले मात्र चाहिँ बिगारेको होइन, आफ्नो अनुचित काम गराउन घुस खुवाउने सेवाग्राहीले पनि बिगारेको हो। देश कालोबजारियाले बिगारेको हो। तर, कालोबजारियाले मात्र बिगारेको होइन, कालोबजारीको विरोध नगर्ने तपाईं हामी जस्ताले पनि बिगारेको हो। देश गलत कानुन बनाउनेले मात्र बिगारेको होइन, राम्रै कानुन भए पनि गलत तरिकाबाट कार्यान्वयन गर्नेले पनि बिगारेको हो। देश निष्पक्ष न्याय नदिनेले मात्र बिगारेको होइन, न्यायमा अनुचित प्रभाव पार्न चलखेल गर्नेले पनि हो। देश कानुनको गलत व्याख्या गर्नेले मात्र बिगारेको छैन, कानुनको व्याख्यामा आफूलाई फाइदा हुँदा कुव्याख्या नै भए पनि समर्थन गर्ने र फाइदा नहुँदा राम्रै व्याख्याको पनि धुवाँधार विरोध गर्नेले पनि बिगारेको हो।

24/04/2024
Meanwhile in Nepal
12/04/2024

Meanwhile in Nepal

नाेटः Nims, Flexon, Sinex काे Against मा लेखिएकाे हैन।जनचेतनाकाे लागि जारि गरिएकाे।बिगत केही समय देखि आम पब्लिकमा याे Co...
09/03/2024

नाेटः Nims, Flexon, Sinex काे Against मा लेखिएकाे हैन।
जनचेतनाकाे लागि जारि गरिएकाे।
बिगत केही समय देखि आम पब्लिकमा याे Coktail Therapy फेमस भएकाे रैछ ! रूघाखाेकि मर्गि,शरीर दुखेकाे,टाउकाे दुखेकाे ,भाईरल ज्वराे,महिनावारी काे पेट दुखाई,हात खुट्टा कटकट खाने जाेर्नि दुख्ने,बाथ सबै निकाे पार्ने अचुक अैाषधि काे रूपमा यी सबै अैाषधि एकै पटक प्रयाेग गरिदाे रहेछ ।एकैपटक प्रयाेग गरेमा कलेजाे,मृगौला मुटु सबैमा क्षति पुर्याउन सक्ने याे combined pack काे प्रयाेग तत्काल बन्द गराै !

आफ्नो मृत्यु हुनुभन्दा अघि एक बुबाले आफ्नो छोरालाई यसो भने: “यो तिम्रो हजुरबाले मलाई दिनुभएको १०० वर्ष पुरानो घडी हो । म...
03/03/2024

आफ्नो मृत्यु हुनुभन्दा अघि एक बुबाले आफ्नो छोरालाई यसो भने: “यो तिम्रो हजुरबाले मलाई दिनुभएको १०० वर्ष पुरानो घडी हो ।

म तिमीलाई दिन चाहान्छु, तर त्योभन्दा अगाडि पसलहरूमा गएर "म यसलाई बेच्न चाहान्छु, कति मूल्य आउँछ भनेर सोधपुछ गर।

छोरा घडी पसलहरूमा गयो र बुबाकहाँ आएर भन्यो, "घडी पुरानो छ भनेर पसलेहरूले रू. ५०० सम्म मात्र दिने प्रस्ताव गर्‍यो।

बुबाले फेरि भन्यो: कफी पसलहरूमा गएर यसको मूल्य बुझेर आऊ। छोरा गयो र बुबाकहाँ आएर भन्यो, "उनीहरूले रू. २०० सम्म दिन्छु भन्यो।

बुबाले फेरि भन्यो: एकपटक संग्रहालयहरूमा पनि गएर घडीको मूल्य बुझ । ऊ गयो र खुसीहुँदै बुबाकहाँ आएर भन्यो,"संग्रहालयले रू. १० लाख दिन्छु भन्यो।

अन्तमा बुबाले छोरालाई यसो भने: “म तिमीलाई यो बताउन चाहन्थे कि सहि ठाउँले मात्र सहि तरिकाले महत्त्व दिन्छ।

गलत ठाउँमा आफूलाई नखोज। जुन ठाउँमा तिम्रो मूल्य हुँदैन त्यहाँ आफैलाई खोजेर क्रोधित नबन। कसैको निर्णय र नतिजाले तिम्रो महत्त्व नगुमोस्।

जसले तिम्रो महत्त्वलाई बुझ्दछ उनीहरूले तिम्रो कदर गर्नेछ। यस्तो ठाउँमा नबस जहाँ कसैले तिम्रो महत्त्व र मूल्य देख्दैन।

साभार: सामाजिक संजाल

युवामा सल्किरहेको विद्रोहको आगोले कुनै पनि बेला विस्फोटक रुप लिन सक्नेतर्फ सबैलाई सचेत भने गराएको छ है। होस् गरौँ नेताज्...
30/12/2023

युवामा सल्किरहेको विद्रोहको आगोले कुनै पनि बेला विस्फोटक रुप लिन सक्नेतर्फ सबैलाई सचेत भने गराएको छ है। होस् गरौँ नेताज्युहरु।

मुलुकको तितो यथार्थ..!!!
21/09/2023

मुलुकको तितो यथार्थ..!!!

मानवता भन्दा ठूलो कुनै धर्म छैन । धर्म, जाती, देश आदिका नाममा निर्मित घृणाका पर्खालहरुलाइ माया र मानवताको हतियारले भत्का...
30/05/2023

मानवता भन्दा ठूलो कुनै धर्म छैन । धर्म, जाती, देश आदिका नाममा निर्मित घृणाका पर्खालहरुलाइ माया र मानवताको हतियारले भत्काऔ । मान्छेले मान्छेलाइ माया गर्न सिकौं ।❤️

राहदानी बोक्न लगाउने शिक्षाको के काम...!!
29/01/2023

राहदानी बोक्न लगाउने शिक्षाको के काम...!!

Picture of the Day !💔
27/01/2023

Picture of the Day !💔

देश छाड्दा लगेकाे सुटकेश उस्तै फर्केकाे छ । खादामाला पहिरिएर छुटेकाे ज्यान बन्द बाकसमा छ ।गाडीको तल लेखिएको छ - 'हाँसी ख...
24/01/2023

देश छाड्दा लगेकाे सुटकेश उस्तै फर्केकाे छ । खादामाला पहिरिएर छुटेकाे ज्यान बन्द बाकसमा छ ।
गाडीको तल लेखिएको छ - 'हाँसी खुसी जिन्दगी चल्छ, मेहनत गरे नेपाल मै सुन फल्छ ।' 😢
[तस्वीर: सामाजिक सञ्जाल]

05/01/2023

महँङ्गो फिस तिरेर पनि अलग्गै ट्युसन पढाउनु पर्छ भने प्राईबेट स्कुलको नाम लुटपाट केन्द्र राखिदिए हुन्छ ।

डडेलधुराले चिन्न नसकेका युवा इन्जिनियर "सागर ढकाल" ♥️♥️
01/12/2022

डडेलधुराले चिन्न नसकेका युवा इन्जिनियर "सागर ढकाल" ♥️♥️

मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग...
01/12/2022

मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

पुराना दलहरुले जनतालाइ यो चित्रले झै शब्दजालमा पारेर विभिन्न बाद लादिरहे। होहो जस्तो पारिरहे। तर अव जनता शब्दजालबाट मुक्...
30/11/2022

पुराना दलहरुले जनतालाइ यो चित्रले झै शब्दजालमा पारेर विभिन्न बाद लादिरहे। होहो जस्तो पारिरहे। तर अव जनता शब्दजालबाट मुक्त भइसके। आफ्नै आखाले हेर्न र छुट्याउन सक्ने भएका छन। नेताका कलाकारिता बुझिसके..!

यो चुनावको सबैभन्दा शानदार तस्वीर यही हो।सुरुल पुन मगर' ले रुकुममा प्रदेशसभाको चुनाव जितेको खवरले चकित र हर्षविभोर बनाएक...
23/11/2022

यो चुनावको सबैभन्दा शानदार तस्वीर यही हो।
सुरुल पुन मगर' ले रुकुममा प्रदेशसभाको चुनाव जितेको खवरले चकित र हर्षविभोर बनाएको छ।
ऊ लड्न हिँड्यो। लडाईमा घाइते भयो। साथीहरुले मर्यो भनेर माया मारेर छाडे। श्रद्धाञ्जली सभा गरे।शहीदमा नाम चढाए।
तर,ऊ आफ्नै पिसाब पिएर उठ्यो । ऊ बाँच्यो।
आफैंले शहीदको सूचीमा लेखिइसकेको नाम काट्यो।
शान्तिवार्तापछि प्रचण्डको, नेतृत्वको भजन गाएर पद पड्काउने चैतेहरुको हालीमुहाली भएपछि ऊ जीवनको दुख धून कालापार गयो।
अहिले चुनावमा विद्रोह गरेर स्वतन्त्र उठ्यो।जित्यो।
उ आँधीसँग खेलेको मान्छे, वधाई छ !

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Arun Kirati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arun Kirati:

Share