01/11/2022
डा तोसिमाको उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णायमा सर्वोच्चले रोक लगाउदै अन्तिम फैसला नहुदासम्मका लागि अन्तरिम आदेश दिएको छ।
अन्तरिम आदेश दिनुका ३ कारण-
निर्णयविरुद्ध सर्वोच्चमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएको हो।
अन्तरिम आदेश दिँदा सर्वोच्चले तीनवटा आधार समाएको छ।
१.डा. कार्कीले मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदमा रहँदा नियमित पारिश्रमिक वा नियमित आर्थिक लाभ नदिएको,
२.प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दिनुअघि लाभको पद हो होइन भनी मौकामा निर्वाचन आयोग समक्ष निवेदन गर्दा कुनै जवाफ नपाएको,
३.प्रतिनिधि सभा सदस्यको निर्वाचनको उम्मेदवारीको सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपूरणीय क्षति (irreparable damage) को स्थिति तथा सुविधाको सन्तुलन (balance of convenience) समेतको आधारमा अन्तरिम आदेश दिएको ।