Unik Khabar

Unik Khabar सत्य तथ्य निष्पक्ष ताजा समाचार

22/11/2024
कहिले बन्छन देउवा प्रधानमन्त्री ?प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ को निर्वाचन अघिसम्म नै कांग्रेस–एमालेसहितको ग...
22/11/2024

कहिले बन्छन देउवा प्रधानमन्त्री ?
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ को निर्वाचन अघिसम्म नै कांग्रेस–एमालेसहितको गठबन्धन कायम रहने बताएका छन।आज (शुक्रबार) दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै उनले अहिले सत्तारुढ दलमा कुनै असमझदारी नरहेको बताए ।
उनले सरकारको आयुबारे बोल्दै अब १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए । ओलीले एमालेतिर औंला ठड्याएर नबोल्नसमेत चेतावनी दिए ।

“कान खोलेर सुने हुन्छ सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,” उनले भने, “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।”

ओलीको चेतावनीः एमाले हात्तिको बथान हो, नाङ्लो ठटाएर कोही तर्सिनेवाला छैन
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई नाङ्लो ठटाएर तर्साउने सपना नदेख्न चेतावनी दिएका छन् । आज (शुक्रबार एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले एमाले हात्तिहरुको बथानजस्तै रहेको र नाङ्लो ठटाएर आफूहरु नतर्सिने बताएका हुन् ।‘केही मान्छेहरु हात्तिको बथानमा गएर नाङ्लो ढ्याङ्ढ्याङ पारेर हात्ति तर्साउन खोजिरहेका छन् । एमाले भनेको हात्तिको बथानजस्तो हो । यहाँ नाङ्लो ठटाएर कोही तर्सिनेवाला छैनन्,’– उनले भने ।

साथै, उनले बाहिर फैलाइएको अफवाहको कुनै प्रवाह नगरी लगानी गर्न पनि आग्रह गरे । केही तत्वहरुकाले फैलाएको अफवाहको कुनै औचित्य नै नरहेको उनको भनाइ छ । आन्तरिक तथा बाह्य लगानीकर्ताहरुलाई उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) तर्फलक्षित गर्दै आफूले नेपाललाई ऋणमा पार्न नचाहेको बताए ।

 #नेकपा (एमाले) द्वारा आयोजित जनजागरण सभामा देखिएको  #उत्साह र बिशाल  #उपस्थिति,  #दरबारमार्ग  #काठमाडौं!
22/11/2024

#नेकपा (एमाले) द्वारा आयोजित जनजागरण सभामा देखिएको #उत्साह र बिशाल #उपस्थिति, #दरबारमार्ग #काठमाडौं!

नेकपा (एमाले)ले आज काठमान्डौंमा शक्ति प्रदर्शन गर्दैछ।एमालेले एक लाख मानिस सडकमा उतारेर ‘जागरण सभा’ गर्न लागेको हो।एमाले...
22/11/2024

नेकपा (एमाले)ले आज काठमान्डौंमा शक्ति प्रदर्शन गर्दैछ।एमालेले एक लाख मानिस सडकमा उतारेर ‘जागरण सभा’ गर्न लागेको हो।एमाले उपमहासचि प्रदीप ज्ञवालीका अनुसार जागरण सभा दरबारमार्गमा हुनेछ ।
जागरण सभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ।

भद्रकालीबाट जुलुस न्युरोड गेट,वीर हस्पिटल,रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ।बिहान साढे ११ बजे जुलुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुनेछ।

एमाले उपमहासचिब ज्ञवालीले अराजकता र निराशालाई चिर्न जागरण सभा गर्न लागिएको बताउनुभएको छ। अराजकता र लोकतन्त्रसँगै जान नसक्ने उपमहासचिव ज्ञवालीको भनाई रहेको छ।

एमालेले उपनिर्वाचन लक्षित गरेर कार्यक्रम गर्न लागेको हो । मंसिर १६ गते स्थानीय तहमा रिक्त रहेका ४२ पदमा उपनिर्वाचन हुँदै छ ।

प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउनेनेपाल कम्युनिष्ट पार्टी (एमाले) र चिनियाँ कम्युनिष्ट पार...
21/11/2024

प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच दुई पक्षीय भेटघाट भएको छ ।

चीनको राजधानी बेईजिङमा बुधबार साँझ भएको भेटघाटमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट छिमेकी दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाईमा पुर्याउने बिश्वास व्यक्त गरेको भ्रमण दलमा सहभागी एमाले प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए ।

सो अवसरमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ट बनाउने विश्वास व्यक्त गरे । उनले नेपाल र चीनबीच भएका पुराना सम्झौता कार्यान्वयनका क्रममा ठोस योजना तयार गरी अघि बढ्न र दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाईमा पुर्याउन प्रधानमन्त्री आलीको आसन्न चीन भ्रमण कोसेढुङ्गा सावित हुने धारणा व्यक्त गरे ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियन चाओले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनियाँ र नेपाली जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई स्वागत गर्न चिनियाँ पक्ष आँतुर रेहेको बताए । उनले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको ऐतिहासिक सम्बन्धलाई विकास र समृद्धिको दिशामा अधिकतम् सदुपयोग गर्नुपर्नेतर्पm दुवै देशको ध्यान जानुपर्नेमा जोड दिए ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सन हाईयानले असल छिमेकी देश नेपालको विकास र समृद्धिका पक्षमा सक्दो सहयोग गर्न चिनियाँ पक्ष तयार रहेको बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत बिदेश बिभागको निमन्त्रणामा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधि मण्डल अहिले चीन भ्रमणमा रहेको सदस्य ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री ओली चीन भ्रमणलगत्तै भारत भ्रमणमा जानुहुन्छ : गृहमन्त्री लेखक
21/11/2024

प्रधानमन्त्री ओली चीन भ्रमणलगत्तै भारत भ्रमणमा जानुहुन्छ : गृहमन्त्री लेखक

21/11/2024

प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा दुई दल बिच खटपट भएको छ नि ? भन्ने पत्रकारको प्रश्नमा ‘त्यो पनि बेकामको हल्ला’ भएको गृहमन्त्री लेखकको प्रतिक्रिया ।

21/11/2024

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरूले चीनसँग विगतमा गरिएको सम्झौताहरू कार्यान्वयनमा हुनुपर्ने कुरामा जोड दिएको बताएका छन् । महामन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयन अघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आफूहरूको चाहना रहेको प्रष्टयाउ ।

एक कार्यक्रममा बोल्दै उनले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमति अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरूको अडान रहेको पनि स्पष्ट पारे । उनले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न आफूहरू सक्षम रहेको पनि बताए ।

उनले भने,‘अहिले हामी बाहिर व्यापक चर्चा सुनिरहेका छौँ । केही समय पछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ । यो विषयलाई लिएर नेपाली कांग्रेस, नेकपा एमाले बीचमा व्यापक रूपमा असहमति छ, व्यापक रूपमा मतभिन्नता छ । साथीहरू हुनुहुन्छ ए ढल्यो ढल्यो भनेर लेखिदिनु हुन्छ । सरकारमा बसिरहेको मान्छेलाई पनि एक ढल्ने हो कि भन्ने लागेको पाउँछु म । तर मलाई लाग्छ–हामीले यो क्षमता राख्न सक्नुपर्छ । हामीले संविधान बनाउने क्षमता राख्न सक्यौँ भने यस्ता विषयहरूमा पनि हाम्रा कतिपय विषयहरूमा भिन्न एप्रोचहरु छन् भने पनि यसलाई साझा बनाउने क्षमता हामीले राख्नुपर्दछ । हाम्रा केही कुराहरू साझा छन् । नेपालले अर्को देशसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा संविधानले नै व्यवस्था गरेको छ । हाम्रा पार्टीका नीतिहरूले हामीलाई बाँधेको छ । राष्ट्रिय हितका विषयमा हामी लामो विरासत बोकेर आएका दलहरू हौँ । हाम्रा आफ्ना सीमाहरू छन् । तर हामी यो पनि मान्दछौँ कि हाम्रा प्राथमिकताहरू फरक हुन सक्दछन् । नेपाली कांग्रेस पार्टी नेपालको स्वतन्त्रता, नेपालको अभिभाज्ययता, नेपालको सार्वभौमिकता तमाम कुराहरूका सन्दर्भमा अन्कम्पमाईजिङ यस्तो आफ्नो स्टयाण्ड सदा रहँदै आयो । त्यसमा हामीलाई कसैले भन्नु पनि परेन । हामीले यसलाई प्रमाणित गर्नु पनि पर्दैन । हामी सबै देशसँग समान सम्बन्ध राख्न चाहन्छौँ । हामी यो पनि प्रष्ट छौ–कुनै पनि देशको सैन्य गठबन्धनमा नेपालको हित छैन । त्यसकारणले कुनै पनि देशको न छिमेकी न परेको । हामी नेपालमा अपार पुँजी लिएर आउन चाहन्छौँ । हाम्रो विकासका लागि हाम्रो यति धेर आकाङ्क्षा छ कि धेरै स्रोत, साधन चाहिएको छ । हामी ल्याउन चाहन्छौँ । तर आजको हाम्रो राष्ट्रिय क्षमतासँग म्याच गर्नुपर्दछ भन्ने हामी ठान्दछौँ । हामीसँग आज कति पुँजी परिचालन गर्ने क्षमता छ ? हामी सबै छिमेकीहरूसँग यो बेलामा सहकार्य गर्न चाहन्छौ । हाम्रा ठूलाठूला विकासका परियोजनाहरू छन् । त्यसमा साझेदारी गर्न चाहन्छौँ । हामी उनीहरूबाट अनुदानबाट हामी हाम्रा विकासका आकाङ्क्षाहरूलाई पूरा गर्न चाहन्छौँ । यी हाम्रा प्राथमिकताहरू छन् । हामी यसभन्दा अघि भएका सबै सम्झौता कार्यान्वयन हुन पहिला । त्यसपछि हामी नयाँ कुराको बारेमा सोचौँ भन्ने कुराको बारेमा सोच्दछौँ । हामी यो भनिरहँदै गर्दा हामीसँग सहकार्य गरेर दलसँग केही सोच फरक छन् भन्ने पनि मान्दछौँ । हामीले त्यो क्षमता राख्नुपर्दछ कि हामीसँगै बसेर एउटा धारणा बनाउनुपर्दछ भन्ने मान्दछौँ । यो आगामी दिनमा हुँदै जाने छलफलहरू हो । यो एउटा पाटो हो, हामी गर्छौ । यो हामी सम्हाल्छौँ ।’

21/11/2024

काठमाडौं – सत्ताको बागडोर सम्हालिरहेको (नेकपा) एमालेले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्ने भएको छ । संसदीय अभ्यासमा साधारणतया यस्ता सभा प्रतिपक्षले गर्छन् । तर एमाले आफ्नै सरकारको पालामा पनि सडकमा कार्यकर्ता उतार्न लागेको छ । जागरण सभा नाम दिएर सत्तारुढ दल नै सडकमा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्दैछ । हुन त तत्कालीन अवस्थामा नेकपामा विवाद हुँदा पनि यस्तै दृश्य देखिएको थियो । तर अहिले न त एमालेभित्र विवाद छ न नेताहरूबीच नै भनान छ । तर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गर्दा गर्दै पनि सुनियोजित घेराबन्दी गरिएको भन्दै सडकमा कार्यकर्ता उर्तान लागेका हुन् ।

आइतबार दिवंगत भएका पूर्वसभामुख दमननाथ ढुङ्गानाले ‘सदन प्रतिपक्षीको र सरकार सत्ता पक्षको’ हुने कुरा उनले प्रतिनिधि सभामै स्थापित गरेका थिए । यही विषय एमालेका नेता रघुजी पन्त, पदम गिरी र योगेश भट्टराईले भन्दै आएका छन् । तर एमालेले सरकारमै हुँदा पनि संघीय राजधानी काठमाडौंको दरबारमार्गमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजना गर्न लागेको सभाका लागि बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा टिम बनाएको छ ।

समितिको सदस्यमा युवालाई समेटिएको छ । क्षितिज थेबे, समिक बडाल, टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, जनक चौधरी र पुरुषोत्तम आचार्य जस्ता युवा नेतालाई सभाको कमान्ड दिइएको हो।

जागरण सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभा भृकुटीमन्डपमा गर्ने तयारी थियो । तर अब उक्त सभा दरबारमार्गको सडकमा हुनेछ । जहाँ असोज ३ गते संविधान दिवसमा पनि प्रधानमन्त्री ओलीकै इच्छामा कन्सर्ट गरिएको थियो ।

एमाले बागमती इन्चार्ज भट्टराईका अनुसार ओली सरकारका उपलब्धिसमेत सभामा सुनाइनेछ । आफू नेतृत्वको सरकारमाथि उठेको प्रश्नको जवाफ पनि उनले त्यहाँबाट दिने छन् ।

21/11/2024

पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जाने पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको छ ।

21/11/2024

क्याम्बोडियामा हुने ICAPP को १२ औं महाधिबेशनमा भाग लिन नेपालबाट जाने नेताहरू:
१) रघुवीर महासेठ, डा. राजन भट्टराई, नेकपा (एमाले)
२) सुजाता कोइराला, दिब्यमणि राजभण्डारी, नेपाली काँग्रेस
३) अग्निप्रसाद सापकोटा, माओवादी केन्द्र
४) भरत गुरुङ, जसपा
५) सीके राउत, जनमत

नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि जाँदैछन्।

18/11/2024

६ अर्ब लगानीमा दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल बन्दै

हार्दीक बधाई!श्री पृथ्वी माध्यमिक विद्यालय मुसिकोट नगर पालिका -३ गुल्मीको प्रधानध्यापक जस्तो गरिमामय पदमा शिक्षक श्री टी...
18/11/2024

हार्दीक बधाई!
श्री पृथ्वी माध्यमिक विद्यालय मुसिकोट नगर पालिका -३ गुल्मीको प्रधानध्यापक जस्तो गरिमामय पदमा शिक्षक श्री टीका बहादुर घर्ती र सहायक प्र.अ. पदमा शिक्षक श्री बाबुराम घिमिरे नियुक्ति हुनु भएकोमा हार्दिक बधाई साथै शैक्षिक उन्नति प्रगतिको कामना सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं।
- युनिक खवर डट कम परिवार।

मुग्लिङ-पोखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा २ वटा यात्रुबाहक बस आज दिउँसो दुर्घटना हुँदा  चालकको मृत्यु भय...
17/11/2024

मुग्लिङ-पोखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा २ वटा यात्रुबाहक बस आज दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भयो भने अन्य २६ जना घाइते भएका छ्न ।

17/11/2024

काठमाडौँ : आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि ४०७ जनाको मनोनयन पत्र दर्ता भएको छ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

गाउँपालिका र नगरपालिका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको मनोयन पत्र दर्ता भएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। कैलाली जिल्ला समन्वय समितिका प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एकजना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

धनुषामा सबैभन्दा धेरै तथा रुकुम पूर्वमा र बझाङ जिल्लामा सबैभन्दा कम उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-२ र बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष पदमा तीन/तीनजना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ।

यही मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र मङ्सिर ४ गते अपराह्न ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

17/11/2024

गुल्मी १ पौंदीअमराईमा मंसिर १६ गतेको उपनिर्वाचनमा एमाले उम्मेदवार दलबहादुर थापाको उम्मेदवारी दर्ता गर्न निर्बाचन आयोगको कार्यलय तर्फ जॅादै समर्थकहरू।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Unik Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Unik Khabar:

Videos

Share