Interview Khabar

Interview Khabar Nepal's No 1 News Portal Site

नेकबाट १९२ जना विद्यार्थीकाे विदाईः विद्यार्थी टिकाउन र विकाउन पोलिसी सुधार्न जाेडकाठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक ...
06/01/2024

नेकबाट १९२ जना विद्यार्थीकाे विदाईः विद्यार्थी टिकाउन र विकाउन पोलिसी सुधार्न जाेड

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।

शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका १८ औं ब्याचका १९२ जना विद्यार्थीहरुलाई विदाई गरेको हो । कलेजको स्नातक अध्ययन पुरा गरी विदा हुनेहरुमा सिभिल इन्जिनियरिङमा १४४ तथा सिभिल एण्ड रुरल इन्जिनियरिङमा ४८ जना रहेका छन् ।

विदाई कार्यक्रममा बोल्दै वक्ताहरुले मुलुकको विकासमा दक्ष जनशक्तिको खाँचो रहेको औल्याउँदै उत्पादित जनशक्तिहरुलाई स्वदेशमै बसेर काम गर्न सुझाए । इन्जिनियरिङका क्षेत्रमा नयाँ नयाँ अवसरहरु सृजना गर्नुपर्ने तथा स्वदेशमै स्नातक पछिको उच्च शिक्षा हासिल गर्ने वातावरण राज्यले बनाउनु पर्नेमा जोड दिए । राज्यले उत्पादित जनशक्ति ब्यवस्थापनमा चासो नदिँदा युवाहरु पलायन भइरहेको भन्दै वक्ताहरुले नेपालमा अब मेगा प्रोजेक्टहरु सञ्चालन गरिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन डाक्टर राजेश ठकूराठीले विद्यार्थीहरुलाई इन्जिनियरिङका जुनसुकै पेशा व्यवसायमा आबद्ध हुँदा त्यो पेशा र व्यवसायको इथिक्स र मर्यादा राखेर काम गर्न सुझाए । ‘जुनजुन पेशा व्यवसायमा आबद्ध हुन जाँदै हुनुहुन्छ त्यो पेशा व्यवसायको इथिक्सलाई मेन्टेन गरिदिनु होला, अनुशासन मेन्टेन गरिदिनुहोला जसले गर्दा पहिलो नम्बरमा कलेज दोश्रो नम्बरमा विश्वविद्यालयको शानलाई उच्च राख्न तपाईहरुको योगदान हुन्छ ।’ पोखरा विश्वविद्यालयबाट अध्ययन पुरा गरेका जनशक्तिहरु देश विदेशमा राम्रा संस्थाहरुमा काम गरेको, व्यवसाय गरेको, सफल भएको उदाहरणहरु रहेको डीन ठकूराठीले बताए ।

डीन ठकूराठीले नेपालको शिक्षा प्रणाली खासगरी विश्वविद्यालयका पाठ्यक्रमहरु समयानूकुल नभएको केही हदसम्म स्वीकार्दै कामै नलाग्ने भन्ने नभएको जिकीर गरे । ‘पाठ्यक्रम नराम्रो हैन । सुधार्न जरुरी छ ।’ पाठ्यक्रम सुधार गर्नुपर्ने, विद्यार्थी मैत्री बनाउनु पर्ने, अर्निङ र लर्निङ सँगसँगै लैजानु पर्ने भएपनि विश्वविद्यालयले सोचेअनुसार गर्न नसकेको डीन ठकूराठीको भनाई छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा. विकास अधिकारीले पछिल्लो समय नेपालमा इन्जिनियरिङ शिक्षामा विद्यार्थीहरु घट्दै जानुमा विद्यार्थीहरुको भन्दापनि राज्यको भूमिका बढी जिम्मेवार रहेको बताए । कक्षा एकमा सय जना विद्यार्थी भर्ना हुँदा १२ कक्षासम्म पुग्दा ६० जना मात्र हुन आउने बताउँदै उपाध्यक्ष अधिकारीले करिब ४ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा ५० प्रतिशत उत्तिर्ण भएकोमा ती मध्ये अधिकांश विदेश पढ्न जानु चिन्ताजनक रहेको जिकीर गरे । ‘४ लाखले परिक्षा दिँदा २ लाख उत्तिर्ण भए, ती मध्ये १ लाख २५ हजार विद्यार्थी नो अब्जेक्सन लेटर लिएर विदेश जान तम्तयार भएर बसेका छन् ।’ ७५ हजार विद्यार्थी मध्ये २० हजार प्राविधिक शिक्षा लिन योग्य रहेकोमा इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ५ हजार मात्रै रहेको उनको दावी छ । काउन्सिलले देशभरका इन्जिनियरिङ कलेजहरुमा १० हजारको हाराहारीमा विद्यार्थी पढाउन अनुमति दिएपनि ५० प्रतिशत विद्यार्थीहरु मात्र उपलब्ध हुनुमा विद्यार्थीको भन्दापनि पोलिसी लेवलमै कमजोरी रहेको जनाए ।

उनले आम जनताको जीवनस्तर नै परिवर्तन गर्ने नयाँ पुस्ताले माग गरे अनुसारका ठूला प्रोजेक्टहरु नेपालमा बन्नुपर्र्नेेमा जोड दिए । ‘अब ठूल्ठूला सडक, जलश्रोत, कृषि र वनसम्बन्धी परियोजनाहरु बन्नुपर्छ । एउटै आयोजनामा ५ हजार इन्जिनियरहरुले एक साथ काम गर्नुपर्छ ।’ साथै उनले नेपालमा विद्यार्थी टिकाउन र विकाउन पोलिसी लेवलमा ठूलै सुधार गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरु नै कलेजको ब्राण्ड एम्बेष्डर भएको बताउँदै आ–आफ्नो विषयमा इमान्दार भएर काम गर्न आग्रह गरे । आचारसंहितामा रहेर व्यवसायिक जीवन अगाडी बढाए हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने भन्दै कलेजलाई समय–समयमा सल्लाह सुझाब दिन भने ।

नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समिति सदस्य दिनेश खनालले विद्यार्थीहरुले कलेजमा हासिल गरेका ज्ञान, सीपलाई सबैभन्दा पहिला आफ्नै मातृभूमीमा प्रयोग गर्न सुझाए । कार्यक्रममा विद्यार्थी तानिया लामिछाने, संगीता रानाभाट, आस्था ढुङ्गाना, अजयकुमार यादव लगायतले कलेजमा अध्ययन गर्दाका अनुभवहरु सुनाएका थिए । कार्यक्रममा सिभिल इन्जिनियरिङ विभागका प्रमुख रमेश खनाल, सिभिल रुरल इन्जिनियरिङ विभागका प्रमुख सुनिल श्रेष्ठ, एशोसिएट प्रोफेसर सचिन श्रेष्ठले इन्जिनियरिङ विषय, संभावना र अवसरका बारेमा बोलेका थिए ।

विदाई कार्यक्रममा संगीता रानाभाटलाई सिभिल एण्ड रुरल इन्जिनियरिङ, वाटर एण्ड स्टक्चर अवार्ड दिइएको थियो । भने, उनले नितिन कर्णसँग संयुक्त रुपमा सिभिल साइन्स अवार्ड पनि प्राप्त गरिन् । त्यस्तै, अञ्जली पाण्डेलाई चेयरमेन प्राइड गोल्ड अवार्ड, आस्था ढुंङ्गानालाई सिभिल प्रोगाम टपर अवार्ड, सुस्मी श्रेष्ठलाई सिभिल साइन्स अवार्ड तथा अजय कुमार यादवले जियो–टेक अवार्ड प्राप्त गरेका थिए ।

Lumbini Pradesh's Urban Development Minister Krishna KC (Sample) said that while selecting the plan, the need should be ...
06/01/2024

Lumbini Pradesh's Urban Development Minister Krishna KC (Sample) said that while selecting the plan, the need should be considered. Stating that building a structure in itself is not bad, he said that while building such a structure one should think about how much return one can get from it.
'Building a structure in itself is not bad,' said Minister Kesile while speaking at the meeting regarding the operation of Kohalpur Bus Park and Geotower, 'then we should think about how much return we can get from building the structure. The plant should be planted at a place that gives quick returns. The plant should be planted at a place that gives quick returns.
Kohalpurma state-of-the-art bus park and ground tower structure has been prepared, now everyone will have to think about how to make it operational, she said. 'There is no point in debating whether construction is necessary or not,' she said, 'the structures that have been built should now all be brought into operation together.'
The selection of the scheme should be based on need, as was the case in the past, even though now there is no option to utilize the existing structures, the minister said.
Kohalpurma has huge potential for tourist development, he added, so that the future infrastructure can be taken advantage of. Since he represents this area, he also committed to continue making every possible effort for development here. Expressing concern over the hustle and bustle of the Bank's offices elsewhere, she said that she was making efforts to bring traffic to Kohalpurma even though there was no branch.
He informed that even if the traffic office has a branch, he has started discussions with the concerned ministry to bring it to Kohalpuram. 'I will bring Kohalpurma traffic as a branch office. This is my commitment,' she said, 'Now where should I keep it, let the municipality manage that place.'

05/01/2024
05/01/2024

रौतहटको राजपुर नगरपालिका वडा नम्बर २ मा रहेका श्री जनता अधारभुत बिधालय फतुवा महेसपुर हजमिनीयामा कक्षा १ देखि ५ सम्मको बिधार्थीहरुलाई क्लास रुमको अपठ्यारो भइरहेको प्राधानाध्यापक सञ्जु कुमारी बैठाले बताउनुभएको थियो।
यस विधालयको जिम्मेवारी पाएलगत्तै आफ्नो काम काज पुन रुपमा सम्भाली रहेकी छिन्। यो बिधालयमा कारिब ५०० देखि ६०० सय सम्म बिधार्थी रहेको छ।

03/01/2024

रौतहट गौर देखी चपुर जाने सडक बमनहर पुलमा चक्का जाम हुलाकी रोड बागमती घाट बर्हडबा पुल वर्षै देखि अलपत्र रहेकोे हुँदा हुँदै पुल निर्माणगर्न स्थानीय नेता लगायत जनताहरुले सयौं सख्यामा आन्दोलन गर्दै रोड जाम गरिएकोछ

हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपम...
01/01/2024

हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २.०’ ल्याउँदै त्यसका लागि आवश्यक उपकरण नेकलाई हस्तान्तरण गरेको छ ।

आइतबार कलेजमा आयोजित एक कार्यक्रममा जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका छन् । ‘हावा प्रोजेक्ट २.०’ अन्तरगत चाँगुनारायण नगरपालिका क्षेत्रभित्र जेइएसएले नेकका विद्यार्थीहरू सँगको सहकार्यमा हावाबाट विद्युत उत्पादन गर्न सकिने विषयमा सम्भाव्यता अध्ययन गर्नेछ । ‘यसअघि पनि नेकसँग सहकार्य गरेर ‘हावा प्रोजेक्ट’ चलाएका थियो । त्यसलाई पुनः नियमितता दिनका लागि ‘हावा प्रोजेक्ट २.०’ ल्याइएको हो । यसले नेपालमा हावाबाट कसरी विद्युत निकाल्छ सकिन्छ, संभाब्यता अध्ययन र अनुसन्धान गर्नेछ ।’ नरेश महर्जनले बताए ।

प्रोजेक्टमा नेकमा अध्ययनरत सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका विद्यार्थीहरूलाई सहभागिता गराउँदै उनीहरूलाई नवीनतम सोच र अनुसन्धानमा लाग्न प्रेरित गरिने छ । कलेजले ‘हावा प्रोजेक्ट २.०’ कार्यान्वयनका लागि प्राध्यापक दिनेशप्रसाद गुरागाइँको अध्यक्षतामा सिभिल, कम्प्युटर, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका एक एक जना प्राध्यापकहरू समेत रहने गरी हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरेको छ ।

सोमबार कलेजमा विद्यार्थीहरू सँगकाे प्रस्तुतिकरणमा बोल्दै जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले जापानमा हावाबाट विद्युत निकाल्ने कार्य धेरै अगाडिबाट भइरहेको बताउँदै नेपालमा पनि हावाबाट विद्युत निकाल्न सम्भव रहेको जिकिर गरे । २०७२ सालको विनाशकारी भूकम्पपछि नेपाल आएका एत्सुओ किरिहराले नेपालका कुनकुन स्थानमा हावाबाट विद्युत निकाल्न सम्भव छ भन्ने सोध र अनुसन्धान गरिरहेका छन् । ‘अहिले विश्वभर आणविक उर्जाको विकल्पमा वैकल्पिक उर्जा खोज, उपयोगमा जोड दिइँदै आइएको छ । नेपालमा पनि जलश्रोत पछिको वैकल्पिक उर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ ।’ उनले भने ।

जेइएसएका इन्जिनियरिङ सल्लाहकार किरिहराका अनुसार नेपालमा जनवरीदेखि मे सम्म हावाबाट विद्युत निकाल्न सकिन्छ । त्यससँगै सौर्य उर्जा समेत उत्पादन गर्न सकिने उनको दावी छ । ‘जनवरी देखि मे सम्म हावाबाट विद्युत निकाल्ने र अन्य समय सौर्य उर्जा प्रयोग गर्न सकिन्छ ।’ ठूल्ठूला स्कुल, कलेज, विश्वविद्यालय र अर्गनाइजेसन हरुमा हावा र सौर्य उर्जा प्रयोग गर्न सकिने उनको भनाई छ । नेकका भिजिटिङ प्रोफेसर समेत रहेका ७२ वर्षीय किरिहराले जापान लगायत विकसित देशहरूले न्यूक्लियर उर्जा विस्थापित गर्ने कार्य थालनी गरेकाले नेपालले पनि जलविद्युतको विकल्पका रुपमा वैकल्पिक उर्जातर्फ अग्रसर हुँदा दिगो विकासको लक्ष्य समेत हासिल गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेकका सिभिल एण्ड रुरल इन्जिनियरिङ विभागका प्रा.डा. गणेश साह, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ विभागका सहप्राध्यापक गणेश प्रसाद अधिकारीले ‘हावा प्रोजेक्ट २.०’ले नेपालमा हावाबाट विद्युत उत्पादन गर्ने सवालमा सम्भाव्यता अध्ययनसँगै विद्यार्थीहरूलाई नवीनतम कार्य गर्न र ज्ञान हासिल गर्न प्रेरित गर्ने बताए ।

प्रोजेक्ट अन्तरगत अब चाँगुनारायण नगरपालिका क्षेत्रका विभिन्न घरहरूमा हावाको गति मापन गरिने उपकरण जडान गरिनेछ । त्यसको डेटा संकलन भने नेकलाई हस्तान्तरण गरिएको डिभाइसमा संकलन गरी अध्ययन गरिनेछ । नेकमा अध्ययनरत विद्यार्थीहरूलाई समेत प्रोजेक्टमा सहभागी गराइने भएकाले उनीहरूले नवीनतम उर्जा, वैकल्पिक उर्जाका क्षेत्रमा नयाँ अनुभव हासिल गर्ने कलेजका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका विभागीय प्रमुख याम कृष्ण पौडेलले बताए । ‘हावा प्रोजेक्ट २.०’ सन् २०२४ देखि २०२६ सम्म सञ्चालन हुनेछ । भविष्यमा नेकका विद्यार्थीहरूलाई इन्टरनेसनल एक्सपोज प्राप्त गर्न प्रोजेक्टले ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

01/01/2024

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

रौतहटको गौर भन्सार कार्यालयमा आज अङ्ग्रेजीको पहलो तारिख नयाँ सालको अवसरमा भारतीय गाडहरुले नेपाल भित्रिने गाडीहरुका चालकह...
01/01/2024

रौतहटको गौर भन्सार कार्यालयमा आज अङ्ग्रेजीको पहलो तारिख नयाँ सालको अवसरमा भारतीय गाडहरुले नेपाल भित्रिने गाडीहरुका चालकहरुले भन्सार कटाउनु गौर भन्सार कार्यालयमा यस्तो देखिएको छ

01/01/2024

नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको २७ औं वार्षिक उत्सवको अवसरमा सेवाग्राहीहरुलाई फलफूल वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न।

01/01/2024

ार्टीको_राष्ट्रिय_अध्यक्ष_सिके_राउत_सहित दर्जनौ कार्यकर्ताहरुलाई काठमाडौंमा धोती दिवस मनाउन भन्दै माइतीघर भेला भएकाहरुमाथि प्रहरीको हस्तक्षेप

01/01/2024

#रौतहट_गौर_बिधुत_प्राधिकरणको_लापरवाहीमा_खतराको_घण्टी
रौतहटको गौर देखि चपुर रोड बमनहर चौक छेउमा रहेका ३३ हजार पावर वार्डका बिधुतिय पोल भाँचि रहेको थियो यो पोलबाट कुनै समयमा घटना हुनसक्छ ठेकाना छन्न्। एउटा टिपर भाट लढरे पोल भाँचिएका थिए तर सो पोलवापतको ४०००० हजार डन्ड गरि सशस्त्र क्याम्प फतुवा महेसपुरका तत्कालीन इन्स्पेक्टर राम थापाको अगाडी नेपाल बिधुत प्राधिकरणका कर्मचारीले सो रकमलिइ एक महिना भित्रै बिधुतिय लाईनको पोल नयाँ जडान गरिने सर्तमा सो टिपर लाई छाडिएका थिए तर किरिब एक साल हुँदा हुदै बिधुतिय कार्य मर्मत न भएको हुदाँ यात्री हरुलाइ कुन बेला ज्यान जानसक्छ केही ग्रान्टी छैनन् यदि केही घटना घटेमा सो को जिम्मेवारी नेपाल बिधुत प्राधिकरण गौरले लिनुपर्छ

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारीकाठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध न...
30/12/2023

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् ।

नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा.राजेश किशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतले स्वागत गरे ।

नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले पदभार ग्रहण गर्दै नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा लैजाने बताउँदै त्यसका लागि सबैले आ–आफ्नो पदीय दायित्व अनुसार कर्तव्य पुरा गर्नुपर्ने बताए । कलेजमा रहेका समस्या र चुनौतिहरुलाई सामुहिक एकताबाट हल गर्दै स्वास्थ्य सेवा र मेडिकल शिक्षाको विकास, विस्तारमा आफु २४ सै घण्टा लागिपर्ने बताउँदै कलेजको स्तरवृद्धिमा सबैको सकारात्मक पहल र भूमिका खेल्न आग्रह गरे ।

‘जो जहाँ हुनुहुन्छ उहाँहरुले आ–आफ्नो भूमिका सकारात्मक रुपमा निर्वाह गरौं । मेरो कार्यालयको ढोका सबैको लागि खुल्ला छ । नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा पुर्याउन यहाँहरुको महत्वपूर्ण भूमिका रहनेछ । तपाईहरुको सहयोग भयो भने यो कलेज राम्ररी अगाडी बढ्दै जानेछ ।’ डा. अन्सारीले भने । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा नेपाल मेडिकल कलेजको महत्वपूर्ण योगदान रहेको जनाउँदै अन्सारीले शिक्षक, कर्मचारी, विभागीय प्रमुख र विद्यार्थीहरुसँग निरन्तर छलफल, अन्तरक्रिया गरेर सामुहिकतामा आफु अगाडी बढ्ने जनाए ।

ब्यवस्थापन र कर्मचारीहरुको सामुहिक कार्यगत एकताका कारण नै नीजि क्षेत्रका संस्थाहरु सफल भएको बताउँदै उनले कलेजका कर्मचारी र फ्याकल्टीहरुसँग ब्यवस्थापन पक्ष सदैव सहकार्य गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा.भोला रिजालले कुशल शल्यचिकित्सकसमेत रहेका अन्सारीलाई कलेजको प्रबन्ध निर्देशकमा स्वागत गर्दै विरगञ्जमा सफल रुपमा मेडिकल कलेज सञ्चालन गरेको अनुभव भएकोले त्यो अनुभवले नेपाल मेडिकल कलेजको विकासमा योगदान पुग्नेमा विस्वास गरे ।

यस्तै, कलेज सञ्चालक समितिका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले प्रशासनीक रुपमा लामो अनुभव संगालेका डा. अन्सारीले कलेजलाई नयाँ उचाईमा पुर्याउन सक्ने बताउँदै कलेजको अनुहार उज्यालो बनाउने वित्तिकै कलेजमा कार्यरत सबै कर्मचारी, फ्याकल्टीहरुको अनुहार उज्यालो हुने बताए । कलेजमा कार्यरत कसैलाई काखा कसैलाई पाखा नगरी एकसाथ लिएर अगाडी बढे सबैले साथ दिने बताए । कार्यक्रममा संघीय सांसदद्वय अच्युत प्रसाद मैनाली, प्रभू हजराले समेत शुभकामना दिएका थिए ।

30/12/2023

मधेपुरा बिहार द रिपब्लिकन टाइम्सको आयोजनामा सास्कृतिक कार्यक्रमहरु

नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरुमुलकोट, सिन्धुली । १३ पुष २०८०रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल-भुटानमा आ...
30/12/2023

नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरु

मुलकोट, सिन्धुली । १३ पुष २०८०

रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल-भुटानमा आबद्ध नेपालभरका प्रशिक्षक रोटरियनहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

नेपालभरका रोटरी क्लबहरुमा आबद्ध प्रशिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रोटरी डिस्ट्रिक्ट ३२९२ को प्रशिक्षण समितिका सह-अध्यक्ष बिष्णुहरि दाहालले बताए ।

शुक्रबार र शनिवार चल्ने प्रशिक्षणलाई रोटरीका प्रमुख प्रशिक्षकहरु जयन्द्र रिमाल, लक्ष्मण ज्ञवाली, सञ्जय गिरी, दिलेन्द्रराज श्रेष्ठ, जितेन्द्रबहादुर राजभण्डारी र सन्तोष रिजालले प्रशिक्षण दिनेछन् ।

यसैगरी, प्रशिक्षणकै दौरान आयोजित प्यानल छलफलमा प्यानलिस्टहरु डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजू, डिस्ट्रिक्ट गभर्नर (इलेक्टेड) राजेन्द्रमान शेरचन र डिस्ट्रिक्ट गभर्नर (नोमिनी) बिनोद कोइराला रहेका छन् ।

प्रशिक्षण कार्यक्रममा विभिन्न रोटरी क्लबका ७५ जना सहभागी छन् ।

रोटरियनहरु बिष्णुहरि दाहाल, अशोकमान कपाली र अशोक प्याकुरेलले कार्यक्रमको सहजीकरण गरेका छन् ।

‘स्वार्थभन्दा माथि सेवा’ भन्ने भावकासाथ सामाजिक सेवामा कार्यरत रोटरी अभियान नेपालमा सन् १९५९ मा सुरु भएको हो ।

हाल रोटरी डिस्ट्रिक्ट ३२९२ मातहत १५४ क्लबमा ५ हजार ५४२ जना सदस्य आबद्ध छन् ।

29/12/2023

सर्वनाममा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' : बलात्कार विरुद्व गोमाहरुको विद्रोहकाठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्...
29/12/2023

सर्वनाममा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ । ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो ।
महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ । मिथकीय पात्र गोमालाई प्रतिनिधि पात्रका रूपमा उतारेर समाजमा अनगिनत महिला तथा बालबालिका हिंसाको सिकार बन्नु परेको तितो सत्यबारे नाटक बोलेको छ । कथाको लयसँग दृश्यहरूमा अभिनयमा निकै बलियो रूपमा उपस्थिति जनाएको छ। अभिनय, बिम्ब, प्रयुक्त प्रप्स, प्रकाश, चित्रकला र सङ्गीतको निकै सशक्त प्रस्तुति देख्न सकिन्छ ।

नाटकभित्र मिथक र समकालीन समयको संयोजन छ । श्री स्वस्थानी व्रत कथामा सात वर्षिया गोमाको विवाह ७० वर्षीय वृद्धसँग भएको प्रसङ्गलाई लिएर आजको समयसँग यसको लेखाजोखा गरिएको छ । वर्तमानलाई मिथकसँग जोडिरहन सूत्रधार ( रसिक राज) मार्फत गरिएको संवादले दर्शक दुवै समयप्रति सचेत बनिरहन्छन् । ‘गोमा कहाँ छिन् ?’ भनेर प्रश्न गर्दै गर्दा गोमालाई इङ्गित गदै आम दर्शकतिर गरिएको इशाराले सिङ्गो समाजलाई प्रतिनिधित्व गरिएको छ ।

नाटक हेरेर सामाजिक सञ्जालमा मिसन अधिकारी लेख्छन्, ‘यो नाटकले गम्भीर दर्शकको माग गर्दछ ! नाटक हेरिरहँदा कतै ऐनामा आफ्नै अनुहार त आउँदैन भन्ने भय दर्शकमा पैदा हुन्छ । मनोरञ्जनको लागि मात्र नभएर आफ्नै परिवार, आफ्नै समाजको अँध्यारो पक्षसित परिचित हुन नाटकले अपिल गर्छ । आफैँसित संवाद गर्नलाई हेर्ने हो यो नाटक । ‘

नाटक हेरेपछि दर्शक सरल विक्रम शाह भन्छन्, यो नाटकले म स्वयमनै यो नाटकको पात्र हु भन्ने महसुस गराउँछ। पात्रहरूको परिचय गराउने तरिका निकै नवीन छ। गोमा पात्र अचानक दर्शकहरूबाट उठ्दा निकै तरङ्गित महसुस हुन्छ। नाटकले आफूलाई कोट्याउन बाध्य पार्छ।

नाटकमा सान्सिक प्रोडक्सनको सङ्गीत, निर्मला घिसिङको स्वर, एलिसा तामाङको कोरियोग्राफी र मनोज भण्डारी, सुरज, रसिक तथा शीतलको गीत रहेको छ। पुस ८ गतेबाट मञ्चन भइरहेको नाटकले दर्शकहरूबाट समेत राम्रो साथ पाइरहेको छ। नाटकमा रसिक राज, शीतल थोकर, सुरज पराजुली, आकाश झा, वाइ.एस पौडेल,‌ बिल बहादुर वि.क, सुरज अधिकारी, सरस्वती दाहाल, आरुष जंग सारू मगर, शू गूँ, एलिसा तामाङ, युनिशा खनाल र विवेक भुसालको अभिनय रहेको छ ।

नाटकले अन्याय विरुद्ध गर्जिनुपर्छ र स्वअस्तित्वको लडाइँ लड्नुपर्छ भन्ने सन्देश छोडेको छ । चित्रकला, गीत सङ्गीत र नृत्यको कुशल संयोजन रहेको नाटक पुस १५ गतेसम्म बिहीबार बाहेक हरेक साँझ ५ बजे र शनिवार दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।

लुटपाट गर्ने व्यक्तिहरु पक्राउ।मिति २०८०।०९।१२ गते अं.१०:०० बजेको समयमा जिल्ला रौतहट कटहरिया न.पा.वडा नं.४ बहादुरपुर टोल...
28/12/2023

लुटपाट गर्ने व्यक्तिहरु पक्राउ।

मिति २०८०।०९।१२ गते अं.१०:०० बजेको समयमा जिल्ला रौतहट कटहरिया न.पा.वडा नं.४ बहादुरपुर टोल बस्ने बाबुलाल बैठाको छोरा अं. बर्ष ३१ को नसिब बैठा र ऐ.ऐ.वडा नं.५ पानी ट्याङ्की बस्ने दरोगा साहको छोरा अं.बर्ष ३६ को हरि शंकर साह सोनारले ऐ.ऐ.बस्ने बतहु मिया मन्सुरीको छोरा अं. बर्ष ७० को आलम मिया मन्सुरीलाई ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा लिई निजको साथबाट जबरजस्ती नगद रु.८२,०००।– (ब्यासी हजार) रकम खोसी लुटी भागेको भनी खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय कटहरिया, रौतहटबाट खटिएको प्रहरी टोलीले ती भागेका मानिसहरुलाई खोजतलास गर्दै जाने क्रममा जिल्ला रौतहट कटहरिया न.पा.वडा नं.५ स्थितबाट निज नसिब बैठा र हरि शंकर साह सोनारलाई नगद रु.५९,०००।– (उन्नसाठी हजार) सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा, रौतहटमा लगी चोरी तथा डाँका सम्बन्धि कसूरमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ

काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर...
28/12/2023

काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रियआइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट गायक अवार्डसहित मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्टद्धारा आयोजित “सातौ मनास्लु राष्ट्रिय अवार्ड – २०८०” मा माझिलाई अवार्ड प्रदान गरिएको हो ।

मन बहादुर पुनको अध्यक्षतामा आदिवासी जनजाति आयोगका अध्यक्ष — माननिय राम बहादुर थापा मगर प्रमुख अतिथि बरिष्ठ अधिबक्ता गौ बहादुर आले मगर बिशिष्ट आतिथ्यतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको कार्यक्रममा “एक विधा एक स्टार” सातौ मनास्लु राष्ट्रिय अर्वाड–२०८० मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका व्याक्तित्वहरुलाई अर्वाडद्धारा सम्मान गरिनुका साथै सम्मानित व्याक्तित्वहरुको प्रकाशित जीवनी एक तारा (भाग ७) को बिमोचन गरिएको थियो ।

अवार्ड प्राप्त गरिसकेपछी उनले आफुलाई थप जिम्मेवारी बोध भएको र आफुलाई भाग्यमानी महशुस भएको बताए । माझिले आफ्नो समुदायको उत्थानको निम्ति गीत सङ्गित, फिल्म, डकुमेन्ट्री समेत निर्माण गरेका छन् । उनी विभिन्न संघ संस्था, कार्यक्रम तथा समारोहबाट सम्मानित भाईसकेका छन् । उनले अभिनय गरेको ‘मोङो डोङा २’ बाट पहिलो ज्योमो गाङ फिल्म अवार्ड २०१८ मा उत्कृष्ट नव अभिनेताको अवार्ड हात परेका थिए । उनलाई बिरिसु मिडिया प्रालीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ मा माझी समुदायको उत्थानका निम्ति गरेको योगदानको कदर गर्दै “माझी किङ” को उपाधिबाट सम्मान दिइएको थियो ।

त्यसैगरी छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई माझी किङ सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । माझी समुदायको पहिलो रेकर्ड गरिएको भाषिक गीत गाएर उनले आफ्नो पहिचान बनाएका हुन् ।

28/12/2023

Koshi Road Bihar,

IJA journalist Association Bihar
27/12/2023

IJA journalist Association Bihar

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडाैं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रियाकाठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अ...
26/12/2023

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडाैं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिष लाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।

अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलिपल्टै मिनिमल एसेस सर्जरी मार्फत हर्निया निकालिएको बालरोग सर्जन डाक्टर श्रेष्ठले बताए । ‘शिशुको जन्मजातै दुवैतर्फ हर्निया थियो । सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठूलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधि अनुसार नाइटोको छेउमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेका हौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ ।’ डा. श्रेष्ठले भने ।

उनले केएमसीमा बालबालिकाका जस्तोसुकै रोगको उपचार गर्न सकिने बताए । मुटुको शल्यक्रिया बाहेक केएमसीमा जस्तोसुकै उपचार सम्भव रहेकाे जिकिर गर्दै डा. श्रेष्ठले बालबालिकाहरूमा देखिएका कुनैपनि समस्याहरूमा अभिभावकले हेलचेक्र्याइँ गर्न नहुने पनि बताए । ‘लगातार एउटै समस्या देखा परिरहन्छ भने सामान्य औषधी र एन्टिबायोटिक्स मात्र खाएर हुँदैन । विशेषज्ञ चिकित्सकबाट परामर्श लिनु पर्दछ ।’ उनले भने ।

केएमसीका अनुभवी विशेषज्ञ स्वास्थ्य टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेपछि बाबु बसन्त खड्का एकदम खुसी छन् । ‘४२ दिनको बच्चाको कसरी अप्रेसन होला र भन्ने चिन्ता थियो । अप्रेसनमा लैजानु अगाडि डाक्टरहरूले स्वासप्रस्वासमा समस्या भए चिरेर भएपनि गर्नुपर्छ भन्नुभएकोले बच्चा बाँचेर फर्किने होकि हैन भन्ने चिन्ता थियो । तर, केही भएन, अप्रेसन सफल भयो ।’ बाबु खड्काले भने । केएमसीको अत्याधुनिक ल्याप्रोस्कोपी प्रविधिले नै बच्चा बचाउन सफल भएको भन्दै खड्काले चिकित्सकहरूलाई धन्यवाद दिए । ‘मेरो लागि केएमसीका डाक्टरहरू भगवान सरह नै हुनुभयो । उहाँहरूले उपचार पद्धतिमा गर्नुभएको केयर कहिल्यै बिर्सन सक्दिनँ ।’

केएमसीमा स्वास्थ्य क्षेत्रका नवीनतम उपचार प्रविधिहरू भित्र्याइए पछि जस्तोसुकै जटिल केसहरू हल गर्न सकिएको छ । डाक्टर सुनिलकुमार शर्माले केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गरिएको केएमसीले जनाएको छ । केएमसीमा न्यूरो इन्टरभेन्सन प्रविधि समेत रहेको छ । हाल केएमसीमा एपेन्डिक्सको ९९ प्रतिशत केसहरू ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरिन्छ । भने, फियो निकाल्ने, पित्तथैलीको अप्रेसन, किड्नीको पत्थरीको अप्रेसन समेत ल्याप्रोस्कोपी प्रविधिमै हुने गरेको छ ।

परम्परागत चिरेर गरिने अप्रेसन भन्दा ल्याप्रोस्कोपी विधिबाट गरिने अप्रेसन बिरामीका लागि सहज हो । ल्याप्रोस्कोपी बाट अप्रेसन गर्दा घाउ सानो हुने, चाँडै घाउ निको हुने, अप्रेसन गरेको एकाध दिनमै अस्पतालबाट घर जान सकिने, चाँडै हिँडडुल गर्न सकिन्छ । ‘अब पहिलेको जस्तो ठुल्ठूलो घाउ पारेर अप्रेसन गर्नुपर्ने अवस्था हटिसकेको छ । ल्याप्रोस्कोपी प्रविधिले डाक्टर र बिरामी दुवैलाई उपचारमा सहजता प्रदान गरेको छ । यसको प्रभावकारितामा कुनै शंका गर्नुपर्दैन ।’ डा. श्रेष्ठले भने ।

भारतीय मिडियाकाे दिशामा पुनर्विचार हुनु आवश्यकमधेपुरा, बिहार । इसत्याक अहमद 'मिडियाले सेट गरिरहेकाे भाष्य सुखद छैन । मिड...
24/12/2023

भारतीय मिडियाकाे दिशामा पुनर्विचार हुनु आवश्यक

मधेपुरा, बिहार । इसत्याक अहमद

'मिडियाले सेट गरिरहेकाे भाष्य सुखद छैन । मिडियाकाे सत्यतथ्य सूचना प्रवाहकाे अभावमा समाजकाे दिशा अन्यत्र नै माेडिँदै गएकाे छ । मिडिया गृह र पत्रकारहरू कर्तव्य पथमा खराे न उत्रिदिँदा त्रुटिपूर्ण भाष्य निर्माण भई समाजकाे दिशा नै परिवर्तन भइरहेकाे छ'; बिहार राज्यकाे मधेपुरामा भारतीय पत्रकार संघ र द रिपब्लिकन टाइम्सकाे संयुक्त कार्यक्रमकाे अवसरमा विशिष्ट अतिथि रहेकाे नेपालका पूर्व मन्त्री तथा संविधान सभा सदस्य माेहम्मद जाकिर हुसैनले बताए । उनले विश्व मिडिया नै अरूकाे लागि भाष्य निर्माण गर्ने दलदलमा फसेकाे बताए । खास गरी विश्वकै ठूलाे लाेकतन्त्र भएकाे भारतमा मिडिया हाउस र पत्रकारहरूलाई भारतीय पत्रकारिताकाे दशा र दिशा दुवै परिवर्तन गर्न पुनर्विचार गर्ने बेला भएकाे उनले बताए ।

हुसैनले नेपाल भारतकाे अटुट दाैत्य सम्बन्ध रहेकाे र नेपाल-भारतकाे सम्बन्ध मानवीय सभ्यताकाे विकासदेखि इतिहास हुँदै राेटीबेटीमा जाेडिन पुगेकाे छ; भारतले राम्राे मित्र राष्ट्रकाे रूपमा नेपाललाई सहयाेग गर्दै आएकाे छ ।

कार्यक्रमकाे प्रमुख अतिथि रहेका लाेकसभा सदस्य तथा जनअधिकार दलका राष्ट्रिय अध्यक्ष पप्पु यादवले भारतमा सच्चा रिफर्मर नेताकाे खाँचाे रहेकाे र वर्तमान दशा र दिशा निकै खराब रहेकाे बताउँदै सरकारप्रति असन्तुष्ट जाहेर गरी मिडिया जिम्मेवार हुनुपर्ने बताए । उनले भने, 'डा. दिवासीष बाेसजस्ताे निडर, निषपक्ष र विचारशील पत्रकारले समाज बदल्न सक्छ । पत्रकारहरूले मधेपुराका शान स्व. बाेसबाट सिक्ने कुरा धेरै छन्, उनले भने ।
भारतीय पत्रकार संघका अध्यक्ष सेराज अहमद कुरैशीले भारतीय पत्रकारहरूकाे आर्थिक, बाैध्दिक तथा भाैतिक सुरक्षासम्बन्धी कानून र संयन्त्र बनाउनु पर्ने बताए । उनले पत्रकारहरूकाे न्युनतम पारिश्रमिक निर्धारण आयाेग गठन गर्न सरकारसँग माग राखे ।

भारतका विभिन्न प्रान्तहरूबाट पत्रकारहरूकाे उपस्थति रहेकाे संगाेष्ठीमा नेपालकाे मधेश प्रदेशबाट सातजना प्रतिनिधिमूलक पत्रकारकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा मधेश प्रदेशका सात उदीयमान युवा पत्रकारलाई डा. देवासिस बाेस अवार्ड प्रदान गर्दै सम्मानित गरियाे । पत्रकारिता क्षेत्रमा याेगदान पु-याएबापत भारतीय पत्रकार संघले केही भारतीय पत्रकारलगायत मधेश प्रदेशका सात नेपाली पत्रकारलाई पुरस्कृत गरेकाे छ । लाेकसभा सदस्य पप्पु यादव, पूर्व मन्त्री जाकिर हुसैन, भारतीय पत्रकार संघका अध्यक्ष सेराज अहमद कुरैशीले संयुक्त रूपमा पत्रकारहरूलाई डा. दिवासीष बाेस अवार्ड प्रदान गरे । पुरस्कृत हुने नेपाली पत्रकारहरूमा इस्तियाक अहमद, सत्येन्द्रप्रताप सिंह, प्रेमशिला यादव, रघुनाथ गुप्ता, रुपेश यादव, सरताज आलम र अनुष्का शर्मा रहेका छन् । इस्तियाक अहमद मध्यान्ह दैनिकका मधेश सम्वाददाता हुन् ।

कार्यक्रममा स्व. वरिष्ठ पत्रकार डा. देवासीष बाेसकाे जीवन चरित्र र याेगदानहरूकाे बारेमा बाक्लाे चर्चा भयाे ।

बिहारकाे मधेपुरा शहरकाे कला भवनमा भारतीय पत्रकार संघ मधेपुरा जिल्ला अध्यक्ष माे. रजीउर रहमानकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । ...
24/12/2023

काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो ।

संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती मौन धारणा गरेका थिए । कार्यक्रममा नृत्याङ्गना आशिका श्रेष्ठले नेपाली शास्त्रीय चर्या कुमारी नृत्य स्वागत गरिएको थियो । प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउनका निम्ती आयोजना गरेको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरे । अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै उनले राज्यले गर्नुपर्ने काम गरेको र नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताए ।

संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरुलाई समेटिएर गर्न लागेको यो अवार्ड विश्वमा नै पहिलो भएको दाबी गरे । कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन दास श्रेष्ठ, नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष शम्भु शाही, जिल्ला समन्वय सभापती सिन्धुपाल्चोकका कृष्ण गोपाल तामाङ लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा एनडिए डान्स स्टुडियो र ड्रीम्स एण्ड डान्सका कलाकारहरु र गायक मदन कुमार थापाले साङ्गितिक प्रस्तुती प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरु नृत्य निर्देशकहरु नरेन्द्र कोइराला, राम प्यासी, दिपेन्द्र शाही ठकुरी, सञ्जय राजोपाध्याय, रमेश बुढाथोकीहरुलाइ एनडिए टिमका सचिव प्रकाश शर्मा र आर्थिक प्रमुख चुडामणी फुयालले मायाको चिनोद्वारा सम्मान गरिएको थियो । अवार्ड कार्यक्रमको नोमिनेशनका लागि जुरी टिममा शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहेका थिए भने फाइनलका लागी जुरीमा भुवन दास श्रेष्ठ, कमल राई, डा.आर.सी. कोइराला, रोचक थापा, जोगेन्द्र के.सी. र प्रदिप रमण सिं डङ्गोल रहेका थिए । कार्यक्रम सञ्चारकर्मी कुल तामाङ्ले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार, कलकार,समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

क-कस्ले कुन कुन बिधामा पाए अवार्ड ?
उत्कृष्ट तामाङ जातीको लोक नृत्य निर्देशक (जुरी) अवार्ड-निरु फुयाल,उत्कृष्ट थकाली नृत्य निर्देशक अवार्ड – सोनु लामा, उत्कृष्ट राइ जातीको लोक नृत्य निर्देशक- नविना के।सी, उत्कृष्ट हुडकेली नृत्य निर्देशक पब्लिक चोइस अवार्ड – मनु लिम्बु, उत्कृष्ट झिझिया नृत्य निर्देशक अवार्ड – नारायणी थापा मगर, उत्कृष्ट शेब्रु नृत्य निर्देशक अवार्ड – निर्जला राइ, उत्कृष्ट कौडा नृत्य निर्देशक पब्लिक चोइस अवार्ड – पर्सन गुरुङ, उत्कृष्ट थारु नृत्य निर्देशक अवार्ड- दिल बहादुर सुनार, उत्कृष्ट नेवारी नृत्य निर्देशक अवार्ड- रबिन्सन श्रेष्ठ, उत्कृष्ट तीज नृत्य निर्देशक अवार्ड- सिता माया श्रेष्ठ, उत्कृष्ट मारुनी नृत्य निर्देशक- ममता राइ, उत्कृष्ट टप्पा नृत्य निर्देशक पब्लिक चोइस अवार्ड- आक्रिती गुरुङ, उत्कृष्ट छलिया नृत्य निर्देशक अवार्ड- सिर्जना माया लामा, उत्कृष्ट धिमाल नृत्य निर्देशक पब्लिक चोइस अवार्ड- नरेश घले, उत्कृष्ट श्रेब्रु नृत्य निर्देशक जुरी अवार्ड – सुनिल गिरी, उत्कृष्ट झिझिया जातीको नृत्य निर्देशक पब्लिक चोइस अवार्ड-किसन बहादुर नेम्वाङ, उत्कृष्ट कौडा नृत्य निर्देशक अवार्ड – अस्मिता पराजुली, उत्कृष्ट तामाङ नृत्य निर्देशक अवार्ड – सरस्वती पोखरेल, उत्कृष्ट टप्पा नृत्य निर्देशक अवार्ड – मन्दिरा न्यौपाने, उत्कृष्ट हुडकेली नृत्य निर्देशक अवार्ड – लक्ष्मी पुरी, उत्कृष्ट धिमाल नृत्य निर्देशक अवार्ड- हिरा तामाङ, सर्वोत्कृष्ट नृत्य निर्देशक पब्लिक चोइस अवार्ड- मनाङ गुरुङ, सर्वोत्कृष्ट नृत्य निर्देशक जुरी अवार्ड- दिवस गिरी, सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड – युवराज गुरुङ्ले प्राप्त गरेका छन ।

 #सिजि_इन्टरटेनमेन्टले_मनका_कुरा_विथ_बसन्त_चौधरी'  प्रसारण गर्दै काठमाडौँ । सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्ष...
18/12/2023

#सिजि_इन्टरटेनमेन्टले_मनका_कुरा_विथ_बसन्त_चौधरी' प्रसारण गर्दै

काठमाडौँ । सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने भएको छ । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र ‘भिसा–गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सिजि इन्टरटेनमेन्टले अब आफ्नोे यु–ट्युब च्यानल शुरु गर्न लागेको हो ।
हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजना अनुसार यही डिसेम्बर २२ तारिखदेखि हरेक शुक्रबार साँझ ८ बजे बसन्त चौधरीले प्रस्तुत, गर्ने कार्यक्रम ‘मनका कुरा विथ बसन्त चौधरी' सिजि इन्टरटेनमेन्टको आधिकारीक यूट्युव च्यानल मार्फत नियमित रुपमा प्रसारण हुनेछ ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुसँग अन्तरङ कुराकानी प्रस्तुत हुनेछ। सो कार्यक्रम उत्पादन गर्नका लागि सिजि इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापना समेत गरिसकेको संस्थाका सह–अध्यक्ष हरिहर शर्माले जानकारी दिनुभयो ।
हाल ‘मनका कुरा विथ बसन्त चौधरी' उत्पादन र प्रसारण गर्न लागेको सिजि इन्टरटेनमेन्टले आगामी जनवरीदेखि अन्य कार्यक्रम पनि शुरु गर्ने तयारी गरेको छ ।

Address

Rautahat
Gaur
44506

Alerts

Be the first to know and let us send you an email when Interview Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Interview Khabar:

Videos

Share

Nearby media companies


Other Media/News Companies in Gaur

Show All