Gaur Fm 105Mhz

Gaur Fm 105Mhz GAUR FM 105MHZ IN GAUR DISTRIC
GAUR, RAUTAHA

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित बायम्पाबाट लिएको  रुकुमपूर्वको पुथा हिमाल। पुथा हिमाल सात हजार २४६ मिटर...
16/08/2024

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित बायम्पाबाट लिएको रुकुमपूर्वको पुथा हिमाल। पुथा हिमाल सात हजार २४६ मिटर अग्लो रहेको छ ।

सोलुखुम्बुकाे सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एक जना कर्मचारीको ज्यान गएको छ । अरू तीन जना घाइते भएका छन् ।करेन्ट लागेर ...
11/08/2024

सोलुखुम्बुकाे सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एक जना कर्मचारीको ज्यान गएको छ । अरू तीन जना घाइते भएका छन् ।

करेन्ट लागेर सल्लेरी च्याल्सा विद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङका अनुसार हिजो दिउँसो विद्युत् तार आसपासको रुखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको जिल्लाअस्पताल फाप्लुमा उपचारका क्रममा ज्यान गएको हो ।

यस्तै करेन्ट लागेर घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रूपमा कार्यरत टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिनुभयो ।

Catch all the latest News from Nepal on Ujyaalo, Nepal's largest, independent radio network and news portal for Nepali news on the most recent stories, breaking news, national, international, politics, business, society, sports, arts, entertainment, science, technology, health, environment, agricult...

21/12/2023

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुन लागेको हो ।

यसअघि प्रतियोगितामा दुई समूह विभाजन गरी शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समीकरणमा हुँदै आएको थियो । तर यस पटकदेखि सबै टोलीले एकअर्कासँग खेल्न पाउनेछन् । शीर्ष चार टोली प्लेअफ खेल्नेछन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आजदेखि काठमाण्डौको कीर्तिपुर र मूलपानीमा हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगितामा हरेक दिन चार वटा खेल हुनेछन् । कीर्तिपुरमा दुई र मूलपानी मैदानमा दुई वटा खेल हुनेछन् । लगातार दुई दिन खेलपछि एक दिन विश्राम हुनेछ । सबै खेलहरु बिहान साढे ९ बजे र दिउँसो सवा एकमा शुरु हुनेछन् ।

13/12/2023

हाकिम हाजिरको विषयमा बाराको सिम्रौनगढ नगपालिकामा गोली लागेर एकको मृत्यु

बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षककर्मचारी र प्रहरीबीच झडपका क्रममा एक जनाको मृत्यु भएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका सिम्रौनगढ-१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । उनका अनुसार बिनको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले आक्रमणको प्रयास गरेका थिए ।
उनीहरूले मेयरको गाडीमा तोडफोड गरे ।

त्यहीबेला प्रहरी र आन्दोलनरत कर्मचारी र शिक्षकहरूबीच धकेलाधकेल भएको थियो, प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो । तर पछि आन्दोलनकारीहरूले थप दबाब बढाएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन टियर ग्यास र हवाई फायर गरेको एसपी सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिए ।

‘प्रहरीले २०–२५ राउन्ड टियर ग्यास र हवाई फायर गर्‍यो । अहिले स्थिति नियन्त्रणमा छ,’ एसपी काफ्लेले भने । आन्दोलनकारीको ढुंगा प्रहारबाट १० प्रहरी घाइते भएका छन् ।
आन्दोलनका कारण दुई महिनायता नगरपालिकाबाट नियमित सेवा प्रवाह हुन सकेको छैन । मेयर साहसमेत नियमित नगरपालिका जाने गरेका थिएनन् ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत थिएनन् ।
बुधबार मेयर साहले एक साताअघि मात्रै पचरौता नगरपालिकाबाट सरूवा लिएका प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई हाजिर गराउन नगरपालिका पुगेका थिए ।

मेयर साह लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुन् । तर नगरसभामा नेपाली कांग्रेसको बहुमत छ । यसअघि मेयर साहले नगरसभा सम्पन्न भएको भनेर सार्वजनिक गरे पनि कांग्रेसका जनप्रतिनिधिहरूले भने नगरसभा नभएको भन्दै विरोध जनाउँदा विवाद उत्पन्न भएको हो ।

जनप्रतिनिधिको विवादले नगरपालिकाको काम कारबाही प्रभावित हुँदा कर्मचारी र शिक्षकहरू पनि आन्दोलित बनेका छन् ।

08/12/2023

बारा जिल्लाको बारागढि गाउँपालिका वडा नम्बर ३ खाेपवा स्थित बारागढी गाउँपालिकाकाे नव निर्मित प्रशासकीय भवनकाे समुद्घघाटन भएकाे छ । शुक्रबार बिहान ११ बजे देखि ३ बजे सम्म भवन उदघाटन कार्यक्रम संचालन भएकाे हाे, भवन उदघाटन समारोहकाे उदघाेषण दयाशंकर रायले गरेका हुन् ,कार्यक्रममा बारागढी गाउँपालिका अध्यक्ष असाेक कुमार जयसवाल, गाउंपालिका उपाध्यक्ष लक्ष्मी देवी, प्रमुख प्रसाशकीय अधिकृत सुनील प्रसाद केशरी,स्वास्थ्य शाखा प्रमुख,शिक्षा शाखा प्रमुख ,सबै वडाका वडा अध्यक्ष,वडा सदस्यहरु,बाराका प्रमुख जिल्ला अधिकारी नवराज ढकाल,बाराका प्रमुख प्रहरी प्रमुख,सस्त्र प्रहरी प्रमुख,समाजसेवी,पत्रकार ,संचारकर्मी, गाउँपालिका भरीका गाउँवासी,कलैया उपमहानगरपालिका नगर प्रमुख बिनाेद साह,अधिकृत नाथु साह, रामकिशाेर यादव,बाराको प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवाल, उपा अध्यक्ष किरण देवी साह, प्रसौनी गाउंपालिका वडा ४ का अध्यक्ष याकूब अंसारी, अध्यक्ष जैसवालको सहयोगी संदीप कुमार यादव सहितको सहभागिता रहेकाे थियाे। भवन निर्माण खर्च रु ५ कराेड ७४ लाख ३२ हजार बराबरमा बनेकाे सबैभन्दा राम्रो भवन हाे।
उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका मुख्य मन्त्री सराेज कुमार यादव र पालिका अध्यक्ष असाेक कुमार जयसवालद्वारा संयुक्त रूपमा साे प्रशासकीय
भवनकाे रिबन काटेर उद्घाटन भएको हो । नव निर्मित भवनकाे कार्यक्रम समाप्न चाहिँ गाउँपालिका अध्यक्ष असाेक जयसवालले गरेका थिए ।

08/12/2023

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद मंसिर २२, २०८०

याे सुन्दर दृश्य कहांकाे हाेला ।
05/12/2023

याे सुन्दर दृश्य कहांकाे हाेला ।

Address

Gaur

Telephone

+9779860831802

Website

Alerts

Be the first to know and let us send you an email when Gaur Fm 105Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gaur Fm 105Mhz:

Share

Category