
30/06/2023
२०औँ राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा धान रोप्नुभएको छ ।
असार १५ अर्थात धान दिवस मनाउन चितवन आउनुभएका ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँबस्तीमा हात र मेसिनले धान रोप्नुभएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । धान रोपेपछि उहाँले किसानहरुसँग भलाकुसारी समेत गर्नुभएको थियो ।