निरन्तर २/४ दिन पानी परेर चरक्क घाम लागेका बेला पनि पहिरोको डर हुन्छ । पहिरोका पूर्वसङ्केतबारे जानी राखौ, र अरुलाई पनि भनौ हैं
निरन्तर २/४ दिन पानी परेर चरक्क घाम लागेका बेला पनि पहिरोको डर हुन्छ ।
निरन्तर २/४ दिन पानी परेर चरक्क घाम लागेका बेला पनि पहिरोको डर हुन्छ । पहिरोका पूर्वसङ्केतबारे जानी राखौ, र अरुलाई पनि भनौ हैं...#NDRRMA #landslide #LandslideAwareness
ललितपुरको च्यासल क्षेत्रमा ग्यास ट्याङ्कर बगाउँदा ग्यास लिक भएको ट्याङ्करको हालत😭😭
ललितपुरको च्यासल क्षेत्रमा ग्यास ट्याङ्कर बगाउँदा ग्यास लिक भएको ट्याङ्करको हालत😭😭
ललितपुर नख्खु बाट बाढेले बगाएका ३ मध्य २ को सकुशल उद्धार
ललितपुर नख्खु बाट बाढेले बगाएका ३ मध्य २ को सकुशल उद्धार भएछ । उद्धार गर्ने यी दाजुलाई हृदय देखि नै आभार
पोखरामा रवि लामिछाने आउने कार्यक्रमस्थलबाहिर सहकारी पीडितको नाराबाजि
हेलिकप्टर दुर्घटना: चार सैनिकको मृत्यु, एक बेपत्ता
उत्तरी पोर्चुगलको समोदेस क्षेत्रमा रहेको डोरो नदी नजिक एक हेलिकप्टर दुर्घटनामा परेको छ, जसमा चार सैनिकको मृत्यु भएको छ भने एक सैनिक बेपत्ता छन्। यो दुर्घटना शुक्रबार अग्निनियन्त्रण अभियानबाट फर्किने क्रममा भएको हो। हेलिकप्टरमा एक पाइलटसहित छ जना सवार थिए। दुर्घटना शुक्रबार दिउँसो करिब १२:५० बजे भएको हो, जब हेलिकप्टर सिधै डोरो नदीमा खसेको थियो।
हेलिकप्टरका पाइलटले नदीमा रहेको डुंगाको सहाराले आफ्नो जीवन बचाउन सफल भएका छन् र हाल अस्पतालमा उनको उपचार भइरहेको छ। उनको अवस्था स्थिर छ र जीवनलाई कुनै खतरा छैन। अर्कोतर्फ, बेपत्ता सैनिकको खोजी र उद्धार अभियान जारी छ।
पोर्चुगलका प्रधानमन्त्री लुइस मोंटेनेग्रोले यस दुःखद घटनापछि राष्ट्रलाई सम्बोधन गर्दै गहिरो दुःख व्यक्त गरे। उनले यो पोर्चुगलका लागि
जापानमा बिहीबार आएको शक्तिशाली आँधीका कारण ३ जनाको ज्यान गएको छ। आँधीले आइची प्रिफेक्चरको गामागोरी सहरमा पहिरो निम्त्याउँदा एकै परिवारका तीन जनाको ज्यान गएको हो। ज्यान गुमाउनेहरूमा दुईजना करिब ७० वर्ष उमेर समूहका दम्पती र उनीहरूका ३० वर्षीय छोरा रहेका छन्। परिवारका अन्य दुई सदस्यको भने उद्धार गरिएको छ।
कागोसिमा र मियाजाकी क्षेत्रमा कम्तीमा ४० जना घाइते भएको बताइएको छ। आँधीका कारण २ लाख ५४ हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ।
दक्षिणी जापानमा सयौं उडान रद्द भएका छन्, जसले कम्तीमा २५ हजार मानिसलाई प्रभावित पारेको छ। जापान एयरलाइन्सले १ सय ७२ वटा आन्तरिक तथा ६ वटा बाह्य उडान रद्द गरेको जनाएको छ। साथै, उच्च गतिको केही रेल सेवा पनि बन्द गरिएको छ।
आँधीले सयौं घरका छाना उडाएको र दर्जनौं रुख ढलेको छ। दक्षिणी भेगका राजमार्गहरू अवरुद्ध भएका छ