Kalimpong Diary

Kalimpong Diary Local news of hills
(2)

14/10/2023
14/10/2023

निउज पोर्टलमा समाचार सम्प्रेषण गरेको २४ घण्टा नबित्दै आयो सहयोगको हात, तारखोलाका बाढी पिडितलाई साथ दिन पुगिन् समाजसेवी ज्योति कार्की

समाचार गरिएको २४ घण्टा नबित्दै तारखोलाका बाढी पिडितहरूले साहयता पाउने भएका छन्। हिज मात्र तारखोलाका विस्थापित परिवारहरूले यस प्राकृतिक प्रकोप पछि भइरहेको समस्या आँसु झार्दै सुनाएका थिए। विशेष गरी टाढामा पिजी बसेर पढिरहेका अनि निजी विद्यालयहरूमा परिरहेका विद्यार्थीहरूको मासिक फिसको समस्याले उनीहरू ग्रस्त थिए। उनीहरूको यस भिडियो हेरे पश्चात आज तारखोला पुगेर पिडितहरूलाई भेट्दै समाजसेवी कार्कीले ति विद्यार्थीहरूको 6 महिना सम्मको सम्पूर्ण स्कूल, हस्टेल अनि पिजी खर्च आफूले बेहोर्ने बताएकी छन्। तिनले परिस्थिति अनुकूल नभए सम्म त्यसपछि पनि आफू सहायताको निम्ति तत्पर रहने बताएकी छन्।

आफूहरूलाई समस्या परेको बेला सहयोगको निम्ति अघि आएकोमा पीडित परिवारहरूले समाजसेवी कार्की प्रति आभार प्रकट गरेका छन्।
स्मरण गराइन्छ- केही दिन अघि आएको प्राकृतिक प्रकोपमा तारखोलाका 10 परिवार पूर्ण रुपमा प्रभावित बनेका छन्। घरबार पूर्ण रूपमा क्षतिग्रस्त भएपछि हाल उनीहरू सामुदायिक भवनमा शरण लिन वाध्य छन्।

14/10/2023

किड्नीको डायलाइसिस गरिरहेकी बाढी पीडित लक्ष्मी देवी चौधरीलाई साहयताको निम्ति अघि आइन् समाजसेवी ज्योति कार्की, सिक्किम पाक्योङका डीसी सँग कुराकानी पछि आज एसटीएनएम अस्पतालमा भर्ना गरिने।

बिरामीको परिवारले पनि यस्तो विपद्को समयमा आफूहरू लाई साथ दिने सम्पूर्णमा आभार प्रकट गरेका छन्।

13/10/2023

८ दिन पछि मामखोला क्षेत्रको ग्राउणड जिरो रिपोर्ट यस्तो रहेको छ हेर्नुस् ।

13/10/2023

किड्नीको डायलाइसिस गरिरहेकी बाढी पीडित लक्ष्मी देवी चौधरीलाई साहयताको निम्ति अघि आइन् समाजसेवी ज्योति कार्की, सिक्किम पाक्योङका डीसी सँग कुराकानी पछि आज एसटीएनएम अस्पतालमा भर्ना गरिने

गत 3 अक्टोबरको रात प्राकृतिक प्रकोपमा परेर धेरैले आफ्नो आफन्त अनि घरबार गुमाएका छन् भने उनीहरू राहत शिविरको चिसो भुँइमा रात कटाउन बाध्य छन्। यस्तो प्रतिकूल परिस्थितिमा धेरै बिरामीहरूलाई व्यापक समस्या भइरहेको छ। जस मध्ये एक हुन् लक्ष्मी देवी चौधरी। जो हालमा रम्फुको रिलिफ क्याम्पमा बसिरहेकी छिन्।
मजदूरी गरेर सिक्किममा डायलाइसिस गराइरहेकी लक्ष्मी देवी अचानक आएको बाढीको प्रकोप पछि बिचल्लीमा परेकी छन्। रिलिफ क्याम्पमा बसिरहेकी तिनको उपचारको निम्ति सठीक प्रबन्ध नभएपछि समाजसेवी एवं रेड क्रस कालेबुङकी भाइस चियरम्यान ज्योति कार्की तिनको उपचार निम्ति सहयोग गर्न अघि आएकी छिन्।
बिरामीलाई भेट्न क्याम्प पुगेकी कार्कीले त्यहाँबाट पाक्योङ जिल्लाका डिसिलाई फोन मार्फत सम्पर्क गरी भेटघाट गरेर परिस्थिति अनुकूल नभए सम्मलाई उपचारको प्रवन्ध एसटीएनएम अस्पतालमा मिलाइएको छ।
यसरी विपद्को समयमा साथ दिएको भन्दै समाजसेवी कार्कीले सिक्किम सरकार अनि डिसि पाक्योङलाई आभार व्यक्त गरेकी छन्।
बिरामीको परिवारले पनि यस्तो विपद्को समयमा आफूहरू लाई साथ दिने सम्पूर्णमा आभार प्रकट गरेका छन्।
यता साङ्से पञ्चायत समिति सदस्य लाक्पा शेर्पाले शुक्रवार आफ्नो निजी वाहनमा बिरामी लक्ष्मी देवीलाई अस्पताल सम्म पुऱ्याउने जिम्मेवारी लिएका छन्।

12/10/2023

पिडित पत्रकारहरूले दर्ता गरेको FIR बाट भागोप्रमोका शीर्ष नेतृत्वहरूको नाम हट्टाइएको छ: अधिवक्ता वीरेन्द्र रसाइली
पिडित पत्रकारहरूले दर्ता गरेको FIR बाट भागोप्रमोका शीर्ष नेतृत्वहरूको नाम हट्टाएको वरिष्ठ अधिवक्ता वीरेन्द्र रसाइलीले दावी गरेका छन्।गत केही दिन अघि गेल खोलामा कालेबुङका दुइजना पत्रकारहरू मनोज बोगटी र उमेश दर्जीमाथि भागोप्रमोको कार्यकर्ताहरूले कुटपिट गरेको थियो। घाइते पत्रकारहरूले कालेबुङ थानामा आफुहरूमाथि भएको घटनामा भागोप्रमोको शीर्ष नेतृत्वहरू पनि सामेल रहेको बताउँदै उनीहरू विरूद्ध एफआईआर दर्ता गरेका थिए। तर आज आफुहरूले दर्ता गरिएको एफआईआरमाथि अनलाइन जाँच गर्दा एफआईआरबाट भागोप्रमोको शीर्ष नेतृत्वहरूको नाम हट्टाएको पाए अनि पार्टीको तीनजना साधारण सदस्यहरूको नाम मात्र उल्लेख रहेको आफुले भेट्टाएको अधिवक्ता रसाइलीले बताएका छन्।

12/10/2023

Relief distribution at Rangpo West Bengal
An initiative of Siliguri community transformation and welfare society
& Lions club Siliguri

12/10/2023

प्राकृतिक प्रकोपले तारखोलाबाट १० वटा घर पुर्णरूपले क्षतिग्रस्त सामुदायिक भवनमा लिन परिरहेको छ आश्रय।
अहिले विद्यार्थीहरुलाई लिएर भइरहेको छ समस्य ।

12/10/2023

गोर्खा स्वतन्त्र समुहद्वारा पनि पत्रकारहरु माथि भएको आक्रमणको बिरोध।

11/10/2023

तारखोलाबाट १० घर पूर्णरूपले क्षतिग्रस्त परिवार पक्ष के चाहन्छन् हेर्नुस् ।

11/10/2023

NH 10मा 8 दिन देखि फसेका चालकहरु कस्तो अवस्थामा छ हेर्नुस् ग्राउण्ड जिरो रिपोर्ट कालेबुङ डायरी संग।

11/10/2023

कालेबुङ थानामा हिज भएको पत्रकारमाथि कुटपिट लिएर Jak अनि press club kpg द्वारा ज्ञापनपत्र
बुझाएको छ।हेर्नुस् नयाँ अपडेट

11/10/2023

गोजमुमोका केन्द्रीय सह-सचिव अनिल लोप्चनले पत्रकार माथि भएको कुटपिटको निन्दा गर्दै गरे पत्रकार सम्मेलन

11/10/2023

अहिले रम्पू बंगलको स्थिति कस्तो रहेको छ ?हेर्नुस् ग्राउण्ड जिरो रिपोर्ट ।

11/10/2023

टिस्टा नदी उर्लेर आएको भयावह बाढीले गरेको क्षयक्षतिले तारखोलाको १० वटा घर पूर्णरूपले क्षतिग्रस्त बने बलुवा टार।तारखोला बासिन्दा के चहान्छ हेर्नुस् ग्राउण्ड जिरो रिपोर्ट ।

11/10/2023

जिटिए चिफ अनित थापाको उपस्थितिमा उनकै केटाहरुद्वारा खबर म्यागजिनका पत्रकार मनोज बोगटी अनि केटिभीका पत्रकार उमेश परियार माथि हमला गरिएको छ। दुई पत्रकार समाचार संकलन गर्न गेल खोला पुगेका थिए सोही समय जिटिए चिफ अनित थापाको पनि उपस्थिति रहेको थियो। उनको समाचार गर्नै लाग्दा केटाहरुले दुई पत्रकारलाई अचनाक आक्रमण गरेको हो|

Fuchi Ishika https://m.facebook.com/story.php?story_fbid=716622057158651&id=100064325882177&sfnsn=wiwspwa&mibextid=9R9pX...
09/10/2023

Fuchi Ishika
https://m.facebook.com/story.php?story_fbid=716622057158651&id=100064325882177&sfnsn=wiwspwa&mibextid=9R9pXO

Mrs Purni Maya S***a
———————————————
MRS POPULAR CONTEST
Vote Now for your favourite contestant !

Rules:
* Page follow 2 points
* Post Share 1 point
* Post Like or comment 1 point

We are excited to announce the Popular Contest for Sikkim’s Top Model, Season-4. The contest is open to all finalists who have made entry in the Final. The contestants who gather the highest number of likes on both the Instagram and Facebook official pages of will win the sub title of Teen/Miss/Mrs Popular 2024.

This contest provides a unique opportunity for the contestants to showcase their popularity on social media and connect with their followers. They can use their creativity and charm to gather as many likes as possible and boost their chances of making it to the top 10.

The Sikkim’s Top Model wishes all the contestants the best of luck and hopes to see a spirited and engaging competition. May the most popular contestant emerge victorious and secure a direct entry to the top 10 at the Grand Finale.

The contest will closes just a day before of Grand Finale.

𝗙𝗼𝗹𝗹𝗼𝘄 𝘁𝗵𝗲 𝗼𝗳𝗳𝗶𝗰𝗶𝗮𝗹 𝗽𝗮𝗴𝗲 𝗼𝗻👇
𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺:
https://instagram.com/sikkimtopmodel?igshid=NTc4MTIwNjQ2YQ==

𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸:
https://www.facebook.com/sikkimtopmodel

📷 Photographer
👗 Dress designer
📍Venue partner

08/10/2023

नेवार गुथी सोरेङ जिल्ला, ग्राम सुधार सङ्घ टिम्बुरबुङ, टिम्बुरबुङ मध्यमिक विद्यालय, कुलुक वरिष्ठ माध्यमिक विद्यालय, जीवन ज्योति सङ्घ टिम्बुरबुङ अनि दीपक प्रधान काङ्केबुङ पश्चिम बङ्गाल द्वारा बंगाल रम्पू अनि सिक्किमको विभिन्न रिलिफ क्याम्पमा राहत सामग्री वितरण ।

08/10/2023

टिस्टा नदी उर्लेर आएको भयावह बाढीले गरेको क्षयक्षतिको जानकारी लिन रम्पू आइपुगे राज्य मन्त्रीहरू।

08/10/2023

मजदुरी गरेर आफ्नो परिवार अनि किड्नीको डायलाइसिस गरिरहेका लक्ष्मी देवी चौधरी अहिले रम्पू रिलिफ क्याम्पमा बसिरहेका छन्।हामीले वहाँ सँग छोटो बातचित गरेका छौं हेर्नुस् उनी के भन्नुहुन्छ ।

07/10/2023

अटल सेतुमा विगत चार दिन देखि फसेका चालकहरु कालेबुङ डायरी संग आफ्नो गुनासो पोख्दै,यसो भनेका छन्।

07/10/2023

रम्पू क्षेत्रको अहिले प्राथमिकता भनेको घर निर्माण गर्नु हो -अनित थापा

07/10/2023

रम्फु फरेस्ट भिलेजको देवान स्कुलमा राखिएको रिलिफ क्याम्पबाट क्षेत्रका पञ्चयात समिति सदस्य जुनु शंकरको रिपोर्ट।
क्याम्पमा सम्पुर्ण गर्ने न°
बिरे राई 9749197714
लेखराज छेत्री 9734163947
नविन थापा 7029531384
गणेश खाति 9647823061
सुकराज राई 9002227237

GTA लाई  25 करोड राज्यको राहत राशी ...
07/10/2023

GTA लाई 25 करोड राज्यको राहत राशी ...

07/10/2023

रम्पू फरेस्ट भिलेजमा जी°टि°ए° चिफको भ्रमण |

06/10/2023

हेल्पिङ ह्याण्ड कालेबुङले रम्पूको रिलिफ क्याम्पमा राहत सामग्री वितरण गरेको छ।हेर्नुस्

06/10/2023

गोर्खा स्वतन्त्र समूह कालेबुङले रम्पूमा रिलिफ क्याम्पमा राहत सामग्री वितरण सगै धेरै कुराको गरे माग।

06/10/2023

हिज बिहीबारे लोकल हाटका बेपारीहरू हाट बन्द गरि आइपुगे
प्राकृतिक प्रकोपमाले घर बिहिन बनेकाहरूलाई भेट्न रम्पू रिलिफ क्याम्प ।

06/10/2023

२२/१ पन्चायत सदस्य अरूना छेत्रीबाट रम्पू रिलिफ क्याम्प१मा मध्यदिनको खाना वितरण ।

06/10/2023

राष्ट्रिय राजमार्ग १० मा पर्ने तारखोला रिलिफ क्याम्पको स्थिति कस्तो रहेको छ ।हेर्नुस् अन्जु सुब्बा को रिपोर्ट

06/10/2023

संसद राजु विष्टले आज साँझ रम्पू रिलिफ क्याम्पमा गरे भ्रमण विविध कुरामा उठाए प्रश्न।(भिडियो -दोस्रो भाग )

05/10/2023

रेड क्रसका भाइस चियरमान तथा समाजसेवी ज्योति कार्कीले गरिन् रिलिफ सामाग्रीहरू सहित रम्फु रिलिफ क्याम्पको भ्रमण। उनले व्यवस्थाहरू बारे के भने? हेर्नुहोस् यो रिपोर्ट

05/10/2023

संसद राजु विष्टले आज साँझ रम्पू रिलिफ क्याम्पमा गरे भ्रमण विविध कुरामा उठाए प्रश्न।[भिडियो -पहिलो भाग]

05/10/2023

बङ्गालमा अस्ति राति टिस्टाको जलस्तर बढेको हुनाले रम्फु तारखोला क्षेत्रमा जति पनि क्षति भएको छ त्यसलाई लिएर क्षेत्रका विभिन्न समाज राजनैतिक दल, समाज सेवीहरु मिलेर एउटा कमिटि गठन गरियो जसले विभिन्न ठाउँबाट आएका सहयोगहरुलाई एकिक्रित गरेर पिडितहरु सम्म पुर्याउने काम गर्ने छ, जसको प्रभारीहरु यस प्रकार छन्, सम्पुर्ण सहयोगीहरुलाई यस कमिटि संग. सम्पर्क गर्ने अनुरोध गरिन्छ

बिरे राई 9749197714
लेखराज छेत्री 9734163947
नविन थापा 7029531384
गणेश खाति 9647823061
सुकराज राई 9002227237

05/10/2023

हाइवे भत्किँदा लालबजारमा चाँदी कटाइ?
ग्राहकहरूले पोखे यस्तो गुनासो।

Source:News Hulaki[Pradeep Luhagun]

04/10/2023

टिस्टा नदीको प्रभावले जनजीवन अस्त व्यस्त।

04/10/2023

बेलुकी पख आएको टिस्टा खोलाले गाउँ भए बगर ।
२८ साल देखि बस्दै आइरहेको रम्पू फरेस्ट भिलेज बासिन्दा घटना बारे के भन्छन् हेर्नुस् ।

04/10/2023

रम्फु फरेस्ट भिलेज निवासी सुकराज राई , हिजको घटनाको साक्षी हुन् , हेर्नुहोस्

04/10/2023

रम्फु अटल सेतु मुनि हिज राति देखि खोला वारी फसेका ४ जनालाई मानिसहरूलाई टि°आर°आर°सी°सी° क्षेत्रिय सभासद बिरे राई, समाज सेवी प्रविन राई र क्षेत्रबासी मिलेर करिब आज १ बजी लगभग १२ घण्टा पछि स-कुशल रेशक्यु गरियो।

Address

Kalimpong
Kalimpong
734301

Telephone

916296065228

Website

Alerts

Be the first to know and let us send you an email when Kalimpong Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalimpong Diary:

Share