१२ धूराको सेरोफेरो

१२ धूराको सेरोफेरो Our mission is to bring you the news of society, politics, sports, business in an unbiased spirit.

03/04/2025
TYA meeting in 12 dhura
28/12/2024

TYA meeting in 12 dhura

11/12/2024
धेरै लामो दिनदेखि मन्सोङमा रहेको पोस्ट अफिसबाट क्षेत्रवासीले कुनै प्रकारको पार्सल, डकुमेन्ट्स इत्यादि प्राप्त गर्न सकिएक...
31/08/2024

धेरै लामो दिनदेखि मन्सोङमा रहेको पोस्ट अफिसबाट क्षेत्रवासीले कुनै प्रकारको पार्सल, डकुमेन्ट्स इत्यादि प्राप्त गर्न सकिएको छैन। यस विषय हामीले त्यहाँ सोधखोजी गर्दा पोस्ट अफिसमा रहेको कम्प्युटर बिग्रिएको कारण उक्त समस्या उत्पन्न भएको जान्नमा आएको छ।
यदि कुनै व्यक्तिको महत्वपूर्ण कागजपत्रहरू (calling letter, joining letter) आए त्यस व्यक्तिले समयमा नपाए जिम्मेवारी कसको??

सिलीगुडी बाट सिक्किम तर्फ  जाँदै गरेको SK-01-D-4266 नम्बर रहेको गाड़ी लाभा छेउमा ठुलो दुर्घटना पार्नबाट  भाग्यवश बचाउभएक...
25/08/2024

सिलीगुडी बाट सिक्किम तर्फ जाँदै गरेको SK-01-D-4266 नम्बर रहेको गाड़ी लाभा छेउमा ठुलो दुर्घटना पार्नबाट भाग्यवश बचाउभएको छ l

आज दिनाङ 22/08/24 बिहिवारको दिन तकभर ४ डिभिजन दार्जिलिङमा गाडी दुर्घटना भएको छ। एकजना यात्रुको घटना स्थानमा नै मृत्यु भए...
23/08/2024

आज दिनाङ 22/08/24 बिहिवारको दिन तकभर ४ डिभिजन दार्जिलिङमा गाडी दुर्घटना भएको छ। एकजना यात्रुको घटना स्थानमा नै मृत्यु भएको अनि ३ जना घाइते भएका छन् । स्थानीयबासीको भनाइ अनुसार उनीहरु कोलकाताका हुन भन्ने अनुमान छ।गाडी कोलकाता अर०टि०ओ०रेजिस्टर नम्बर WB06F4543 छन ।
अन्य जानकारीको प्रतिक्षामा....
Source Darjelling Express

बलवास पुलको निर्माण समुदायको शक्ति र समर्पित नेताको दूरदृष्टिको एक उल्लेखनीय प्रमाणको रूपमा खडा छ। अजोय एडवर्ड्स, एक राज...
20/08/2024

बलवास पुलको निर्माण समुदायको शक्ति र समर्पित नेताको दूरदृष्टिको एक उल्लेखनीय प्रमाणको रूपमा खडा छ। अजोय एडवर्ड्स, एक राजनीतिज्ञ र सामाजिक कार्यकर्ताले यस क्षेत्रका अनगिन्ती व्यक्तिहरूको जीवनमा परिवर्तन ल्याएका चिंगारी प्रज्वलित गरेको छ।

सोम र सिङ्ताम चिया बगानका जनतालाई बिजनबारी सहरसँग जोडेर यो पुलले भौगोलिक खाडल मात्र पुरा गरेको छैन, एकता भावना पनि बढाएको छ । पुल निर्माणमा अभूतपूर्व समुदायको सहभागिता मानव लचिलोपन र सहयोगको हृदयस्पर्शी उदाहरण हो।

पुरानो झुण्डिएको पुललाई स्काईवाक पर्यटकीय स्थलमा परिणत गर्नु प्रतिभाको प्रहार हो । यसले क्षेत्रको ऐतिहासिक महत्वलाई जोगाउने मात्रै होइन, यसलाई एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा पनि राखेको छ । tourist को आगमनले स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्ने, व्यवसाय र रोजगारीका लागि नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ

20/08/2024

SKM DARPAN DAILY BULLETIN 20-08-2024

आज जनैपूर्णिमा तथा  रक्षा बन्धन- "येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।" श्...
19/08/2024

आज जनैपूर्णिमा तथा रक्षा बन्धन-

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"

श्रावण शुक्ल पूर्णिमाकाे अवसरमा मनाइने रक्षा बन्धन, जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व आज मनाइँदैछ। आजको दिन दाजुभाइको नाडीमा ‘राखी’ बाँध्ने परम्परा पनि हाम्रो समाजमा भित्रिएको छ भने नेवार (प्रधान) समुदायमा ‘क्वाँटी’ खाने चलन छ ।

प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ ।
तागाधारी (जनै लगाउने) जातिले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । नयाँ यज्ञोपवित (जनै) तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई जनैधारी समुदायले धुमधामका साथ मनाउँछन्।

यसैबीच दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा हाम्रो दार्जीलिङ, कालेबुङ, सिक्किम लगायतका पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ ।

नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउने गर्दछन् । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरि मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ।

पोचोक गितडब्लिङ रक्षा बन्धनको पावन अवसरमा सबैमा हार्दिक बधाई औ शुभकामना व्यक्त गर्दछ।

(पोचोक गितडब्लिङ न्युज डेस्क)

Address

No. 12 Dhura
Kalimpong
734315

Alerts

Be the first to know and let us send you an email when १२ धूराको सेरोफेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to १२ धूराको सेरोफेरो:

Share