![#आउनुहोस्_फुटबल_खेल्न_अनि_हेर्न_ग्यासोक_झर्नुहोस्…!!युवाहरूको अन्तर्निहित कलाको विकास गराउन अनि उनीहरूलाई खेलप्रति प्रो...](https://img3.medioq.com/386/587/916184293865872.jpg)
20/09/2024
#आउनुहोस्_फुटबल_खेल्न_अनि_हेर्न_ग्यासोक_झर्नुहोस्…!!
युवाहरूको अन्तर्निहित कलाको विकास गराउन अनि उनीहरूलाई खेलप्रति प्रोत्साहन जगाउन ग्यासोक युथ फोरमको आयोजनामा आगामी 25 सेप्टेम्बरदेखि ‘कमला छेत्री स्मृति खुल्ला फुटबल टुर्नामेन्ट’ आरम्भ भइरहेको छ। ग्यासोक जन खेल मैदानमा सम्पन्न हुने उक्त प्रतियोगितामा पुरुष अनि महिला दुवै वर्गको खेल हुनेछ। पुरुष वर्गको निम्ति रूपियाँ 2000/- अनि महिला वर्गको निम्ति केवल 1000/- मात्र शुल्क राखिएको यस टुर्नामेन्टको चुड़ान्त खेलामा विजय हुने दललाई 50,000/- अनि उप विजेता दललाई 30,000/- नगद राशिको उपहार राखिएको छ। महिला वर्गको निम्ति भने आयोजक समितिले टुर्नामेन्टको फाइनल राउण्डमा नै नगद राशिको निर्णय लिनेछ। टाडा अनि नजिकबाट यस मैदानमा खेल खेल्न आउने भएको छ। आगामी 5 अक्टोबरसम्म खेलिने यस टुर्नामेन्टमा सम्पूर्ण फुटबल प्रेमी अनि खेलाडीहरूलाई खेल खेली अनि हेरी आनन्द उठाउने अनुरोध गरिन्छ।
भवदीय
आयोजक समिति
ग्यासोक युथ फोरम
अधिक जानकारीको निम्ति सम्पर्क गर्नु होस्
विशाल छेत्री,
कोषाध्याक्ष,
फोन नम्बर - 9679332267