Bulbul Publication

Bulbul Publication स्रष्टा, सिर्जना र सञ्चार

आज बुधबार । अबको ४५ मिनेटमा आजको बुलबुल प्रसारण शुरु हुनेछ । आजको कार्यक्रममा दुई वटा मुक्तक पनि पढेको छु । कस कसको होला...
25/09/2024

आज बुधबार । अबको ४५ मिनेटमा आजको बुलबुल प्रसारण शुरु हुनेछ । आजको कार्यक्रममा दुई वटा मुक्तक पनि पढेको छु । कस कसको होला त ? सुन्दै गर्दा जाँगर चल्यो भने यी दुई प्रश्नको जवाफ लेखिदिनुहोला ।
१) मेरो आवाज अरु दिनको मिठो सुनिन्थ्यो कि आजको मिठो ?
२) तपाईं कुन ठाउँबाट बुलबुल सुनिरहनुभएको छ ?

21/09/2024

केटाकेटीमा पढेको धेरै याद थिएन मलाई । यो पटक अडियो बुक बनाउने सिलसिलामा प्रकाश कोविदका पाठक यति धेरै ठोकिनुभएको छ मसँग कि म अचम्म परेको छु । यस विषयमा जति धेरै जोडिनुभयो मसँग, सत् प्रतिशत सकारात्मक उहाँप्रति । कुनै युगले उत्तेजना मात्रै फैलाउने लेखनी भनेर दुत्कारेको साहित्यचेतकै कारणले हजारौं लाखौं मानिस नेपाली साहित्यमा अभिप्रेरित भएर लागेका छन् । सलाम छ प्रकाश कोविदलाई । तपाईं बाँचिरहनुभएको भए सायद आफ्नो जीवनकालको बेला भन्दा धेरै प्रशंसकलाई सामाजिक सञ्जालबाटै भेट्न सक्नुहुन्थ्यो !
कोविदको #नोयो उपन्यास पढेपछि मभित्र छुट्टै तरंग उत्पन्न भएको छ । ३ घण्टा समय निकालेर सुन्नुहोला । सायद तपाईं भित्र पनि कोविद तरंग पैदा हुनेछ ।

बालेनलाई त सुनाइदिनुस् नै कसैले । उनीबाहेक देशका अरु कोही नेता तपाईंलाई मन परेका छन् भने उनलाई यो सुन्न नछुटाउनू भनिदिनु...
14/09/2024

बालेनलाई त सुनाइदिनुस् नै कसैले । उनीबाहेक देशका अरु कोही नेता तपाईंलाई मन परेका छन् भने उनलाई यो सुन्न नछुटाउनू भनिदिनुहोला । अँ, आफूलाई खराब लागेका चाहिँ कसैले सुन्न लागेको थाहा पाए पनि नदिनू है । खराबले यसबाट चतुर्याइँ सिक्यो भने झन् खतरा भएर निस्किन सक्छ । असली राजनीतिको पाठ सिक्नु छ भने तपाईं उपन्यास #आचार्य_विष्णुगुप्त_चाणक्य सुन्नुहोस् वा पढ्नुहोस् । अति उत्तम पुस्तक छ ।
मेरो झन्डै एक हप्ताको ठूलो मिहिनेत परेको छ यसमा । र, आज यो सपना पूरा पनि भएको छ । किशोर उमेरमा मैले पढेको यो उपन्यास मेरा सबै श्रोतालाई सुनाउने ठूलो रहर थियो ।
केही ठाउँका नाम र शब्दहरु शुरु शुरुमा कठीन लाग्छन् तर पछि तिनै शब्दले मन छुन थाल्छन् । भिडियो फाइलको अन्त्यमा ती कठीन शब्द र ठाउँका नामको अर्थ पनि बताइएको छ ।
आज राती १० बजेदेखि प्रेमियर हुन शुरु हुनेछ ।
च्यानलको नाम

आज प्रसारण हुने  #बुलबुल अपलोड भइसक्यो । युट्युबमा गएर सर्च गर्नुहोस् च्यानलको नाम : Nepali Chhaproआज प्रेमियर हुने बुलब...
04/09/2024

आज प्रसारण हुने #बुलबुल अपलोड भइसक्यो ।
युट्युबमा गएर सर्च गर्नुहोस्
च्यानलको नाम : Nepali Chhapro
आज प्रेमियर हुने बुलबुलको अंक-२ (BULBUL 002)
समय : नेपालमा बेलुकीको ठिक 9:15 बजे (हरेक बुधबार)

सायद म ८ कक्षामा पढ्थेँ होला – पहिलो पटक "विचार विज्ञान: पढ्दा । पहिलो दुई पन्ना च्यातिएको पुस्तकबाट पढेको थिएँ । विचार ...
31/08/2024

सायद म ८ कक्षामा पढ्थेँ होला – पहिलो पटक "विचार विज्ञान: पढ्दा । पहिलो दुई पन्ना च्यातिएको पुस्तकबाट पढेको थिएँ । विचार सम्बन्धी वाक्यहरुले मेरो किशोर मस्तिष्कमा खूब प्रभाव पारेको थियो । अलि पछि फ्ेरि पढेँ यो पुस्तक । खप्तड बाबाबारे अनेकौं किस्सा वा किंवदन्ती पनि सुनेको छु । आफू बुझ्ने भइसक्दा पनि ज्युँदै रहनुभएका परमहंस १००८ स्वामी महापुरुषको प्रत्यक्ष दर्शन गर्ने मौका मिलाउन नसक्नु जीवनको ठूलो खेद हो भन्ने लागिरहन्छ । हिजो मात्रै हैन, आज पनि र भोलिका लागि पनि यो पुस्तक कालजयी छ । यसमा न हिरो छ, न हिरोइन, न कथा छ, न मैं हुँ भन्ने भावको कुनै कथन । तर पुस्तकमा संसार छ, जीवन छ, आफू हुनुको बोध छ । अहिलेको किशोर पुस्तकलाई त कति कुरा पत्यार नलाग्ला वा कति सामान्य कुरा जस्तो पनि लाग्ला । तर विचार विज्ञानका हरेक वाक्य र शब्दहरु मेरा लागि शाश्वत् लाग्दछन् ।
श्रव्य सामग्री बनाउने क्रममा २४ वर्षमा सैयौं हजारौं पुस्तकहरु पढेँ हुँला । तर ४ दिन लगाएर पढिएको यो "विचार विज्ञान" (श्रव्य पुस्तक) लाई मैले आफ्नो जीवनको सानो पुण्यको रुपमा लिएको छु । अन्य साथीहरुले पनि श्रव्य पुस्तक बनाउनुभएको रहेछ यसमा, तर पनि मलाई किन किन आफू पढेर विचार विज्ञानलाई श्रव्य रुप दिन मन लाग्यो र यो कार्य गरेको छु । फुर्सदमा वा आफ्नो मनोबल कमजोर भएका बेला यो पुस्तक सुन्नुभयो भने तपाईंलाई ऊर्जा दिनेछ भन्नेमा म विश्वस्त छु । अझ एक एक थान पुस्तक किनेर घरमै सुत्ने कोठामा राख्नुस् है भनेर सुझाव पनि दिन्छु म यो कृतिबारे ।
(अहिले राती नेपाली समय अनुसार सवा नौ बजेपछि प्रेमियर हुनेछ )

25/08/2024

झन्डै एक वर्षपछि फेरि शुरु हुन लागेको रेडियो कार्यक्रम #बुलबुल प्रसारण गर्न राजधानी बाहिरका केही एफएम संचालकहरुले पनि सहकार्यका साथ प्रसारण गर्ने इच्छा गर्नुभएकाले हामीले आउँदो बुधबारदेखि शुरु हुने #बुलबुल युट्युब च्यानल सँगै एकैसाथ केही एफएम रेडियोहरुबाट पनि प्रसारण गर्ने भएका छौं ।
#बुलबुल प्रसारण हुने च्यानल subscribe र share गरेर साथ दिनुहुन सम्पूर्ण मित्रहरुमा हार्दिक अनुरोध गर्दछु ।

24/08/2024

तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदिआइन, बाबुु, आमा र छोरा...विश्वेश्वरप्रसाद कोइरालाका यी ५ वटा उपन्यास मैले कुनै एचबीसी एफएम र कुनै उज्यालो रेडियोमा समेत वाचन गरिसकेको छु । तर उहाँकै उपन्यास #हिटलर_र_यहुदी मैैैले कसैगरी आफ्नो मस्तिष्कमा घुसाउनै सकेको थिइनँ - यी २४ वर्षभरि । तर यो पालि मैले कसरी कसरी आफूमा त्यो क्षमता बनाउने कोसिस गरेँ । ३ दिनदेखि मेरो मन हिटलरको ग्याँस च्याम्बरमा फनफनी घुमिरहेको छ । उपन्यास पढेर आज बिहानै सकाएँ तर दिनभरि कथाको नायकको मनस्थिति मभित्र प्रविष्ट छ !
बुलबुल कम्युनिकेसन च्यानलमार्फत बीपीको उपन्यास #हिटलर_र_यहुदी (श्रव्य पुस्तक) लिएर आएको छु । तपाईं फुर्सदमा युट्युबबाट सुन्न सक्नुहुन्छ ।
प्रेमियर हुँदैछ नेपाली समय अनुसार अहिले बेलुकी 9:15 बजे ।

अस्ति तपाईंहरुसँग राय लिएँ । तपाईंकै राय, सुझाव अनुसार आज मैले प्रकाश कोविदको उपन्यास  #अर्को_जन्म लिएर आएको छु । सामाजि...
08/08/2024

अस्ति तपाईंहरुसँग राय लिएँ । तपाईंकै राय, सुझाव अनुसार आज मैले प्रकाश कोविदको उपन्यास #अर्को_जन्म लिएर आएको छु । सामाजिक उपन्यासमा एउटा बेजोड शक्ति हुन्छ । बडो मुश्किलसँग ठाउँ ठाउँमा रोकिएर रेकर्ड गरेँ यसलाई । भावुक बनाइदियो कथाले । कतिपय ठाउँमा त वाचन गर्नै मुश्किल पर्यो ।
कोविदले चित्रण गर्नुभएको समाज, समय र त्यहाँका पात्रका सुधोपनले मलाई यो पल्ट खूब आकर्षित गरेको छ ।
तपाईंलाई पनि मन पर्नेछ भन्ने विश्वासका साथ आज प्रस्तुत गर्दैछु बुलबुल कम्युनिकेसनको च्यानल-१ बाट ।
पर्सि शनिवार प्रकाश कोविदको अर्को उपन्यास च्यानल-२ बाट प्रसारण हुनेछ । उपन्यासको नाम चाहिँ आजसम्म गोप्य नै राख्छु । शनिवार पक्कै घोषणा गर्नेछु ।

्यास "अर्को जन्म" को श्रव्य संस्करण [ARKO JANMA]Vocal By - Achyut Ghimire BulbulIntro Vo...

वि सं २०८० सालभित्र प्रकाशित गजल संग्रह मध्ये कुनै एकले पाउने पुरस्कार । भाद्र मसान्तसम्म आफ्नो पुस्तक पुरस्कार समितिलाई...
02/08/2024

वि सं २०८० सालभित्र प्रकाशित गजल संग्रह मध्ये कुनै एकले पाउने पुरस्कार । भाद्र मसान्तसम्म आफ्नो पुस्तक पुरस्कार समितिलाई बुझाइसक्नुहोला ।

वर्ष 2000 में, जब मैंने नेपाली कहानियाँ और उपन्यास सुनाना शुरू किया, तो लगभग 28-30 सप्ताह तक रेडियो पर मेरे श्रोता बहुत ...
19/07/2024

वर्ष 2000 में, जब मैंने नेपाली कहानियाँ और उपन्यास सुनाना शुरू किया, तो लगभग 28-30 सप्ताह तक रेडियो पर मेरे श्रोता बहुत कम थे। 32 सीरीज तक पहुंचने के बाद मैं ये तय कर पाया कि ये काम जारी रखा जा सकता है. आज जब मैंने हिंदी उपन्यास पढ़ना शुरू किया तो मैं उन्हीं दिनों में चला गया हुँ। कुछ उपन्यास पढ़े बिना श्रोताओं की संख्या बढ़ाना और अपनी क्षमताओं में सुधार करना संभव नहीं है। हरमन हेस की "सिद्धार्थ" रीडिंग के बाद, मैं आज से एक और उपन्यास रीडिंग सीरीज़ लेकर आया हूं।
शरतचंद्र चट्टोपाध्याय द्वारा लिखित #चरित्रहीन . इस उपन्यास को पढ़ते समय मुझे उतना ही आनंद आ रहा है जितना बीपी कोइराला के नेपाली उपन्यास "तिन घुमती" या "बाबु, आमा र छोरा" को पढ़ने में आ रहा है।
आज से हर सप्ताह 3 दिन शुक्रवार, सोमवार और बुधवार से शुरुआत हो रही है। रात 9:00 बजे प्रीमियर कर रहा हूं। सुनना न भूलें.

हां, चैनल बिल्कुल नया है. बुलबुल कम्युनिकेशन का तीसरा चैनल। मैंने नीचे टिप्पणी बॉक्स में लिंक छोड़ दिया है। मुझे उम्मीद है, आप इसे फलो करेंगे. शुभ रात्रि.

[सन् २००० मा मैले नेपाली कथा, उपन्यास वाचन शुरु गर्दा रेडियोमा झन्डै २८-३० हप्तासम्म मेरो श्रोताको संख्या अत्यन्त न्यून थियो । ३२ श्रृंखला पुगेपछि मैले यो कामलाई निरन्तरता दिन सकिन्छ भन्ने निर्णय गर्न सकेको थिएँ । आज हिन्दी उपन्यास वाचन शुरु गर्दा म आफ्ना तिनै दिनहरुमा फर्केको छु । केही उपन्यास वाचन नगरी श्रोता संख्या बढाउन पनि सकिन्न र आफ्नो क्षमता अभिवृद्धि गर्न पनि । हर्मन हेस्सेको "सिद्धार्थ" वाचन पछि मैले आजदेखि श्रृंखलाबद्ध रुपमा अर्को उपन्यास वाचन लिएर आएको छु । शरतचंद्र चट्टोपाध्यायको चरित्रहीन । यो उपन्यास वाचन गरिरहँदा मलाई बीपी कोइरालाको नेपाली उपन्यास "तीन घुम्ती" वा "बाबु,आमा र छोरा पढे" जत्तिकै आनन्द आइरहेको छ ।

आजदेखि हप्तामा ३ दिन शुक्रवार, सोमवार र बुधबार । राती नेपाली समय अनुसार ९ः१५ बजे प्रेमियर गर्दैछु । सुन्न नबिर्सनुहोला ।

अँ, च्यानल नयाँ छ बिल्कुल । बुलबुल कम्युनिकेसनको "तेस्रो च्यानल" । लिंक तल comment box मा छोडेको छु । आशा छ, अरु बेला जस्तै माया गरेर subscribe गरिदिनुहुनेछ । शुभ रात्री ।]

छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७४ (आवाज शर्मा – इन्द्रेणी)छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७५ (टक गुरूङ – अनाहत)छायाँदेव...
19/07/2024

छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७४ (आवाज शर्मा – इन्द्रेणी)
छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७५ (टक गुरूङ – अनाहत)
छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७६ (प्रकृति प्रेमी – समीर)
छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७७ (पुष्प अधिकारी अञ्जली–हरियो ऐना)
छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७८ (वसन्त ओली वसन्ती – बोई)
छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७९ (प्रदीप रोदन – मफलर)
छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०८० (???)

[३ प्रति पुस्तक पठाएर सहभागी हुन सक्नुहुनेछ । धेरै गजलकारहरुको अनुरोधमा हामीले यो वर्षदेखि निवेदन दिनुनपर्ने व्यवस्था गरेका छौं । लेखकको हस्ताक्षर वा प्रकाशकको अफिसियल छाप भएका ३ प्रति पुस्तक उपलब्ध गराइदिनुहोला ।]

बुलबुल कम्युनिकेसन (च्यानल 1 र 2 गरी) मा तपाईंले सुन्न सक्ने उपन्यास तथा अन्य पुस्तकहरु र संगसंगै ती श्रव्य पुस्तकको लिं...
13/07/2024

बुलबुल कम्युनिकेसन (च्यानल 1 र 2 गरी) मा तपाईंले सुन्न सक्ने उपन्यास तथा अन्य पुस्तकहरु र संगसंगै ती श्रव्य पुस्तकको लिंक पनि दिइएको छ :

नीलम कार्की निहारिकाको उपन्यास #योगमाया
https://www.youtube.com/watch?v=NzPJ-sU_tpg&t=3360s

निरु त्रिपाठीको उपन्यास #पेरिस्कानो
https://www.youtube.com/watch?v=PIrHbTrwFN8&t=211s

प्रदीप नेपालको उपन्यास #क्रान्तिवीरको_सपना
https://www.youtube.com/watch?v=9HuSwaNeVmI&t=3473s

खेमराज ओझाको उपन्यास #अपराजित
https://www.youtube.com/watch?v=qNk_pkWCL6M&t=9397s

शोभाराम ओलीको उपन्यास #सुलभ
https://www.youtube.com/watch?v=VePJ0-g4qJU&t=4s

सुमन ढकालको उपन्यास #प्रेमबिन्ती
https://www.youtube.com/watch?v=v4ondHQSkGs&t=8s

जगन्नाथ उपाध्यायको पुस्तक #गुणरत्नमाला
https://www.youtube.com/watch?v=5_dPSmG2q2A&t=7329s

गंगानाथ शर्माको पुस्तक #अर्पण_गीता
https://www.youtube.com/watch?v=fagiqEFclj0&t=8440s

हृदयचन्द्रसिंह प्रधानको उपन्यास िहान
https://www.youtube.com/watch?v=RKnMsaiTzP4&t=6s

शोभा भट्टराईको उपन्यास "अन्त्यहीन अन्त्य"
https://www.youtube.com/watch?v=8XJU33wP_F4&t=7264s

नगेन्द्र न्यौपानेको उपन्यास #दरबार_बाहिरकी_महारानी
https://www.youtube.com/watch?v=ujt1EOOOrFA&t=9182s

गोठालो जेठा मिलनको पुस्तक #सम्झनाको_सन्दुक
https://www.youtube.com/watch?v=T7jw9QXbZns&t=6263s

खेमराज ओझाको अर्को उपन्यास #छोक्रा
https://www.youtube.com/watch?v=iX1HXBH9UYM&t=23s

नबराज घिमिरेको उपन्यास #बेस_क्याम्प
https://www.youtube.com/watch?v=gi_vLXBlbbI&t=3232s

प्रकाश कोविदको उपन्यास #साहेब
https://www.youtube.com/watch?v=iBh_dk8Mihg&t=6162s

आकास बरालको उपन्यास #स्पर्श
https://www.youtube.com/watch?v=ufQ4zXUQEJk&t=15823s

लीलाध्वज थापाको उपन्यास #मन
https://www.youtube.com/watch?v=8peDGwpW3TY

डा. प्रमोद ढकालको पुस्तक #पूर्वीय_दर्शनको_पुनर्व्याख्या
https://www.youtube.com/watch?v=zeVNNItPdIY&t=5395s

ओम रिजालको उपन्यास #हटारु
https://www.youtube.com/watch?v=7ucNnhYOBRk&t=1454s

हर्मन हेस्सेको उपन्यास #सिद्धार्थ (हिन्दी भाषामा वाचन)
https://www.youtube.com/watch?v=s7vCDJrlfds&t=6108s

नोवल पुरस्कार विजेता हर्मन हेसकी चर्चित उपन्यास सिद्धार्थ (हिन्दी अनुवाद - निलाभ) के श्र.....

मिलनसार र असल व्यक्ति Khim KC जी को गजल संग्रह विमोचन भोलि । विमोचनका लागि अतिथिहरु उस्तै असल, मिलनसार अनि चर्चित । दाङ ...
07/07/2024

मिलनसार र असल व्यक्ति Khim KC जी को गजल संग्रह विमोचन भोलि । विमोचनका लागि अतिथिहरु उस्तै असल, मिलनसार अनि चर्चित । दाङ बाहिर हुनेहरुलाई पनि कार्यक्रममा पुग्न अनुरोध गर्दछु, दाङभित्रै हुनेहरुलाई त पक्कै भनिरहनै पर्दैन । आफ्नो गृह जिल्लाको कार्यक्रम पक्कै छोड्नु हुनेछैन । कार्यक्रमबारे विवरण यसै फोटोमा छ ।

01/07/2024


नमस्ते सम्पुर्णमा, म नवराज न्यौपाने। आफ्नो आर्थिक अवस्था सुधार्न कुवेत पुगेको म आज दुई वर्ष भयो रक्त क्यान्सर (AML) जस्तो प्राण घातक रोगको शिकार भई लाचार लडिरहेकोछु। जति सक्दो छिटो बोनम्यारो प्रत्यारोपण गर्नको लागि सुझाव चिकित्सकहरुको छ। समय निकै कम छ। बोनम्यारो प्रत्यारोपण नभएसम्म केमो थेरापी चलाइरहन पर्छ जसका लागि म आफैले पनि आफै पुस्तक लेखी केही रकम जोहो गर्ने प्रयास गरिरहेको छु तर त्यो पर्याप्त छैन। जति बाँच्छु त्यति समयका लागि केमो गर्नका लागि पनि मेेरो आर्थिक स्थिति नाजुक अवस्थामा छ, प्रति महिना केमोको खर्च ५०-६० हजार सम्म पुग्छ। त्यसमाथि बोनम्यारो प्रत्यारोपण जुन अझ खर्चिलो छ ! झन् मेरो केसमा प्रत्यारोपणको लागि मेडिकल रिपोर्ट donor specific antibodies (DSA) प्रतिकूल बन्दियो, परिस्थिती एकदम जटिल अनि नाजुक छ। आशा गर्छु हजुरहरुले मलाई सकेको आर्थिक सहयोग गर्नु हुनेछ।
Account holder: Nawa Raj Neupane
Bank Name: Prabhu Bank Limited
Branch: Kumaripati Lalitpur
Account nbr: 0660115894500011
Swift Code: PRVUNPKA

कहिलेकाँही उट्पटयाङ गर्न रहर लाग्छ । दुई हप्ता अघि यस्तै लहर चलेका बेला आफूसँग भएको पुरानो पुस्तक "गुणरत्नमाला" वाचन गरे...
22/06/2024

कहिलेकाँही उट्पटयाङ गर्न रहर लाग्छ । दुई हप्ता अघि यस्तै लहर चलेका बेला आफूसँग भएको पुरानो पुस्तक "गुणरत्नमाला" वाचन गरेर रेकर्ड गरौं गरौं लाग्यो । गुगल गर्दा यो पुस्तकको खासै श्रव्य संस्करण पनि आएको भेटिनँ । कोसिस गरौं न त भनेर हप्ता दश दिन लगाएर रेकर्ड सकाएँ । पछि सुन्दा आफैंलाई अनुभूत भयो मैले पद्यमा वाचन गर्न महिनौं मिहिनेत गर्न बाँकी नै छ । तर दुःखसँग यति रेकर्ड गरिसकेपछि लय नसुने पनि शब्द सुन्न रहर गर्नेहरुसम्म पुर्याउनै पर्छ जस्तो लागेर युट्युबमा अपलोड गरेको छु । लय वाचनमा अब बडो मिहिनेत गर्नेछु भन्ने लक्ष्य यही पुस्तकले थपिदिएको छ । तपाईंले पनि केही गालीहरु कमेन्टमार्फत थपिदिनुभयो भने मलाई अझै इख लाग्नेछ र साँच्चै नै बढी मिहिनेत गर्नेछु । :D

लिंक तल छ । आज राती ९ः३० बजेपछि प्रेमियर शुरु हुनेछ Bulbul Communication 2 (Shruti Sambeg) मा।

अँ, तपाईं मध्ये कसैलाई राम्रो लाग्यो भने जस तपाईंको कानलाई, नराम्रो लाग्यो भने अपजस मेरो आवाजलाई !!!

17/06/2024

नबराज घिमिरेको उपन्यास #बेस_क्याम्प को पालो है आज #बेस_क्याम्प । सातौं भाग पुग्यो ।

11/06/2024

BULBUL COMMUNICATION

Address

Dillibazar Height
Kathmandu

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+97714425765

Alerts

Be the first to know and let us send you an email when Bulbul Publication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bulbul Publication:

Share

Nearby media companies