Kanoon Post

Kanoon Post Legal News from Nepal Legal News from Nepal.

14/03/2024

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमो...

14/03/2024

विशेष अदालतले पछिल्लो १०० दिनमा अहिलेसम्मकै धेरै मुद्दा फर्स्योट गरेको छ । विशेष अदालतको अभिलेख अनुसार ३२८ मुद्....

21/01/2024

सुचना- सर्वोच्च अदालत प्रवेशमा कडाई ।

05/01/2024

नेपालमा आवश्यक कानूनको अभाव, यस सम्बन्धि चेतनाकाे अभाव र सम्बन्धित निकाय तथा संघसंस्था बिच आवश्यक सहकार्य हुन नस...

29/12/2023

डेमाेक्रेटिक लयर्स एशाेसियशन (डि . एल. ए‍.) का केन्द्रीय अध्यक्ष बरिष्ठ अधिवक्ता सिताराम के. सी. ले वकालत पेशामा पेश.....

खुला विश्वविद्यालयबाट एलएलबि पास गरेकाबिद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन सर्वोच्चको आदेश
22/12/2023

खुला विश्वविद्यालयबाट एलएलबि पास गरेकाबिद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन सर्वोच्चको आदेश

मुद्दा दर्ता गर्न टोकन प्रणाली । कसरी गर्ने ?
17/12/2023

मुद्दा दर्ता गर्न टोकन प्रणाली ।
कसरी गर्ने ?

४९ वर्षका आर्थरका अगाडि उनकी पूर्व सहपाठी माइन्डी थिइन् । उनीहरुले विद्यालय छाडेपछि पहिलोपटक भेट भएको थियो । आर्थरको आपर...
10/10/2023

४९ वर्षका आर्थरका अगाडि उनकी पूर्व सहपाठी माइन्डी थिइन् । उनीहरुले विद्यालय छाडेपछि पहिलोपटक भेट भएको थियो । आर्थरको आपराधिक इतिहास निकै लामो छ र आफ्नो प्रौढ उमेर आधा त उनले जेलमै बिताएका छन् । उनी लागुऔषध तथा सट्टेबाजीको लतका कारण अपराधको दुनियाँमा प्रवेश गरेका थिए । उनको उद्देश्य नै कम समयमा धेरै पैसा कमाउनु थियो । उनी १७ वर्षको उमेरदेखि नै अपराध कर्ममा लागेर जेल पर्दै छुट्दै गरेका थिए । जसका कारण उनले विद्यार्थीकालमा सोचेको करिअर बनाउन पाएनन् ।

जीवनमा हामी कैयन् मानिसहरुसँग भेटि्टन्छौं अनि छुटि्टन्छौं पनि । जीवनको कुनै मोडमा भेटिएका केही मानिससँग सधैंजस...

नेपालमा पहिलो पटक पारिवारिक इजलास सुरु भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतबाट पारिवारिक इजलास सेवा सुरु भएको हो । हेर्...
09/10/2023

नेपालमा पहिलो पटक पारिवारिक इजलास सुरु भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतबाट पारिवारिक इजलास सेवा सुरु भएको हो । हेर्नुहोस सुचना:

सर्वोच्चको सूचना !!!!
03/10/2023

सर्वोच्चको सूचना !!!!

उच्च अदालतमा २७ न्यायाधिसको नियुक्ति,  बधाई तथा सुभकामना ।
15/09/2023

उच्च अदालतमा २७ न्यायाधिसको नियुक्ति, बधाई तथा सुभकामना ।

08/09/2023

फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । व्यक्तिले राज्यलाई असहयोग गरेमा राज्यले पनि सहयोग नगर्ने रणनीति आधुनिक मानव अधिकारको विधिशास्त्रसँग मेल नखाने भन्दै पुनरावेदनको सुविधा दिनुपर्ने व्याख्या सर्वोच्चले रिट निवेदनमार्फत गरेको हो ।

यद्यपि फरार व्यक्तिलाई अन्यसरहको सुविधा दिने वा नदिनेमा सर्वोच्चको संयुक्त र पूर्ण दुवै इजलासमा राय बाझिएको छ । पूर्ण इजलासमा दुई न्यायाधीशको बहुमतको रायले पुनरावेदन सुविधासम्बन्धी व्याख्या भएको हो ।

बैङ्किङ कसुर मुद्दामा सुरुमा म्याद बुझेर फरार रहेका बज्रसिंह लामाले गरेको पुनरावेदन दरपिठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध दायर रिटमा यस्तो व्याख्या भएको हो । पुनरावेदनको कानुनी विवाद मुद्दामा संयुक्त इजलासमा डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको राय बाझिएको थियो । पूर्णमा न्यायाधीश कुमार रेग्मी र मनोजकुमार शर्मा तथा नहकुल सुवेदीबिच राय बाझिएको हो । पूर्णमा रेग्मी र शर्माको बहुमतको राय कायम भएको छ ।

सर्वोच्च प्रशासनले म्यादभित्र प्रतिवाद नगर्ने प्रतिवादीले पुनरावेदन गर्न पाउने स्पष्ट कानुनी व्यवस्था नभएकाले देवानी कार्यविधि संहिताको दफा २०६ आकर्षित हुने भन्दै अदालतले दरपिठ गरेको थियो । बहुमतको रायका आधारमा दरपिठ बदर भएको छ । सिंहलाई बैङ्किङ कसुरमा उच्च अदालत पाटनले कैद, बिगो तथा बिगोबमोजिमको जरिबानाको फैसला गरेको थियो ।

29/08/2023

प्रमाण पत्र सच्याउने अवधी ५ बर्ष साथै एकपटकको लागि एक बर्ष भित्र सबैले सच्याउन पाउने ।
सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८० पारित गरेको छ ।

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खासगरी विद्यार्थीहरू ठूलो मर्कामा परेका थिए । अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रीको सचिवालयका उपसचिव वेदनिधि खनालले सहज बनाउने र त्रुटि भएको सच्याउने समय थप हुनेगरी नियम पारित भएर आएको जानकारी दिनुभयो । शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकताबाहेक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन् ।

कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकतासम्बन्धी प्रचलित कानुनबमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नाम थर संशोधन गराएकामा त्यसबमोजिम एसएलसी, एसईई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नाम थर सच्याउन चाहेमा एक पटकका लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ ।

‘तर कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुनुअघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नाम थर संशोधन गराएकामा त्यसबमोजिम एसएलसी, एसईई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नाम थर सच्याउन पाँच वर्षभन्दा पुरानो कुनै व्यक्तिले पनि एक पटकका लागि यो उपनियम प्रारम्भ भएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ’, उल्लेख छ ।

त्यसैगरी नागरिकता सच्याएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्याउन दरखास्त दिन पाउनेछ । गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकले त्यो नियम पारित गरेको जनाएको छ ।

28/08/2023

नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफूले टीकापुरमा जग्गा खरिद गरेको भन्दै त्यसमा विवाद नभएको जिकिर गरेकी छन् । प्रतिकठ्ठा १५ हजार रुपैयाँका दरले ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको आरजुले बताएकीछन ।

टिकापुर जग्गा अनियमितता प्रकरणमा गरेको अनुसन्धानका क्रममा टिकापुर विकास समितिका नाममा बाँडिएको जग्गामध्ये आरजुको नाममा ३ कठ्ठा ७ धुर जग्गा फेला परेको छ ।

28/08/2023

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुधारको प्रक्रिया अघि बढेको बताएका छन् ।

सोमबार स्वचालित पेशी तारेख प्रणालीको सुरुवात गर्दै उनले अब कर्मचारी र सेवाग्राही निश्चिन्त हुने बताएका हुन् ।

28/08/2023

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाही नगरे अन्तर्राष्ट्रिय अदालत (हेग) जाने बताएका छन ।

27/08/2023

प्रधानमन्त्री निवास विस्तारवारे २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले अख्तियार र सीआईबीमा गरेको बयानबीच तालमेल छैन, विवरण त बाझिएको छ ।

27/08/2023

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् ।

जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ ।

Address

New Baneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kanoon Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kanoon Post:

Share

Our Story

We are reputed IT Training Center, & software developer as well as Education Consultancy who send students Abroad study !

Nearby media companies