Wangchhuk Lama

Wangchhuk Lama Buddha

एक जागेका व्यक्तिलाई रात निकै लामो लाग्छ, एक थकित व्यक्तिलाई गन्तव्य धेरै टाढा लाग्छ । यसै किसिमले सच्चा धर्मबाट बेखबर म...
21/10/2022

एक जागेका व्यक्तिलाई रात निकै लामो लाग्छ, एक थकित व्यक्तिलाई गन्तव्य धेरै टाढा लाग्छ । यसै किसिमले सच्चा धर्मबाट बेखबर मूखका लागि जीवन-मृत्युको सिलसिला उत्तिनै लामो लाग्छ ।

20/10/2022

𝐎𝐦 𝐦𝐚𝐧𝐢 𝐩𝐚𝐝𝐦𝐞 𝐇𝐮𝐧𝐠१०८!!🙏

महायान सुत्रहरु धेरै गम्भीर र बृहत भएको र दुखबाट मुक्ति पाउन, मोक्ष, निर्वाण प्राप्त गर्नको लागि नभएर बोधिसत्व चार्य, अभ...
09/06/2022

महायान सुत्रहरु धेरै गम्भीर र बृहत भएको र दुखबाट मुक्ति पाउन, मोक्ष, निर्वाण प्राप्त गर्नको लागि नभएर बोधिसत्व चार्य, अभ्यासको लागि हो। त्यही भएर बुद्धले विशेष बोधिसत्वहरू र त्यस मार्गमा हिड्न सक्ने ब्यक्तिलाई मात्र महायान सुत्रहरु सुनाउनु भयो।

बोधिसत्वको चार्य, अभ्यासहरू एक आम मानिसले सुने विश्वास गर्न नसकिने र यसको सट्टा भवचक्रमै बस्न तयार हुने प्रवृत्ति पैदा हुने हुँदा दुखबाट र भवचक्र संसारबाट चाँडो भन्दा चाँडो तर्न खोज्ने र निर्वाण, मुक्ति, मोक्षमा झुकाव भएकाहरुलाई महायान धर्म सुनाए मिथ्या दृष्टि पैदा हुने हुँदा बुद्धले श्रावक र त्यसका अनुयायी, गृहस्थीलाई नसुनएको भनि बुझ्नुपर्ने हुन्छ। किनकि महायान मार्गमा एक बोधिसत्वले दान परमित पुरा गर्न अन्नगिन्ति टाउको दान, मुटु दान, या ज जसले जे माग्छ त्यो काटेर दान दिनुपर्ने हुन्छ। म दिदैन भन्न साथ बोधिसत्वको संबर शिल भंङ्ग हुन्छ। कारण उसले बोधिचित्त उत्पात गर्दा हरेक प्राणीको कल्याण गर्छु, उनिहरुको लागि शरीर टुक्रा टुक्रा काटेर दिनुपरे पनि दिन्छु, नरकमा कल्पौंसम्म बस्न परे पनि बस्छु भनि बोधिसत्वको संबर लिएको हुन्छ।

बुद्ध स्वयंले बोधिसत्वको चार्य गर्ने समयमा हजारौं टाउको, हजारौं मुटु, कलोजो दान गरेको, आग्नीमा हम्फल्न परेको नामथर कथा धेरै छन् जुन हामी जस्ता आम मानिसले सपनामा पनि सोच्न सक्दैन। महायानको मार्गको अभ्यास त्यस्तो हुुन्छ। यि विषयहरु महायान मार्गमा प्रवेश इच्छुक व्यक्तिहरू बाहेक श्रावकयानीहरुले पनि सुन्न सक्दैन।

अर्को कुरा, महायान सुत्रहरु पढ्नुहोस् त्यसको भाष्या, टिकाहरुको अध्ययन बिना एक छेउ पनि बुझ्न सक्दैन चाहे त्यो दृष्टि सुन्यता सँग सम्बन्धित होस या मार्ग सँग। त्यही भएर आचार्य नागर्जुनले महायान सुत्रहरू जसलाई हामी गे डिङ, दुइ सुम भन्छौं। अर्थात्, बुम, ङ्यिठ्री, गेतोङपाकोमा भएको सुन्यता दृष्टिका मूल सार हरूलाई संग्रहित गरि "मूल मध्यम कारिका" ग्रन्थ लेख्नु भयो। हामीले त्यो पनि बुझ्न नसकेर "मूल मध्यम कारिका" को भाष्या, त्यसको पनि भाष्याको भाष्या, फेरि भाष्याको भाष्या हुँदै ८/९ औं भाष्यामा अध्ययन गर्छौँ तर पनि बुझ्न सक्दैन। यति जटिल छन्। यसरी महायानको सुन्यता नागर्जुनबाट बिस्तार भएको हो।

अर्को त्यही "गे डिङ, दुइ सुम" अर्थात्, बुम, ङ्यिठ्री, गेतोङपा सुत्रहरुमा ८ अभिसमय मार्ग प्रतक्ष्य नभइ अप्रत्यक्ष रूपमा देखाएकाले हामी जस्ता अल्प बुद्धि भएकाहरुले नदेखिने हुँदा महायान मार्गको अभ्यास गर्न नसक्लान् भनि बोधिसत्व मैत्रिले आफू सम्यक्सम्बुद्ध प्राप्त गर्नको हेतु समाग्र महायान सुत्र बुम, ङ्यिठ्री, गेतोङपा सुत्रहरुमा अप्रत्यक्ष देखाएको मूल सार ८ अभिसमय मार्ग दर्शाउने "अभिसमयअलंकार" ग्रन्थ र अरु चार महायान र थेरवादका ग्रन्थहरु लेखेर आचार्य असंघको मध्यमबाट फैलाउनु भयो। त्यही देखि नै महायान मार्गको विस्तार भएको मान्नुपर्छ। धेरै विस्तृतमा नजाउँ। सर्व मंगलम्।

ༀ་བྷྲུྃསྭཱཧཱ། ༀ་ཨ་མྲྀ་ཏ་ཨཱ་ཡུརྡ་དེ་སྭཱཧཱ། ༀ་བྷྲུྃསྭཱཧཱ། ༀ་ཨ་མྲྀ་ཏ་ཨཱ་ཡུརྡ་དེ་སྭཱཧཱ། ༀ་བྷྲུྃསྭཱཧཱ། ༀ་ཨ་མྲྀ་ཏ་ཨཱ་ཡུརྡ་དེ་ས...
08/06/2022

ༀ་བྷྲུྃསྭཱཧཱ། ༀ་ཨ་མྲྀ་ཏ་ཨཱ་ཡུརྡ་དེ་སྭཱཧཱ། ༀ་བྷྲུྃསྭཱཧཱ། ༀ་ཨ་མྲྀ་ཏ་ཨཱ་ཡུརྡ་དེ་སྭཱཧཱ། ༀ་བྷྲུྃསྭཱཧཱ། ༀ་ཨ་མྲྀ་ཏ་ཨཱ་ཡུརྡ་དེ་སྭཱཧཱ།ༀ་བྷྲུྃསྭཱཧཱ། ༀ་ཨ་མྲྀ་ཏ་ཨཱ་ཡུརྡ་དེ་སྭཱཧཱ

आदरणीय सम्पुर्ण लोसार प्रेमी महानुभावहरुलाई लोसारको  हार्दिक शुभकामना ब्यक्त गर्दछु।बौद्ध धर्मालम्बीहरुको माहान राष्ट्रि...
02/03/2022

आदरणीय सम्पुर्ण लोसार प्रेमी महानुभावहरुलाई लोसारको हार्दिक शुभकामना ब्यक्त गर्दछु।बौद्ध धर्मालम्बीहरुको माहान राष्ट्रिय चाड लोसार( नयाँ वर्ष ) २१४९औं क्षु फो ताग लो (जल पुरुष बाघ वर्षको उपलक्ष्यमा देश तथा बिदेशमा छरिएर बस्नु भएका साथिभाईहरु लागयत अफन्ताजानहरु र सम्पुर्ण प्राणीहरुमा सुख, शान्ति एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

🐅🐅🐅
~भवतु सब्ब मंगलम~
~🙏🙏🙏~

~ हामीले "साङ्ग" किन गर्नु पर्ने । 🌹🌷🌸💐🌺    हामी बुद्धिष्टहरू सदैव विहान घरमा साङ्ग गछौं । "साङ्ग" त गछौं, तर धेरैलाई यस...
25/02/2022

~ हामीले "साङ्ग" किन गर्नु पर्ने । 🌹🌷🌸💐🌺

हामी बुद्धिष्टहरू सदैव विहान घरमा साङ्ग गछौं । "साङ्ग" त गछौं, तर धेरैलाई यसको अर्थ थाँहा हुँदैन । शुद्धि गर्नु, चोखो पार्नु अथवा चोख्याउने कर्मलाई "साङ्ग" गर्नु भन्दछन् ।

बिभिन्न औषधि मिश्रित सुगन्धित पदार्थ आदिको "साङ्ग" द्वारा घरको छयोसम (देवताथान), घरको चूला, छर छिमेक, आफ्नो शरीर, वाक्, चित्त देखि लिएर सारा संसारमा विशुद्धताको वातावरण फैलियोस् भन्ने ध्येय लिएर "साङ्ग" गरिन्छ । यसको साथ साथै देवलोकका सूर, असूर, किनर, किनरी, गन्धर्वहरूले पनि साङ्गको सुगन्धबाट प्रभावित भएर रोग, झगड़ा, दुर्गुण, पाप - कर्महरू देखि सर्व प्राणीहरूलाई बचाई सधैं भरि रक्षा प्रदान गरि दिऊन् भनि “साङ्ग" गरिन्छ ।

कुनै पनि शुभ कार्यको शुरू गर्न अघि पहिला यो साङ्गको पाठ गरिन्छ।

बिशेष यस जुनिमा सुख र शान्तिले जीवन बिताउँदै अन्तमा बुद्ध जस्ता हुन पाऊँ भन्ने सोचि अनि "साङ्ग"- को पुण्यलाई सर्व प्राणिहरू माथि समर्पित गरिनु पर्दछ ।

ध्यान दिनु पर्ने कुरा बुम्बाको पानीले चोख्याए पछि "साङ्ग" लगाएको आगोलाई मुखले फुक्नु हुँदैन ।।। 🌹🌷🌸💐🌺

नोट : हाम्रो श्रद्धेय टुल्कु ठिन्ले सिङ्गे जोगपोन्साङ्गज्यू द्वारा बिभिन्न औषधि मिश्रित सुगन्धित पदार्थ साङ्गहरू मिलाएर साङ्ग बनाउनु हुँदैछ । हजुरहरूले पनि "साङ्ग" बनाउने तरिका सिक्नु होस् ।

परम पुज्यनिय गुरुबर क्याब्जे दुज्योम याङ्सी रिन्पोछे ज्यू३२ वर्षको उमेरमा तिब्बतको सेर्थामा परिनिर्वाण हुनु भएको खबरले स...
21/02/2022

परम पुज्यनिय गुरुबर क्याब्जे दुज्योम याङ्सी रिन्पोछे ज्यू
३२ वर्षको उमेरमा तिब्बतको सेर्थामा परिनिर्वाण हुनु भएको खबरले समस्त बौद्ध परिवार दु:खद खबरले सिघों बौद्ध शासनमा अतुलनीय क्षति भएको छ।गुरु परिनिर्वाण भएको आज ७ औं दिन...।

वहाँको माया, करुणा अनि ज्ञानको सुगन्धले सारा संसारलाई सँधै ढाकेको होस् । प्रेमको विरासत सधैं भरि रहि रहोस् ।

~भवतु सर्व मंगलम्~
~🙏🙏🙏~

बौद्ध दृष्टिकोणमा "म" र "मेरो" भन्ने दृष्टि भ्रान्ति हो ?
27/12/2021

बौद्ध दृष्टिकोणमा "म" र "मेरो" भन्ने दृष्टि भ्रान्ति हो ?

दर्शन मार्ग, अर्हत्, बुद्ध प्राप्त गरेका पुरुषहरु बाहेक   हरेक किरा फट्याङ्ग्रा पशु, मानव, देवता, नाग सबै प्राणीमा म पनक...
26/12/2021

दर्शन मार्ग, अर्हत्, बुद्ध प्राप्त गरेका पुरुषहरु बाहेक हरेक किरा फट्याङ्ग्रा पशु, मानव, देवता, नाग सबै प्राणीमा म पनको सत्ता हुन्छ। म पनको सत्ता दुइ तरिकाबाट उत्पन्न हुन्छ। १) अरोपित म पनको सत्ता। २) सहज म पनको सत्ता।

१) अरोपित म पनको सत्ता। अबौद्धहरुमा हुन्छ जुन अबौद्ध धर्मिक गुरुहरु र ग्रन्थहरुले म, आत्मा भनेर अरोपित गराउछन् र छ भनि ग्राहण गर्छन्। २) सहज म पनको सत्ता या "सहज आत्माग्राह" भनेको बुद्ध, अर्हत्, दर्शन मार्ग प्राप्त गरेका पुरुषहरु बाहेक अन्य सबै प्राणी मा हुन्छ। त्यसलाई चिनेर क्षय गर्न नसकेर नै भाव क्रममा घुमिरहेको र दुख र चिन्ता भोग्नु परेको हो।

म पनको सत्ताको अस्तित्व वास्तवमै हुने भए अर्हत्, बुद्धमा पनि हुनुपर्थ्यो। म पनको सत्तालाई ग्राहण गर्नु भ्रान्ति हो। जस्तो- डोरीलाई सर्प भनि ग्राहण गर्नु जस्तै हो। डोरीलाई सर्प भनि ग्राहण गर्नु या देख्दैमा डोरी सर्प हुँदैन। जबसम्म उसले डोरी हो या सर्प भनि हेरि डोरी रहेछ भन्ने बोध हुँदैन। तब सम्म उसलाई त्यो सर्प नै लागि रहेको हुन्छ र तर्सिरहेको हुन्छ। त्यस्तै हो म पनको सत्ता।

मेरो र तेरो चित्त संतान नरहे सम्बोधि के को लागि....! तर अर्हत्, अर्या पुरुष र बुद्धले मेरो चित्त र हामीले देख्ने मेरो चि...
26/12/2021

मेरो र तेरो चित्त संतान नरहे सम्बोधि के को लागि....!
तर अर्हत्, अर्या पुरुष र बुद्धले मेरो चित्त र हामीले देख्ने मेरो चित्त एउटै होइन। हामीले देख्दा, सोच्दा भ्रमित भएर देख्छु। उहाँहरुले जे छ त्यही। मतलब हामीले कि त थपेर हेर्छौ कि त घटाएर । जसलाई बौद्ध भाषामा समरोपित र अपवाद भन्छौ या शास्वतन्त र उच्छेतन्त । जस्तो कि डोरीलाई अँध्यारोमा सर्प देख्नु र तर्सिनु हामी जस्ता बालजनले "म" र "मेरो" प्रतिको देखाई हो भने डोरी लाई डोरी नै देख्नु सिद्ध पुरुषहरुको देखाइ हो।
अब तपाईं भन्नुहोस्, यि दुई हेराइ, देखाइ, ग्राहण गर्ने विधि या दृष्टि मा फरक छ कि छैन? हामीले हेर्ने "म" प्रतिको हेराइ र अनात्मा बोध गरेका पुरुषले "म" प्रतिको देख्ने देखाई, त्यसरी फरक हुन्छ। बौद्ध धर्ममा हेराइ र देखाइको अन्तर लाई पनि बुझ्नु पर्ने हुन्छ।
त्यसो त बौद्ध धर्ममा "म" र "मेरो" भावार्थ धेरै माथिल्लो स्टेज हो। जगबाट सुरु नगरि स्नातकको कुरा गर्नु जस्तै हो, त पनि अनात्माको विषय सुन्दै राख्दै जाने हो। यसले पछि अनात्मा बोध गराउन मद्दत पुर्याउने छ। तर सुरुवात जगबाट गर्ने हो र बिस्तारै बिस्तारै बुझ्दै जान्छन्। अनात्मा बुझ्नु अघि प्रतित्यसमुत्पाद, अनित्य जस्ता बौद्ध सिद्धान्त बुझ्न जरुरी छ। अगाडि अगाडि अनित्य र प्रतित्यसमुत्पादलाई आधार बनाएर मात्रै अनात्मालाई बोध या देख्ने कोशिस गर्दै जानुपर्छ र अनात्मालाई बोध गर्ने हेतु तिनिहरु नै हो।

चित्त सन्तान भन्नले तपाइँले के बुझ्नु भयो? त्यो म जान्दिन। दुध दाही भएपछि दुध दुध रहन्न। तर दुधको धारा प्रवाह हो दाही। अर्थात्, दाहीको मुल परिवर्तित हेतु दूध हो। दूध नै दाहीमा परिनात भएको हो। अब त्यो दाहीमा दूधको अस्तित्व खोज्नु मुर्खता हुनेछ। कर्म फल या चित्त सन्तानको प्रवाह यसरी हुँदै जान्छ। र सम्यक् सम् बुद्ध सम्म पुगिन्छ।

1.थाहा पाउनै वालै नभए के कसरी थाहा पाइन्छ त सामान्य तर्क बाटै पनि?
👉 उत्तर:-
विज्ञान थाहा पाउनै वाला भन्दा केहि फरक नपर्ला। तर विज्ञानको उत्पन्न र समाप्ति इन्द्रिय र वस्तुसँग अवद्ध हुन्छ। घर देख्नु र घर देख्ने चक्षुर्विज्ञान सँगै उत्पन्न हुन्छ र सँगै घरको परिकल्पना गर्ने चित्त पनि। केही समय पछि घर देख्ने चक्षुर्विज्ञान र घरको परिकल्पना गर्ने चित्त दुवै हराउँछन्। पुनः त्यही घर देखे घर देख्ने स्मृति पैदा हुन्छ। यो एउटा सानो चक्षुर्विज्ञानको प्रक्रिया हो। अरुमा पनि त्यही लागु हुन्छ।
स्वसंवेदन र पर संवेदनको कुरा आउँछ। स्वसंवेदन स्विकार्नेहरु "घर देख्ने चक्षुर्विज्ञान"ले घर देख्यो भनेर "घर देख्ने चक्षुर्विज्ञान बोध गर्ने स्वसंवेदन"ले थाहा पाउँछ भन्छन्। विज्ञानवादीहरुको अनुसार, "भित्री विज्ञानको मात्रै अनुभूति गर्ने एकल चेतना" नै स्वसंवेदन हो। यसको मतलब यसले बाह्या बस्तुहरु: रूप, शब्द, गन्ध, रस, स्प्रष्टव्यलाई देख्ने या ग्रहण गर्ने काम गर्दैन। चित्ता या विज्ञानलाई मात्रै ग्रहण गर्छ। जबकि चक्षुर्विज्ञान देखि कायविज्ञानले क्रमशः बाह्य-वस्तुहरू: रूप, शब्द, गन्ध, रस, स्प्रष्टव्यलाई देख्ने, सुन्ने या ग्रहण गर्छन्। यी भनेका चित्तका सामन्य प्रक्रिया हरु हुन्। यि विषय हरु नबुझे , तपाईंले सोधेका थाहा पाउनै वाला, म, मेरो, साक्षी छ छैन भन्ने कुरा बुझ्न सक्नुहुन्न।

सम्यक् भगवानमा गरिने ८ किसिमको पूजाको परिचय।१. अर्घयम - छर्किने वा पिउने पानी।२. पाद्यम - पाउ धुने पानी ।अर्घयम र  पाद्य...
16/12/2021

सम्यक् भगवानमा गरिने ८ किसिमको पूजाको परिचय।
१. अर्घयम - छर्किने वा पिउने पानी।
२. पाद्यम - पाउ धुने पानी ।अर्घयम र पाद्यम ले श्रुतमयी ( सुनेर आको ज्ञान) चिन्तनमयी ( बुझेर आको ज्ञान )को प्रतिनिधित्व गरछ ।
३. पुष्पे - फूल । फूल ले मानवमा हुनुपर्ने सद्गुण मैत्री, करुणा, क्षेमा जस्ता गुणको प्रतिनिधित्व गरछ ।
४. धूपे - शील ( सही अनुशासन ) सम्यक्भगवान ले सिकाएको अनुशासनको प्रतिनिधित्व गरछ ।
५. आलोके - प्रज्ञा ( सच्चाई बोध गर्ने ज्ञान ) ज़सले दुःख, अनित्य, अनात्म, शून्यता को प्रतिनिधित्व गरछ ।
६.गंधे - सुगंध पानी। ( सहि विश्वास ) श्ज़स ले सम्यक्भगवान, सम्यक् धर्म, आर्य संघ मा र कर्म हेतु फल मा विश्वासको प्रतिनिधित्व गरछ ।
७. नैवेध्य - (खानेकुरा ) यसले समाधिध्यानको प्रतिनिधित्व गरछ ।
८. वाद्यवादान ( बाजा गाजा ) यसले सम्यक् मार्ग र सम्यक् फलको गुणगानको प्रतिनिधित्व गरछ ।
सात वटा कचौरामा सफ़ा पानी चढ़ाएको अर्थ पनि यही हो ज़सले सप्तबोध्यंग अर्थात् १.सम्यक् स्मृति, २.सम्यक प्रज्ञा,३.सम्यक् प्रयत्न,४.सम्यक् प्रीति, ५.सम्यक् प्रशब्धि,६.सम्यक् उपेक्ष्य,७.सम्यक् समाधिको प्रतिनिधित्व गरछ ॥

शंका राम्रो छ,यसको मतलब तपाई सत्यको खोजी गर्दै हुनुहुन्छ....।शंका भनेको रोग हो। यसको मतलब तपाईंले पहिले नै नकारात्मक निष...
15/12/2021

शंका राम्रो छ,यसको मतलब तपाई सत्यको खोजी गर्दै हुनुहुन्छ....।
शंका भनेको रोग हो। यसको मतलब तपाईंले पहिले नै नकारात्मक निष्कर्ष निकाल्नुभएको छ।

:-) बुद्ध कथा .........                            एक ब्यक्ति एउटा मुर्ति को अगाडि बसेर रोइरहेको थियो।                  ...
10/12/2021

:-) बुद्ध कथा .........

एक ब्यक्ति एउटा मुर्ति को अगाडि बसेर रोइरहेको थियो।
भगवान बुद्ध : तपाई ढुंङ्गा बाट बनेको मुर्ति बाट के चाहनु हुन्छ?
ब्यक्ति : सुख ।
भगवान बुद्ध : दु:ख चाहिँ किन चाहिदैन नि? ब्यक्ति : (रिसाउदै) दुखी छु त्येसैले सुख मागिरहेको नि? बुद्ध : के तिमी प्रश्न नसोधी उतर दिन सक्छौ ? ब्यक्ति : प्रश्न गरे पो जवाफ दिन सकिन्छ ,बिना प्रश्न कसरी जवाफ दिने नि?
बुद्ध : मेरो प्यारो बन्धु, त्येसो भए दु:ख बिना सुखको आशा किन गरेको त ? सुख त तब मात्र मिल्छ जब तिमी दु:ख लाई सघष र मेहनत ले टाढा गर्न सक्छौ । दु:ख: मुर्ति को अगाडि बसेर र रोएर खत्म हुदैन ,बरु झन धेरै हुन्छ । किनकि ढुंङ्गा बाट बनेको चिज ले कहिल्यै दु:ख हटाउन सक्दैन । किनकि यो निर्जीव छ ,तिमी सजिव हो,मान्छेको दु:ख हटाउने धेरै उपायहरु छन् र सुख पाउने उपाय पनि छ। तर यो उपाय सत्य मा आधारित हुनु पर्छ । असत्य को बाटो बाट प्राप्त गरेको हरेक सुख ; दु:ख मा परिवर्तन हुनेछ । सत्यको बाटो बाट प्राप्त गरेको सुख लगातार र प्रेरणादायी हुन्छ , जब सम्म अज्ञान रहन्छ तब सम्म दु:ख रहिरहन्छ ,दु:खको बिना सुख अधुरो छ , तिमि ले दु:ख भनिराखेका छौ त्यस लाई तिमी हराउन सक्छौ । ब्यक्ति : कसरी ?
बुद्ध : दु:ख एक चिज बाट उत्पन्न हुन्छ त्यो हो "तृष्णा" (लोभ,लगाव,बढी प्रेम,बढी चाहना र त्येस्तै अन्य चिज हरु प्राप्त गर्ने इच्छा ) यदि यो तृष्णा लाई तिमिले जित्न सक्यो भने हरेक दु:ख,सुख बराबर हुनेछ । जुन चिज आफ्नो होइन भनेर थाहा हुँदा हुँदै पनि पाउने आशा राख्छौ भने यसको मतलब दु:ख तिमी मा बरु तिमी दु:ख खोज्दै छौ । त्यसै भएर असत्य को बाटो , ढुंङ्गा (पत्थर )को भगवान सित प्राथना गर्दैमा दु:ख हटेर जादैन्। बल्की अमुल्य समय र मन मा भएको अलिकति शान्ति पनि भाग्छ र तिमि यो सुन्दर ससारमा उदास भएर बस्ने छौ ।
ब्यक्ति : तपाई को हो ?
बुद्ध : म एक जागृत ब्यक्ति हु।
ब्यक्ति : के तपाई सग दु:ख छैन ?
बुद्ध : दु:ख छ तर म सग तृष्णा छैन । जो सग तृष्णा हुन्छ उ सग दु:ख ,चुम्बकमा फलाम टासे जस्तै टाँसिरहन्छ र जो सग तृष्णा हुदैन ,उस्को दायाँ-बायाँ दु:ख त हुन्छ तर उसलाई छुन सम्म पनि सक्दैन।
ब्यक्ति : के यो ढुंङ्गा को मुर्ति ले मेरो कुरा सुनी राखेको छैन त? बुद्ध : तिमिलाई राम्रो सग थाहा छ, ढुङ्गा एउटा निर्जीव बस्तु हो साच्चि नै भगवान हुने हो भने अगाडि प्रकट हुन्छ नि किन ढुङ्गा भित्र बस्छ ?
ब्यक्ति : तपाई को सत्य ,वास्तविक सत्य ज्ञान, यो सत्य हो,जुन चिज आफ्नो होइन ,त्यो मेहनत बिना पाउने इच्छा राख्नु नै दु:ख हो।
बुद्ध : तर यो ससार बाट नास भएर जाने चिजहरु मेहनत गर्दा पनि प्राप्त हुदैन त्येस्तो दु:खको अन्य त्येही चिज सग हुन्छ , ससार छोडेर जाने-फेरि फर्केर आउदैन ,उस्को लागी दुःखि हुनु भनेको मुर्ख हुनु बराबर हो।
ब्यक्ति : म मानसिक रोगी भएको थिए ,वास्तविक सत्य थाहा हुँदा हुँदै पनि काल्पनिक विचारमा डुबिरहन्थे,मलाई पनि तपाईं जस्तै जागृत हुनु छ ,म तपाई को विचारको शरण मा आए । बुद्ध :साधु ,साधु,साधु
(गौतम मान सिह)

पाँच गलत दृष्टिहरु....जस्तै१.सत्काय दृष्टि२.अंतग्रह दृष्टि३.मिथ्या दृष्टि४.दृष्टि परामर्श५.शिलब्रत परामर्श  पहिलो कुरा य...
07/12/2021

पाँच गलत दृष्टिहरु....जस्तै
१.सत्काय दृष्टि
२.अंतग्रह दृष्टि
३.मिथ्या दृष्टि
४.दृष्टि परामर्श
५.शिलब्रत परामर्श

पहिलो कुरा यि ५ दृष्टि क्लेस हुन्। क्लेसको मतलब क्लेसयुक्त ब्यक्तिलाई क्लिष्ट या जटिल बनाउनु। अर्थात्, जो ब्यक्ति यस्ता क्लेसयुक्त छन्, उनलाई हरेक कोणबाट अशान्त पैदा गराउनु नै क्लेसको काम हो।
१.सत्काय दृष्टि:- पञ्चस्कन्धलाई अवलम्बन observed गरि आत्मा स्वभावता देखाइ। त्यो देखाई निर्वाण या बोधि प्राप्त नगरेका सबै प्राणी र महायानका ८ औ भूमि देखि मुनिका बोधिसत्वमा पनि हुन्छ।
२.अंतग्रह दृष्टि:- सत्काय दृष्टिको अवलम्बनको बस्तु "आत्मा" लाई अवलम्बन गरि धर्म phenomena मा कि त शास्वत, कि त उत्छेतको देखाइ। सत्काय दृष्टि र अंतग्रह दृष्टि बुझ्न अलि गाह्रो छ।

३.मिथ्या दृष्टि:- कर्म फल, पुर्व जन्म- पूनर्जन्म ईत्यादि छैन भनि ग्राहण गर्ने चेतना। यो दृष्टि चार्वाक मतानुयायी र अहिलेका वैज्ञानिकहरुमा हुन्छ र अरुप धातुको "नैवसंज्ञा नसंज्ञा" (सिचि ङोइसि)समाधिबाट उठिएका योगीमा हुन्छ। स्वर्ग नरक छैन भनेर हिड्नेहरुमा पनि यो दृष्टि हुन्छ।

४.दृष्टि परामर्श:- कुदृष्टिमा श्रेष्ठतालाई थापेर देख्ने देखाई अथवा कुदृष्टि नै सबैभन्दा "उत्तम" भन्ने आरोपित हेराइ। जस्तै: बालि दिएर मुक्ति मिल्ने सोचाइ, भक्ति भजन गरि मुक्ति मिल्ने, क्रिस्चियनको भए माछा, बाख्रा, पशु ईत्यादि पर्मेश्वरले खाउ भनेर दिएको,, जति काटे पनि पाप लाग्दैन जस्ता हेराइ ईत्यादि।

५.शिलब्रत परामर्श:- कुआचारणलाई शुद्धता देख्नु। जस्तै: जैनको जस्तो नाङ्गै हिड्ने, वैदिक तिर्थिकहरुको व्रत बसेर मुक्ति मिल्छ, अयु लामो हुन्छ ईत्यादि। दृष्टि परामर्शले तुच्छ बुद्धिले देखेको र ठहर्याएको कुरालाई नै "अग्र" भन्दछ भने शिलब्रत परामर्शले त्यस्ता कुराबाट आफ्नो शुद्धि हुन्छ, मुक्त भईन्छ भन्ने ठान्दछ।
"बोधि पुष्पाञ्जलि - ४" अनुसार यी सबै मिथ्यामा आधारित भएकोले कुदृष्टि नै हुन् तापनि छोटकरीमा छुट्याउँदा 'आत्मा' छ भन्ने ठान्नु सत्कायदृष्टि हो, त्यो धारणालाई सर्वोच्च दर्शन ठान्नु दृष्टि परामर्श हो भने त्यो आत्मालाई नित्य, शाश्वत आदि रुपमा देख्नु अन्तग्राहदृष्टि हो। उच्च देख्नु दृष्टि परामर्श हो र शुद्धता देख्नु शिलब्रत परामर्श हो। नेपालीमा पढ्न चाहनुहुन्छ भने "बोधि पुष्पाञ्जलि - ४" को पेज- ११३ मा हेर्नु होला।
स्रोत;✍ jampal thup

जातले गोत्रले जन्मले मानिस ब्राह्मण हुदैनसत्य धम्म र पवित्र ब्यक्ति उनै ब्राह्मण हुन्छ                                - ...
06/12/2021

जातले गोत्रले जन्मले मानिस ब्राह्मण हुदैन
सत्य धम्म र पवित्र ब्यक्ति उनै ब्राह्मण हुन्छ
- तथागत बुद्ध 🙏

पहिला-पहिलाको मान्छेहरु आफ्नो शरिरलाई दुख दिन्थ्यो, तर मन शान्ती खुसी राख्थ्यो....।तर अहिलेको मान्छेहरु शरीर सुखमा राख्छ...
05/12/2021

पहिला-पहिलाको मान्छेहरु आफ्नो शरिरलाई दुख दिन्थ्यो, तर मन शान्ती खुसी राख्थ्यो....।तर अहिलेको मान्छेहरु शरीर सुखमा राख्छ,तर मन दुखमा तनाव हुन्छ...।
यो बढ्दो भौतिकवादी चिन्तन हो जस्तो लाग्छ।।

बुद्धको शिक्ष्याले दुःखको कुरा गरेर निराश पार्न खोजेको होईन । बरु दुःखलाई सही ढंगले चिनाएर त्यस्को समाधान गर्न चाहेको हो...
02/12/2021

बुद्धको शिक्ष्याले दुःखको कुरा गरेर निराश पार्न खोजेको होईन । बरु दुःखलाई सही ढंगले चिनाएर त्यस्को समाधान गर्न चाहेको हो । किनकी हामी सबैजना दुःख चाहनदैनौ ॥

गृहस्थहरुले पाँच शिल पालन गर्न पर्ने हुन्छसन्यासी हरुले पालन गर्न पर्ने 228 सिल हरु छन तर तेहि दस शिल पनि राम्रो सग पालन...
23/11/2021

गृहस्थहरुले पाँच शिल पालन गर्न पर्ने हुन्छ

सन्यासी हरुले पालन गर्न पर्ने 228 सिल हरु छन तर तेहि दस शिल पनि राम्रो सग पालन गर्ने हो भने आचरण मा बस्ने हो भने,यो गाना बजाना पनि बर्जित छ।किन भने गाना गित पनि राग बाट पैदा भयको हुन्छ,यसले बेक्तिलाइ भावना र कल्पना मा डुबाउदै कामबासना पैदा गर्छ,, राग पैदा गर्छ।सन्यासिले राग र द्वोस दुबै लाई उत्पन्न हुन दिन हुदैन यस्तो गाना बजाना बाट बेबिचार पनि जन्मिने हुनाले यो सन्यासी हरुको शिल आचरण अन्तर्गत पर्दैन,"

यो गाना बजाना पुर्ण बर्जित छ
यस्तो बासनाले भरियको गाना बजाना ले सन्यासी हरुलाइ पतनको बाटो लैजान्छ,,,

" #शरीर_दुखे_तापनि_चित्त_नदुखोस्"🔮🔮🔮🔮🔮🔮🔮🔮🔮🔮🔮नकुल पिताजी बृद्ध अवस्था (बुढो) भै सक्नु भएको थियो। भगवान कहाँ सधैँको जस्तो ...
22/11/2021

" #शरीर_दुखे_तापनि_चित्त_नदुखोस्"
🔮🔮🔮🔮🔮🔮🔮🔮🔮🔮🔮

नकुल पिताजी बृद्ध अवस्था (बुढो) भै सक्नु भएको थियो। भगवान कहाँ सधैँको जस्तो गरी जान नसक्ने हुनु भयो। भगवान संग भेट भएको बेलामा बिन्ति चढाउनु भयो।
"लामो चौडाइमा देशना नगर्नु होस् .... सुन्न सक्दिनँ हजुर.. छोटकरी मा भन्नु होस्" भन्दा भगवानले पनि संक्षिप्तमा उपदेश गर्नु भयो।

“ शरीर दुखे तापनि चित्त नदुखोस्" अरे।

बसेको धेरै समय बिते पछि पल्टिन मन लाग्ने, पल्टिएको धेरै भए पछि फेरि थकाइ लागेर आउने, थकाइ लागे पछि फेरि सुत्ने, जति सुकै नै आरम लिएर सुते तापनि धेरै लामो समय सम्म सुत्न नसक्ने। त्यो रोग नै हो। थकाइ लाग्नु भन्ने एउटा रोग नै हो। चिकित्सा औपचारिक गर्ने वैद्यको औषधीले चाहिँ रोग लाई निको अथवा सञ्चो पार्ने उपचारको काम गर्दछ।

भगवानको औषधीले चाहिँ वेदना लाई निको अथवा सञ्चो पार्ने उपचारको काम गर्दछ। चित्त लाई चसक्क दुखाई दिने एउटा काँडा (शूल) फेरि नगडोस्।

म, मेरो, मेरा (म यो शरीर हो, शरीर भित्र म छु, म भन्ने र शरीर एउटै भएको हुनाले यो मेरो शरीर हो) भन्ने सोंचाई भएको कल्पना, विचार धारणाको बुझाइ लिनाले दुःख, पिडा कष्ट भएको अनुभूति हुन्छ।
-यदि रुप र नाम लाई पनि म मेरो भनेर तानिए देखि काय शरीर र चित्त दुबै दुख्दछ।
-यदि रुप र नाम उत्पति भएको क्षण समयमा प्रष्ट रुपमा छुट्याएर भावना गर्दै हेर्नाले काय शरीरमा मात्र दुःख, पिडा कष्ट भएको अनुभूति हुन्छ। चित्तमा हुँदैन।

रोग लाई केवल वेदना हो भन्ने विचार- धारणा द्वारा लिँदै हेर्ने हो भने धर्मता अनुसार ठिक उचित यथार्थमा प्राकृतिक अथवा स्वभाविक भएन। घुँडा दुखे त्यस लाई रोग हो भन्ने भावना गर्दै हेरेर जानि दिनु। धेरै थोरै भएको लाई हेरेर जान्दिनु। दुःख, पिडा कष्ट लाई अनुभूति गर्दै थहा पाएर सहन गर्न नखोज्ने वेदना हो। घुँडाले पिडा कष्ट अनुभूति सहन गर्न नखोज्ने त होइन नि। चित्तले अनुभूति गरेको हो। त्यस चित्त लाई थहा पाएर जानी बुझी रहेको, भावना गरिरहेको हुनु पर्दछ। सहन गर्न मन लाग्दैन। हरावोस् भन्ने मन लाग्छ। यसैगरी हेर्दाहेर्दै नै नियमित निरन्तर रुप बाट विस्तार विस्तारै गरी झरेर हल्का भै सहन गर्न सक्ने भएर आउँछ।

शरीर छ भने रोग अवश्य हुन्छ। चित्त छ भने वेदना अवश्य हुन्छ। दुख्ने, पिडा कष्ट हुने रोग मात्र नै हो। वेदना होइन। वेदना लाई केवल हेरेर जान्ने गरी मात्र गर्नु। यस लाई हराउने (लुप्त हुने) गरी गरेर हुँदैन।

“ शरीर दुखे तापनि चित्त नदुखे दुखित हुनु पर्दैन"

स्वेउमिङ्सयाडोफयाजी
बाट-
अनुवाद - स्वयं (VPD)

भवतु सब्ब मंगलं !!!

लमजुङ्ग । बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक पक्राउ परेकी छन् । सोमबार गणक विना थापा पक्राउ परेकी हुन् ।ध...
16/11/2021

लमजुङ्ग । बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक पक्राउ परेकी छन् । सोमबार गणक विना थापा पक्राउ परेकी हुन् ।

धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्‍याएको थियो ।

स्थानीय, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरुबीचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग सूचना अधिकारी जगदिश मिश्रले जानकारी दिए ।

गणक थापाले भुलवस गल्ति भएको स्वीकार गरेको र अब यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको अधिकारीका मिश्रले बताए ।

𝐇𝐚𝐩𝐩𝐲 𝐛𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲 beautiful son. 𝐖𝐢𝐬𝐡 𝐲𝐨𝐮 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬 & 𝐇𝐚𝐩𝐩𝐢𝐧𝐞𝐬𝐬 𝐢𝐧 𝐲𝐨𝐮𝐫 𝐥𝐢𝐟𝐞.𝐓𝐫𝐢𝐫𝐚𝐭𝐧𝐚 & 𝐁𝐮𝐝𝐝𝐡𝐚𝐬 𝐁𝐨𝐝𝐝𝐡𝐢𝐬𝐭𝐭𝐯𝐚𝐬 𝐚𝐥𝐰𝐚𝐲𝐬 𝐛...
11/11/2021

𝐇𝐚𝐩𝐩𝐲 𝐛𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲 beautiful son. 𝐖𝐢𝐬𝐡 𝐲𝐨𝐮 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬 & 𝐇𝐚𝐩𝐩𝐢𝐧𝐞𝐬𝐬 𝐢𝐧 𝐲𝐨𝐮𝐫 𝐥𝐢𝐟𝐞.
𝐓𝐫𝐢𝐫𝐚𝐭𝐧𝐚 & 𝐁𝐮𝐝𝐝𝐡𝐚𝐬 𝐁𝐨𝐝𝐝𝐡𝐢𝐬𝐭𝐭𝐯𝐚𝐬 𝐚𝐥𝐰𝐚𝐲𝐬 𝐛𝐥𝐞𝐬𝐬𝐢𝐧𝐠 𝐲𝐨𝐮.

ONCE AGAIN 🎂
𝓱𝓪𝓹𝓹𝔂 𝓫𝓲𝓻𝓽𝓱𝓭𝓪𝔂 𝓣𝓸,𝔂𝓸𝓾 ❤

जन्मदिनको लाखौंलाख शुभकामनाछोरा{Wangchhuk}❣️
तिमीले चालेका हरेक पाइलामा सफलता मिलोस। सधै शुखीअनि खुसी रहनु साथै सुस्वास्थ, दिघायु एबम उत्तर उत्तर प्रगतीको कामना गर्द्छु।तिमीलाई छोरो...।❤️

बुद्धिको मानिसले अरूलाई सल्लाह दिनुपर्छ; उसले सल्लाह दिनुपर्छ र अरूलाई गलत काम गर्नबाट रोक्नु पर्छ; यस्तो मानिसलाई असल क...
10/11/2021

बुद्धिको मानिसले अरूलाई सल्लाह दिनुपर्छ; उसले सल्लाह दिनुपर्छ र अरूलाई गलत काम गर्नबाट रोक्नु पर्छ; यस्तो मानिसलाई असल कुराले प्रिय मानिन्छ। उसलाई नराम्रो कुराले मात्र मन पर्दैन।

-

कुनै कुनै कुरालाई मुस्कुराएर टारिदिनुस् सबै कुरामा बहस गर्नु पर्छ यो जरुरी छैन !
10/11/2021

कुनै कुनै कुरालाई मुस्कुराएर टारिदिनुस्
सबै कुरामा बहस गर्नु पर्छ यो जरुरी छैन !

श्रीसम्पतिले सम्पन्न भएता पनि रोक्न नसकिने हो मृत्यु जन्मा सुन्दर रुपवान भएता पनि मृत्युले छोड्न सक्दैन जति पनि ईज्जात, ...
31/10/2021

श्रीसम्पतिले सम्पन्न भएता पनि रोक्न नसकिने हो मृत्यु
जन्मा सुन्दर रुपवान भएता पनि मृत्युले छोड्न सक्दैन
जति पनि ईज्जात, मान, सम्मान कमाएता पनि छोडि हिडनु पर्ने
अन्तिम सबैको समान मर्ग मृत्यु हो
त्यसैले जीवन सर्थक बनाउन सिक्ने गर्नुस अरुलाई दुख दिएर हैन अरुको खुशी बन्न सिक्नुस

{तपाईंको कर्म नै तपाईंको धर्म हो।}लामा येसे(Lama Yeshe)Tibet, 1935-1984, USAबुद्ध धर्मबारे पश्चिमा मुलुकहरुमा प्रबचन दिन...
31/10/2021

{तपाईंको कर्म नै तपाईंको धर्म हो।}
लामा येसे(Lama Yeshe)
Tibet, 1935-1984, USA

बुद्ध धर्मबारे पश्चिमा मुलुकहरुमा प्रबचन दिनुहुने महान व्यक्तित्व भएका लामा येसे ।

मैले मनवारे चर्चा गर्दा मेरो मन, मेरो यात्राबारे मात्र चर्चा गरिरहेको हुन्नँ । मैले सम्पूर्ण ब्रह्माण्डका प्राणीहरूको मनबारे चर्चा गरिरहेको हुन्छ । हाम्रो जीवनशैली, चिन्तनशैली आदि सम्पूर्ण कुराहरू भौतिक सुखका लागि समर्पित छन् । हामीले चेतनाको वस्तु (Sense Object) लाई सबैभन्दा महत्त्वपूर्ण ठान्दछौं र आफूलाई खुसी, प्रसिद्ध वा लोकप्रिय बनाउन जुनसुकै वस्तुप्रति भौतिक रूपले समर्पित हुन्छौं यद्यपि यी सबै कुराहरू हाम्रो मनमा नै उत्पन्न हुन्छन् । हामी बाह्य वस्तुप्रति सम्पूर्णरूपले यति धेरै दत्तचित हुन्छौं कि हामीले आफूभित्र कहिल्यै पनि हेर्दैनौँ । हामीले तिनीहरू किन त्यत्तिविघ्न चाखलाग्दा छन् भनेर कहिल्यै पनि प्रश्न उठाउँदैनौं ।

हाम्रो अस्तित्व रहेसम्म हाम्रो शरीरबाट हामीले अलग्ग पार्न नै नसकिने भाग हाम्रो मन हो । फलस्वरूप हामी जहिल्यै पनि तनावयुक्त हुन्छौं । त्यसरी तनावयुक्त हुने हाम्रो शरीर होइन, हाम्रो मन हो । त्यस मनको कार्यप्रणाली हामी बुझदैनौ । त्यसकारण कहिलेकाहीँ हामीले आफू स्वयलाई जांच गर्नु पर्दछ हाम्रो शरीरलाई मात्र होइन, हाम्रो मनलाई पनि जांच गर्नु पर्दछ । जब कि हामीलाई जहिले पनि यस्तो गर, त्यस्तो गर भनेर भन्ने हाम्रो मन हो । हामीले हाम्रो आफ्नो मनोविज्ञानबारे थाहा पाउनु पर्दछ अथवा धार्मिक शब्दमा भन्नुपर्दा शायद हामीले हाम्रो भित्री प्रकृतिबारे थाहा पाउनु पर्दछ । जे होस् हामीले त्यसलाई जेसुकै नाम दिएपनि हामीले हाम्रो आफ्नो मनबारे थाहा पाउनु पर्दछ ।

मनको प्रकृतिलाई जाँच्नु र त्यसबारे थाहा पाउनु कुनै पूर्वीय यात्रा हो भन्ने नसोच्नुहोस् । त्यो गलत सोचाइ हो । यो तपाईंको यात्रा हो । तपाईले आफ्नो शरीरबाट आफ्नो मन वा चेतनस्वरूपलाई कसरी छुट्याउन सक्नुहुन्छ ? त्यो असम्भव छ । तपाईले आफूलाई विश्व भ्रमण गर्न स्वतन्त्र, सबैकुरा उपभोग गर्न सक्षम एक स्वतन्त्र व्यक्ति ठान्नु हुन्छ । तर त्यस्तो सोचे पनि तपाई स्वतन्त्र हुनुहुन्न । तपाई अरू कसैको नियन्त्रणमा हुनुहुन्छ भनेर मैले भन्न खोजेको होइन । त्यो तपाईंको आफ्नै अनियन्त्रित मन हो तपाईंको आफ्नै तृष्णा हो, जसले तपाईंलाई दबाएर राख्दछ । यदि तपाईं आफूले आफू स्वयंलाई कसरी दबाएर राख्नुभएको छ भनेर थाहा पाएमा तपाईंको अनियन्त्रित मन हराएर जानेछ। तपाईंको सम्पूर्ण समस्याहरूको समाधान तपाईंको आफ्नै मन हो भन्ने थाहा पाउनु हुनेछ ।

अघिल्लो दिन संसार अति नै सुन्दर लाग्दछ भने अर्को दिन त्यो भयानक लाग्दछ । त्यो तपाईं कसरी भन्न सक्नुहुन्छ ? वैज्ञानिक रूपमा संसार देखिनुको कारण तपाईंको मन हो। यो धार्मिक मत होइन, तपाईंको मनको उच्चतम र न्यूनतम स्थिति कुनै मत होइन, मैले धर्मका बारेमा चर्चा गरिरहेको छैन । तपाईले आफ्नो दैनिक जीवन कसरी व्यतीत गर्नुहुन्छ भन्ने तरिकाबारे मैले चर्चा गरिरहेको छु । यसले तपाईंको वातावरणमा द्रुत गतिमा आमूल परिवर्तन हुँदैन । त्यो तपाईंको मन हो । तपाईंले यो कुरा बुझ्नुहुन्छ भन्ने मलाई आशा छ ।

त्यस्तै गरेर कुनै एउटा व्यक्तिले संसार सुन्दर छ, मानिसहरू असल र दयालु छन् भनेर सोच्दछ भने अर्को व्यक्तिले संसारका सबै कुराहरू र सबै मानिसहरू कष्टदायी छन् भन्ने सोच्दछ । वास्तवमा को सही हो।

व्यक्तिगत मनको चेतनाको संसार (Sense World) प्रतिको प्रक्षेपण (Projection) मात्र हो । तपाई आज यस्तो छ भोलि त्यस्तो हुनेछ, यो मानिस यस्तो छ, ती महिला त्यस्ती छिन् भनेर सोच्नुहुन्छ तर सम्पूर्णरूपले बनाइएकी सदा सर्वदा सुन्दरी नै रहने युवती कहाँ छिन् ? पूर्णतया रूपवान् सर्वकालिक सुन्दर युवक को हुन् ? तिनीहरू अस्तित्वमा छैनन् । तिनीहरू तपाईंको आफ्नै मनका सिर्जनाहरू हुन् ।

भौतिक वस्तुहरूले तपाईलाई सन्तुष्टि दिन्छ वा तपाईंको जीवन त्रुटिविहीन बनाउछ भन्ने अपेक्षा नगर्नुहोस् । त्यो असंभव छ । ठूलो संख्याका भौतिक वस्तुहरूबाट तपाई कसरी सन्तुष्ट हुन सक्नुहुन्छ ? विभिन्न प्रकारका सैयौ मानिसहरूसंग सुतेर कसरी सन्तुष्ट हुन सक्नुहुन्छ ? त्यो कहिल्यै सभव हुनेछैन। सन्तुष्टि मनबाट उत्पन्न हुन्छ ।

यदि तपाईंले आफ्नो मनोविज्ञानबारे थाहा पाउनुभएन भने तपाईंको मनमा के भइरहेको छ भन्नेबारे त्यसबेलासम्म बेवास्ता गर्नुहुन्छ । जुनबेला त्यो टुटेर तपाई पूर्णरूपले पागल हुनुहुन्छ । भित्री ज्ञानको कमि हुनाका कारण मानिहरू पागल हुन्छन्, उनीहरू आफ्नै मनलाई जाँच गर्न असक्षम हुनाका कारण पागल हुन्छन् । तिनीहरूले आफ्नो बारेमा आफैलाई नै व्याख्या गर्न सक्तैनन् । तिनीहरू आफूले आफैसँग कसरी कुराकानी गर्ने भन्ने कुरा जान्दैनन् । त्यसकारणले उनीहरू निरन्तररूपले बाहिरी वस्तुहरूमाथि दत्तचित हुन्छन् । त्यसबेला उनीहरूको मन अन्त्यमा गएर नबिग्रिदासम्म तलतिर दौडिरहेका हुन्छन् । आफ्नो आन्तरिक संसारप्रति तिनीहरू बेखबर हुन्छन् र मनलाई जागरुक भएर आत्मविश्लेषण गर्नुको बदला अज्ञानतासँग सम्पूर्णरूपले बाँधिएका हुन्छन् । आफ्नो मनोवृत्तिलाई जांच्नुहोस् । आफ्नो मनोचिकित्सक आफैँ बन्नुहोस् ।

तपाई विद्वान् हुनुहुन्छ । भौतिक वस्तुहरूले मात्र तपाईलाई सन्तुष्टि दिन सक्तैन भन्ने कुरा तपाईलाई थाहा छ । तर तपाईंले आफ्नो मनलाई जाँच्नका लागि कुनै भावनात्मक, धार्मिक यात्राको जहाज चढ्नु पर्दैन । केही मानिसहरूले त्यस्तो गर्नु पर्दछ भन्ने सोच्दछन् । त्यस्तो प्रकारको आत्मविश्लेषण कुनै आध्यात्मिक र धार्मिक विश्लेषण हो भन्ने सोच्दछन् । तपाईंले आफूलाई कुनै धार्मिक सम्प्रदायमा राख्नका लागि आफूलाई यो वा त्यो कुनै धर्म वा दर्शनको अनुयायी हो भनेर वर्गीकरण गर्नु कुनै आवश्यकता छैन । तर यदि तपाई सुखी रहन चाहनुहुन्छ भने तपाईंले आफ्नो जीवनलाई डोऱ्याउने तरिकालाई जांच गर्नु पर्दछ। तपाईंको मन नै तपाईंको धर्म हो ।

तपाईले आफ्नो मनलाई जाँच गदां तार्किक नहुनुहोस् वा बलजफ़ति नगर्नुहोस् । समस्याहरू उत्पन्न हुँदा दुःखी नबन्नुहोस् । त्यसबारे जागरुक मात्र हुनुहोस् । त्यो समस्याहरू कहाँबाट उत्पन्न भए भनेर जागरुक हुनुहोस् । तिनीहरूको मुल पत्ता लगाउनुहोस् । समस्याहरूसँग आफू स्वयंलाई परिचित गराउनुहोस् । “त्यहाँ त्यस प्रकारको समस्या छ । त्यो कसरी समस्या बन्न गयो ? कस्तो प्रकारको मनले त्यसलाई समस्या बनायो ? कस्तो प्रकारको मनले त्यसमा समस्या हो भनेर अनुभूति गर्दछ ?" जब तपाईले ती सबै कुराहरू गहिरिएर जाँच गर्नुहुन्छ, ती समस्याहरू स्वत हराएर जान्छन् । यो कुरा कति सरल छ होइन त ? तपाईंले कुनै कुराको सहज विश्वास गर्नु आवश्यक छैन। सबै एकै प्रकारका हुन् भनेर केही कुरालाई पनि विश्वास नगर्नुहोस् । तपाईंले "मेरो मन छ भनेर भन्त सक्नुहुन्न । तपाईले "पूर्वीय कुराहरूलाई तिरस्कार गर्दछु" भनेर भन्न सक्नुहुन्छ । म त्यसमा सहमत छु तर के तपाईले आफू स्वयंलाई तिरस्कार गर्न सक्नुहुन्छ ? आफ्नो टाउको, नाकलाई अस्वीकार गर्न सक्नुहुन्छ ? तपाईले आफ्नो मनलाई अस्वीकार गर्न सक्नुहुन्न । त्यसकारण तपाई आफूले अर्काप्रति बुद्धिमत्तापूर्ण व्यवहार गर्नुहोस् र सन्तुष्टिको वास्तविक स्रोत पत्ता लगाउने प्रयास गर्नुहोस् ।

तपाई वाल्य अवस्थामा भएको बेला आइसक्रिम खुबै मन पराउनुहुन्थ्यो होला । आइसक्रिम, केक र चकलेट प्राप्त गर्ने लालसा गर्नुहुन्थ्यो र सोच्नुहुन्थ्यो "म ठूलो भएपछि मैले चाहेको जति सबै आइसक्रिम, केक र चकलेट लिन्छु र खुसी हुन्छ । अहिले तपाईंसँग चाहेजति आइसक्रिम, केक र चकलेट छ तर तपाईंलाई त्यसप्रति उराठ लागिसकेको हुनुपर्छ । आइसक्रिमले तपाईलाई खुसी नबनाएको हुँदा तपाईंले एउटा कार लिनुहुनेछ, एउटा घर लिनुहुनेछ, एउटा टेलिभिजन लिनुहुनेछ अथवा एउटा पति वा पत्नी बिहे गर्नुपर्छ भनेर तपाई सोच्नुहुन्छ । त्यसपछि तपाईंसँग सबै कुरा भएकाले तपाई खुसी हुनुहुनेछ । तर तपाईको कार एउटा समस्या हो, तपाईंको घर एउटा समस्या हो । तपाईंको पति वा पत्नी एउटा समस्या हो । तपाईका बालबच्चाहरू समस्याहरू हुन् । अब तपाईले "अहो ! यो सन्तुष्टि होइन।" भन्ने कुरा महसुस गर्नुहुनेछ ।

त्यसो भए सन्तुष्टि के हो त ? यी सबै मनोवृत्तिहरूलाई जाँच गर्नुहोस्, यो धेरै महत्त्वपूर्ण कुरा हो । वाल्यावस्थादेखि हालसम्मको तपाईंको जीवनलाई जाँच गर्नुहोस् । यो विश्लेषणात्मक ध्यान हो: “त्यस समयमा मेरो मन त्यस्तो थियो, अहिले मेरो मन यस्तो छ। यसप्रकारले वा त्यस प्रकारले मन परिवर्तन भएको छ।" तपाईको मन त्यति धेरै पटक परिवर्तन भएको छ तर तपाईलाई वास्तवमा केले खुसी तुल्याउँछ भन्नेवारे तपाई कुनै निष्कर्षमा पुग्न सक्नुभएको छ ? तपाई कतै हराउनुभएको छ भन्ने मेरो व्याख्या हो । तपाईलाई घर कसरी पुग्ने, चकलेट कहाँ किन्ने आदिवारे आफ्नो सहरका सम्पूर्ण बाटाहरू थाहा छन्, तैपनि तपाई हराउनुभएको छ । तपाईंले आफ्नो लक्ष्य प्राप्त गर्न सक्नुहुन्न । इमान्दारीपूर्वक जाँचेर हेर्नुहोस् । के त्यस्तै होइन र ?

तपाई के हो, तपाईं कसरी अस्तित्वमा हुनुहुन्छ, तपाईंले जान्नु पर्ने कुरा हो भनेर भगवान् बुद्ध भन्नुहुन्छ । तपाईंले कुनै पनि कुरालाई सहज विश्वास गर्नुपर्दछ भन्ने होइन । तपाईं आफ्नो मनलाई यसले कसरी काम गर्दछ, तृष्णा र चाहना कसरी उत्पन्न हुन्छन्, अज्ञानता कसरी उत्पन्न हुन्छ, भावनाहरू कहाँबाट आउँछन् बुझ्नुहोस् । ती सबैको प्रकृति बुझ्नु नै पर्याप्त हुन्छ । त्यो एउटै कुराले तपाईंको जीवनमा सुख र शान्ति ल्याउँछ । त्यसप्रकारले तपाईंको जीवन पूर्णरूपले परिवर्तन हुन्छ । सबै कुरा माथिबाट गरेको कुरा नै सुन्दर हुन पुग्दछ ।

यदि मैले तपाईं चकलेट र आइसक्रिमका लागि बाँच्नुभएको थियो भनेर भन्दा तपाईंले मलाई एउटा पागल हो भन्ने ठान्नुहुन्थ्यो । तपाईंको जण्ड मनले “होइन, होइन" भन्ने थियो । तर आफ्नो जीवनको उद्देश्यलाई तपाईंले गहिरिएर हेर्नुहोस् । तपाई यहाँ अस्तित्वमा किन हुनुहुन्छ ? सबैले मन पराओस् भनेर कि ? लोकप्रिय हुनुका लागि हो कि ? प्रशस्त धन सम्पत्ति कमाउनका लागि हो कि ? अरूका लागि आकर्षक हुनलाई हो कि ? मैले बढाइ चढाइ गरिरहेको छैन। तपाई आफै जाँच गर्नुहोस् । त्यसपछि तपाईंले देख्नुहुनेछ । तपाईंले गहन जाँचद्वारा आइसक्रिम र चकलेटद्वारा खुसी प्राप्त गर्न खोज्नुमा सम्पूर्ण जीवन समर्पण गरेर तपाईले मानव रूपमा जन्म लिनुको अर्थलाई पूर्णरूपले बेकार बनाउनुभएको छ भन्ने कुरा महसुस गर्नुहुनेछ । चरा र कुकुरहरूको पनि त्यस्तै प्रकारको उद्देश्य हुन्छ । तपाईंको लक्ष्य चरा र कुकुरहरूको भन्दा उच्च हुनुपर्दछ भन्ने तपाईलाई लाग्दैन ?

“मैले तपाईका लागि तपाईंको जीवनबारे निर्णय गर्ने कोसिस गरिरहेको छैन । तर तपाईले जाँच गरेर हेर्नुहोस् । एउटा भताभुङ्ग मनस्थिति लिएर बाँच्नुभन्दा एकीकृत जीवन व्यतीत गर्नु असल हुन्छ । भताभुङ्ग जीवन जिउन लायक हुदैन । त्यो न त तपाई स्वयंका लागि न त अरूका लागि लाभदायक हुन्छ । चकलेट, स्टेक तपाई केका लागि जिवित हुनुहुन्छ त ? शायद तपाई "म खानका लागि मात्र अवश्य जिवित छैन । म एउटा शिक्षित व्यक्ति हुँ ।" भन्ने सोच्नुहुन्छ होला । तर शिक्षा पनि मनबाट नै उत्पन्न हुन्छ । मनविना शिक्षा के हो ? दर्शन के हो ? दर्शन कुनै निश्चित तरिकाले केही विचारहरू शृङ्खलाबद्ध हुने कसैको मनको एउटा सिर्जना मात्र हो। मन छैन भने त्यहां दर्शन हुँदैन, विचार हुँदैन, विश्वविद्यालयका विषयहरू हुँदैनन् । यी सम्पूर्ण वस्तुहरू मनद्वारा नै निर्मित हुन् ।

तपाईंले आफ्नो मनलाई कसरी जांच गर्नुहुन्छ ? मनले देख्ने वस्तुहरूलाई यसले कसरी लिन्छ र कसरी व्याख्या गर्दछ भन्ने कुरालाई हेरे पुग्दछ । सुखदायी वा दुखदायी, जस्तो अनुभूति हुन्छ, त्यसलाई अवलोकन गर्नुहोस् । त्यसपछि मैले जब यस्तो प्रकारको दृष्टिकोण लिन्छु यस्तो खालको अनुभूति उत्पन्न हुन्छ, त्यो भावना जागृत हुन्छ, मैले यसप्रकारले विभेद किन गर्छु ?" भनेर जाँच गर्नुहोस् । तपाईंको मनलाई जाँच गर्ने तरिका यही हो । त्यति नै वस् । यो अति नै सरल छ ।

तपाईंले आफ्नो मनलाई उचित तरिकाले जाँच गर्नुभएपछि तपाईले आफ्नो समस्याका लागि अरूलाई दोष दिन छाड्नुहुन्छ । तपाईंका गलत कार्यहरू तपाईंका दूषित तथा बहकिएको मनद्वारा नै उत्पन्न हुन्छ भन्ने कुरा थाहा पाउनु हुनेछ । जब तपाई बाहिरी भौतिक वस्तुहरूमा दत्तचित्त हुनुहुन्छ, तपाईंले आफ्ना समस्याहरूका लागि तिनीहरूलाई र अरू व्यक्तिहरूलाई दोष दिनुहुन्छ । त्यस बहकिएको दृष्टिकोणलाई बाह्य घटनाहरूमा प्रक्षेपण (Projection) गरेर तपाई दुःखी हुनुहुन्छ । तपाईंले आफ्नो गलत विचारको दृष्टिकोणहरूलाई महसुस गर्न सुरु गर्नु भएपछि आफ्नो मनको प्रकृतिलाई पनि महसुस गर्न सुरु गर्नुहुन्छ र आफ्ना समस्याहरूलाई सदाका लागि अन्त्य गर्नुहुनेछ ।

माथि भनिएका सबै कुराहरू के तपाईंका लागि नितान्त नौला छन् ? छैनन् । तपाईले कुनै कुरा गर्नुभन्दा पहिले त्यसलाई जांच गर्नुहुन्छ र त्यसपछि मात्र आफ्नो निर्णय गर्नुहुन्छ । तपाईंले त्यो पहिला गरिसक्नुभएको छ । मैले तपाईलाई कुनै नौलो कुराको सल्लाह दिएको छैन । फरक यत्तिमात्र हो कि तपाईंले त्यसलाई यथेष्ट मात्रामा गर्नुहुन्न । तपाईले अझ बढी सोचविचार गर्नुपर्दछ भन्ने होइन । तपाईंले कुरा गर्दा, अरू मानिसहरूसँग हिड्डुल गर्दा, सधैँ आफ्नो मनलाई जाँच गरिरहन सक्नुहुन्छ। के तपाईं मनलाई जाँच गर्ने कार्य पूर्वीय यात्रामा हिडेकाहरूका लागि मात्र हो भन्ने ठान्नुहुन्छ ? त्यस्तो नसोच्नुहोस् ।

तपाईंको मनको प्रकृति तपाईंको आफ्नो भौतिक शरीरको हाड र मासुको प्रकृतिभन्दा फरक छ भन्ने कुरा महसुस गर्नुहोस् । तपाईंको मन कुनै भेदभावविना सबै वस्तुहरूको प्रतिविम्व जस्ताको त्यस्तै परावर्तन गर्ने एउटा ऐना जस्तै हो । यदि तपाईंको बोधिप्रज्ञा छ भने तपाईंले आफ्नो मनको ऐनामा प्रवेश गर्न दिने र परावर्तन गर्ने वस्तुलाई नियन्त्रण गर्न सक्नुहुन्छ । यदि तपाईंले आफ्नो मनभित्र के भइराखेको छ भन्ने कुरालाई पूर्णरूपले वेवास्ता गर्नुभयो भनेर त्यसभित्र आउने जुनसुकै फोहरमैलाजस्ता मनोवैज्ञानिक रूपले रोगी देखाउने वस्तुहरूलाई कुनै रूपमा त्यसले प्रक्षेपण गर्दछ । तपाईंले जाँच गर्ने ज्ञानले आफूलाई फाइदाजनक प्रतिविम्ब र मनोवैज्ञानिक समस्याहरू ल्याउने प्रतिविम्बलाई छुट्याउन सक्नु पर्दछ । सम्भावित रूपले जब तपाईंले विषय र वस्तुको वास्तविक प्रकृति महसुस गर्नुहुनेछ, तपाईंका सम्पूर्ण समस्याहरू लोप हुनेछन् ।

केही मानिसहरू आफूलाई धार्मिक ठान्दछन् तर धार्मिकता के हो ? यदि तपाईंले आफ्नो प्रकृतिलाई जाँच गर्नुहुन्न भने, बोधिप्रज्ञा प्राप्त गर्नुहुन्न भने तपाईं कसरी धार्मिक हुन सक्नुहुन्छ ? तपाई धार्मिक हो भन्ने विचार "म बौद्ध यहूदी इत्यादि हुँ।" भन्ने कुराले तपाईलाई मद्दत गर्दैन । यसले अरूलाई पनि मद्दत गर्दैन। वास्तवमा अरूलाई मद्दत गर्नका लागि तपाईंले बोधिप्रज्ञा प्राप्त गर्नुपर्दछ ।

मानवताको सबैभन्दा ठूलो समस्या मनोवैज्ञानिक समस्या हो, भौतिक समस्या होइन । जन्मदेखि मरणसम्म निरन्तर रूपले मानिसहरू कष्टको नियन्त्रणमा हुन्छन् । सबैकुरा ठीकसँग चलिरहेसम्म केही मानिसहरू आफ्नो मनलाई अवलोकन गरिराखेका हुँदैनन् । तर जब दुर्घटना वा कुनै भयानक अनुभवजस्ता केही गठबडी उत्पन्न हुन्छ, उनीहरू तुरुन्तै "हे ईश्वर मलाई मद्दत गर्नुहोस् !" भन्दछन् । उनीहरू आफूलाई धार्मिक भन्ने ठान्दछन् तर यो एउटा ठट्टा मात्र हो । एकजना गम्भीर प्रकृतिको अभ्यासकर्ता सुख वा दुःख जस्तोसुकै अवस्थामा पनि ईश्वर र आफ्नो प्रकृतिवारे निरन्तररूपमा जागरुक हुन्छ । जब तपाई आइसक्रिम तथा चकलेटहरूका बीचमा सांसारिक चेतनाको आनन्दमा दबिएर असल समय व्यतीत गर्दै हुनुहुन्छ भने तपाईले आफैलाई बिर्सनुहुन्छ र कुनै नराम्रो समय आउनासाथ ईश्वरतर्फ फर्कनुहुन्छ भने तपाईं वास्तविकताबाट धेरै टाढा हुनुहुन्छ र तपाईंमा धार्मिकताको अंश पनि हुँदैन । हामीले विश्वका कुनैपनि धर्मका बारेमा सोचेपनि उनीहरूको ईश्वर वा बुध आदि बारेको व्याख्या सरल रूपमा भन्दा शब्दहरू र मन गरेर यी दुईवटा मात्र हुन् । त्यसरकारण शब्दहरूले त्यत्ति महत्त्व राख्दैनन् । तपाईंले महसुस गर्नुपर्ने कुरा के हो भने असल होस् वा खराब सम्पूर्ण दर्शन र सिद्धान्तहरू मनबाट नै उत्पन्न हुन्छन् । मन अति शक्तिशाली छ । त्यसकारण यसलाई स्थिर मार्गदर्शनको आवश्यकता हुन्छ । एउटा शक्तिशाली हवाईजहाजलाई एकजना कुशल चालकको आवश्यकता हुन्छ । तपाईंको मनको चालकलाई त्यसको प्रकृतिलाई बुझ्ने ज्ञान हुनु पर्दछ । त्यसप्रकारले तपाईंले आफ्नो मनको शक्तिशाली उर्जालाई एउटा बौलाहा हात्तीजस्तो अनियन्त्रित भएर आफू स्वम र अरूलाई समेत नष्ट गर्दै यताउता भौंतारिएर हिंड्नुको बदला आफ्नो जीवनलाई उपयोगी बनाउने लक्ष्यतर्फ उन्मुख हुन सक्नुहुन्छ ।

~भवतु सब्ब मंगलम~
~🙏🙏🙏~

Address

Kathmandu
WANCHUUK

Telephone

+9779813355762

Website

Alerts

Be the first to know and let us send you an email when Wangchhuk Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share


Other Broadcasting & media production in Kathmandu

Show All

You may also like