प्रथम निजगढ महाेत्सवकाे उद्घाटन समारोह (live)
प्रथम निजगढ महाेत्सवकाे अवसरमा शाेभा यात्रा (live)
जीबी राईको राहदानी रद्द गर्न कास्की अदालतको आदेश
पोखराको सूर्यदर्शन सहकारी ठगीमा फरार गीतेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनको राहदानी रद्द गर्न आदेश दिएको हो ।
५० हजार धरौटीमा छुटे डा. निकोलस भुसाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणकाे अनुसन्धानकाे लागि प्रहरी हिरासतमा रहेका बेला गत २९ मंसिरमा सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
विराटनगरको ट्राफिक चोक नजिक रहेको अरनवी ग्राफिक्स प्रिन्टर्समा गएराती चोरी भएको छ । न्युरो हस्पिटल जाने बाटोस्थित रेन्बो गल्लीमा रहेको सो पसलको ढोकाको सिसा फुटाएर राती करिब ९ बजे चोरी भएको हो ।
सुक्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध, खुलाउन समय लाग्ने
संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
डिआइजी दिनेश आचार्य भए केन्द्रीय प्रहरी प्रवक्ता
केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।
गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिदै
गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिन लागेकी छन् । उनले ध्रुव गुरुङसँग लगनगाँठो कस्न लागेकी हुन् । पारिवारिक स्रोतका अनुसार यी दुईबिचको वैवाहिक समारोह शुक्रबार हुँदैछ । वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा हुने भएको छ ।
सैफ अली खानमाथि छुरा प्रहार
बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित घरमा आक्रमण भएको छ । उनको घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए । सैफलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
पर्यटन व्यवसायी प्रेम घलेको निधन
बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या
निकोलस भुसाल फेरि पक्राउ, शुक्रबार अदालत पेश गरिने