जनसरोकार

जनसरोकार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जनसरोकार, News & Media Website, Jawalakhel, Kathmandu.

23/12/2023

बर्दियामा बाघको आक्रमणमा एक बालकको मृत्यु

हे इश्वर के के पढ्न पाइन्छ यहाँ !
22/12/2023

हे इश्वर के के पढ्न पाइन्छ यहाँ !

विदेशी मुद्राको सञ्चितिमा रेकर्ड, १६ खर्ब ९६ अर्ब पुग्योरेमिटेन्समा भएको वृद्धि, आयातमा कमीले मुलुकको विदेशी मुद्राको सञ...
14/12/2023

विदेशी मुद्राको सञ्चितिमा रेकर्ड, १६ खर्ब ९६ अर्ब पुग्यो

रेमिटेन्समा भएको वृद्धि, आयातमा कमीले मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड कायम राख्ने क्रमले निरन्तरता पाएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा मुलुकको विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब रूपैयाँ पुगेको हो। यो ऐतिहासिक उच्च हो।
डरलको आधारमा पनि हालको सञ्चिति उच्च हो। यसअघि अधिकतम १२ अर्ब ७७ करोड डलर बराबर यस्तो सञ्चिति रहेकोमा हाल १२ अर्ब ७५ करोड रूपैयाँ बराबर कायम छ।
मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले ११ महिना ९ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।
आयात ३.८ प्रतिशतले घटेर ५ खर्ब १२ अर्ब रूपैयाँमा सीमित भएको छ।
गत वर्षको यही अवधिमा ५ खर्ब ३२ अर्ब रूपैयाँको आयात भएको थियो। त्यस्तै, यो चार महिनामा चार खर्ब ७७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ।
गत वर्षको यही अवधिमा ३ खर्ब ७८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षमा यो दर २६.४ प्रतिशतले वृद्धि भएको हो।

राउटे समुदायको नयाँ बस्तीदैलेखको भैरवी गाउँपालिका –५ कागेतडामा सारिएको राउटे समुदायको नयाँ बस्ती। आफ्ना सदस्य गुमाएपछि र...
14/12/2023

राउटे समुदायको नयाँ बस्ती

दैलेखको भैरवी गाउँपालिका –५ कागेतडामा सारिएको राउटे समुदायको नयाँ बस्ती। आफ्ना सदस्य गुमाएपछि राउटेहरु नयाँ ठाउँमा बस्ती सर्ने गर्दछन्। समुदायका महामुखिया महिनबहादुर शाहीको मृत्यु भएपछि यहाँ नयाँ बस्ती सरिएको हो।

चार महिनामा भित्रियो चार खर्ब ७८ अर्ब रेमिट्यान्सचालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्य...
14/12/2023

चार महिनामा भित्रियो चार खर्ब ७८ अर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यसअवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भइ तीन अर्ब ६० करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।

सन 1968 मा यस्तो थियो काठमाडौं को बौद्वनाथ !
11/12/2023

सन 1968 मा यस्तो थियो काठमाडौं को बौद्वनाथ !

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद, तीन विदेशी नागरिक पक्राउ !
10/12/2023

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद, तीन विदेशी नागरिक पक्राउ !

10/12/2023

Tribhuwan Intl Airport पनि Golden Airport का नामले चिनिने भो बरै 😂

नेपाली टिकटक स्टार अंश बर्माले कन्चनपुरमा १ करोड खर्चेर स्कुल स्थापना गरेका छन् र आर्थिक रुपमा विपन्न बालबालिकालाई नि:शु...
09/12/2023

नेपाली टिकटक स्टार अंश बर्माले कन्चनपुरमा १ करोड खर्चेर स्कुल स्थापना गरेका छन् र आर्थिक रुपमा विपन्न बालबालिकालाई नि:शुल्क पढाउने भएका छन् ।
Solute You !

उच्च राजनितिक चरित्र ! सम्माननिय पूर्वराष्ट्रपतिज्यू द्वारा भेटेरै गृहमन्त्री ज्युको स्वास्थ लाभको कामना !!!
09/12/2023

उच्च राजनितिक चरित्र !
सम्माननिय पूर्वराष्ट्रपतिज्यू द्वारा भेटेरै गृहमन्त्री ज्युको स्वास्थ लाभको कामना !!!

09/12/2023

अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोप जान भए/नभएका कागज बनाउँछन् । बाउबाजेको घरखेत बेच्छन् । ऋण काढ्छन् । भिसा आएका दिनदेखि खुसीले दुनियाँलाई पार्टी ख्वाउँछन् । विदेश जान पाइयो भनेर दुनियाँलाई गफ लडाउँछन् । साराको बधाई खान्छन् । भएभरका नातेदार बटुलेर रमाउँदै एयरपोर्ट जान्छन् । मोबाइलको क्यामेरा अन गरेर भिडियो खिच्दै ड्वाँ...ड्वाँ... अँगालो हाल्दै रुन्छन् । भिडियो अफ गरेर हास्दै टाटा बाईबाई गर्छन् । भित्र चेक ईनको काम सकिएपछि त्यहि रोएको भिडियो फेसबुकमा हालेर "देशमा गरिखाने वातावरण भएन" भन्दै देश र नेतालाई गाली गर्छन् ।भड्केका आत्मा हरु। 🙄

विदेशीसँग ऋण लिएर तलब खुवाउने अवस्था आयो : शेखर कोइराला
09/12/2023

विदेशीसँग ऋण लिएर तलब खुवाउने अवस्था आयो : शेखर कोइराला

नेकपा (एमाले) का नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा 'बादल', विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायत लमजुङको सुन्दर बजारनज...
08/12/2023

नेकपा (एमाले) का नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा 'बादल', विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायत लमजुङको सुन्दर बजारनजिकै शुक्रबार रोटे पिङ खेल्दै ।
तस्बिर: विष्णु पौडेलको फेसबुक

प्रधानमन्त्री प्रचण्ड धनगढीमा कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् । सुदूरपश्चिम महोत्सवको...
08/12/2023

प्रधानमन्त्री प्रचण्ड धनगढीमा
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन्
उनी विमानस्थलबाटै धनगढी उपमहानगरपालिका- १६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जानेछन् । त्यसपछि महोत्सव उद्घाटनको कार्यक्रम छ ।

ओलीलाई गुल्मेलीको माया : कफीकै माला, कफीकै उपहार
08/12/2023

ओलीलाई गुल्मेलीको माया : कफीकै माला, कफीकै उपहार

एकै हप्ताको दुई तस्बिर ! 🥲
08/12/2023

एकै हप्ताको दुई तस्बिर ! 🥲

नेपालमा पाल्न सिफारिस गरिएका माछाका जातहरु!
07/12/2023

नेपालमा पाल्न सिफारिस गरिएका माछाका जातहरु!

संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रहकाठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसल...
07/12/2023

संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नको लागि कार्य गर्न आग्रह गरेका छन् । गुटेर्रेसले सुरक्षा परिषद्का अध्यक्षलाई कारबाहीको माग गर्न पत्र लेखेका हुन् ।
२०१७ मा संयुक्त राष्ट्र महासचिव बनेदेखि पहिलो पटक संयुक्त राष्ट्र बडापत्रको धारा ९९ लाई देखाउँदै उनले सो पत्र लेखेका हुन् । धारा ९९ मा भनिएको छ, ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्नसक्ने कुनैपनि कुरा स्वीकार्य हुँदैन ।’

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सीका कम्तीमा १३० कामदारहरू अक्टोबर ७ देखि मारिएको गुटेरेसले बताएका छन् ।-(सिन्ह्वा/न्युज एजेन्सी नेपाल)

कृष्णभीरमा कलाकार ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ
07/12/2023

कृष्णभीरमा कलाकार ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ

लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा
07/12/2023

लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा

१७ वर्षपछि बेनी फर्काइँदै गोली लागेर छिया-छिया भएको पोलतस्बिर स्रोत: कनकमणि दीक्षित।तत्कालीन नेकपा माओवादी र शाही नेपाली...
07/12/2023

१७ वर्षपछि बेनी फर्काइँदै गोली लागेर छिया-छिया भएको पोल
तस्बिर स्रोत: कनकमणि दीक्षित।
तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको भिडन्तका बेला गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी नै फिर्ता गरिने भएको छ।
२०६० सालमा माओवादी र सेनाबीच दोहोरो भिडन्त भएको थियो। उक्त पोल मदन पुरस्कार पुस्तकालयले २०६३ सालमा ललितपुर ल्याएको थियो।
पाटनढोकामा रहेको यलमाया केन्द्रमा पोल राखिएको थियो। शान्ति प्रक्रिया सुरू भएपछि पोललाई म्याग्दीको बेनीमा नै फिर्ता पठाउन स्थानीयले माग गरिरहेका थिए।
मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले बेनी नगरपालिका वडा नम्बर ७ मा बन्न लागेको शान्ति पार्कमा राख्न पोल पठाउन लागिएको बताए। ‘गोली लागेर छिया छिया भएको बिजुली पोल सुरक्षित रूपमा राख्ने गरी बेनी पठाउन लागेको हो,’ उनले भने।
उक्त पोल शान्ति पार्कमा सुरक्षित र प्रदर्शनका लागि राख्नसमेत दीक्षितले आग्रह गरेका छन्। यसबारे उनले जिल्ला समन्वय समिति म्याग्दीलाई लेखेको पत्रमा 'सशस्त्र द्वन्दले पारेको असरको सम्झनासँगै शान्तिको कामना गर्ने र सचेतना जगाउने उदेश्यका लागि' पोल सुरक्षित राख्न भनिएको छ।
उनले पोल पाटनढोका परिसरबाट बेनी बजार लैजाने व्यवस्था मिलाउन पनि पत्रमा आग्रह गरेका थिए। म्याग्दीका राजनीतिक दल, अधिकारकर्मीहरू र नागरिक अगुवाले मदन पुरस्कार पुस्तकालयका प्रतिनिधिलाई बारम्बार भेटेर पोल फिर्ता गरिदिन आग्रह गर्दै आएका थिए।

२०६० साल चैत ७ गते बेनी बजारमा माओवादीले आक्रमण गर्दा धेरै क्षति भएको वडा नम्बर ७ मा शान्ति पार्क बनाउने तयारी छ। सो पार्कमा पोल सुरक्षित राख्ने निर्णय भएपछि पुस्तकालयले पोल बेनी नै फिर्ता गर्न लागेको हो।
बेनी नगरपालिकाका मेयर सुरत केसीले गोली लागेर छिया छिया भएको पोल बेनीमै फिर्ता ल्याउने निर्णय गरेका थिए। ०७९ वैशाखमा मेयर जितेपछि उनले पोल बेनी फिर्ता ल्याउने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए।

मेयर केसीले बिहीबार साँझसम्म पोल बेनी बजार पुर्‍याइने बताए।
‘लामो पहलपछि म्याग्दीको पोल फिर्ता पाउने भएका छौं। यो पोललाई शान्ति पार्कमा राखेर आन्तरिक पर्यटन प्रबर्द्धन गर्नेछौं,’ उनले भने। बेनी आक्रमणका बेला राज्य र माओवादीका सेनाबीच लगातार १२ घण्टासम्म भिडन्त भएको थियो। सोही भिडन्तमा बिजुलीको पोलमा गोली लागेर छिया छिया परेको थियो।
भिडन्तमा एक सय जनाभन्दा बढी माओवादी, ५० जनाभन्दा बढी राज्यका सुरक्षाकर्मी तथा १९ जना सर्वसाधरणको मृत्यु भएको थियो।

एमालेको सङ्कल्प यात्रा आज पर्वतमा!
07/12/2023

एमालेको सङ्कल्प यात्रा आज पर्वतमा!

यही मंसिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर  आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पा...
07/12/2023

यही मंसिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।

पाथीभरा मन्दिरमा संकलन भएको भेटी ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा संकलन भएको भेटी गणना गर्दै पाथीभरा क...
07/12/2023

पाथीभरा मन्दिरमा संकलन भएको भेटी

ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा संकलन भएको भेटी गणना गर्दै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी । तस्बिर : सन्तोष पुर्कुटी/रासस

मुस्तांग म्याक्स एउटा गाडी मात्र थिएन! समृद्ध नेपाल बनाउने सपना थियो! एउटा प्रधानमन्त्रीले एकदिन फोटो खिंचाएर थन्क्याउने...
07/12/2023

मुस्तांग म्याक्स एउटा गाडी मात्र थिएन! समृद्ध नेपाल बनाउने सपना थियो!

एउटा प्रधानमन्त्रीले एकदिन फोटो खिंचाएर थन्क्याउने स्टन्टबाजी थिएन; आफ्नो कार्यकालको पूरै साढे अठार महिना नेपालका हिमाल/पहाड/तराई चढेर हिंडेको राष्ट्रिय स्वाभिमानको नमूना थियो!

सपना मर्न नदिऊॅ! सपना कुनै दिन विपना बन्छ! : Dr. Baburam Bhattarai

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने नेपाल तेस्रो मुलुक आइसीसी एसिया क्रिकेटले सन् २०२३ मा एकदिवसीय खेलमा जित हात...
07/12/2023

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने नेपाल तेस्रो मुलुक

आइसीसी एसिया क्रिकेटले सन् २०२३ मा एकदिवसीय खेलमा जित हात पारेको टोलीको सार्वजनिक गरेको सूचीमा नेपालले १५ खेल जितेको छ। २२ खेल खेलेको नेपाल १५ खेलमा जितसहित तेस्रो स्थानमा!

सुन्दा अचम्म लाग्ला बार्षिक १० तोला सुन फल्ने वारि =- यसरिनै मेहनत गरौं सुन फलाउसुन्तला व्यावाशायीक किसान यज्ञमुर्ती पन्...
07/12/2023

सुन्दा अचम्म लाग्ला बार्षिक १० तोला सुन फल्ने वारि =- यसरिनै मेहनत गरौं सुन फलाउ

सुन्तला व्यावाशायीक किसान यज्ञमुर्ती पन्थ छत्रकोट -३ लुम्छा काहुले !

छत्रकोट ३ लुम्छा काहुलेमा सुन्तला व्यावाशायिक किसान धेरै जन्मिएका छन तर ती किसानहरु मध्य उच्च स्थानमा शर्बादिक सुन्तला उत्पादन गर्ने कृषक आजका दिन सम्म यज्ञमुर्ती पन्थ नै हुनुहुन्छ । इतिहास केलाउनु पर्दा ४० बर्ष अगाडि उहाँका पिता दण्डपानी पन्थले केही बोट सुन्तला कसैले नरोप्दै सम्मोपाटामा खेतीयग्य जमिनमा लगाउनु भयो र गाउँका मानिसलाई अचम्मित र हासोमा प्रणिनत गराउनु भयो ! उहाँलाई कसैले उपनाम दिय बोलाहा,जोगि भयो भनी तर हात्ती हिडि रह्यो कुकुर भुकी रहे उहाले आफ्नै चालमा निरन्तरता दिनु भयो उमेरले उहाँलाई साथ दियन निधन भयो तत पश्चात् उहाँको छोरा यज्ञमुर्ती पन्थले त्यो गार्डनको बिस्तारीकरण गर्दै गार्डनमा अझ धेरै बोट रोपण गरि हराभरा बनाइ उत्पादनमा भारी उत्पादन र मुनाफा आयआर्जन गर्नु भयको छ ।

उहाँले सुन्तला खेती मात्रै नभै साग,शब्जी पनि सुन्तला मुनिको उत्पादन भन्नू हुन्छ !

बार्षिक सुन्तलाबाट रु -१०,०००००
र साग शब्जी बाट रु- १,५०००० कमाइ हुने बताउनु हुन्छ !

एक कृषकले अर्को अर्को कृषक सम्मान गर्दै देखेको यथार्थ संघर्षलाई शब्दमा ब्याख्या मात्र गरेको हो ।

कृषकले कृषकको खुट्टा नतानौ
हातमा हात मिलायर अघि बढौ
आफ्नो गाउँलाई रमणिय दृश्य बनाऔं !
जय देश जय किसान

07/12/2023

अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक एलिन लाउबाचर दुईदिने भ्रमणका क्रममा काठमाडौं आएकी छिन् । उनले बुधबार परराष्ट्रमन्त्री एनपी साउद र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेकी छिन् ।

07/12/2023

एनसेल प्रकरण छानबिन गर्न सरकारले बनायो टंकमणि शर्माको नेतृत्वमा समिति

राजनीतिएनसेलको सेयर खरिद–बिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन
07/12/2023

राजनीति
एनसेलको सेयर खरिद–बिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

Address

Jawalakhel
Kathmandu

Telephone

+9779851072868

Website

Alerts

Be the first to know and let us send you an email when जनसरोकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies