Juneli News

Juneli News जुनेली न्युज नेपालको अनलाइन पत्रिका
(1)

  काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. २ भुमिस्थली, नयाँपाटी निवासी वर्ष ३४ कि शिवानी श्रेष्ठ विगत २५ दिन देखि हराउनु ...
11/04/2024


काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. २ भुमिस्थली, नयाँपाटी निवासी वर्ष ३४ कि शिवानी श्रेष्ठ विगत २५ दिन देखि हराउनु भएकोले उहाँलाई देख्नु भएको वा केहि जानकारी भएमा परिवारलाई सम्पर्क गरि जानकारी दिनु हुन वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन अनुरोध । शिवानी श्रेष्ठ चैत ६ गते बिहान ५ बजेतिर गोकर्ण गणेश मन्दिर जाने भनेर रातो कुर्ता सलवार लगाएर घरबाट निस्किनु भएको परिवारबाट जानकारी प्राप्त भएको छ ।

हराएको व्यक्तिको बारेमा :-
नाम : शिवानी श्रेष्ठ
ठेगाना : गोकर्णेश्वर २, भूमिस्थली, नयाँपाटी
वर्ष : ३४
सम्पर्क नं. : शिवहरि श्रेष्ठ (श्रीमान) ९८१०३०२५६२
महेश्वर श्रेष्ठ (मामा) : ९७४५३५५११७८

08/04/2024

किसान बिनाको संसार कल्पना पनि गर्न सकिँदैन, सबैभन्दा माया सम्मान गर्नु पर्ने किसानलाई हो - मेयर रिसाल

07/04/2024

ढल व्यवस्थापन गर्न भनी गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल सहित अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय पुगे। समितिले तत्काल कर्मचारी पठाइ कामको थालनी गरेको छ।
पुरा भिडियो हेर्नुहोला ...

विशेष गरी गोकर्णेश्वर नगरपालिकाको बागमती करिडोर आसपासको क्षेत्रमा ढल मंगल जाम हुने र वर्षा यामको समयमा समस्या आउने हुँदा एक्सन अगाडि बढाइएको नगर प्रवक्ता नारायण सुवेदीले बताएका छन्।

05/04/2024

फुटपाथ व्यापारीको रुवाबासी, गोकर्णेश्वर नगरपालिकाले फुटपाथ हटाउने निर्णय गरे अनुसार नगर प्रहरीले यस्ता व्यापारीलाई नियन्त्रण गरेको छ।

गोकर्णेश्वर नगरपालिकाले २ साहित्यकारलाइ सम्मान गरेको छ | बुधवार प्रा. डा. ऋषिराम  पोखरेल र कन्चन पुडासैनीलाई सम्मान गरेक...
04/04/2024

गोकर्णेश्वर नगरपालिकाले २ साहित्यकारलाइ सम्मान गरेको छ |
बुधवार प्रा. डा. ऋषिराम पोखरेल र कन्चन पुडासैनीलाई सम्मान गरेको हो| नगर प्रमुख दिपक रिसालको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाले प्रा.डा. ऋषिराम पोख्रेल र वरिष्ठ साहित्यकार कञ्चन पुडासैनीलाई सम्मान पत्र सहित जनही रु १००,०००. (एक लाख) नगदबाट सम्मान गरेको छ । कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामा नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायतको आतिथ्यता रहेको थियो भने साहित्यकार, साहित्यानुरागी व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । नगर प्रमुख दिपककुमार रिसाल र उपप्रमुख सान्नानी लामाले सम्मानित व्यक्तित्वहरुलाई माला र दोसल्ला लगाएर सम्मानपत्र र पुरस्कार रकमले सम्मान गर्नु भएको थियो ।

04/04/2024

सडक निर्माण कार्यको अनुगमन गर्दै वडा अध्यक्ष नन्दलाल श्रेष्ठ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८, वडा कार्यालय अगाडि

02/04/2024

मान्छेको सात्तो उड्ने गरी बाइक पड्काएर हिँड्नेहरुलाई नियन्त्रण गरी कारबाही गर्न आज गोकर्णेश्वर मेयर दिपक रिसाल आफै खटिएका छन्।
महानगरीय प्रहरी वृत्त बौद्धका DSP र ट्राफिक सहित गोकर्णेश्वर नगर प्रवक्ता तथा वडा ५ का वडा अध्यक्ष नारायण सुवेदी वडा नं ९ वडा अध्यक्ष राजीव थापा सहित आफै बसेर निगरानी गरेका हुन्

02/04/2024

गोकर्णेश्वरका जनतालाई पानी खुवाउन खानेपानी मन्त्रालयको बैठकमा यसो भन्छन् मेयर दिपक रिसाल

30/03/2024

यस्तो रौनक भएको थियो काठमाडौँ गोकर्णेश्वर नगरपालिका मेयर कपको फाइनल खेल | हेरेर शेयर गर्नु होला |
जसमा वडा नं २ र वडा नं ९ को प्रतिस्पर्धा रहेकोमा १/१ गोल भए पछी खेल पेनाल्टीमा गएको थियो |
पेनाल्टीमा वडा नं ९ ले ३ गोल हानेर प्रथम र वडा नं २ ले २ गोल हानेर दोश्रो भएको थियो |

गोकर्णेश्वर नगरपालिकामा अबस्थित स्मार्ट किड्स स्कुलले आज बार्षिक कार्यक्रम गरेको छ |
30/03/2024

गोकर्णेश्वर नगरपालिकामा अबस्थित स्मार्ट किड्स स्कुलले आज बार्षिक कार्यक्रम गरेको छ |

जुनेली न्युज, काठमाडौँ | गोकर्णेश्वर नगरपालिकामा अबस्थित स्मार्ट किड्स स्कुलले आज बार्षिक कार्यक्रम गरेको छ | नग.....

गोकर्णेश्वर नगरपालिका वडा नं १ र वडा नं ४ मा रहेको Smart Kidz School ले बार्षिक कार्यक्रम सम्पन्न गरेको छ | तस्बिरहरु
30/03/2024

गोकर्णेश्वर नगरपालिका वडा नं १ र वडा नं ४ मा रहेको Smart Kidz School ले बार्षिक कार्यक्रम सम्पन्न गरेको छ | तस्बिरहरु

30/03/2024

लेख्नाथ अर्चलेमा भएको दुर्घटना खाली बस भएकोले Driver र खलासीलाइ सामान्य चोट लागेको छ। शिघ्र स्वास्थ्य लाभको कामना।

अब स्नातक तहको प्रश्न पत्र नेपाली अङ्ग्रेजी दुवै भाषामा आउने ।
29/03/2024

अब स्नातक तहको प्रश्न पत्र नेपाली अङ्ग्रेजी दुवै भाषामा आउने ।

सवा करोड बत्ति बाल्दा यस्तो देखियो गोकर्णेश्वर महादेव मन्दिर | (तस्बिरहरु)गोकर्णेश्वर महादेवले सबैको कल्याण गरुन | सबैले...
27/03/2024

सवा करोड बत्ति बाल्दा यस्तो देखियो गोकर्णेश्वर महादेव मन्दिर | (तस्बिरहरु)
गोकर्णेश्वर महादेवले सबैको कल्याण गरुन | सबैले शेयर गर्नुहोला

27/03/2024

जुनेली न्युज, काठमाडौँ | गोकर्णेश्वर नगरपालिका वडा नं ८ शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ | ...

26/03/2024

मन्त्री सहित मेलम्ची खानेपानी आयोजनाको पानी ट्याङ्की अनुगमन अब चाँडै जोरपाटी बासीले पानी खान पाउने - मेयर दिपक रिसाल

नेविसंघ काठमाडौँ जिल्ला उपाध्यक्षमा अजय ढकाल मनोनित
26/03/2024

नेविसंघ काठमाडौँ जिल्ला उपाध्यक्षमा अजय ढकाल मनोनित

जुनेली न्युज, काठमाडौँ | श्री अजय ढकाल ज्यु, काठमाडौं, नेपाल बिधार्थी संघ काठमाडौँ जिल्ला उपाध्यक्षमा अजय ढकाल मनो...

26/03/2024
26/03/2024

गोकर्णेश्वरका जनताको घरमा खानेपानी कहिले आउँछ, यसो भन्छन् खानेपानी मन्त्री राई।

25/03/2024

Omg. Breaking News: जोरपाटी नारायणटार शंखरापुर हस्पिटल अगाडि बाइक दुर्घटना । २ बाइक एक आपसमा ठोकिँदा बाइक चालक र पछाडि बस्ने गम्भीर घाइते।
घाइतेहरुलाई शंखरापुर हस्पिटलमा उपचार हुँदै।

साहसी २ युवा, काठमाडौं जोरपाटी देखि पोखरा सम्म व्हीलचियर यात्राhttps://junelinews.com/2024/03/21/39369/ #
21/03/2024

साहसी २ युवा, काठमाडौं जोरपाटी देखि पोखरा सम्म व्हीलचियर यात्रा
https://junelinews.com/2024/03/21/39369/ #

जुनेली न्यूज, कठमाडौं। “दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य” भन्ने नाराका साथ काठमाण्डौँ देखि पोखरासम्म...

20/03/2024

तपाईहरुको छोराछोरी विदेश गएका छन्, सुखी छन् तर खुसि छैनन् - मेयर दिपक रिसाल

धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु ६ जना गम्भीर घाइते  / धरानबाट जाँदै गरेको को १ ज २...
17/03/2024

धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु ६ जना गम्भीर घाइते /
धरानबाट जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका मैनामैनीनजिकै दुर्घटना भएको खबर प्राप्त भएको छ।

16/03/2024

मेयर कप फुटबल प्रतियोगिता उद्घाटन समारोह - दिपक रिसाल

16/03/2024

मेयर कप फुटबल प्रतियोगितामा बोल्दै नगर प्रवक्ता नारायण सुवेदी

https://junelinews.com/2024/03/15/39365/
15/03/2024

https://junelinews.com/2024/03/15/39365/

२ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का दुई जना डीएसपी जिम्मेवारीबाट हटाइएका छन् ....

नेपाली कांग्रेस केन्द्रीय कर्यालय सानेपा अगाडि आत्मदाहको प्रयास गरेका हुन्
14/03/2024

नेपाली कांग्रेस केन्द्रीय कर्यालय सानेपा अगाडि आत्मदाहको प्रयास गरेका हुन्

जुनेली न्यूज, काठमाडौं। नेपाल विद्यार्थी संघ केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पा, नेपाली कांग्रेस केन्द्रीय सदस्य...

Address

Jorpati
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Juneli News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Juneli News:

Videos

Share

हाम्रो बारेमा

हामी के हौं ?

जुनेली नेपाल मिडिया प्रोडक्सन प्रा.लि. द्वारा सञ्चालित नेपाली भाषाको नेपालको अनलाइन समाचार पत्रिका हो । यो जुनेली डिजिटल मिडिया बि.स. २०७६ सालदेखि विभिन्न कोणबाट संचालनमा रहेको थियो भने आधिकारिक रुपमा www.junelinews.com सहित बि.स. २०७६ फागुन महिनामा देखि संचालन भै रहेको छ |

नेपाली जनताले गरेका दशकौंदेखिको संघर्ष, त्याग तथा नेपाल आमाका हजारौं सन्तानको बलिदानको बदलामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल राष्ट्र पाएका छौँ । यो परिवर्तनको रक्षा र नेपाल र नेपाली नागरिकको भलोका लागि अहोरात्र संघर्ष गर्न हामी तयार छौं । राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति हामी समर्पित छौं ।

राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित जुनेली न्युज चाँडो चाँडो ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन, समाजका यथार्थ घटना र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोष्ट हुन्छन् । त्यसैगरी, विश्वभर छरिएर रहेको नेपालीहरुको हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि पोस्ट हुन्छन् । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ । साथमा सातै प्रदेशको समाचार प्राथमिकताका साथ प्रकाशित हुन्छ ।

Nearby media companies