hamropaila.com

hamropaila.com Social Media news
(7)

कपिलवस्तु अस्पताल तौलिहवामा भाइरल ज्वरोको बिरामी बढेका छन् । अस्पताल प्रशासनका अनुसार ५५ शैय्या क्षमताको अस्पतालमा दैनिक...
25/07/2024

कपिलवस्तु अस्पताल तौलिहवामा भाइरल ज्वरोको बिरामी बढेका छन् । अस्पताल प्रशासनका अनुसार ५५ शैय्या क्षमताको अस्पतालमा दैनिक करिब पाँचसय भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । मौसममा आएको परिवर्तनसँगै यहाँमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, बुद्धभूमि र महाराजगंज नगरपालिका क्षेत्रका बिभिन्न गाउँहरुमा अहिले भाइरल फैलिएको छ । बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शैय्या अभाव भएको छ ।...

कपिलवस्तु अस्पताल तौलिहवामा भाइरल ज्वरोको बिरामी बढेका छन् । अस्पताल प्रशासनका अनुसार ५५ शैय्या क्षमताको अस्पत...

लुम्बिनी प्रदेशको मन्त्री छनौटमा बेवास्ता गरिएको भन्दै नेपाली कांग्रेस प्रदेश समितिले आपत्ती जनाएको छ । प्रदेशको मन्त्री...
25/07/2024

लुम्बिनी प्रदेशको मन्त्री छनौटमा बेवास्ता गरिएको भन्दै नेपाली कांग्रेस प्रदेश समितिले आपत्ती जनाएको छ । प्रदेशको मन्त्री छनौट गर्दा पार्टीलाई पुर्णतय बेवास्ता गरेर एकलौटी केन्द्रले सिफारिश गरेको भन्दै लुम्बिनी प्रदेश समितिले असन्तुष्टी व्यक्त गरेको हो । लुम्बिनी प्रदेश समिति सभापती अमर सिंह पुनले ध्यानाकर्षण पत्र जारी गर्दै संघियता एवं समावेशिताको मर्म र पार्टिको विधान विपरित निरंकुश शैलीमा मन्त्रीहरु छनौट हुँदा प्रदेश संरचना कमजोर हुने जनाएका छन् ।...

लुम्बिनी प्रदेशको मन्त्री छनौटमा बेवास्ता गरिएको भन्दै नेपाली कांग्रेस प्रदेश समितिले आपत्ती जनाएको छ । प्रदेश...

मन्त्रीको सूचीमा रहेर पनि अन्तिममा नाम काटिए पछि नेपाली कांग्रेस लम्बिनीमा कांग्रेस नेता जन्मजय तिमिल्सिना चर्चामा छन् ।...
25/07/2024

मन्त्रीको सूचीमा रहेर पनि अन्तिममा नाम काटिए पछि नेपाली कांग्रेस लम्बिनीमा कांग्रेस नेता जन्मजय तिमिल्सिना चर्चामा छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतक समेत रहेका तिमिल्सिना मन्त्री बन्ने पक्कापक्की थियो । यसका लागि उनले कसरत समेत गरेका थिए । राती अबेरसम्म पनि मन्त्रीको सूचीमा रहेका तिमिल्सिनालाई बिहान एकाएक रोकियो । उनलाई संसदीय दलका नेता डिल्ली चौधरीले‘एकदुई दिनमा टुङ्ग्याउने भनेर केन्द्रबाट फोन आयो’ भन्दै रोकेका थिए ।...

मन्त्रीको सूचीमा रहेर पनि अन्तिममा नाम काटिए पछि नेपाली कांग्रेस लम्बिनीमा कांग्रेस नेता जन्मजय तिमिल्सिना चर्...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पत...
25/07/2024

सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको छ । क्याप्टेन शाक्य सामान्य कुराकानी गर्न सक्छन् । बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा। मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका थिए । ‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उद्धृत गर्दै डा। थापाले भनिन्, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित क....

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई सातामै एमाले र कांग्रेस राजदूत नियुक्तिमा समझदारी कायम गर्न सफल...
25/07/2024

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई सातामै एमाले र कांग्रेस राजदूत नियुक्तिमा समझदारी कायम गर्न सफल भएका छन्। प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजदूत नियुक्तिमा सहमति बनेको हो। दुवै दलका शीर्ष नेताहरूबीच चीन, रसिया, जापान र अस्ट्रेलियाबाट राजदूत फिर्ता गर्ने समझदारी भइसकेको छ। उच्च नेतृत्व तहमा भएको सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ। यी चार वटै शक्ति राष्ट्र हुन्, जहाँ पहिलो पटक र एमालेले एकै पटक आफ्नो सिफारिसमा राजदूत पठाउन लागेको हो।...

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई सातामै एमाले र कांग्रेस राजदूत नियुक्तिमा समझदारी काय...

जहाज नियमित तरिकाले टेकअफ गरेको थियो र जहाज सि चेकका लागि जाँदै थियो । सि चेक भनेको नियमित चेक हो र यो आफैमा कुनै समस्या...
25/07/2024

जहाज नियमित तरिकाले टेकअफ गरेको थियो र जहाज सि चेकका लागि जाँदै थियो । सि चेक भनेको नियमित चेक हो र यो आफैमा कुनै समस्या होइन । उक्त चेकअप गर्नको लागि जहाजमा कुनै प्राविधिक समस्या आउनु पर्दैन । उडान अवधी ९घण्टा० हिसाब गरेर सि चेक गरिन्छ । सो आधारमा सिचेक गर्न पोखरा लैजादै गरेको जहाजको प्राविधिक पक्षमाथि शंका गर्नुपर्ने देखिदैन । सौर्य एयरलाइन्सको सिआरजे २०० जहाज नियमित तरिकाले ०२ ९कोटेश्वरतर्फको रनवेमा पुगेर २० गोठाटारतर्फको रनवेमा दौडेर टेकअफ लिएको थियो । सिआरजे मोडलको सो जहाजको इन्जिन अन्यको तुलनामा निकै बलियो हुन्छ । सिआरजे जहाजले पुरा धावनमार्ग प्रयोग नगरी सजिलै १५०० मिटर जति ९करिब० दुरी दौडेर बीचैबाट टेकअफ गरेर आकाशमा गएको थियो । अर्थात टेकअफ गर्दासम्म जहाजमा फूल पावर देखिन्छ । टेकअफ आफैमा जटिल प्रक्रिया हो र सौर्य एयरलाइन्सको उक्त जहाज टेकअफको समयमा दुवै इन्जिलले बराबरी काम गरेको जस्तो देखिन्छ । टेकअफ हुनु अघि नै एउटा इन्जिनले काम नगरेको भए पाइटलले जहाजलाई टेकअफ लिने निर्णय नगर्न सक्दथे । तर, जहाज धावनमार्गमा हुँदासम्म कुनै समस्या नभई फूल पावरमा अघि बढेको विश्वास गर्न सकिन्छ ।...

जहाज नियमित तरिकाले टेकअफ गरेको थियो र जहाज सि चेकका लागि जाँदै थियो । सि चेक भनेको नियमित चेक हो र यो आफैमा कुनै सम...

सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ। विम...
24/07/2024

सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ। विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान÷अवतरण शुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान ११ः११ दुर्घटनामा परेपछि दुवैतर्फका उडानरअवतरण बन्द भएका थिए। चालक दलका सदस्यसहित १९ जना यात्री रहेको सो विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ।...

सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुनः सञ्चालनमा ....

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष श...
24/07/2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् । एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । आचार्यले आजै ८ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख अमिक शे.....

कपिलवस्तुका एमाले सांसद गिरिधारीलाल न्यौपानेले आर्थिक वर्ष २०८०/०८१ मा लुम्बिनी प्रदेश सभाबाट १ लाख २२ हजार ५ सय रुपैयाँ...
24/07/2024

कपिलवस्तुका एमाले सांसद गिरिधारीलाल न्यौपानेले आर्थिक वर्ष २०८०/०८१ मा लुम्बिनी प्रदेश सभाबाट १ लाख २२ हजार ५ सय रुपैयाँ उपचार खर्च लिएका छन् । न्यौपानेले पटकपटक उपचार गरेको बिल पेस गरी यो रकम बुझेका हुन् । दीर्घरोगी न्यौपानेले उपचार गर्दा प्रायः महिना(महिनामा बिल पेस गर्ने गरेको लुम्बिनी प्रदेश सभाका वरिष्ठ लेखा अधिकृत खिमबहादुर सुवेदीले बताए । रुपन्देहीबाट प्रदेश सभा सदस्य बनेका एमालेका भोजप्रसाद श्रेष्ठले पनि उपचारका लागि आर्थिक वर्ष २०८०(०८१ मा ७७ हजार ६ सय रुपैयाँ बुझेका छन् ।...

कपिलवस्तुका एमाले सांसद गिरिधारीलाल न्यौपानेले आर्थिक वर्ष २०८०/०८१ मा लुम्बिनी प्रदेश सभाबाट १ लाख २२ हजार ५ सय...

नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले राजीनामा दिएको पत्र पार्टी अध्य...
24/07/2024

नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताए । लुम्बिनी प्रदेशमा कांग्रेस एमालेको गठबन्धनमा सरकारले संसदीय दलको नेताको हैसियतले लीला गिरी मुख्य मन्त्री भएपनि पाटी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उप नेता चेतनारायण आचार्यले मुख्य मन्त्री बनाएका थिए। गिरिले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको हुन्। एमाले नेतृत्व गर्दै मुख्यमन्त्री आचार्यले आज शपथ लिएका छन् ।

नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले राजीनामा दिएको पत्र पार...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना ...
24/07/2024

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । ९ एन–एएमई सीआरजे(७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र...

सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्य सहित १९ जनाको विवरण सार्वजनिक भएको छ । एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्क...
24/07/2024

सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्य सहित १९ जनाको विवरण सार्वजनिक भएको छ । एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताए । यस बाहेक विमानमा अन्य सर्वसाधारण नभएको उनले बताए । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । विमानमा क्याप्टेन मनिषरत्न शाक्य ९घाइते० र को–पाइलट सुशान्त कटुवाल रहेका थिए ।...

सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्य सहित १९ जनाको विवरण सार्वजनिक भएको छ । एयरलाइन्सका चिफ अफ सेल्स एण.....

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त हुने भएपछी मन्त्रीमा को जान्छन् भन्नेमा सबैको चाँसो बढेको छ । ...
22/07/2024

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त हुने भएपछी मन्त्रीमा को जान्छन् भन्नेमा सबैको चाँसो बढेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यको सहमतीसंगै मुख्यमन्त्री एमालेले पाउने भएपछी कांग्रेसले पाँच मन्त्रालय पाउने सहमती भएको छ । यससंगै कांग्रेसबाट मन्त्री बन्ने सांसदहरुको दौडधुप बढेको छ । कांग्रेसबाट राजु खनाल, जन्मजय तिमिल्सिना, रोज राणा, निमा गिरी, बिरबहादुर राना, धनलक्ष्मी श्रेष्ठ लगायत सांसदहरुको नाम चर्चामा छ ।...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त हुने भएपछी मन्त्रीमा को जान्छन् भन्नेमा सबैको चाँस.....

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी उह...
21/07/2024

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको स्मरण गर्दै मनाएको छ । नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा क कपिलवस्तुले पनि बिचार गोष्टी तथा प्रतिभा सम्मान कार्यक्रम सहित श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवस अवसरमा वाणगंगा नगरपालिका वडा नं. ७ कपिलस्वस्तुको कपिलधाममा रहेको विपि कोईरालाको मुर्तिमा माल्यार्पण सहित श्रद्धासुमन व्यक्त गरिएको छ ।...

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्यक्रमको आय....

गुल्मीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ निवासी ३१ वर्षका बोमबहादुर कार्कीलाई निस...
21/07/2024

गुल्मीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ निवासी ३१ वर्षका बोमबहादुर कार्कीलाई निस्ती खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो। कार्की शनिबार बेलुकी इस्मा गाउँपालिका –१ निस्ती खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका वडानम्बर –१ अरेवा घर भई हाल वडानम्कर –२ निस्ति मामाघरमा बस्दै आएको स्थानीयले बताएका छन् ।...

गुल्मीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ निवासी ३१ वर्षका बोमबहादुर कार्....

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै...
21/07/2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो । मुख्यमन्त्री महराले राजीनामा नदिने बरु विश्वासको मत लिने बताए पनि विश्वास मत नपाउने सङ्केत देखिएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो । प्रदेश सभा सचिवालयले साउन ५ गते प्रदेश सभा बैठक र सम्भावित कार्यसूची सार्वजनिक गर्दै विश्वासको मत सम्बन्धी सूचना प्रकाशन गरेको थियो ।...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन ...

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६१ दशमलव ६१ अङ्कले बढेर दुई हजार चार सय ८५...
21/07/2024

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६१ दशमलव ६१ अङ्कले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ विन्दुमा पुगेको छ । नेप्से झन्डै २८ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७८ साल चैत २२ गते साढे ४६ अङ्कले घटेर दुई हजार चार सय ५२ विन्दुमा झरेको नेप्से त्यसयता यो विन्दुमा पुग्न सकेको थिएन ।...

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६१ दशमलव ६१ अङ्कले बढेर दुई हजार चार ....

ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो दमकल पुनः सञ्चालनमा ल्याएको छ । काम नगर्ने अवस्थाको दमकल मर्मत गरेपछि महानगरल...
21/07/2024

ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो दमकल पुनः सञ्चालनमा ल्याएको छ । काम नगर्ने अवस्थाको दमकल मर्मत गरेपछि महानगरले आजदेखि सञ्चालनमा ल्याएको थियो । महानगरका मेयर चिरीबाबु महर्जनले आज एक कार्यक्रमका बीच दमकल पुनः सञ्चालनको शुभारम्भ गर्नुभएको हो । दमकललाई काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला परिक्रमा गराइएको थियो ।

ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो दमकल पुनः सञ्चालनमा ल्याएको छ । काम नगर्ने अवस्थाको दमकल मर्मत गरेपछि...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थिर र बलियो सरकारका पक्षमा नेपाली कांग्रेस र नेकपा ९एमाले० रहेको बताउनुभएको...
21/07/2024

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थिर र बलियो सरकारका पक्षमा नेपाली कांग्रेस र नेकपा ९एमाले० रहेको बताउनुभएको छ । तिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नका लागि प्रस्तुत गर्नुभएको प्रस्तावमाथि समर्थन जनाउँदै सभापति देउवाले नेपाली नागरिकको अपेक्षाअनुसार स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारी सिर्जना तथा भौतिक संरचनाको शीघ्र निर्माण गर्न वर्तमान सरकार गठन भएको उल्लेख गर्नुभयो ।...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थिर र बलियो सरकारका पक्षमा नेपाली कांग्रेस र नेकपा ९एमाले० रहेको .....

पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासमा अत्याधिक पानी परेको छ । अत्यधिक वर्षाका कारण...
21/07/2024

पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासमा अत्याधिक पानी परेको छ । अत्यधिक वर्षाका कारण मेलम्ची र इन्द्रावती लगायतका अन्य सहायक खोलामा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बाढीसँगै धेरै पानी परेको क्षेत्रमा पहिरोकोसमेत जोखिम हुने भएकोले सावधानी अपनाउन महाशाखाको अनुरोध छ । यसैबीच आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रहेर कोशी र बागमती प्रदेशका पहाडी भू–भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्ययम तथा गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासमा अत्याधिक पानी परेको छ । अत्यधिक वर्ष.....

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्र...
21/07/2024

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । उहाँ २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।...

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस देशभर विभि.....

त्रिशक्ति सामुदायिक बन उपभोक्ता समुह वाणगंगा ८ मोर्मीको माघ ६ गते समुहको २० औ साधारण सभा तथा अधिवेशन सम्पन्न भएता पनि नय...
16/07/2024

त्रिशक्ति सामुदायिक बन उपभोक्ता समुह वाणगंगा ८ मोर्मीको माघ ६ गते समुहको २० औ साधारण सभा तथा अधिवेशन सम्पन्न भएता पनि नयाँ कार्य समिती चयनमा भने अन्योल्यता देखा परेको छ । समुहका निवर्तमा अध्यक्ष बिष्णु पन्थीेले उनी दुई पटक सम्म निर्बिरोध रुपमा समुहको अध्यक्ष बनेका थिए । तर तेस्रो पटक उनी आफु अगाडि नसरेर उनले आफु निकट अन्य व्यक्तिको नाम सिफारिस गरेका छन् । उनले निर्वाचन समितिले तोकेको समयमा पटक पटक निर्वाचलनलाई आवाहन गर्दा समेत उनले बिभिन्न भागवण्डा गर्दै व्यक्ति व्यक्ति उचाल्ने र बिभिन्न व्यक्ति लगाएर हाल सम्म निर्वाचन स्थगीत गराउनुमा मुख्य भुमीका उनको रहदै आएको सामुदायिक बनका उपभोक्ताले उनी माथि आरोप लगाउदै आएका छन् । निर्वाचन मण्डलले पटक पटक निर्वाचनका लागि आवाहन गर्दा समेत उनले सहमतीबाट टुङ्गो लगाउने भन्दै आफु निकटका व्यक्तिलाई भर्ती गर्नेमा उनको ध्यान केन्द्रीत बन्दै जादा अहिले त्रिशक्ति सामुदायिक बनलाई घाट गद्धिमा रहेका काठ कुहेर करोडौका घाटा लागेको छ । भने उपभोक्ताले २ रुपैया व्याज काडेर काठ किन्नका लागि रकम बुझाएको महिनौ दिन बित्दा समेत काठ पाउन सकेका छैनन् । उनले आफनो कार्यकाल सकिदा समेत आफु विवर्तमान अध्यक्ष भई सकेको बनलाई निर्वाचनमा गएर नेतृत्व चयनको बिषयमा लाग्नुको सट्टा उनले भागवण्डा गर्दै निर्वाचन देखि भागेर बनलाई बन्धक बनाउनुमा ठुलो हात रहेको निवर्तमान अध्यक्ष पन्थी माथि ठुलो आरोप छ ।...

त्रिशक्ति सामुदायिक बन उपभोक्ता समुह वाणगंगा ८ मोर्मीको माघ ६ गते समुहको २० औ साधारण सभा तथा अधिवेशन सम्पन्न भएत.....

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६...
14/07/2024

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आज प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गर्नुभएको हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै भए पनि शपथ कार्यक्रम भने भोलि हुनेछ । प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले सङ्घीय सांसदहरूलाई निम्तोसमेत पठाएको छ । शपथ भोलि बिहान ११ बजे राष्ट्रपति निवास शीतल निवासमा हुनेछ । सबै सांसदहरूलाई बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्ने गरी सङ्घीय संसद्का महासचिवलाई कार्यालयले पत्र पठाएको हो । ओली अहिले चौथोपटक प्रधानमन्त्री बन्नुभएको हो ।...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधा....

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बर्खा सुरु भए सँगै तरकारीको भाउमा दिन...
08/07/2024

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बर्खा सुरु भए सँगै तरकारीको भाउमा दिन दिनै उतारचढाव आइरहेको बताइन् । पछिल्लो साता तरकारी आयात घटेकाले मूल्य बढेको मात्रै होइन, राम्रो तरकारी पाउनै गाह्रो भएको उनले सुनाइन् । आचार्यका अनुसार पछिल्लो पटक गोलभेँडा, आलु, प्याज, बन्दा, काउली, सिमी, भन्टा, बोडीलगायतको भाउ मात्रै बढेको छैन । मौसमी तरकारी हरियो फर्सी, भिन्डी, परबर, घिरौँला, लौकाको समेत भाउ उच्च दरमा बढिरहेको छ । एक सातादेखि बजारमा मौसमी तरकारीसमेत थोरै आएको भन्दै उनले भनिन्, “तराईको उत्पादन लगभग सकिएको र पहाडी क्षेत्रको उत्पादनले मात्रै बजारको माग धान्न सकेको छैन, आउने बित्तिकै तरकारी सकिन्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बर्खा सुरु भए सँगै तरकारीको...

कपिलवस्तुको सामुदायिक बिद्यालयमा अध्ययनरत ६७ प्रतिशत बढि किशोरी छात्रामा रक्तअल्पता ९एनिमिया० को समस्या देखिएको छ । लुम्...
08/07/2024

कपिलवस्तुको सामुदायिक बिद्यालयमा अध्ययनरत ६७ प्रतिशत बढि किशोरी छात्रामा रक्तअल्पता ९एनिमिया० को समस्या देखिएको छ । लुम्बिनी प्रदेश सरकारको किशोरीहरूको रक्तअल्पता जाँच कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका २४ वटा सामुदायिक बिद्यालयका छात्राको रक्त परिक्षण गर्दा सो तथ्याङ्क देखिएको हो । जिल्लाका १० पालिकाका कक्षा ८ देखी १२ कक्षा सम्म अध्ययनरत ४ हजार ७ सय ३४ किशोरी छात्राको रगतको नमुना लिई हेमोग्लोबिनको मात्रा परिक्षण गर्दा ३ हजार १ सय ३६ जनामा रक्त अल्पता देखिएको हो । जुन संख्या प्रतिशतमा हेर्ने हो भने ६७ दशमलव ३० प्रतिशत हुने देखिएको छ । रगतमा हेमोग्लोबिनको मात्रा १२ भन्दा कम हुनु रक्तअल्पता हो । परिक्षणका क्रममा ८ भन्दा कम हेमोग्लोबिनको मात्रा हुने ९कडा रक्तअल्पता० देखिएकामा १ सय ६१ जना अर्थात ३ दशमलव ४ प्रतिशत छात्रा छन । त्यसै गरि ८ देखी १० दशमलव ९ हेमोग्लोबिन हुने ९मध्यम रक्तअल्पता० देखिएकामा १ हजार ८ सय ६५ जना अर्थात ३९ दशमलव ४ प्रतिशत र ११ देखी ११ दशमलव ९ हेमोक्लोबिन ९कम रक्तअल्पता० हुने छात्राको संख्या १ हजार १ सय ६० अर्थात २४ दशमलव ५ प्रतिशत देखिएको छ ।...

कपिलवस्तुको सामुदायिक बिद्यालयमा अध्ययनरत ६७ प्रतिशत बढि किशोरी छात्रामा रक्तअल्पता ९एनिमिया० को समस्या देखि.....

नेपाली कांग्रेस र नेकपा एमालेको केन्द्रीय सत्ता समीकरणको सहमतिले सातै प्रदेश सरकार प्रभावित तुल्याएको छ । यही असार १७ मा...
08/07/2024

नेपाली कांग्रेस र नेकपा एमालेको केन्द्रीय सत्ता समीकरणको सहमतिले सातै प्रदेश सरकार प्रभावित तुल्याएको छ । यही असार १७ मा कांग्रेस र एमालेबिच सत्ता समीकरण बनेपछि प्रदेश सरकारमा पनि उलटफेर हुने परिस्थिति बनेको हो । एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको केन्द्रीय सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्र नेतृत्वको बागमती र लुम्बिनी प्रदेश सरकार तथा एकीकृत समाजवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिन थालेको छ । कांग्रेस–एमालेको सहमतिमा कोशी, लुम्बिनी र कर्णाली सरकारको नेतृत्व एमालेले साथै बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसले नेतृत्व गर्ने भएको छ ।...

नेपाली कांग्रेस र नेकपा एमालेको केन्द्रीय सत्ता समीकरणको सहमतिले सातै प्रदेश सरकार प्रभावित तुल्याएको छ । यही अ....

वाणगंगा नगरपालिका वडा नं ५ ले वडाको सेवा प्रवाह, कार्यक्रम र योजनाका बारेमा सुशासन तथा पारदर्शिता बिषयक सार्वजानिक सुनुव...
07/07/2024

वाणगंगा नगरपालिका वडा नं ५ ले वडाको सेवा प्रवाह, कार्यक्रम र योजनाका बारेमा सुशासन तथा पारदर्शिता बिषयक सार्वजानिक सुनुवाई सम्पन्न गरेको छ । वाणगंगा नगरपालिका वडा नं ५ को आयोजना तथा सामुदायिक रेडियो वाणगंगा ९०.६ मेघाहर्जको प्राविधिक सहयोगमा वडास्तरबाटै जनताका समस्या बुझने र वडाका कार्यक्रम बारे जनतालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडाबासीले वडाबाट सम्पादन हुने दैनिक प्रशासकिय काम कारबाही र विकास निर्माणका सम्बन्धमा जनामोर्चाका प्रतिनीधी शसिधर साकोटाले १९ बुदे रचनात्मक सुझाव वडा अध्यक्ष समक्ष पेश गरेका थिए । शिक्षा, स्वास्थ्य खानेपानी, सुरक्षा, ढल, सडक, विद्युत , सरसफाइको उचित व्यवस्थापन , कृषि, पर्यटन र स्वरोजगारका कार्यक्रम लागु हुनुपर्ने, पोखरी वडामा भएका पर्यटकीय स्थल ,सांस्कृतीक सम्पदा, पार्कहरुलाई विशेष पर्यटकीय गन्तव्यको रुपमा विकास गनुपर्ने लगायतका सुझावहरु वडावासीले राखेका थिए । उठेका जिज्ञासालाई सम्बोधन गर्दै वडा अध्यक्ष भुषालले आफुले आफना करोडौ लगानी भएका व्यापार बिज्नेस छाडेर सफल व्यवसयीको रुपमा छवि बनाएको आफनो इतिहास बताउनु भयो ।...

वाणगंगा नगरपालिका वडा नं ५ ले वडाको सेवा प्रवाह, कार्यक्रम र योजनाका बारेमा सुशासन तथा पारदर्शिता बिषयक सार्वजान...

दाङमा बबई नदीले बगाउँदा बेपत्ता भएकी महिला मृत भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१४ मटेरास्थित आफन्तको घर जाने क्रमम...
03/07/2024

दाङमा बबई नदीले बगाउँदा बेपत्ता भएकी महिला मृत भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१४ मटेरास्थित आफन्तको घर जाने क्रममा नदी तर्न खोज्दा बुधबार बिहान बेपत्ता हुनुभएको १९ वर्षीया सृजना चौधरी दिउँसो मृत फेला पर्नुभएको हो । नदीले बगाएर बेपत्ता हुनुभएको चौधरीको शव दिउँसो १ बजेतिर दंगीशरण गाउँपालिकाको बैबाङ पुल नजिकै फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक थापाका अनुसार दाङमा मङ्गलबार खोलाले बगाउँदा तुलसीपुर उपमहनगरपालिका–३ रानागाउँ निवासी ५१ वर्षीय ताराकुमारी गुरुङको मृत्यु भएको थियो ।

दाङमा बबई नदीले बगाउँदा बेपत्ता भएकी महिला मृत भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१४ मटेरास्थित आफन्तको घर .....

कपिलवस्तुको शिवराज–९ बानियाभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधबा...
03/07/2024

कपिलवस्तुको शिवराज–९ बानियाभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधबार बिहान ११ः४० बजे बनकट्टाबाट रमवादह जाँदै गरेको लु ४३ प ७१२९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा सवारी चालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृत्यु हुनेमा स्थानिय वर्ष २२ को सन्तोष बिक हुनुहुन्छ । दुर्घटनामा परी घाइते हुनुभएको बिकको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी, दुर्घटनामा घाइते हेमराज बुढामगरको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

कपिलवस्तुको शिवराज–९ बानियाभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन....

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास ...
02/07/2024

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्। कांग्रेस–एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँगै दुई दलका नेता राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका हुन्। कांग्रेसका तर्फबाट सभापति देउवासहित नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरू रहेको राष्ट्रपति कार्यालय स्रोतले रातोपाटीलाई जानकारी दियो ।...

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय ....

Address

Kapilvastu
Kapilvastu

Alerts

Be the first to know and let us send you an email when hamropaila.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to hamropaila.com:

Share


Other News & Media Websites in Kapilvastu

Show All