GNews 24

GNews 24 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GNews 24, News & Media Website, Janakpur.

https://www.goldennews24.com/post.php?post_id=721
15/10/2023

https://www.goldennews24.com/post.php?post_id=721

२८ असोज,। । आइतबार राति १२ बजेदेखि लागु हुने गरीनेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्.....

https://www.goldennews24.com/post.php?post_id=720 #
13/10/2023

https://www.goldennews24.com/post.php?post_id=720 #

जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्ष हर्षोउल्लास पुर्वक धुमधामले मनाईदै आएको विजयादशमी पुजनोत्सवको कार्यक्र...

जनकपुरधाम, असोज २५ गते । बुधवारदेखि जनकपुरधाममा टिभिएस मोटरसाइकलको ‘च्याम्पियन्स एक्सचेन्ज’ मेला शुरु भएको छ । जनकपुरधाम...
12/10/2023

जनकपुरधाम, असोज २५ गते । बुधवारदेखि जनकपुरधाममा टिभिएस मोटरसाइकलको ‘च्याम्पियन्स एक्सचेन्ज’ मेला शुरु भएको छ ।
जनकपुरधामको भामरपुरा चोकस्थित टिभिएस शो रुम अधिकृत विक्रेता आर्यन अटोमोबाइल्सद्वारा जनकपुरधामको बारबिघामा एक्स्चेन्ज मेला शुरु भएको हो । असोज ३० गतेसम्म संचालन हुने सो एक्सचेन्ज मेलाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले बुधवार उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मनोज साहले टिभिएस कम्पनीको मोटरसाइकल निकै नै टिकाउ र भरपर्दो विश्वासिलो रहेको कारण भारतमा मात्र नभई नेपालमा समेत पहिलो नम्बर रहेको बताए । उनले भने लामो समयदेखि टिभिएस मोटरसाइकलले ग्राहकवर्गमा राम्रो छाप छोडनुको प्रमुख कारण नै अन्य मोटरसाइकलको तुलनामा टिकाउ हुनु हो ।
दसैं तिहार लगायतका पर्वमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका सम्पूर्ण छुटसहित अन्य विशेष छुट र उपहार सहितको सुविधा एक्स्चेन्ज मेलामा ग्राहकको लागि राखिएको सेल्स रिजनल मैनेजर देवेन्द्र ढुंगानाले जानकारी दिए ।
जुनसुकै कम्पनीको मोटरसाइकल र स्कूटरको एक्सचेन्जमा कम्पनीले एक्चेन्जमा विशेष छु सहित रु. १० हजारसम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटरलाई ग्राहकलाई उपलब्ध गराउने सहित हरेक महिना सयप्रतिशत क्यासब्याक अफर रहेको समेत जानकारी दिए ।
टिभिएस खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने जनकपुरधामका टिभिएस अधिकृत विक्रेता आर्यन अटोमोबाइल्सका संचालक रामबालक महतोले जानकारी दिए । योजना अन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका छ ।

14/09/2023
21/08/2023

शुभ नागपञ्चमी २०८०,
दीर्घ जीवन एवम् समृद्धिकाे सबैमा हार्दिक शुभकामना!!!

बुधवार, साउन ३१, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले एक युनिट वारुण यन्त्र खरिद गरेको छ । उपमहानगरपालिकासँग दुईवटा वा...
16/08/2023

बुधवार, साउन ३१, जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिकाले एक युनिट वारुण यन्त्र खरिद गरेको छ ।

उपमहानगरपालिकासँग दुईवटा वारुण यन्त्र रहेकाेमा थप एक वटा खरिद गरेको जनाएको छ । कूल ९० लाखमा खरिद गरेको वारुण यन्त्रमा यसअघि खरिद गरेकाे भन्दा अत्यधिक प्रज्जवलन पदार्थमा लाग्ने आगो नियन्त्रणका साथै सामान्य आगो नियन्त्रण गर्ने, दुबै सुविधा रहेको छ । यस अत्याधुनिक वारुण यन्त्रमा ६ हजार लिटरको पानी ट्याङ्की र ५ सय लिटरको छुट्टै फोम चेम्बर पनि रहेको छ । फोमले सजिलै आगाे नियन्त्रणमा लिन मिल्ने बताइन्छ ।

नयाँ वारुण यन्त्र २-४ दिन भित्रै प्राविधिक परीक्षण गरेपछि सञ्चालनमा आउने जनाइएकाे छ ।

15/08/2023

नेपाल आयल निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।

साेमवार, साउन २९ गते, जनकपुरधाम ।नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको ...
14/08/2023

साेमवार, साउन २९ गते, जनकपुरधाम ।

नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । एसिया कपका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरिएकाे छ ।

एसिया कपमा नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत र पाकिस्तान पनि छ ।

एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भएपनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन् । एसिया कपको पहिलो पहिलो खेल नेपाल र पाकिस्तान बीच भदौ १३ मा हुनेछ ।

टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन् ।

14/08/2023

नेकपा एमालेले प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेको छ । मधेश प्रदेशमा असोज ५ र ६ गतेका लागि ताेकिएकाे छ ।

01/08/2023

पेट्रोल र डिजेलको भाउ बढेको छ, यस्तै एलपी ग्यासको भाउ प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको छ ।

22/07/2023

शनिवार, साउन ६, २०८० ।

मोनाष्टिक स्कुल/कलेज ‘बेस्ट स्कुल अवार्ड–२०२३’ ले सम्मानित

मोनाष्टिक स्कूल/कलेज जनकपुरलाई अन्तर्राष्ट्रिय अवार्ड ‘बेस्ट स्कुल अवार्ड–२०२३’ प्रदान गरिएको छ । विगत ३७ वर्षदेखि शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको लागि उत्कृष्ट याेगदान दिँदै आइरहेको मोनाष्टिक स्कूल/कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्वरुप ‘बेस्ट स्कुल अवार्ड-२०२३’ प्रदान गरिएको हो ।

एक्जिटो एजुकेसन, अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यवस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सन्चालक तथा स्कुलहरुलाई 'एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३' द्वारा सम्मानित गरेको छ ।

सिङ्गापुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका प्रो- चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपालभरिबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज, तथा स्कुल/ कलेज सन्चालक तथा प्रिन्सिपलहरुले शिक्षा क्षेत्रको विकासमा पुर्याएको विशिष्ट योगदानलाई कदर गर्दै उक्त अन्तरराष्ट्रिय अवार्ड प्रदान गरेको हो ।

‘बेस्ट स्कुल अवार्ड’ मोनाष्टिक स्कूल/कलेज, जनकपुरबाट डाक्टर सोनु कुमार , एक्सिस बिद्याश्रम स्कुल धनगढीबाट अनिता पन्त, ब्राइट फ्युचर सेकेण्डरी स्कुल, मोरङ बाट टीकाराम ढकाल, महेन्द्र मेमोरियल एकेडेमी सुनसरीबाट निस्चल राज शाक्य, मोडर्न बोर्डइङ सेकेण्डरी स्कुल भक्तपुरबाट राजन कसपाल, नाइटीङगेल सेकेण्डरी स्कुल ललितपुरबाट रन्जना प्रधान र भ्याली पब्लिक स्कुल, काठमाडौंबाट मोती प्रसाद अधिकारीले प्राप्त गरे ।
कार्यक्रममा एभरेष्ट ईंग्लिश स्कुल भक्तपुरका प्रिन्सिपल भक्त राजभण्डारी र रिलाएन्स ईंग्लिश स्कुल हेटौंडाका प्रिन्सिपल केशवलाल श्रेष्ठलाई ‘लाईफटाईम अचिवमेन्ट अवार्ड’द्वारा सम्मानित गरियो । त्यसैगरी समृद्धी स्कुल तथा कलेजका प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिव प्रिन्सिपल अफ द इयर अवार्ड’ , नवरत्न ईंग्लिश स्कुल भक्तपुरका प्रिन्सिपल सुरेन्द्र तुबन्जा श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिव एडुकेसनिस्ट अफ द इयर अवार्ड’, अमर आदर्श बोर्डिङ स्कूलका सञ्चालक अध्यक्ष विजयराज पन्तलाई डाइनामिक एजुकेसन लिडर अवार्ड, रामजानकी स्कुल बाँकेका दिनेश सिग्देललाई ‘एजुकेसन पायोनियर अवार्ड’, अरनिको आवासिय सेकेण्डरी स्कुल/कलेज बिराट्नगरबाट राजेश कार्कीलाई ‘बेस्ट +२ कलेज अवार्ड’, केल्पाल हस्पिटल एन्ड कलेजबाट रेबती सिंहलाई ‘बेस्ट टेकनिकल कलेज अवार्ड’ र कैलाली मोडेल सेकेण्डरी स्कुलबाट तपेन्द्र बहादुर सिंहलाई ‘इन्नोभेटिव +२ कलेज अवार्ड’ प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा सिद्धार्थ सेकेन्डरी स्कुल, मोरङका प्रिन्सिपल अर्जुन बस्नेतलाई ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्रदान गरिएको थियो । त्यसैगरी मालिका ईंग्लिश स्कुल धनगढीका प्रिन्सिपल सिबी चन्द, आदर्श ईंग्लिश स्कुल कुश्माका प्रिन्सिपल हिम बहादुर पौडेल, होली केयर ईंग्लिश स्कुल नवलपरासीका प्रिन्सिपल ईन्द्र गुरुङ, हाइड एण्ड सीक किन्डरगार्टन काठमाडौंकि प्रिन्सिपल कुमुद छत्कुली भट्ट, एबिसि स्कुल, नेपालगन्जका प्रिन्सिपल शशी श्वार्, जीवन ज्योती स्कुल, बिरगंजका प्रिन्सिपल शिव कुमार गुप्ताले ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरे ।

कार्यक्रममा ज्ञान ज्योती एजुकेसनल एकेडेमी, दाङ घोरहीका प्रिन्सिपल बिरेन्द्र चन्द, सिद्धपाइला ईंग्लिश मिडियम सेकेण्डरी स्कुल, सुर्खेतका प्रिन्सिपल नैन सिंह खत्री, ब्लूमिङ बड्स स्कुल, नवलपुरका प्रिन्सिपल सन्तोश रौनियार, स्प्रीङडेल एकेडेमी नेपालगन्जका प्रिन्सिपल सरद चन्द्र रावल र न्यू शिशु ईंग्लिश बोर्डइङ स्कुल कपिलवस्तुका प्रिन्सिपल शिव प्रसाद गैरेले ‘इन्नोभेटिव प्रिन्सिपल ‘अवार्ड प्राप्त गरे ।

‘इन्नोभेटिव स्कुल अवार्ड’ काठमाडौंको भद्रकाली ईंग्लिश मिडियम स्कुलबाट अनिता थापा, चितवनको ग्रीन ल्यान्ड पब्लिक स्कुलबाट इन्दिरा पन्त कार्कि , कपिलवस्तुको हथौसा लिटल स्टार स्कुलबाट सुन्दर पान्डे, रौतहटको होलीभिजन एकेडेमीबाट के. बी. थापा, रामेछापको केब्स स्कुलबाट केशव प्रसाद तिमल्सिना र भक्तपुरको मदरल्यान्ड स्कुलबाट सन्जय खड्काले प्राप्त गरे ।

एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले एक्जिटोले सर्वे गरेका लगभग ५०० बिद्यालयहरु मध्येबाट ३३ वटा बिद्यालय तथा बिद्यालय सन्चालकहरुलाई शिक्षा क्षेत्रको विकासमा उलेख्य योगदान पुर्याएका ३३ वटा स्कुल / कलेज तथा स्कुल सञ्चालकहरुलाई छनोट गरी सम्मान गरिएको बताए ।

कार्यक्रम संयोजक तथा अनुजा मिडियाकी अध्यक्ष अनुजा आचार्य ले आगामी संस्करणहरु क्रमशः अष्ट्रेलिया तथा लन्डनमा आयोजना गरिने जानकारी दिइन् ।

अवार्ड जित्न सफल विद्यालयहरुलाई आयोजकले एक हप्ता सिंगापुर र मलेसियाका विभिन्न अन्तर्राष्ट्रिय स्कुल र विश्वविद्यालयको शैक्षिक अध्ययन भ्रमण र अनुभव आदान प्रदान समेत गराएको थियो ।

२१०औं भानु जयन्तीकाे अवसरमा डा. राजेन्द्र 'विमल' लाई भानु प्रतिष्ठान, काठमाण्डाैंद्वारा आयाेजित एक कार्यक्रममा सम्मान गर...
14/07/2023

२१०औं भानु जयन्तीकाे अवसरमा डा. राजेन्द्र 'विमल' लाई भानु प्रतिष्ठान, काठमाण्डाैंद्वारा आयाेजित एक कार्यक्रममा सम्मान गरिएकाे छ । उनकाे सम्मानमा बाजागाजा सहित नेपाली सेनाकाे एक टुक्रीले परेड (मार्च) गरे, साथै उनलाई रथाराेहण गराई रथयात्रा गरिएकाे थियाे ।

गाैरवपूर्ण एवम् अमिट्य #सम्मान #रथाराेहण
हार्दिक बधाई!!!

बुधवार, अषाढ २७, २०८० ।नेपालकाे वास्तविक जनसंख्या २ कराेड ९९ लाख ३६ हजार ५७६ पुगेकाे छ । जनगणनामा त्रुटि भएकाे पुष्टी, ७...
12/07/2023

बुधवार, अषाढ २७, २०८० ।

नेपालकाे वास्तविक जनसंख्या २ कराेड ९९ लाख ३६ हजार ५७६ पुगेकाे छ ।

जनगणनामा त्रुटि भएकाे पुष्टी, ७ लाख ७१ हजार ९९८ जना थपिएका छन् । यसअघि जनगणनाकाे नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो ।

बुधवार, अषाढ २७, २०८० ।प्रधानमन्त्री पत्नी दिवंगत सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएक...
12/07/2023

बुधवार, अषाढ २७, २०८० ।

प्रधानमन्त्री पत्नी दिवंगत सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।

दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

https://www.goldennews24.com/post.php?post_id=526 #
09/07/2023

https://www.goldennews24.com/post.php?post_id=526 #

आइतबार,असार २४ गते, २०८० जनकपुरधाम। आफ्नै आमाको हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाइ पक्राउ गरेका छन् ।ब.....

04/07/2023

सोमबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ ।

https://www.goldennews24.com/post.php?post_id=525 #
02/07/2023

https://www.goldennews24.com/post.php?post_id=525 #

रबिबार, असार १७,२०८०। मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा जनयुद्धका शहीद परिवारले तालाबन्दी गरेका छन...

https://www.goldennews24.com/post.php?post_id=524 #
30/06/2023

https://www.goldennews24.com/post.php?post_id=524 #

शुक्रवार, अषाढ १५, २०८० ।  एमाले नेतृत्वमा रहेको एकमात्र कोशी प्रदेश सरकार पनि ढलेको छ । विश्वासको मत लिने मुख्यमन....

https://www.goldennews24.com/post.php?post_id=523 #
28/06/2023

https://www.goldennews24.com/post.php?post_id=523 #

बुधवार, अषाढ १२, २०८० ।   बालुवाटारस्थित ललिता निवासको जग्गा काण्डमा समातिएका ४ जना आरोपीलाई ७ दिन हिरासतमा राख्न ....

https://goldennews24.com/post.php?post_id=522 #
28/06/2023

https://goldennews24.com/post.php?post_id=522 #

काठमाडौं । आगामी असार २४ गते राती १२ बजेदेखि सरकारी कामकाजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रक...

https://www.goldennews24.com/post.php?post_id=521 #
27/06/2023

https://www.goldennews24.com/post.php?post_id=521 #

ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले भाटभटेनी सुपरमार.....

जिम्बाब्वेमा जारी ICC CRICKET WORLD CUP QUALIFIER अन्तर्गत आफ्नो दोस्रो खेलमा USA लाइ पराजित गरी विजयी यात्रा प्रारम्भ ग...
20/06/2023

जिम्बाब्वेमा जारी ICC CRICKET WORLD CUP QUALIFIER अन्तर्गत आफ्नो दोस्रो खेलमा USA लाइ पराजित गरी विजयी यात्रा प्रारम्भ गरेकोमा NEPALI CRICKET TEAM लाई हार्दिक बधाई!!!

04/06/2023

सर्वाेच्च अदालतले गत साता राष्ट्रपतिबाट प्रमाणीकरण भएकाे संशाेधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएकाे छ ।

बुधवार, जेष्ठ ३, बुधवार ।राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाम उप-महानगरपालिका नगर समितिले भ्रष्टाचार तथा नेपाली नागरिक...
17/05/2023

बुधवार, जेष्ठ ३, बुधवार ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाम उप-महानगरपालिका नगर समितिले भ्रष्टाचार तथा नेपाली नागरिकलाइ भुटानी शरणार्थी बनाएकोमा विराेध प्रदर्शन गरेका छन् ।

बुधवार जनक चाेकमा भेला भई समितिले शिवनाथ साहकाे अध्यक्षतामा चर्काे नारावाजी गरे । यस्त‌ै, व्यापक भ्रष्टाचारले देशलाइ सर्वनाशतिर लगेकाेमा चिन्ता प्रकट गर्दै उनीहरुले हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा समेत नारावाजी गरेका थिए ।

बिहीवार, बैशाख २८, २०८० ।जनकपुरधामको भानुचाेक मा भानुभक्त आचार्यको शालिक अविलम्ब निर्माण गर्न जानकी मन्दिर सहित दुई दर्ज...
11/05/2023

बिहीवार, बैशाख २८, २०८० ।

जनकपुरधामको भानुचाेक मा भानुभक्त आचार्यको शालिक अविलम्ब निर्माण गर्न जानकी मन्दिर सहित दुई दर्जन बढी संगठनले माग गरेका छन ।

संगठनहरुले संयुक्त रुपमा बिहीवार जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहलाई बुझाएकाे ज्ञापनपत्रमा भानुभक्तकाे शालिक पुनर्निर्माण कार्यमा अवरोध गर्ने तत्वहरुलाई कानुनी दायरामा ल्याई जनमानसकाे भावना अनुरुप यथाशीघ्र निर्माण कार्यमा लाग्न आग्रह गरिएको छ । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख साहले शालिक निर्माण स्थगित भएको अफवाहको पछाडी नलाग्न आग्रह गर्दै छिट्टै निर्माण कार्य अगाडी बढाइने प्रतिबद्धता व्यक्त गरे ।

जानकी मन्दिर जनकपुरधाम, रामानन्दीय वैष्णव संघ, विश्व हिन्दू परिषद नेपाल धनुषा, राम युवा कमिटी, रामानन्द युवा क्लव, महावीर युवा कमिटी, रामजानकी युवा कमिटी, विश्व हिन्दू महासंघ, जानकी युवा कमिटी, तिलक युवा कमिटी, राष्ट्रिय श्रमिक संघ नेपाल, जनकल्याण प्रतिष्ठान, हिन्दू सम्राट सेना, धर्मयात्रा महासंघ, जनक सेना, हिन्दु युवा परिषद, जानकी युथ नेटवर्क, परिवर्तनका लागि युवा अभियान, राजदेवी युवा कमिटी, एकल विधालय, जनजाती कल्याण आश्रम, कृष्ण युवा कमिटी, श्री बजरंग दल, प्रदेश बाल अधिकार संजाल, गणेश युवा कमिटीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

साेमबार, बैशाख २५, २०८० ।सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा बाेल्न समय नदिएकाे भन्दै साेमबार अर्धनग्न भई विराेध...
08/05/2023

साेमबार, बैशाख २५, २०८० ।

सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा बाेल्न समय नदिएकाे भन्दै साेमबार अर्धनग्न भई विराेध जनाएका छन् ।

भ्रष्टाचारविरुद्ध निरन्तर मजबूतीका साथ बाेल्दै आएका सांसद सिंहले सर्ट र सेन्डाे खाेलेर विराेध जनाए । साे क्रममा सभामुखले बारम्बार चेतावनी दिंदै थिए । अर्धनग्न भएका सिंह पुनः फुकालेकाे सेन्डाे र सर्ट लगाएर बैठकबाट बाहिरीएका थिए ।

यसैबीच, सांसद सिंहकाे सम्पत्ति छानवीन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसकाे सबैमा शुभकामना!!!
02/05/2023

विश्व प्रेस स्वतन्त्रता दिवसकाे सबैमा शुभकामना!!!

22/04/2023

जनकपुरधामकाे ऐतिहासिक एवम् पवित्र कुण्डहरु मध्येकाे एक 'महाराजसागर' पनि हाे । जानकी मन्दिर मातहतमा पर्ने गंगा सागर, अंगराज सर जस्तै महाराजसागर (दशरथ तलाव पनि भनिन्छ) खास स्नान गर्न नै बनाइएकाे हाे । साथै यसकाे जल भगवानलाइ चढाइन्छ ।

उपराेक्त ज्ञानका बाबजूद यस दशरथ तलावमा भने माछा पाल्ने र यसका लागि मल हालिदैं छ । निषेधित हुँदा समेत झन् प्रदुषित बनाउने काम गरिएको छ। यसतर्फ ध्यान पुगेकाे छ । तसर्थ यस्ता कामलाई तत्काल रोक्न जरुरी देखिन्छ ।

Congratulations!!! Nepal Teamएसीसी प्रिमियर कपकाे उदघाटन खेल नेपालले जितेकाे छ । किर्तीपुरमा मलेसियालाइ ६ विकेटले हराउँद...
18/04/2023

Congratulations!!! Nepal Team
एसीसी प्रिमियर कपकाे उदघाटन खेल नेपालले जितेकाे छ । किर्तीपुरमा मलेसियालाइ ६ विकेटले हराउँदै नेपालले विजयी शुरुवात गरेकाे हाे ।

जनकपुरधामकाे रामानन्द चाेकस्थित हनुमान मन्दिर भत्काइएकाे छ । विश्वप्रसिद्ध एवम् सबैभन्दा बढी ताैलकाे बाैवा हनुमानजी बसेक...
17/04/2023

जनकपुरधामकाे रामानन्द चाेकस्थित हनुमान मन्दिर भत्काइएकाे छ । विश्वप्रसिद्ध एवम् सबैभन्दा बढी ताैलकाे बाैवा हनुमानजी बसेकाे यस ऐतिहासिक मन्दिरकाे अस्तित्वनै समाप्त पार्न खाेजिएकाे बुझिन्छ । यसतर्फ ध्यान जाओस् ।

आज जुडशीतल/मैथिल नव बर्ष हर्षाेल्लासका साथ मनाईंदै छ । मैथिलहरु बैशाख २ गते यस दिन विशेष बरी-भात-तरुवा तथा अन्य परिकारका...
15/04/2023

आज जुडशीतल/मैथिल नव बर्ष हर्षाेल्लासका साथ मनाईंदै छ । मैथिलहरु बैशाख २ गते यस दिन विशेष बरी-भात-तरुवा तथा अन्य परिकारकाे आनन्द लिने गर्दछन् । यस्तै, जुडशीतलमा घरका ज्येष्ठ पानीले माथ थपथपाएर आशीर्वाद दिने (जुडाउने) गर्दछन् । यसदिन पानी हालेर बाेटबिरुवालाइ पनि शीतल गरिन्छ ।

शुक्रबार, बैशाख १, २०८० ।कुर्था-जनकपुरधाम-जयनगरबिहान ७:१५, दिउँसाे २:४५ जयनगर-जनकपुरधाम-कुर्थाबिहान ९:३०, साँझ ५:००
14/04/2023

शुक्रबार, बैशाख १, २०८० ।

कुर्था-जनकपुरधाम-जयनगर
बिहान ७:१५, दिउँसाे २:४५

जयनगर-जनकपुरधाम-कुर्था
बिहान ९:३०, साँझ ५:००

Janakpur & Bara will be face to face on the final match tomorrow (1st Baishakh, 2080).  , Rajaul-14
13/04/2023

Janakpur & Bara will be face to face on the final match tomorrow (1st Baishakh, 2080).

, Rajaul-14

Address

Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when GNews 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other News & Media Websites in Janakpur

Show All

You may also like