04/12/2023
मद्येस प्रदेशबाट "Aisa Awards-2023" मा सम्मानित हुने पहिलो व्यक्ति बने ए प्लस एकेडेमीका स-संचालक एवम् प्रधानाध्यापक २८ वर्षीय देव जायसवालः
वीरगंज-१४, राधेमाई स्थित ए प्लस एकेडेमीका स-संचालक एवम् प्रधानाध्यापक र समाज सेवी २८ वर्षीय देव जायसवाललाई मङ्सिर १७ गते तमील नाड्डुको Hotel Breeze Residency मा आयोजित "Asia Awards-2023" नामक कार्यक्रममा सम्मान गरिएको छ । उनी यसरी सो अवार्ड्सबाट सम्मानित हुने मधेस प्रदेशको पहिलो व्यक्ति बनेका छन् । उनी यति कम उमेरमा नै विभिन्न कार्यक्रमहरुमा गरिरहेका भौतिक र आर्थिक सहयोगको साथ- साथै आफ्नो निजी र साथीहरुसँग मिली खोलेका शैक्षिक संस्थाहरुमा लगभग ३०% गरिब र जेहेनदार विद्यार्थीहरुलाई छात्रवृति दिएर पढाईरहेका कारणले सो सम्मान पाएका हुन् ।
जायसवाल वि.सं. २०६८ सालको एस.एल.सी. परीक्षामा विशिष्ट श्रेणी ल्याएर पास हुनुको साथ-साथै वि.सं. २०७४।७५ सालको बी. एस. सी. को प्रवेश परीक्षामा TRMC Top र नेपाल Second Top पनि गरेका हुन् । उनी भन्छन, "मैले हाम्रो समाजको गरिबीलाई न्युनिकरण गर्न कुनै पनि कसर छोड्दिन र आफ्नो शैक्षिक संस्था "स्कूल र ट्युसन सेन्टर " मा गरिब र जेहेनदार विधार्थीहरुलाई पूर्ण छात्रवृति दिएर अन्त्य सम्म पढाउँदै रहनेछु । हाम्रो समाजबाट गरिबीलाई न्यूनीकरण गर्दै शुन्य चरण सम्म लैजाने सपना सजाएका जायसवालले भन्छन् की मैले आफ्नो सपना साकार बनाउन उपयुक्त बाटोमा लागिसकेको छु, मलाई मात्र हजुरहरु सबैजनाको साथ र सहयोग चाहिन्छ ।
जायसवाल वर्तमान समयमा ए प्लस एकेडेमीका स-संचालक र प्रधानाध्यापक हुनुको साथ-साथै वीरगंज-१३, राधेमाई स्थित Maa Saraswati Tuition Center "Einstein Academy" को CEO पनि हुन् । उनी अहिले वीरगंजमा सम्पन्न विभिन्न "शैक्षिक र खेलकुद" कार्यक्रमहरुमा आफ्नो उपस्थिती पनि जनाएका हुन्छन् । उनी "Asia Awards-2023" बाट सम्मानित हुनु भन्दा पहिला नै यही वर्ष Asia-GCC Awards अन्तरगत Excellence in Education and leadership program को लागि "Most Innovative and Promising Young Entrepreneur in Asia" नामक उपाधि पनि जितिसकेका छन् ।
उनी यो आदर र सम्मानलाई आफ्नो स्वर्गीय आमा सरस्वती देवी कलवार, गुरुवर्ग, अभिभावक वर्ग, शुभेच्छुहरुको साथ-साथै पर्सा जिल्लाका नेपाली काङ्ग्रेसका पूर्व उप-सभापति र पूर्व सचिव स्वर्गीय काका अशोक जयसवाल ज्यूलाई समर्पित गर्न चाहन्छन् ।