Madhesh Express - मधेश एक्सप्रेस

Madhesh Express - मधेश एक्सप्रेस Daily news update

प्रेस सेन्टर नेपाल बाराले २१औँ स्थापना दिवस  मनायो। प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ औँ वर्षमा प्रवेश गरेको ...
28/01/2025

प्रेस सेन्टर नेपाल बाराले २१औँ स्थापना दिवस मनायो।

प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ औँ वर्षमा प्रवेश गरेको छ । माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार सङ्गठन विभिन्न आरोह अवरोह तथा सङ्गठनहरूबिच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालको रूपमा क्रियाशील छ । प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा बाराको सदरमुकाम कलैयामा दिपप्रज्वल गरि स्थापना दिवस मनाएको छन ।

दिपप्रज्वल कार्यक्रममा कलैया उपमहानगरपालिका (माओवादी केन्द्र) का अध्यक्ष मुकेश साहले पत्रकारिताको व्यवसायिकता र पत्रकारको हकहित सुनिश्चित गर्न प्रेस सेन्टरको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले नागरिकका समस्यालाई उजागर गर्दै सुसूचित गराउने जिम्मेवारी पूरा गर्न पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिए।

प्रेस सेन्टर नेपाल बाराका उपाध्यक्ष प्रीयांका कुमारी सोनिको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टरका रमेश साह, कोषाध्यक्ष शर्मालाल बैठा,सदस्य बिजेन्द्र चौधरी,(माओवादी केन्द्र) नगर सदस्य संदिप गुप्ता,दिपक यादव प्रेस युनियन बारा जिल्ला सदस्य संदिप यादव,अनेरास्ववियु ( क्रान्तिकारी) कलैया नगर अध्यक्ष सोनु पटेल,संतोष यादव लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सेन्टर बारा सचिव अखिलेश यादवले गरेका थिए।

अछाममा दुई किशोरीको मृत्यु प्रकरण: दुई जना पक्राउ, घटनाबारे डिएसपी ‘मौन’
27/01/2025

अछाममा दुई किशोरीको मृत्यु प्रकरण: दुई जना पक्राउ, घटनाबारे डिएसपी ‘मौन’

 अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्। आइतबार प्रहरीले ढकारी गाउँपालिकाका ...

पर्सासहित ६ जिल्लामा नयाँ एसपी खटाइयो प्रहरी प्रधान कार्यालयले १७ एसपीको काज सरुवा गरेको छ । सरुवामा ६ जिल्लाका एसपी फेर...
24/01/2025

पर्सासहित ६ जिल्लामा नयाँ एसपी खटाइयो
प्रहरी प्रधान कार्यालयले १७ एसपीको काज सरुवा गरेको छ । सरुवामा ६ जिल्लाका एसपी फेरिएका छन्।
पर्सामा गौतम मिश्रलाई पठाइएको छ । उनी दुई महिनाअघि मात्र चितवन गएका थिए। चितवनमा राजन लिम्बुको सरुवा भएको छ।
त्यस्तै, बारामा सन्तोष तामाङ, इलामका एकनारायण कोइराला, नुवाकोटमा दुर्गाराज रेग्मी र सिन्धुपाल्चोकमा रामेश्वर कार्कीको सरुवा भएको छ।

सिरहाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ८ माघ, जनकपुरधाम । सिरहाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । पक्र...
21/01/2025

सिरहाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ
८ माघ, जनकपुरधाम । सिरहाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका-१२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो छन् ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानका अनुसार दुवै जनालाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा प्रमोदको साथबाट कटुवा पेस्तोल १ थान र विष्णुको साथबाट फलामको नक फेला परेको हो ।
सोमबार राति साढे ८ बजेको समयमा गोलबजार नगरपालिका-११ बल्कबास्थित मैनाबत्ती खोलामा लागेको भब्री मेलामा आएका केही व्यक्तिहरू बीच एक आपसमा झै–झगडा भएको थियो । त्यहाँ प्रहरी पुग्दा भाग्ने क्रममा नियन्त्रणमा लिएपछि दुवै जनालाई हतियारसहित पक्राउ गरिएको डीएसपी पासवानले जानकारी दिए ।
दुवै जनामाथि इलाका प्रहरी कार्यालय गोलबजारले हातहतियार सम्बन्धी कसुरमा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

मधेस प्रदेशका डीआईजीलाई सशस्त्र प्रहरीको सम्मानमधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी लालमणी आचार्यलाई सशस्त्र प्रहरी बलले...
21/01/2025

मधेस प्रदेशका डीआईजीलाई सशस्त्र प्रहरीको सम्मान
मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी लालमणी आचार्यलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ । हलचोकस्थित सशस्त्रको मुख्यालयमा मंगलबार आयोजित समारोहमा सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले आचार्यलाई प्रसंसापत्र प्रदान गरेका हुन् ।
२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आचार्यलाई ‘आईजी एपिएफ कमेन्डेसन’ प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मधेस प्रदेशका जिल्लाहरूमा सीमा सुरक्षा गर्न डीआईजी आचार्यले उत्कृष्ट समन्वय गरेको सशस्त्र प्रहरीको विश्लेषण छ ।

महोत्तरीमा एक युवकको शव फेला, हत्याको आशंकामहोत्तरीमा अर्धनग्न अवस्थामा एक युवकको शव फेला परेको छ।सोनमा गाउँपालिका– २ बस...
21/01/2025

महोत्तरीमा एक युवकको शव फेला, हत्याको आशंका

महोत्तरीमा अर्धनग्न अवस्थामा एक युवकको शव फेला परेको छ।
सोनमा गाउँपालिका– २ बस्ने २९ वर्षीय ज्ञानेन्द्र भनिने ज्ञानु यादवको शव गहुँ खेतमा फेला परेको प्रहरीले जनाएको छ।

सोमबार साँझदेखि हराइरहेका उनी मरछर टोलदेखि सोनमा गाउँ जाने बाटोमा गहुँ खेतमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकुमार चौहानले बताए।
‘सोमबार साँझ उनी बजारमा देखिएका थिए। त्यहाँ खानपिन गरे, तर राति घर पुगेनन्। आज बिहान गहुँ खेतमा घोप्टो परेको अवस्थामा उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेछन्। घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ। उनको जिउभरी निलडाम छ,’ उनले भने।
गम्छाले घाँटी थिचेर उनको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।
घटनास्थलमा तालिम प्राप्त कुकुर टोलीसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ। शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वीरगञ्जमा स्कुल बस ले ठक्कर दिँदा साइकल यात्रुको मृत्युवीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका – १६ स्थित सडक खण्ड...
21/01/2025

वीरगञ्जमा स्कुल बस ले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु
वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका – १६ स्थित सडक खण्डमा दुर्घटना हुँदा एक साइकल यात्रुको मृत्यु भएको छ ।

सोही स्थानमा रहेको तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकिल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै यात्रुको मृत्यु भएको हो ।

प्राप्त जानकारी अनुसार, तीव्र गतिमा गुडिरहेको बसले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । बसको तीव्र गतिको कारण साइकिल यात्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भए र तुरुन्तै घटनास्थलमै ज्यान गुमाएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

मृतकको पहिचान भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरोज चौलागाईले बस र चालकलाई नियन्त्रणमा लिएको बताए ।

उनले थप जानकारी अनुसन्धान पश्चात् खुल्ने पनि जानकारी दिए ।

Breaking news:-  मधेस प्रदेशका मन्त्रीको गाडीमा ठोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रधुन प्रसाद सिंह रमान्दचौक जनकप...
20/01/2025

Breaking news:-
मधेस प्रदेशका मन्त्रीको गाडीमा ठोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रधुन प्रसाद सिंह रमान्दचौक जनकपुरमा घाइते भएको छ।

पकेट मारेको मोबाइल पसलमा राखेर रकम ठगेको आरोमा २ जना पक्राउवीरगञ्ज। पाकेट मारेको मोबाइल पसलहरूमा डिक राखेर रकम लिएर हिँड...
20/01/2025

पकेट मारेको मोबाइल पसलमा राखेर रकम ठगेको आरोमा २ जना पक्राउ
वीरगञ्ज। पाकेट मारेको मोबाइल पसलहरूमा डिक राखेर रकम लिएर हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ३५ वर्षीय ध्रुव कुमार राय र काठमाडौँ महानगरपालिका–२४ बस्ने ४१ वर्षीय राजन डंगोल छन् । अर्जेन्ट पैसा चाहिएको छ, एकदुई घण्टामा फिर्ता ल्याइदिन्छु’ भनेर उनीहरूले चोरीको मोबाइल राखेर रकम ठगेर हिँड्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । चोरी गरेका महत्त्वपूर्ण कागजात र सर्टिफिकेटहरू पनि उनीहरुले डिक राखेर झुक्यानमा पारेर रकम लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

११ किलो लागूऔषध गाँजासहित हेटौडाबाट दुई जना पक्राउवीरगञ्ज । पर्साका दुई जना प्रतिबन्धित लागुऔषध गाँजासहित हेटौडाबाट पक्र...
20/01/2025

११ किलो लागूऔषध गाँजासहित हेटौडाबाट दुई जना पक्राउ
वीरगञ्ज । पर्साका दुई जना प्रतिबन्धित लागुऔषध गाँजासहित हेटौडाबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले हेटौडा–गौर सडकखण्डमा सवारी साधनहरुको चेकजाँच गर्दा ११ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

नारायणगढबाट हेटौडा हुदै गौरतर्फ जाँदै गरेको लु. १ ख ७३९५ नम्बरको यात्रुबाहक बसमा सवार दुई जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसमा सवार पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का ४२ वर्षीय सुरेश दास थारु र पर्साकै पर्सागढी नगरपालिका वडा नम्बर २ का २९ वर्षीय अर्जुन महतो थारु पक्राउ परेका छन् । बसबाट ओरालेर रितपुर्वक खानतलासी गर्दा उनीहरूले बोकेको झोलाबाट ११ किलो लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।उनीहरुलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद थप अनुमती लिइ अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

बाराको विश्रामपुर गाउँपालिकामा नयाँ जिम क्लब उद्दघाटन बारा १- माघ माघे संक्रान्तिकाे शुभ अवसरमा बारा विश्रामपुर गाउँपालि...
14/01/2025

बाराको विश्रामपुर गाउँपालिकामा नयाँ जिम क्लब उद्दघाटन

बारा १- माघ माघे संक्रान्तिकाे शुभ अवसरमा बारा विश्रामपुर गाउँपालिका वाड नं २ टोल बरैनिया बजारमा नयाँ सञ्चालनमा आएका संचालक परमानन्द साहकाे लगानी बाट लाईफ टाईम फिटनेस सेन्टर को उदघाटन विश्रामपुर गा, पा अध्यक्ष जुबेर भाई द्वारा रिविन काटी उदघाटन गर्नु भाएको छन कार्यक्रममा सहभागी वाड अध्यक्ष मनोज कुमार यादव विद्यालय समिति अध्यक्ष कृष्ण प्रसाद साह, वाड सदस्य मन्जुर आलम , समाज सेबि लालबाबु साह तेली, लछुमन मण्डल ,राजकुमार यादव ,भरत बैठा लगाएत गाउँ बासीहरुको उपस्थिती रहेको थियो। 🙏🙏🙏।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न भए
13/01/2025

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न भए

पुस २९ गते प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । सोमबार सिम....

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना
13/01/2025

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना

२९ पुस, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको सिमलटारी फुलबारीबाट प्युठान गौमुखी.....

युवा नेता बिश्वजित सिंहको बिशेश पहलमा पीडित परिवारलाई शिक्षा सामाग्री सहयोग
13/01/2025

युवा नेता बिश्वजित सिंहको बिशेश पहलमा पीडित परिवारलाई शिक्षा सामाग्री सहयोग

धिरज यादवरौतहट,पुस २९ गते ।रौतहटको राजदेवी नगरपालिका वडा नं. ५ पतारी (पासवान टोल) मा युवा नेता विश्वजित सिंहको बिश.....

प्रधानमन्त्री समक्ष महासंघको ७ बुँदे ध्यानाकर्षणपत्र
13/01/2025

प्रधानमन्त्री समक्ष महासंघको ७ बुँदे ध्यानाकर्षणपत्र

वीरगंज । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकार र सञ्चार क्षेत्रले भ...

अपहरित १५ वर्षीय बालकको सर्लाहीबाट उद्धार, तीन अपहरणकारी पक्राउ
13/01/2025

अपहरित १५ वर्षीय बालकको सर्लाहीबाट उद्धार, तीन अपहरणकारी पक्राउ

सर्लाही प्रहरीले अपहरणमा परेका १५ वर्षीय भारतीय बालकलाई सुरक्षित रूपमा उद्धार गरेको छ। बालकलाई सर्लाहीको ब्रम्...

बाराको प्रेस सेन्टर नेपाल साधारण सभा तथा पाँचौं अधिवेशन
13/01/2025

बाराको प्रेस सेन्टर नेपाल साधारण सभा तथा पाँचौं अधिवेशन

वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न आ.ज.पा अध्यक्ष प्रभु साहको माग
12/01/2025

वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न आ.ज.पा अध्यक्ष प्रभु साहको माग

वीरगन्ज : आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गर्....

Address

Maisthan
Birgunj
44400

Telephone

+9779806861618

Website

Alerts

Be the first to know and let us send you an email when Madhesh Express - मधेश एक्सप्रेस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhesh Express - मधेश एक्सप्रेस:

Videos

Share