Aakash FM 101.9 Mhz

Aakash FM 101.9 Mhz Aakash fm 101.9 mhz
Pokhariya Parsa Nepal

WhatsApp +9779827222920 Ntc +9779842709493
17/02/2024

WhatsApp +9779827222920 Ntc +9779842709493

बिश्व रेडियो दिवस को उपलक्ष्यमा सम्पुर्ण रेडियो कर्मी रेडियो श्रोता लाई आकाश एफ एम श्रोत101.9 मेघाहर्ज तथा ब्यक्तिगत तर्...
13/02/2024

बिश्व रेडियो दिवस को उपलक्ष्यमा सम्पुर्ण रेडियो कर्मी रेडियो श्रोता लाई आकाश एफ एम श्रोत101.9 मेघाहर्ज तथा ब्यक्तिगत तर्फ बाट हार्दिक शुभकामना।।

Jay Shree Ram जय हनुमान
12/02/2024

Jay Shree Ram जय हनुमान

भोला यादव रौतहट       माघ :- २३रौतहट जिल्लाको कटहरिया  नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार सं...
06/02/2024

भोला यादव रौतहट
माघ :- २३
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरिएको छ । किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरुले आन्दोलन गरेका थिए । किसानहरूले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मेल सञ्चालकले निर्घात कुटपिट गरेका हुन् । कटहरियाका मेयर समेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीका सञ्चालककै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन् । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाशकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। पत्रकार तिवारीको मोबाइल र क्यामरा समेत मिल सञ्चालकले लुटपाट गरेको बताइएको छ। घाइते पत्रकार तिवारीको अहिले गरुडा स्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न मिल्स सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। तिवारी संगै रहेका अर्का पत्रकार धिरज यादवको समेत मोबाइल र क्यामेरा लुटपाट भएको छ ।

लककी इम्पेक्सले दियो प्याब्सन नकाउट टि २० विजेता टिमलाई वाटर डिस्पेन्सर।हबिबुल्लाह समानी,बिरगंज पर्सा २० माघ,वीरगंजको आद...
03/02/2024

लककी इम्पेक्सले दियो प्याब्सन नकाउट टि २० विजेता टिमलाई वाटर डिस्पेन्सर।

हबिबुल्लाह समानी,
बिरगंज पर्सा २० माघ,
वीरगंजको आदर्श नगर खेल मैदानमा सम्पन्न भएको प्याब्सन नकाउट टि २० क्रिकेट प्रतियोगिताको उपाधी कनकामना माविले उचालेको छ । शनिवार फाईलन उपाधीको लागि सम्पन्न भएको खेलमा एमईएस स्कुललाई २४ रनले हराउँदै मनकामना मावि विजयी भएको हो ।
मनकमाना माविले दिएको १५३ रनको लक्ष्य पुरा गर्ने क्रममा एमईएस स्कुले १२९ रनमै सबै बिकेट गुमाएपछि मनकामनाले उपाधीमाथी कब्जा गरेको हो । १८.३ ओभरमा एमईएसले आफ्नो सबै विकेट गुमाएको थियो । खेलमा सबै भन्दा बढी रन बनाउँने मनकामना माविका सन्नी कुशवाहा म्यान अफ द म्याच घोषणा भएका थिए । उनले मनकामनालाई जिताउँन एकलै सार्वधिक ७२ रनको योगदान दिएका थिए ।
त्यसैगरी दोस्रो स्थान एमईएस स्कुल र तेस्रो स्थान साउथ जोन माविले प्राप्त गरेको छ । तेस्रो स्थानको लागि भएको खेलमा गौतम माविलाई हराउँदै साउथ जोनले तेस्रो स्थान पक्का गरेको थियो । खेलका विजेता टिमलाई वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अविन्दलाल कर्णले शिल्ड तथा ट्रफी प्रदान गरेका थिए । प्रतियोगिताको समापन सत्रमा वीरगंज महानगरपालिकाका उपप्रमुख इतियाज आलम,प्याब्सनका पर्साका अध्यक्ष पुरण प्रधान,बरिष्ठ उपाध्यक्ष सरोज चौधरी,त्यसैगरी प्याब्सन वीरगंज महानगर अध्यक्ष आलोक चौरसिया,शिव गुप्ता,राहुल श्रीवास्तव,अशोक संग्रौला लगायतका प्याब्सनका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो।

26/01/2024

Akash FM 101.9 Mhz

26/01/2024

Now going to start at Akash fm pokhariya parsa

11/12/2023

Program HelloAkash At Akash FM 101.9 mhz>9827222920>9842709493

24/11/2023

Now going to start program by Hello Akash at Akash fm pokhariya parsa

20/08/2023
नेपाल शिक्षक महासंघले संघीय शिक्षा ऐनको मस्यौदा को विरोध मा आज मिति २०८०/०३/२८ गते दिन आईतबार  सामुदायिक विद्यालयमा कार्...
13/08/2023

नेपाल शिक्षक महासंघले संघीय शिक्षा ऐनको मस्यौदा को विरोध मा आज मिति २०८०/०३/२८ गते दिन आईतबार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिका राहत करार लगायत सम्पूर्ण कर्मचारीको हित विपरित भएको भन्दै आज धर्ना कार्यक्रम का तस्बिरहरू पोखरिया नगरपालिका को कार्यालय मा नेपाल शिक्षक महासंघ पोखरिया नगरपालिका पर्सा

जन्मदिनको लाखो -लाख शुभकामना मोहन केसी जी हजुरलाई, हजुरले चालेको हरेक काम पुरा होस तपाईको जीबनमा कुनै पनि समस्या नपरुन,म...
30/07/2023

जन्मदिनको लाखो -लाख शुभकामना मोहन केसी जी हजुरलाई, हजुरले चालेको हरेक काम पुरा होस तपाईको जीबनमा कुनै पनि समस्या नपरुन,मनको आकांक्षा सबै पुरा बनुन अबको केहि समयमै छिट्टै पद उन्नती भएको देख्न पाम । 🎁🎊🎉🎂

सन् २००९ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या एक सय २१ रहेकोे थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा ...
29/07/2023

सन् २००९ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या एक सय २१ रहेकोे थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ ।

13/07/2023
पर्साको सेमरबारीबाट गाँजा सहित पासवान पक्राउ============================रेडियो आकाश एफ एम पोखरिया असार २६-पर्साको पोखरिय...
11/07/2023

पर्साको सेमरबारीबाट गाँजा सहित पासवान पक्राउ
============================
रेडियो आकाश एफ एम पोखरिया
असार २६-पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरबारीबाट लागु औषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साकै कालिकामाई गाँउपालिका वडा नम्बर ५ का ३३ वर्षिय बृज किसोर पासवान रहेका छन् । प्रहरीले उनलाई १२ केजी गाँजासहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीको टोलीले सेमरबारीमा पासवानलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको झोला भित्रबाट १२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका पासवानलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादवद्धारा  कालिकामाई गाउँपालिकामा भइरहेको निर्माण कार्यहरूको स्थलगत अनुगमन असार १९ -पर्स...
04/07/2023

प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादवद्धारा कालिकामाई गाउँपालिकामा भइरहेको निर्माण कार्यहरूको स्थलगत अनुगमन

असार १९ -पर्साको कालिकामाई गाउँपालिकामा भइरहेको निर्माण कार्यहरूको स्थलगत अनुगमन गरिएकोछ!निर्माण कार्यहरु बाटो ढलान, नाला निर्माण जस्ता कार्यहरू नियमा विपरीत गरिएको र मापदण्ड पूरा नभएको लगायतका कमीकमजोरीहरु न सुधारेमा सम्म आफूहरु उक्त निर्माण कार्य पास नगर्ने कुरा जानकारी गराउँदै छिटो र छरितो मापदण्ड पुरा गर्न प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादवले ठेकदारहरु लाई निर्देशन समेत दिनुभएकोछ!

पलिकाभित्र भइरहेको निर्माण कार्यहरूको रेखदेख गर्ने जिम्मा सम्पूर्ण जन्ताकोभएको हुनाले यदि कुनै ठाउँमा गुणस्तरहीन कार्य भइरहेको भेटिएमा उक्त निर्माण कार्य बारे जानकारी गराई गुणस्तरिय निर्माण कार्य गराउन अनुगमनमा उपस्थित कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसियालाई आग्रह गर्दै प्रमुख प्रशासकिय अधिकृत यादवले युवाहरुलाई जागरुक हुनपर्ने कुरामा जोड दिए!

अनुगमन टोलीमा उपस्थित कालिकामाई गाउँपालिका प्रमुख वशिष्ठ गुप्ताले विकाश निर्माणको कार्यमा कुनैपनि लापरवाही देखिएमा त्यसको खुलेर विरोध गर्न र त्यस कार्यबारे आफूलाई जानकारी गराई गुणस्तरिय निर्माण कार्यमा सहयोग गर्न युवाहरुको भुमिका अपरिहार्य भएको हुनाले यस्ता कार्यहरूको लागि आफू सधै कालिकामाई युवा समाज संग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जाहिर गर्नुभयो!

अनुगमन टोलीमा वडा नं २ को वडा अध्यक्ष सनेलाला प्रसाद चौरसिया,पालिका को इन्जिनियर,स्थानिय बसी,लगायत युवाहरुको उपस्थिति रहेको थियो!

जिराभवानी १ हरिकिशोर शर्मा                पर्साको कालिकामाई गाउँपालिकामा  रहेको कालिकामाई युवा समाज द्वारा पालिका को नया...
02/07/2023

जिराभवानी १ हरिकिशोर शर्मा पर्साको कालिकामाई गाउँपालिकामा रहेको कालिकामाई युवा समाज द्वारा पालिका को नया प्रमुख प्रशासकिय अधिकृत नमोनाथ प्रसाद यादव लाई टिका र खादा लगाई स्वागत गरिएकोछ।

युवा समाजका उपस्थितमा युवाहरुको प्रमुख प्रशासकिय अधिकृत नामोनाथ प्रसाद यादव ज्यु सङ्ग आफ्नो संस्थाको बारेमा बलियो दक्ष छिटो छरितो बनाउने उदेशय राखदै आफ्नो काम कर्तब्य अमुल्य काम शिर्जनात्त्मक कुराहरु राख्दै स्वक्ष,समृद्ध तथा विकसित पालिका निर्माणको प्रयास बारे कुराकानी गर्दै उक्त उदेसय प्राप्तको लागि प्रशासकिय अधिकृतको जिम्मेवारीको हैसियतले यादवको सहयोग पाउने अपेक्षा प्रकट गरे!

प्रमुख प्रशासकिय अधिकृतले आफु पनि युवा भएको हुनाले हरेक पल यस संस्थाको सकरात्मक सोच कार्यमा साथमा रहि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। गाउँपालिका का प्रशासिकयको कक्षमा पुगि स्वागत कार्यक्रममा युवा अध्यक्ष आकाश चौरसिया उपाध्यक्ष आकाश महतो ,कोषाध्यक्ष बुलेट तिवारी सचिव बिकास पटेल सदस्य दीपेन्द्र गुप्ता र राकेश कुमार लगयत को युवा समाज को टोलि पुगि स्वागत मन्त्बय बेय्क्त गरुन् भयो कोषअध्यक्ष बुलेट तिवारी ले जानकारी दिनु भयो

४०० दलित बालबालिकाको लागि विद्यालय पोशाक कपडा  वितरण जिराभवानी १ पर्सा   पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्स...
01/07/2023

४०० दलित बालबालिकाको लागि विद्यालय पोशाक कपडा वितरण
जिराभवानी १ पर्सा
पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहजीकरण र सेजल एन्ड सिस्टर एलएलसी Sejal and sister LLC अमेरीका संस्थापक आदरणीय समाजप्रेमी मोनु खड्का र मेग सुवेदीको आर्थिक सहयोग द्वारा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा रहेकोे दलित प्राथमिक विद्यालय, कौवाबन कटैया गाउँमा रहेकोे नेपाल राष्ट्रिय आधारभूत विद्यालय र बिन्दबासनी नेपाल आधारभूत विद्यालय , केहुनियाको अति विपन्न , गरीब , जेहेन्दार ४०० दलित बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरिएको छ । ४०० दलित बालबालिकाको विद्यालय पोशाक सहयोगको लागि तीन लाख छिहत्तर हजार आर्थिक सहयोग गर्नुभएको छ।

आजका बालबालिका भोलीका कर्णधार हुन् , दलित बालबालिकाको विद्यालयमा पहुँच , विद्यालय टिकाउ , पढाईमा निरन्तरता , पढाईमा सुधार , अभिभावकहरुलाई शिक्षामा सहभागिता , दलित बालबालिका शिक्षामा प्रोत्साहन ,बालबालिका

विदेशी भुमीमा रहेर पनि स्वदेशमा आवश्यक परेको ठाउंमा हरेक पटक सहयोगको लागि तयार हुने समाजप्रेमी आदरणीय सूवेदि परिवार लाई हिर्दय देखिनै धेरै धेरै धन्यवाद दलित अभिभावक ज्युले दिनुभएको छ।

हाल अमेरीका बस्ने बरिस्ठ समाजसेबी मेग सुवेदी ज्युको पहलमा विगतको वर्ष देखि पर्सा जिल्लामा दलित बालबालिकाको लागि विद्यालय व्याग झोला, कोरोना भाईसको समय लकडाउन बाट प्रभावित १००० घर परिवारलाई खाद्यान्न राहत वितरण , दलित बालबालिकाको लागि संचालित निशुल्क टियुसन कक्षा केन्द्रमा आर्थिक सहयोग, पर्सा जिल्लाको अति गरीब बिरामीको उपचारको लागि आर्थिक सहयोग जस्ता सामाजिक कार्यमा निरन्तर सहयोग प्रदान गर्नुभएको छ। उहाँ अमेरीका बसि नेपालको विभिन्न स्थान , गाउँमा विभिन्न कार्यमा आर्थिक सहयोग गर्नुभएको छ।

४०० दलित बालबालिकाको लागि विद्यालय पोशाक वितरण कार्यक्रमको अध्यक्षता महुवनमा रहेकोे दलित प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गोरख कुमार राम ज्यु , प्रमुख अतिथि सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्ष यसवन्त यादव ज्यु , विशिष्ट अतिथि वडा अध्यक्ष अशेसर प्रसाद यादव , विशेष अतिथि सेजल एन्ड सिस्टर एलएलसी Sejal and sister LLC को प्रतिनिधि सञ्जित भण्डारी , अतिथि श्वेता केसी , अतिथि डा. सिग्देल
आबि अधिकारी ,साखर कार्की,रक्षा घिमिरे, सपना श्रेष्ठ लगाएत को उपस्थित रहेकी थियो भने कार्यक्रम को सहजीकरण पिस फोर दलित फाउन्डेसन नेपाल पर्साका अध्यक्ष मनोज राम ले गर्नुभएको थियो

रेडियो आकाश एफ एम १०१.९ mhz पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर ५ सेमराबाट सशस्त्र प्रहरी पोखरिया ले लागु औषध चरेसहित...
22/06/2023

रेडियो आकाश एफ एम १०१.९ mhz

पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर ५ सेमराबाट सशस्त्र प्रहरी पोखरिया ले लागु औषध चरेसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा कै छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वाका ३७ वर्षिय राजेश साह रहेका छन् । साह १५ किलो ५०० ग्राम चरेशसहित पक्राउ परेका हुन् ।

बिहीबार दिउँसो सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सेमराबाट भिस्वातर्फ जाँदै गरेका साह सवार बीआर २२ एपी ६८१५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको

त्यसक्रममा मोटरसाइकलको ट्याङकी भित्र र सिटमुनि लुकाएर राखिएको ५०० ग्रामको १९ प्याकेट र २५० ग्रामको २४ प्याकेट चरेस बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताए ।

चरेससहित पक्राउ परेका साह र मोटरसाइकल आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सुचना अधिकारी बस्नेतले जानकारी दिए ।

रेडियो अकाश एफ एम 101.9 mhz पोखरिया असार ७   जिराभवानी गाउँ पालिका स्वास्थय शाखा आयोजनाबाट  सन्चालित किशोर किशोरी कार्यक...
22/06/2023

रेडियो अकाश एफ एम 101.9 mhz पोखरिया असार ७ जिराभवानी गाउँ पालिका स्वास्थय शाखा आयोजनाबाट सन्चालित किशोर किशोरी कार्यक्र्मा गाउँपालिका स्तरिय अभिमुखीकरण कार्यक्मा जिराभवानी गाउँपालिका अध्यक्ष श्री अनोज चौधरी ज्युको प्रमुख अतिथि र बिष्ट अतिथि श्रीमती रेखा चौधरी र विशिष्ट अतिथि अमीत गिरि साथै स्वास्थ्य शाखाका प्रमुख अजयकुमार दास थारु अतिथी बाल किशोर यादव साथै जिराभवानी गाउँपालिका वडा न ३ का वडा अध्यक्ष श्री सुरुज राय थारु र जिराभवानी गाउँपालिका वडा न २ का स्वास्थ्य डाक्टर श्री ज्ञानकिशोर महतो जिराभवानी गाउँपालिका वडा न १ देखि ५ सम्माका इन्चार्जहरुको उपस्थिमा जिराभवानी गाउँपालिका वडा न ३ का वडा कार्यालयमा समपन्न भयो कार्यक्र्मका सन्चालक श्री अजय कुमार दास थारुले सन्चालन गरेका थिए

रेडियो आकाश एफ एम १०१.९ बाट हरिकिशोर शर्मा जिराभवानी असार ५ पर्साको जिराभवानी  गाउँपालिकाबाट शास्त्र प्रहरीले  चिनी मैदा...
20/06/2023

रेडियो आकाश एफ एम १०१.९ बाट हरिकिशोर शर्मा जिराभवानी असार ५ पर्साको जिराभवानी गाउँपालिकाबाट शास्त्र प्रहरीले चिनी मैदा बरामद गरेको छ । सशास्त्र प्रहरी बोडर आउट पोस्ट महादेवपटिबाट सशास्त्र प्रहरी निरीक्षक शम्भु ढुगेलको नेतृत्वमा रहेको सशास्त्र प्रहरीको टोलिले नियमीत चेक जाचको क्रममा भारतबाट ल्याउन क्रममा जिराभवानी गाउँपालिका वडा न १बलुवाबाट सेढ्वा जाँदै गरेको साइकलमा चेक जाँच गर्दा ५०केजी चिनी र ५० केजी मैदा गुटका राज निवास शुद्ध प्लस पान पराक बरामद गरेको हो । भारतबाट अबैध रुपमा नेपाल भित्र्याइ सेढ्वा लेजानका लागि साइकलमा लोड गरिएको सुचना प्राप्त भएपछि सशास्त्र प्रहरीले चेक जाँच गर्दा साइकल उत्त परिमाण समान बरामद गरेको सशास्त्र प्रहरी बल १३ नाम्बर हेड कवाटर पर्साले जनाएको छ ।बरामद गरिएको स्थानीय भद्रभलादमि र सन्चारकर्मिको रोहवरमा बोडरआउट पोस्टको राखिएको छ सशास्त्र प्रहरी बल १३ नाम्बर गणका सशास्त्र प्रहरी उपरिक्षक सुमन थापलियाले जनकारी दिनु भयो

रेडियो आकाश एफ एम १०१.९ पोखारियाबाट हरिकिशोर शर्मा   सशस्त्र प्रहरी ले पर्साको दुई ठाउँ बाट मोटरसाइकल मा लोड  गाँजा सहित...
19/06/2023

रेडियो आकाश एफ एम १०१.९ पोखारियाबाट हरिकिशोर शर्मा सशस्त्र प्रहरी ले पर्साको दुई ठाउँ बाट मोटरसाइकल मा लोड गाँजा सहित तीन जना लाई पक्राउ गरेको छ। जिराभवानी गाउँपालिका बाट सशस्त्र प्रहरीले लागू औसध गाँजा सहित एकजना लाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जिराभवानी बाट सशस्त्र प्रहरी निरीक्षक शम्भु ढुङ्गेलको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलिले जिराभवानी गाउँपालिका वार्ड न.३ परसवा चोक स्थित नियमित चेकजाँच गर्ने क्रममा बि अार २२ एप ८७३५ नम्बरको मोटरसाइकलमा भारत जाँदै गरेका भारत बिहार पश्चिमी चम्पारण भवटा पन्चायत गोपाल पुर बस्ने वर्ष ५५ को मजिद मियाँ लाई एक किलो लागू औषध गाँजा सहित पक्राउ गरेको हो । पक्राउ गरिएको मियाँ ,गाजा र मोटरसाइकल लाई आवश्यक कार्वाही को लागि ईलाका प्रहरी कार्यालय सेढवा मा पठाइएको छ।त्यसतै सशस्त्र प्रहरी ले पर्साको धोबनी गाउँपालिका वडा नं २ अासवारी बाट लागू औषध गाँजा सहित दुई जनालाइ पक्राउ गरेको छ ।

सिमा सुरक्षा गुल्म भिखमपुर बाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमोद खडकाको नेतृत्वमा गएको गस्ती टोलिले बिअार २२ बि २७३२ नम्बर को मोटरसाइकलमा सवार भारत बिहार पश्चिमी चम्पारण सोसा पन्चायत बस्ने वर्ष ३९ को रन्जित कुमार साह र सोही स्थान बस्ने वर्ष ७३ को हरिकिशुन साह लाई पाच किलो लागू औषध गाँजा सहित पक्राउ गरेको हो । पक्राउ गरिएको गाँजा मोटरसाइकल र तस्कर लाई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रवक्ता प्रहरी नायब उपरीक्षक संतोश बस्नेतले जानकारी दिनुभयो

रेडियो आकाश एफ एम १०१.९ MHz हरिकिशोर शर्मा       इन्भेस्टमेन्ट प्रोटेक्सन सेन्टर नेपाल  चन्द्रनिगाहपुर रौतहटबाट  सन्चालि...
17/06/2023

रेडियो आकाश एफ एम १०१.९ MHz हरिकिशोर शर्मा
इन्भेस्टमेन्ट प्रोटेक्सन सेन्टर नेपाल चन्द्रनिगाहपुर रौतहटबाट सन्चालित पर्साको जिराभवानी गाउँपालिका वडा न २ मा रहेको श्री नेपाल राष्ट्रिय मा बि बिधालय सेढ्वामा बिद्यार्थीहरुको लागि अत्याधिक गर्मि चाप बढेको कारणले बिद्यार्थीहरुको लागि पानी खान सहज पुगनको लागि इ पि सि आइ बिधालयमा जडान भएको सेढवा माबिका प्र अ श्री खेमराज महतोले बताएका छ्न ।

पटेर्वा सुगाैली गाँउपालिका बाट चरेस र गाँजा बरामद।आकाश एफ एम 101.9 mhzजेठ ३०- पर्साकाे देवरियाबाट प्रहरीले ठूलो परिमाणमा...
13/06/2023

पटेर्वा सुगाैली गाँउपालिका बाट चरेस र गाँजा बरामद।

आकाश एफ एम 101.9 mhz

जेठ ३०- पर्साकाे देवरियाबाट प्रहरीले ठूलो परिमाणमा लागुओैषध चरेस र गाँजा बरामद गरेकाे छ । पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ५ देवरियाबाट मंगलबार बिहान प्रहरीले चरेस २० केजी र गाँजा १२ केजी बरामद गरेकाे हाे ।

विशेष सुचनाकाे आधारमा प्रहरी चाैकी रंगपुरटाँडीबाट प्रहरी सहायक निरीक्षक माेहन नारायण यादवकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले मंगलबार बिहान ३ बजेकाे देरिया बाट चरेस र गाँजा बरामद गरेकाे पर्साका प्रहरी उपरीक्षक काेमल शाहले जानकारी दिए ।

चरेस र गाँजा तस्करहरु भने प्रहरीकाे टाेलीलाई देख्नेबित्तिकै चरेस र गाजाँकाे पाेका फ्याँकेर फरार भएकाले उनिहरुलाई पक्राउ गर्न नसकिएको प्रहरी उपरीक्षक शाहले बताए ।

10/06/2023

h

05/06/2023

hello

अर्थमन्त्री प्रकाशशरण महत द्वारा संसदमा आर्थिक बर्ष २०८०/०८१ को बजेट पेश  जेष्ठ १५ अकाश एफ एम पोखारिया पर्सा । नेपाल सरक...
29/05/2023

अर्थमन्त्री प्रकाशशरण महत द्वारा संसदमा आर्थिक बर्ष २०८०/०८१ को बजेट पेश
जेष्ठ १५ अकाश एफ एम पोखारिया पर्सा । नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतले आज संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेका छन । कुल विनियोजन मध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात ६५.२० प्रतिशत, पुँजीगततर्फ रु ३ खर्ब २ अर्ब ७ करोड अर्थात १७.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७. ५५ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजन को तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ४९ अर्ब ९४ करोड बेहोर्दा रु चार खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब १२ अर्ब ७५ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट बेहोरिने बताएका छन ।
स्वास्थ्य क्षेत्रमा भने अप्रत्यासित रुपले बजेट कटौती गरिएको छ । सरकारले स्वास्थ्यको लागि ८३ अर्ब ९९ करोड रकम मात्र बिनियोजन गरेको छ । यो रकम चालू बर्ष भन्दा १९ अर्ब १९ करोड कम हो ।
स्वास्थ्यका क्षेत्रका लागि विभिन्न ९८ किसिमका औषधि ,खोप लगायतका आधारभुत स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने घोषणा गरेको छ । यस्को लागि देशमा बिधमान ६ हजार ७ सय ४३ वडा आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट सेवा प्रवाह गर्ने र त्यस्को लागि १ अर्ब २८ करोड रकम बिनियोजन गरेको छ । त्यस्तै सामुदायिक विद्यालय तहका छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड उपलब्ध गराउन १ अर्ब ४२ करोड रकम छुट्टयाएको छ । सामुदायिक विधालयका छात्रछात्राहरुको स्वास्थ्यकर निशुल्क खाजाको लागि ८ अर्ब ४५ करोड रकम पनि छुट्टयाइएको छ । औषधिजन्य प्रयोगको लागि गाजा खेतिको सम्भाव्यता अध्ययन गर्ने पनि बजेट मा सामेल गरिएको छ भने सम्पुर्ण संघीय अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने ब्यवस्थापन गरिने छ । 'क्षयरोगमुक्त नेपाल अभियान' अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि १ अर्ब १५ करोड विनियोजन गरेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शय्यामा विस्तार गरी पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । सरुवा रोगको रोकथामको लागि बजेटमा ४६ करोड रुपैयाँ विनियोजन समेत गरिएको अर्थमन्त्री महतले बताए । ८ वटा दिर्घ रोगका बिरामिहरुको लागि २ अर्ब ५० करोड रकम बिनियोजन गरिएको छ ।

Address

Birgunj
44300

Telephone

+9779827222920

Website

Alerts

Be the first to know and let us send you an email when Aakash FM 101.9 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like