Express Online

Express Online Express Online Media

24/06/2024
24/06/2024

सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजनामा कोशी प्रदेशमा “सुरक्षित सीमा सुरक्षित जीवन” कार्यक्रम

06/06/2024

रंगेली नगरपालिकाभित्रै पसेर ‘फिल्मी’ शैलीमा गुण्डागर्दीः वडाध्यक्ष र नगरप्रहरीमाथि कुटपीट, ६ जना पक्राउ अन्य फरार
दिलीप अग्रवाल
जेष्ठ २४ बिहीवार
मोरङको रंगेली नगरपालिकाभित्र पसेर फिल्मी शैलीमा हुलहुज्जत गर्दै गुण्डागर्दी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो तीन बजेको समयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पसेर गुण्डगर्दी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दिपक यादव, राहुल यादव, रुकुम यादव, मिलन मिश्र, विशेक झा र रमन कुमार राय रहेका छन् । उनीहरुसँगै नगरपालिकाभित्र पसेर हुल हुज्जल गर्ने अन्य फरार रहेकाले खोजी कार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
युवाहरुको समूहले कार्यालयमा सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको समयमा एक्कासी प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपानेको कार्यकक्षमा प्रवेश गरेर कार्यबाहक नगरप्रमुख ढकप्रसाद आचार्यमाथि गुण्डागर्दी शैलीमा कुटपिट गरेका थिए । उक्त समुहले चार जना नगरप्रहरीमाथि कुटपिट र रंगेली ८ का वडाध्यक्ष र नगरपालिकाका प्रवक्ता समेत रहेका आचार्यलाई टेबुलले हिर्काएका थिए।
कुटपीटबाट नगरप्रहरी सुनिता पौडेली, ज्योती घिमिरे, प्रमोद पासवान र पदम बहादुर थापालाई चोटपटक लागेको छ । उनीहरु मध्ये नगर प्रहरी सुनिता पौडेलीलाई र प्रमोद पासवान लाई गम्भिर चोट लागेको कार्यबाहक नगरप्रमुख आचार्यले जानकारी दिए ।
आचार्यले आफूहरु प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा सेवा प्रवाह भइरहेका बेला एउटा समूह एक्कासी ढोकामा लात्ति हान्दै भित्र पसेर आतंक मच्चाएको बताएको बताए । उनले भित्र प्रवेश गरेको १५÷१६ जनाको समुहले टेबुलले आफूमाथि प्रहार गरेको पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन्। उनले सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको समयमा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार गर्दै आतंकित बनाएपछि कार्यपालिकाको आपतकालिन बैठक बसेर आतंक मच्चाउने समूहलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दिएको समेत जानकारी दिए ।
आचार्यसहित जनप्रतिनिधि र कर्मचारीहरुको टोली इलाका प्रहरी कार्यालयमै पुगेर जाहेरी दिएको हो । जाहेरी दर्ता गराउँदै आचार्यले इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक सन्तोष खड्कालाई कार्यालयमा पसेर गुण्डागर्दी गर्ने समूहलाई कुनै पनि दवाव तथा प्रभावमा नपरी अनुसन्धान र कारबाही प्रकृया अघि बढाउन आग्रह गरे पछि
जवाफमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक खड्काले प्रहरी कसैको दवाव र प्रभावमा नपर्ने बताउँदै कानुन बमोजिम कारबाही प्रकृया अघि बढाउने बताए ।
आन्दोलनरत विद्यार्थी भनिएपनि नगरपालिका भित्र प्रवेश गर्ने समूहमा सम्वन्धीत एउटै विद्यार्थी नरहेको बताइएको छ । स्थानीय सरकारको रुपमा रहेको रंगेली नगरपालिका भित्रै पसेर आतंक मच्चाउनु कानुनी शासनको ठाडो उपहास हो । अझ, जनतालाई सेवा दिइरहेको समयमा कार्यालयभित्रै प्रवेश गरेर जनप्रतिनिधि र कर्मचारीमाथि कुटपीट गर्नु आफूलाई कानुन र विधिको शासन भन्दामाथि ठान्नु हो । त्यसैले कार्यालय भित्रै पसेर यस्ता हर्कत गर्नेहरुलाई राज्यले देशमा कानुन छ भन्ने अनुभूती दिलाउन कानुन बमोजिम कारबाही हुन जरुरी छ ।

06/06/2024

रंगेली नगरपालिका द्वारा पत्रकार सम्मेलन।।
दिलीप अग्रवाल
जेष्ठ २४बिहीवार
आज रङ्गेली नगरपालिकामा भएको घटनाबारे रंगेली नगरपालिका कार्यवाहक मेयर टंक आचार्य को भनाई

द रोयल पावर जिम एन्ड फिटनेस क्लब द्वारा फिटनेस फ्रेन्जि च्यालेन्ज प्रतियोगिता
04/06/2024

द रोयल पावर जिम एन्ड फिटनेस क्लब द्वारा फिटनेस फ्रेन्जि च्यालेन्ज प्रतियोगिता

द रोयल पावर जिम एन्ड फिटनेस क्लब द्वारा फिटनेस फ्रेन्जि च्यालेन्ज प्रतियोगिता- विराटनगर यही जेठ २१ गते सोमबारका .....

02/06/2024

निर्मला तावा लिम्बुलाई आरोप प्रमाणित गर्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको श्रीमती पार्वती यादवले दिए चेतावनी ।

दुर्व्यसनि विरुद्ध अभिभावक" सचेतना मुलक कार्यक्रम सम्पन्न
01/06/2024

दुर्व्यसनि विरुद्ध अभिभावक" सचेतना मुलक कार्यक्रम सम्पन्न

भोजराज घिमिरे – कोशी प्रदेश – “दुर्व्यसनि विरुद्ध अभिभावक” सचेतना मुलक कार्यक्रम सम्पन्न ।। सामुदायिक प्रहरि स.....

26/05/2024

रंगेली का औषधि व्यवसायमाथि हातपात

जेष्ठ १३आईतवार

दिलीप अग्रवाल

मोरङको रङ्गेली नगरपालिका ७ मा रहेको क्वालिटी मेडिकल हलका सञ्चालक अरविंद मण्डल माथि हातपात भएको छ।
झापा गाउँ पालिका ५ बस्ने अन्दाजी बर्ष ३५ का उज्ज्वल भनिने राेशन राई ले क्वालेटी सञ्चालक अरविन्द कुमार मण्डल हातपात गरेको प्रहरीले जनाएको छ।
गए राती ९ बजे पसल सञ्चालन गर्दै गरेको अवस्थामा माेटरसाईकलमा दुर्धटना भएर आएपछि उनले औषधि व्यवसायी मण्डल लाई आफू घाइते भएको र उपचार गरिदिनु भन्दै आएपछि व्यवसायी ले अस्पताल मा उपचार हुन्छ उहाँ जानू भने पछि राेशन ओैषधि पसलमा प्रवेश गरेर मंण्डल लाई मुख तथा अन्य भागमा मरणासन्न हुने गरि कुटपिट गरेका छन ।
घाइते मंण्डल काे अहिले बिराटनगर स्थित आर्या न्युराे अस्पताल मा उपचार भइरहेको परिवारले जनाएको छ। बिहानै देखि औषधि व्यवसायहरूले जबसम्म कुटपिट गर्ने व्यक्ति लाई मुद्दा दर्ता हुदै तब सम्म औषधि व्यवसाय नै नखाेल्ने व्यवसायी शिशुपाल यादव ले बताए ।
रातिको समयमा प्रहरी ले औषधि व्यवसायहरू लाई साथ नदिएको आरोप समेत लगाएका छन्। घटना भएको २० मिनेटपछि मात्रै प्रहरी घटनास्थलमा आएको र अस्पतालमा रहेको प्रहरीले समेत कुटपिट हुँदा समेत मुखदर्शक बनेर हेरेको समेत आरोप लगाएका छन्।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले उक्त कुटपिट गर्ने व्यक्तिलाई आफूहरुले मुद्दा दर्ता गरिने र औषधि व्यवसायलाई आफ्नो व्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेका छन्। यता औषधि व्यवसायीले भने आफूहरुले अहिलेसम्म सो को निर्णय नगरे काे र समाचार तयार पार्दासम्म औषधि पसल बन्द रहेको छ। कुटपिट गर्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय रङ्गेलीको नियन्त्रणमा रहेको र थप अनुसन्धानसमेत भइरहेको खड्काले बताएका छन्।

26/05/2024

जेष्ठ १३आईतवार
दिलीप अग्रवाल
रंगेली मा हस्पिटल छेउ मा रहेको क्वालिटी मेडिको को सञ्चालक अरविन्द मण्डल माथि गए राति हातपात।
आज बाट सम्पूर्ण औषधी पसल बन्द औषधि व्यवसायी को भनाई। मण्डल को अवस्था गम्भीर , थप उपचारको लागि बिराटनगर अर्या न्यूरो लागेको स्थानीय को भनाई।

22/05/2024

यही अनुसार सरकार हिडे भने अर्को आन्दोलन हुन्छ ।
उपेन्द्र यादव
ज.स.पा.नेपाल केन्द्रिय अध्यक्ष

22/05/2024

भोलि बिहीवार चन्डि पुर्णिमा काे दिन संन्सारी मन्दिरमा भव्य मेला लाग्ने ।
जेष्ठ ९ बुधवार
दिलीप अग्रवाल
मोरङ्ग को रंगेली स्थित संसारी माई मन्दिरमा भव्यता का साथ भोलि बिहीवार चन्डि पुर्णिया काे दिन पूजा अर्चना सँगै मेला लाग्ने छ।
रंगेली नगरपालिका ७ मा अवस्थित श्री संसारी माई मन्दिर पुर्वाञ्चलकै ऐतिहासीक धार्मिक एवम् संस्कृति महत्व बाेकेकाे प्रसिद्ध धार्मिक स्थल मा चन्डि पुर्णिमाकाे अवसर मा प्रत्येक बर्ष विशेष पुजा आजा सहित यस बर्षकाे अन्तिम मेला लाग्ने तयारी भईरहेकाे छ ।
बिराटनगर देखि २१ किलोमिटर पुर्वमा रहेको रंगेली ७ मा अवस्थित चिसाङ खाेलाकाे बगरमा उक्त मन्दिर रहेको छ । राणा काल भन्दा अगाडि देखि साे स्थानमा माता देवी बासस्थान समेत रहेको धार्मिक बिश्वास रहेको छ।
हरेक बर्ष उक्त मन्दिरमा चन्डि पुर्णिमाकाे दिन विशेष पुजाका हुनुका साथै उक्त दिन मोरङ ,सुनसरी, झापा तथा भारतको विभिन्न स्थानहरूबाट समेत भक्तजनहरू मेला गर्ने उल्लेखित सहभागिता हुने गरेको छ।
मन्दिर व्यवस्थापन समिति का अध्यक्ष संन्जिव श्रेष्ठ का अनुसार चन्डि पुर्णिमाका दिन उक्त मन्दिरमा देविलाई विशेष सिङगार का साथ विशेष पुजा गर्नेका लागि पुरेहित द्वारा बिधिवत रुपमा पुजा आजा गरेर उक दिन मेला काे समेत आयोजना हुँदै आईरहेकाे छ ।
मन्दिरमा आफू ले चाहेको मनकामना पूरा गर्ने भक्तजन हरुकाे ठुलाे घुईचाे लाग्ने गरेको छ । भाकल गरेको ९० दिन भित्र मनाेकामना पूरा हुने गरेको जनबिस्वास रहेको छ । उक्त साे मन्दिरमा अहिले विशेष गरि शनिबार र मंगलवार विशेष भक्तजन हरु ले बलि चडाउने गर्दे आईरहेका छन । प्रत्येक शनिबार २ सय भन्दा बडि बलि चडदै आईरहेकाे समिति ले जनाएको छ।

22/05/2024

अवैध रुपमा ल्याएको ताेरी नियन्त्रणमा ।।
जेष्ठ ९ बुधबार
दिलीप अग्रवाल
मोरङको धनपालथान गाउपालीका २ खैरबाना बाट भारत बाट अबैध रुपमा नेपाल भित्रउँदै गरेको तोरी प्रहरीले बरामद गरेको छ।
बुधबार बिहान ४ बजे भारत बाट खैरवना नाका हुदै ५० केजि बराबरको ताेरीकाे बाेरा टाउकाेमा बाेकेर नेपाल तर्फ ल्याउदै गरेको र प्रहरीलाई देखेपछि तोरीका बोरा फालेर तस्कर हरु भागेकाे प्रहरीले जनाएको छ ।
प्रहरी काे अनुसार १५ बोरा तोरी अन्दाजी पचहतर हजार रुपैयाँ बराबरको रहेको र उक्त सामग्री विराटनगर भन्सार कार्यालय समेत बुझाएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् ।

बढ्दो बिरामी को चाप को कारण रंगेली अस्पताल अगाडि जेब्राक्रसिङ जेष्ठ २ बुधबार दिलीप अग्रवालमोरङको रंगेली कानेपोखरी सडक खण...
15/05/2024

बढ्दो बिरामी को चाप को कारण रंगेली अस्पताल अगाडि जेब्राक्रसिङ
जेष्ठ २ बुधबार
दिलीप अग्रवाल
मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत रंगेली अस्पताल अगाडि जेव्राक्रसिङ बनाईएकाे छ ।
दिनप्रतिदिन रंगेली अस्पताल मा बिरामी हरु काे चाप बडदै गएपछि व्यस्त सडकमा बिरामी हरु लाई जेव्राक्रसिङ बाट आवतजावत गर्न सहज हुने र सडक दुर्घटना समेत न्युनिकरण गर्ने उदेश्य का साथ अस्पताल प्रसाशन, रंगेली प्रहरी , ट्राफिक बिट र स्थानीय हरु काे सहयोगमा जेब्राक्रसिङ बनाईएकाे हो ।
अस्पतालमा उपचार गर्न आउने बिरामी तथा वृद्धाहरू लाई सडक बारिपारी गर्न असहज भए पछि सबै पक्षकाे सहयोगमा सडकमा जेब्रा क्रसिङ बनाए काे रंगेली प्रहरीले जनाएको छ । रंगेली कानेपाेखरी सडक काे मुख्य मुख्य चाेकमा ट्राफिक प्रहरीले सडकमा राखिने प्लास्टिकको काेड राखे ठुला सवारी हरु ले ओभरटेग गर्न नसक्ने र दुर्घटना समेत नहुने भएको ले साे बिषयमा सम्धित नियकाले ध्यान दिए दुर्घटना नियन्त्रण हुने रंगेली ट्राफिक बिट का ईन्चार्ज नारद बस्नेतले बताए ।

भारतीय कारोबारी लाई रतुवामाई मा  दुई राउन्ड गाेली प्राहर।जेष्ठ १ मंगलबार दिलीप अग्रवालमोरङ को रतुवामाई  नगरपालिका-६ स्थि...
14/05/2024

भारतीय कारोबारी लाई रतुवामाई मा दुई राउन्ड गाेली प्राहर।
जेष्ठ १ मंगलबार
दिलीप अग्रवाल
मोरङ को रतुवामाई नगरपालिका-६ स्थित कादुपाडामा
प्रहरीले लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ।
पक्राउ गर्न खाेजदा प्रहरीले दुई राउन्ड गोली समेत चलाउनु पर्दा एक भारतीय नागरिक लाई दाईने खुट्टामा दुई गाेली लागेकाे प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने भारत किशनगंज धावा टाेल घर भएका ३४ वर्षीय भागिरथ हरिजन घाइते भएका छन ।
उनकाे खुट्टाको हड्डि भाचिएर उपचार भईरहेकाे प्रहरीले जनाएको छ । भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको र हरिजनको अहिले उर्लाबारी स्थित अरनीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भारतीय स्रोतका अनुसार भारतको किशनगंज घर भनेता पनि निजकाे घर अन्यत्र भएको हुन सक्ने र निजकाे आधारकाड समेत डुव्लिकेट भएको हुन सक्ने स्राेत ले जनाएको छ।

पब्लिक माध्यमिक विद्यालयमा भवन उद्घाटन र सम्मान कार्यक्रम सम्पन्न  ।जेष्ठ १ मंगलबार माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको...
14/05/2024

पब्लिक माध्यमिक विद्यालयमा भवन उद्घाटन र सम्मान कार्यक्रम सम्पन्न ।
जेष्ठ १ मंगलबार
माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको श्री पब्लिक माध्यमिक विद्यालय काे नवनिर्मित भवन काे उद्घाटन सम्पन्न भएको छ ।
संघिय सरकार ले नमुना विद्यालय कार्यक्रम अन्तर्गत ३ तले भवन र रंगेली नगरपालिकाको पूर्ण अनुदानमा २ तले भवन गरि २१ कोठे सुविधा सम्पन्न , छात्र,छात्रा हरुका ट्वाईलेट, छात्रा का लागि मैनावारी भएको समयमा अतिआवस्यक पर्ने चेन्जिङ रुम सहित भवन काे समेत उद्घाटन भएको छ । पानस मा बत्ती बालेर प्रमुख अतिथि रंगली नगरपालिकाका मेयर दिलिप वगडिया ले शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रम मा विशिष्ट अतिथि उपमेयर भूमा पराजुली, शिक्षा विकास तथा सम्न्वय इकाइ मोरङका इकाइ प्रमुख टंक प्रसाद गौतम, कार्यकारी अधिकृत ओमकार न्यौपाने, वडा अध्यक्ष , पुर्व शिक्षक , समाजसेवी भिखमचन्द सरल , विकर्ण कार्की , मनोज अग्रवाल, मचिन्द्र कटुवाल , विद्यालयका प्रधानाध्यापक अरबिन्द कुमार साह , शिक्षा अधिकृत रबिन्द्र पंडित, विद्यालयका शिक्षक शिक्षिका स्थानीय राजनीतिक दलका व्यक्ति लगायतको समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो।
वि.सं. २००८ सालमा मिडिल स्कूलको रुपमा स्थानीय चैनवाला धर्मशालाबाट शुभारम्भ भएको यस विद्यालयले भौतिक, शैक्षिक र प्राविधिक प्रगति गरी यस क्षेत्रमै अग्रणी स्थान ओगट्न सफल भएको र यस विद्यालयलाई नमुना विद्यालयको रुपमा शिक्षा विभागबाट स्वीकृत भइ कार्यान्वयन समेत भईरहेकाे र यस विद्यालयमा प्राविधिक शिक्षा राष्ट्रिय शैक्षिक नीति अन्तर्गत शिक्षण गराउन प्राविधिक विद्यालय डिप्लोमा इन सिभिल इन्जिनियरिङ सञ्चालन गर्न सम्बन्धन भई हाल सञ्चालनमा आइरहेको बिधालय का प्रधानाध्यापक अरबिन्द कुमार साह ले बताए।
बिधालय ले शैक्षिक सत्र २०८० मा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कक्षा १० मा अध्ययनरत छात्रा पूजा कुमारी मण्डल ले रंगेली नगर स्तरीय, जिल्ला स्तरीय मोरङ, कोशी प्रदेश स्तरीय ज्याबलिङ थ्रो खेलमा प्रथम स्थान हासिल गरी राष्ट्रिय स्तरको खेलमा सहभागी भई रगेली नगरपालिका, मोरङ जिल्ला तथा कोशी प्रदेशको नाम राख्न सफल भएकाे मां रंगेली नगरपालिकाका मेयर दिलिपगडिया ले उक्त छात्रालाई आफ्नो व्यक्ति गत रुपमा ल्यापटप दिएर पुरस्कृत गरी हस्तान्तरण गरेका छन् ।
जग्गा दाता भजनी देवी गोढी र दखनैया देवि गोढी काे परिवारको सदस्य धनसरी देवी गोढी लाई बिधालयले जग्गादाताको रूपमा जग्गादाता परिवारलाई दोसल्ला ओढाउनुको साथै मायाको चिन्ह समेत प्रदान गरेर सम्मान गरेको छ । मेयर बगडियाले निज धनसरीलाई आफ्नो तर्फबाट चाँदीको सिक्का समेत व्यक्तिगत रूपमा उपहार स्वरूप प्रदान गरेर सम्मान गरेका छन् ।

14/05/2024

श्रोत नखुलेको नेपाली रु ११ लाख ५६ हजार ४००, बरामत

बिमा प्राधिकरणको वार्षिकोत्सवको अवसरमा रक्तदानप्रदिप भुजेल, \ नेपाल बिमा प्राधिकरणको ५६औं वार्षिक उत्सवको अवसरमा ३० गते ...
13/05/2024

बिमा प्राधिकरणको वार्षिकोत्सवको अवसरमा रक्तदान
प्रदिप भुजेल, \ नेपाल बिमा प्राधिकरणको ५६औं वार्षिक उत्सवको अवसरमा ३० गते आईतबार ५५ जनाले रक्तदान गरेका थिए । नेपाल बिमा प्राधिकरण कोशी प्रदेशको आयाचेजनामा रक्तदान कार्यक्रम भएको थियो । सम्पूर्ण विमा कम्पनीहरुको संस्था नेपाल बिमा प्राधिकरणे पत्येक वर्ष जेठ १ गते वार्षिक उत्सव मनाउँदै आएको छ । Photo: Pradip bhujel

10/05/2024

जग्गा दाता ले जग्गा दिए पनि रतुवामाई काे भवन निर्माण कार्यमा ढिला सुस्ती।।
बैशाख २८ शुक्रबार
दिलीप अग्रवाल
माेरङकाे रतुवामाई नगर पालिका ७ स्थित सिजुवा मा नवनिर्मित भवन काे निर्माण कार्य सुरु भएको तीन वर्ष बितिसक्दा समेत काम न भएको कारण जग्गा धनी चिन्तित भएका छन्।
नगरपालिकाले भवन निर्माणकार्य काे लागि भुमि बीसीपीएल बिराटनगर लाई २०७८ भाद्र २८ गते निर्माण कार्यका लागि सम्झौता गरेका थिए। उक्त काम २०८१ भाद्र २५ गते निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भएता पनि अहिले २० प्रतिशत मात्रै काम सम्पन्न भएकाे नगरपालिका का ईन्जिन अंकित खड्काले बताए ।
नगर ले दुई तल्ले भवन, गेस्ट रुम, पार्किङ , घेराबेरा, सेक्युरिटी रूम , सहित भवन काे निर्माणकार्यकाे लागि ९ करोड ४१ लाख ६४ हजार १ सय ७४ रुपैयाँ भ्याट सहित ठेक्का लगाएकाे हाे ।
नगरपालिका लेखा अधिकृत निता सिग्देल संग नगरपालिका ले घर भाडा के कति तिर्दै हुनुहुन्छ भन्ने बिषयमा जानकारी लिन खाेज्दा उनलेे भनिन् तपाईँहरूलाई खाली नेगेटिभ समाचार मात्रै लेख्न आउँछ भवन त निर्माण भइरहेको छ त भन्दै उनले पन्छिन खोजेकी थिइन्।
२०७४ साल देखि नगरपालिका ले घर भाँडाबापत मासिक १ लाख५२ हजार रुपैयाँ का दरले बार्षिक १८ लाख २४ हजार रुपैयाँ तिर्दै आईरहेकाे छ । नगरपालिका ले ६ बर्षकाे अबधिमा १ करोडौं ९ लाख ४४ हजार रुपैयाँ भाडा बापत रकम तिरिसकेकाे छ तर स्थानीय भीमप्रसाद भट्टराई र उनका दाजु टेक नाथ भट्टराईले नगरपालिका सिजुवा बजार मै राख्ने उद्श्य का साथ दाजु भाइ पैत्रिक सम्पति बाट २०७८ सालमा नगरपालिका को भवन निर्माणका लागि आफूहरू ले एक बिघा जग्गा नगरपालिका लाई पास समेत गरेर दिएकाे उनले बताए ।
तर ३ बर्ष बितिसक्दा समेत नगरपालिका काे नयाँ भवन निर्माणकार्य ढिला सुस्ति हुदा आफू हरु लाई दुख समेत लागिरहेको भीम प्रसाद ले बताए ।

२१८ किलो १७५ ग्राम भएको १० बोरा गाँजा फेला
09/05/2024

२१८ किलो १७५ ग्राम भएको १० बोरा गाँजा फेला

बिहानको राती ०१:३० बजेको समयमा जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ३ हाथिबन्दा भन्ने स्थानमा लागू औषध गाँजा ओसारप....

09/05/2024

रंगेली अस्पताल मा प्रसुति महिलाहरूका लागि पाेषणयुक्त फुड बितरण अभियान सुरु ।।
बैशाख २७ बिहीबार
दिलीप अग्रवाल
कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय ले रंगेली अस्पतालमा प्रसुति गराउन आएका महिलाहरूका लागि पोषण युक्त फूड बितरण गरेकाे छ ।
प्रस्तुतिको समयमा राम्रो हुने र नवजात शिशुको लागि प्रायप्त मात्रामा दुघ आउने भएको हुनाले स्वास्थ्य मन्त्रालय ले प्रस्तुतिकाे लागि एफ माइक्रोन्यूट्रिएन्ट फोर्टिफाइड फूड नामक पाेषणयुक्त फुड वितरण गरेको हो।
विशेष गरेर गर्भवती र सुत्केरी महिला हरु का लागि निशुल्क रुपमा बितरण गर्ने प्रदेश सरकारले यस्तो अभियान लाई अगाडि बडाएकाे हाे ।।

रंगेली अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै रंगेली नगरपालिका को उपमेयर भूमा पराजुली, अस्पतालका मेसु बसन्त कुमार साह, डाक्टर सुरज अर्याल , समितिका अध्यक्ष देवमणि कटुवाल, सदस्य अजिम आलम, अस्पताल कर्मचारी ओपि यादव, पंकज मंण्डल, मिरा बराईली लगायत ले रंगेली अस्पतालमा प्रसुती गराउन आएका पाेषण युक्त फुड एक प्रसुतिलाई ३ केजी का दरले फूड बितरण गरेका छन । रंगेली अस्पतालमा प्रसुति गराउन आउने रंगेली, सुनबर्सी , रतुवाई , धनपालथान लगायतका स्थानका महिला हरु प्रसुती गराउन आएका सबै पालिका भित्र का महिला हरू लाई समेत पोषणयुक्त फुड दिने उपप्रमुख भुमा पराजुले बताईन ।
पहिलो चरणमा स्वास्थ्य कार्यालय ले १९ सय केजी फुड ६ सय ३४ जना लाई बितरण गर्ने भएको छ। प्रदेश सरकारले ४९ हजार ९ सय ६० रुपैयाँ बराबरको रहेको फुड बितरण समेत गरेको अस्पताल प्रशासन का ओपि यादव, ले बताए । उक्त फुड ५० ग्रामका दरले दैनिकी लिटाे बनाएर सुत्केरी महिलाले खाने भएका ले एक महिना सम्म पुग्ने र पछि घरमै दाल,गेडागुडी लगायत बनाएर खाने गरेपछि प्रसुति महिलालाई स्वास्थ्यमा कुनै समस्या नआउने र बच्चासँगै स्वास्थ्य रहने रंगेलीका मेसु वसन्त कुमार साहले बताए।

06/05/2024

भारतीय नाका ३ दिन बन्द, यात्राको टिकट देखाएर मात्रै भारतीय भूमिमा प्रवेश गर्न पाइने

05/05/2024

आज बैशाख २३ गते देखि २५ गते राति सम्म जोगबनी नाका बन्द

03/05/2024

रंगेली नगरपालिका मा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न ।
बैशाख २१ शुक्रबार
दिलीप अग्रवाल
कोशी प्रदेश प्रहरी कार्यालय द्वारा प्रदेश भरिनै सन्चालमा ल्याएको दुर्व्यसन विरुद्ध आमाहरु अभियान कार्यक्रम लाई रंगेली प्रहरीले सक्रियता का साथ अगाडि बडाएकाे छ।
प्रहरीले रंगेली नगरपालिका को सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै अभियानलाई अगाडि बढाउन थालेको हाे । कार्यक्रममा रंगेली प्रहरी निरीक्षक बुद्धिराम चौलागाई ले “दुर्व्यसन विरुद्ध आमाहरु” अभियानको औचित्यमाथी प्रस्ट समेत पारेका थिए ।
रंगेली नगरपालीका का प्रमुख दिलीप बगडियाले कार्यक्रमको बारेमा एक व्यक्तिले मात्रै समाज परिवर्तन नहुने तर सबै नगर वासी ले र खास गरी आमा ले आफ्ना बच्चा लाई बढी बुझ्ने हुँदा आफ्नो तर्फबाट लागि परे समाजमा लागुओैषध मुक्त हुने र न्यूनीकरण समेत हुने बताए ।
कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत ओमकार न्यौपाने, महिला सञ्जालका पुनम सापकोटा, अन्नपूर्ण मण्डल, शान्ता श्रेष्ठ, गायत्री श्रेष्ठ, औषधी व्यवसायी पंकज मंण्डल, नरेश मंण्डल नगर क्षेत्रमा सक्रिय महिला, अधिकारकर्मी लगायत काे उपस्थिती समेत रहेको थियो । दुर्व्यसन विरुद्ध आमाहरु अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाकी उप-प्रमुख भुमा पराजूलिको अध्यक्षतामा १० सदस्यीय पालिका स्तरिय समिति समेत गठन गरिएको छ ।

03/05/2024

सुनवर्षी नगरपालिकाको गम्भीर लापरबाही ? स्वास्थ चौकीमा छैन समस्य औषधि ।

01/05/2024

तस्करी को अनेक उपाई
अवैध रुपमा जोगबनी नाकामा भारतबाट टेम्पुको सामान जिउमा लुकाई राखेको सामान पक्राउ

28/04/2024

दिलीप अग्रवाल
बैसाख १६ आईतवार
"हर प्रहर,गाउँ र नगरी टोल टोल नेपाल प्रहरी"भन्ने मूल नारा का साथ समुदाय प्रहरी साझेदारी ले सुनबर्शी नगरपालीका मा एक कार्यक्रम को आयोजना गर्दै दुर्व्यसनी विरुद्ध आमा हरू को समिति गठन गर्दै ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरीक्षक बुद्धि राम चौलागाईं को भनाई ।

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Express Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Express Online:

Videos

Share



You may also like