Routine of MADI Banda

Routine of MADI Banda our effort is to inform about holiday, banda (not to promote) by which no one will face inconvenience that day and also post information, quotes, meme etc

बिदा सम्बन्धी सूचना
10/02/2023

बिदा सम्बन्धी सूचना

:  माडि  नगरपालिका को अभिभावक ज्यु हरु स्काउट पहिरनमा 🙏   Nepal Scout Chitwan  चितवन स्मार्ट स्काउट क्रु
26/01/2023

: माडि नगरपालिका को अभिभावक ज्यु हरु स्काउट पहिरनमा 🙏 Nepal Scout Chitwan चितवन स्मार्ट स्काउट क्रु

सुचना सुचना सुचना  माडि का बालक हराएको सुचना  नाम : बिपिन पँगेनीउमेर : १४ बर्ष ठेगाना : माडि -३ बसन्तपुर   कहि कतै , तपा...
24/01/2023

सुचना सुचना सुचना
माडि का बालक हराएको सुचना
नाम : बिपिन पँगेनी
उमेर : १४ बर्ष
ठेगाना : माडि -३ बसन्तपुर
कहि कतै , तपाइँको घर नजिकै देख्नु भयो भने तुरुन्त तल रहेको नम्बर मा फोन गरिदिनु होला 🙏
( share this post to reach him )

चितवन । शहरी विकास मन्त्री बिक्रम पाण्डेले पदभार ग्रहण गर्नुभएको छ । सपथग्रहणसंगै मन्त्रालय पुगी पदभार ग्रहण गर्दैै माडी...
17/01/2023

चितवन । शहरी विकास मन्त्री बिक्रम पाण्डेले पदभार ग्रहण गर्नुभएको छ ।

सपथग्रहणसंगै मन्त्रालय पुगी पदभार ग्रहण गर्दैै माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३ का सांसद समेत रहनुभएका पाण्डेले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणसंगै पहिलो निणर्यमा हस्ताक्षर गर्दै उहाँले हरेक आधा घण्टामा झोलुंंगे पुल निर्माण गर्ने निणर्यमा हस्ताक्षर गर्नुभएको छ । उहाँले पहिलो निणर्यमा हस्ताक्षर गर्दा पण्डितले मन्त्र वाचन गरेका थिए ।

नदी तर्नका लागि हरेक आधा घण्टामा झोलुंगे पुल निर्माण ३ वर्षभित्र गरिसक्ने पहिलो निणर्यमा मन्त्री पाण्डेले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर गरेपछि उहाँले मन्त्रालयको समस्या आफूलाई थाहा भएकाले काम गर्न सहज हुने बताउनुभयो ।


२०७९ माघ ०6 गते मंगलबार दिउँसो 6:56 मा प्रकाशित

Breaking: जबरजस्ती करणीको मुद्दा लागेका पल शाहले तनहुँ जिल्ला अदालत बाट सफाई पाएका छन्।
17/01/2023

Breaking: जबरजस्ती करणीको मुद्दा लागेका पल शाहले तनहुँ जिल्ला अदालत बाट सफाई पाएका छन्।

07/01/2023

माडी नगरपालिका ७ किर्तनपुर निवासि इन्द्रजित कुँवरको घरमा आगलागी हुदा घरको भान्सामा क्षति पुगेको छ। आगलागीबाट भान्सामा रहेका सबै सामानहरु जलेर नष्ट भएको छ।आगलागीको कारण अझै पत्ता नलागेको कुँवरले बताउनुभयो ।

25/12/2022

चितवन । नेपाल स्काउट माडी नगर समितिको शीतकालीन क्याम्प मा.बि.को प्राङ्गणमा जारी रहेको छ ।

माडीका ६ वटा बिद्यालयमा सञ्चालनमा रहेका स्काउट ट्र्पहरुको बृद्धिबिकास र स्काउटले गर्ने सेवाका बारेमा प्रचार प्रसारसंगै स्काउटद्वारा तयार गरिएका सुपरमेन जम्प लगायतका ११ ओटा जीवन उपयोगी शीपहरुको प्रदर्शन र प्रयोगका लागि क्याम्प आयोजना भएको हो ।

समितिका संयोजक भविश्वर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन क्षेत्र नं. ३ (ख) का प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल प्रमुख अतिथिको रूपमा रहनुभएको थियो । कार्यक्रमको उद्घाटन माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजी महतोले गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षक, बिद्यार्थी एवं सामाजिक ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । क्याम्प अन्तरगत आइतबार राती नगर प्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यतामा क्याम्प फायर र सोमबार दिक्षान्त कार्यक्रम रहेको अध्यक्ष भविश्वर ढकालले जानकारी दिनुभयो ।

#स्वदेश न्युज डेस्क
२०७९ पाैष १० गते आइतबार साँझ 6:45 मा प्रकाशित

25/12/2022

चितवन । माडीमा जीवनपुरदेखि बगहीँसम्मको हुलाकी सडकमा कालोपत्रे र पतरे खोलामा पुल निर्माण अलपत्र छाड्ने ठेकदार कम्पनीहरू बिरूद्ध ब्यानर सार्वजनिक गरी दबाब दिइने भएको छ ।

'समृद्धिका लागि युवा अभियान माडी'ले हुलाकी सडकको पुरानो पिच भत्काई अलपत्र छाड्दै नयाँ कालोपत्रे सुरु नगरेका 'बज्रगुरु र ढुकुचु जे.भी.' तथा पतरे खोला पुल निर्माणको ठेकदार कम्पनी 'लोहनी एण्ड ब्रदर्श'लाई दबाबमूलक व्यानर सार्वजनिक रुपमा टाँस गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

पुल र सडक निर्माणमा दबाबका लागि माडीका युवाहरुले सुरुवात गरेको सो अभियानले सोमबार बिहान ११ बजे किर्तनपुर, ११ः३० बजे पतरे खोला पुल, १२ बजे जीवनपुर, १२ः३० बजे जनजीवन मा.वि. र बजे वडा नं. ९ कार्यालयमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।

अभियानले आइतबार माडीका निर्माणाधीन परियोजनाहरुको अनुगमन गरी निर्माण कार्य जारी राखेका र सम्पन्न गरेका निर्माण कम्पनीहरुलाई धन्यवाद ज्ञापन समेत गरेको थियो ।


२०७९ पाैष १० गते आइतबार साँझ 6:44 मा प्रकाशित

20/12/2022

बस र स्कुटर आपसमा ठक्कर खाँदा एक जना घाइते ।।

बगहीबाट भरतपुर तर्फ जाँदै गरेको यात्रुबहाक बस र बसन्तपुरबाट रामराज्यपुर तर्फ जाँदै गरेको स्कुटर एक आपसमा ठक्कर खाँदा एक जना घाइते हुनु भएको छ । घाइते हुनेमा माडी नगरपालिका ६ रामराज्यपुर निवासी हरिमाया आचार्य रहनु भएको छ ।

बगहीबाट भरतपुर तर्फ जाँदै गरेको ना ४ ख १९४७ नम्बरको यात्रुबहाक बस र आचार्य सवार प्रदेश २ -०३-००३ प १८३७ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएका थिए । घाइते आचार्यको अहिले माडीको बघौडा अस्पतालमा उपचार भै रहेको छ,उहाँको खुट्टामा चोट लागेको छ ।

14/12/2022

चितवन । घाँसदाउराका लागि चितवन राष्ट्रिय निकुञ्जभित्र जाँदा हराइरहेका माडी धोबाहाका बृद्ध सकुशल भेटिएका छन् ।

माडी-३, धोबाहा निवासी ७८ बर्षका बृद्ध पाहुन महतो निकुञ्जभित्र राप्ती नदी नजिकै टाइगर टप्स क्षेत्रमा भेटिनुभएको हो । उहाँलाई माडी-१, पाण्डवनगर निवासी रतिया बोटले माछा मार्न जाने क्रममा जंगलभित्र भेटेर पाण्डवनगर गाउँमा ल्याउनुभयो।

३ दिनसम्म जंगलभित्रै हराएका महतो कमजोर र थकित अवस्थामै भएपनि सकुशल भेटिएसंगै गाउँलेहरु खुसी हुँदै जुस र खाना खुवाएका छन् ।

घाँसदाउराका लागि रीउ नदी पार गरी निकुञ्ज छेउको घाँसे मैदानमा जानुभएका महतो आइतबार साँझदेखि सम्पर्कबिहीन रहनुभएको थियो ।

उहाँको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीहरुले सामुहिक प्रयास गरेका थिए । महतोलाई घरमा ल्याउन उहाँका परिवार सदस्यहरु पाँचपाण्डव पुगेको स्थानीयबासी कृष्ण बहादुर पोखरेलले जानकारी दिनुभयो ।


२०७९ मंसिर २८ गते बुधबार साँझ 6:04 मा प्रकाशित

13/12/2022

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सुविधाप्राप्त बाटो अन्तरगत बनकट्टा ध्रुब खण्डमा पुनः ध्रुबे हात्तीको त्रास बढेको छ ।

मंगलबार भरतपुरबाट माडी आइरहँदा बनकट्टा पोष्ट नजिकै ध्रुबे हात्तीले एक मोटरसाइकललाई कुल्चेर क्षती गरेको छ । हात्तीसंग जम्काभेट भएलगत्तै चालकले मोटरसाइकल छाडी भागेर ज्यान बचाएका थिए ।

क्षतीग्रस्त मोटरसाइकललाई बनकट्टा पोष्टका सेनाको सहयोगमा जंगलबाहिर ल्याइएको हो । हात्तीले मोटरसाइकलमा सवार अन्य यात्रुहरुलाई पनि लखेट्ने प्रयास गरेको निकुञ्ज पार गरेका अन्य यात्रुहरु बताउँछन् ।

ध्रुबे हात्तीले २०६६ सालयता १५ बढीको ज्यान लिइसकेको छ भने सयौं घर भत्काई क्षती गरेको छ । लगातार जनधनको क्षती गरिरहेको सो हात्तीलाई मार्न जनस्तरबाट व्यापक दबाब रहेपनि निकुञ्जले रेडियो कलर जडान गरी निकुञ्जमै छाडेको छ ।


२०७९ मंसिर २७ गते मंगलबार दिउँसो 08:16 मा प्रकाशित

चितवन । माडीका शैक्षिक धरोहर एवं जनजीवन माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक देव प्रसाद पौडेलको निधन भएको छ ।जनजीव...
11/12/2022

चितवन । माडीका शैक्षिक धरोहर एवं जनजीवन माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक देव प्रसाद पौडेलको निधन भएको छ ।

जनजीवन माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यापकका रुपमा २०३७ देखि २०५५ सालसम्म शिक्षण गरी २०५५ सालदेखि माडी माध्यमिक विद्यालय बसन्तपुरको प्रधानाध्यापकका रुपमा सेवा गरी निवृत्त हुनुभएका पौडेलको आइतबार निधन भएको हो ।

त्यस्तै, दिवंगत पौडेलले माडी क्याम्पसको संस्थापक प्राध्यापकका रुपमा २०५३ देखि २०७३ सालसम्म करिब २० बर्ष शिक्षण सेवा गरी निवृत्त हुनु भएको थियो । केहि बर्ष उहाँले पिसल्याण्ड अंग्रेजी बोर्डिङ स्कुलमा समेत शिक्षण गर्नुभएको थियो । उहाँ लामो समयदेखि बिरामी अवस्थामा उपचार सहित बसन्तपुर बजारस्थित निवासमै स-परिवार रहनुभएको थियो ।


२०७९ मंसिर २५ गते आइतबार O5:46 मा प्रकाशित

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले पुनः माडीको कुसुमखोलामा चेपाङका घरहरु भत्काएको छ ।निकुञ्जको बगहीं पोष्टमा कार्यरत सेना...
08/12/2022

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले पुनः माडीको कुसुमखोलामा चेपाङका घरहरु भत्काएको छ ।

निकुञ्जको बगहीं पोष्टमा कार्यरत सेना र निकुञ्जका कर्मचारीहरु दिउँसो १२ देखि ३ बजेसम्म कुसुमखोलाका विभिन्न गाउँमा पुगी १० वटा घरहरु र एकवटा मन्दिर भत्काएका हुन् ।

बुधबार दिउँसो पैदलै हिँडेर कुसुमखोला पुगेका सेना र निकुञ्जका कर्मचारीहरुले भत्काइने घरबाटै बञ्चरो र खुर्पा लिएर घरहरु भत्काएको कुसुमखोलाबासी काजीमान चेपाङले बताउनुभयो ।

घर भत्काइसकेपछि सेनाले बञ्चरो र खुर्पाहरु साथमै लगेको अर्का कुसुमखोलाबासी दिलाल चेपाङले बताउनुभयो । हाल कुसुमखोलामा ३० घरधुरी चेपाङहरुको बसोबास रहेको छ ।

करीब २ बर्षअघि हात्ती लगाई निकुञ्जले सो बस्तीमा आगजनी गरेपश्चात पातलिएको कुसुमखोला बस्तीमा हाल विभिन्न स्थानबाट आएका थप चेपाङ परिवारहरु बस्न थालेका हुन् ।

२०७९ मंसिर २२ गते बिहीबार दिउँसो 4:54 मा प्रकाशित

05/12/2022

चितवन । माडी नगरपालिकाको स्थानीय बिपद् तथा जलवायु उत्थानशील योजना एवं बिपद् पूर्वतयारी तथा प्रतिकार्य गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

गुरुयोजना निर्माण अन्तरगत बिज्ञ समूहले तयार गरेको मस्यौदामा सोमबार छलफल गरिएको छ । छलफलमा माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल एवं वडाध्यक्षहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

मुख्यतः बर्षा, बाढी र बन्यजन्तुजन्य बिपद् झेल्दै आएको माडी क्षेत्रमा आगलागी, हावाहुरी र चट्याङ पनि बिपद्को कारण बन्ने गरेका छन् ।

सो बिपद्हरुको अवस्था केलाउँदै सामान्य र जटिल अवस्थाको बिपद् व्यवस्थापन एवं पूर्वतयारी सम्बन्धी योजना तयार गर्न नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)को सहयोगमा नगरस्तरीय गुरुयोजना निर्माण भइरहेको हो ।


२०७९ मंसिर १९ गते सोमबार

05/12/2022

माडिमा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने भएको छ।बसन्तपुरमा हुन लागेको २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण माडी गोल्डकप फुटबल प्रतियोगिता आउँदो माघ पहिलो सातादेखि सुरु हुने आयोजक गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लबले बताएको छ।
माघ १४ गतेसम्म जारी रहने उक्त प्रतियोगितामा काठमाडौं, वीरगन्ज, सर्लाही, पोखरा, चितवन र भारतका गरी उत्कृष्ट ८ टिमको भिडन्त रहने सहआयोजक साइड नेपाल बसन्तपुरले जनाएको छ।प्रतियोगिताका विजेता टोलीले रु ३ लाख र उपबिजेताले १ लाख ५० हजार साथमा ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

चितवन । बाटो अत्यधिक धुलाम्य हुँदा जनजीवन प्रभावित भएको गुनासो सहित स्थानीयले वडा कार्यालयको ध्यानाकर्षण गराएको तेश्रो द...
03/12/2022

चितवन । बाटो अत्यधिक धुलाम्य हुँदा जनजीवन प्रभावित भएको गुनासो सहित स्थानीयले वडा कार्यालयको ध्यानाकर्षण गराएको तेश्रो दिनमै माडीको कीर्तनपुरमा बाटो मर्मत सुचारू भएको छ ।

माडी नगरपालिका-७ स्थित कीर्तनपुर बजारदेखि गोपालनगर हुँदै गौरीनगर जाने निर्माणाधीन बाटोमा कालोपत्रे सडक निर्माण सुचारु भएको हो ।

कालोपत्रे गर्नका लागि बर्षायाम अगावै सबबेस राखेको भएपनि कालोपत्रे नगरिँदा सडक धुलाम्य भएको गुनासोसहित प्रभावित क्षेत्रका बासिन्दाहरूले वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्राप्त ज्ञापनपत्र अनुसार वडाध्यक्ष चन्द्रकुमारी बानियाँले निर्माण ठेकदार पक्षसंग सम्पर्क र समन्वय गर्नुभएकोमा शनिवार बिहानबाट बाटो निर्माण कार्यले निरन्तरता पाएको हो ।

निर्माण कार्यमा स्थानिय बासिन्दाहरुबाट कुनै अबरोध नभए आउँदो पौष १५ गतेभित्रै निर्माण कार्य सम्पन्न गरिसक्ने निर्माण व्यवसायी (ठेकदार) पक्षले जनाएको स्थानीय युवा हरि रानाभाटले जनाउनुभयो ।

02/12/2022

"प्यार" र "पि.आर" को घमासान युद्ध चलेको छ रे है मंसिर महिनामा🤝😄

30/11/2022

चितवन । दुईपटक रोकिन पुगेको साइड नेपाल कप अन्तरमाडी फुटबल प्रतियोगिताको छैठौं संस्करण अन्ततः मंसिर २४ गतेबाट सञ्चालन हुने भएको छ ।

साइड नेपाल क्लब, बसन्तपुर माडीको आयोजनामा हरेक बर्ष दशैं तिहार कपको नाममा सञ्चालन हुनेगरेको सो प्रतियोगिता यसबर्ष दुईपटकको स्थगन पश्चात 'साइड नेपाल कप'को नाउमाँ सञ्चालन गर्न लागिएको आयोजकले जनाएको हो ।

मंसिर २४ गते सुरु हुने प्रतियोगिता पौष ९ गतेसम्म माडीको बसन्तपुर बजारस्थित चौरमा सञ्चालन हुने प्रतियोगिताका संयोजक रामु क्षेत्रीले बताउनुभयो । टिम दर्ताको समयसीमा भने मंसिर २१ सम्म रहेको छ ।

शिल्ड, मेडल र प्रमाणपत्र सहित प्रतियोगिताको प्रथम पुरस्कार रु. १ लाख ६० हजार र द्वितीय पुरस्कार रु. ८० हजारका साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत नगद सहित सम्मान गरिने जनाइएको हो ।

प्रतियोगिताको मुख्य-प्रवर्द्धक माडी नगरपालिका र प्रवर्द्धकमा चितवन जिल्ला फुटबल संघ रहेको छ ।


२०७९ मंसिर १४ गते बुधबार साँझ 6:56 मा प्रकाशित

30/11/2022

जग्गा खण्डिकरण लगायतका अन्य जनहित बिपरितका काम नगर्नुहोस् :नेपाल कम्युनिष्ट पार्टी चितवन ।।

नेत्र बिक्रम चन्द बिपल्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले बुधबार (आज) नापी कार्यालय माडीका कार्यालय प्रमुख एवं कर्मचारीहरुलाई भ्रष्टाचार र अनियमितताका विषयमा बिशेष ख्याल राख्न ध्यानाकर्षण गराएको छ ।

जिल्ला इन्चार्ज संदेश पौडेलको नेतृत्वमा नापी कार्यालय माडीमा पुगेको नेकपाका जिल्लास्तरीय नेताहरुले कार्यालयका प्रमुख नवराज घिमिरे सहित कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई भेटेर माडी नगरपालिका क्षेत्र भित्र भ्रष्टाचार र अनियमितता बढेको उल्लेख गर्दै आफु खुशी जग्गा खण्डिकरण गर्ने-गराउने एवं काममा ढिलासुस्ती गर्ने जस्ता अराजक प्रवृतिलाई बढावा नदिन आग्रह गर्दै,आगामी दिनमा यस्तो कार्य पुन: दोहोर्रिएको देख्न वा सुन्न पाइएमा आफ्नो पार्टीले जनताको माझमा लगेर कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

साथै चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा र प्रदेश सभामा जग्गा खण्डिकरणका विषयमा विवादास्पद छवि भएका व्यक्तिहरुले जितेको दावी गर्दै उनीहरुको मिलेमतोमा जग्गा खण्डिकरण लगायतका अन्य जनहित बिपरितका काम भएको पाइएमा खुलेरै बिरोधमा उत्रने उनीहरुको भनाई छ।

चितवन । प्रदेशसभा निर्वाचन अन्तरगत चितवन ३(ख) मा लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का ठाकुर प्रसाद...
26/11/2022

चितवन । प्रदेशसभा निर्वाचन अन्तरगत चितवन ३(ख) मा लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का ठाकुर प्रसाद ढकाल बिजयी हुनुभएको छ ।

ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा उम्मेदवार रिना गुरुङ र नेकपा (एमाले)का उम्मेदवार सरस्वती बिष्ट लगायतका प्रत्यासीहरुलाई पराजित गर्नुभएको हो ।

खसेको कुल ४४०६८ मतमध्ये ढकालले १५४६१ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्दीका रुपमा गुरुङले १४६१५ र एमाले उम्मेदवार बिष्टले १०१२४ मत पाउनुभयो । अन्य उम्मेदवारहरुले उल्लेख्य मत पाएनन् ।*

ढकाल यसअघि माडी नगरपालिकाका नगरप्रमुख एवं साविक गर्दी गा.वि.स.को दुई कार्यकाल अध्यक्ष रहनुभएको थियो । उहाँ नेकपा (माओवादी केन्द्र)का बैंकल्पिक केन्द्रीय सदस्य रहनुभएको छ ।

ढकालको जीतलाई चितवन जिल्लामा नेकपा (माओवादी केन्द्र)को सान्त्वना जीतका रुपमा लिइएको छ । सो पार्टीबाट चितवनमा प्रदेशसभा २(क)मा घनश्याम दाहाल अविनाश र प्रतिनिधिसभा क्षेत्र नं. ३ मा डा. भोजराज अधिकारीको पनि उम्मेदवारी रहेकोमा दुबैको पराजय भएको हो ।


२०७९ मंसिर ०९ गते शुक्रबार राती १०:२५ मा प्रकाशित । (*अपडेट)

चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी हुनुभएको छ ।रा.प्र.पा.का ...
26/11/2022

चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी हुनुभएको छ ।

रा.प्र.पा.का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका पाण्डेले लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा. भोजराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बराल र नेकपा एमालेको समर्थन पाउनुभएका नेपाली काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार दिनेश कोइराला लगायतलाई पराजित गर्नुभएको हो ।

पाण्डेले ३५०५५ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्दीका रुपमा माओवादी केन्द्रका डा. अधिकारीले २५८२२, रा.स्व.पा.का जिता बरालले १४८४२ र स्वतन्त्र उम्मेदवार कोइरालाले १२२७५ मत पाउनुभयो । अन्य उम्मेदवारहरुले उल्लेख्य मत पाएनन् ।*

लगातार दुई दशक*भन्दा लामो अवधीदेखि यसै क्षेत्रबाट चुनाब लड्दै आउनुभएका पाण्डे यसअघि २०७० सालको दोश्रो संबिधानसभामा निर्वाचित भई वनमन्त्री एवं भूमिसुधार मन्त्री हुनुभएको थियो । उहाँको पार्टीबाट चितवन ३(क)मा गिर बहादुर (ज्ञानुजंग) लामा प्रदेशसभामा निर्वाचित हुनुभएको छ भने जिल्लाका अन्य उम्मेदवारहरु पराजित भएका छन् ।


२०७९ मंसिर ०९ गते शुक्रबार राती १०:२३ मा प्रकाशित (*अपडेट)

चितवन-३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै,पाण्डे जित नजिक, माओवादीका भोजराज अधिकारी दोस्रोमा
24/11/2022

चितवन-३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै,पाण्डे जित नजिक, माओवादीका भोजराज अधिकारी दोस्रोमा

23/11/2022

चितवन क्षेत्र नम्बर ३ मा पाण्डेलाई 6 हजार बढी मतकाे अग्रता ।।

माडी नगरपालिकालाई समेत समेट्ने चितवन क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिक्रम पाण्डेले ६ हजार ४ सय ८२ मतले अग्रता लिनु भएको छ।

प्राप्त जानकारी अनुसार उम्मेदवार पाण्डेले १४ हजार ४ सय ७१ मत प्राप्त गरि अग्र स्थानमा रहनु भएको छ। उहाँका निकटतम प्रतिष्प्रर्धी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार डाक्टर भोजराज अधिकारीले ७ हजार ९ सय ८९ मत प्राप्त गर्नु भएको छ । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ७ हजार ५ सय ४१ मत प्राप्त गरि तेश्रो स्थानमा रहनु भएको छ । नेकपा (एमाले)को समर्थन प्राप्त काँग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले ४ हजार ८ सय ३१ मत ल्याई चौथो स्थानमा रहनुभएको छ ।

चितवन क्षेत्र नं. ३ मा १ लाख ४४ हजार २८३ मतदाता मध्ये ९४ हजार ३७५ जनाले (६५.४१ प्रतिशत) मतदान गर्नु भएको थियो ।

23/11/2022

चितवन क्षेत्र नम्बर ३ को मतगणनामा राप्रपाका उम्मेदवार पाण्डेको अग्रता कायमै ।।

माडी नगरपालिकालाई समेत समेट्ने चितवन क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिक्रम पाण्डेले ५ हजार ४ सय ११ मतले अग्रता लिनु भएको छ।

प्राप्त जानकारी अनुसार उम्मेदवार पाण्डेले १२ हजार ६ सय ५० मत प्राप्त गरि अग्र स्थानमा रहनु भएको छ। उहाँका निकटतम प्रतिष्प्रर्धी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार डाक्टर भोजराज अधिकारीले ७ हजार २ सय ३९ मत प्राप्त गर्नु भएको छ । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ७ हजार १ सय ३० मत प्राप्त गरि तेश्रो स्थानमा रहनु भएको छ । नेकपा (एमाले)को समर्थन प्राप्त काँग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले ४ हजार ६ सय ०५ मत ल्याई चौथो स्थानमा रहनुभएको छ ।

चितवन क्षेत्र नं. ३ मा १ लाख ४४ हजार २८३ मतदाता मध्ये ९४ हजार ३७५ जनाले (६५.४१ प्रतिशत) मतदान गर्नु भएको थियो ।

22/11/2022

चितवन । मध्यपूर्वी माडीको महत्वपूणर् पर्यटकीय क्षेत्र बैकुण्ठेधाममा आज मंगलबार बालाचतुर्दशी मेला लाग्दैछ ।

मेलाको सम्पूर्ण तयारी पूरा भएको मेला तथा पूजा व्यवस्थापन मूल आयोजक समितिका सचिव विकास गायकले जानकारी दिनुभयो । बैकुण्ठ क्षेत्रमा गएराती नै श्रद्धालु भक्तजनहरु पुगेका छन् र राती भजनकीर्तन समेत भएको छ ।

नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृति मध्यको बालाचतुर्दशीलाई सनातन हिन्दू धर्म अन्तर्गत विशिष्ट महत्व सहित मान्ने प्रचलन रहेको छ । बालाचतुर्दशी पर्वका अवसरमा सतबीज रोपण गरी पितृ उद्दारको कामना गर्ने प्रचलन रहेको छ ।


२०७९ मंसिर ०६ गते मंगलबार बिहान 08:20 मा प्रकाशित

21/11/2022

चितवन । चितवन क्षेत्र नं. ३ को मतगणना सुरु हुँदा नेकपा (एमाले)को समर्थन प्राप्त काँग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले सुरुवाती अग्रता लिनुभएको छ ।

यस क्षेत्रमा कोइरालासंगै लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का डा. भोजराज अधिकारी, राप्रपाका बिक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालबिच सुरुवाती कडा प्रतिस्पर्धा देखिएको हो ।

सुरुवाती ११५५ मतगणना हुँदा कोइरालाले २९६ मत पाउनुभएको छ । त्यस्तै डा. अधिकारीले २५५, पाण्डेले २६५, बरालले २४८ मत र काँग्रेसकै बागी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ मत पाउनुभएको छ ।

त्यस्तै प्रदेशसभातर्फ चितवन ३(क)को मतगणना जारी रहँदा ११५५ मतगणनामा गठबन्धन अन्तरगत नेपाली काँग्रेसका सुर्यकान्त घिमिरेले ४६८, नेकपा (एमाले)का कृष्ण भुर्तेलले ३२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानजंग लामाले ३३४ मत पाउनुभएको छ ।

यस क्षेत्रमा समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । यो समाचार पोस्ट गर्दासम्म रा.स्व.पा.ले ५६५ मत पाउँदा नेपाली काँग्रेसले १८५ र नेकपा (एमाले)ले १३५ मत पाएका छन् ।

मतगणना जारी रहेको र निरन्तर दिनरात मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हाल दलीय उम्मेदवारहरुले पाएको मतको चाङ लगाउने क्रम रहेकाले अर्को अपडेट केहि समयपछि मात्रै आउने बुझिएको छ ।


२०७९ मंसिर ०५ गते सोमबार साँझ ०७:१३ मा प्रकाशित

21/11/2022

चितवन क्षेत्र न २ को मतगणना अपडेट:
इच्छाकामना २ वटा वडाको गणना सकियो ।
२२८५ गणना हुदा
कृष्णभक्त पोखरेल (सुर्य): ११४४
रवि लामिछाने (घन्टी): २६०
उमेश श्रेष्ठ (रुख): ७०४

चितवन । मध्यपूर्वी माडीको महत्वपूर्ण पर्यटकीय क्षेत्र बैकुण्ठेधाममा आउँदो मंसिर ६ गते बालाचतुर्दशी मेला लाग्ने भएको छ ।म...
17/11/2022

चितवन । मध्यपूर्वी माडीको महत्वपूर्ण पर्यटकीय क्षेत्र बैकुण्ठेधाममा आउँदो मंसिर ६ गते बालाचतुर्दशी मेला लाग्ने भएको छ ।

मेलाको तयारी र व्यवस्थापनका लागि राजकुमार परियारको संयोजकत्वमा १३ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । समितिको सचिव विकास गायक र कोषाध्यक्षमा महन्त काफ्ले रहनुभएको छ ।

मेला र पूजा व्यवस्थापनका लागि प्रचार प्रसार, बजार व्यवस्थापन, खानेपानी सरसफाई व्यवस्थापन, स्वयंमसेवक युवा खेलकुद व्यवस्थापन, आर्थिक व्यवस्थापन, सांस्कृतिक मञ्च व्यवस्थापन गठन भएका छन् ।

नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृति मध्यको बालाचतुर्दशीलाई सनातन हिन्दू धर्म अंतर्गत विशिष्ट महत्व सहित मान्ने प्रचलन रहेको छ । बालाचतुर्दशी पर्वका अवसरमा सतबीज रोपण गरी पितृ उद्दारको कामना गर्ने प्रचलन रहेको छ ।

माडी नगरपालिकाका पुर्व मेयर एवम् चितवन क्षेत्र नं. ३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालकाे चुनाबी प्रचारमा प्रय...
17/11/2022

माडी नगरपालिकाका पुर्व मेयर एवम् चितवन क्षेत्र नं. ३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालकाे चुनाबी प्रचारमा प्रयाेग भएको गाडीमा आगजनीको प्रयास,

बिहानकाे समयमा मोटरसाइकल चढेर मास्क लगाएर आएका २ जना अपरिचित युवकले बागमती प्रदेश ०६ ००१ य ०००१ नम्बरको स्कोर्पियो गाडीमा आगजनीको प्रयास गरेका हुन् । गाडीमा भएको ब्यानर जल्नुका साथै गाडीको एउटा पछाडीको लाईट र अगाडीको ऐनामा क्षति भएको ढाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।

घटनाको सुचना थाहा भए लगतै सो स्थानमा पुगि घटनाको अनुसन्धान अगाडी बढाएको ईलाका प्रहरी कार्यलयका प्रमुख सन्तोस खड्‌काले जानकारी दिनु भयो ।

15/11/2022

चितवन । संघीय सरकारको रातो कितावमा निकुञ्जभित्र आकाशे पुल निर्माणको योजना समावेश भएसंगै माडीबासीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । तर सो परियोजनामा केवल ५० लाखमात्र बजेट छुट्याइएको भन्दै कार्यान्वयमा शंका व्यक्त हुन थालेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले प्रकाशित गरेको आर्थिक बर्ष २०७७/७८को रातो किताबमा रणनैतिक पुल सडक निर्माण योजना शीर्षक अन्तरगत ७३ औं नम्बरमा भरतपुर महानगरपालिका र माडी नगरपालिका जोड्ने राष्ट्रिय निकुञ्जमा आकाशे पुल निर्माण गरिने लेखिएको छ ।

यसअघि, माडी क्षेत्रबाट निर्वाचित सांसद समेत रहनुभएका नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय निकुञ्ज चितवनवासीको गौरव भइरहँदा माडीवासीका लागि अभिशाप बनेको भन्दै पाँच वर्षभित्र माडी र भरतपुर जोड्ने गरी राष्ट्रिय निकुञ्जमा सुरूङमार्ग वा आकासे पुलमध्ये एक निर्माण गरिने बताउनुभएको थियो ।

निकुञ्जभित्र आकाशे पुल निर्माणको प्रारम्भिक अध्ययनका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा समेत एक करोड रूपैयाँ छुट्याइएको थियो । आकासे पुल निर्माण गर्न सकिन्छ वा सकिँदैन त्यसको विस्तृत अध्ययन गरेर सरकारलाई बुझाउन सो बजेट छुट्याइएको भएपनि काम पुरा हुन नसकेको श्रोतले जनाएको छ ।

Address

Madi
Bharatpur
NAPAL

Website

Alerts

Be the first to know and let us send you an email when Routine of MADI Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of MADI Banda:

Share


Other News & Media Websites in Bharatpur

Show All