Nepal Rastra Khabar

Nepal Rastra Khabar Nepal Rastra Khabar: Reliable News for Society

Your go-to source for breaking news and trends. Follow us for instant updates.

Instant updates here(Social Media), in-depth coverage on the website. Click here for more: www.nepalrastrakhabar.com

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक:प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज बिहान ...
28/01/2025

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक:

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज बिहान ११ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयवस्तु, सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन र अन्य महत्त्वपूर्ण निर्णयहरूका विषयमा छलफल हुने जनाइएको छ ।

समाजवादी मोर्चाको वृहत्त अन्तरक्रिया कार्यक्रम आज:समाजवादी मोर्चाले आज वृहत्त अन्तरक्रिया कार्यक्रम गर्दैछ । भोलि बुधबार...
28/01/2025

समाजवादी मोर्चाको वृहत्त अन्तरक्रिया कार्यक्रम आज:

समाजवादी मोर्चाले आज वृहत्त अन्तरक्रिया कार्यक्रम गर्दैछ । भोलि बुधबारका लागि तय भएको वृहत्त अन्तरक्रिया एकदिन अगाडी नै सारिएको हो ।

कार्यक्रम प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजेबाट सुरु हुने नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । माघ २ गते बसेको मोर्चाको बैठकले सहिद दिवसको अवसरमा काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

आशिका तामाङ धरौटीमा रिहा, फेरि पक्राउ गर्ने तयारी:अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा...
27/01/2025

आशिका तामाङ धरौटीमा रिहा, फेरि पक्राउ गर्ने तयारी:

अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा भएका छन् ।

उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

आशिकालाई धरौटी बुझाएपछि फेरि पक्राउ गर्ने प्रहरीको तयारी छ । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ ।

खुल्यो सी व्यापार केन्द्र, माधव नेपाल र विप्लवले काटे रिबन:नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले...
27/01/2025

खुल्यो सी व्यापार केन्द्र, माधव नेपाल र विप्लवले काटे रिबन:
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँको बुढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ।

सोमबार पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र विप्लवले रिबन कोटेर व्यापार केन्द्रको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ,नेपाल समाजवादीका गंगानारायण श्रेष्ठ लगायतको उपस्थिति थियो।

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन:पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) क...
27/01/2025

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन:
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गर्नुभएको छ ।
रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गर्नुभएको हो । पार्कको अवलोकनपछि उहाँले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गर्नुभयो ।

कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ ।जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटा...
27/01/2025

कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको बताए । उनको स्वास्थ अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्रोत नखुलेको ३९ लाख नगदसहित काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत ...
27/01/2025

प्रहरीले स्रोत नखुलेको ३९ लाख नगदसहित काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन् ।

स्रोत नखुलेको रकम : प्रहरीले स्रोत नखुलेको ३९ लाख नगदसहित काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।

कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।जिल्लाको जोशीपुर गाउँपालिका–६ बस्ने १५ वर्षीय किशोरीमाथि चार जनाले सामूह...
27/01/2025

कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
जिल्लाको जोशीपुर गाउँपालिका–६ बस्ने १५ वर्षीय किशोरीमाथि चार जनाले सामूहिक बलात्कार गरेका हुन् ।
कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जोशीपुर–१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन् ।

कैलालीमा १५ वर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ र आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ ।आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा ...
27/01/2025

जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ ।

आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

सिञ्जा गाउँपालिका जाँचमा गाउँको वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।रुपाकोट सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्...
27/01/2025

सिञ्जा गाउँपालिका जाँचमा गाउँको वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
रुपाकोट सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आइसकेको छ ।

सिञ्जा गाउँपालिका जाँचमा रुपाकोट सामुदायिक वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगो नियन्त्रणमा आइसकेको छ ...

रास्वपाको सचिवालय बैठक बस्दै:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार...
27/01/2025

रास्वपाको सचिवालय बैठक बस्दै:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल हुनेछ ।

विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१) माथि छलफल हुने छ ।

प्रचण्ड आज तेह्रथुम जाँदै, यस्तो छ दुईदिने कार्यतालिका:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पूर्व...
27/01/2025

प्रचण्ड आज तेह्रथुम जाँदै, यस्तो छ दुईदिने कार्यतालिका:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पूर्वी पहाडी जिल्ला तेह्रथुम जाँदैछन् । प्रचण्डको सचिवालयका अनुसार उनी आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुने छन् ।

अध्यक्ष प्रचण्डसँगै सैनिक हेलिकोप्टरमार्फत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि जाँदैछन् ।

रविलाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश:सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्...
26/01/2025

रविलाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश:

सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।

सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष, फूलमायाले रचिन् इतिहास:चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष च...
26/01/2025

चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष, फूलमायाले रचिन् इतिहास:

चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएकी छन् । चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बनेकी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । शनिबार सम्पन्न अधिवेशनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

उनले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गरिन् । रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी सङ्घबाट निर्वाचित भएकी हुन् ।

धनगढीमा भाइको कैँची प्रहारबाट दाइको मृत्यु:कैलालीको धनगढीमा भाइको कैची प्रहारबाट दाइको मृत्यु भएको छ । शनिबार राति धनगढी...
26/01/2025

धनगढीमा भाइको कैँची प्रहारबाट दाइको मृत्यु:
कैलालीको धनगढीमा भाइको कैची प्रहारबाट दाइको मृत्यु भएको छ । शनिबार राति धनगढी उपमहानगरपालिका–१७ मा ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काले बताए ।

खड्काका अनुसार कैची प्रहारबाट घाँटीमा चोट लागि गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा पठाइएको थियो । उपचारकै क्रममा उनको आइतबार बिहान २ः५० बजेतिर मृत्यु भएको खड्काले बताए ।

धनुषाधाममा लौरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ:धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ ।धनुषाधाम नगरपालिका...
26/01/2025

धनुषाधाममा लौरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ:
धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ ।

धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसँग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

प्रधानमन्त्री ओलीले दिए नरेन्द्र मोदीलाई बधाई:भारतको ७६ औँ गणतन्त्र दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द...
26/01/2025

प्रधानमन्त्री ओलीले दिए नरेन्द्र मोदीलाई बधाई:
भारतको ७६ औँ गणतन्त्र दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज आफ्नो ट्विटर (एक्स)मार्फत मोदी र त्यहाँका जनतालाई गणतन्त्र दिवसको अवसरमा बधाई तथा शुभकामना दिएका छन् । उनले भने, ‘लोकतन्त्र र राष्ट्रिय एकताको आदर्श सधैँ फस्टाउँदै जाओस् र हाम्रा दुई राष्ट्र बिचको मित्रताको सम्बन्धलाई अझ गहिरो बनाउँदै जाओस् ।’ त्यस्तै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समकक्षी एस. जयशंकारलाई बधाई दिएकी छिन् ।

पाथीभरा क्षेत्रमा प्रहरीको गोली लागेर घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ ।पाथीभरा क्षेत...
26/01/2025

पाथीभरा क्षेत्रमा प्रहरीको गोली लागेर घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ ।

पाथीभरा क्षेत्रको बलुडाँडामा शनिबार अपरान्ह र साँझ गरी केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच भएको झडपमा चार जना घाइते भएका थिए । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ।

पाथीभरा क्षेत्रमा प्रहरीको गोली लागेर घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ ।

Address

Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Nepal Rastra Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Rastra Khabar:

Videos

Share