14/07/2022
अछाम जिल्लाको नामकरण
अछाम जिल्लाको पुरानो नाम 'नौखुवा' थियो। यस जिल्ला भित्र नौं ओटा खुवा वा क्षेत्र (दरा) भएकाले नै यसको प्राचीन नाम नौखुवा रहेको हुन सक्छ। यस जिल्लाको नाम अछाम कसरी रह्यो भन्ने सम्बन्धमा सात ओटा किम्वदन्तीहरू प्रचलनमा रहेका पाइन्छन्। ती जनश्रुतिलाई निम्नानुसार चर्चा गर्न सकिन्छ।
पहिलो किम्वदन्ती अनुसार भृगु ऋषिका छोरा शङ्कराचार्यले अछाम जिल्लाको रामारोसनमा तपस्या गरी महादेवबाट अक्षय वरदान पाएकाले उनै अक्षयको नाम पछि अपभ्रंश भएर यस जिल्लाको नाम अछाम रहन गयो (शाह, २०६७ : ११-१२)।दोस्रो किम्वदन्ती अनुसार अश्वलायन ऋषि खेचराद्री पर्वत तिर आउँदा साथमा 'अक्षम' नाम गरेका शिष्यलाई हालको रामारोसन क्षेत्रमा तपस्या गर्न लगाए।उनको तपस्याको तेजले वरिपरिको वातावण तेजोमय र आकर्षण भयो। त्यही तेजोमय धर्तीलाई अक्षम स्थल भनियो। पछि अक्षम स्थल शब्द अपभ्रंश भएर अछाम रहन गयो (शाह, २०६७ : ११-१२)।तेस्रो किम्वदन्ती अनुसार अछामको पहिलो राजधानी सेरा बुढीथर्पु (हाल सेरा गाविस) को नजिक पास्तोली गाउँमा माटोलाई कतै नछोई ढुङ्गाबाट मात्र पानीको मूल निस्केर तिन ओटा धारा बनी पास्तोली गाड (खोलो) बनेको छ।त्यस पानीलाई 'अच्छाम्भस' (अच्छ र अम्भस) भनिन्थ्यो।यसको अर्थ स्वच्छ पानी र आकाश भन्ने हुन्छ।पछि त्यही 'अच्छाम्भस' शब्द अपभ्रंश हँदै अछाम नाम रहन गयो (शाह, २०६७ : ११-१२)।चौथो किम्वदन्ती अनुसार मुगल साम्राज्यको चर्को दमन सहन नसकी केही भारतीय हिन्दुहरू नेपाल पस्न बाध्य भए।हिंडने क्रममा उनीहरू तत्कालीन नौखुवा अछाम पुगे। त्यसबेला नौखुवामा प्रशस्त आँप पाइनथ्ये। अनुकूल हावापानी र मीठो आँप पाइने हुनाले भारतीय हिन्दुहरू नौखुवामै बसोबास गरे। हिन्दी भाषामा मीठो आँपलाई अच्छा आम भनिन्छ। पछि त्यही अच्छा आम शब्द परिवर्तन भएर अछाम रहन गयो (शाह, २०६० : १)।पाँचौ किम्वदन्ती अनुसार डोटी राज्यका विलल्ल भट्टको विवाह जुम्लाका सिंजापति महाराजकी छोरी हारमता मैयाँसँग भएर उनबाट देवचन्द्र नामका छोरा जन्मे। सिंजापति महाराजले देवचन्द्रलाई दाइजो स्वरूप नौखुवा राज्य प्रदान गरे।यसरी राजा र ब्राह्मण बिच वैवाहिक सम्बन्ध भई राज्य समेत प्रदान गरिएकोले तत्कालीन समयमा यस घटनालाई अचम्म मानियो र त्यही अचम्मको घटनाबाट बनेको राज्यको नाम कालान्तरमा अछाम रहन गयो (शाह, २०६० : १)।छैटौं किम्वदन्ती अनुसार राजकुमार अक्षय मल्ल'