मिलिकथुङ टाइम्स् Millik thung Times

  • Home
  • India
  • Mirik
  • मिलिकथुङ टाइम्स् Millik thung Times

मिलिकथुङ टाइम्स्  Millik thung Times खबर तपाईहरूको,
हेर्न नभूल्नु होला।

26/04/2024

LITTLE ANGEL SCHOOL , MILLIKTHUNG का LITTLE ANGEL हरूद्वारा असल बानीहरूको प्रस्तुति

13/04/2024

नेपाली नयाँ वर्ष २०८१ को सबै महानुभावहरूमा हार्दिक अनि मंगलमय शुभकामना व्यक्त गर्दछौं।

दार्जिलिङ संसदीय क्षेत्रका लोक सभा चुनाव उम्मेदवारहरू १४जना रहेका छन्।यसपाली तपाईको भोट कसलाई?
09/04/2024

दार्जिलिङ संसदीय क्षेत्रका लोक सभा चुनाव उम्मेदवारहरू १४जना रहेका छन्।
यसपाली तपाईको भोट कसलाई?

30/03/2024

गाँउमा बाटो गाँउको सपना।

मिलिकथुङ गाँउमा आजदेखि कालो सडक निर्माण।
29/03/2024

मिलिकथुङ गाँउमा आजदेखि कालो सडक निर्माण।

विगत २०२१-२२ को सय दिने रोजगारको हाजिरा यही आँउदो 26फरवरीदेखी १मार्च भित्रमा श्रमिकको खातामा पस्नेछ।
25/02/2024

विगत २०२१-२२ को सय दिने रोजगारको हाजिरा यही आँउदो 26फरवरीदेखी १मार्च भित्रमा श्रमिकको खातामा पस्नेछ।

हार्दिक श्रद्धाञ्जलि।रोहित सार्की Aka गिड्डु दा अब हामी माझ रहेनन्।
22/02/2024

हार्दिक श्रद्धाञ्जलि।

रोहित सार्की Aka गिड्डु दा अब हामी माझ रहेनन्।

गणतन्त्र दिवसको सम्पूर्णमा हार्दिक शुभकामना।
26/01/2024

गणतन्त्र दिवसको सम्पूर्णमा हार्दिक शुभकामना।

उज्यालोको पर्व, फूलहरूको पर्व नेपालीहरूको दोस्रो प्रमुख चाड तिहारको सम्पूर्ण नेपाली दाजु-भाइ,दिदी-बहिनी तथा देश- विदेशमा...
12/11/2023

उज्यालोको पर्व, फूलहरूको पर्व नेपालीहरूको दोस्रो प्रमुख चाड तिहारको सम्पूर्ण नेपाली दाजु-भाइ,दिदी-बहिनी तथा देश- विदेशमा रहनु भएका इष्टमित्र, आफन्तजनमा हार्दिक मङ्गलमय शुभकामनासहित सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौं हामी मिलिकथुङ टाइम्स् Millik thung Times ।barsha

Breaking newsफुवागढी चियाकमानका मूल प्रबन्धकले भर्खरै मालिकले १९  प्रतिशतले नै चिया श्रमिकहरूलाई बाेनस वितरण गर्न राजी भ...
18/10/2023

Breaking news

फुवागढी चियाकमानका मूल प्रबन्धकले भर्खरै मालिकले १९ प्रतिशतले नै चिया श्रमिकहरूलाई बाेनस वितरण गर्न राजी भएकाे जानकारी उपस्थित चिया श्रमिकहरूलाई गराएका छन् भन्ने समाचार प्राप्त भएको छ।

आज तारिख १५\१०\२३आइतबारको दिन नव प्रभात सङ्घ मिलिकथुङ अनि सौरेनी ग्राम पञ्चायत एकका प्रधान श्रीमती अनिता राईको अगुवाइमा ...
15/10/2023

आज तारिख १५\१०\२३आइतबारको दिन नव प्रभात सङ्घ मिलिकथुङ अनि सौरेनी ग्राम पञ्चायत एकका प्रधान श्रीमती अनिता राईको अगुवाइमा मिलिकथुङ गाँउ- परिसर र लिटल एन्जल स्कुल वरिपरी सफाइ अभियान गरे। गाँउका स- साना नानीहरू अनि पर्यावरण सचेत नागरिकहरू सो अभियानमा उपस्थित थिए।

08/10/2023

निम्न मिलिकथुङ खर्बानी गाँउका श्री निश्चल चाम्लिङको प्रस्तुति हेर्नुहोस्। यो प्रस्तुति उनले पर्यटन दिवसको कार्यक्रममा मिलिकथुङमा दिएका थिए।

मिरिक राङ्भाङ भेल्ली होस्टे अनरस् एसोसिएसन- को आयोजनामा मिलिकथुङमा विश्व पर्यटन दिवस पालन। मिरिक राङ्भाङ भेल्ली होस्टे अ...
27/09/2023

मिरिक राङ्भाङ भेल्ली होस्टे अनरस् एसोसिएसन- को आयोजनामा मिलिकथुङमा विश्व पर्यटन दिवस पालन।

मिरिक राङ्भाङ भेल्ली होस्टे अनरस् एसोसिएसन अनि मिलिकथुङका नव प्रभात सङ्घ र असले इको टुरिजम मिलिकथुङ समुहको प्रयासमा मिलिकथुङमा पर्यटन दिवस एक व्यभ्य कार्यक्रम बिच सम्पन्न।
कार्यक्रमका अध्यक्ष होस्टे एसोसिएसनका अध्यक्ष सुनिल प्रधानले गरेका थिए। भने मुख्य अतिथिको रूपमा मिरिक महकुमा शासक उपस्थित थिए अन्य अतिथिको रूपमा पञ्चायत समितिका सभापति श्रीमान कैलाश राई, सौरेनी ग्राम पञ्चायत 1का प्रधान श्रीमती अनिता राई अनि नव प्रभात सङ्घ मिलिकथुङका सभापति श्रीमान कमलधोज राई अनि अन्य पञ्चायत समिति सदस्य अनि ग्राम पञ्चायत सदस्यहरू उपस्थित थिए।
आयोजक पक्षबाट कार्यक्रममा नागरिक सम्मान सामाजिक कार्यकर्ताहरूलाई जनाए। भने कार्यक्रम सम्पन्न गर्न सांस्कृतिक नृत्य लिटल एन्जल स्कुलका विद्यार्थीहरूले गरेका थिए।

अन्त्येष्टि कार्य। श्रीमान डम्बर बस्नेत मिलिकथुङ निवासी बिमार भएर केही दिन अस्पतालमा भर्ना भएका थिए। पछि उनलाई घर लाईएको...
26/09/2023

अन्त्येष्टि कार्य।

श्रीमान डम्बर बस्नेत मिलिकथुङ निवासी बिमार भएर केही दिन अस्पतालमा भर्ना भएका थिए। पछि उनलाई घर लाईएको थियो। विगत 18 सितम्बर उहाँले आफ्नै बासस्थानमा आफ्नो देह त्याग गर्नुभएको थियो। आगमी ता:२९\०९\२३ शुक्रबारको दिन उहाँको अन्त्येष्टि कार्य सम्पन्न हुनेछ, यसर्थ उहाँको शव यात्रामा सामेल हुनु भएका सम्पूर्ण इष्टमित्र, आफन्तजन, छरछिमेक, शुभचिन्तकहरूमा सामेल भईदिने अनुरोध गर्दछौं।
धन्यवाद।

बिनीत:
शोकाकुल बस्नेत परिवार

हार्दिक श्रद्धाञ्जलि। मिलिकथुङ निवासी श्रीमान डम्बर छेत्री अब हामी माझ रहेनन्।
18/09/2023

हार्दिक श्रद्धाञ्जलि।

मिलिकथुङ निवासी श्रीमान डम्बर छेत्री अब हामी माझ रहेनन्।

हार्दिक श्रद्धाञ्जली। भारतेली नेपाली साहित्यका एक धरोहर श्री नरबहादुर दाहाल अब हामी माझ रहेनन्।
08/09/2023

हार्दिक श्रद्धाञ्जली।
भारतेली नेपाली साहित्यका एक धरोहर श्री नरबहादुर दाहाल अब हामी माझ रहेनन्।

आधार कार्ड हराएको सूचनामिरिक महकुमा अन्तर्गत मिलिकथुङ चियाबारी निवासी दिनेश शर्माको आधार कार्ड आज मिलिकथुङदेखि मिरिक जान...
05/09/2023

आधार कार्ड हराएको सूचना

मिरिक महकुमा अन्तर्गत मिलिकथुङ चियाबारी निवासी दिनेश शर्माको आधार कार्ड आज मिलिकथुङदेखि मिरिक जाने क्रममा खण्ड विकास कार्यालय, महकुमा कार्यालय र मिरिक अस्पताल बिचको यात्रमा हराएको छ,यदि कसैले भेटनु भए निम्न नम्बरमा सम्पर्क गरिदिनु होला।

सम्पर्क नम्बर:-8609564302

सौरेनी ग्राम पञ्चायत १की प्रधान श्रीमती अनिता राईको पहलमा पिडित दिया प्रधानकी परिवारलाई भेट्न पुगे सौरेनीबाट एउटा नारी स...
27/08/2023

सौरेनी ग्राम पञ्चायत १की प्रधान श्रीमती अनिता राईको पहलमा पिडित दिया प्रधानकी परिवारलाई भेट्न पुगे सौरेनीबाट एउटा नारी समूह। अनि भलाकुसारी गरेका छन् सम्पूर्ण टोलीले।

26/08/2023

#दिया_प्रधान_को_न्यायको_निम्ति_नव_प्रभात_सङ्घ_मिलिकथुङद्वारा_विरोध_ऱ्याली_प्रदर्शन।

मतिगडामा गोर्खे विद्यार्थी चेलीमाथि जुन अमानवीय व्यवहार गरेर हत्या गरिएको छ। त्यसको विरोधमा आज मिलिकथुङ नव प्रभात सङ्घले विरोध ऱ्याली गरे। विरोध ऱ्यालीको मूल स्लोगन हत्यारा मोहम्मद अब्बासलाई फाँसी पाएको हुनुपर्छ, भन्ने थियो। विरोध ऱ्याली मिलिकथुङबाट सुरु भएर धुसेनीसम्म पुगेको थियो भने फेरी फर्केर मिलिकथुङमा आएर अन्त गरेका थिए। ऱ्यालीलाई श्रीमान परिधोज राईले सम्बोधन गरेका थिए भने सम्बोधन गर्ने क्रम हत्यारालाई पक्राउ गरे पनि हत्याराले फाँसी पाएको हुनुपर्छ कारण आँउदो दिनमा कुनै पनि व्यक्तिले यस्तो दुष्कर्म गर्ने आँटसम्म नगरोस् भन्ने कुरा राखे। नव निर्वाचित सौरेनी ग्राम पञ्चायत१ का प्रधान श्रीमाती अनिता राईले पनि आफ्नो उपस्थित दिएका थिए।

 ्रभात_सङ्घ_मिलिकथुङद्वारा_पजातान्त्रिक_मोर्चाका_सौरेनी_ग्राम_पञ्चायत_१का_प्रधान_अनिता_राई बने पछि गाँउमा उहाँलाई भव्य स...
21/08/2023

्रभात_सङ्घ_मिलिकथुङद्वारा_पजातान्त्रिक_मोर्चाका_सौरेनी_ग्राम_पञ्चायत_१का_प्रधान_अनिता_राई बने पछि गाँउमा उहाँलाई भव्य स्वागत गरे। प्रथममा समाजका सभापति श्रीमान कमलधोज राईको बाहुलीबाट खदालाएर स्वागत गरेका थिए भने पछि उपस्थित सम्पूर्णले खदा लागाइ दिए। नव निर्वाचित प्रधानको बाहुलीबाट पनि सम्पूर्णलाई खाद लगाँउदै मिठाई दिएर धन्यवाद पनि दिए।

श्रीमाती अनिता राई बनिन् सौरेनी ग्राम पञ्चायत१को प्रधान।
21/08/2023

श्रीमाती अनिता राई बनिन् सौरेनी ग्राम पञ्चायत१को प्रधान।

 #मिलिकथुङमा_७७औं_स्वतन्त्रता_दिवस_पालनमिलिकथुङमा नव प्रभात सङ्घद्वारा एउटा भव्य कार्यक्रमको आयोजना गरि स्वतन्त्रता दिवस...
16/08/2023

#मिलिकथुङमा_७७औं_स्वतन्त्रता_दिवस_पालन

मिलिकथुङमा नव प्रभात सङ्घद्वारा
एउटा भव्य कार्यक्रमको आयोजना गरि स्वतन्त्रता दिवस सम्पन्न भयो। यस कार्यक्रमको सभापतिको आसन सङ्घका अध्यक्ष श्रीमान कमलधोज राईले ग्रहन गरेका थिए। मुख्य अतिथिको रूपमा नव निर्वाचित ग्राम पञ्चायत सदस्य श्रीमती अनिता राईले ग्रहण गरेका थिए भने विशिष्ट अतिथिको रूपमा बि.ओ.पी. छोटाकोठी र खर्बनी एस.एस.बि साहेब थिए। मुख्य अतिथिको बाहुलीबाट झण्डा उत्तोलन गरेका थिए भने त्यसपछि केही सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरि प्रथम चरणको कार्यक्रम सम्पन्न गरेका थिए।

दोस्रो चरणको कार्यक्रममा विभिन्न खेल प्रतियोगिताहरू राखिएको थियो। श्रीमान परिधोज राईले स्वतन्त्रता दिवस सम्बन्धमा आफ्नो वक्तव्य राखेका थिए भने अनिता राई ग्राम पञ्चायत सदस्यले पनि आफ्नो कुरो राखेका थिए। स्नातकोत्तर तहको शिक्षा हासिल गरिसकेकाहरूलाई सङ्घबाट सम्बर्धना जनाएका थिए भने सञ्चालन समितिले मूल समितिको तीन खाँबा अध्यक्ष, महासचिव र कोषाध्यक्ष-लाई स्मृति चिन्ह प्रदान गरेका थिए। अनि सम्पूर्ण खेलका प्रथम दोस्रो अनि तेस्रो प्रतियोगिहरूलाई पुरस्कार दिइयो। यस समारोहमा मिलिकथुङको लिटल एन्जल स्कुलका शिक्षिका अनि विद्यार्थीहरू पनि सहभागी बनेका थिए।
अनि अन्तमा समारोहका सभापतिले दुई शब्द राख्दै समारोह बर्खास्त गरेका थिए। सम्पूर्ण कार्यक्रम सञ्चालन समितिका महासचिव श्री रितेश शर्माले सञ्चालन गरेका थिए।

15/08/2023

🇮🇳 स्वतन्त्रता दिवसको सबैमा शुभकामना 🇮🇳

नव प्रभात सङ्घ मिलिकथुङद्वारा नेपालमा भइरहेको मेरो भोइस युनिभर्समा आफ्नो दमदार प्रस्तुति दिइरहेका मिरिकको छोरो साइराज खा...
27/07/2023

नव प्रभात सङ्घ मिलिकथुङद्वारा नेपालमा भइरहेको मेरो भोइस युनिभर्समा आफ्नो दमदार प्रस्तुति दिइरहेका मिरिकको छोरो साइराज खातीलाई विजय गराउन भोटको निम्ती अर्थ सङ्कलन गर्दै, सङ्घका कर्मठ सदस्यहरू।

Vote for
22/07/2023

Vote for

 #राशनको_मात्रा_के_छ_हेर्नुहोस्। हामीले 4वटा राशन कार्डको प्रमाण पाएका छौं।परिवारमा 4 राशन कार्ड भए 27के.जी चामल र 19के....
14/07/2023

#राशनको_मात्रा_के_छ_हेर्नुहोस्।

हामीले 4वटा राशन कार्डको प्रमाण पाएका छौं।
परिवारमा 4 राशन कार्ड भए 27के.जी चामल र 19के.जी आटा अनि 1केजी चिनी (चिनीको दाम 1के.जी=13.50₹)
के तपाईँले यही मात्रामा पाउनु हुँदैछ त राशन?

हामीले थाहा पाए अनुसार परिवारमा 3 वटा राशन कार्डले जति राशन पाउँछ,1वटा कार्ड हुनेले पनि त्यति नै राशन पाउँछ।

3वटा राशनको आधिकारिक मात्र
चामल=21के.जी
आटा=14के.जी
चिनी= 1के.जी
तपाईको परिवारमा 1वटा 2वटा मात्र राशन कार्ड छ भने पनि 21के.जी चामल र आटा=14के.जी पाउनु हुन्छ।

तर यहाँ परिवारमा 1वटा राशन कार्ड हुनेले 8के.जी चामल र 4के.जी आटा मात्र पाएका छन् भने परिवारमा 2 वटा कार्ड हुनेले 16के.जी चामल र 8के.जी आटा मात्र पाएका छन् भन्ने गुनासो मिलिकथुङ ग्रामबासीको रहेको छ।
अब सही मात्रामा पाए मात्र राशन थाप्ने नभए आफ्नो अधिकार खोज्न जहाँ जान परे पनि जाने ग्रामबासीको भनाई छ।

 ्रभात_सङ्घ_मिलिकथुङद्वारा_भानुजयन्ती_पालन_गरियो। २०९औं भानुजयन्ती नव प्रभात सङ्घ मिलिकथुङद्वारा स्थानीय समाज घरमा सङ्घक...
13/07/2023

्रभात_सङ्घ_मिलिकथुङद्वारा_भानुजयन्ती_पालन_गरियो।

२०९औं भानुजयन्ती नव प्रभात सङ्घ मिलिकथुङद्वारा स्थानीय समाज घरमा सङ्घका सदस्यहरू अनि गाउकै प्राथमिक विद्यालय लिटल एन्जल स्कुलका नानीहरूको उपस्थितिमा छोटो कार्यक्रम गरेर मनाइयो।
कार्यक्रमको सभापतिको भार सङ्घका सभापति श्रीमान कमलधोज राईले गरेका थिए, अतिथिका रूपमा श्रीमान धिरादास राई उपस्थित थिए भने सङ्घका महासचिव श्रीमान दिलबहादुर बस्नेत, उपसभापति राजेन मोक्तान, कोषाध्यक्ष मिलन सार्की, समान संरक्षक क्रमैले सञ्जय राई, प्रेमकुमार सार्की र भीम विश्व अनि नव निर्वाचित ग्राम पञ्चायत सदस्य श्रीमती अनिता राईले आशन ग्रहण गरेका थिए। सभापति, अतिथि अनि सदस्यहरूको आशन ग्रहण पछि उनीहरूलाई खदा धारण गरिएको थियो भने सभापति, महासचिव र अतिथिहरूको बाहुलीबाट भानुभक्त आचार्यको प्रतिमा खदामाला गरि धुप दिप गरिएको थियो।
कार्यक्रमको दोस्रो चरणमा श्रीमान दिलबहादुर बस्नेतले स्वागत भाषण राखेका थिए भने अतिथि धिरादास राईले आफ्नो स्वरचित कविता वाचन गरेका थिए। प्रेरणा राईले भानुजयन्ती बिषय दुई शब्द राख्दै स्वरचित कविता वाचन गरिन्। अनि निर्वाचित ग्राम सदस्य श्रीमती अनिता राईले भानुभक्त आचार्यमाथि दुई शब्द राख्दै आफ्नो मन्तव्य राखे। अनि अन्तमा कार्यक्रम सभापति श्रीमान कमलधोज राईले आफ्नो सभापति सम्भाषणमा उपस्थित सम्पूर्णलाई धन्यबाद ज्ञापन गरी सभा भानुजयन्ती हामीले किन मनाउनु पर्छ भन्ने बिषयमा दुई शब्द राखि कार्यक्रमको पनि बर्खास्त गरेका थिए। सम्पूर्ण कार्यक्रमलाई सङ्घका सचिव श्री रितेश शर्माले सञ्चालन गरेका थिए।

24/145 बुथका विजय उम्मेदवार श्रीमती अनिता राईको जीतमा मिलिकथुङ,धुसेनी र चिनियाँटारले मनाए विजय उत्सव। धन्यवाद दिदै जसरी ...
12/07/2023

24/145 बुथका विजय उम्मेदवार श्रीमती अनिता राईको जीतमा मिलिकथुङ,धुसेनी र चिनियाँटारले मनाए विजय उत्सव। धन्यवाद दिदै जसरी गएर भोटको अपिल गरेको थिए त्यसरी नै भोलीदेखि घर घर गएर धन्यवादको कार्यक्रम गर्ने बताइन्, पञ्चायत सदस्य श्रीमती अनिता राईले। बिस्तारै अब पञ्चायतबाट पाउने सहुलियत आफूलागी परेर पनि ग्रामबासीलाई प्रदान गर्ने बचन पनि दिए।

मिलिकथुङ धुसेनी बुथ 24/145मा मतदान सुचारू ढङ्गमा सम्पन्न।
08/07/2023

मिलिकथुङ धुसेनी बुथ 24/145मा मतदान सुचारू ढङ्गमा सम्पन्न।

Address

Mirik

Telephone

+919732781843

Website

Alerts

Be the first to know and let us send you an email when मिलिकथुङ टाइम्स् Millik thung Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category

Nearby media companies



You may also like