Dainik Khabar Mirik Channel - दैनिक खबर मिरिक च्यानल

  • Home
  • India
  • Mirik
  • Dainik Khabar Mirik Channel - दैनिक खबर मिरिक च्यानल

Dainik Khabar Mirik Channel - दैनिक खबर मिरिक च्यानल dainik khabar mirik
(1)

06/01/2024

गाेर्खा रैथाने हाट मिरिकबारे यसाे भन्छन् मिरिक महकुमा शासक भी दिपक तेजा

06/01/2024

मिरिक गाेर्खा रैथाने हाट तेस्राे सातामा प्रवेश।

मिरिक खण्ड अन्तर्गत ओकाइटी नौ नम्बर गाउँमा मिनी पोष्ट फुटबल टोर्नामेन्टको आयोजना हुने भएको छ। स्थानीय पुर्णचन्द स्व निर्...
06/01/2024

मिरिक खण्ड अन्तर्गत ओकाइटी नौ नम्बर गाउँमा मिनी पोष्ट फुटबल टोर्नामेन्टको आयोजना हुने भएको छ। स्थानीय पुर्णचन्द स्व निर्भर दलद्वारा आयोजना हुने भनिएको फुटबल प्रतियोगिताको बिजयी दललाई 25 हजारको नगदसहित आकर्षक ट्रफीले आलंकारित गरिने छ भने उप बिजेता दललाई नगद पन्ध्र हजारको राशी प्रदान गरिने जानकारी आयोजक पक्षले दिएको छ। प्रतियोगिता जनवरी महिनाको तेह्र तारिख देखि शुरु हुनेछ। खेल स्थानीय शारदा प्राथमिक पाठशालाको खेल मैदानमा हुने निश्चित छ। त्यसर्थ इच्छुक दलहरुले प्रतियोगितामा दर्ता गरी फुटबल खेलको लोकप्रियता अनि गरिमा बढाई दिनु निम्तो आयोजक पक्षको छ। प्रतियोगी दलहरुले खेलको नियम अनि अन्य आवश्यक जानकारी आयोजक पक्षले सार्वजनिक गरेको सर्कुलरमा निहित रहेको छ।

06/01/2024

सारङ्गीकाे धूनमा गीत सुनाँउदै तीन युवकहरू मिरिकमा ।

जातीय बाजाकाेरूपमा मानिएकाे सारङ्गीकाे धून मन नपराँउने विरलै हाेला।सारङ्गीकाे धूनमा गीत बज्न थालेपछि जाेकाेही माेहित बन्ने गर्छ।पाश्चात्य बाजाहरूकाे प्रयाेग वर्तमानमा अधिक हुन थालेपछि सारङ्गी रेट्नेहरू विरल बन्दै गइरहेकाे अनुभाव गर्न सकिन्छ।यद्यपि गन्धर्व जातिले भने अझ पनि सारङ्गी रेट्न बिर्सिएका छैनन्।समय ,काल अनि परिस्थितिसित गीतकाे शब्दमा परिवर्तन हुँदै आएपनि गन्धर्वजातिले भने वाउ बाजेकाे विरासत मानेर सारङ्गीकाे संरक्षण गर्दै आइरहेका छन। सारङ्गी रेट्दै छिमेकी राष्ट नेपाल झापाका तीन युवकहरूलाई हाल मिरिककाे विभिन्न ठाँउमा सारङ्गीकाे धूनमा गीत गाँउदै हिडेकाे देखिएकाे छ। तीन युवामध्ये एक अमृत गन्धर्व भन्छन् सारङ्गी बजाँउने हाम्राे परम्परा हाे।वाउ बाजेले सारङ्गी बजाए।हामी चाैथाे पुस्तामा आइसक्दा पनि बाउ बाजेकाे विरासतलाई जाेगाएर राखेका छाै।हामी यता उता घुम्दै सारङ्गी बजाँउदै गीत गाँउछन्।सारङ्गीकाे धून सुनेर मानिसहरूले आर्थिक सहयाेग गर्छन।त्यसैले हामी जीवन यापन गर्ने गर्छाै।चार पुस्ताका साराङ्गी वादकहरूले पिता पूर्खले राजाकाे विरासतका गीतहरू गाँउथे,वीर रसले भरिएका गीतहरू गाँउथे तर हामी यस्तो जान्दैनाै।समय अनुसार सबै परिवर्तन भयाे।त्यसैले मानिसहरूकाे रुचि अनुसार गाँउदै हिड्छाै भन्दै समय अनुसार गीतकाे लय,सुर ताल बदलियाे तर हामीले साराङ्गीकाे धुनलाई संरक्षण गरेर राखेका छाै।बाउ बाजेले सिकाएकाे धून नै साराङ्गीमा रेट्छाै भने। उनीहरूले साराङ्गी बजाँउदै हिड्दा सबैले प्रशंसाा गर्ने अनि सारङ्गीकाे संरक्षण गर्नुपर्ने कुराे गर्छन।याे सुन्दा हामीलाई मजा लाग्छ अनि सारङ्गीकाे तालमा सबैलाई गीत सुनाँउनु मन लाग्छ भन्दै हामी हाम्रै बाबा,दाज्युहरूले बनाएकाे सारङ्गी बजाँउदै हिड्छाै भने। उनीहरूले हामीपछिका पुस्ताले पनि सारङ्गीकाे संरक्षण गरेर लइजावाेस भन्ने हाम्राे साेच छ।हामी पनि जानेका कुराहरू युवा पुस्तालाई सिकाँउने प्रयास गरिरहेका छाै भन्दै समय परिवर्तन भइरहेछ।मानिसहरूले जातीय बाजा,भेशभूषा,खान पानकाे संरक्षण गर्न छाडी सकेका छन।यस्ताेमा सारङ्गी पनि भविष्यमा लाेप भएर जाने कुराेमा चिन्ता लाग्छ।हामी सबै मिलेर सारङ्गीकाे संरक्षण गर्नुपर्छ।सारङ्गीलाई लाेप हुन दिनु हुदैन भने।उनीहरूले शरीरले सकेसम्म सारङ्गी बजाँउदै हिड्ने प्रतिबद्धता पनि प्रकट गरेका छन ।

दार्जीलिङको जीडीएनएस हलमा अल ईण्डिया माईनोरिटीको चेयरम्यान नासिर अहमदसित संयुक्त इसाई एकता मञ्चको प्रतिनिधिहरूको बैठक सम...
05/01/2024

दार्जीलिङको जीडीएनएस हलमा अल ईण्डिया माईनोरिटीको चेयरम्यान नासिर अहमदसित संयुक्त इसाई एकता मञ्चको प्रतिनिधिहरूको बैठक सम्पन्न भएको छ। उक्त बैठकमा क्रिश्चियन माइनोरिटीहरूको विभिन्न समस्याहरू र विकासको कुराहरूबाट वञ्चित विषयमा चर्चा परिचर्चा गरिएको छ। उक्त सभामा संयुक्त इसाई एकता मञ्चको पक्षबाट सभापति किरण राई, उप सभापति बेञ्जामिन आले, खरसाङबाट तिमोथी मुखिया, आनन्द लामा, कुन्दन लामा, मिरिकबाट उमेश सेवा, नक्सलबारीबाट जेपी राई, नकुल बक्पर लगायत विभिन्न क्षेत्रहरूबाट विभिन्न चर्चहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। उक्त बैठकलाई बेञ्जामिन अालेले सञ्चालन गरेका थिए भने बाईबलबाट वचन प्रवीण गिरीले सेयर गरेका थिए। त्यसरी नै शुरुको प्रार्थना दानियल मुखियाले गरेका थिए। उक्त बैठकमा इसाईहरूले भोगिरहेका विभिन्न समस्याहरू र सरकारी सहुलियतहरू विषयमा चर्चा परिचर्चा गरिएको थियो। इसाई अल्पसंख्यकहरूले पनि सरकारबाट पाउने विभिन्न सहुलियतहरू पाउनु पर्ने विषयमा चर्चा गरिएको छ। सभामा प्रवीण गिरी, अानन्द लामा, तिमोथी मुखिया आदिले सम्बोधन गरेका थिए। उक्त बैठकमा अल ईण्डिया माईनोरिटीको चेयरम्यान नासिर अहमदले भविष्यमा इसाई अल्पसंख्यकहरूका लागि काम गर्ने र लोकतान्त्रिक रूपमा जिल्ला शासक समक्ष कुरा लाने आश्वासन दिएका छन्। अाजको उक्त बैठक धेरै फलदायी रहेको तिमोथी मुखियाले बताएका छन्।

विधायक बिपी बजगाईकाे फेसबुकबाट जस्ताकै त्यस्तै  तथाकथित भान्सेहरू दिल्लीको किचनमा भेला भएर ११ मसलामा  ४ मसला मात्रै हाल्...
05/01/2024

विधायक बिपी बजगाईकाे फेसबुकबाट जस्ताकै त्यस्तै

तथाकथित भान्सेहरू दिल्लीको किचनमा भेला भएर ११ मसलामा ४ मसला मात्रै हाल्ने तरखरमा छन्| यस्तो स्थितिमा उता ६ यता ७ को विभाजन खेल शुरु हुनेछ| यो विभाजनले नस्लीय चरित्र बोकेको अन्तरकलह जन्माउनेछ| त्यस अन्तरकलहमा मसला, तरकारी सबै ढड़ने नै छ, साथ साथै त्यस अग्निमा भान्से सहीत् किचन पनि भष्म हुनेछ..., अन्तमा क्रम भंग भएपछी कुन चाहीं अनुसूची रहन्छ?
मेरो चेतनाले महाभारतको बर्बरीकले झैं युद्धभूमिको दृश्य हेरिरहेको छ| फरक यति छ, बर्बरीकको शरीर नष्ट गरिएको थियो, मेरो शरीर युद्धभूमिमा नै जिउँदो छ...
- बी० पी० बजगाईं

हर्षवर्धन श्रृङ्लाद्वारा दार्जीलिङ पहाड़को चिया उद्योग विषयमा केन्द्रीय वाणिज्य मन्त्री पीयूष गोयल र वाणिज्य सचिव सुनिल ...
05/01/2024

हर्षवर्धन श्रृङ्लाद्वारा दार्जीलिङ पहाड़को चिया उद्योग विषयमा केन्द्रीय वाणिज्य मन्त्री पीयूष गोयल र वाणिज्य सचिव सुनिल बर्थवालसँग बातचीत

दार्जीलिङ ( 5 जनवरी ): दार्जिलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्षवर्धन श्रृङ्लाले दार्जीलिङ पहाड़को चिया उद्योग विषयमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र वाणिज्य सचिव सुनील बर्थवालसँग बातचीत गरेका छन्। उनले दार्जीलिङ चिया उद्योगको स्थिति, विशेष गरी चिया बगान, कामदारहरूको कष्ट र उनीहरूको स्थिति साथै भारतको प्रमुख वैश्विक उत्पाद पुनर्जीवन गर्ने विकल्पहरूको विषयमा छलफल गरेको जानकारी प्राप्त भएको छ। उनले दार्जीलिङ पहाड़मा रहेको चियाबारीहरूको विकास र चियाबारीहरूमा कार्यरत् चियाबारी श्रमिकहरूको विभिन्न समस्याहरू र यसको समाधान विषयमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र वाणिज्य सचिव सुनील बर्थवालसँग बातचीत गरेको बताइएको छ।

FEMALE MODEL WANTED !!! for Devotional song shoot in Kedarnath, Rishikesh & Brindavan. Dm for more details Anjup Lamawha...
05/01/2024

FEMALE MODEL WANTED !!!
for Devotional song shoot in Kedarnath, Rishikesh & Brindavan.
Dm for more details
Anjup Lama
whatsapp - +918637321953.

05/01/2024

दाेस्राे हाफकाे खेल शुरू
धजे 2 साैरेनी 0

05/01/2024

कुखरा पालनमा भविष्य खाेज्दै मिरिक बस्ती जिम्बा गाँउका दुई उधमीहरू सुवास तामाङ अनि उग्रेन तामाङ

मिरिकमा गोजमुमोको जनसभा हुने।गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको एक सभा महकुमा समिति अध्यक्ष श्री रुपेश राईको अध...
05/01/2024

मिरिकमा गोजमुमोको जनसभा हुने।

गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको एक सभा महकुमा समिति अध्यक्ष श्री रुपेश राईको अध्यक्षतामा सम्पन्न भयो।
सभाले मिरिकमा चाँडै जनसभा राखिने बिषयमा जोर दिएका थिए अनि यसै बिषय आजको सभाको प्रमुख विषय बुँदा रहेको थियो।
वर्तमान गोर्खा जनमुक्ति मोर्चा पार्टीले जनतालाई सर्वोपरि ठान्दै आजसम्म संघर्ष गरिरहेको कारण नै जनताको विश्वास लगातार बढिरहेको र यसैलाई लिएर संगठनमा जनाधार बढिरहेकोमा सबैले छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको दिशामा काम गर्ने जोस जाँगर बढिरहेकोमा खुलेर कुरा राखे।
अब चाडै अर्को सभाले जनसभाको मिति सार्वजनिक गर्ने भएको छ भन्दै महकुमा महासचिव पुर्ण सिंह राईले जानकारी दिएका छन्।

05/01/2024

मिरिक युनाइटेड क्लबद्वरा आयाेजित खुल्ला फूटबल प्रतियोगिताको पहिलाे खेल धजे बनाम साैरेनी

05/01/2024

मिरिक बस्तीमा सुन्तला टिपाई धमाधम

लाख रूपियाँकाे सुन्तला विक्री गर्ने अमृत गुरूङ यसाे भन्छन।

अन्तेष्टि कार्य मेरो अतिप्रिय छोरा शोभन घिसिङ्ग ओकाइटी बिशैंकर निवासी गत मिति 18/12/2023 सोमबारको दिन आकस्मिक निधन भयो। ...
05/01/2024

अन्तेष्टि कार्य

मेरो अतिप्रिय छोरा शोभन घिसिङ्ग ओकाइटी बिशैंकर निवासी गत मिति 18/12/2023 सोमबारको दिन आकस्मिक निधन भयो। त्यसर्थ, वहाँको अन्तिम शव यात्रामा सहभागी भएर परिवारप्रति संकटमा संवेदना अनि सान्तवना प्रकट गर्नु हुने सम्पूर्ण इष्ट मित्र आफन्तजन बन्धुबान्धव शुभचिन्तकहरु प्रति कृतज्ञता प्रकट गर्दै वहाँको अन्त्येष्टि कार्य आगामी मिति 08/01/2024 सोमबारको दिन ओकाइटी बिशैंकर, निजी निवासमा सम्पन्न हुने अवगत गराउन चाहान्छु ।

विनितः
आमा पाल्मु घिसिङ्ग (थोकर)
एवं सम्पूर्ण शोकाकुल परिवार।

05/01/2024

सारङ्गी धून अनि मिठाे गीत।

04/01/2024

सय बर्ष पुग्न लागेका जेबी थापा भन्छन कूल पित्रीलाई विर्सिनु हुदैन। कूल पित्रीलाई सम्झियाे भने आशिर्वाद पाइन्छ।लामाे आयु पाइन्छ।

04/01/2024

परिश्रम गर्याे भने ढुङ्गामा पनि फूल फुल्छ।

04/01/2024

मिरिक पर्यटन केन्द्रकाे मुख्य आकर्षण बन्न सक्ने मल्टेनी।

मिरिक ३ जनवरी( निसं) रक क्लाइमिङकाेलागि पर्याप्त सम्भावना बाेकेकाे ठाउँ हाे मल्टिनी।मिरिक महकुमा अन्तर्गत काँउले गाँउकाे फेदीमा रहेकाे मल्टेनी हाल एउटा ढुङ्गाघारी देखिए पनि यहाँ पर्यटनकाे धेरै सम्भावना देखा परेकाे छ। यहाँ भएका ढुङ्गाकाे अनेकाै ओडारहरू पर्यटकहरूलाई मात्रै नभएर स्थानीय मानिसहरूकाेलागि मुख्य आकर्पण बन्न सक्नेछ। सुन्दर दृश्यावलाेकन गर्न सकिने उक्त ठाँउबाट नेपालकाे विभिन्न ठाँउहरू संग्गै अन्तु डाँडाकाे सुन्दर दृश्य हेर्न सकिन्छ भने यहाँबाट साैरेनी समष्टिकाे ताेकलाङ, साैरेनी बजार,मेची आदि ठाँउहरूकाे दृश्य पनि अति राम्राे देखिने गर्छ। विशेष गरि मल्टिनीमा रक क्लाइमिङकाेलागि पूर्वधारहरू तयार पारेर संचालनमा ल्याइए मल्टेनी मिरिक पर्यटन केन्द्रकाे मुख्य पर्यटन स्थलहरूमध्ये एउटा बन्ने कुराेमा दुई मत नरहेकाे यहाँका पर्यटनमा चासाे राख्ने मानिसहरूकाे भनाई छ। मल्टेनीबाट नेपालकाे कतिपय ठाँउहरू हिडेर पुग्ने हुनाले एडभेन्चर पर्यटनकाेलागि पनि याे ठाउँ उपयुक्त मानिएकाे छ। स्थानीय समीर राई छरपस्टे अनि च्याङ्बा तामाङले मल्टेनी एउटा सुन्दर ठाउँ रहेकाे अनि याे ठाउँ राईजातिकाेलागि विशेष आस्था बाेकेकाे स्थान पनि रहेकाे बताए। द्वयले मल्टेनीमा रहेकाे ठूला ठूला ओडारमा धेरैबर्ष अघि राईजातिकाे ६ महिना अघिकाे शिशुकाे मृत्यु भएकाे खण्डमा पार्थीव शरीरलाई बक्सामा राखेर राख्ने चलन थियाे भन्दै यसले गर्दा राईजातिकाे साँस्कृतिक झल्काँउने ठाउँ पनि मान्न सकिन्छ भने।द्वयले मल्टेनी जानलाई एसएसबी क्याम्पसम्म यातायातकाे राम्राे ब्यावस्था रहेपनि यहाँकाे रमणीय स्थान,ढुङ्गा घारी आदि ठाँउमा पुग्न भने उकालाे ओरालाे नै हिड्न पर्ने बताँउदै यसरी हिड्दै जाँदा जंगलमा देखिने मृग,दुम्सी,कालिज आदि पशु पंक्षी कसैकाेलागि पनि दृश्यावलाेकनकाेलागि राम्राे साधन बन्ने बताए।उनीहरूले यहाँ गरिने अम्लिसाे खेतीले पर्यटकहरू माेहित बन्न सक्ने बताए।

थर्बु नौ माइल, मिरिकको निवासी, नेहरू युवा केन्द्र दार्जीलिङ (युवा मामिला एवं खेल मन्त्रालय, भारत सरकार) का राष्ट्रिय युव...
04/01/2024

थर्बु नौ माइल, मिरिकको निवासी, नेहरू युवा केन्द्र दार्जीलिङ (युवा मामिला एवं खेल मन्त्रालय, भारत सरकार) का राष्ट्रिय युवा स्वयंसेवक अनमोल लामा (अनमोल गुरुङ) युवा मामिला एवं खेल मन्त्रालय,भारत सरकार अनि खेलकुद र युवा सेवा निदेशालय, महाराष्ट्र सरकारको आयोजनामा हुने २७वा राष्ट्रिय युवा महोत्सव २०२४ को लागि पूर्वस्थित छन्। उनले दार्जीलिङ र कालेबुङ जिल्लालाई प्रतिनिधि गर्दै, पश्चिम बङ्गाल राज्यलाई नेतृत्व गरी १२ देखि १६ जनवरी २०२४ सम्म नासिक, महाराष्ट्रमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन जानेछन्। उक्त कार्यक्रमको उद्घाटन १२ जनवरी २०२४ मा हुनेछ, जसमा भारतको प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुनुहुन्छ र उक्त कार्यक्रममा श्री अनुराग सिंह ठाकुर (केन्द्रीय सूचना तथा प्रसारण, युवा मामिला तथा खेलकुद मन्त्री, भारत सरकार) श्री नितिश प्रामानिक (गृहमन्त्री तथा राज्यमन्त्री, युवा मामिला तथा खेलकुद मन्त्रालय, भारत सरकार) सुश्री मीता आर लोचन, आई. ए. एस. (सचिव युवा मामिला विभाग युवा मामिला तथा खेलकुद मन्त्रालय, भारत सरकार) र श्री रमेश बैस (माननीय राज्यपाल, महाराष्ट्र) श्री एकनाथ संभाजी शिन्दे (मुख्यमन्त्री, महाराष्ट्र) अनि अन्य अधिकारीहरु पनि उपस्थित हुनेछन्।

नव ज्योति समाजको वार्षिक सभा सम्पन्न  मिरिक    ४   जावरी   ( निसं) मरमा चियाबारी नयाँकमानमा नव ज्योति समाजको वार्षिक साध...
04/01/2024

नव ज्योति समाजको वार्षिक सभा सम्पन्न

मिरिक ४ जावरी ( निसं) मरमा चियाबारी नयाँकमानमा नव ज्योति समाजको वार्षिक साधारण सभा सम्पन्न भयो। मनि प्रधानको अध्यक्षतामा सम्पन्न भएको सभालाई मुस्कान राई खेसहाङले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम नयाँ सदस्यहरूलाई माल्यार्पण गरेर स्वागत जनाइयो भने समाजका कोषाध्यक्ष टीकामाया राईले वार्षिक आय व्ययको हर हिसाबबारे जानकारी गराइन्। यसरी नै स्टोर किपर निमु शेर्पाले हालसम्म समाजमा के कति सर सामानहरू रहेको छ यसबारे अवगत गराइन्। सभाले यस वर्ष थप सामाग्रीहरू ल्याउने प्रस्तावलाई पारित गर्यो भने यस वर्ष पनि ११ फरवरीको दिन समाजको वार्षिक उत्सव सम्पन्न गरिने प्रस्तावलाई सर्व सम्मतिद्वारा पारित गरियो। उक्त उत्सव कार्यक्रममा समाजका सदस्य जगतसिंह गोलेको सुपुत्री रेश्मा गोलेलाई सम्मान जनाइने साथै समाजका दिवंगतहरूको चिर शान्तिको कामना गर्दै समवेदना पत्र प्रदान गरिने भएको जानकारी समाजका सचिव जुगल प्रधानले दिएका छन्।

04/01/2024
04/01/2024

हाम्राे संस्कार साँस्कृति ।

सारङ्गीकाे धूनमा कति मिठाे गीत

अन्त्येष्टि मेराे   पुज्यनीय पति  सूर्यमणि   राईकाे निधन गत  2  जनवरीकाे दिन भयाे।उहाँकाे अन्त्येष्टि  आगमी   5  जनवरी  ...
04/01/2024

अन्त्येष्टि
मेराे पुज्यनीय पति सूर्यमणि राईकाे निधन गत 2 जनवरीकाे दिन भयाे।उहाँकाे अन्त्येष्टि आगमी 5 जनवरी शुक्रबारकाे दिन निजी घर थर्बु नन्दलाल गाँउमा हुने तय भएकाेले सम्पूर्ण इष्टमित्र,आफन्त,शुभचिन्तक ,शवयात्री,छर छिमेक सबैलाई उपस्थित भइदिने अनुराेध गर्दछाै ।

विनीत
शर्मिला राई (पत्नी)
मनपाल राई,समीर राई( दाज्युहरू)
भीमकुमार राई,चीजा राई( दाज्यु भाैज्यु)
एंव समस्त शाेकाकूल छिनामखाेङ सिप्तुङखा राई परिवार ।

खरसाङ ( 3 जनवरी ):  खरसाङ फुटबल एसोसिएशनद्वारा आयोजित तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्टको पाँचौ दिन आज स्थानीय...
03/01/2024

खरसाङ ( 3 जनवरी ): खरसाङ फुटबल एसोसिएशनद्वारा आयोजित तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्टको पाँचौ दिन आज स्थानीय चानमारी मैदान खरसाङमा हिमालयन एफसी र हिल्स फुटबल अकादमीमाझ खेल सम्पन्न भएको छ। आजको खेलमा मुख्य अतिथिको रूरमा खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधान उपस्थित थिए भने विशिष्ट अतिथिको रूरचपमा जीटीएको खेलकूद अनि युवा मामिला विभागको प्रभारी सभासद नवराज छेत्री, खरसाङ ब्याडमिन्टन एसोसिएशनका अध्यक्ष पेमेन्द्र गुरुङ, अधिवक्ता प्रतीक्षा प्रधान, केजीएचएसएका अध्यक्ष मोहन योञ्जन, उपाध्यक्ष फुर्बा लामा अनि सदस्य मोहन लामा उपस्थित रहेका थिए। आजको खेलमा हिमालयन एफसीले हिल्स एफसीलाई 0 को विरुद्ध 4 गोल गरेले पराजित गर्दै हिमालयन एफसी सजिलै सेमी फाइनलमा स्थान बनाएका छन्।आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा हिमालय एफसीका शिवानी शर्मालाई प्लेयर अफ् द म्याच चयन भएका छन्। अब भोलि 4 जनवरीको दिन पहिलो सेमी फाइनल खेल मिलन मोड अकादमी अनि आरभीके फुटबल अकादमी डुवर्समाझ खेलिनेछ भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी गराएका छन्।

03/01/2024

मिरिक पर्यटन केन्द्र

अंतरराष्ट्रीय तथागत सृजन सम्मान कार्यक्रममा  मिरिकका पाँच जना सष्ट्रा सम्मानित  हुने । सिद्धार्थ तथागत कला साहित्य संस्थ...
03/01/2024

अंतरराष्ट्रीय तथागत सृजन सम्मान कार्यक्रममा मिरिकका पाँच जना सष्ट्रा सम्मानित हुने ।

सिद्धार्थ तथागत कला साहित्य संस्थान उत्तर प्रदेश इटवा बजारद्वरा गठित चयन समितिका सदस्यहरूद्वारा प्रस्तावित नामहरू मधये नवाै अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान 2024 काे घाेषणा गरेकाे छ।उक्त सम्मान कार्यक्रममा मिरिकका नारी हस्ताक्षर डाक्टर कमला तामाङलाई अन्तर्राष्ट्रिय तथागत भूषण सम्मान 24 ले सम्मानित गरिने घाेषणा गरिएकाे छ भने कवि पत्रकार मुस्कान राई खेसहाङ,पत्रकार गजलगाे मनाेहर शर्मा,कथाकार ,शिक्षक दीप प्रधान अनि सिने कलाकार सकिला गुरूङलाई अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान पुरस्कारले सम्मानित गरिने भएकाे छ। संस्थाका अध्यक्ष डाक्टर भास्कर शर्माद्वारा उक्त घाेषणा गर्दै साहित्यकारहरूलाई उक्त सम्मानकाेलागि निमन्त्रणा गरिने जसकाे मिति चाँडै तय गरिने बताइएकाे छ। डाक्टर भास्कर शर्माद्वरा जारी विज्ञप्तिमा उक्त सम्मान कार्यक्रममा वरिष्ठ साहित्यकार एवं आयकर आयुक्त गोरखपुर अमलेन्दु नाथ मिश्र,(आई.आर.एस) एवं विशिष्ट अतिथिकाेरूपमा वरिष्ठ साहित्यकार एवं सीवान ( बिहार)का अतिरिक्त जिला न्यायाधीश सुश्री प्रतिभा चौहान तथा नेपालका चर्चित साहित्यकार एवं सांसद डाक्टर रेखा यादव डाक्टर कमला तामाड,( मिरिक,दार्जीलिङ ) चर्चित लेखिका, अनुवादक एवं सिने कलाकार, डाक्टर रघुवीर शर्मा, सहायक निदेशक, राजभाषा(दिल्ली),डाक्टर ठाकुर प्रसाद चौबे ,संचालक, परिन्दें प्रकाशन( दिल्ली)
चर्चित साहित्यकार एवं सहायक निदेशक,केन्द्रीय हिन्दी निदेशालय दिल्ली दीपक पाण्डेय, चर्चित लेखिका एवं सहायक निदेशक, केन्द्रीय हिन्दी निर्देशालय दिल्ली डाक्टर नूतन पाण्डेय, किशन प्रधान, साहित्यकार ( नागरी फार्म, दार्जीलिङ ) , श्रीमती अमृता राणा, साहित्यकार ( डुवर्स , पश्चिम बंगल, भारत ) श्रीमती सकिला गुरूङ , सिने कलाकार (मिरिक दार्जीलिङ) , दीप प्रधान कथाकार (मिरिक दार्जीलिङ ) मुस्कान 'खेसाङ' राई, कवि , पत्रकार (मिरिक दार्जीलिङ) श्रीमती मञ्जुला तामाङ, साहित्यकार (दार्जीलिङ)श्रीमती अमला सुब्बा छेत्री,साहित्यकार (दार्जीलिङ)श्रीमती पवित्र राई , कवि ( खरसाङ, दार्जीलिङ) मनोहर राई , समाजसेवी (खरसाङ, दार्जीलिङ) लुईस विष्ट , कवि (गान्तोक,सिक्किम) ललित लोहार, कवि (गान्तोक, सिक्किम) प्रदीप बिहारी, वरिष्ठ साहित्यकार (बेगूसराय) श्री मनोहर शर्मा , कवि , गजलकार (मिरिक दार्जीलिङ)श्रीमती बेबी करफमा , साहित्यकार (कलकत्ता, पं.बगाल )श्री बिकास कार्की , वरिष्ठ सम्पादक, साहित्यकार ( सलुवा,पश्चिम बंगाल, भारत ) अशोक रोका , वरिष्ठ साहित्यकार ( डुवर्स , पश्चिम बंगाल , भारत ) रुद्र बराल ,कवि,अनुवादक, समालोचक, सम्पादक, नेपाली/असमीयामा लेखन - ( शोणितपुर, असम ) अनुपमा कट्टेल , असम (कवि, अनुवादक, हिन्दी/नेपाली/असमीयामा लेखन) डाक्टर मंजू मणि शईकीया(,लखिमपुर, असम),हिन्दी, असमिया लेखन एवं अनुवादक, रामबाबु दाहाल,साहित्यकार( नेपाल) आकाश अधिकारी"बालहरी",साहित्यकार, (नेपाल) अंशु झा ,साहित्यकार (,नेपाल)मधु पोख्रेल ,साहित्यकार, (नेपाल)देवकी निरौला,साहित्यकार, (नेपाल) चर्चित साहित्यकार एवं सम्पादक रूपेश कुमार चौहान (दिल्ली)काे उपस्थिति रहने बताइएकाे छ। कार्यक्रमकाे उक्त घाेषणाप्रति
डाक्टर कमला तामाङ, कवि पत्रकार मुस्कान राई खेसहाङ,पत्रकार गजलगाे मनाेहर शर्मा,कथाकार ,शिक्षक दीप प्रधान अनि सिने कलाकार सकिला गुरूङले हर्ष प्रकट गर्दै अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान पुरस्कार चयन समितिप्रति आभार प्रकट गरेका छन।

घेवा मेरो भाई  स्वर्गीय  रोशन तामाङ मिरिक वड नम्बर 6 काउँले गैरी गाउँ निवासीको गत 15 डिसेम्बर 2023-को दिन सदा-सदाको निमि...
02/01/2024

घेवा

मेरो भाई स्वर्गीय रोशन तामाङ मिरिक वड नम्बर 6 काउँले गैरी गाउँ निवासीको गत 15 डिसेम्बर 2023-को दिन सदा-सदाको निमित्त हामीलाई छोडेर गए। यसर्थ उनको आत्माले चिर शान्ति पाउँन् एवं बैकुण्ठ बास गरून् भनि उनको घेवा ङोवा ( अन्त्येष्टी ) आगामी 5 जनवरी 2024 को दिन नव निर्माण उरग्येन छोईलिङ सिठो लाखाङ निजी निवास काउले गैरी गाउँमा सम्पन्न हुने जानकारी गर्दछौ। साथै यस दुःखद घडीमा मलामीदेखि टाढा-नजिकका सम्पूर्ण ईष्टमित्र, आफन्तजन जिनदागण सबै-सबैलाई हृदयदेखि उपस्थित भईदिने अनुरोध गर्दछौं।

विनित
जोजो लामा वङदेन बम्जन
एवं शोकाकूल बम्जन परिवार।

अन्तेष्टि कार्य मेरो अतिप्रिय पति प्रकाश तामाङ्ग  थबु, नौ माइल निवासी गत मिति १६ /१२/२०२३ शनिबारको दिन आकस्मिक निधन भयो।...
02/01/2024

अन्तेष्टि कार्य

मेरो अतिप्रिय पति प्रकाश तामाङ्ग थबु, नौ माइल निवासी गत मिति १६ /१२/२०२३ शनिबारको दिन आकस्मिक निधन भयो। त्यसर्थ, वहाँको अन्तिम शव यात्रामा सहभागी भएर परिवारप्रति संकटमा संवेदना अनि सान्तवना प्रकट गर्नु हुने सम्पूर्ण इष्ट मित्र आफन्तजन बन्धुबान्धव शुभचिन्तकहरु प्रति कृतज्ञता प्रकट गर्दै वहाँको अन्त्येष्टि कार्य (घेवा) आगामी मिति 06/01/2024 नौ माइल सार्वजनिक भवनमा सम्पन्न हुने अवगत गराउन चाहान्छु ।

विनितः
मिना तामाङ्ग (पत्नी)
सजिवन तामाङ्ग (छोरा)
पुजा तामाङ्ग (छोरी)
एवं सम्पूर्ण शोकाकुल परिवार।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले मानव धर्मका प्रणेता सतपाल महाराजको साथमा नयाँ वर्ष मनाए नयाँ वर्षको पूर्व सन्ध्...
01/01/2024

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले मानव धर्मका प्रणेता सतपाल महाराजको साथमा नयाँ वर्ष मनाए

नयाँ वर्षको पूर्व सन्ध्यामा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले मानव धर्मका प्रणेता सतपाल महाराजको सानिध्यमा सिलगढीमा आयोजित सद्भावना सम्मेलनमा सहभागिता जनाउँदै नयाँ वर्ष मनाए। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्रद्वारा आयोजित दुई दिवसीय सद्भावना सम्मेलनको प्रथम दिन मुख्यअतिथिका रूपमा उपस्थित भएका थिए।

यसअघि आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री तामाङले मानव उत्थान सेवा समितिको निम्ति सिक्किमको पाकिम जिल्ला अर्न्तर्गत नामचेबुङमा सिक्किम सरकारको पहलमा "मानव धर्म आश्रम" निर्माण भइरहेको जानकारी गराउँदै आगामी तीन महिनामा पूरा गरेर सतपाल महाराजको बाहुलीबाट उद्घाटन गराउने आश्वासन दिए।
सद्भावना सम्मेलनमा आएर मानव धर्मका प्रणेता सतपाल महाराजको सान्निध्यमा नयाँ वर्ष मनाउँदा आफुलाई दिव्यताको अनुभव भएको मुख्यमन्त्रीले बताए। मुख्यमन्त्रीले आफ्नो विचार व्यक्त गर्दै सम्मेलनले दिएको शिक्षा, ज्ञान अनि आध्यात्मिक आभाले सिक्किम राज्य, सम्पूर्ण उत्तरपूर्वाञ्चल क्षेत्र अनि देशमा प्रेम, भाईचारा, आपसी सुझबुझ, मित्रता अनि सद्भावनाद्वारा सम्पूर्ण मानव समाजलाई एकसूत्रमा बाँध्न र एउटै मञ्चमा ल्याउन सफल भएको बताए।
मुख्यमन्त्रीले विभिन्न समुदायका बीच प्रेम, भाईचारा, सद्भाव, एकता अनि आध्यात्मिकतालाई प्रोत्साहित गरेकोमा मानव उत्थान समितिलाई आभार व्यक्त गरे।

आफ्नो सम्बोधन राख्ने क्रममा सतपाल महाराजले साढे ५ सय वर्षको संघर्ष पश्चात अयोध्यामा भगवान रामको मन्दिर स्थापित हुनगइरहेको र आगामी २२ जनवरीको दिन प्राणप्रतिष्ठा सम्पन्न हुने बताए। रामको व्यक्तित्व विशाल गाथाको विषय रहेको उल्लेख गर्दै भारतदेखि लिएर दक्षिणपूर्वी देशहरूमा रामको गाथाको विशेष महत्व रहेको महाराजले बताए। आज देश अनि विश्वलाई सद्भावनाको अति आवश्यकता रहेको छ भन्दै महाराजले रामको व्यक्तित्वलाई अप्नाए मानिसहरुमा सद्भावना आउने उपस्थित जनसमूहलाई बताए। समाजको अति शोषित, अवहेलित अनि पछौटे समाज र अन्तिम छोरमा रहेका मानवलाई विकासको मुलधारामा ल्याउनु वा उनीहरुलाई उद्धार गर्नु नै रामलाई आफ्नो जीवनमा प्रकट गर्नु हो, महाराजले आफ्नो सम्बोधनमा भने। आफ्नो जीवनमा रामलाई प्रकट गर्नको निम्ति प्रत्येक मानवमा निस्वार्थ सेवाको भावना जागृत हुनपर्छ, महाराजले थप भने। अध्यात्म ज्ञानले मानवमा मानव सेवाको भावनालाई जागृत गराउँदछ भन्दै सम्बोधनको क्रममा महाराजले अध्यात्मको ज्ञान आर्जन गर्न समयका सद्गुरुको शरणमा जानपर्छ भनी बताए।

सद्भावना सम्मेलनको यो अवसरमा अध्यात्म ज्ञानको प्रचारप्रसारमा मानव उत्थान समितिलाई सहयोग प्रदान गरेको मुख्यमन्त्री प्रेमसिंह तामाङलाई महाराजको बाहुलीबाट अभिनन्दन पत्र प्रदान गरेर सम्मान जनायो। मुख्यमन्त्री तामाङको साथमा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, मन्त्री सञ्जित खरेल, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष टीका सुब्बा आदिको पनि उपस्थिति थियो। सम्मेलनलाई विभु महाराज, माता अमृताजी, उपस्थित सन्तमहात्माहरुले पनि सम्बोधन गरेका थिए।

01/01/2024

नयाँ बर्षकाे पहिलाे दिन मिरिक पर्यटन केन्द्र।

उपन्यास  उत्ताल हङकङमा  सार्वजनिक ।मिरिक १ जनवरी ( निसं) मिरिकका लेखक विजय वान्तवा कैलासी कृत उपन्यास  उत्ताल हङकङमा पनि...
01/01/2024

उपन्यास उत्ताल हङकङमा सार्वजनिक ।

मिरिक १ जनवरी ( निसं) मिरिकका लेखक विजय वान्तवा कैलासी कृत उपन्यास उत्ताल हङकङमा पनि सार्वजनिक गरिएकाे छ।चन्द्र गुरूङ अनि अरूणा शर्माकाे पहलमा हङकङ साहित्यक साझा श्रृङखलाकाे आयाेजनामा हङकङमा भएकाे एउटा साहित्यक कार्यक्रममा उपन्यास उत्ताल सार्वजनिक गरिएकाे जानकारी प्राप्त भएकाे छ। उक्त सार्वजनिक कार्यक्रममा नेपाल काेशी अन्चलका सभासद मीणा श्रेष्ठ अनि दार्जिलिङका लाेकप्रिय गायक प्रबल थापाकाे पनि उपस्थित रहेकाे जानकारी प्राप्त भएकाे छ।उपन्यास उत्ताल हङकङमा सार्वजनिक भएपछि त्यहाँ पनि उपन्यास उपलब्ध रहने जानकारी प्राप्त भएकाे छ।उपन्यास उत्ताल विजय वान्तवा कैलासीकाे चर्चित उपन्यास मानिएकाे छ।उपन्यासमा 1986 काे गाेर्खाल्याण्ड आन्दाेलन,मानेभञ्ज्याङकाे कथा,शेर्पाजातिकाे संस्कार संस्कृति आदि विषय समावेश गरिएकाे छ।उपन्यास उत्ताल हङकङमा सार्वजनिक भएकाेमा लेखक विजय बान्तवा कैलासीले खुशी प्रकट गर्दै हङकङमा उपन्यास उत्तालकाे सार्वजनिक गरिदिने सबैप्रति आभार प्रकट गरेका छन।

सगोत्री परिवारकाे  ५८औं बार्षिक साधारण सभामिरिक     १ जनवरी ( निसं)  ‌थर्बु नौ माइल मिरिक स्थित २० नम्बरमा सगोत्री परिवा...
01/01/2024

सगोत्री परिवारकाे ५८औं बार्षिक साधारण सभा

मिरिक १ जनवरी ( निसं) ‌थर्बु नौ माइल मिरिक स्थित २० नम्बरमा सगोत्री परिवारले आफ्नो ५८औं बार्षिक साधारण सभा सम्पन्न गर्यो। सभापति सुनील जोशीको सभापतित्व अनि समाज सेवक अर्जुन थापा रहेको कार्यक्रमको सञ्चालन मणिकुमार प्रधान र दीप प्रधानले गरेका थिए।
स्वागत वक्तव्य राख्दै संस्थापक पी एल जोशीले पूर्व दिनको अनुभव साझा गरे।५८ बर्ष पुगेको सगोत्री परिवार अब डिजिटल बनाइनुपर्ने माथि जोड दिए। सचिव अमरदीप प्रधानले आफ्नो बार्षिक रिपोर्टहरू सुनाए। कोषाध्यक्ष दीप प्रधानले बार्षिक कोषको फाँटवारी प्रस्तुत गरे।
यसै अवसरमा मिरिक खण्डका पञ्चायत समिति अध्यक्ष कैलाश खवास र पहिला गाउँ स्कूल डाँडा ग्राम पञ्चायत प्रधान जयन्ती सुब्बालाई सम्बर्द्धना जनाइयो।
सगोत्री परिवारको विधार्थीलाई सम्मान जनाइयो। विधार्थी हरुमा पढ्ने आदत बसाउन साथै प्रोत्साहन गर्नको निम्ति उक्त सम्मान कार्यक्रम राखिएको हो।
कार्यक्रममा समाज सेवक साथै थर्बु उच्चतर माध्यमिक विद्यालयका शिक्षक प्रभारी मणिकुमार प्रधान र‌ कथाकारको रूपमा सक्रिय रहेका साहित्यकार दीप प्रधानलाई पनि सम्बर्द्धना जनाइयो।
कार्यक्रममा हिमाल प्रधान,निकेश प्रधान,ललिता प्रधान, पूर्ण कुमार प्रधान,आशिष प्रधान आदिले पनि आफ्नो मन्तव्य व्यक्त गरे।
पुरानो बर्षलाई बिदा दिँदै नयाँ बर्षको स्वागतको तयारी गर्ने उद्देश्यले राखिएको यस कार्यक्रममा भर्खरै काठमाडौंमा नेवार संगठनका संस्थापक सुनील जोशी सम्बर्धित भए वापत् खदार्पण गरेर शुभकामना व्यक्त गरियो।
अन्तमा नयाँ बर्षको शुभकामना व्यक्त गर्दै सभापति सुनील जोशीले सभा बर्खास्त गरे।

यस नयाँ बर्षमा शान्ति, प्रेम र समृद्धि सधैं तपाईंको साथ रहोस् र हरेक पाइलामा नयाँ सुरुवात र सफलताको आनन्द मिलोस् ।।सबैला...
01/01/2024

यस नयाँ बर्षमा शान्ति, प्रेम र समृद्धि सधैं तपाईंको साथ रहोस् र हरेक पाइलामा नयाँ सुरुवात र सफलताको आनन्द मिलोस् ।।
सबैलाई नयाँ वर्ष २०२४ को हार्दिक शुभकामना ।।

नयाँ बर्षकाे शुभकामना ।
01/01/2024

नयाँ बर्षकाे शुभकामना ।

शुभकामना नयाँ बर्ष 2024 काे सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना  ब्याक्त गर्दछु।नयाँ बर्षले सबैमा सुख,शान्ति  अनि समवुद्ध...
01/01/2024

शुभकामना

नयाँ बर्ष 2024 काे सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछु।नयाँ बर्षले सबैमा सुख,शान्ति अनि समवुद्धि ल्यावाेस भनी प्रार्थना गर्दछु।

एलबी राई
मिरिक नगरपालिका अध्यक्ष ।

2024 माटोको अधिकारको वर्ष बनोस्सम्पूर्ण तराई अनि पहाडवासीलाईनयाँ बर्ष 2024 कोमङ्गलमय शुभकामना
01/01/2024

2024 माटोको अधिकारको वर्ष बनोस्

सम्पूर्ण तराई अनि पहाडवासीलाई
नयाँ बर्ष 2024 को
मङ्गलमय शुभकामना

01/01/2024

गाेजमुमाे अध्यक्ष विमल गुरूङद्वरा नयाँ बर्षकाे शुभकामना ।

31/12/2023

साकेला पर्व पालनकाे समापनमा बाेल्दै प्रवक्ता राजीव राई

31/12/2023

साकेला पर्वमा किराँत खम्बु राई साँस्कृतिक संस्थानका प्रमुख सल्लाहकार सीके साङपाङ

31/12/2023

सिली नृत्य

Address

Mirik Bazar
Mirik
734214

Alerts

Be the first to know and let us send you an email when Dainik Khabar Mirik Channel - दैनिक खबर मिरिक च्यानल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category